गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

काङ्ग्रेस नेता/सांसद गगन थापा पछिल्लो दशककै लोकप्रिय नेता हुन् । जनआन्दोलनताका भनिन्थ्यो, गगनको अर्को नाम हो भाषण । फुटबल, रेडियो, विद्यार्थी राजनीति, पार्टी हुँदै संसद भवन पुगेका थापा नयाँ सरकारमा मन्त्री बन्ने चर्चा चल्यो । उनको खेलकुद, भाषण, विवाह, धर्मलगायत जीवनका अनेक आयामबारे रमन पौडेलले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

Gagan-thapa-shareमेरो खाना

बिहानको खाना प्रायः घरमै खान्छु । तर अलि ढिलो हुन्छ । बरु अलि हेभी ब्रेकफस्ट लिन्छु । मुस्ली, अन्डालगायत ।

आमाले जे पकायो त्यही खाने हो । दाल, भात, तरकारी नियमित जस्तै हुन्छ । बेलुकाको खाना प्रायः बाहिरै खान्छु । बेलुका घरमा खान्छु भने पनि मिल्दैन । सकेसम्म सलाद वा अन्य लाइट खाना खाने तयारी गर्दैछु ।

श्रीमती र छोरीलाई लिएर पनि रेस्टुरेन्ट जान्छु । ब्रेकफस्ट लिनका लागि मात्रै भए पनि रेस्टुरेन्ट जाने चलन छ । महिनाको कम्तीमा ३ पटक । गैरीधाराको एलिस रेस्टुरेन्ट हाम्रो फेवरेट हो । त्यो चाइल्ड फ्रेन्ड्ली भएकाले मेरा साना छोरी पनि रमाउँछन् ।

मांसहारी हुँ म । मासुका सबैजसो परिकार मन पर्छ । कम गर्न खोज्छु सकिरहेको छैन । पहिले त सबै खालको खान्थेँ, अचेल स्वास्थ्यको ख्याल गरी चिकेन खान्छु । अघि देखिसकेपछि मासु नखाइकन बस्नै सक्दिन ।

नेपाली स्पाइसीमा बानी भइसक्यो । नेपालीबाहेक अरु बाहिरी खाना १/२ दिनभन्दा धेरै दिन खान पर्यो भने निकै गाह्रो हुन्छ । लामो समय स्विट्जरल्यान्ड जाने बेला घरबाटै केही अचार बोकेर गएको थिएँ । नेपाली खानाको स्वाद भएन भने छटपटाहट नै हुन्छ । तर तरकारीमा टुसा र बरेला जति कोसिस गरे पनि खानै सक्दिन ।

पकाउने सीपमा म कमजोर छु । खासै जान्दिन तर कहिले काहीँ रहरले पकाएको छु । स्विट्जरल्यान्ड गएको बेला रामकुमारी झाँक्री, देवी खड्का लगायत हाम्रो टोली थियो । चिकेनको डिस बनाइदिएँ । सबै दङ्ग भए । राम्रो कुक भन्न थाले । खासमा म पकाउन जान्ने त होइन । घरमा आमाले बनाएको देखेर ठिकै पकाएँछु ।

सांसद हुने बेला एक–दुईवटा मात्रै कटन प्यान्ट थियो मसँग । सधैँ जिन्स लगाउँथेँ । लुगामा फेसनको सेन्स छैन मेरो । काठमाडौंमा हुर्किएकाले जस्तो फेसन आयो त्यस्तै लगाइयो । संविधानसभामै एकचोटि सुभास नेम्वाङले लक्ष्मण घिमिरेसँग मेरो लुगाको विषयमा कम्प्लेन गर्नुभएछ ।

gagan thapa (6)मेरो पोसाक

सांसद हुने बेला एक–दुईवटा मात्रै कटन प्यान्ट थियो मसँग । सधैँ जिन्स लगाउँथेँ । लुगामा फेसनको सेन्स छैन मेरो । काठमाडौंमा हुर्किएकाले जस्तो फेसन आयो त्यस्तै लगाइयो ।

हामी चार दाजुभाइ सँगसँगै हुर्किएकाले पनि एकअर्काका लुगा लगाउन मिल्ने थियो । लुगाको च्वाइस थियो । कुन कस्तो भन्दा पनि मौकाले जुन मिल्यो त्यही लगाइन्थ्यो ।

संविधानसभामै एकचोटि सुभास नेम्वाङले लक्ष्मण घिमिरेसँग मेरो लुगाको विषयमा कम्प्लेन गर्नुभएछ । मैले अलिकती मर्यादित लुगा लगाइन भनेर कम्प्लेन गर्नुभएछ । ड्रेस कोड त थिएन हाम्रो । उहाँले सम्झाउनुभयो । कहिले म चप्पल लगाएर जाने, ताल बेतालको कपडा लगाएर जाने । मोर क्याजुअल भएछ ।

बिस्तारै ड्रेस सेन्स फेरियो । समितिको सभामुख भएँ । कोट वा वेस्ट कोट लगाउन थालेँ । साथीहरुले कपडामा कम ध्यान दिने भइस् भन्छन् ।

अचेल कुर्ता असाध्यै धेरै लगाउँछु । यो उहजै उपलब्ध र सजिलो पनि छ ।

कलर फेबरेट त छैन । तर ब्राइट कलर मेरो न्याचुरल कलर रहेछ जस्तो लाग्छ ।

पहिले जुत्ताको अति सौखिन थिएँ । बाहिरबाट भाइहरुले ल्यादिन्थे । महँगो भन्दा पनि धेरै हुन्थ्यो कलेक्सनमा । अटोमेटिकल्ली जुत्ता कता कताबाट पठाइदिन्थे ।

योजना बनाएर बजेटिङ गरी सपिङ गर्ने चलन छैन । प्रायः बाहिर ट्राभल गर्न थालेँ । बाहिर जाने–आउने भएकाले बाहिरबाट ल्याउन थालेँ । अमेरिका बस्ने भाइ/बहिनीले पनि पठाइदिन्छन् । अस्ति भर्खरै अमेरिका गएँ । भाइ बहिनीले किनिदिए । उमेरजन्य पनि रुचि बन्दोरहेछ ।

थुप्रै साथीले फ्याङ्ले भयो भनेर कम्प्लेन गर्छन् । अलि फर्मल, अर्गनाइज्ड हुनुपर्छ भन्ने मलाई पनि लाग्छ ।

घुमफिर गर्न नपाएकोमा अति ठूलो पश्चाताप छ । जिन्दगीको निश्चित उमेरपछि एक्टिभ पोलिटिक्सबाट बिदा लिनेछु म । त्यसपछि स्वास्थ्यले साथ दियो भने घुम्ने र विश्वविद्यालयमा पढाउने रहर छ ।

मेरो घुमफिर

घुमफिर गर्न नपाएकोमा अति ठूलो पश्चाताप छ । जिन्दगीको निश्चित उमेरपछि एक्टिभ पोलिटिक्सबाट बिदा लिनेछु म । त्यसपछि स्वास्थ्यले साथ दियो भने घुम्ने र विश्वविद्यालयमा पढाउने रहर छ ।

ट्राभल त अति गरेकै हुन्छु । महिनाको १५ दिन काठमाडौँ बाहिर हुन्छु । देशबाहिर त्यत्तिकै गएको हुन्छु ।

७१ जिल्ला घुमेँ । कति देश घुमेँ याद छैन । चाइना जाने मन छ । साउथ अमेरिका पनि जाने चाहना छ ।

बाहिर गए पनि घुम्ने भन्दा कामकै सिलसिला जोडिन्छ । भेटघाट, कार्यक्रम सबै घुमाई काममै केन्द्रित हुन्छ । निस्फिक्री ट्राभलरका रुपमा घुम्ने अवसर पाएको छैन ।

अस्ति रारा तालतिर घुमेर ७÷८ दिनको यात्रा गरेँ । डोल्पाको शेदेखि धेरै ठाउँ घुमेँ । तर बीचबीचमा भाषण गर्ने, विभिन्न कार्यक्रम परिरहन्छ ।

स्वर्ग भन्ने इम्याजिन हुन्छ भने त्यो मुगुको रारा ताल र डोल्पाको शे भन्ने ठाउँ नै हो । हिमाली रेन्जका ठाउँ पुगियो भने अर्कै संसार पुगे जस्तो हुन्छ ।

gagan thapa (5)मेरो फुर्सद

फुर्सद हुँदैन । तर यसको अर्थ अस्तव्यस्त पनि होइन । ट्राइ गर्छु बेस्ट । परिवारप्रति गर्नुपर्ने जति गर्न सकेको छैन । बुवा आमाको घरमा बस्छौँ हामी । सबै जिम्मेवारी उहाँहरुले नै गर्नुभएको छ । मेरी श्रीमती आफैँ मेडिकल डाक्टर हो । उनले बुवा आमाको भूमिका कम नहोस् भनेर छोरीहरु हुर्काउन खटिरहेकी छिन् ।

मैले परिवारप्रति जति समय र महत्व दिनुपर्ने हो त्यो कम भएको महशुस गर्छु । गैरजिम्मेवार पनि होइन ।

अस्ति भर्खरै समय निकालेर साना २ छोरीलाई लिएर श्रीमतीसहित पातले वन बसेर आयौँ । सकेसम्म समय दिन्छु । बच्चाहरु सुतेको बेला म र श्रीमती राति सिनेमा हेरेर आयौँ ।

धेरैजसो बायोग्राफी पढेको छु । लामो समयसम्म प्रभाव पारेको पुस्तक ‘लङ वक टु फ्रिडम’ हो । मेरो जीवनमै अहिलेसम्म प्रभाव पारेको पुस्तक हो ।

मेरो अध्ययन

अध्ययनको विषय पनि समय अनुसार चेन्ज हुँदो रहेछ । अहिले धेरै अर्थशास्त्रसम्बन्धी पुस्तक अध्ययन गर्छु । शुद्ध अर्र्थशास्त्र भन्दा पनि यससँग सम्बन्धित पुस्तक मन पर्छ । पोलिसीसँग सम्बन्धित पुस्तक ।

अमेरिका जाने बेला बीपीका केही पुस्तक फेरि पढेँ । सकेसम्म बिहानको समय पढ्न चाहन्छु । पछिल्लो समय एउटा सानो बाल पुस्तक पढिरहेको छु । बालबालिकाको पिक्टोरियल मेसेज भएको सानो पुस्तक हो ।

पुस्तकमा बजेटिङ गर्ने बानी छैन । प्रायः ट्राभल गर्दा किन्छु र धेरैजसो फोनमा पढ्छु । बीचमा आई प्याडमा मात्रै पढ्न खोजेँ । तर सम्भव भएन । प्राक्टिकल भएन ।

मेरो सङ्कलनमा भएका धेरैजसो पुस्तक नेसन बिल्डिङ, डेभलेपमन्ट इकोनोमिक्ससँग सम्बन्धित छन् ।

धेरैजसो बायोग्राफी पढेको छु । लामो समयसम्म प्रभाव पारेको पुस्तक ‘लङ वक टु फ्रिडम’ हो । मेरो जीवनमै अहिलेसम्म प्रभाव पारेको पुस्तक हो ।

पहिले आदर्श पुरुषको बायोग्राफी पढ्दा मान्छेले सान सानो कम्प्रमाइज गरेको हुन्छ । त्यसले मान्छेलाई जीवनमा आदर्शलाई समात्ने बाटोबाट च्यूत भइसक्यौँ भन्ने अनुभूति हुन्थ्यो । मन्डेलाको किताबले जीवनलाई लामो यात्रामा हेर्ने रहेछ भन्ने सिकायो ।

मेरो सिनेमा

पछिल्लो पटक हेरेको हिन्दी फिल्म कवाली । यसअघि रेशम फिलिली हेरेँ । फिल्ममा पर्टिकुलर केही छैन । मौका मिल्यो भने जस्तो पनि हेर्छु । कहिले त टिभीमा आइरहेका जुनसुकै पनि हेर्छु ।

हाम्रो जीवन ‘ओभर स्टे«स’ हुन्छ । यसैले पनि फिल्म हेरिन्छ । फिल्म हेरिन्जेल ‘डिस्ट्रेस’ हुन्छ । कम्तीमा फिल्म हेरुन्जेल अन्य कुरा मनमा आउँदैन ।

पहिले फुटसल खेल्थेँ । त्यसले पनि खेलभरि अरु कुरा सोच्न मिल्दैनथ्यो । फिल्म पनि त्यस्तै हो मेरा लागि ।

नेपाली फिल्म पनि सकेसम्म नछुटाउने प्रयत्न गर्छु । पछिल्लो समय नेपाली फिल्मबाट आशावादी पनि छु म । दयाहाङको कबड्डी–कबड्डी हेरेँ । टलकजङ्ग भर्सेज टुल्केलगायत फिल्म मन पर्यो ।

सम्झना, चिनोलगायत फिल्म हाम्रो पालाका फिल्म हुन् । बीचमा नेपाली फिल्म कमजोर भयो । १५/२० वर्षसम्मै कता गयो गयो । अहिले राम्रो भए जस्तो लाग्छ ।

कलेज पढ्ने बेला मेटालिका ब्यान्डको ठूलो फ्यान थिएँ म । टोपीमै मेटालिका लेखेर हिँड्थेँ । कलेज लाइफमै ड्रमर बन्ने धोको थियो ।

gagan thapa (3)मेरो गीत–सङ्गीत

पहिले एक समय थियो, नयाँ नेपाली गीत, अङ्ग्रेजी गीत करिब करिब सबै थाहा हुन्थ्यो । लिरिक्स लेख्ने, कपी गर्ने बानी थियो । कलेज पढ्ने बेला मेटालिका ब्यान्डको ठूलो फ्यान थिएँ म । टोपीमै मेटालिका लेखेर हिँड्थेँ ।

कलेज लाइफमै ड्रमर बन्ने धोको थियो । पछि रेडियोमा कार्यक्रम चलाएँ त्यसबेला पनि गीतकै कार्यक्रम चलाउने भएकाले गीतबारे थाहा हुन्थ्यो ।

पछिल्लो समय कृपा अनप्लग भन्ने आयो । यसका सबै गीत हेरेँ । अलमुडाको गीतलगायत सबैजसो गीत सुनेको छु । लोकपप किसिमका गीत मनपर्छ मलाई । मौका पाएँ भने क्लासिकल पनि सुन्छु, इन्जोई गर्छु ।

तर गाउँदिन । बच्चामा घरमा आमाहरुले गाउन–नाच्न आउँदैन भनिदिनुभयो । त्यसले यस्तो इम्प्रेसन भयो कि कहिल्यै गाउने आँट नै गरिन । कहिलेकाहीँ अन्तर्वार्तामा एक लाइन गाउन भन्छन् नि, मरेतुल्य हुन्छ मलाई ।

नाच भन्यो भने हात खुट्टा जम्छ । तर नाच्न अति मन पर्छ । हुर्कने बेला गाउन–नाच्न आउँदैन भनियो । आमाले अरुसँग पनि भन्नुहुन्थ्यो कि, यसले अरुका लागि जे पनि गर्छ, ज्यान पनि दिन्छ आफ्ना लागि गर्दैन ।

त्यसैगरी म हुर्किएँ कि, म अर्काकै लागि गर्ने हो । त्यसै गरी नाच्ने गाउन बर्बाद छ भनेपछि मेरो नाच्ने गाउने कला नै खोसे जस्तो । सबै किसिमका गीत सङ्गीतमा इन्ज्वय गर्छु ।

मेरो खेलकुद

हाम्रो टोल नै फुटबलको टोल हो । वरिपरि धेरै ग्राउन्ड थिए । थुप्रै क्लब थिए । सानैदेखि हामी सबैको फुटबल प्लेयर बन्ने सपना थियो ।

गौचरन, सिफलतिर म्याचहरु भइरहन्थ्यो । पछिसम्म फुटबल खेलेँ । कलेजपछि बास्केटबल खेल्न थालेँ । कलेजको आन्तरिक खेलमा कलेज टप नै गथ्र्यौं हामीले ।

जिन्दगीमा पहिलोचोटि पत्रिकामा मेरो नाम छापिएको रङ्गशालामा फुटबल गोल हानेर हो ।

फुटबल, क्रिकेट, बास्केटबल खेल्थेँ म । अहिले फुटसल खेल्छु कहिलेकाहीँ ।

फुटबलमै रुने, हाँस्ने किसिमको फ्यानाटिक फ्यान नै हुँ, ब्राजिलको । डाइहार्ड फ्यान भन्छ नि त्यस्तै ।

क्लब म्याचमा पहिलेको रोनाल्डो बार्सिलोनाबाट खेल्ने भएकाले बार्सिलोनाकै फ्यान बनियो । पोर्चुगलको रोनाल्डो रियल म्याड्रिडबाट खेल्ने भएकाले रियल म्याड्रिडको फ्यान ।

यद्यपि, क्लब म्याच धेरै फलो गर्दिनँ । क्रिकेटमा फस्ट फेबरेट टिम श्रीलङ्का, त्यसपछि इन्डिया । हामी एन्टिपाकिस्तानी भएकाले पनि इन्डिया, श्रीलङ्का मन पर्ने । अस्ट्रेलिया, पाकिस्तान मन नपर्ने ।

फुटबलमा पनि जर्मनी मन नपर्ने, ब्राजिल मन पर्ने । को मन पर्ने र को मन नपर्ने टोल नै हुँदो रहेछ । केटाहरुसँगको सम्बन्ध पनि फुटबल फ्यानअनुसार हुन्थ्यो ।

मेरो मोबाइल

मेरो साथमा अहिले आइफोन सिक्स छ । अधिवेशनभन्दा अघि लिएको हो यो । एक छेउमा फुटेको छ ।

अहिलेसम्म कति मोबाइल लिएँ याद छैन । धेरै फुट्ने भएकाले पनि धेरै चाँडै फेर्नुपरेको छ ।

अति थोरै मान्छेले मोबाइल प्रयोग गर्दा मेरो साथमा पनि थियो । जतिबेला रिसिभगरेको पनि पैसा तिर्नुपथ्र्यो । साथीले दिएजस्तो लाग्छ । सामान्य मोबाइल थियो त्यो पहिलो मोबाइल ।

धेरैजसो मोबाइल नेपालमा किनेको छैन । प्रायः सबै मोबाइल बाहिरबाट साथीभाइहरुले पठाइदिन्छन् ।

यसका केही आवश्यक एप्स मात्रै चलाउँछु । सीएनएन, बीबीसीलगायत न्युज हेर्छु । इमेल, ट्विटर चलाउँछु । तर गेम खेलने बानी छैन ।

मेरो गाडी

मोटरसाइकल चढ्ने मान्छे हुँ म । पहिले साइकल चढ्थेँ ।

मोटरसाइकल चढ्दै गर्दा गौशालाको ओरालो र घर नजिकै दुई पटक म निदाएँछु । ठूलो एक्सिडेन्टबाट बाचेँ । ओभर स्ट्रेसबाट त्यस्तो भएछ ।

डाक्टरको सल्लाह लिँदा आफँै ड्राइभ नगर्नुस् भने । अरु विकल्प पनि थिएन । कुनै योजनाबिना नै तत्कालै आइ–टेन गाडी किनेँ ।

६ वर्षअघि किनेको होला सायद । भर्खरै इन्स्टलमेन्ट सकियो । त्यतिखेर १८ लाख जति पर्यो । श्रीमतीसँग पनि सल्लाह गरेर किनियो ।

gagan thapa (1)मेरो घर

आफैँ घर बनाउने बारे धेरै सोचेको छैन । यो मेरो बुवाले बनाउनुभएको घर हो । हामी जन्मनुअघि नै चार आना जग्गामा घर बनाउनुभयो । यसअघि बुवा सिन्धुपाल्चोमा हुनुन्थ्यो । हाम्रो बाल्यकाल त्यहीँ बित्यो ।

२०३५/०३६ सालतिर बनाउनुभएको यो घर । हामी आएको ०३९ सालमा हो । कामको सिलसिलामा मेरो दाइ, भाइहरु बाहिर छन् । म, श्रीमती, बच्चाहरु बाआमासँगै बस्दैआएका छौँ ।

आफैँ घर बनाउनुपर्ला भन्ने त भविष्यमा होला । तर अहिले प्राथकितामै छैन । ठीकै छ । बुवाआमा खुसी हुनुन्छ । हामी पनि सँगै खुसी छौँ ।

मेरो स्वास्थ्य

म ठीक छु । जति खानामा केयर गर्नुपर्ने हो सकिरहेको छैन । वेट बढिरहेको छ ।

स्वास्थ्य समस्या त छैन । तर मेरो जीवनशैली अनुशासित पनि छैन । ठीक समयमा खाने, समयमा उठ्ने, सुत्ने, खाने वा व्यायाम गर्ने कुरामा अनुशासन छैन ।

हप्तामा एक वा दुई दिन नियमित हुन्छ पनि । फेरि के कामको व्यस्तता हुन्छ । मिल्दैन । २ दिनअघि मात्रै थियो ।

बिहान ५ बजे उठ्ने, पढ्ने, ब्यायाम गर्ने, ब्रेकफास्ट, लन्च, खाजा र १० बजे सुत्ने । प्रत्येक दिन मैले गर्न खोजेको आइडियल डे यस्तो हो । नियमित गर्न सकेको छैन ।

मेरो मदिरा

कहिलेकाहीँ पिउँछु । बाहिर सार्वजनिक ठाउँमा लिन्न । अनावश्यक समस्यामा पार्छ, समय किल गर्छ । पारिवारिक ग्यादरिङ वा निकटका साथीभाइसँग लिन्छु ।

यति नै यसरी पिउने भन्ने छैन । परिस्थिति अनुसार पिउने मात्रै हो । खाएपछि पनि मलाई थाहा छ, मेरो सीमा के हो । कस्तो मर्यादाभित्र बस्नुपर्छ ।

बरु कलेज पढ्ने बेला रमाइलो गर्नका लागि साथीभाइसँग पिक्निकहरुमा रमाइयो । तर त्यस्तो पनि लामो समय भएन । युनियनमा बसेपछि अरुले देख्छन् कि भन्ने डर हुन थाल्यो ।

मेरो प्रेम

मेरो प्रेम नै विवाहमा रुपान्तरण भयो । ह्याप्पिली म्यारिड । प्रेम गर्ने वा त्यसबारे खासै चासो हुँदैनथ्यो । कलेज छिरेपछि युनियनमा लागियो । डराई–डराईकन भयो । नर्मल लाइफ नै बिताउन पाइएन ।

मेरो विवाह

यो संयोग रह्यो । एउटा रङ एसएमसको कारण भेट भयो । पहिले साथीको रुपमा भेट भयो । ६÷८ महिना साथीकै रुपमा रह्यौँ । पछि उनी अमेरिका पढ्न गइन् । त्यसबेला नियमित सम्पर्क हुन्थ्यो ।

म अमेरिका जान सम्भव पनि थिएन । त्यसपछि उनले नै अमेरिकाको पढाइ छोडेरै नेपाल फर्किन् । त्यसपछि विवाह भयो ।

काठमाडौँको गुन्डा मारिएको विषयलाई लिएर मैले राखेको विषयमा यसको त्यो गुन्डासँग अप्राकृतिक सम्बन्ध थियो कि भनेर चरित्रमाथि प्रश्न उठाइयो ।

gagan thapa (4)मेरो भूल

थुप्रै हुन्छन् भुलहरु । पारिवारिक जीवनमा, व्यक्तिगत जीवनमा वा राजनीतिक जीवनमा । यो स्वभाविक हो । ज्यादै ठूलो आत्मालोचना गर्नुपर्ने, गर्नै नहुने पाप, अपराध गरेको छैन ।

अवश्य थुप्रै कमजोरी गरेको छु । तर अपराध होइन । मेरो कारणले गर्दा अरुलाई हानि भएको छैन ।

ममाथि आरोप आए । त्यसलाई असामान्य अस्वभाविक लाग्दैन । स्वभाविक हो ।

मान्छेले लिएका निर्णयलाई त्यसको पृष्ठभूमि, इस्युमा हो कि नभनेर सीधा क्यारेक्टरमा गएर आरोप गरिदिने प्रवृत्ति नै खराब हो ।

सीधा भारतपरस्त, चीनपरस्त भनेर आरोप लगाइदिने । तेरो यो एजेन्डा ठीक भएन पनि भन्ने होइन । हिजोसम्म एउटै ठाउँमा राजनीति गरिएको हुन्छ । बिदा हुँदै गरेको प्रधानमन्त्रीले नयाँलाई यस्तो उस्तो भनेर आरोप लगाउने । अचानक चरित्रमाथि आरोप लगाइदिने ।

काठमाडौँको गुन्डा मारिएको विषयलाई लिएर मैले राखेको विषयमा यसको त्यो गुन्डासँग अप्राकृतिक सम्बन्ध थियो कि भनेर चरित्रमाथि प्रश्न उठाइयो ।

हामीकहाँ डेमोक्रेसीको अभ्यासमा पनि समस्या भयो । जति बेला पनि डराइराख्नुपर्ने वातावरण । एजेन्डाभन्दा पनि सीधै चरित्रमाथि नै प्रश्न उठाउने खराब चलन भयो ।

मेरो धर्म

म हिन्दु धर्म मान्ने परिवारमा जन्मेँ । यही फलो गर्छु । ईश्वरीय अस्तित्व छ कि छैन भन्दा पनि त्यो अस्तित्व छ भन्ने बोधले गर्दा समाजलाई इथिकल (नैतिक) बनाएर राख्यो भन्ने लाग्छ ।

त्यसो नभएको भए झन् ठूलो भ्याकुम हुन्थ्यो होला । धार्मिक मान्यताहरुले समाजलाई, ‘ईन्डिभिजुअललाई सेभ’ गरिराखेको हुन्छ ।

हामी जसरी सोच्छौँ, जगतलाई जसरी बुझ्छौँ । म राजनीतिज्ञको हिसाबले अन्य मानिसको ओरिएन्टेसनलाई मान्दै मान्दिन भनेर भनेँ भने कहीँ पुग्दिन । तपाईँको धार्मिक मान्यताले तपाईँलाई सेभ गरेको छ भने त्यसलाई बुझेर त्यसको आधारमा समाजलाई परिवर्त गर्ने कोसिस गर्नुपर्छ भन्ने बुझ्नुपर्छ भन्ने ठान्छु ।

मलाई लुगा वा अन्य कुनै कुराभन्दा पनि कपाल भएन भन्ने भन्ने चाहिँ लागिरहन्छ ।

मेरो सौन्दर्य

म सामान्य हुँ । एभरेज छु ।

एउटै कुरा खड्किन्छ । कपाल भैदिए हुन्थ्यो । कपाल खुब पाल्थेँ पहिले । तालतालको कपाल पालेँ । कपालसँग भयङ्कर खेलेँ । पहिले राम्रो पनि थियो ।

कानमा मुन्द्रा लगाउने रहर थियो । बाहिर लगाउँथेँ । घरमा आउँदा बुवाको डरले फुकाल्थेँ ।

कहिले दाह्री पाल्ने, कहिले दाह्री काट्ने, कहिले जुँगा मात्रै पाल्ने, ताल तालको सोख हुन्थ्यो ।

कपाल पाल्ने रहर अति थियो । त्यसैले पनि हो कि अहिले कपाल झर्यो ।

मलाई लुगा वा अन्य कुनै कुराभन्दा पनि कपाल भएन भन्ने भन्ने चाहिँ लागिरहन्छ ।

मेरो राशि

मेष राशि हो मेरो । ज्योतिषले के भन्छन् वा भविष्यवाणी कसले के गर्यो भन्ने कुरामा रुचि रहेन ।

आमाहरुको विश्वास छ । उहाँहरुले केके सोध्नुभयो । मैले चासो दिएको छैन ।

शरीरका अङ्गमा कुनै धातु लगाउने रुचि पनि छैन । यतिसम्म कि, घडी लगाउन पनि अप्ठ्यारो लाग्छ । फुकालिरहन्छु ।

बिहेको औँठी पनि लगाइन । त्यो नलगाएकोले श्रीमतीले बेलायतमा पढिरहेको बेला मेरो औँलाको अनुमानमा अर्को औँठी पठाइदिइन् । सायद यो चाँदीको हो ।

विवाहको चिनोको रुपमा उनले यो बनाएर बेलायतबाट पठाइदिएकी थिइन् । खासमा विवाहको औँठी गह्रुँगो भएर मैले नलगाएपछि हल्का भनेर पठाइदिइन् । तर ‘अनफर्चुनेट्ली’ यो कुनै पनि औँलामा छिरेन । त्यसैले घाँटीमा बाँधेको छु । अचेल सहज लाग्दैछ ।

खासै तयारी गर्दिन । भाषण गर्ने बेला दिमागमा केही पनि आउँदैन । ‘फूल फ्लेजेड’ यसमै डुब्छु । त्यसले इमोसन्सहरु आफैँ ल्याउँछ ।

GAGAN THAPA (2)मेरो भाषण

मलाई कार्यक्रममा तपाईँको भाषण राम्रो लाग्छ भनेर कसैले मेरो शैलीको तारिफ गरे भनेर उत्साहित भइन । मुख्य कुरा त कन्टेन हो नि । कन्टेनको कुरामा मिहिनेत गर्छु ।

खासै तयारी गर्दिन । भाषण गर्ने बेला दिमागमा केही पनि आउँदैन । ‘फूल फ्लेजेड’ यसमै डुब्छु । त्यसले इमोसन्सहरु आफैँ ल्याउँछ ।

हामीकहाँ विदेशमा नेताहरुले लेखेर वा तयारी गरेर बोल्ने बानी जस्तो बानी छैन । उनीहरु कसरी बस्ने, कसरी बोल्ने पूरा तयारी गर्छन् ।

संसदमा हामी भारे–भुरे नेतालाई ३÷४ मिनेट समय दिइएको हुन्छ । अति छोटो समयमा धेरै कुरा भन्नेपर्ने हुन्छ । त्यो चाहिँ अति च्यालेन्जिङ लाग्छ मलाई ।

अहिलेसम्म २ घण्टा लामो भाषण गरेको छु । सायद गुल्मीमा हो । जिल्लातिर जाँदा साथीहरुले नै तपाईँका लागि यस्तो कार्यक्रम राखियो, छोटो भाषण गर्न पाउनुहुन्न है भन्नुहुन्छ । त्यसैले पनि लामो समय बोल्नुपर्ने हुन्छ । तर संसदमा ३ मिनेट पनि बोल्नुपर्ने हुन्छ ।

मैले अहिलेसम्म सम्झिने भाषण खुला मञ्चमा ३ मिनेट समय दिइएको थियो । तर मैले ५ मिनेटसम्म बोलेको थिएँ । मलाई त्यो ५ मिनेटको भाषण अझै सम्झन्छु ।

माओवादीको दबदबाको समय थियो त्यो । अति छोटो समयमा यति धेरै बोल्नुपर्ने थियो ।

सामान्यतय के के विषयमा बोल्ने भनेर प्वाइन्ट आउट गर्ने बानी छ । टिपेर अगाडि राख्छु । तर बोल्ने बेला त्यो हेर्नु पर्दैन । के के टिपेँ भन्ने आफैँ आउँछ ।

अवस्य, प्रधानमन्त्री बन्न मेरो कोसिस रहनेछ । मसँग सपना छ । समृद्धिको योजना छ ।

मेरो सपना

विसं २०८८, आजको १५ वर्षपछि मेरो सक्रिय राजनीति सकिनेछ ।

म राजनीतिबाट बिदा हुँदै गर्दा म ५५ वर्षको हुनेछु । त्यसबेला म मन्त्री हुँला वा नहुँला कुनै पदमा पुगौँला वा नपुगौँला, मेरा छोरीहरु १७ र २० वर्षका हुनेछन् ।

उनीहरुलाई म गगन थापाको छोरीभन्दा एकदमै गर्व महशुस होस् । म ५ चोटि मन्त्री बनेको छु तर सानो मुख लगाएर म फलानोको छोरी भन्नु नपरोस् । म केही पनि नहोऊँ बरु तर त्यतिबेला आत्माग्लानी नहोस् ।

अवस्य, प्रधानमन्त्री बन्न मेरो कोसिस रहनेछ । मसँग सपना छ । समृद्धिको योजना छ ।

०८८ सालसम्म मध्यम आय भएको देश हुनुपर्छ हाम्रो । आजको थाइल्यान्ड जस्तै । हाम्रो पुस्ताले त्यहाँसम्म पुर्याएर छोड्न पाइयो भने धेरै राम्रो हुनेछ ।

आज जजसले यस्तो गर्ने, उस्तो गर्ने भन्नुभएको छ । यो सबै यही १५ वर्षको अवधिमा गर्ने हो । त्यसपछिको काम त्यसपछिको नयाँ पुस्ताले गर्नेछ ।

यी जीवन कथा पनि पढ्नुहोस्

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल