कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

एमाले नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापा कुशल ब्याडमिन्टन खेलाडी पनि हुन् । राजनीतिक सफलता पाउनुपछाडि आफ्नो खेल जीवनको महत्वपूर्ण भूमिका रहेको थापाको बुझाइ छ । अघिल्लो मन्त्रिपरिषद्मा उद्योगमन्त्री बनेका थापा हरेक बिहान दुई घन्टा खेल्छन् । उनको जीवनका रोचक र रहस्यमय प्रसंगबारे रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तर्वार्ताको अंश :

Karna-thapa

मेरो अध्ययन

दर्शनशास्त्र सुरुदेखि नै मेरो रुचिको विषय बन्यो । पछिल्लो समयमा इतिहास पढ्दै छु । खासगरी मानिसको जीवनमा आधारित इतिहास पढ्न मन पराउँछु ।

गिरिजाप्रसाद कोइरालाबारे जगत नेपालद्धारा लिखित पुस्तक भर्खरै पढेर सकेँ । यद्यपि यो पुस्तक केही वर्षपहिले नै प्रकाशित थियो । यस्तै देङ सियाओ पिङको जीवनी, माक्र्सको व्यक्तित्व र कृतित्व पढिराखेको छु ।

कहिलेकाहीँ आलेख लेख्ने बानी छ । नेपालका धेरैजसो पत्रपत्रिकामा मेरा लेख प्रकाशित छन् । ती पुराना लेखको संकलन गरी पुस्तक प्रकाशन गर्ने तयारीमा छु ।

पुस्तक किन्नकै लागि बजेटिङ गर्ने बानी छैन । विषयवस्तुको गहनताका आधारमा र साथीभाइको सल्लाहअनुसार नयाँ पुस्तक पसलमै गएर किन्छु । पुस्तक किन्न प्रायः बागबजारको प्रगतिशील पुस्तक भण्डार जान्छु । यसबाहेक पुस्तक प्रदर्शनीमा गएर पनि किन्छु ।

मेरो घुमफिर

घुमफिरमा मेरो रुचि छ । युरोपका धेरै देश र अमेरिका, दक्षिण अफ्रिका, टर्कीलगायत २० भन्दा धेरै देश पुगेको छु ।

घुम्नकै लागि भन्दा पनि प्रायः राजनीतिक भ्रमणको सिलसिलामा गइन्छ । आफ्नै देशका अधिकांश जिल्ला घुमेको छु । ताप्लेजुङ, भोजपुरलगायत चार/पाँच जिल्ला पुग्न बाँकी छ ।

घुमेको ठाउँमध्ये अछामको रामारोशन, बाजुराको मालिका, खप्तड र रारा संसारकै उत्कृष्ट ठाउँ लाग्छ मलाई । यी ठाउँको सुन्दरता शब्दमा व्याख्या गर्नै सक्दिनँ । दक्षिण अफ्रिकाको केपटाउन जाने रहरचाहिँ अझै छ । जाने अवसर मिलेको छैन ।

पोसाक रोजेरभन्दा पनि जे भेट्यो त्यही लगाइयो । तर, अचेल भने नेपाली पोसाक मन पर्न थालेको छ । नियमित लगाउने प्यान्ट र सर्ट हो । टोपी पनि लगाउँछु अचेल । बिहान साँझ ट्र्याकसुट लगाउने बानी छ ।

मेरो खाना

बानी भएरै होला दालभात तरकारी नै मन पर्छ मलाई । मन नपर्ने केही छैन । खानकै लागि रेष्टुरेन्टमा जाने बानी छैन । आक्कलझुक्कलचाहिँ गइन्छ ।

दालभातसँगै मासुका सबै किसिमका परिकार मन पर्छ मलाई । मैले मीठो पकाउन पनि जानेको छु । अधिकांश नेपाली परिकार पकाउन सक्छु । अचेल पकाएर बस्ने फुर्सद हुँदैन । विद्यार्थी जीवनमा नियमित पकाउँथेँ ।

मेरो पोसाक

पोसाक रोजेरभन्दा पनि जे भेट्यो त्यही लगाइयो । तर, अचेल भने नेपाली पोसाक मन पर्न थालेको छ । नियमित लगाउने प्यान्ट र सर्ट हो । टोपी पनि लगाउँछु अचेल । बिहान साँझ ट्र्याकसुट लगाउने बानी छ ।

कपडा किन्न योजनाबद्ध बजेटिङ गर्दिनँ, आवश्यकताअनुसार लगाउँछु । परिस्थितिअनुसार कहिले रेडिमेड र कहिले सिलाएका कपडा लगाउँछु । कपडाको कलर र ब्रान्डमा पनि कन्सस छु । मन पर्ने रङ रातो र सेतो हो । ब्रान्डमा एडिडास । पैसाले पुगेसम्म ब्रान्डेड वस्तु नै किन्छु ।

मेरो फिटनेस

हरेक बिहान दुई घन्टा खेल्छु । जिम गर्छु । काठमाडौँमा भएका सबै क्लब गएको छु ।

होटेलका क्लबबाहेक लगभग सबै क्लबमा खेल्न गएको छु । नेपाल पुलस क्लब, आर्मी अफिसर्स क्लब, एपीएफ, दशरथ रंगशाला सबै ठाउँ गएको छु । काठमाडौँमा बनेका धेरैजसो ब्याडमिन्टन कोर्ट पुगेको छु ।

यसबाहेक खानपानमा पनि सचेत छु । जतिसुकै व्यस्त भए पनि फिटनेसमा ध्यान दिन्छु ।

मेरो फुर्सद

फुर्सद निकाल्ने रहेछ । आफैँ मिल्दैन । सकेसम्म खेल र मनोरञ्जनका लागि फुर्सद निकाल्ने कोसिस गर्छु । दैनिक काम गर्छु । दैनिकजसो एकैछिन भए पनि फुर्सद निकाल्छु । रिसोर्ट, होटल वा नयाँ ठाउँ एक्लै जान मन लाग्दैन । परिवार वा साथीभाइसँग जान्छु ।

नेपाली ब्याडमिन्टन खेलाडीमध्ये मध्यमस्तरीय खेलाडीमा पर्छु म । राजनीतिक जीवनमा अहिले जहाँ छु, म यहाँसम्म आइपुग्न ५० प्रतिशत खेलकुदको भूमिका छ ।

मेरो खेलकुद

सबै खेलको उत्तिकै महत्व छ । म आफैँ खेल्ने भएकाले पनि होला ब्याडमिन्टन मनपर्छ ।

नियमित रूपमा ब्याडमिन्टन खेल्छु । ब्याडमिन्टनका धेरै प्रतिस्पर्धामा सहभागी भएको छु । प्रहरीले आयोजना गरेको राष्ट्रिय गेमको भेट्रानमा खेलेँ । हामीले पनि पुष्पलाल रेङकिङ टुर्नामेन्ट आयोजना गरेका थियौँ, त्यसक्रममा पनि म खेलाडीका रूपमा उपस्थित थिएँ ।

नेपाली ब्याडमिन्टन खेलाडीमध्ये मध्यमस्तरीय खेलाडीमा पर्छु म । राजनीतिक जीवनमा अहिले जहाँ छु, म यहाँसम्म आइपुग्न ५० प्रतिशत खेलकुदको भूमिका छ ।

बाजुरामा हुर्कंदा पनि भलिबल, टिटी, लङजम्प, हाइजम्प, रेसलगायत सबै खेलमा म अब्बल थिएँ ।

म पढ्ने स्कुलले सधैँ वीरेन्द्र शिल्ड कप जित्थ्यो । धेरैजसो टिमको म क्याप्टेन थिएँ । २०३९ मा पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता खेलेको हुँ ।

क्याम्पस आएपछि मार्सल आर्ट खेल्न थालेँ । केही राष्ट्रिय खेल पनि खेलेँ । खेलाडी राष्ट्रका निम्ति खेल्ने र स्वास्थ्यका निम्ति खेल्ने हुन्छन् । म अहिले स्वास्थ्यका निम्ति खेल्दै छु ।

मेरो मोबाइल

मेरो साथमा अहिले आइफोन–फाइभ छ । डेढ वर्षअघि मन्त्री छँदा चिनियाँ मित्रले उपहार दिएका हुन् । मूल्य थाहा छैन । मोबाइलमा प्रायः फेसबुक र इमेल चलाउँछु । तर, गेमचाहिँ खेल्दिनँ । महँगो मोबाइल किन्ने वा मोबाइल सेट फेरिरहने बानी छैन मेरो । आवश्यकताअनुसार लिने हो ।

मेरो टीभी

घरमा सामान्य किसिमको टीभी छ । धेरै वर्षअघि किनेको टीभी हो, कुन कम्पनीको हो ठ्याक्कै बिर्सिएँ । टीभीमा समाचार, अन्तर्वार्ता र कहिलेकाहीँ फिल्म पनि हेर्छु ।

परिवार सबै भएको बेला सिरियल पनि हेर्छु । तर, आक्कलझुक्कल । टीभी हेर्ने समय प्रायः साँझ नै हुन्छ ।

मेरो चलचित्र

हलमै गएर चलचित्र हेर्ने बानी छैन । पहिले हेर्थें तर राजनीतिमा व्यस्त भएपछि समय मिल्दैन । टीभीमा आएका चलचित्र हेर्छु । धेरै वर्ष भयो हलमा नगएको । पछिल्लोपटक हलमै गएर हेरेको चलचित्र सम्झना छैन ।

हिन्दी फिल्मका नाना पाटेकर मनपर्ने अभिनेता हुन् । शाहरुख खानका पनि धेरै फिल्म हेरियो । उनका धेरै भूमिका मन पर्छ ।

मेरो स्वास्थ्य

अहिलेसम्म कुनै रोग देखिएको छैन । नियमित ६ महिनाको अन्तरमा चेकअप गर्छु । कोलस्ट्रोल अलिकति बढी भएको छ ।

पहिलेदेखि नै म स्वास्थयमा ख्याल गर्ने मान्छे हुँ । यसैले पनि खेलकुदलाई निरन्तरता दिएको छु । यसबाहेक अरूलाई पनि खेल्ने सुझाव दिन्छु । नियमित व्यायाम र खेलकुदले शरीर फुर्तिलो र स्वस्थ रहन्छ ।

मेरो भाषण

भाषण गर्नकै लागि म भाषण गर्दिनँ । बेठिक कुरा बोल्दिनँ भन्नेमा विश्वास छ । मेरो भाषणशैली सामान्य छ । कसैलाई मन नपरेको पनि होला ।

भाषण गर्नेक्रममा अनावश्यक थेगो र टुक्का पनि छैन मेरो । हतारमा आक्रोशित बनेर बोल्दिनँ पनि । भाषण गर्छु भनेर आक्रामक शैलीमा भाषण गर्ने मेरो बानी छैन । भाषण गर्नुपर्छ तर झुटो बोल्नुहुँदैन । आरोप लगाउनुहुँदैन । भाषण गर्नुअघि लेखेरै तयारी गर्दिनँ तर सम्बन्धित विषयमा यस्तो बोल्नेछु भनेर सोच्ने गर्छु ।

मेरो मदिरा

रक्सी चाखेको छु तर पिउने बानी छैन । पहिलेदेखि नै बानी भएन । कर्ण थापाले रक्सी पिउँछ भन्दा कसैले पत्याउँदैनन् । यद्यपि, खानै नहुने चीज त होइन त्यो । तर, यसको स्वाद नै मन पर्दैन ।

मलाई कठोर स्वभावको मान्छे भनेर चिन्छन् । यसक्रममा बोलेरै केही गल्ती भए होलान् । पहिले केही गल्तीविना नै सजाय पनि पाइयो ।

मेरो संगीत

धेरै आकर्षण छैन । र, लत पनि छैन । सुन्दा भावुक किसिमका गीत मन पर्छ । अर्थ दिने गम्भीर किसिमका गीत ।

नारायण गोपाल राम्रो स्वर भएका गायक हुन् । मैले आफैँ भने गाउन कहिल्यै कोसिस गरिनँ । यो मेरो अति कमजोर पाटो भयो ।

काठमाडौँमा घर बनाएको थिएँ । पछि बेचेर अहिले डेरामै बसेको छु । केही पैतृक सम्पत्तिसहित म र श्रीमतीले संयुक्त रूपमा दुई वा साढे दुई लाखजति संकलन गरेका थियौँ । त्यसबाट केही जग्गा किन्यौँ । त्यसलाई अलि बढी पैसामा बेच्यौँ र फेरि अर्को ठाउँमा जग्गा किन्यौँ ।

मेरो भूल

जीवनमा केही भूल भएका छन् । कतिपय ठाउँमा मान्छेलाई नभन्नुपर्ने कुरा भनियो होला । मेरो आफ्नै व्यक्तिगत जीवनमा पनि यसको असर पर्यो कि ।

मलाई कठोर स्वभावको मान्छे भनेर चिन्छन् । यसक्रममा बोलेरै केही गल्ती भए होलान् । पहिले केही गल्तीविना नै सजाय पनि पाइयो । जस्तै स्कुलमा कहिलेकाहीँ नाच्न लगाइन्थ्यो । नाच्नैपर्ने हुन्थ्यो । म जे काम पनि गर्न तयार थिएँ तर नाच्न लजाउँथेँ । नाच्ने दिन आयो भने सुरुमै सजाय भोग्न तयार भएर बस्थेँ । बरु जस्तो यातना पनि भोग्न तयार हुन्थेँ तर नाच्न कहिल्यै जानिनँ ।

मेरो घर

काठमाडौँमा घर बनाएको थिएँ । पछि बेचेर अहिले डेरामै बसेको छु । केही पैतृक सम्पत्तिसहित म र श्रीमतीले संयुक्त रूपमा दुई वा साढे दुई लाखजति संकलन गरेका थियौँ । त्यसबाट केही जग्गा किन्यौँ । त्यसलाई अलि बढी पैसामा बेच्यौँ र फेरि अर्को ठाउँमा जग्गा किन्यौँ ।

त्यो पनि बेचेपछि केही पैसा उब्रिएको थियो । त्यसपछि घर किनेँ मैले । त्यो पनि किनेको पैसाभन्दा झन्डै आधाजति फाइदा हुनेगरी बेचियो ।

त्यो बेला लगभग १५ लाखमा जग्गा किनेर १५ लाख हात पर्यो । धेरै ठाउँमा किन्ने बेच्ने गरियो । यसपछि फेरि बैंकबाट ऋण थपेर कोटेश्वरमा अढाई आनामा घर बनाएँ । कोटेश्वरको घर पनि बेचेर भाडामा बस्दै छौँ । घर बनाउने सोचाइमा छु ।

मेरो राशि

‘क’ बाट कर्णबहादुर थापा भएकाले मिथुन राशि भनिएको छ । तर, मेरो कुण्डलीको नाम ‘ब’ बाट आउँदोरहेछ । तर, कसैले राशिको नाम सोध्दा मिथुन नै भन्ने गरेको छु ।

ग्रहदशा हेर्ने बानी छैन । आमाबुवाले ग्रहदशा हेराउनुहुन्थ्यो । उहाँहरू तितिसक्नुभयो । उहाँहरूले भनेअनुसार ३८ वर्षसम्म नराम्रो ग्रहदशा थियो । त्यसक्रममा सफलता हुँदैन भन्नुहुन्थ्यो ।

०५६ को चुनाव लड्दा ३८ वर्ष भएकै थिइनँ । त्यसबेला नराम्रो ग्रह छ भनेर चुनाव हार्ने अनुमान गरिएको थियो । मलाई व्यक्तिगत रूपमा विश्वास त लागेको थिएन । तर संयोग हो कि, ३८ वर्षपछि नै मेरो व्यक्तिगत जीवनमा सफलता मिलेको थियो ।

ग्रह शान्तिका लागि केही गर्दिनँ । मणि, पत्थर केही लगाउँदिनँ । ग्रहदशामा खासै विश्वास छैन । तर, मणिजस्ता धातुमा वैज्ञानिकता छ । धातुले मान्छेलाई पार्ने असर र प्रभावको कुरा हुन्छ यसमा । ज्योतिषविज्ञान आफैँमा अनुमानमा आधारित विज्ञान हो । अकाट्य होइन ।

मेरो सौन्दर्य

मेरो अनुहार अति सुन्दर र आकर्षक छ जस्तो लाग्दैन । तर, स्वस्थ छु । बाहिरी राम्रो लुक्समात्रै नभएर शरीर स्वस्थ राख्नुपर्छ जस्तो लाग्छ । त्यही हो सौन्दर्य ।

अनुहारमा पछिल्लो समय डन्डीफोरको असरले दाग देखिन थालेको छ । त्यसपछि छाला चेक गरेर औषधि लगाउन थालेको छु । यस्तो गर्नुको कारण आकर्षक देखिन भन्दा पनि छालामा अर्को असर नपरोस् भनेर । कपाल अलि–अलि फुलेको त छ तर नियमित मेहेन्दी लगाउने बानी छैन ।

मेरो सपना

राजनीतिमा लाग्दा सबैभन्दा माथि जाने भनेको प्रधानमन्त्री बन्नु हो । तर, कुन पदमा जानेभन्दा पनि देशको समृद्धिको लागि सच्चाइका साथ लाग्नुपर्छ भन्ने विश्वास छ ।

प्रधानमन्त्री नै बन्छु भनेर हुने कुरा पनि होइन । देश विकासका लागि जे जिम्मा पाउँदा पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छु भन्ने पूर्ण विश्वास छ ।

यी छुटे कि !

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल