किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

-  |   रमन पौडेल

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

नाति पुस्ताका पत्रकारसमेत किशोर नेपाललाई ‘किशोर दाइ’ भनी सहजै सम्बोधन गर्छन् । किशोर दाइचाहिँ धेरैलाई ‘तिमी’ वा ‘तँ’ भन्छन् ।
केही महिनाअघि एक अनलाइन अन्तर्वार्तामा उनले भनेका थिए, ‘मैले तिमी भनेँ भने दाइले टाढाको सम्झ्यो भनी रिसाउँछन् ।’
पत्रकारितामा नयाँ पुस्तासँग घुलमिल हुने अवसर किशोर नेपालबाहेक कसैलाई मिलेको छैन ।
‘किशोर दाइ’ को पत्रकारिता जति अनुकरणीय छ, जीवनशैली त्यस्तै लोभलाग्दो छ । ‘रोमान्टिक’ र ‘फ्रेन्ड्ली’ भन्नुमा सन्देह छैन । र, कठोर पनि ।
सायद दुई साताअघिको बुधवार अन्तर्वार्ताका लागि फोनमै आग्रह गरेँ, ‘दाइ तपाईंको अन्तर्वार्ता गर्नुपर्ने भयो एउटा ।’
किशोर दाइले भने, ‘गर–गर । के छ र ।’
हो । केही पनि थिएन । समय निकाल्नुपर्ने थियो । अर्को बिहान म उनलाई भेट्न गौशालानजिकैको एउटा क्याफेमा पुगेँ ।
मलाई लाग्यो, यो उनको मर्निङ वाकपछि गफिने जक्सन हो । जहाँ थिए– पत्रकार सुवास ढकाल, कवि विप्लव प्रतीक । साँघुरो कफी सपमा हल्ला होला भनी अन्तर्वार्ताका लागि अन्य ठाउँमा जाने मनस्थितिमा थिएँ म । किशोर दाइले भने, ‘ह्या केही हु्ँदैन यहीँ बस ।’
कफीसपभित्र हल्लाकै बीच रातोपाटीको नियमित स्तम्भ ‘मेरो जीवन’ का लागि गफिएँ :
००

5-KIshor-Nepal-5

मेरो खाना

दालभात तरकारी मेरो नियमित खाना हो । मन पर्नेचाहिँ जापानिज सुसी । यसमा मिसाइने सस्र्युंको रसको गन्ध नाकमा स्वाट्ट पर्दा पिरो–पिरो हुन्छ । खुबै मन पर्छ ।

यो खाना अति महँगो पनि हुन्छ । नियमित खाने मन भएर पनि सकिँदैन । नियमित त सम्झिनेमात्रै । त्यस्तै कोदाको ढिँडो र दूध असाध्यै मन पर्छ ।

मलाई कत्ति पनि मन नपर्ने खाना तयारी चाउचाउ हो । पहाड–पर्वततिर घुम्दाचाहिँ खानैपर्ने बाध्यता हुन्छ । सामान्य अवस्थामा चाउचाउ हेर्नै मन लाग्दैन ।

खाना पकाउन पनि जानेको छु । खसीको मासुका विभिन्न भेराइटी पकाउँछु । खासगरी कबाब । कतै तालिम लिएँ भने विशाल मीठो पकाउँछु । दालभात पकाउनचाहिँ अल्छि लाग्छ ।

मेरो पोसाक

नियमित टी–सर्ट प्यान्ट लगाउँछु । मन पर्नेचाहिँ सुट हो । मेरो कपडा नियमित सिलाउने पहिले टिमा टेलर थियो । अचेल त्यो टेलर पनि मजस्तै भयो । रिटायर्ड हुन लाग्यो ।

सुट पनि सिलाएको छैन अहिले । गत वर्ष अमेरिकामा छोराको बिहेक्रममा उसैले किनिदिएको थियो । त्यो सिलाएको भन्दा पनि ड्राफ्टमात्रै गरेको । यसबीचमा कुनै सुट किनेको छैन ।

सर्टमा भने म ब्रान्ड कन्सस छु । लुइस फिलिप, ब्रान्ड हुसेन प्रायः मैले लगाउने सर्टका ब्रान्ड हुन् । प्यान्टमा त ब्रान्ड नै मिल्दैन । किनकि म पुड्को छु । फिट हुँदैन । त्यस्तै, रातो वा नीलो मलाई मनपर्ने कलर हुन् ।

पोखरामा म धेरै इन्ज्वाई गर्छु । पर्यटकीय सहरभन्दा पनि प्राकृतिक सहरका रूपमा हेर्छु पोखरालाई । त्यहाँ साथी खोज्नु पनि पर्दैन । साथीभाइ भेट्नै गए पनि ठिकै छ । आफैँ हराऊँ भनेर गए पनि हुने । त्यो मजाको ठाउँ छ । त्यहाँ चिन्ने मान्छे त हुन्छन् । तर, हराउन सकिन्छ ।

मेरो घुमफिर

घुमिराखेको छु । कति ठाउँ पुगेँ याद नै छैन । ७५ जिल्ला, झन्डै १२ सय गाउँ घुमेँ । विदेशमा अफ्रिका, रूस, चीन, अमेरिका, बेलायत, स्वीट्जरल्यान्डलगायत दुई दर्जन बढी देश पुगेँ ।

साह्रै राम्रो ठाउँ नेपाल । हाललाई यही बत्तीसपुतली राम्रो । जहाँ म छु । (लामो हाँसो )।

पोखरामा म धेरै इन्ज्वाई गर्छु । पर्यटकीय सहरभन्दा पनि प्राकृतिक सहरका रूपमा हेर्छु पोखरालाई । त्यहाँ साथी खोज्नु पनि पर्दैन । साथीभाइ भेट्नै गए पनि ठिकै छ । आफैँ हराऊँ भनेर गए पनि हुने । त्यो मजाको ठाउँ छ । त्यहाँ चिन्ने मान्छे त हुन्छन् । तर, हराउन सकिन्छ ।

घुम्नका लागि कुनै योजना बनाउने बानी छैन मेरो । तर, घुमिराखेकै हुन्छु । एकदम जान मन लागेको तर जान नपाएको देश अस्ट्रेलिया ।

मेरो फुर्सद

अहिले त फुर्सदै फुर्सद छ । हप्ताको तीनवटा आर्टिकल लेख्छु । इन्टरभ्यु गर्छु । सुवास ढकालले एउटा काम दिएको छ, सेलिब्रिटीको इन्टरभ्यु गर्ने । त्यो गर्दै छु अहिले ।

पहिलोपोस्ट र कान्तिपुरमा नियमित लेख्दै छु । किताब लेख्छु । फुर्सद नै छ ।

विकेन्ड मनाउने कुनै योजना हुँदैन । जहिले मन लाग्यो त्यहीले विकेन्ड । आज रमाइलो गर्न मन लाग्यो, भरे साथीभाइसँग बस्न मन लाग्यो, फोन गर्यो, पैसा छ कि छैन बुझ्यो गयो ।

1-KIshor-Nepal-1मेरो फिटनेश

हरेक बिहान पाँच बजेतिर उठिसक्छु । कफी पिउँछु । एकछिन जिउ तन्काउने अनि मर्निङवाकमा निस्किने ।

आधा घन्टा मच्चिएर हिँड्छु । बाँकी आधा घन्टाजति बिस्तारै । नियमितको खाना चिल्लो हुँदैन । यसैले पनि फिट नै छु म ।
कहिलेकाहीँ पेट दुख्ने, ज्वरो आउनेबाहेक स्वास्थ्यमा गम्भीर समस्या छैन । तर, प्रेसरको औषधि सेवन गर्दै आएको छु । अहिले यो पनि सन्तुलित छ ।

मेरो खेलकुद

जेलमा बस्दा चेस खेलिन्थ्यो । पछि पनि साथीहरूसँग खेलियो । खेलमा खासै लगाव छैन मेरो । हेर्दा रमाइलो लाग्ने फुटबल नै हो । फेभरेट देश वा क्लब केही छैन । अचेल रोनाल्डो, मेस्सी भन्छन् । हाम्रो पालामा पेले थियो । कहिलेकाहीँ क्रिकेट पनि हेर्छु । तर, नबुझ्दा रमाइलो हुँदो रहेनछ ।

मेरो गीत–संगीत

हरिभक्त कटुवालले लेखेका अधिकांश गीत मन पर्छन् । त्यस्तै कालीप्रसाद रिजाल, भीम विराग, विप्लव प्रतीकका गीत पनि मन पर्छ ।

यस्तै, रकपप स्टाइलमा योगेश्वर अमात्य पनि मन पर्छ । म बाथरुम सिंगर हुँ । एक–एक टुक्रा सबै गीतको आउँछ । किशोर कुमार, गुलाम अली, जगजित सिंहका आवाज मन पर्छ । ‘हम भी सरावी, तुम भी सरावी’ गजल मलाई खुब मनपर्छ ।


2-KIshor-Nepal-2मेरो चलचित्र

पछिल्लोपटक हलमै गएर हेरेको सिनेमा ‘हैदर’ हो । खगेन्द्र दाइ (खगेन्द्र संग्रौला) र म गएका थियौँ । खुब राम्रो लाग्यो ।

मन पर्ने कुरा पनि उमेरसँगै हुँदोरहेछ । एक समय ‘आनन्द’ खुब मन पथ्र्यो, १७/१८ पटक हेरेँ होला । एक समय ‘गाइड’ मन पथ्र्यो । अलटाइम मन पर्ने राज कपुरको, ‘मेरा नाम जोकर’ । त्यस्तै ‘तिस्री कसम’ पनि खुब राम्रो लाग्छ ।

अहिले पनि ती फिल्म मिस गर्छु । हैदर हेरेपछि त्यसको स्वाद मेटिएला भन्ने चिन्ता छ । हैदरको स्वाद जोगाएर राख्नु छ । फिल्म हेर्दा रुने बानी छैन मेरो । प्रेमिकासँग पनि जानुहुँदैन । पहिले पनि जान्नथेँ । प्रेमिकासँग डर लाग्छ । घरमा कम्प्युटर वा मोबाइलमा हेर्न मन लाग्दैन ।

सिनेमा हेर्ने ड्याङ्ग हलमै बसेर हो । फिल्म हेर्न जानका लागि पनि मन मिल्ने साथी हुनुपर्छ ।

मेरो मोबाइल

पहिलोपटक कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार छँदा नोकियाको सानो मोबाइल लिएको थिएँ ।

सिनेन्सको सानो मोबाइलदेखि आइफोन पनि लिएँ । अहिले सामसुङ र माईक्रोसफ्ट दुई चलाउँछु । मोबाइल फटाइनँ मैले, चलाउने–चलाउने अनि साथीहरूलाई दिने । अहिलेसम्म आठ÷दसवटा मोबाइल चलाएँ होला ।

तीमध्ये धेरै गिफ्टबाटै आए । सामसुङको नोट फाइभ अमेरिकन साथीले क्रिसमस गिफ्ट दिएको हो । माइक्रोसफ्ट १७ हजारमा आफैँ किनेको ।

मोबाइलमा केही आवश्यक एप्समात्रै चलाउँछु । फेसबुक, ट्वीटर, इमेल । पहिले क्यान्डी क्रस गेमको लत लागेको थियो । अहिले छैन ।

विचार र लजिक भएका किताब पढ्न रुचाउँछु । अल्बर्ट क्यामु, ज्या पाल सात्र्र, काफ्कालगायतका किताब धेरै मन पर्छ । हारुकी मुराकामी, मिलन कोन्देरा पनि मेरा मन पर्ने लेखक हुन् ।

मेरो घर

मैले कमाएर त केही गरिनँ । मेरा बाबुले किनिदिएको जग्गा बेचेर २०३८ मा घर बनाएँ । खर्च कति लाग्यो याद भएन । बत्तीसपुतलीमा साढे तीन रोपनी जग्गा थियो । त्यही बेचेँ, जति पैसा आयो त्यसमै घर बनाएँ । स्थायी सम्पत्ति केही छैन मेरो ।

मेरो गाडी

पछिल्लो चार वर्षदेखि आइटेन गाडी छ मसँग । हिमालयन बैंकको लोन सुविधामा अब पाँच लाख तिर्न बाँकी छ । यसभन्दा अघि स्यान्ट्रो थियो । मार्सल जिप पनि चढेँ आफैँले किनेर ।

सरकारी, कर्पोरेसनको पनि चढेँ । सरकारी, कर्पोरेसनको गाडी चढ्नुहुँदैन, जागिर पनि खानुहुँदैन भनेर अहिले आफैँ किनेको ।

मेरो अध्ययन

मिलेसम्म सबै पुस्तक पढ्न खोज्छु । तर, मेरो रुचि लिटरेचरमा छ । अलि गम्भीरकिसिमको पुस्तक छ भने पढ्छु । किताब पढेर आँशु नै आयो भन्नेखालका किताब पढ्दिनँ ।

विचार र लजिक भएका किताब पढ्न रुचाउँछु । अल्बर्ट क्यामु, ज्या पाल सात्र्र, काफ्कालगायतका किताब धेरै मन पर्छ । हारुकी मुराकामी, मिलन कोन्देरा पनि मेरा मन पर्ने लेखक हुन् ।

नेपालीमा पछिल्लो समयमा उल्लेखनीय किताब पाएको छैन । पहिले मोहन कोइरालाका कविता, भूपी दाइका कविता पढियो । पोषण पाण्डेका कथा, कृष्णभक्त श्रेष्ठका कविता पढियो । विजय मल्लका उपन्यास, धनुषचन्द्र गौतम, ध्रुवचन्द्र गौतम, गोविन्द गोठालेका पनि ।

मेरो प्रेम

(केही नायिकासँग पनि उनको नाम जोडेर चिया पसलमा मसला बनाइए । दाइ वर्षौंदेखि तपाईंको प्रेम किस्सा सुनिएको छ, योङएजमा के–कस्तो भयो ? पहिलो प्रेम कस्तो थियो भनेर सोधेँ ।)

पहिलो प्रेम कुन थियो भन्ने नै थाहा छैन मलाई । स्कुलमा पढ्दा हो कि, किशोरावस्थाको हो कि । यसमा समस्या हुन्छ । कुनलाई पहिलो प्रेम भन्ने । छुट्याउनै गाह्रो ।

म समानान्तर काम गर्ने मान्छे । साप्ताहिकमा सेलिब्रिटीको इन्टरभ्यु गर्छु । पहिलोपोस्टमा कान्तिपुरगाथा लेख्छु । कान्तिपुरमा राजनीतिक टिप्पणी गर्छु । र, किताब पनि लेख्छु ।

यस्तै भयो मेरो प्रेममा पनि । समानान्तर काम गर्दा कुन पहिले गरेँ छुट्याउनै गाह्रो ।

जीवन पनि समानान्तर हिसाबले नै चल्ने रहेछ । मैले अंग्रेजी पढ्दापढ्दै संस्कृत पढेको ।

प्रेमसम्बन्ध पनि सम्झिएर साध्य हुन्छ यार । (हाँस्दै ) अहिलेको जस्तो हेलो, हाइ हुँदैनथ्यो । छेको लगाएर लुकेर गफ गर्नुपथ्र्यो । हाम्रो पालामा कठिन थियो । अहिले तिमीहरूको पालाको जस्तो छैन ।

तर, मैले केटीहरूसँग प्रेमको हिसाबले, शारीरिक सम्बन्धको हिसाबले कहिल्यै संगत गरिनँ । केटीलाई हामीजस्तै साथीका रूपमा हेरेँ । तिनीहरूसँग रोमान्टिक कुरा गर्नेबित्तिकै तिनीहरू प्रेमिका नै हुन् भन्नु गलत हो । कहिलेकाहीँ दरबारमार्गमा अभिनेत्री, लेखिका, गायिकासँग अँगालो मारेर हिँड्छु । यसले के हुन्छ त । केही हुँदैन ।

हरेक मान्छेको सहअस्तित्वप्रति मर्यादा छ भने तपाईं जे गरेर हिँडे पनि हुन्छ । योङ एजमा केही अफेक्सन भए पनि बिर्सिएँ मैले । तिनीहरू फोन पनि गर्छन् । उनीहरूले धान्न सकेनन् । मैले धान्न चाहिनँ । कति थिए, गनिएन । गिनिजबुकमा नाम लेखाउनु थिएन मलाई ।

3-KIshor-Nepal-3मेरो विवाह

सनातन हिन्दु धर्मअनुसार विवाह भयो । परिवार र मेरो रुचिमै भएको हो । मेरो पारिवारिक जीवन मेरो श्रीमतीका कारण सुखद छ ।

अहिलेसम्म उसले मलाई आवारागिरी गर्न नछाडिदिएको भए, पत्रकारिता गर्न नछाडिदिएको भए, डिमान्ड धेरै गरिदिएको भए म कहीँ पनि हुँदैनथेँ । तपाईं यसरी अन्तर्वार्ता लिनै आउनुहुँदैनथ्यो ।

मेरो भूल

मेरो भूल केही छैन । काम गर्दै जाँदा कतै असफल भइयो । त्यसलाई भूल भन्दिनँ । कुनै पाप गरेजस्तो किसिमको भूल गरेको छैन । सम्झिनुपर्ने भूल पनि छैनन् । गर्नुपर्ने प्रायश्चित पनि छैनन् ।

(तपाईंको आलोचना त भयो नि ?)

मान्छेले टिप्पणी त गरे होलान् । एकताका मैले राम्रो लुगा लगाए पनि टिप्पणी गर्थे । ब्ल्याक लेबल ह्वीस्की खाए पनि टिप्पणी गर्थे ।

हामी झोला बोकेर हिँड्ने पत्रकार यो कसरी यस्तो बनेर हिँड्छ भन्थे । त्यो त आफूले मार्केट बनाउने कुरा हो । आफ्नो डिमान्ड क्रिएट गर्नुपर्छ । पत्रकार भएर पार्टीको काम गर्ने होइन । पार्टीका नेतासँग समान सम्बन्ध राख्नुपर्छ ।

प्रचण्डजी, शेरबहादुरजी, ओलीजी, झलनाथजी, माधवजीसँग पनि उस्तै सम्बन्ध छ मेरो । भन्नेले यो माओवादी भयो । यो कांग्रेस भयो भन्छन् । म न माओवादी, न कांग्रेस, न एमाले । मान्छेलाई लेभलिङ गर्छन् यहाँ । यस्तो कच्चा दिमाग भएको देशमा हामी सर्भाइब गरेका छौँ, यही नै ठूलो कुरा ।

अनि रेडलेबलमा उक्लियो । यसले मात्रै पनि टाउको दुख्दोरहेछ भनेर ब्ल्याक लेबलमा उक्लियो । यो मीठो लाग्यो यही खान लागियो । ब्ल्याक लेबलभन्दा माथि जान पनि मन लाग्दैन, तल आउन पनि मन लाग्दैन । पाइएन भने खाँदै नखाने, पाएसम्म ब्ल्याक लेबल नै खाने ।

मेरो सौन्दर्य

सकेसम्म राम्रो भएर हिँड्नुपर्छ । बुढेसकालमा पनि म राम्रो छु भन्ने लाग्छ । तपाईंहरू आउनुहुन्छ, इन्टरभ्यु लिनुहुन्छ । फोटोजेनिक छ मेरो फेस । टेलिभिजनमा पनि चल्छ ।

मेरो मदिरा

(दाइ, तपाई्रंको मदिरा किस्सा त दुई दिनसम्म पनि सकिँदैन । मदिरासँग तपाईंको कस्तो साइनो हो ? भनी सोधेँ ।)

मदिरासँग एकदम गम्भीर, संवेदनशील साइनो छ । सुरुमा घरमा बनाएको रक्सी खान सिकियो साथीहरूसँग मिलेर । बिस्तारै रस बस्यो । रस बसेपछि तल्लो तहका झासेझुसे रक्सीभन्दा अलि माथिल्लो खानुपर्छ भन्ने लाग्यो । खानलाई कमाउनुपर्यो । कमाउन पनि थालियो ।

अनि रेडलेबलमा उक्लियो । यसले मात्रै पनि टाउको दुख्दोरहेछ भनेर ब्ल्याक लेबलमा उक्लियो । यो मीठो लाग्यो यही खान लागियो । ब्ल्याक लेबलभन्दा माथि जान पनि मन लाग्दैन, तल आउन पनि मन लाग्दैन । पाइएन भने खाँदै नखाने, पाएसम्म ब्ल्याक लेबल नै खाने ।

रक्सी खाएर २४ घन्टासम्म सुतेको पनि छु । रक्सी खाएर बेहोश भएको पनि छु । तर, रक्सी खाएर झगडाचाहिँ गर्दिनँ । बरु खाएपछि इम्पोज गर्ने बानी छ । यस्तो मेरो स्वाभाविक जीवनमा पनि छ । होडबाजीजस्तो चल्दोरहेछ । तर, अचेल अरूको पनि कुरा सुन्न थालेको छु ।

4-KIshor-Nepal-4
एकै बसाइमा डेढ बोतल ब्ल्याक लेबलसमेत सिध्याएको छु साथीसँग । एक्लै त रक्सी नै खान्न । मेरो सिग्रेटको विषयचाहिँ बिस्तारै कथा हुँदै छ । म मार्लबोरो चुरोट खान्थेँ पहिले । मेरो ब्रान्ड नै मार्लबोरो हो । उमेर ढल्किँदै गएपछि कम गर्नुपर्छ भनेर डाक्टरले पनि सल्लाह दिएकाले अलि कम गरेको छु ।

मेरो राशि

मिथुन राशि मेरो । ग्रहदशा वा ग्रहशान्ति केहीमा पनि विश्वास लाग्दैन मलाई ।

ग्रहदशा भनेको आफैँ बनाउने हो । ज्योतिषीले भनेर मेरो भाग्य बन्ने कत्ति पनि विश्वास छैन । मेरो भाग्य म आफैँले बनाउँदै आएको हुँ । भाग्यको निर्माण आफैँ गर्ने हो । मेहेनत, संघर्ष गर्नुस् आफैँ बन्दै जान्छ ।

मेरो राजनीति

(नेताहरूसँगको सम्बन्धलाई लिएर किशोर दाइबारे अनेक टिप्पणी भए । कहिले किसुनजी, कहिले शेरबहादुर देउवा । प्रचण्डसँग अति निकट भनी नाम जोडियो । यसबाहेक केही राजनीतिक नियुक्ति पनि ।)

म डेमोक्रेटिक मान्छे हुँ । हार्डकोर डेमोक्रेट । यसमा कुनै शंकै छैन । दुनियाँले जेसुकै भने पनि पछिल्लो समयमा हिंसात्मक आन्दोलनलाई शान्तिप्रक्रियामा ल्याउन मेरो पनि भुमिका रह्यो ।

दुई÷तीन वर्षसम्म जिल्ला–जिल्ला घुमेर दुई बन्दुकले चेपिएका मानिसका वेदना मैले बाहिर ल्याएँ । शान्तिप्रक्रियामा पनि मैले आफूले जे गर्न सक्थेँ त्यो गरेँ ।

गोरखापत्रलाई रंगीन बनाउनुपर्छ भन्ने लागेको थियो । रंगीन बनाएर देखाएँ । अहिलेको रंगीन गोरखापत्र मेरै देन हो । खासमा म काम गर्न गएको थिएँ । आफ्नै पेसामा फर्कें ।

यहीक्रममा प्रचण्डजी, बाबुरामजीसँग नजिक भएँ । पछि आएर फेरि आफ्नै पेसामा क्रियाशील छु । मेरो पेसालाई व्यक्तिगत राजनीतिक झुकाव वा नियुक्तिले पनि असर कहिल्यै पारेन । राजनीतिक नियुक्तिको विषयमा किसुनजीले मलाई संरक्षण दिनुभएको थियो ।

उहाँ प्रधानमन्त्री भएपछि प्रेस सल्लाहकार बनाउनुभयो । पछि शेरबहादुर देउबाले टेलिभिजनको अध्यक्ष, गोरखापत्रको प्रधानसम्पादक बनाउनुभयो । टेलिभिजनलाई चलाउनु थियो । काम गरेर देखाएँ ।

गोरखापत्रलाई रंगीन बनाउनुपर्छ भन्ने लागेको थियो । रंगीन बनाएर देखाएँ । अहिलेको रंगीन गोरखापत्र मेरै देन हो । खासमा म काम गर्न गएको थिएँ । आफ्नै पेसामा फर्कें ।

मलाई एकदमै मन पर्ने तीन नेता जो जीवित छैनन् । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी । वर्तमानका नेतामा मलाई सबै मन पर्छ ।

प्रचण्डजी पनि मन पर्नुहुन्छ किनकि उहाँसँग मेरो राम्रो सम्बन्ध छ । शेरबहादुरजी पनि मन पर्छ । किनकि म उहाँलाई दाइ भन्छु । उहाँसँग नजिक छु । ढाँट्दिनँ । शेखर कोइराला पनि मन पर्छन् । पढेलेखेका कांग्रेसी बुद्धिजीवी छन् ।

बाबुरामजी पनि रमाइला मान्छे छन् । उनको नयाँ शक्ति के हुन्छ त थाहा छैन । एउटा आकांक्षा लिएर हिँडेका मान्छे हुन् । राम्रा छन् ।

झलनाथजी मनपर्छ एमालेमा । किनकि डरम्यानको सुट लगाउनुहुन्छ, खानपिनमा सोखिन हुनुहुन्छ । म पनि सोखिन छु ।

मेरो मृत्यु

(मृत्युको भय वा कृत्यबारे कहिल्यै सोच्नुहुन्छ कि हुँदैन भनेर सोध्दा यसो भन्छन् ।)

मृत्युबारे खासै सोच्दिनँ । तर, कसरी मरिन्छ । कहाँ मरिन्छ । मरिसकेपछि के मतलब यार । म मरिसकेपछि तपाईंले मेरो समवेदना कति लामो, ठूलो छाप्नुहुन्छ भन्ने कुरा मतलब भएन ।

साथीहरूले शोकसभा गरेर मेरो कति भजन गाउँछन् त्यो पनि मतलब भएन । यसबारे चिन्ता छैन ।

मेरो सपना

सपना छैन भनेर झुटो बोल्नुहुँदैन । तर, अहिले ठ्याक्कै योचाहिँ काम गर्न पाए हुन्थ्यो भनेर मैले फेलापार्न सकेको पनि छैन । किनकि चाहेका सबै काम गर्न पाइराखेको छु ।

यी जीवन कथा पनि पढ्नुहोस

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल