९ लाख सवारीलाई हातले व्यवस्थापन गर्ने काम गिनिज बुकमा लेखिनुपर्ने : ट्राफिक प्रहरी प्रमुख

-  |   डिआइजी प्रकाश अर्याल, ट्राफिक प्रहरी प्रमुख

९ लाख सवारीलाई हातले व्यवस्थापन गर्ने काम गिनिज बुकमा लेखिनुपर्ने : ट्राफिक प्रहरी प्रमुख

सडक दुर्घटनाको स्थिति हेर्ने हो भने नेपालमै यसको रेसियो ज्यादै छ । २०१४ को डाटा हेर्ने हो भने हामीकहाँ प्रतिलाख २२ जना मान्छेको मृत्यु हुन्छ । यही रेसियो सिंगापुरमा ३ को हाराहारीमा छ । आइल्याडमा ४ को हाराहारीमा छ । स्वेडेन र स्विट्जरल्यान्डमा २ दशमलव ८ को हाराहारीमा छ । जब कि ती देशमा हाम्राभन्दा धेरै सवारीसाधन धेरै मानिसको पहुँचमा पुगेको छ भने सडक सञ्जाल पनि त्यस्तै छ ।

तर हामीकहाँ सवारी गुडाउने स्पिड ज्यादै कम भए पनि दुर्घटनाको रेसियो बढी छ । यसो हुनुको कारण हामीकहाँ लापरबाही ज्यादै छ ।

dig prakash aryal (5)
हुन त सडक राम्रा छैनन् तर सडक जस्तो अवस्थामा छ त्यही अनुसार चालकले सवारी चलाउनुपर्छ । जस्तैः पानी परिरहेको छ भने दुर्घटनाको सम्भावना बढी हुन्छ । तर दुर्घटना आफैँ हुने होइन त्यसैले सावधान भएर चलाउनुपर्यो । पानी परेर सडक चिप्लो छ भने चालक संयमित भएर बिस्तारै चलाउनुपर्यो । काठमाडौंमा मात्रै दुर्घटनाबाट वर्षमा १ सय ५० जनाको अनाहकमा मृत्यु हुन्छ । देशभरि २ हजारदेखि २५ सयसम्म मरिरहेका छन् । दुर्घटनाबाट यति धेरै मानिसकको मृत्यु हुनु भनेको मानव स्रोत कमी हुनु पनि हो ।

यसलाई कम गर्न सकिन्छ तर अनुशासित भएर नियम पालना गर्नुपर्यो । अनि मात्रै नियन्त्रण गर्न सकिन्छ ।

पछिल्लो अवस्था

योभन्दा बढ्नसक्ने सम्भावना पनि थियो । तर केही वर्षयता हामीले मादक पदार्थ सेवन गरेर कारवाहीको दायरामा ल्यायौँ । नेपाल पुलिसले यसलाई प्रभावकारी कार्यान्वयन गर्यो । यातायात व्यवस्थाको अधिकार प्रत्यायोजन भएर हजार रुपियाँ जरिवाना, लाइसेन्समा प्वाल पार्ने र अनिवार्य कक्षा लिनुपर्ने जुन व्यवस्था भयो । यसले धरै हदसम्म नियन्त्रण ग¥यो ।

तर अझै पनि सामान्यतः हप्तामा ५० को हाराहारीमा मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको छ । अझै यसमा सुधार हुनु जरुरी छ ।

५ पटक लाइसेन्स प्वाल परेर छैटौँपटक प्वाल परेर निलम्बनमा परेपछि पनि आउने अवस्था पनि भयो । यस्तो अवस्थासम्म पनि पुग्नु नराम्रो हो ।

काठमाडौं भित्रिने वा बाहिरिनेको सङ्ख्या लगभग ८ हजारको हाराहारीमा छ । यो अवस्थाको सहरलाई कतै पनि ट्राफिक सिग्नलविना नै हातले (ह्यान्ड सिग्नल) ले ट्राफिक व्यवस्थापन गर्नु भनेको संसारको कुनै पनि सहरका लागि चुनौतीपूर्ण नै हो ।

मुख्य कुरा त के भने अधिकारकै रुपमा मदिरा सेवन गरेर सवारी चलाउने लापरवाहीको जस्तो अवस्था थियो त्यो केही हदसम्म अन्त्य भयो । यसपछि धेरै मान्छेले संयमित भएर सवारी चलाउनुभएको छ । यद्यपि, अझै सुधार हुनु जरुरी छ ।

dig prakash aryal (3)

ट्राफिक प्रहरी जनशक्ति, यातायात साधन र सडक सुविधा

हामीकहाँ बिडम्बना छ । संसारको एउटा देशको राजधानी सहर । जहाँ ६० लाखको बसोबास छ । ९ लाख सवारीसाधन दर्ता छन् । ७५ हजारको हाराहारीमा ओहोरदोहोर गर्छन् ।

काठमाडौं भित्रिने वा बाहिरिनेको सङ्ख्या लगभग ८ हजारको हाराहारीमा छ । यो अवस्थाको सहरलाई कतै पनि ट्राफिक सिग्नलविना नै हातले (ह्यान्ड सिग्नल) ले ट्राफिक व्यवस्थापन गर्नु भनेको संसारको कुनै पनि सहरका लागि चुनौतीपूर्ण नै हो ।

मैले यसअघि पनि भनेको थिएँ । यस्तो अवस्था त गिनिज बुक अफ वल्र्ड रेकर्डजस्तै भइसक्यो । यस्तैमा हामीकहाँ सुधारको प्रशस्त सम्भावना पनि छ ।

यदि सबै ठाउँ मेकानाइज्ड हुने, कसैले दुरुपयोग गर्दा स्वतः फोटो खिचिने र रेकर्ड राखिने र सबै लोकेसनमा सीसी टिभीको व्यवस्था भइदिएको भए अहिलेकै मानव स्रोतले नै पुग्थ्यो होला ।

तर अहिले त सबै ठाउँ क्रमैसँग गर्नुपर्ने अवस्था छ । ११ सय जनाको स्रोत साधन ज्यादै न्यून भएको छ । सबैलाई एकैचोटी खटाउन पनि सकिँदैन । कतै २४ घण्टा, कतै १८, १६ वा १२ घण्टा गरी खटाउनुपर्ने हुन्छ । अरु धेरैजसो ठाउँमा ४ घण्टासम्म पनि खटाउनुपर्ने अवस्था छ ।

कतिपय स्थानमा त ८ घण्टा ड्युटीभन्दा पनि बढी समय ड्युटीमा खटाउनुपर्ने अवस्था छ । अहिलेको स्रोतसाधन, सडकमा हुने रोड फर्निचर, सडकमा आर्टिफिसियल इन्टेलिजेन्सका रुपमा काम गर्ने ट्राफिक सिग्नल हेर्दा यस्तो अवस्थामा ट्राफिक जनशक्ति ज्यादै न्यून छ ।

ऐन बनाउने संसदको पाटो हो । तर ऐन बनेर आइसकेपछि लागू हुनुभन्दा अघि यातायात व्यावसायीसँग महानगरीय ट्राफिक कार्यालयमा समेत वैशाख १९ गते पनि हामीले जानकारी गराएका थियौँ । ऐनको एउटा कपी दिएका थियौँ उहाँहरुलाई । अचानक जेठ १ गते आयो भनियो । तर त्यस्तो होइन ।

यातायात व्यवस्था ऐन र यसको विरोध

२०४९ सालमै यातायात व्यवस्था ऐन आएको हो । त्यो बेलादेख अहिलेसम्म कतिपय परिवर्तन भइसके । त्यतिबेलाको मौद्रिक मूल्य नै हेरौँ न, त्यतिबेलाको २५ रुपियाँ र अहिलेको २५ रुपियाँलाई एउटै रुपमा हेर्न सकिँदैन ।

अत्यन्तै कम जरिवाना भयो । यसले गल्ती गरेकालाई निरुत्साहित गर्न सकेन भनेर धेरै फोरममा पहिले देखि नै उठेका कुरा हुन् । यातायात व्यवस्था विभागले समेत त्यतिबेला पनि उठाएको मुद्दा हो । यही क्रममा केही अधिकार प्रत्यायोजन गरेर यातायात व्यवस्था विभागले हजार रुपियाँसम्म जरिवाना गर्नसक्ने अधिकार ट्राफिकलाई प्रत्यायोजन गरेको हो । जो पहिलेदेखि थियो ।

dig prakash aryal (2)
यो सिलसिलामा धेरै पटक डकुमेन्टहरु प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय हुँदै प्रक्षेपण भएको हो र गत असोजमा संसदबाट पास भएर केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भएर राजपत्रमा प्रकाशित भएर आइसकेको कुरालाई अचानक आयो भनेर भन्न मिल्दैन । यसमा पनि जेठ १ गतेदेखि हामीले सुसूचित गरेर उहाँहरुलाई बोलाएर आफ्ना चालकलाई पनि खबर गर्नुस् भनेर धेरैपटक सचेत गराएका हौँ ।

ऐन बनाउने संसदको पाटो हो । तर ऐन बनेर आइसकेपछि लागू हुनुभन्दा अघि यातायात व्यावसायीसँग महानगरीय ट्राफिक कार्यालयमा समेत वैशाख १९ गते पनि हामीले जानकारी गराएका थियौँ । ऐनको एउटा कपी दिएका थियौँ उहाँहरुलाई । अचानक जेठ १ गते आयो भनियो । तर त्यस्तो होइन ।

क्यामेराको प्रयोग कति प्रभावकारी

डिभाइडर आफैँ पनि दुर्घटनाको कारण बनेका थिए । त्यसेले पनि ती डिभाइडर हटाउने निर्णय भएर हटाइयो । भूकम्पपछि पनि धेरै बेथिति भइसकेको थियो । यसले दुर्घटनाको अवस्थालाई पनि असर पार्ने देखिएपछि सडक विभागबाट केही ठाउँमा रोड मार्किङ भयो । लेन अनुशासन हुनुपर्छ भनेरै यस्तो गरिएको हो । अनुसाशन भएन भने दुर्घटना हुन्छ भनेरै नियम अनुशासनको नियम कडा रुपमा पालन गराउन हाम्रो टिमबाट केही प्रयास भयो ।

यस्तै सहज किसिमले राख्न मिल्ने र नियमित रेकर्ड गर्न मिल्ने गोप्रो क्यामेरालाई अनुगमनका लागि प्रयोग गर्यौँ ।

जम्मा पाँच ठाउँबाट परिचय गराएका थियौँ अब बिस्तारको क्रममा छ । यसले गल्ती गर्नेलाई प्रमाणको रुपमा पनि देखाउन सकिने भएकाले प्रयोग गरिएको हो । अर्को गल्ती गर्नबाटै डराउँछ । हाम्रो भूमिका पनि गल्ती गर्नेलाई सजाय दिनेभन्दा पनि गल्ती नै नगरोस् भनेर सजग गराउने हो । समातेर चिट दिने पनि भोलि गल्ती नगरोस् भनेरै हो । क्यामेराको प्रयोग पछिल्ला दिनमा निकै प्रभावकारी देखिएको छ ।

ठोक्किएर वा चालकको लापरवाहीमा हुने एउटा पक्ष भयो भने कुनै पनि मान्छेलाई सडकमा हुने प्रदूषण र फोहोरको बीचमा एक वर्ष मात्रै राखियो भने पनि उसको आयु ४ देखि ५ वर्ष घट्छ भन्ने विज्ञहरुको भनाइ छ ।

ट्राफिक प्रहरीको स्वास्थ्य जोखिम

सबैभन्दा जोखिमपूर्ण पेसा हो– ट्राफिक प्रहरी । मसहितको टिम प्रवेश गरेपछि मात्रै पनि भएका दुर्घटनामा ५ जना ट्राफिक प्रहरी घाइते भइसके ।

ठोक्किएर वा चालकको लापरवाहीमा हुने एउटा पक्ष भयो भने कुनै पनि मान्छेलाई सडकमा हुने प्रदूषण र फोहोरको बीचमा एक वर्ष मात्रै राखियो भने पनि उसको आयु ४ देखि ५ वर्ष घट्छ भन्ने विज्ञहरुको भनाइ छ ।

यस्तो अवस्थामा ट्राफिक प्रहरीहरु सक्रिय छन् । बाहिर देशका ट्राफिक प्रहरी यसरी सडकमा उभिनुपर्दैन । मेसिन, इलेक्ट्रोनिक प्रविधि भएको अवस्थामा पनि यस्तो गरिरहनुपर्दैन ।

dig prakash aryal (4)
इलेट्रोनिक प्रविधि त छैन नै । ह्यान्ड सिग्नलकै प्रयोगबाट ट्राफिक व्यवस्थापन गर्नु निकै जोखिम हो । यस्तो प्रदूषित सहरमा सडकमा उभिएर काम गर्नु निकै जोखिम हो । तर यो जोखिमलाई कसरी न्यून गर्ने भन्ने सवालमा अहिलेसम्म २ वटा स्वास्थ्य क्याम्प गरिसकेका छौँ ।

यसबीचमा स्वास्थ्य समस्या भएकालाई नियमित चेकअपको प्रावधान गर्ने गरी क्याम्प गराएका थियौँ । यसको साथै कामबाट फर्केर आएपछि ट्राफिक प्रहरीले फ्रेस अक्सिजन लिन पाऊन् भनेर अक्सिजनको व्यवस्था पनि गरेका छौँ ।

जो ट्राफिक प्रहरी अक्सिजन लिन चाहन्छन् यसले पनि केही राहत मिल्ला । साथै प्रत्येक महिना माक्स दिने गरेका छौँ । प्रहरी महानिरीक्षकज्यूले प्रत्येक महिना माक्स दिने काम सुरु गर्नुभयो । अहिले २ महिना बितेको छ ।

माक्सको प्रयोग पनि कतिपय सन्दर्भमा उपयुक्त होला नहोला । समस्या त छ । तै पनि न्यूनीकरण कसरी गर्ने भनेर समय समयमा हस्पिटलको सहकार्यमा हेल्थ क्याम्प पनि गराउँदै आएका छौँ ।

उपत्याकाबासीलाई सुरक्षित यातायातका लागि सुझाव

हामीलाई अरु कुनै बेला पनि हतार हुँदैन । साथीभइसँग बस्दा हतार हुँदैन । पार्टीमा हतार हुँदैन । तर जब सवारी साधनमा बस्छौँ, ठीक त्यही बेला हतार हुन्छ । यो अधैर्यताले केही पनि फाइदा हुँदैन । जति अधैर्य गरे पनि रिङरोडबाट काठमाडौँ आउन जति हतार गरे पनि २÷३ मिनेट छिटो आइपुग्न सक्ने मात्रै हो । तर जोखिम ज्यान जानसक्नेसम्म हुन्छ । हतारले कसैलाई फाइदा हुने छैन । सबै चालकले बुझ्नुपर्ने कुरा हो यो ।

यस्तै, एउटा सवारी चालकले अर्को सवारी चालकलाई सम्मान गर्ने बानी पनि छैन यहाँ । एकअर्काबीचमा संवाद गर्नुपर्छ । हातले, बत्तीले वा दायाँ बायाँ कता जाने हो सिग्नल दिएर सङ्केत दिने बानी गर्नुपर्छ ।

सडक प्रयोग गर्दा मानौँ यो सडकको लालपुर्जा त मेरै नाममा छ जस्तो गरेर सवारी चलाउने बानी हटाउनुपर्छ । यस्तै पैदलयात्रीहरु पनि भिजिवल हुनुपर्छ । सकेसम्म अँध्यारोमा पैदल हिँड्दा कालो कपडा नलगाउने । पैदलयात्रीले चम्किलो कपडा लगाएको छ भने अँध्यारोमा पनि सवारी चालकले देख्नसक्छ ।

त्यस्तै पैदलयात्रीले जेब्रा क्रसिङबाट मात्रै सडक काटौँ । अलिकती टाढै भए पनि आकासे पुलबाट मात्रै बाटो क्रस गरौँ । अलिकतिको हतार र अलिकतिको समयका बचतका लागि ज्यान नै जोखिममा नपारौँ ।

सवारी चालकले पनि बाटो काट्नेलाई सम्मान गरौँ । समूहमा बाटो काट्ने बानी पनि राम्रो हो । कुनै पनि मदिरा वा ड्रग प्रयोग गरेर सवारी नचलाऔँ । यसो गर्दा मात्रै सडक सुरक्षित हुन्छ ।

मेरो आगामी योजना

मानवस्रोत साधनको कमीले गर्दा एकै पटक सबै काम गर्न सक्दैनौँ । सवारी चलाउँदा वा पैदल यात्रा गर्दा पनि संयमिता अपनाऔँ । पैदलयात्रीले सडक पार गर्दा वा सवारी चालकले सवारी चलाउँदा एकअर्कालाई सम्मान गर्ने बानी बसालौँ । यो प्रयास गराउँदैछौँ हामी ।

यस्तै बस स्टपमा मात्रै बस रोकौँ जता पायो त्यतै वा बीचमै सवारी रोक्ने बानी अन्त्य गरौँ भनेर अर्को प्रयास गराउँदै छौँ । यसले गर्दा पैदलयात्रीलाई पनि सहज होस् । र पैदलयात्रीले पनि बस स्टपमा मात्रै बस चढ्ने बानी बसालौँ ।
यति २ वटा प्रयास हामी तत्काल भविष्यमा गर्ने तयारीमा छौँ ।

यस्तै ट्राफिक प्रहरीलाई पनि उत्तरदायी बनाउने प्रयास गर्दैछौँ । यसमा पनि हामी अगाडि बढेका छौँ । यसमा सबैको साथ चाहिन्छ । हाम्रो सडकलाई सुरक्षित बनाउन सबै सडक प्रयोगकर्ताको साथ चाहिन्छ ।

एक घण्टा मात्रै सडकमा हिँड्यो भने त्यहाँको सभ्यता थाहा हुन्छ भनिन्छ । त्यसैले सभ्य नागरिकको परिचय दिऊँ ।

प्रस्तुति : अर्जुन पन्त

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल