देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

नयाँ शक्ति नेपालमा बाबुरामपछि सबैभन्दा परिचित र संगठनमा पकड राख्ने नेतामा पर्छन्– देवेन्द्र पौडेल । पौडेल अहिले नयाँ शक्तिको संगठन विभाग प्रमुख पनि छन् । विद्यार्थी राजनीति र जनयुद्धको पृष्ठभूमिबाट आएका पौडेल सरल, अध्ययनशील र सबैसँग मिल्न सक्ने स्वभावका छन् । माओवादीमा छँदा सुनील भनेर चिनिने पौडेललाई नयाँ पार्टीका कार्यकर्ताले देवेन्द्र पौडेलमात्रै भन्न चाहन्छन् । पौडेलको प्रेम, भूल, सपनालगायत जीवनका अनेक पाटोबारे गरिएको कुराकानीको सम्पादित अंश :

devendra poudel inerview (1)
मेरो खाना
मलाई सबैभन्दा मन पर्ने खाना कोदाको ढिँडो र लोकल कुखुराको झोल । सबैभन्दा मन नपर्ने केही पनि छैन । कहिलेकाहीँ रेस्टुरेन्ट पनि जान्छु ।
स्न्याक्सका रूपमा तिब्बतीय स्वादको थुक्पा मीठो लाग्छ । यसबाहेक मलाई पकाउन पनि रुचि छ । खासगरी, मासुका परिकार बनाउन विशेष रुचि हुन्छ । समय मिलेसम्म आफैँ पकाउँछु ।
मेरो पोसाक
कमिज, पाइन्ट र हाफकोर्ट मेरो मनपर्ने र नियमित लगाउने पोसाक हो । वार्षिक ८/१० हजार जति कपडामा खर्च हुन्छ ।
कपडामा मन पर्ने रङ रातो, सेतो वा नीलो । आमाले लगाउने साडी र टीका सानैदेखि मनपथ्र्यो । मैले लगाउने धेरैजसो कपडा रेडिमेड हुँदैनन् । म आफैँ किनेर टेलरकहाँ जान्छु ।
अन्तर्राष्ट्रिय ब्रान्डमा खासै रुचि छैन । सामान्यतः गुणस्तरमा चाहिँ ध्यान दिन्छु । टोपी वा ह्याट लगाउने बानी पनि छैन मेरो । तर, मर्निङवाक वा पैदल हिँड्दा लगाउने गर्छु ।

म आफैँ समसामयिक राजनीतिबारे लेख्दै छु । यो सिध्याउन केही अरू समय लाग्नेछ । तत्काल पार्टीकै दस्तावेज लेखनमा बढी व्यस्त छु । घरमा पुस्तक संग्रह गर्ने बानी छ मेरो । दुई कोठाभरि पुस्तक छन् । पुस्तकमा मात्रै हालसम्म ८ देखि १० लाखसम्म खर्च भइसक्यो ।

devendra poudel inerview (5)
मेरो फिटनेस
नियमित रूपमा हरेक बिहान योगा गर्छु, हल्का हिँड्छु पनि । कहिलेकाहीँ डाइटिङ पनि गर्छु । खानपानमा पनि सचेत भएकाले फिट नै छु ।

मेरो अध्ययन
दर्शन, साहित्य र राजनीतिसम्बन्धी पुस्तक मनपर्छ मलाई । अहिले ‘द क्राइसिस अफ सोसिओलिजम’ पढ्दै छु । मलाई मनपर्ने लेखक म्याक्सिम गोर्की र लक्ष्मीप्रसाद देवकोटा ।
म आफैँ समसामयिक राजनीतिबारे लेख्दै छु । यो सिध्याउन केही अरू समय लाग्नेछ । तत्काल पार्टीकै दस्तावेज लेखनमा बढी व्यस्त छु । घरमा पुस्तक संग्रह गर्ने बानी छ मेरो । दुई कोठाभरि पुस्तक छन् । पुस्तकमा मात्रै हालसम्म ८ देखि १० लाखसम्म खर्च भइसक्यो ।
मेरो घुमफिर
घुमफिरमा औधी रुचि छ । नेपालका ७२ जिल्ला पुगिसकेँ । १६ भन्दा बढी देश घुमेको छु । सबैभन्दा मनपर्ने ठाउँ पोखरा । औधी चाहना भएर पनि मुस्ताङ पुग्न पाएको छैन । मिलेमा कुनै दिन पुगिएला ।

मलाई मनपर्ने फुटबल खेलाडी पेले हुन् । क्रिकेट टिममा भने श्रीलंकालाई समर्थन गर्छु ।

devendra poudel inerview (3)
मेरो फुर्सद
फुर्सद प्रायः हुँदैन । महिनामा एक/दुई दिनमात्रै होला । कामबाट थाकेर एक दिन आराम गरेर पनि बस्ने गर्छु । फुर्सदको क्षण पत्रिका पढ्ने र घुम्ने गर्छु ।
साँझ, बिहानको घरपरिवारलाई नै दिन्छु । कहिलेकाहीँ श्रीमती र सन्तानसाथ घुम्न, डिनरका लागि रेस्टुरेन्ट र चलचित्र हेर्न पनि जान्छु ।
मेरो खेलकुद
सबैभन्दा मनपर्ने खेल फुटबल हो । अन्य सबै खेल उस्तै लाग्छ । स्कुल र कलेज तहसम्म म आफैँ पनि फुटबल खेल्थेँ । व्यावसायिक रूपमा त खेलिएन । रमाइलोका लागि मात्रै ।
मलाई मनपर्ने फुटबल खेलाडी पेले हुन् । क्रिकेट टिममा भने श्रीलंकालाई समर्थन गर्छु ।
मेरो मोबाइल
मेरो साथमा आइफोन छ । मोबाइल फेरी–फेरी लिने रुचि छैन । बिग्रेपछि मात्रै नयाँ किन्छु ।
मोबाइलका एप्लिकेसन्स धेरैजसो चलाउन आउँछ । तर, सबै चलाउँदिनँ । फेसबुक, ट्वीटर र अन्य इन्टरनेटका आवश्यक काममात्रै गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन ।

devendra poudel
मेरो टेलिभिजन
२४ इन्चको टीभी छ घरमा । टीभीमा समाचार र टक सो हेर्छु । हास्यव्यंग्यका सिरियल पनि हेर्छु । हरेक दिन बेलुका आठ बजेपछि मात्र टीभी हेर्ने गर्छु ।
मनपर्ने टीभी कलाकार दीपकराज गिरी र दीपाश्री निरौला हुन् ।

मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘झोला’ हो । रिलिज भएको केही समयपछि हलमै गएर हेरेको थिएँ । चलचित्र हेर्न समय मिलेसम्म हलमै जाने गर्छु । समय भएन भने परिवारसहित भिसिडीमा पनि हेर्छु ।
सबैभन्दा मनपरेका चलचित्र टाइटानिक, लगान र झोला हुन् । सबैभन्दा मनपर्ने कलाकार स्वदेशी राजेश हमाल र रेखा थापा हुन् । विदेशीमा अमिताभ बच्चन र आमिर खान हुन् ।
मेरो रोग
ज्यानमा ठूलो समस्या केही छैन । कुनै दीर्घ रोग पनि छैन । नियमित रूपमा स्वास्थ्य जाँच गराउँछु । रक्तचाप ‘लो’ छ । तर, त्यस्तो अप्ठ्यारो भएको छैन ।
सन्तुलित खानपिन र व्यायामकै कारण स्वास्थ्यमा समस्या देखिएको छैन ।

परिस्थितिअनुसार भोजभतेर र चाडबाडमा मदिरा पिउने बानी छ मेरो । तर, ब्रान्ड हेरेर पिउने गर्दिनँ र नियमित पिउने बानी छैन । पिएँ भने पनि शरीरले थाम्नेगरीमात्रै । त्यसैले ह्याङ हुने खतरा हुँदैन ।

मेरो भाषण शैली
मेरो भाषण सरल छ जस्तो लाग्छ । भाषणमा कुनै थेगो प्रयोग गर्न मन लाग्दैन ।
‘चाहिँ’ भन्ने शब्द बढी आउँछ । अवस्थाअनुसार भाषण आक्रामक या बौद्धिक पनि हुन्छ । सकेसम्म विवादित कुरा बोल्दिनँ । भाषण गर्नुअघि विषयगत तयारी गर्छु ।

मेरो मापसे
परिस्थितिअनुसार भोजभतेर र चाडबाडमा मदिरा पिउने बानी छ मेरो । तर, ब्रान्ड हेरेर पिउने गर्दिनँ र नियमित पिउने बानी छैन । पिएँ भने पनि शरीरले थाम्नेगरीमात्रै । त्यसैले ह्याङ हुने खतरा हुँदैन ।
मेरो संगीत
संगीत सुन्न मन पराउँछु । जीवन शर्मा, पशुपति शर्मा/विष्णु माझीलगायत धेरै छन् मलाई मनपर्ने गायक/गायिका ।
भारतीय गायिका लता मंगेसकर र साकिरा पनि मलाई । कहिलेकाहीँ गुनगुनाउँछु । मन छोएको र गुनगुनाउने गीत ‘सिमली छायाँमा बसी ।’ अरूको जस्तो बाथरुममा नुहाउँदा ट्वाइलेट पस्दा गाउने बानीचाहिँ छैन ।

devendra poudel inerview (5)
मेरो भूल
लेख्न छाडेर भूल गरेँजस्तो लाग्छ । नियमित लेखिरहेको भए जुन स्थान पाउँथेँ त्यो गुमाएँजस्तो लाग्छ ।
स्कुल पढ्दा केही गल्ती गरेर पिटाइ खाइयो । क्लास छाडेर पौडी खेल्न जाँदा वा त्यस्तै साना गल्तीमा पिटाइ खाएको सम्झन्छु । भूल नगरीकन पनि केही सजाय पाइयो । माओवादीमा छँदा मलाई कारबाही नै गरियो । यसबोहक धेरै आत्मीय सहयात्रीलाई सँगै ल्याउन सकिएन । यसमा आत्मालोचना गर्छु ।
मेरो घर
बाग्लुङमा पुरानो घर छ । त्यो बाले धेरै अघि बनाउनुभएको हो । नयाँ घर बनाउन सकिएको छैन । बाग्लुङको घर पुरानै शैलीको गाउँले घर हो ।
वास्तुशास्त्र अनुसार घर ठीक छ वा छैन त्यसबारे जानकारी नै छैन । त्यसको निर्माणमा लागेको खर्च पनि बालाई नै थाहा छ ।
राशि
मेरो मीन राशि हो । ग्रहदशा सामान्य नै छ । ग्रहशान्ति अहिलेसम्म गराएको छैन । शरीरका अंगमा कुनै मणि–माणिक्य, औंठी लगाउने बानी पनि छैन । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन ।

केही समयको प्रेमपछि २०४५ मा बिहे भएको थियो । हाम्रो बिहेचाहिँ जनवादी तरिकाले भयो । हात मिलाएर विवाह गरियो । धेरै खर्च नगरीकन सामान्य तरिकाले बिहे भएको थियो ।

मेरो सौन्दर्यचेत
कपालमा नवरत्न तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । दारी काट्दा आफ्टर सेभबाहेक अन्य किसिमका क्रिम लगाउने बानी छैन । बरु कहिलेकाहीँ पफ्र्युम प्रयोग गर्छु । कुनै ब्रान्डेड खोज्दिनँ । अवस्थाअनुसार कहिलेकाहीँ मात्रै ।
मेरो प्रेम
जोसँग पहिलो प्रेम भयो, उसैसँग विवाह भयो (अहिले श्रीमतीसँगै) । सुरुमा एकतर्फी प्रेम थियो । पछि मात्रै दोहोरो प्रेम भयो ।
मेरो विवाह
केही समयको प्रेमपछि २०४५ मा बिहे भएको थियो । हाम्रो बिहेचाहिँ जनवादी तरिकाले भयो । हात मिलाएर विवाह गरियो । धेरै खर्च नगरीकन सामान्य तरिकाले बिहे भएको थियो ।
मेरो सपना
समृद्ध नेपाल बनाउने सपना छ । व्यक्तिगत रूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ । जहाँ जन्मिएँ म त्यो जिल्लालाई समृद्धि र अर्गानिक बाग्लुङ बनाउने मेरो दूरदृष्टि हो । साथै मेरो गाउँलाई रमणीय र पर्यटकीय गाउँ बनाउने चाहना छ ।

यी जीवन कथा पनि पढ्नुहोस

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल