ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

एमाले युवा नेता ठाकुर गैरे पार्टीभित्र र बाहिर चर्चित छन् । विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय उनी प्रतिपक्षी स्वर उठाउने समूहमा पर्छन् । गैरेसँग रातोपाटीको नियमित स्तम्भ मेरो जीवनका लागि गरिएको कुराकानीको सम्पादित अंश :

thakur gaire (3)मेरो खाना

सबैभन्दा मनपर्ने खाना दालभात, तरकारी हो ।

मन नपर्ने खाना केही छैन ।

खानकै लागि कहिलेकाहीँ रेस्टुरेन्ट पनि जान्छु ।

रेष्टुरेन्टमा मेरो विशेष रूचिको खाना छैन । कुनै छनोट गर्दिनँ । अवस्थाअनुसार अर्डर गरिन्छ ।

यसबाहेक म खाना पकाउँछु पनि । नियमित त होइन तर आवश्यक पर्यो भने मैले नै पकाउँछु । जस्तै, घरका अन्य सदस्यको समय व्यस्ततामा ।

लेखनभन्दा पनि अध्ययनमै केन्द्रित छु । पुस्तक संग्रह गर्ने बानी छ मेरो । घरको संग्रहमा करिब एक हजार होलान् ।

मेरो पोसाक

विशेषकिसिमको पोसाक छैन मेरो । सामान्यतः सर्ट–प्यान्ट नै लगाउँछु । पोसाककै लागि वार्षिक करिब चार हजारजति खर्च गर्छु ।

रेडिमेड वा सिलाउने दुवैकिसिमका कपडा लगाउँछु । सिलाइका लागि आफैँ टेलर जाने गर्छु । नियमित टेलरिङ पनि छैन ।

साथै ब्रान्डमा पनि म खासै कन्सस छैन, जुन मन पर्यो त्यही किन्ने हो । आर्थिक बजेटअनुसार पनि कस्तो कपडा किन्ने भन्ने कुरा निर्धारण हुन्छ । बरु सेतो रङमा विशेष लगाव छ मेरो ।

मेरो फिटनेस

फिटनेसमा खासै ध्यान दिने गरेको छैन । यसका लागि केही गर्दिनँ । डाइटिङ, योगा र अन्य शारीरिक कसरत पनि गर्दिनँ । कहिलेकाहीँ मर्निङवाक गर्छु ।

मेरो अध्ययन

अहिले नेपालको भूउपयोग र कृषि नीतिसम्बन्धी दस्तावेज अध्ययन गर्दै छु ।

खासगरी राजनीतिशास्त्रका पुस्तक पढ्न रूचि छ ।

मलाई मन पर्ने नेपाली लेखक मोदनाथ प्रश्रित हुन् भने विदेशीमा काल माक्र्स ।

कहिलेकाहीँ आर्टिकलबाहेक अन्य सिर्जना वा लेखनमा लागेको छैन म ।

लेखनभन्दा पनि अध्ययनमै केन्द्रित छु । पुस्तक संग्रह गर्ने बानी छ मेरो । घरको संग्रहमा करिब एक हजार होलान् ।

कसैले घरपरिवारलाई समय छुट्याउन पनि फुर्सद निकाल्ने गर्छन् । म घरपरिवारको साथमै भएकाले पनि विशेष समय निकाल्नुपर्ने छैन । बरू कहिलेकाहीँ श्रीमती र सन्तानसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जान्छु ।

मेरो घुमफिर

घुमफिरमा रूचि छ । ७० जिल्ला घुमिसकेँ । पाँच देश पुगेँ । घुमेका ठाउँमध्ये सबैभन्दा मन परेको ठाउँ रारा । तर, घुम्न असाध्यै मन लागेको ठाउ“ मुस्ताङ हो । समय मिल्यो भने मुस्ताङ जाने चाहना छ ।

मेरो फुर्सद

फुर्सद खासै मिल्दैन । नियमित कामबाहेक फुर्सद छुट्याउने पनि मौका नमिल्ने रहेछ ।

आराम नै गर्नका लागि थाक्नेगरी काम पनि हुँदैन । राजनीतिक गतिविधि र अन्य भेटघाट नै बढी हुन्छ । फुर्सदिलो क्षण पनि कसरी बिताउने कुनै योजना बनाउने गरेको छैन । समय परिस्थितिबाटै निर्देशित हुँदोरहेछ ।

कसैले घरपरिवारलाई समय छुट्याउन पनि फुर्सद निकाल्ने गर्छन् । म घरपरिवारको साथमै भएकाले पनि विशेष समय निकाल्नुपर्ने छैन । बरू कहिलेकाहीँ श्रीमती र सन्तानसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जान्छु ।

thakur gaire (2)
मेरो खेलकुद

सबैभन्दा मनपर्ने खेल फुटबल हो ।

सबैभन्दा मन नपर्ने खेल जुवा ।

स्कुल पढ्ने बेला खेलियो । स्कुले जीवनपछि खेल्न छोडियो ।

मलाई मन पर्ने फुटबल टिम ब्राजिल हो । तर, आफ्नै देशको राष्ट्रिय टिमको पक्षमा सधैँ हुन्छु । क्लब गेममा चाहिँ नेपालको आर्मी क्लब र बार्सिलोना । मनपर्ने क्रिकेट टिमचाहिँ नेपाली राष्ट्रिय टिम नै हो ।

मेरो मोबाइल

साथमा एटीसी ब्रान्डको मोबाइल छ । यो साथीबाट गिफ्ट आएको हो । यो मोबाइल बोकेको पाँच वर्ष भयो । फेरी–फेरी बोक्ने बानी छैन ।

मोबाइलमा इमेल, फेसबुक, ट्वीटरबाहेक इन्टरनेटका अन्य काम गर्दिनँ ।

गेम खेल्ने त बानी छैन ।

‘बलिदान’, ‘कुसुमे रूमाल’ र हिन्दी फिल्म ‘सोले’ मलाई असाध्यै मनपर्ने फिल्म हुन् । सबैभन्दा मन पर्ने कलाकार बसुन्धरा भुसाल र अमिताभ बच्चन ।

मेरो टेलिभिजन

टीभीमा सामाचार र टक शो हेर्छु ।

सिरियल हेर्ने बानी छैन ।

प्रायः बेलुका नै हो परिवारसाथ टीभी हेर्ने समय ।

निकै २१ इन्चको टीभी छ । मनपर्ने टीभी कलाकार सबैजसो मन पर्छ । सबैका आफ्नै शैली छन् ।

मेरो चलचित्र

पछिल्लोपटक हेरेको चलचित्र ‘वाड़ा नम्बर छ’ हो ।

५/६ महिनाअघि हलमै गएर हेरेको थिएँ ।

सामान्यतः टीभीमा आउने चलचित्र मात्रै हेर्ने बानी छ मेरो ।

‘बलिदान’, ‘कुसुमे रूमाल’ र हिन्दी फिल्म ‘सोले’ मलाई असाध्यै मनपर्ने फिल्म हुन् । सबैभन्दा मन पर्ने कलाकार बसुन्धरा भुसाल र अमिताभ बच्चन ।

मेरो रोग

ज्यानलाई बिसन्चो छैन । कुनै दीर्घरोग पनि छैन ।

नियमित बडी चेकअप त गराउँदिनँ तर खानपानमा ध्यान दिने भएकाले निरोगी छु ।

रक्तचापलगायत अन्य स्वास्थ्य अवस्था नर्मल छ ।

मेरो शरीर तन्दुरूस्त हुनुका कारण सन्तुष्टि, सकारात्मक सोच र सन्तुलित आहार–विहार नै हो ।

thakur gaire (1)मेरो भाषण शैली

आफ्नै भाषण शैली कस्तो छ भनेर मूल्यांकन गर्न गाह्रो छ । यो त सुन्ने श्रोतालाई थाहा हुने कुरा हो । भाषण गर्दा समस्याचाहिँ छैन । कुनै थेगो प्रयोग गर्दिनँ । भन्न खोजेको कुरा प्रभावकारी ढंगबाट व्यक्त गर्छु भन्ने लाग्छ ।

भाषण आक्रामक या बौद्धिक पनि हुन्छ । तर, यो परिस्थितिजन्य हुन्छ । परिस्थितिअनुसार आक्रामक पनि हुन्छ, कहिलेकाहीँ । आक्रामक भए पनि भाषणमा बौद्धिकता चाहिन्छ ।

पक्ष–विपक्ष सबैमा हुन्छ तर भाषणकै कारण म विवादमा परेको छैन । विषयवस्तुको गहनता र ज्ञानका आधारमा भाषण गर्नुअघि तयारी गर्छु । कहिलेकाहीँ समय व्यस्तताले सडक आन्दोलनजस्ता कार्यक्रममा तयारीविना पनि भाषण गरियो ।

‘हिउँ छोए हिम नदी, जनता जुटे जनसगर’ बोलको गीत मलाई असाध्यै मनपर्ने गीत हो । गीत गाउन त आउँदैन तर यो गीतले मेरो मन छुन्छ ।

मेरो मापसे

मदिरा पिउने बानी छैन ।

मेरो संगीत

संगीत सुन्छु । नारायण गोपाल, कोइलीदेवी, रामेश, मञ्जुललगायतका गीत मलाई मन पर्छ । र, उनीहरू नै हुन् मेरा प्रिय गायक–गायिका ।

‘हिउँ छोए हिम नदी, जनता जुटे जनसगर’ बोलको गीत मलाई असाध्यै मनपर्ने गीत हो । गीत गाउन त आउँदैन तर यो गीतले मेरो मन छुन्छ ।

बाथरूम वा नुहाउ“दा गुनगुनाउने बानी पनि छैन मेरो । तर, शब्दअनुसार गीत मन पर्ने वा नपर्ने हुन्छ ।

मेरो भूल

सानो छँदा गाउँमा काँक्रा चोरेर खाइयो । त्यसबाहेक त्यस्ता गम्भीर भूल गरेको छैन । गल्ती गरेर आमाले गाली गर्नुहुन्थ्यो ।

स्कुल पढ्दा गल्ती गरेर कुटाइ खाएको पनि सम्झना छैन ।

बरु भूल नगरीकनै सजाय पाइयो । विद्यार्थी राजनीतिक्रममा पक्राउ परियो ।

पाल्पामै क्याम्पस पढ्ने बेला भर्नाको विषयलाई लिएर पक्राउ परेको थिएँ । विद्यार्थी राजनीतिमा लाग्दा परिस्थिति नै जटिल थियो । त्यस्तो बेला आक्षेप पनि आए । र, सही कुरा उठाउँदा सजाय पनि पाइयो । यद्यपि, पहिलेका घटनाप्रति कुनै पश्चाताप वा आत्मालोचना छैन ।

मेरो घर

२०६१ तिर घर बनाएको हुँ । श्रीमतीको कमाइ (त्रिभुवन विश्वविद्यालयमा जागिर) र पुख्र्यौली सम्पत्ति संकलन गरी घर बनाइयो । जम्मा १८ लाख जति खर्च भयो ।

घर विशेषकिसिमको छैन । यसको डिजाइन सामान्य छ ।

वास्तुशास्त्र वा अन्य ज्योतिषविज्ञानअनुसार बनाएको होइन ।

मेरो राशि

मेरो कन्या राशि हो । ग्रहदशा राम्रो छ ।

तर, ग्रहशान्ति गराउने बानी छैन ।

शरीरका अंगमा मणि–माणिक्य वा औंठी लगाउने बानी पनि छैन । ग्रह र नक्षत्रको फलप्रति मेरो ध्यानमा जान्न ।

मेरो सौन्दर्यचेत

सौन्दर्यका लागि मेकअप गर्ने बानी छैन । कपाल वा अनुहारमा मेहन्दी लगाउने वा क्रिम लगाउने बानी छैन ।

फेसियल गर्ने, पफ्र्युम छर्ने केही गर्दिनँ ।

मेरो सपना

सुखी र समृद्ध नेपाल बनाउने सपना छ ।
आफूले चाहेको समृद्ध नेपालको आफैँ राष्ट्रको कार्यकारी पदमा पुग्ने चाहना छ ।
मेरो जिल्ला पाल्पा (संघीयताअघिको) क्षेत्रलाई पर्यटन, शिक्षा, कृषि र संस्कृतिको केन्द्र बनाउने सोचाइ छ ।

यी जीवन कथा पनि पढ्नुहोस

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल