पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

पञ्चायतकालको स्नातक चुनावदेखि राजनीतिमा लागेका डा. प्रकाशचन्द्र लोहनी पटक–पटक अर्थमन्त्री बने । अमेरिकाबाट पीएचडी लोहनी आर्थिक मामिलाविज्ञ पनि हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. लोहनीसँग उनको प्रेम, मदिरा, सम्पत्ति, राजनीतिलगायत जीवनका अनेक पक्षबारे रमन पौडेलले गरेको कुराकानीको अंश :

Prakash-Chandra-Lohaniमेरो पोसाक

घरमा बस्दा क्याजुअल ड्रेस लगाउँछु । बाहिर फर्मल कार्यक्रममा फर्मल नै लगाउनुपर्यो । कोर्ट, प्यान्ट, टाइ वा दौरा–सुरुवाल । कोट, प्यान्ट, टाई वा दौरा–सुरुवालबराबर जस्तै लगाउँछु ।

जाडोमा बढी दौरा सुरुवाल लगाउँछु भने बर्खामा प्यान्ट र कमिज । कपडामा ब्रान्ड कन्सस छैन म । यसो हेर्दा जे ठीक लाग्छ त्यही किन्ने हो । यो ब्रान्डको कपडा लगाउँछु भनेर शो–अफ गर्ने ममा रुचि कहिल्यै आएन । विद्यार्थी जीवनमा त अफर्ड गर्न पनि सकिँदैनथ्यो होला ।

सकेसम्म मन पर्ने रङको कपडा किन्छु । नीलो रङ मन पर्छ मलाई । प्रायःजसो दसैँको बेला हो कपडा किन्ने, भाटभटेनीमा गएर । यसबाहेक विदेशमा भएका छोरीहरूले पनि मेरा लागि पठाइदिन्छन् । जे पठायो त्यही राम्रो मानेर लगाउँछु ।

मेरो खाना

ब्रेकफास्टमा सिरियज, वर्ट र एक कोसा केरा । ११ बजेतिर खाना खान्छु । दाल भात, एक कटौरा दही, झोल तरकारी र तारेको तरकारी मेरो नियमित खाना हो ।

पकाउन मलाई पटक्कै रुचि छैन । कहिलेकाहीँ अन्डा ब्वाइल गर्नेभन्दा अरू केही पकाउन जान्दिनँ । पकाउने जाँगर र सीप केही पनि छैन । किचनमा श्रीमतीले सबै कुरा ह्यान्डिल गर्छिन् ।

सबै खाना उस्तै लाग्छ तर काउली फ्लावरको तरकारी फेभरेट हो मेरो । स्न्याक्सका रूपमा मालपुवा र बदाम असाध्यै मनपर्छ । पहिले मालपुवा धेरै खान्थेँ तर अचेल चिल्लो बढी मिसाउने भएकाले संयमित भएर खान्छु ।

पकाउन मलाई पटक्कै रुचि छैन । कहिलेकाहीँ अन्डा ब्वाइल गर्नेभन्दा अरू केही पकाउन जान्दिनँ । पकाउने जाँगर र सीप केही पनि छैन । किचनमा श्रीमतीले सबै कुरा ह्यान्डिल गर्छिन् ।

मेरो घुमफिर

विदेश जान पहिले निकै सोख थियो । अचेल त त्यो सोख पनि मेटियो । अमेरिका, युरोप, साउथ इस्ट एसिया घुमेँ । अफ्रिका जाने इच्छा हुँदाहुँदै जान पाएको छैन ।

साउथ अफ्रिकामा नेल्सन मन्डेला जीवित छँदै उनलाई भेट्ने इच्छा थियो, पूरा भएन । यद्यपि, साउथ अफ्रिका जाने चाहना छ । सामाजिक र राजनीतिक दुवै दृष्टिकोणले ठूलो संकटबाट आएको देश भएकाले पनि त्यहाँ घुम्ने चाहना छ ।

नेपालका ५÷६ जिल्ला पुगेँ । तर, जति घुम्नुपर्ने हो त्यति घुमेको छैन । राजनीतिमा लागेपछि धेरैजसो घुमफिर पर्यटकीय उद्देश्यभन्दा पनि राजनीतिक उद्देश्यबाटै हुँदोरहेछ ।

पर्यटकीय रूपमा गइयो भने पनि पोखरा, सौराहा वा धुलिखेलसम्म परिवारलाई लिएर जाने गरिन्छ । पुगेका ठाउँमध्ये पोखरा नै मन पर्छ । जति गए पनि नपुग्ने । अचेल प्रदूषण बढेकाले चिन्ता लागेको छ । मुख्य पर्यटकीय क्षेत्रमा इलेक्ट्रिक ट्रान्सपोर्ट प्रयोग गरेर प्रदूषण रोक्नुपर्छ ।

मेरो फुर्सद

कहिलेकाहीँ लेख्छु । पढ्न, लेख्नका लागि फुर्सद निकाल्छु नै । राजनीतिक कामबाहेक समाचार वा किताब पढ्छु । सिनेमा हेर्छु ।

मेरो निश्चित तालिका नभएकाले हरेक दिन काम छ र हरेक दिन विकेन्डजस्तो हुन्छ । सिनेमा हेर्न जाँदा परिवारलाई लिएर जान्छु ।

खानामा संयम छु म । तर, मुख बार्ने वा डाइटिङ गर्ने बानी छैन । धेरै चिल्लो खान्न । मासुमा चाहिँ चिकेन मात्रै त्यो पनि कहिलेकाहीँ ।

मेरो फिटनेस

हरेक बिहान ४ः३० मा उठ्छु । एक घन्टा कसरत गर्छु । योगाका विभिन्न आसन गर्छु । कहिले साइक्लिङ, जगिङ पनि गर्छु ।

खानामा संयम छु म । तर, मुख बार्ने वा डाइटिङ गर्ने बानी छैन । धेरै चिल्लो खान्न । मासुमा चाहिँ चिकेन मात्रै त्यो पनि कहिलेकाहीँ ।

मेरो स्वास्थ्य

मेरो स्वास्थ्यमा समस्या छैन । अहिलेसम्म तन्दुरुस्त नै छु । हिँड्ने, शारीरिक मिहिनेत गर्ने सवालमा आजभन्दा ३० वर्षअघि जे थियो त्यसमा कमी आएको छैन । वर्षको एकपटक चेकअप गर्छु । गंगालाल हस्पिटलमा गएर हार्टको चेक गराउँछु ।

खानामा संयम र व्यायामका कारण म स्वस्थ र तन्दुरुस्त भएको महसुस गर्छु । खासगरी युवा अवस्थामा भन्दा पनि उमेर ढल्किएपछि व्यायाम चाहिँदो रहेछ । युवा अवस्थामा नयाँ मोटरजस्तै हुन्छ । जति ठाउँमा गए पनि सुरु भइहाल्छ । उमेर ढल्किएपछि बेला–बेला रिफ्रेस गरिरहनुपर्छ । नत्र ब्रेक डाउन हुन्छ ।

मेरो खेलकुद

हाम्रो जमानामा स्पोर्टस फेसिलिटी थिएन । त्रि–चन्द्र कलेज पढ्दा म ब्याडमिन्टन खेल्थेँ । मलाई मन पर्ने खेल पनि यही हो । राम्रो खेलाडी थिएँ । कलेज कम्पिटिसनमा प्रथम त हुन सकिनँ । सेकेन्डचाहिँ भएको छु ।

अचेल पनि समय मिल्यो भने ब्याडमिन्टन खेल्छु । अन्य खेलमा खासै रुचि भएन । केटाकेटीमा भोगटेको फुटबल खेलिन्थ्यो । बरु पछि कलेज पढ्ने बेला मार्सल आर्टस् तालिम गरेँ । त्यो शरीर तन्दुरुस्त बनाउन उपयोगी लाग्यो । आत्मविश्वास दिलाउने र शरीरलाई फ्लेक्जिबल बनाउने भएकाले पनि यो खेल उपयोगी भयो । तर, कुनै प्रतिस्पर्धामा भाग लिइनँ ।

बाथरुम सिंगरजस्तो कहिलेकाहीँ गुनगुनाउँछु पनि । यही गीतमात्रै भन्ने हुँदैन । स–साना टुक्का धेरै गीतको गाइन्छ । गीत गाउने र रुने क्षमता ईश्वरले सबैलाई दिएको हुन्छ । हुन त म अमेरिकामा पढ्न बस्दा गायक बन्ने भनेरै गिटार किनेर सिक्न खोजेको पनि थिएँ । तर, त्यो समयको लहडमात्रै थियो, गयो ।

मेरो गीत–संगीत

गीत–संगीतमा मलाई सफ्ट रक गीत सुन्न मन लाग्छ । सफ्ट र स्लोखालको पुरानै भए पनि रिल्याक्सिङ लाग्छ । यसबाहेक नारायण गोपाल, दीप श्रेष्ठ, रामकृष्ण ढकालका गीत राम्रो लाग्छ ।

गाडीमा बसेको बेला वा अन्य अवस्थामा उनीहरूका गीत सुनिरहेको हुन्छु । एलवेज फ्रेस्लेका गीत पनि मलाई मन पर्छ । ‘दोस्त नाराहा…’ लगायत केही हिन्दी गीत पनि मन छुने छन् ।

बाथरुम सिंगरजस्तो कहिलेकाहीँ गुनगुनाउँछु पनि । यही गीतमात्रै भन्ने हुँदैन । स–साना टुक्का धेरै गीतको गाइन्छ । गीत गाउने र रुने क्षमता ईश्वरले सबैलाई दिएको हुन्छ । हुन त म अमेरिकामा पढ्न बस्दा गायक बन्ने भनेरै गिटार किनेर सिक्न खोजेको पनि थिएँ । तर, त्यो समयको लहडमात्रै थियो, गयो ।

रेडियोमा सुन्ने विभिन्न किसिमका गीत गुनगुनाएको हुन्छु । धेरै गीत मन पर्यो होला तर यही विशेष छैन । क्लासिकल गीत मन पर्छ ।

मेरो चलचित्र

थ्रिलर र डिटेक्टिभ मुभी मलाई धेरै मन पर्छ । टीभीमा आउने थ्रिलर सेरिज मौका मिल्यो भने हेर्छु । मेरो बेस्ट एक्टर डिन्जेल वासिङ्टन हो । शिव श्रेष्ठको फ्यान हुँ म । यसबाहेक भुवन केसी, राजेश हमालका पनि आफ्नै फ्लेबर छन् ।

झोला, प्रेमपिण्डलगायत केही नेपाली सिनेमा मलाई मन पर्छ । हलमै गएर हेरेको पछिल्लो फिल्म झोला हो । हलमै गएँ भने परिवारलाई पनि सँगै लिएर जान्छु । प्रायः घरमै बसेर टीभीमै हेर्छु चलचित्र ।

मेरो मोबाइल

पहिलोचोटि मोबाइल कहिले लिएको थिएँ, ठ्याक्कै याद छैन । आवश्यकताअनुसार लिने वस्तु हो । हरेक नयाँ मोडेल आउनेबित्तिकै दौडँदै बजारमा गएर किनिहाल्ने मेरो बानी छैन ।
दुई÷तीन वर्षदेखि छोरीले पठाइदिएको आइ–फाइभ प्रयोग गर्दै आएको छु । यसअघि आइ–टु थियो । यसको लेटेस्ट भर्सन पनि आयो होला । रिजोलुसनको हिसाबले सामसुङ राम्रो हो कि जस्तो लाग्दै छ ।

यसमा हुने सबै एप्स चलाउँदिनँ । प्रायः इंग्लिसको ल्याङ्वेजसम्बन्धी एप्स प्रयोग गर्छु । यससँगै इमेल चलाउँछु । अन्यथा गेम खेलेर बस्दिनँ ।

मोबाइलमा म आफैँले खर्च गरेको जम्मा १२ हजार हो । डेढ वर्षअघि सामसुङको १२ हजारमा किनेको थिएँ । आइफोन त मेरो आफन्तले नै पठाइदिएका हुन् ।

मेरो गाडी

टोयोटा/ल्यान्डक्रुजर–१९९६ मोडेलको गाडी छ मेरो । १५ वर्षअघि २० लाख जतिमा सेकेन्ड ह्यान्डमा एक मित्रले मिलाइदिएर किनेको थिएँ । यसले काम पनि दिएकै छ । अहिले अर्को गाडी फेर्नुपर्छ जस्तो पनि लागेको छैन ।

यसअघि मारुती ओम्नी भ्यान थियो । त्यसभन्दा पनि अघि कावासाकी मोटरसाइकल चलाउँथेँ । अर्थमन्त्री भएको बेला मोटर चढ्थेँ तर अर्थमन्त्री छाडेको तीन दिनमै मोटरसाइकल नै चढ्न थालेँ ।

२०५४ सम्म मोटरसाइकल चढ्थेँ म । त्यसपछि मात्रै मारुती भ्यान किनेको हो । अचेलचाहिँ कन्सन्ट्रेसन पनि नभएकाले म आफैँ गाडी चलाउँदिनँ ।

मेरो घर

पैतृक सम्पत्तिमा बुवाले दिनुभएको बानेश्वरको घर भाडामा दियौँ । अहिले म बसिरहेको सुकेधाराको घरचाहिँ ३० वर्षअघि बनाएको हो । नियमित यही घरमा बस्दै आएको छु । त्यसबेला यो घर बनाउन साढे ६/७ लाख रुपियाँ खर्च भयो ।

घर बनाउने बेला म विश्वविद्यालयमा पढाउँथेँ । कन्सल्टेन्सी पनि गर्थें । बुवा र श्रीमतीको पनि सहयोग लिएर घर बनाएको हो ।

यो घरको डिजाइन मेरो बुवाले गर्नुभएको हो । मेरो बुवा नेपालको पहिलो आरसिसी इन्जिनियर हो । पहिलो आरसिसी भवन सरस्वती सदन उहाँकै डिजाइनमा निर्माण भएको थियो ।

मेरो प्रेम

योङ एजमा जे–जे हुनुपर्ने हो त्यो सबै भएको छ । त्यो इतिहास सबै गइसक्यो । यद्यपि केही कुरा छन् । ती मसँग मात्रै रहन्छन् । त्यो बेलाको कुरा अरू नगरौँ ।

मेरो विवाह

२०२६ मा डिल्लीबजारका पाण्डे खलकमा विवाह गरेको मैले । हाम्रो मागीविवाह नै हो । तर, बिहेअगाडि चिनजान गरेर कुराकानी पनि भएको थियो ।

मेरो भूल

मलाई पश्चाताप छैन अहिले । उमेरले केही रिग्रेसन त ल्याउला । तर, मैले गरेको काममा गल्ती गरेँ वा गर्नै नहुने काम गरेँ भन्ने लाग्दैन ।

राजनीतिमा लाग्दा आरोप त अवश्य लाग्छन् नै । यस्ता कुरालाई खासै सिरियसली लिन्न पनि म । तर, कसैले मेरो चरित्रमाथि नै हमला गरे भने अदालत पनि जान्छु । गएको पनि छु ।

पञ्चायतकै बेला प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार गर्यो भनेर एउटा दैनिक पत्रिकाले समाचार लेख्यो, यो ०४२ तिरको कुरा हो । त्यसविरुद्ध मानहानि भयो भनेर उजुरी दिएँ । र, पत्रिकालाई क्षतिपूर्तिस्वरूप १ रुपैयाँ जरिवाना पनि भएको थियो ।

तर, यो असन्तुलित लाग्यो मलाई । कसैको चरित्रहत्या गर्ने क्षत्रिपूर्तिचाहिँ १ रुपियाँ ।

मेरो सौन्दर्य

मलाई आफू राम्रै लाग्छ । खानपिन, कसरत गरिरहनुभयो भने ईश्वरले दिएको सौन्दर्य जे छ त्यो रहन्छ । थप सुन्दर देखिन केही गरिराख्नु आवश्यक हुँदैन । हरेक बिहान दाह्री काटिसकेपछि वल्र्ड स्पाइस नामको आफ्टर सेभ लगाउँछु ।

यसभन्दा अरू केही सुन्दर देखिन वा राम्रो देखिन जेल, क्रिम वा पफर््यूम केही प्रयोग गर्दिनँ ।

मेरो राशि

मेरो वृष राशि हो भनिन्छ । तर, मेरो चिना कहाँ छ भनेर खोजेको छैन । ग्रहदशा कस्तो भनेर अहिलेसम्म कहीँ देखाएको पनि छैन । मेरो बुवाले भन्नुहुन्थ्यो, ‘ज्योतिषीले मलाई म्लेक्ष देशमा गएर अंग्रेजी भाषा पढ्छ भनेको थियो । जो मिल्यो पनि ।’

तर, अन्य ज्योतिषशास्त्रले भनेका कुराप्रति ख्याल गर्दिनँ । कर्म गर्दै जाने हो । हेर्दै जाउँ । शरीरका अंगमा मणि, औँठी वा अन्य कुनै धातु लगाएको छैन ।

मेरो भाषण

मलाई लाग्छ म प्रभावकारी छु । म आफ्नो लागेको कुरा घुमाएर भन्दिनँ । प्रस्टसँग भन्छु । जनतासँग आफ्ना कुरा राख्ने क्षमतामा विश्वास छ ।
म बोलिराख्दा कति ध्यान दिइरहेका छन् वा सुनिरहेका छन् भन्ने पनि ख्याल गर्छु म । त्यसक्रममा अडियन्सका आँखामा हेर्छु । र उनीहरूका आँखामा हेर्दा मेरो बोलीमा कति ध्यान दिइरहेका छन् भन्ने थाहा हुन्छ । बोल्नुअघि आफूले बोल्ने विषयमा तयारी पनि गर्छु । केही पढेर वा नोट गरेर पनि तयारी गर्छु ।

अहिलेसम्म सबैभन्दा छोटो भाषण संविधानसभामा बोलेको थिएँ । एउटा प्रस्ताव आएको थियो संविधानसभामा । समर्थन गर्नुपर्ने मात्रै थियो मैले । समय निकै ढिला भइसकेको थियो ।

सबैले धुमधामसँग लामो बोलेको बेला मैले पनि धेरै लामो समय लिन्छ कि भन्ने डर थियो । तर, मैले अति छोटो गरी एक वाक्यमा ‘यो प्रस्तावको समर्थन गर्छु’ मात्रै भनिदिएँ । यही नै मेरो अहिलेसम्मको छोटो भाषण हो । अझै सम्झन्छु ।

र, सबैभन्दा लामो भाषण ४० मिनेटभन्दा बढी हुँदैन । ४० मिनेटमा जसरी पनि आफ्नो कुरा सक्नैपर्ने मान्यता मेरो । ४० मिनेटमा पनि आफ्नो कुरा सकिँदैन भने बुझ्नुस् तपाईंले के भन्नु खोज्नुभएको आफैँलाई थाहा हुँदैन । आफ्नै भाषणभित्र हराइन्छ ।

जीवनमा एकपटक मृत्युकै मुखबाट पनि फर्केको छु । नुवाकोटमा रातभरिको कार्यक्रमबाट फर्कंदै थिएँ । राति मेरा चालकले रक्सी पिएछन् । बिहान फर्कंदा घाम लागेको । न्यानोमा चालक पनि सुतिदिएछन् । मेरो मोटर सडकबाट पल्टियो । मुड्खुभन्दा निकै तल गुल्टिँदै एउटा रूखमा गएर अड्किएछ ।

मेरो मृत्यु

मृत्युको विषयमा नसोच्ने को होला र सोचिन्छ । मृत्युको विषयमा सोच्नु एककिसिमले राम्रो पनि हो । यहाँ सधैँ बाँचिदैन एक दिन जानुपर्छ भन्ने जिम्मेवारीबोध पनि गराउँछ यसले ।

मरुँला भन्ने भयचाहिँ छैन । यो शाश्वत हो । संसार छाड्नुपर्छ भन्ने अनुभूति जति भयो त्यो राम्रो भन्छु म । यसको मतलब डिप्रेस हुनु पनि होइन । जतिन्जेल यहाँ बस्नुहुन्छ, शान्तिसँग आनन्दले बस्नुपर्छ भन्ने हो । यसलाई जिम्मेवारी र उत्तरदायित्तवका रूपमा लिनुपर्छ ।

जीवनमा एकपटक मृत्युकै मुखबाट पनि फर्केको छु । नुवाकोटमा रातभरिको कार्यक्रमबाट फर्कंदै थिएँ । राति मेरा चालकले रक्सी पिएछन् । बिहान फर्कंदा घाम लागेको । न्यानोमा चालक पनि सुतिदिएछन् । मेरो मोटर सडकबाट पल्टियो । मुड्खुभन्दा निकै तल गुल्टिँदै एउटा रूखमा गएर अड्किएछ ।

मलाई त लागेको थियो, ठूलै चोट लाग्यो । तर, ढोका खोल्दा म त बाँचेको रहेछु । यही हो मेरो ‘क्लोज टु डेथ’ भनेको ।

मेरो मदिरा

विद्यार्थी जीवनमा म ड्रिंक्स गर्थें । बियर धेरै पिउँथेँ । जिन एन टनिक मेरो फेभरेट थियो । साथीभाइ भेट भएको बेला वा छुट्टीमा ग्लासका ग्लास पिउँथ्यौँ ।

तर, ४० वर्ष भन्दा पनि अघि म स्नातक चुनावमा लडेको थिएँ । केही कार्यकर्ता पनि सँगै थिए । खाना खाएर बसेपछि उनीहरूले ड्रिंक्स गर्न थालेँ । ड्रिंक्स बढ्दै गएपछि उनीहरूले अर्कै व्यवहार देखाउन थाले ।

त्यसपछि मलाई लाग्यो– राजनीतिमा यस्तो कुरा जायज हुँदैन । र, त्यही बेलादेखि नै मैले मदिरा पिउन छाडेँ । किनकि पिउनुअघि र पिएपछि मान्छेको व्यवहारमा धेरै भिन्नता देखेँ । त्यही दिनदेखि नै मदिरामा मेरो आकर्षण भएन ।

मेरो सपना

अमेरिकाबाट फर्केर आउँदा पनि त्यहाँको पीएचडीले यहाँ काम लाग्दैन भन्ने लागेको थियो मलाई । यहाँको सामाजिक परिवर्तन गर्ने हो भने राजनीति नै महत्वपूर्ण उपकरण हो । किनकि मैले पढेको त फाइनान्स हो । यसका लागि त राजनीतिक व्यवस्था ठीक हुनुपर्छ भन्ने हो । र, यो देशको नेतृत्व गरेर परिवर्तन र समृद्ध बनाउनुपर्छ भन्ने आँट र विश्वास मलाई पहिले पनि थियो र अहिले पनि छ ।

यी छुटे कि !

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल