१६ सय बालबालिकालाई जेलबाट उद्धार गरी नयाँ जीवन

असार २०  |   आस्था केसी

१६ सय बालबालिकालाई जेलबाट उद्धार गरी नयाँ जीवन

एउटी आमाले बच्चा हराइन् भने कस्तो अवस्थामा पुग्लिन् ? अथवा बच्चा आमाबुवासँग विछोडिएमा सम्बन्धित अभिभावक कस्तो मनस्थितिबाट गुज्रेलान् ? यस्तै सोचेर मैले त्यस्ता बालबच्चासँगै जीवन बिताउने निधो गरेँ, जो आमाबुवासँग विछोडिएका छन् ।

उल्लिखित भनाइ समाजसेवी इन्दिरा रानामगर (४६) को हो । रानामगरले २२ वर्षदेखि विभिन्न शीर्षकमा जेल परेर कैद भुक्तान गरिरहेका कैदीबन्दीका छोराछोरी र सडक बालबालिकाको उद्धार गर्दै आइरहेकी छन् ।

Indira rana magar (3)
उनी आफैँ बालबच्चा स्याहार गरिरहेकी भेटिन्छिन् । पंक्तिकार गत साता काठमाडौँको नयाँबजारमा रहेको बन्दी सहायता नेपाल (पीए नेपाल) को सेफहाउस पुग्दा उनको काखमा आठ महिना र वर्ष दिनका दुई दूधे बालिका थिए । दुई बच्चीलाई डाइपर फेरिदिने, सुताउने, नुहाउने, खुवाउने उनी आफैँ गर्छिन् ।

उनले उद्धार गर्दा जम्मा १७ दिनकी बच्ची अहिले थिरीथिरी उभिने भएकी छे । उसलाई थाहा छैन, उसको स्याहार गरिरहेकी आमा उनलाई जन्माउने आमा होइनन्, कर्म दिनेमात्रै हुन् । त्यस्तै अर्की आठ महिनाकी बच्ची भर्खर बामे सर्दै छे, उसकी आमाले हाडनाता करणीबाट उनलाई जन्माएकी हुन् । अस्पतालमा जन्मनबित्तिकै इन्दिराको काखमा आइपुगेकी बच्चीको नाम उनले ‘म’ राखिदिएकी छन् । अर्को नानीको नामचाँहि ‘भु’ बाट आउने केही राखिदिने विचार छ । भुइँचम्पा या यस्तै केही ।

आफ्नो भन्नु एकमात्र छोरी जन्माउने बेलामा इन्दिराका श्रीमान् साथमा थिएनन् । उनी एक्लै अस्पताल पुगिन् । भर्ना भइन् । र, प्रसव पीडा सहेर छोरी जन्माइन् । काठमाडौंको एउटा साघुँरो डेरामा सानी छोरी हुर्काइरहेकी इन्दिरासँग कहिलेकाहीँ त तरकारी किन्ने पैसासमेत हुँदैनथ्यो । जतिसुकै अभाव र तिक्त परिस्थितिबीच उनले देखेको सपना फुलाउन लागिपरिन् । र त, उनी आज सबैकी आमा भएर बाँचिरहेकी छन् ।

त्यहाँ अन्य बालबच्चा धेरै छन्, जसले इन्दिरालाई आमा भनेर सम्बोधन गर्छन् । उनीहरूलाई थाहा छैन उनी जन्म दिने आमा होइनन् तर पनि तिनीहरूलाई जन्म दिने आमाले दिने मायाममताभन्दा बढी ममता दिएर इन्दिराले हुर्काइरहेकी छन् ।

यत्तिका धेरै ममता कहाँबाट आउँछ इन्दिराको ? भन्छिन्, ‘म आफ्नो खुसीका लागि काम गरिरहेकी छु । जीवनमा आउने कति घटनाक्रमले म आफैँलाई समेत आघात पार्छ । यी बालबच्चाको संगतले सबै बिर्साउँछ । म सधैँ खुसी हुन्छु । जीवन्त भइरहेकी हुन्छु । मलाई यिनीहरूजस्ता कत्ति धेरै बालबच्चाका लागि बाँच्नु छ । जब सोच्छु– आफैँभित्र उमंग, ऊर्जा र उत्साह भरिएर आउँछ ।’ बालबच्चाको ओठमा जब निश्छल मुस्कान देख्दा आफूभित्र ऊर्जा थपिने उनले सुनाइन् । अझ धेरै गर्ने उत्प्रेरणा जागेर आउँछ ।

‘मानिसले चुनौती स्वीकार गर्न सक्नुपर्छ,’ उनी भन्छिन्, ‘जब अप्ठ्यारो पर्दैन तब हामी केही गर्न सक्दैनौँ । अप्ठ्यारोमा मात्र हाम्रो क्षमता विकास हुन्छ । त्यसैले अप्ठ्यारादेखि भाग्नुहुँदैन ।’

उनले बालुवा बोक्ने काम गरेकी छन् । निगुरो टिपेर बेचेको अनुभव उनीसँग छ । फ्याक्ट्रीमा काम गरिन् । कलेज पढ्ने बेला स्कुल पढाइन् । सँगै जिउने मर्ने कसम खाएर बिहे गरेका उनका श्रीमान् राजु आलेले उनको समाजसेवी मनलाई बुझ्न सकेनन् । एक दिन भने, ‘कि जेलका केटाकेटी हेर्ने काम छाड कि मलाई ।’ सहर्ष स्वीकार्दै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ।

Indira rana magar (2)
आफ्नो भन्नु एकमात्र छोरी जन्माउने बेलामा इन्दिराका श्रीमान् साथमा थिएनन् । उनी एक्लै अस्पताल पुगिन् । भर्ना भइन् । र, प्रसव पीडा सहेर छोरी जन्माइन् । काठमाडौंको एउटा साघुँरो डेरामा सानी छोरी हुर्काइरहेकी इन्दिरासँग कहिलेकाहीँ त तरकारी किन्ने पैसासमेत हुँदैनथ्यो । जतिसुकै अभाव र तिक्त परिस्थितिबीच उनले देखेको सपना फुलाउन लागिपरिन् । र त, उनी आज सबैकी आमा भएर बाँचिरहेकी छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले दिएको सयौँ प्रमाणपत्र र कदरपत्रले उनको कार्यालयको कार्यकक्षका भित्ता रंगिएका छन् । २२ वर्ष अगाडि समाजसेवामा लागेकी उनी आज पनि उत्तिकै सक्रिय र निष्ठासाथ काममा खटिइरहेकी हुन्छिन् ।

जिन्दगीको टर्निङप्वाइन्ट पारिजात

इन्दिरा एसएलसीको परीक्षा दिएर उच्चशिक्षा पढ्न काठमाडौँ पसिन् । उनले काम गर्दै पढ्नुपथ्र्याे । पढाउन स्कुल खोज्दै जाँदा सुकन्या वाइबाको अमृत बोर्डिङ स्कुल पुगिन्, जुन साहित्यकार पारिजातकी बहिनीको स्कुल थियो । त्यहाँ काम गर्दैगर्दा एक दिन उनको भेट पारिजातसँग भयो । त्यहाँ पारिजातले इन्दिरालाई मन पराइन् र इन्दिराले पारिजातलाई ।

पारिजात जेलका बन्दीलाई सहयोग गर्दै समाजसेवामा लागेकी थिइन् । असहायप्रति उनको समपर्णले इन्दिरालाई लोभ्यायो । उनी यस्तै केही राम्रो काम गर्न चाहन्थिन् । अब उनको कल्पना र सपनाले आकार पाएको थियो । उनी पारिजातसँगै समाजसेवामा दत्तचित्त भएर लाग्न थालिन् ।

उनले पढाइलाई निरन्तरता दिइन् । क्वालिटी म्यानेजमेन्टमा स्नातकोत्तर गरिन् । समाजसेवा त छँदै थियो । उनी दैनिकजसो विभिन्न जेल पुग्थिन् । बन्दीको सेवा गर्थिन् । तिनलाई नुहाइदिने, नङ काटिदिने, कपाल काटिदिने आदि गर्थिन् ।

बन्दीका लागि मानवअधिकारको वकालत गर्ने पहिलो व्यक्ति पारिजात हुन् । उनी जति उग्र र संघर्षशील अथवा विद्रोही भावनाकी थिइन् । उत्तिकै मात्रामा मायालु र समझदार । मानिसलाइ मृत्युदण्ड दिनुहुँदैन, दोस्रोपटक सुध्रिने मौका दिनुपर्छ भन्ने भावना पनि पारिजातको थियो । त्यतिबेला कैदीबन्दीलाई भेदभाव गरिन्थ्यो । उनीहरूको ‘क्याटोगोरी’ थियो । राजबन्दीमाथिको व्यवहार अत्यन्तै तल्लोस्तरको थियो । यसरी भेदभाव गरिनुहुँदैन भनेर हामीले पनि आवाज उठायौँ पारिजातलाई सम्झँदै इन्दिराले सुनाइन् ।

इन्दिराले अहिलेसम्म प्रत्यक्ष रूपमा १६ सय बढी बालबच्चा जेलबाट उद्धार गरिसकेकी छन् । जेलबाट उद्धार गरेर ल्याएका बालबच्चा उच्च शिक्षा पढेर कोही युरोप, अमेरिका पुगिसकेका छन् । कोही राम्रै कमाउने पेसामा लागेका छन् । उनीहरूले पनि उनको सेफ हाउसलाई सहयोग गरिरहन्छन् ।

Indira rana magar (4)
समाजसेवा र सेफहाउस

इन्दिराले २२ वर्ष अगाडि कुपन्डोलमा थापा परिवारको सानो कोठामा तीन सयको कोठामा कार्यालय गरेकी थिइन् । अहिले मासिक ४० हजार तिर्ने गरी नयाँबजारको एउटा घर नै कार्यालयका रूपमा प्रयोग भएको छ । जहाँ बालबच्चाका लागि सुरक्षित घर पनि सञ्चालन गरिएको छ ।

उनकै सक्रियतामा अहिले धेरै ठाउँमा बालबच्चा, आमा र युवाका लागि साँखु, बूढानीलकण्ठ, लोलाङ, झापाको खुदुनावारी, फिक्कल, पाल्पा, भक्तपुरलगायत १० ठाउँमा सेफ हाउस सञ्चालनमा छन् । त्यहाँ कतै बालबच्चामात्रै र कतै आमा र बच्चासँगै राखिएका छन् । आठ महिनादेखि कलेज जाने उमेर समूहका उनको सेफ हाउसमा बसिरहेका छन् ।

इन्दिराले अहिलेसम्म प्रत्यक्ष रूपमा १६ सय बढी बालबच्चा जेलबाट उद्धार गरिसकेकी छन् । जेलबाट उद्धार गरेर ल्याएका बालबच्चा उच्च शिक्षा पढेर कोही युरोप, अमेरिका पुगिसकेका छन् । कोही राम्रै कमाउने पेसामा लागेका छन् । उनीहरूले पनि उनको सेफ हाउसलाई सहयोग गरिरहन्छन् ।

नेपालका आठ गाउँलाई नमुना गाउँ बनाउने अवधारणालाई मूर्त रूप दिन लागिपरेकी छन् । त्यो गाउँ महिला र बालबच्चा बेचविखनमुक्त हुनेछ । त्यहाँ बाटोघाटो, स्कुल, स्वास्थ्यलगायत सबै सुविधा हुनेछन् ।

उनले सानोमा पढ्न पाएकी थिइनन् । उनी त्यस्तै बच्चालाई पढाउन, सेवा गर्न चाहन्थिन् तर उनी पारिजातसँग जेल गइन्, त्यहाँका बच्चा देखेर उनको सोच परिवर्तन भयो । आमाबुवासँगै विनाअपराध जेलमा सुनौला बालापन गुजार्न विवश बालबालिका पढाउने उनले सोचिन् । उनी अतीत सम्झन्छिन्, ‘जेलका बच्चा देखेर म त यिनीहरूभन्दा धेरै राम्रो वातावरणमा हुर्किएकी रहेछु भन्ने लाग्यो । कमसेकम म त जता मन लाग्यो उतै कुद्न, रूख चढ्न, खोला तर्न, माछा मार्न स्वतन्त्र थिएँ । यी बच्चा त जेलको चार दिवारभित्र विनाकसुर बन्दी बनाइएका थिए ।’

उनीहरू न त स्वतन्त्रतापूर्वक खेल्न पाउँथँे न त पढ्न नै । त्यस्तो वातावरणमा हुर्किएर १२/१५ वर्षको मानसिकता कस्तो हुँदो हो भन्दै पिरोलिइन् । उनले त्यस्तै बालबच्चाको जीवनमा उज्यालो ल्याउने प्रण गरिन् ।

पहिले अपराधीका बच्चा स्वयम् अपराधी हुन् भनेर बुझिन्थ्यो तर अहिले समाजले त्यसरी टिप्पणी गर्दैन । कति मानिसले गल्ती नगरीकन पनि जेलमा बस्नुपरेको छ । कति मानिसले सुकिलो लुगा लगाएर पनि अपराध गरिरहेका छन् । यहाँ बाहिरै बसेर अपराध गर्ने पनि धेरै छन् ।

Indira rana magar (1)
उनले अरूले चलाएका सेफ होममा बच्चा राख्न थालिन् । २०५० मा पारिजातको निधन भयो । त्यसपछि अब कसरी अगाडि बढ्ने भन्ने चुनौती इन्दिरामाथि थोपरियो । पछि आफैँ यो काममा अगाडि बढ्नुपर्छ भनेर लागिन् ।

सबै भन्दा पहिले इन्दिराले चार वर्षको बच्चा लिएर आफ्नै कोठमा राखिन् । बच्चाको बाबु बन्दी थिए भने आमाको कुनै जानकारी थिएन । उनले साथमा राखेर हुर्काइन् ।

पहिले अपराधीका बच्चा स्वयम् अपराधी हुन् भनेर बुझिन्थ्यो तर अहिले समाजले त्यसरी टिप्पणी गर्दैन । कति मानिसले गल्ती नगरीकन पनि जेलमा बस्नुपरेको छ । कति मानिसले सुकिलो लुगा लगाएर पनि अपराध गरिरहेका छन् । यहाँ बाहिरै बसेर अपराध गर्ने पनि धेरै छन् ।

ममतामयी इन्दिरा

४८ प्रतिशत बालबच्चा पठनपाठनबाट वञ्चित छन् । भन्छिन्, ‘नीति निर्माण तहमा हस्तक्षेप गर्न आवश्यक छ । आपराधिक गतिविधि रोक्न बालबच्चालाई राम्रो वातावरणमा हुर्काउनु जरुरी छ । सडकमा पुगेकालाइ सुधार्न गाह्रो हुन्छ । ठूला भइसकेकालाई पनि आनीबानी परिवर्तन गर्न गाह्रो हुन्छ । त्यसैले सभ्य र समुन्नत समाज निर्माण गर्ने हो भने आजका बालबच्चालाई राम्रो वातावरणमा हुर्काउन आवश्यक रहेको इन्दिराको बुझाइ छ ।
जेलबाट ल्याएर बालबच्चालाई पढाइरहेकी उनले सबैलाई नयाँ जीवन दिएकी छन् । यदि हजार बढी बालबच्चाले पढ्न नपाएको भए, उनीहरू भोलि आपराधिक गतिविधिमा लाग्न पनि सक्थे । त्यसले घाटा पुग्ने त राष्ट्रलाई नै हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल