खिया लागेको नेविसंघमा स्पात भर्न मेरो दाबेदारी : नैनसिंह महर

खिया लागेको नेविसंघमा स्पात भर्न मेरो दाबेदारी : नैनसिंह महर

नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औं महाधिवेशनमा अध्यक्षको दाबी गरिरहेका नैनसिंह महर प्रखर वक्ता र नैतिकताको राजनीति गर्ने विद्यार्थी नेतामा पर्छन् । महर नेविसंघमा प्रदीप पौडेल अध्यक्ष हुँदा उपाध्यक्ष थिए । सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएर क्षेत्र, जिल्ला हँुदै नेविसंघ केन्द्रमा पुगेका महर पत्रकार र लेखक पनि हुन् । उनले नेविसंघको इतिहाससम्बन्धी पुस्तक लेखेका छन् । उनले लेखेको ‘शिक्षाको चुनौती’ नामक पुस्तकले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको छ । माउपार्टी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका महरसँग नेविसंघको आगामी महाधिवेशन र अहिलेको विद्यार्थी आन्दोलनका विषयमा रमन पौडेलले गरेको कुराकानी :

DSC_3671-001

नेविसंघको विरासत

२०२७ तिर नेपाल विद्यार्थी संघ स्थापनाका बेला देशमा पञ्चायती निरंकुश शासन व्यवस्था थियो । सबै नेता जेलभित्र थिए । बाहिर पञ्चायती व्यवस्थालाई दबाब दिन आन्दोलनको वेग ल्याउन अन्य संगठन थिएनन् ।

त्यतिबेला तत्कालीन नेताहरूको सोचअनुसार नेविसंघलाई स्थापना गरेर विद्यार्थीले आन्दोलनको वेगलाई अघि बढाउने भन्ने कुरा भयो । र, विशेषगरी विद्यार्थीका समस्या, शैक्षिक समस्यालाई केन्द्रमा राखेर उद्देश्य भने पञ्चायती व्यवस्था ढाल्नु थियो ।

विद्यार्थीका वर्गीय कुरा, पढाइका कुरा, तत्कालीन प्रविधिको पहुँचमा विद्यार्थीलाई कसरी पुर्याउने भनेर उठाउने तर त्यसको अन्तिम गन्तव्य भनेको पञ्चायती व्यवस्था अन्त्य र बहुदलीय व्यवस्था स्थापना गर्नु नै थियो ।

राजनीतिक रूपले पनि हाम्रा अग्रजले स्थापना गरिरहँदा हाम्रो माग संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र थियो । तर, अहिले हामी संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं ।

त्यतिबेलाको र अहिलेको परिस्थिति फरक भएको छ । एउटै विश्वविद्यालय थियो त्यतिबेला, त्रिभुवन विश्वविद्यालय । त्यसभित्र मात्रै केही निश्चित ठाउँमा नेविसंघको संगठन विस्तार गर्नुपर्ने थियो । आज १० विश्वविद्यालय भएका छन् । हाम्रो सांगठनिक संरचना फेरिएका छन् । राजनीतिक पृष्ठभूमि पनि फेरियो ।

सँगसँगै हाम्रा विषयवस्तु र मुद्दा पनि फेरिएका छन् । गुरुकुल पद्धतिबाट आएको शिक्षा नेपालको हुनेखाने इलिटले मात्रै प्राप्त गर्ने शिक्षा । जब कि राणा शासनमा २ प्रतिशतमात्रै भएको शिक्षा स्थिति पञ्चायतमा पनि धेरै फड्को मार्न सकेन ।

तल्लो, जो गाउँस्तरका किसानका छोराछोरीले शिक्षामा पहुँच पाएनन् । सामान्य किसानका छोराछोरीले पनि समान रूपमा व्यावहारिक शिक्षा पाऊन् भनेर हाम्रा अग्रजले शिक्षाको अधिकारका लागि संगठन खडा गरेका थिए ।

र, यिनै परिवेशबीचमा हाम्रा अग्रजले क्याम्पसमा पढ्ने विद्यार्थीबीच ०२७ मा सुरु गरेको संगठनको यात्रामा आजसम्म गौरवशाली अनुभव छन् ।

प्रजातान्त्रिक आन्दोलनको लडाइँमा थुप्रै अग्रजले सहादत प्राप्त गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पसमा संस्थागत रूपमा स्थापना गर्ने नेविसंघको कार्यनीति थियो ।

हाम्रै आन्दोलनले ०३६/३७ तिर जनमतसंग्रह घोषणा गर्न बाध्य पारेको थियो । पछिल्लोपटक लीला, ठगी, कामेश्वर, कुशेश्वर, राम, लक्ष्मणलगायत थुप्रै सहिद हुनुभयो ।

विशेषगरी त्यतिबेला प्रजातान्त्रिक आन्दोलन भनिन्थ्यो । जसले पञ्चायती व्यवस्था अन्त्य गर्न चाहन्थ्यो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनक्रममा कैयौं अग्रजले सहादत प्राप्त गरे भने कैयौंको अंगभंग पनि भयो ।

नौ वर्षदेखि जसरी नेविसंघको संगठन खिइएको छ, अबको नयाँ नेतृत्वले यसलाई नयाँ ऊर्जा दिनुपर्नेछ । यो त कांग्रेसको ट्रेनिङ इन्स्टिच्युट हो । तर, यही ठाउँमा खिया लागिरहेको छ ।

 

DSC_3687-001 (1)

बदलिँदो परिस्थितिमा नेविसंघको संरचना

भर्खरै नेपाल विद्यार्थी संगठनले संरचनागत किसिमले आफ्नो विधान पनि पार्टीसमक्ष पेस गरेको छ । नेविसंघको अध्यक्ष, दुई निर्वाचित र दुई मनोनीत महामन्त्री, समावेशी तर्फबाट पनि निर्वाचित हुनुपर्छ भनेर मेरै पहलमा दलित, महिला, जनजातिलगायत समुदायको प्रतिनिधित्व हुनेगरी, उपाध्यक्ष, सहमहामन्त्रीलगायत पदमा निर्वाचित गरिने वैधानिक आधार खडा भएको छ ।

अन्य प्रान्तीय तहबाट केन्द्रीय उपाध्यक्षमा आउने व्यवस्था गरिएको छ । संचरनागत रूपले १ सय ६१ सदस्यीय केन्द्रीय समितिको रूपले अघि बढेका छौं ।

हामी आफैंलाई यो कमिटी अलि लामो भएकोजस्तो लागेको छ । तर, एउटा कमिटी नौ वर्षसम्म महाधिवेशन भएको छैन । यी त लामो समयसम्म संगठनमा महाधिवशेन नहुँदा थुप्रै साथीलाई अन्याय भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसंघको उपस्थिति राम्रो भएन भने त्यो आन्दोलन नै खतरामा पर्छ । त्यसैले पनि हाम्रा धेरै साथीलाई समस्या हुँदाहुँदै पनि संगठनात्मक हिसाबले लामो संगठन बनाउन बाध्य भएका छौँ ।

अरू हाम्रा राजनीतिक, शैक्षिक एजेन्डा फेरिएका छन् । १० विश्वविद्यालय भइसके । अध्ययन संस्थान धेरै भइसके ती संस्थानभित्र नेविसंघको संगठन विस्तार गर्नुपर्नेछ । हाम्रो सांगठनिक स्वरूपलाई आकर्षित गरेर ती संस्थानभित्र विस्तार गर्नुपर्नेछ ।

संगठनलाई बलियो बनाउँदै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पनि बलियो बनाउनुपर्नेछ ।

विषय र प्रविधि फेरिएका छन् । प्रविधि दिनको दिन नयाँ–नयाँ आएका छन् । ती विषयलाई नेपालमा पनि स्थापित गरी विश्व बजारको शिक्षा स्तरमा प्रवेश गराउनुपर्नेछ ।

नैतिकता ह्रास भएकोजस्तो नेपाली समाज बन्दै छ । राजनीतिभित्र मात्रै होइन, हरेक क्षेत्रमा ह्रास भएको छ नैतिकता । त्यसैले नैतिकतामा आधारित मानवतावादी शिक्षाको आवश्यकता छ अहिले ।

डाक्टर, इन्जिनियरमात्रै पढाउनुपर्छ भन्ने जो लालसा छ । यसका विकल्प पनि स्थापना गर्नुपर्नेछ । राम्रो सचिव पनि चाहिएको छ । राम्रो पत्रकार चाहिएको छ । राम्रो शिक्षक चाहिएको छ । यसैले पनि नैतिकतामा आधारित शिक्षा हुनु जरुरी छ ।

हिजो हामीले नेविसंघको कलम र मशालअंकित झन्डामुनि बसेर प्रमाणपत्र धितोपत्र राखेर ऋण लिने व्यवस्था, हरेक वर्ष एसएलसीमा अनुत्तीर्ण भएबापत आत्महत्याजस्तो अवस्था नआओस् भनेर विकसित मुलुकमा झैं ग्रेडिङ व्यवस्था, खुला विश्वविद्यालयलगायत मुद्दा उठाएका थियौं । विशेषगरी मैले नै ती सवालको नेतृत्व गरिरहेको थिएँ ।

ती मुद्दाहरू आज सरकारको तर्फबाट सम्बोधन भएका छन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रमा एउटा भोकेसनल इन्स्टिच्युट स्थापना गर्ने, प्रविधियुक्त क्याम्पस स्थापना गर्ने माग । शिक्षण अस्पतालजस्तै सरकारीस्तरको हरेक प्रान्तमा मेडिकल कलेज, कृषि कलेज, इन्जिनियरिङ कलेज स्थापनाजस्ता माग अझै साकार भइसकेका छैनन् ।

पछिल्लोपटक मैले साहससाथ एउटा मुद्दा उठाएको छु । भर्खरै नयाँ शिक्षा ऐनअनुसार १ देखि ८, ९ देखि १२ माध्यमिक तहको शिक्षा भएको छ । र, मैले सबै विद्यार्थी संघ तर्फबाट माग राख्नेछु– अब माविसम्म कम्तीमा विद्यार्थी राजनीति अन्त्य गर्ने ।

nain singh Mahar (1)०३६/३७ तिर पञ्चायती व्यवस्थाले बन्द गरेको राष्ट्रिय स्वयंसेवी शिक्षा जो थियो, अहिले आएर त्यसको कार्यान्वयन गराउनुपर्छ भन्ने गाइडलाइनमा हामी अघि बढेका छौं ।

जबसम्म शिक्षण अस्पतालबाट एमबीबीएस गरेका विद्यार्थीले पासआउट हुँदै गर्दा संखुवासभा वा बैतडीजस्ता ग्रामीण अस्पतालमा काम गर्दैन, त्यतिन्जेलसम्म न त उसले भूगोल चिन्छ न त नेपालको लगानी नै सदुपयोग हुन्छ ।

यसैगरी, कृषि, इन्जिनियरिङ क्षेत्रमा पनि यस्तो आवश्यकता छ । अर्कोतिर ग्रामीण क्षेत्रका जनताले त्यसबाट पाउने सेवा ।

पछिल्लोपटक मैले साहससाथ एउटा मुद्दा उठाएको छु । भर्खरै नयाँ शिक्षा ऐनअनुसार १ देखि ८, ९ देखि १२ माध्यमिक तहको शिक्षा भएको छ । र, मैले सबै विद्यार्थी संघ तर्फबाट माग राख्नेछु– अब माविसम्म कम्तीमा विद्यार्थी राजनीति अन्त्य गर्ने ।

हाम्रा सदस्यता वितरण अन्त्य गर्ने । त्यति भइसकेपछि विद्यार्थी राजनीतिमा नआएपछि जो पार्टीको झन्डा समातेर हिँड्ने शिक्षक थियो, ऊ बाध्य भएर कक्षाकोठामा पढाउन थाल्छ । कहीं न कहीं केही न केही नयाँ गर्नुपर्छ । देखासिकीबाट मात्रै हुँदैन । विषयवस्तु थुप्रै छन् ।

महाधिवेशनमा अबको नेतृत्व, मेरो दाबी

नेविसंघको ११औं महाधिवेशन पार्टी एकतापछिको पहिलो महाधिवेशन हो । यसलाई हाम्रा प्रतिस्पर्धी संगठन र हामी सोसलिस्ट इन्टरनेसनल सदस्यको हैसियतले पनि विदेशमा बसेका थुप्रै साथीले महत्वसाथ हेरिरहेका छन् । साथै हाम्रो प्रजातान्त्रिक अभ्यास र राजनीतिक निर्णयलाई पनि नियालिरहेका छन् ।

लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । यसैले पनि नेविसंघको नेतृत्व सम्हाल्न सक्छु भन्ने मेरो एउटा आधार हो । अर्को आधार, सांगठनिक स्वरूपमा फरक बनेका छन् । शिक्षाको अवस्था, विषयगत कुरा फेरिएका छन् । प्रविधिका कुरा आएका छन् । यो बदलिँदो समय र अवस्थालाई आत्मसात् गर्दै संगठन चलाउन पनि म सक्षम छु ।

यो संगठनलाई चलाउन एउटा छाता लिडरसिप चाहिएको छ । हिजो दुई पार्टी भएकै आधारमा वा समूहगत विभाजन भएकै आधारमा पक्षपातपूर्ण व्यवहार हटाएर समन्वय नगर्ने हो भने यो संगठन चल्न सक्दैन ।

संगठनमा सबैको अपनत्व देखिनेगरी नेविसंघभित्र सबैलाई मिलाएर लैजाने क्षमता मसँग छ । किनकि हिजो पार्टी एक हुने बेला पनि म संगठनमा थिएँ । योबीचमा पनि सक्रिय रहें ।

लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । यसैले पनि नेविसंघको नेतृत्व सम्हाल्न सक्छु भन्ने मेरो एउटा आधार हो । अर्को आधार, सांगठनिक स्वरूपमा फरक बनेका छन् । शिक्षाको अवस्था, विषयगत कुरा फेरिएका छन् । प्रविधिका कुरा आएका छन् । यो बदलिँदो समय र अवस्थालाई आत्मसात् गर्दै संगठन चलाउन पनि म सक्षम छु ।

तेस्रो आधार, राजनीतिक मिसन फेरिएको छ । स्थापनाको बेला जुन राजनीतिक पृष्ठभूमि थियो । त्यो फेरिएर आज संघीय गणतन्त्रमा पुगेका छौं । यो कार्यान्वयन गराउने सन्दर्भमा पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संविधान कार्यान्वयन भएको छैन ।

विभिन्न बाधा अड्काउ आएका छन् । सबै क्षेत्र, वर्ग, समुदायका व्यक्तिले संविधानमा अपनत्व देखेका छैनन् । यसलाई सबै क्षेत्रमा कार्यान्वयन गराउन नेविसंघको भूमिका आवश्यक छ । नयाँ नेतृत्वले त्यो जिम्मेवारी वहन गर्नुपर्नेछ । म यो नेतृत्व ग्रहण गर्न तयार छु । र, आत्मविश्वास पनि छ कि राज्य र पार्टीको सहयोगी बनेर संविधान कार्यान्वयन यात्रामा योगदान दिन सकिन्छ ।

नौ वर्षदेखि जसरी नेविसंघको संगठन खिइएको छ । अबको नयाँ नेतृत्वले यसलाई नयाँ ऊर्जा दिनुपर्नेछ । यो त नेपाली कांग्रेसको ट्रेनिङ इन्स्टिच्युट हो । यहाँ काम गरिसकेपछि अनुभव प्राप्त गरी पार्टीमा काम गर्न जाने हो । सधैंभरि बसिरहने ठाउँ होइन यो । तर, यही ठाउँमा खिया लागिरहेको छ । नर्सरी बिरुवाविहीन भएको छ । खाली जमिन छ । यो नर्सरीलाई पहिलेजसरी ब्लक गर्ने काम नेतृत्व तहबाट भयो । त्यो आज हुनुहुँदैन । फरक किसिमले जानुपर्छ ।

सशक्त नेविसंघका माध्यमले प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने जनता उत्पादन गर्ने जिम्मेवारी पनि नेतृत्वको हो । देशभित्र यदि प्रजातन्त्रवादी जनताको उपस्थिति उल्लेख्य रूपमा भएन भने अहिलेजस्तै चरित्र नै नमिल्ने वामपन्थीसँग काँध मिलाउने बाध्यता आइरहन्छ ।

nain singh Mahar (2)
कर्तव्यनिष्ठ र संगठित नेविसंघको जगमा गतिशील, निष्ठावान् र बलियो कांग्रेस निर्माण गरेर नेपाललाई समृद्ध बनाउने हाम्रो साझा सपना साकार पार्ने ऐतिहासिक जिम्मेवारी हामीले पूरा गर्न सक्छौं । यसकानिम्ति :

– नैतिकतामा आधारिक मानवतावादी शिक्षा

– प्राविधिकयुक्त व्यावहारिक र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच

– दुव्र्यसनमुक्त स्कुल÷कलेज

– भ्रष्टाचारमुक्त शैक्षिक प्रशासन

– हरेक दुई वर्षमा अनिवार्य नेविसंघको महाधिवेशन सम्पन्न हुने वैधानिक व्यवस्था

– नियमित स्ववियु निर्वाचन

– नेविसंघको केन्द्रदेखि जिल्लासम्म समाज रूपान्तरण कार्यदलको गठन तथा आउँदै गरेको स्थानीय प्रदेश र संघीय चुनावमा नेविसंघको तर्फबाट १५ प्रतिशत उम्मेदवारीका लागि पार्टीमा दबाब सिर्जना गर्ने ।

लामो समयदेखि नेविसंघको मोर्चाबाट लोकतान्त्रिक आन्दोलनमा संलग्न भई प्राज्ञिक मर्यादा र शैक्षिक उन्नयनमा योगदान दिँदै आएकाले देशभरिका महाधिवेशन प्रतिनिधि, अन्य साथी र पार्टी नेतृत्व दुवै तहको साथ र विश्वास मलाई भएकाले साथीहरूले मलाई विजयपथमा लैजाने कुरामा ढुक्क छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल