पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

बामपन्थी बाहुल्य जिल्ला भनेर चिनिने अर्घाखाँचीको तत्कालीन किमडाँडा गाविस–५, अहिलेको सन्धीखर्कमा २०१९ सालमा जन्मिएकी हुन् पम्फा भुसाल
कक्षा १ मै ‘स्कुल फस्ट’ बनिन् । उनको क्षमता देखी छिमेकीहरु ‘छोरा जस्तै सिपालु’ भन्थे रे । यस्ता टिप्पणीले भुसाललाई सामाजिक विभेदप्रति विद्रोही बनायो । ८ कक्षा पढ्दै गर्दा भूमिगत सङ्गठन अनेरास्ववियुको सदस्यता लिइन् ।
एसएलसी सकेर काठमाडौं आइन् । पुल्चोक इन्जिनियरिङ, शङ्करदेव हुँदै त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर भइन् ।
राजनीतितर्फ कम्युनिस्ट पार्टी चौथो महाधिवेशन पार्टी सदस्य, एकता केन्द्र मसाल हुँदै माओवादी जनयुद्धमा भूमिगत भइन् । वर्तमान माओवादी केन्द्रकी प्रवक्ता भुसालसँग रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ्ग कुराकानीको सम्पादित अंश :

pampha bhusal (1)
मेरो खाना
मेरो नियमित खाना दाल–भात–तरकारी । अचेल दाल कमै मात्र खान्छु । दूध र भात चाहिँ असाध्यै मन पर्छ । पहिले मासुका धेरै परिकार खान्थेँ । अचेल मासु खाइहालेँ भने चिकेन मात्रै खान्छु ।
कहिलेकाहीँ आफैँ पकाउँछु पनि । एसएलसीपछि २ वर्ष त नियमित भात पकाउँथेँ । पछि पेइङ गेस्ट बसेँ । त्यसपछि होस्टेल बसेँ । त्यसपछि पकाउने काम अलि कम भयो । जे होस्, सबै परिकार पकाउन आउँछ मलाई । खानैका लागि रेस्टुरेन्ट जाने चलन छैन ।

मेरो पोसाक
जेसुकै भए पनि छरितो पोसाक मन पर्छ मलाई । धेरैजसो प्यान्ट र टिसर्ट लगाउँछु । कपडाको रङ पनि यसको डिजाइन अनुसार हुँदोरहेछ । रातो टिसर्ट मन पर्छ । प्यान्ट चाहिँ निलो ।
कपडा आफैँ किन्ने गरेकी छैन । लन्डनमा बस्छन् बहिनी र भाइ अधिकांश कपडा उनीहरुले नै पठाउँछन् । ज्यादै कम कपडा किनेको छु आफैँले । ब्रान्ड कन्सस छैन म । सिम्पल कपडा मेरो राजाइमा पर्छ । पठाइदिँदा उनीहरुले नै ब्रान्ड रोजिदिन्छन् ।

मेरो फुर्सद
ज्यादै कम फुर्सद हुन्छ । आमा पनि मसँगै हुनुहुन्छ । वृद्ध र ४ वर्षदेखि अशक्त भएर बस्नुभएको छ । समय मिल्यो भने उहाँको हेरचाह गर्नुपर्छ ।
अलिकति बचेको समय आमासँगै बिताउँछु । पत्रपत्रिका, रेडियो र टिभीमा समाचार हेर्ने, सुन्ने गर्छु । विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि अध्ययन गर्छु ।

मेरो घुमफिर
घुमफिर भनेरै गएको छैन कतै । जहाँ गएको छु, राजनीतिक काम विशेषमा मात्रै । केही हिमाली जिल्लाबाहेक अधिकांश जिल्ला पुगेको छु ।
नेपालका हरेक ठाउँ तराई, पहाड र हिमालका आआफ्नै विशेषता छन् र सुन्दरता पनि । एउटा ठाउँसित अर्को ठाउँको सुन्दरता तुलना गर्नै सकिँदैन । सबैको महत्व उस्तै छ । सबै ठाउँ सुन्दर लाग्छ ।
१५/१६ देश घुमेँ । जहाँ गएँ आफैँमा नौलो लाग्यो । रमाइलो र राम्रो ।

घरमा ५ वटा ठूला दराजमा भरिभराउ पुस्तक छन् । दर्शन, राजनीति, अर्थशास्त्रका पुस्तक बढी छन् । साथै माक्र्सवादको समर्थन वा विरोधमा लेखिएका पुस्तक पनि मेरो सङ्कलनमा छन् ।
विभिन्न कारणले पछिल्लो केही महिनायता कुनै पुस्तक सिङ्गै पढ्न पाएको छैन ।

नगएका धेरै ठाउँ छन्, जान मन लाग्ने स्वभाविक हो । तर अहिले नै जानै पाए हुन्थ्यो भन्ने छैन ।
(पम्फा मात्रै होइन, अधिकांश नेताहरुसँग पूर्ण रुपमा ‘ट्राभलर’ बनेर घुम्ने कल्चर बसेको छैन । सरकारले आन्तरिक पर्यटनमा जोड दिने भने पनि राजनीतिज्ञहरुलाई हेर्दा यस्तो देखिँदैन । स्वभाविक रुपमा अचेल नेपाली युवाहरुमा हिमाली पर्यटकीय क्षेत्र घुम्ने शैली चाहिँ बढेको छ ।)

मेरो अध्ययन
राजनीतिक, सामाजिक पुस्तक नै मन पर्छ मलाई । विभिन्न जीवनी पनि पढ्न मन लाग्छ ।
साथै, आर्थिक, वैज्ञानिक वा समाज विज्ञानका विषयमा अपडेटेड हुन्छु । नयाँ नयाँ विषयमा पनि चासो राखेर पढ्छु ।
मेरो माक्र्सवादी अध्ययनको सिलसिला हो । साहित्य पनि माक्र्सवादी नै बढी पढियो । कुनै बेला युवाहरुको गीत असाध्यै मन पर्यो । १ सयभन्दा धेरै यो पुस्तक किनेँ मैले । विवाह वा अन्य समारोहमा यही पुस्तक उपहार दिन्थेँ ।
पछिल्लो समय ‘रातो चट्टान’ पनि मन पर्यो । चिनियाँ साहित्यले बढी प्रभाव पार्यो मलाई ।
नियमित लेख्ने वा पुस्तकको तयारी त छैन मेरो, कुनै विषयमा आफूलाई लागेको कुरा टिपोट गर्ने र महत्वपूर्ण कुरा डायरीमा लेख्ने चाहिँ गर्छु ।
घरमा ५ वटा ठूला दराजमा भरिभराउ पुस्तक छन् । दर्शन, राजनीति, अर्थशास्त्रका पुस्तक बढी छन् । साथै माक्र्सवादको समर्थन वा विरोधमा लेखिएका पुस्तक पनि मेरो सङ्कलनमा छन् ।
विभिन्न कारणले पछिल्लो केही महिनायता कुनै पुस्तक सिङ्गै पढ्न पाएको छैन ।
(नेपाली कम्युनिस्टहरु अध्ययनशील नै हुन् । अध्ययनले आलोचनात्मक सोचको विकास गर्छ । माओवादी जनयुद्धमा भूमिगत हुँदा धेरैलाई अध्ययन गर्ने अवसर पनि मिल्यो । तर शान्ति प्रक्रियापछि नेताहरु खुला राजनीतिमा व्यस्त बने । यति व्यस्त कि अध्ययन अनुसन्धान गर्ने फुर्सद नै भएन । पछिल्लो समय पम्फा पनि यो समस्याबाट मुक्त छैनन् ।)

मेरो फिटनेस
मर्निङ वाक कमै गर्छु । नियमित योगा वा अन्य शारीरिक अभ्यास पनि गर्ने बानी छैन । अलि पहिले जहाँ पनि जे पनि खान्थेँ । पछिल्लो समय युरिक एसिड बढेपछि खाने कुरामा अलि चनाखो छु । तैपनि मेरो खाना सन्तुलित छैन । खानामा भद्रगोल ताल नै छ ।
बेलुका १०/११ बजे सुत्छु । बिहान ५/५.३० मा उठिसक्छु । लामो समय कतै हिँड्नु परेन र शिथिल भएजस्तो लाग्यो भने पसिना आउने गरी शारीरिक अभ्यास चाहिँ गर्छु ।
(कमै नेताले शारीरिक अभ्यासमा ध्यान दिन्छन् । रामदेव लगायतका धर्मगुरुको प्रभावमा योग शिविरमा थुप्रै नेता टुँडिखेल भेला हुन्छन् । तर शारीरिक श्रम गर्ने चलन त छँदै छैन ।)

मेरो स्वास्थ्य
४/५ वर्षदेखि युरिक एसिड र ब्लड प्रेसर बढी छ । दैनिक काममा असर पर्ने गरी स्वास्थ्य समस्या चाहिँ छैन । उमेरको हिसाबले स्वस्थ नै छु । युद्धकालमा १८ दिनसम्म पनि लगातार हिँडिन्थ्यो । यही कारण पनि त्यस्तो ठूलो स्वास्थ्य समस्या नदेखिएको हो भन्ने लाग्छ ।

मेरो मदिरा
जिन्दगीमा कहिल्यै लिइन मैले ।
(यो विषयमा मैले पनि दबाब दिइन ।)

एसएलसी दिएपछि बुटवल हलमा गएर पहिलो पटक फिल्म हेरेकी थिएँ । सायद त्यो ‘माइतीघर’ थियो ।
त्यसपछि ‘सिन्दुर’, ‘के घर के डेरा’ । २/४ वर्षमा एउटा फिल्म बन्थ्यो । ती हेर्थें ।

मेरो खेलकुद
म आफैँले केही खेलिन । तर फुटबलको दर्शक हुँ । मलाई सबैभन्दा मनपर्ने खेल फुटबल हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेर्छु । तर त्यसैमा लम्पट भएर कुनै क्लब वा देशको फ्यान छैन म ।

मेरो गीत सङ्गीत
आफैँ नाच्ने गाउने गरिएन । सानैदेखि नाचगानमा रुचि भएन ।
जनवादी सङ्गीतप्रति चाहिँ रुचि त भयो । हाम्रो सांस्कृतिक मोर्चा नै भएकाले जनवादी गीत सङ्गीत हेरियो । ती गीत एक किसिमले मन पर्यो पनि । जनवादी गीत सङ्गीतका सीडी क्यासेटहरु पनि छन् अझै । अचेल एफएमहरुमा धेरै गीत सुन्छु । तर कुनै खास किसिमका गीतसङ्गीतमा विशेष लगाव छैन ।

मेरो चलचित्र
कति चलचित्र हेरेँ भन्ने सङ्ख्या याद छैन । अहिलेसम्म थोरै चलचित्र हेरेको छु ।
एसएलसी दिएपछि बुटवल हलमा गएर पहिलो पटक फिल्म हेरेकी थिएँ । सायद त्यो ‘माइतीघर’ थियो ।
त्यसपछि ‘सिन्दुर’, ‘के घर के डेरा’ । २/४ वर्षमा एउटा फिल्म बन्थ्यो । ती हेर्थें ।
०४५ पछि फिल्म हेरेकै थिइनँ । अस्ति ०६७ सालतिर अमेरिकाबाट मेरी साथी आएकी थिइन् । उनकै आग्रहमा हामी दुवै आआफ्ना आमासहित जय नेपाल हलमा गएर ‘मेरो एउटा साथी छ’ भन्ने फिल्म हेरेको ।
अहिलेसम्म मैले हेरेको पछिल्लो फिल्म नै त्यही हो । टिभीमा फिल्मी च्यानल नै छ, त्यसमा पनि हेर्न भ्याएको छैन ।

मेरो टिभी
सामसुङ कम्पनीको ६० हजार पर्ने टिभी छ आमाको कोठामा । ४ वर्षअघि किनेको । अहिले त यसको मूल्य घटिसक्यो होला ।
टिभीमा मेरो रुचि समाचार र समाचारमूलक कार्यक्रम नै हो । भेटघाट नभएको बेला घरमा बस्दा टिभी नै हेर्छु ।
सीएनएन, बीबीसीदेखि नेपाली च्यानलहरु लगभग सबै सर्सर्ती हेर्छु ।
समाचारबाहेक अन्य सिरियल हेर्ने बानी छैन । घरमा पुगेपछि नै आमाको कोठामा जान्छु । आमाको कोठा नै लगभग हस्पिटल जस्तो छ । ८८ वर्षकी आमा खान, उठ्न, हिँड्न केही गर्न सक्नुहुन्न । त्यसैले पनि घर पुग्ने बित्तिकै आमासँग समय बिताउँछु म । त्यही क्रममा टिभी पनि हेर्ने हो ।

मेरो मोबाइल
मसित एउटै मोबाइल छ, आइफोन–सिक्स । फोरबाट सुरु गरेको अहिले सिक्स मोडल छ ।
९० हजार जति पर्ने यो मोबाइल एक साथीले गिफ्टका रुपमा दिएको हो । यो पनि टुट्दै–फुट्दै छ । अब अरु कसैले ल्याइदिए हुन्थ्यो भन्ने पक्षमा छु । काम चलुन्जेल चलाउँछु नै । मोबाइल फेरिरहने बानी छैन ।
मोबाइलमा गेम खेल्दिन । न्युज एप्सहरु हेर्छु, फेसबुक, वि च्याट चलाउँछु धेरै । यस्तै इबुक पनि डाउनलोड गरी पढ्छु ।
०६० सालतिर हो मैले पहिलो पटक मोबाइल चलाएको ।
pampha bhusal (2)जनयुद्धको क्रममा भूमिगत हुँदा नेपालमा मोबाइल सुरु नहुँदै भाइले लन्डनबाट सोनी इरिक्सन (कलर सेट) पठाइदिएको थियो । तराईतिर हुँदा पारि (भारत)को फोन टिप्थ्यो ।
त्यही बेलादेखि चलाउन सुरु गरेको । २ वटा ब्ल्याक बेरी चलाएँ । नोकियोपछि आइफोन चलाउन थालेँ ।
(यसअघि अन्य व्यक्तित्वले पनि प्रायः गिफ्टकै मोबाइल चलाएको बताएका थिए । आफैँ नकिनेर गिफ्ट मात्रै चलाउने त्यो पनि महँगो मोबाइल लिने नेताको प्रवृत्ति खराब भनी थुप्रै पाठकले जिज्ञाशा राखेका थिए । साथै महँगो मोबाइल किन लिने )

मेरो गाडी
पहिले हाम्रो एउटै पार्टी (नेकपा माओवादी) हुँदै मसँग पार्टीको गाडी थियो, स्कर्पियो । कोड अफ कन्डक्ट बनाएपछि त्यो गाडी पार्टीलाई बुझाएँ ।
त्यसपछि आमाको सल्लाहमा रामकोटमा भएको घडेरी बेचेर आई–टेन गाडी किनेँ । १७ लाख जति परेको थियो यसको ।
गएको वर्ष १४ लाखमा आईटेन बेचेर सुजुकी स्विफ्ट किनेको छु । यसमा चाहिँ भाइको पनि हिस्सा छ । हामी दुवैले किनेको हो यो । दुवैले आआफ्नो आवश्यकता र अनुकूल अनुसार प्रयोग गर्छौं । २८ लाख जतिको हो यो ।

मेरो घर
जनयुद्धभन्दा पहिले नै हाम्रो काठमाडौंमा घर थियो । घडेरी त हामीले ४२ सालमै किनेका थियौँ । अर्घाखाँचीको घडेरी बेचेर काठमाडौंमा किनेका थियौँ । ०५२ सालमा घर बनाएपछि म भूमिगत भएँ । परिवारका अरु घरमै बस्नुभयो ।
पोहोर साल त्यो घर बेचेर सिफ्ट भएका छौँ, एकान्तकुनामा । अपार्टमेन्ट किनेका छौँ हामीले । ६० लाखमा टु बेडरुम र ८० लाखमा थ्री बेडरुम किनेका हौँ । तर सरिसकिएको छैन । अहिले चाहिँ बहिनीको घरमा बस्दैछौँ हामी ।

श्रीमतीहरु मास्टर, गृहिणी हुने र घर गृहस्थी चलाउने तर पुरुष राजनीति गर्ने । मोहन विक्रमबाट सुरु भएको यो परम्परा सबैतिर भित्रियो । एमालेका नेताहरुलाई हेर्नुभयो भने त्यस्तै छ । म किन सहयोगी बन्ने लाग्यो मलाई । आफैँ राजनीति गर्छु नि भन्ने भयो ।

मेरो राशि
पम्फाबाटै नाम भएकाले मेरो कन्या राशि हो मेरो ।
राशि, ज्योतिष आदि कुरामा बहुतै अविश्वस लाग्छ । भाग्य–भविष्य बारे केही चासो छैन । चिना त छ तर हेर्ने चलन नै छैन । औँठी लगाएको छु । यसको खास कारण नै छैन ।
बजारिया राशिफल हेर्नुभयो भने पनि आज एउटाकोमा भोलि अर्कोमा उल्टाएर पालै–पालो उही कुराहरु राखिन्छ । विश्वस छैन मलाई ।
(उनको देब्रे हातको साइँली औँलामा एउटा औँठी छ ।)

मेरो प्रेम
(केही बेर रोकिएर ) यो चाहिँ नबोलौँ । भएन नि त हैन ? (फिस्स हाँस्दै यो विषयमा बोल्न चाहिनन् । किशोरावस्थामा त प्रेममा पर्नुभयो होला भनी केही जान्ने प्रयास गरेँ तर बोल्नै चाहिनन् ।)

व्यक्तिगत रुपमा म यही बन्नुपर्छ, मै प्रधानमन्त्री/राष्ट्रपति बन्न पाए हुन्थ्यो भन्ने लाग्दैन ।
हामी कम्युनिस्ट सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीमा विश्वास गर्छौं । सामूहिक सपनामा विश्वास गर्छु म । हामीले यस्तो गर्नुपर्छ भन्नेबाटै हो मैले राजनीति सुरु गरेको ।

मेरो विवाह
एक ढङ्गले गरिएन । अर्को ढङ्गले भ्याइएन । मेरा समकालीन महिला साथीहरुमा बिहे गर्ने र पुरुष पार्टनरलाई सहयोगी भूमिका खेल्ने क्रम थियो ।
मलाई त्यस्तो ठीक लागेन । ‘इगो’ होला वा ‘इन्डिपेन्डेन्ट’ बन्छु भन्ने भएर होला ।
श्रीमतीहरु मास्टर, गृहिणी हुने र घर गृहस्थी चलाउने तर पुरुष राजनीति गर्ने । मोहन विक्रमबाट सुरु भएको यो परम्परा सबैतिर भित्रियो । एमालेका नेताहरुलाई हेर्नुभयो भने त्यस्तै छ । म किन सहयोगी बन्ने लाग्यो मलाई । आफैँ राजनीति गर्छु नि भन्ने भयो ।
(असामाजिक भएन त ?, मैले सोधेँ ) भएन । म एउटाले यसो गरेर भएन नि । सबैको यही रुल हुनुपर्छ भन्ने भएन नि । सबैले यसो गरुन् भन्ने भन्दिन म । आफ्नो रुचि÷इच्छा अनुसार वैवाहिक जीवन बिताऊन्, अगाडि जाऊन् भन्ने चाहन्छु । रिग्रेसन केही लाग्दैन । जे निर्णय गरेँ यसप्रति गर्व छ ।
बिहे गरी मरेका पनि हुन्छन्, डिभोर्स गरेका पनि हुन्छन् । नगरेकै पनि हुन्छन् । गरेर मिलेका वा नमिलेका पनि हुन्छन् ।
बिहेको दबाब त भयो । तिथि–मिति पनि तोकिन्थ्यो । तोडेर छोडेरै हिँडेको म ।
त्यसबेला फलानोको छोरी फलानो भनेपछि नै हुन्थ्यो । गाउँको हाइस्कुल पढेको बेला । देख्ने भेट्ने भन्ने असजिलो भएन ।
बाआमा भेटेर बिहे टुङ्ग्याउने जो कल्चर थियो मैले ब्रेक गरिदिएँ । मेरी दिदीहरुको सानैमा बिहे भयो । मेरो पनि परिवारबाट प्रयास भयो । मैले ब्रेक गरिदिएँ ।

मेरो भाषण
मेरो आफ्नै शैली छ । उमेर अवस्था अनुसार होला । विद्यार्थी राजनीतिमा चर्को भाषण गरिन्थ्यो ।
अहिले जनयुद्धले धेरै कार्यकर्ता नेता उत्पादन गरायो । सामान्यतः लामो भाषण गर्थें । छोट्याउन सकिँदैनथ्यो । तर संविधानसभामा प्रवेश गरिसकेपछि छोटो गर्नैपर्ने बाध्यता । १ मिनेट, ३ मिनेट, ५ मिनेट, १५ मिनेट । तोकिएको समयमा गर्नैपर्ने भएपछि छोटो भाषण गर्न पनि सकिने भइयो ।
भाषणको विषयगत सामान्य तयारी गर्छु । लेखेरै÷टिपेरै तयारी गर्दिन । भाषण गर्दा प्रभावकारी भयो या भएन ख्याल गर्छु । प्राभवकारी भएन भने छोट्याउँछु ।
मेरो भाषण काम चलाउ ठिकै होला भन्ने लाग्छ । पार्टी लाइनभन्दा फरक कहिल्यै बोल्दिन । इस्यु विवादित नहोस् भनेर ख्याल गरेकै हुन्छु ।

मेरो सपना
सामान्यतः समकक्षीसँग प्रतिस्पर्धाबाटै यहाँसम्म आएँ भन्ने लाग्छ । क्षमता, आकाङ्क्षा र संयोगले पनि नेता बनिन्छ ।
व्यक्तिगत रुपमा म यही बन्नुपर्छ, मै प्रधानमन्त्री/राष्ट्रपति बन्न पाए हुन्थ्यो भन्ने लाग्दैन ।
हामी कम्युनिस्ट सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीमा विश्वास गर्छौं । सामूहिक सपनामा विश्वास गर्छु म । हामीले यस्तो गर्नुपर्छ भन्नेबाटै हो मैले राजनीति सुरु गरेको ।
हाम्रो समाजमा जति पनि विभेद छन् यो सबैबाट मुक्त हुने र देश समाजवादतिर जाओस् भन्ने सपना छ ।
(अन्य अधिकांश नेताले स्वभाविक रुपमा राष्ट्रको प्रमुख कार्यकारी पदमा पुग्ने चाहना भएको बताएका थिए । यस विषयमा पम्फाको भिन्न विचार आयो ।)

यी जीवन कथा पनि पढ्नुहोस्

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल