महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

रातो टिसर्ट, हाफ प्यान्ट, काँधमा झोला र घाँटीमा मालाझैँ हरदम चस्मा झुन्ड्याएर सडकछेउ पैदल हिँड्ने महावीर पुनको जीवनशैली प्रेरणादायी र रोचक छ ।
म्यागासेसे पुरस्कार थाप्न जाँदा उनले लगाएको कालो कोट–प्यान्ट साथीको थियो । ‘बौद्धिक फकिर’ हुन् महावीर पुन ।
म्याग्दीको नागीमा २०११ मा जन्मिएका उनी पढाइमा सानैदेखि अब्बल भए पनि नेपाल बसुन्जेल राम्रो अवसर चाहिँ पाएनन् । आईएस्सीमा फस्ट डिभिजन ल्याउन नसकेपछि इन्जिनियर बन्ने धोको तुहियो । बीएस्सी पढ्ने पैसा पनि नभएपछि गाउँ फर्केर मास्टरी गरे ।
स्कुलको विषयलाई लिएर ‘मूर्ख सीडीओ’सँग झगडा परेपछि ७ दिन थुनिए लगत्तै काठमाडौं फर्के । सन् १९८९ मा बीएस्सी अध्ययनका लागि अमेरिकास्थित ‘युनिभर्सिटी अफ ब्रास्का’मा छात्रवृत्ति पाए ।
अमेरिकाको पढाइ सक्नुअघि नै नेपाल फर्केर समाजसेवा गर्ने निधो गरेछन् । त्यसै अनुरुप म्याग्दीमा बसेरै समाजसेवा गरे । सन् २००७ को रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित पुन पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनको अभियानमा छन् । उनै पुनसँग रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ्ग कुराकानीको सम्पादित अंश :

mahabir-pun-4मेरो खाना
(तपाईंलाई मनपर्ने खाना के हो ?) यो प्रश्न चाहिँ अमेरिकनहरुले सोध्छ । ती विदेशीहरु खान–लाउनका भूत हुन् ।
कसरी मीठो खाने, कसरी राम्रो लगाउने मात्रै सोच्छन् तिनीहरु । यसभन्दा अरु सोच्दैनन् । एकदमै व्यक्तिवादी सोचका हुन्छन् उनीहरु । ‘तेरो फेबरेट खाना के हो ?’ भनेर सोध्छन् । मेरो त मीठो–नमीठो खाना केही छैन । यो रेस्टुरेन्ट छ (ठमेलको रेस्टुरेन्ट), रेस्टुरेन्ट भन्दा पनि भेटघाट गर्ने थलो हो मेरो ।
यहाँ के–के खाना बनाउँछन्, कसरी बनाउँछन्, एउटा टिम नै छ । केटाहरुले नयाँ खाना बनाएर मलाई चाख्नुस् भन्थे । मलाई थाहै हुँदैन । कस्तो मीठो खाना, कस्तो नमीठो जिन्दगीमा थाहै भएन मलाई । चाख्नै आउँदैन ।
सिक्न पनि चाहिन । खान त खाइयो संसारभरको अनेक खाना तर खाना मीठोका लागि खाने, नमीठोका लागि नखाने भन्ने हुँदैन । पेट भर्न पाए पुग्यो । खाएर पेट भरिन्छ र मरिँदैन भने पुग्यो ।
खाना पकाउँदिन म । एक्लै बस्दा पकाउनु पर्यो भने सबै चिज एकै ठाउँमा राखेर पकाउने हो, खिचडी जस्तै ।
म सानो छँदा पहाडमा अनिकाल लाग्थ्यो । त्यसबेला अहिलेजस्तो खेती गर्ने चलन थिएन । खेती गर्नै जानेका थिएनन् । ढिँढो खान पिठो चाहियो । पिठोको खोले खाएरै हुर्कियौँ । वर्षौँसम्म खोले खाएर हुर्कियौँ हामी । अहिले फाइभ स्टार होटेलमा गएर त्यही खोले खाए मिठै हुन्छ ।

चिनेका साथीहरुले आफूलाई मन नपर्ने कपडा मलाई दिन थाले । अमेरिकाबाट आउँदा पनि त्यस्तै जम्मा गरेका कपडा लगाएँ ।
(पुन प्रायः रातो टिसर्टमा पैदल हिँड्दै गरेको देखिन्छन् । यो चाहिँ कसले दियो भनी सोधेँ ।) यो पनि ४/५ वर्ष भयो कुन साथीले दिएको हो ।

मेरो पोसाक
अहिलेसम्म तीन चिज किनेको छैन । मोबाइल, ल्यापटप र कपडा । साथीहरुले दिएरै चलेको छ । कपडा नकिनेको वर्षौं भयो । साथीहरुले नै दिन्छन् ।
मेरो च्वाइस छैन । उनीहरुलाई नै थाहा छ, यसले कपडा किन्दैन भनेर । म उनीहरुले जे दिन्छन् त्यही लगाउने हो । अमेरिका जानुअघि भाइहरु फालेका कपडाले नै पुग्थ्यो ।
सन् १९८९ मा अमेरिका पढ्न जाँदा एक जोर सुट बनाइयो । अमेरिकामा त सुट–बुट लगाएर हिँड्नुपर्छ भन्ने थियो मलाई । त्यसैले सुट सिलाएँ ।
अमेरिकामा त झनै सुट–बुट लगाउनै नपर्ने । एकदमै इन्फर्मल । कलेजमा पनि इन्फर्मल कपडामै गए हुने । त्यहाँ बस्दा मोटाइयो । १ वर्षपछि त त्यही सुट पनि लगाउन नमिल्ने भयो ।
अमेरिका गएर के थाहा भयो भने अमेरिकनहरु राम्रो चिज जे देख्यो त्यही किन्ने । १/२ महिना लगायो त्यसपछि फालिहाल्ने । सालाहरु त कपडा त किन्दै फाल्दै, किन्दै फाल्दै गर्ने । अरे भाइ नफाल् । मलाई ले भन्न थालेँ ।
चिनेका साथीहरुले आफूलाई मन नपर्ने कपडा मलाई दिन थाले । अमेरिकाबाट आउँदा पनि त्यस्तै जम्मा गरेका कपडा लगाएँ ।
(पुन प्रायः रातो टिसर्टमा पैदल हिँड्दै गरेको देखिन्छन् । यो चाहिँ कसले दियो भनी सोधेँ ।) यो पनि ४/५ वर्ष भयो कुन साथीले दिएको हो ।
अमेरिकामा त झन् सजिलो भयो । कपडा किन्नै नपर्ने भयो । उनीहरुलाई थाहा भयो, कपडा फाल्नु पर्दैन । यसलाई दियो भने लगाउँछ भन्ने छ । अहिले पनि म गएँ भने कपडा दिन्छन् ।
‘म्यागासेसे पुरस्कार’ थाप्न जाने बेला मसँग कोट–प्यान्ट थिएन । त्यत्तिकै जाने तयारीमा थिएँ । एकजना साथीले कोट प्यान्ट त लगाएर जानुपर्छ यार भन्यो ।
त्यसबेलाको फोटो हेर्नुभयो भने थाहा हुन्छ, कालो कोट र प्यान्ट । त्यही साथीले दिएको हो ।
२०१२ सम्म त त्यसैले चल्यो । त्यसपछि अति मोटाइएछ । त्यो साथीले दिएको प्यान्ट त असाध्यै टाइट भयो । त्यसपछि फेरि अर्को साथीले दिएको एक जोर सुट प्यान्ट छ ।
अमेरिका जाँदा त सुट चाहिँदैन । जापानतिर जानुपरे फर्मल कपडा खोज्छन् त्यस्तो बाध्य हुँदा लगाइन्छ अन्यत्र सुट लगाउनु परेको छैन ।

मेरो अध्ययन
पढ्नुपर्ने समयमा यस्तो रुचि उस्तो रुचि भन्ने नै भएन । हामीले पढ्ने बेला, किताब, कापी, लाइब्रेरी यस्तो–उस्तो केही नै थिएन ।
एलएलसी पुग्ने बेला टेक्स्ट बुक पाइयो अलिअलि । पत्रपत्रिका केही पनि थिएन । एक्स्ट्रा किताब पनि भएन ।
एक्स्ट्रा किताब भनेको साइन्ससम्बन्धी किताब चाहिँ पढ्थेँ म ।
किताब नपढेको १० वर्ष भइसक्यो । यो अवधिमा एउटै किताब पढेको छैन । पायो भने विज्ञानसम्बन्धी राम्रा कुरा पढ्छु अहिले पनि तर किताब नै पढ्ने भनेर होइन । पत्रपत्रिका वा केही इन्टरनेटमा आर्टिकलहरु पढ्छु । पढ्ने फुर्सद÷बानी केही पनि छैन । झोलामा हालेर हिँड्दा–हिँड्दै फाटेर जान्छ । उपयोगी आर्टिकलहरु पढिन्छ । किताब हैन ।

मेरो फुर्सद
बिहानदेखि बेलुकासम्म काम पनि छैन फुर्सद पनि छैन । बिहान ६ बजे उठ्छु । नियमित साथीहरुसँग भेटघाट भइरहन्छ । सुत्ने समय निश्चित छैन ।
परिवारलाई समय दिनुपर्छ, दिन्छु पनि । कर्तव्य पूरा गर्नुपर्छ, गर्छु पनि । परिवारको जिम्मेवारी बिर्सनु हुँदैन ।

देशका २७ जिल्ला र २५ देश राम्रैसँग घुमेको छु ।
(असाध्यै मन परेको ठाउँ कुन् ?) मन परेको ठाउँ यो पृथ्वी हो । (लामो हाँसो) जहाँ गए पनि घुम्ने रमाउने भन्ने नै आउँदैन मलाई ।

mahabir-pun-3मेरो घुमफिर
देशका २७ जिल्ला र २५ देश राम्रैसँग घुमेको छु ।
(असाध्यै मन परेको ठाउँ कुन् ?) मन परेको ठाउँ यो पृथ्वी हो । (लामो हाँसो) जहाँ गए पनि घुम्ने रमाउने भन्ने नै आउँदैन मलाई । कुनै पनि ठाउँमा गएर ‘साइड सिन’ गर्ने कहिल्यै रुचि हुँदैन ।
जुन कामका लागि गएको हो त्यो पूरा गर्ने । मलाई के थाहा छ भने विदेशमा घुमेर, उनीहरुको ठूला–ठूला चिज हेरेर केही फाइदा छैन ।
हामी नेपालमा आएर के देख्नुपर्छ भन्ने त थाहा छ नि । अचेल त विदेश जान पनि मन लाग्दैन । विदेश गएर के हेर्ने । अर्काको हेर्ने आँखा पकाउने भन्छ क्या ।
थाहा छ नि उखान, अरुको झिलिमिली हेर्ने । आँखाको रमिता गर्नलाई यो ठाउँ गएर यस्तो रमिता गर्न पाए हुन्थ्यो भन्ने केही छैन । के हेर्न जाने अर्काको देश ।

मेरो गीतसङ्गीत
(गीतसङ्गीतमा तपाईंको कस्तो रुचि छ ?)
पटक्कै छैन ।
(कत्ति पनि ?)
अस्ति नै रेडियो नेपालमा अन्तर्वार्तामा तपाईंलाई मन पर्ने गीत बजाइदिन्छु भन्यो, के मन परेको छ भन्ने क्या ।
चितवनतिर पढाउँदा नारायण गोपालको गीत खुब बज्थ्यो । सुन्दिन भन्दा पनि सुन्नै पथ्र्यो । गीत सङ्गीत सुन्ने, नाचगान गर्ने कहिल्यै मौका नै आएन । जुन समयमा रमाइलो गर्नुपर्ने हो त्यो बेला मौका नै आएन ।
यो बुढेसकालमा आएर के गर्नु । जुन उमेरमा गर्नुपर्ने थियो त्यो बेला पाइएन । अघि कपडा लगाउने कुरा पनि यस्तै हो । उमेरमा ठिटो हुँदा चाहिँ केही लगाउन पाइएन अहिले जाबो पाएर के गर्नु । वास्तै हुँदैन ।

म पनि उसकै छेउमा बसेको थिएँ । उसले चिनेको रहेछ मलाई । ‘तपाईँले त्यत्रो पुरस्कार पाउनुभयो, एउटा गाडी किन्नुभएको छैन ?’ भनी सोध्यो उसले ।
गाडी सोखको कुरा पनि हो । घुमफिर गर्नका लागि । मलाई घुमफिर गर्न सोख नै छैन ।

मेरो चलचित्र
अमेरिका बस्दा जम्मा २ वटा चलचित्र हेरेँ । त्यो पनि प्रोफेसरले हलमा गएर फिल्म हेरेर त्यसको बारेमा लेखेर ल्याउनु भन्यो । क्लासमै त्यसो भनेको मान्नै पर्यो । पछि साथीले राम्रो फिल्म आएको छ भनेर आग्रह गर्यो, गएँ ।
चितवनमा पढ्दा चाहिँ केही फिल्म हेरेँ । फिल्म हल खुल्ने क्रम थियो त्यसबेला । पछि काठमाडौँमा आईएस्सी पढ्ने बेला पनि केही हेरेँ ।
पहिलो फिल्म कुन हेरेको थिएँ याद छैन । कति हेरेँ भन्ने पनि ख्याल छैन । अहिलेसम्म हेरेको अन्तिम फिल्म चाहिँ ‘क्याराभान’ हो । २००० तिर होला सायद । राम्रो छ रे भन्ने सुनेर पोखरामा हेरेको ।

मेरो मोबाइल
एउटा स्मार्ट फोन छ साथमा अहिले । साथीले दिएको । यस्तोमा पैसा फाल्न मनै पर्दैन । ५ वटा जति मोबाइल फेरेँ । साथीहरुले चलाएर थोत्रो भएपछि दिन्छन् । १÷डेढ वर्षभन्दा चल्दैन । नयाँ किनेर दिँदैनन् ।

mahabir-pun-2मेरो गाडी
(तपाईं सधैं पैदल हिँडेको देखिनुहुन्छ । गाडी किन्न मन लाग्दैन ?) अमेरिका हुँदा त गाडी किनिन यार यहाँ नेपाल आएर के किन्नु ।
पहिले त गाडी किन्न पैसै चाहिन्छ । पोहोर सिंहदरबारको हनुमानथानमा गाडी चढेँ । एकजना अर्को व्यक्तिले टाई–सुट लगाएको रहेछ ।
म पनि उसकै छेउमा बसेको थिएँ । उसले चिनेको रहेछ मलाई । ‘तपाईँले त्यत्रो पुरस्कार पाउनुभयो, एउटा गाडी किन्नुभएको छैन ?’ भनी सोध्यो उसले ।
गाडी सोखको कुरा पनि हो । घुमफिर गर्नका लागि । मलाई घुमफिर गर्न सोख नै छैन । किन चाहियो र ? अमेरिकामा कतै भ्याकेसन मनाउन जानेलाई हो गाडी चाहिने । नत्र किन चाहियो ।
नेपालमा आएर २५ वर्ष भयो जागिर नखाएको सम्पत्ति नै छैन । अनि केले गाडी किन्ने । म काठमाडौँ बसेकै होइन ।
नेपालमा जागिर खान्न भनेरै आएको । जागिर खोज्दै खोजिन । जागिर नहुने, सम्पत्ति नहुनेले कहाँबाट चाहना गर्ने गाडीको ।

मेरो घर
घर भन्ने चिज पनि बनाइँदैन । पैसा नभएपछि केले बनाउने । हातको दरले कति लाख भन्छन् । आनाको दरले के कति लाख भन्छन् नी ।
यस्तो ठाउँमा जागिर नभएको मान्छेले घर बनाउन सक्छ ? अमेरिका बस्दा पनि पैसा कमाइन मैले । पढ्न, बस्न फ्री थियो सबै । केही खर्च लाग्दैनथ्यो । अनि किन कमाउने पैसा ।
मामाको घर छ । मामाहरु यूकेको लाहुरे । उनीहरु यूकेमै बस्छन् । घर यसो हेर्दिए जस्तो पनि गर्ने । राम्रै भा’छ ।

मेरो प्रेम
(प्रेम भयो होला नि । कसरी ? मैले सोधेँ ।) प्रेम गरेर त विवाह गरेको नि । कस्तो कुरा गरेको ।
प्रेम भयो, विवाह भयो । तर ढिलो प्रेम भयो । गाउँघरतिरै डुल्दा डुल्दै प्रेम भयो, विवाह भयो, छोराछोरी भए ।
पहिला मास्टरी गर्दा बाबाले मलाई विवाह गर्न असाध्यै जोड गरे त्यसबेला विवाह गर्न चाहिनँ । पछि अमेरिका गइयो । त्यहाँ पढाइमै फोकस भइयो ।
पहिले पढ्ने बेला पढ्नै पाइएन । भेडा गाई चराएर बिताइयो । अमेरिका गएपछि मज्जाले पढ्न पाइयो । त्यो रमाइलो भायो । खर्चको चिन्ता भएन । समय पनि भयो । पढाइमै केन्द्रित भइयो । म राम्रो पढ्ने मान्छे । साथीहरु भनेको प्रोफेसरहरु मात्रै थिए । प्रेम वा विवाह गर्न लागिएन ।
अमेरिकाबाट फर्केपछि गाउँगाउँ डुलेर पहाडतिर गएँ । धेरै किसिमको काम गरेँ । त्यही क्रममा प्रेम भयो, विवाह भयो । एउटा इन्सिडेन्ट हुँनु पर्दो रहेछ । १९९८ तिर होला विवाह भएको ।
(तपाईं फकिर जस्तै हिँड्नुहुन्छ । परिवारले चिन्ता गर्दैन ? घर बनाउन, पैसा कमाउन परिवारको दबाब छैन ?) परिवारको त चिन्तै छैन नि ।

मेरो स्वास्थ्य
एकदम ठीक छु । अहिलेसम्म बिरामी भएकै छैन । कुन दिन खुत्रुक्कै पर्छु कि के हो । नियमित चेकअप गर्छु । काठमाडौं मोडेल हस्पिटलमा सरोज धिताल भन्ने पुरानो साथी छ । उसले जबर्जस्ती गराउँछ । समातेरै लगेर चेक गराउँछ । अहिलेसम्म ठीक छ भन्छ क्या रे । ठिकै होला ।
मर्निङ वाक गर्दिनँ । इक्सरसाइजका लागि इक्सरसाइज गर्ने चलन छैन । हिँडेको हिँड्यै, डुलेको डुल्यै छु । यसै फिट ।

मेरो खेलकुद
चितवन छँदा अलिअलि भलिबल खेलिन्थ्यो । अलिअलि फुटबल पनि खेलेँ ।
तर ठूलै ‘प्यासन’ थिएन । दर्शकका रुपमा बास्केटबल मन पर्छ । यो पनि अमेरिका गएर सिकेको । रमाइलै हुँदो रहेछ । छिटो छिटो स्कोर हुने ।
एक दमै ‘फास्ट’ । निकै रमाइलो हुने । फुटबल पनि वल्र्ड कपमा मात्रै । फाइनल, सेमी फाइनल चाहिँ हेर्छु ।

मेरो भूल
‘लर्निङ बाई डुइङ’ । जिन्दगीमा जति काम भयो, गरेर सिकेको हो मैले । अमेरिकाबाट फर्केर २५ वर्षमा धेरै काम गरियो । सबै काम सिकेकै हो । यसरी गर्दा त्रुटि धेरै हुन्छन् । म चाहिँ त्रुटि गर्न डराउँदिन ।
कुनै काम भए होस् नभए नहोस् । भएन भने भएन । बिग्रेछ भने पनि बिग्रोस् । जसलाई भन्दा पनि नडराऊ । कुनै काम बिग्रेर, पड्केर २०÷३० हजार नै नोक्सान हुन्छ भने पनि गर । लेसन त सिकिन्छ यार ।

मेरो सौन्दर्य
(तपाईंलाई आफू कस्तो छु जस्तो लाग्छ ? यस्तो सोच्नुहुन्छ कहिल्यै ? )
कस्तो छु, म खै कस्तो ठान्छन् । (लजाउँदै, मुस्कुराउँदै) भिन्दै देखिन्छ होला र त बाटोमा सबै मान्छेले चिनिहाल्छन् ।
मलाई केही लाग्दैन । स्टायल गर्ने भनेर राम्रो देखिन केही गर्दिनँ । राम्रो देखिएन कि भन्ने केही वास्ता हुँदैन ।

मैले पढाएको विद्यार्थीले म उठेको छु सर भनेर फोन गर्यो । एमालेबाट होला, जित्यो पनि, लालमणि चौधरी । सोझो केटा थियो । पढाइ पनि राम्रो थियो । बाटोमै भेटेर म आएँ भोलि भोट हाल्दिउँला भनेँ, भोट हालेँ ।

mahabir-pun-1मेरो राजनीति
अमेरिकाबाट फर्केका सुरुका दिनमा विभिन्न पार्टीका मान्छे आउँथे र पार्टीमा आउन आग्रह गर्थे । मलाई कसैले पनि नबोलाउनुस् भन्थेँ । म एउटा समाजसेवक हुँ भन्थेँ ।
मैले समाजमा काम गर्दा कुनै एक पार्टीलाई बोकेर काम गरेँ भने सफल हुँदैन भन्ने थाहा छ मलाई । नेपालमा त रोग छ नि, राम्रो मान्छेले राम्रै काम गरेको छ तर कुनै एक पार्टीमार्फत गरेको छ भने अरु मान्छेले यो त फलानो पार्टीको भनेर बिगारिदिन्छन् ।
राजनीति भनेको पर्फेक्ट चिज हैन । कुनै पार्टीको एक राम्रो चिज हुन्छ, अर्को पार्टीको अर्को राम्रो चिज हुन्छ । सबै राम्रो कसैको हुँदैन । राजनीति नभए पनि नहुने, गतिलो चिज पनि हैन । यसले बिगार्छ पनि, सपार्छ पनि । राजनीतिमा इन्ट्रेस्ट छैन । कसैको समर्थन गरेको छैन । विरोध पनि गरेको छैन ।
भोट एक चोटि मात्रै दिएँ । अघिल्लो संविधानसभाको निर्वाचनमा हो कि के हो । मेरो भोटर लिस्ट चितवनमा नाम छ ।
त्यहीँ पढियो, त्यहीँ पढाइयो । नागरिकता पनि त्यहीँको लिइयो । आमा, बाहरु त्यहीँ बसेका हुन् ।
भोट दिने बेला कता पुगिन्छ । चुनावको बेला संयोगवश त्यहाँ पुगेको थिएँ । भोटका लागि भनेर त्यहाँ गएको होइन ।
त्यतिबेला मैले पढाएको विद्यार्थीले म उठेको छु सर भनेर फोन गर्यो । एमालेबाट होला, जित्यो पनि, लालमणि चौधरी । सोझो केटा थियो । पढाइ पनि राम्रो थियो । बाटोमै भेटेर म आएँ भोलि भोट हाल्दिउँला भनेँ, भोट हालेँ ।
(समानुपातिक भोट कसलाई दिनुभयो ? मैले सोधेँ ।)

नेपाललाई धनी देश बनाउने मेरो सपना । सकभर मेरै जीवनमा बनाउने हो । अलि भ्याइँदैन कि जस्तो भयो ।

कस्तो समानुपातिक ? (प्रतिप्रश्न गरे ।) दुईटा हुन्छ र हुन्न होला । सम्झिन यार । दुइटा हालेँ कि एउटा । त्यो लालमणिलाई हालेको याद छ, आफ्नै विद्यार्थी भएर अरु थाहा छैन ।
जहाँ म जान्छु, यो न्युट्रल हो भन्छन् मलाई । मेरो काममा कसैले पनि विरोध गर्दैनन् । अहिलेसम्म भएकै यही हो ।
यद्यपि, माओवादीको समयमा म गाउँमै थिएँ । ठाउँठाउँमा भाषण गर्दै हिँड्थ्यो रे । जनताले सुनाउँथ्यो, महावीर पुन भन्ने सीआईएको एजेन्ट म्याग्दी जिल्लामा आएर काम गर्दैछ, उसँग सजग हुनुपर्छ भनेर मलाई सुनाउँथ्यो ।
भन्नेलाई भन्न देऊ भन्थेँ म । पछि माओवादीकै जिल्ला नेता आएर मलाई भने तपाईँलाई हामी अनुसन्धान गर्दैछौँ भने । मैले ठिकैछ भनेँ, अनुसन्धानले के पत्ता लाग्छ भन्नुस् भनेँ मैले ।
२ वर्षपछि फेरि भने तपाईँ चाहिँ नम्बर वान कम्युनिस्ट रहेछ भन्यो । हामीभन्दा कडा कम्युनिस्ट रहेछ भने । हामी भाषण गर्ने, तपाईँ काम गर्ने कम्युनिस्ट भने । त्यो नेता अहिले यतै छन् । उनको खास नाम त थाहा छैन, माओवादीले विज्ञान भन्थे ।

मेरो राशि
राशि–शाशि, हात हेराउने, भविष्यवाणी केही विश्वास छैन ।
‘एस्ट्रोलोजी’ भनेको के भनेजस्तै मेरो सिंह राशि भयो । म जन्मँदा आकासमा कुन नक्षत्र थियो भन्ने आधारमा थियो भन्ने हो ।
यो एक काल्पनिक कुरा हो । एउटा समयको ‘क्याल्कुलेसन’ गर्न बनाएको काल्पनिक आधार हो ।
त्यही ताराहरुलाई जोडेर बनाएको त हो । ताराहरु जोडेर सिंह बनाइएको । वा तारा जोडेर कर्कट बनाएको हो ।
जुन तारालाई तिनीहरुले जोडे, ती ताराहरुबीच सम्बन्ध के ? केही छ त ? एक तारादेखि अर्को तारासम्म दूरी कति छ ? एक तारादेखि अर्को तारा जान प्रकाशको गतिमा जाने हो भने हजारौँ, लाखौँ प्रकाश वर्ष लाग्छ । उनीहरुबीच आपसमा सम्बन्ध छैन । हाम्रो पुर्खाले समयको पहिचानको लागि बनाएको अनुमान हो ।
यो कुरालाई आधार मानेर मेरो भविष्य यस्तो हुन्छ भनेर कसैले मलाई भन्छ भने म विज्ञानको विद्यार्थी त्यसलाई विश्वास गर्ने र ?
धेरैले विश्वास गर्छन्, उनीहरुलाई नगर भन्दिनँ । तर मेरो विश्वास छैन ।

मेरो सपना
नेपाललाई धनी देश बनाउने मेरो सपना । सकभर मेरै जीवनमा बनाउने हो । अलि भ्याइँदैन कि जस्तो भयो ।
अहिलेको कोरिया, मलेसिया जस्तो अवस्थामा छन्, कम्तीमा त्यो स्थितिसम्म पुर्याउने सपना छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल