रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कांग्रेस नेता एव्म पूर्वअर्थमन्त्री डा. रामशरण महत आर्थिक मामिलाका जानकार ‘एकेडेमिसियन’ पनि हुन् । २०४७ साललगत्तै राजनीतिमा सक्रिय हुनुअघि अमेरिकास्थित संयुक्त राष्ट्रसंघमा जागिरे थिए उनी ।
गीत–संगीत, चलचित्र, खेलकुदलगायत जीवनका रोचक पक्षबारे रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानीको अंश :

Ram Sharan Mahat Interview Pic (8)
मेरो घुमफिर

घुमफिरमा रुचि छ मेरो । देशका दुई÷तीन जिल्लाबाहेकका अरू सबै जिल्ला घुमिसकेको छु । ४० भन्दा बढी देश घुमेँ ।

घुम्नेक्रममा अस्ट्रेलियाको सिड्नी मैले सोचेभन्दा धेरै मन परेको ठाउँ हो । अपेक्षा गरेभन्दा राम्रो लाग्यो त्यो सहर ।

रूस र पूर्वसोभियत युनियनका मुलुक गएको छैन । ती ठाउँ घुम्ने इच्छा छ । यस्तै, इन्डो–चीन, क्याम्बोडिया, भियतनाम पनि जाने चाहना छ ।

मेरो अध्ययन

मैले धेरैजसो पढ्ने पुस्तक पोलिटिकल इकोनोमी र इकोनोमीसम्बन्धी हुन्छन् । कुलचन्द्रजीको ‘लस्ट इन ट्रान्जिसन’ र भारतीय लेखकको निर्वाचनसम्बन्धी एक पुस्तक हालै पढिसकेँ ।

मलाई मनपर्ने दुई/चारवटा ग्लोबल अथर छन् । जस्तै, थरो ।

म आफैँ पनि लेख्छु । मेरो पुस्तक नै प्रकाशित छ । मुड चलेको बेला आर्टिकल लेख्छु । अध्ययन सिलसिलामा पुस्तक संकलन पनि गर्दै आएको छु । गन्ती गरेको त छैन तर एउटा कोठालाई लाइब्रेरी बनाएको छु । कोठाभरि र्याक भरिभराउ छन् ।

पहिले–पहिले नियमित एक घन्टा मर्निङवाक गर्थें । माओवादी (माओवादी हिंसा) युद्धको बेला डरले गर्दा मर्निङवाकमा निस्किने आँट नै आएन । त्यसबेलादेखि मर्निङवाक गरेको छैन ।

मेरो फुर्सद

फुर्सदको समय त निकाल्नुपर्ने हुन्छ । फुर्सदको समय तालिकाअनुसार हुँदोरहेनछ । राजनीति भन्ने पेसा नै अति व्यस्त छ । दैनिक जीवन नै नियमित तालिकाअनुसार चलाउन मिल्दैन ।

घरपरिवारका सदस्यलाई समय दिन पनि कठिन हुन्छ । सोसल फङ्सन नभएको बेला साँझ छिट्टै आएर परिवारसँगै बसेर कुराकानी गर्छु । अहिले बिरामी (खुट्टा फ्याक्चर) भएकाले परिवारसँग बस्न समय मिलेको छ ।

Ram Sharan Mahat Interview Pic (11)
मेरो फिटनेस

पहिले–पहिले नियमित एक घन्टा मर्निङवाक गर्थें । माओवादी (माओवादी हिंसा) युद्धको बेला डरले गर्दा मर्निङवाकमा निस्किने आँट नै आएन । त्यसबेलादेखि मर्निङवाक गरेको छैन ।

बरु अचेल बिहान पाँच÷दस मिनेटजति पुसअप र २५ मिनेटजति रामदेवको योगा गर्छु । र, फुर्सदको बेला गल्फ खेल्न जान्छु । डेढ घन्टा जति खेल्छु । फुर्सद भएको बेला हप्ताको एक दिन गल्फ खेल्छु ।

मेरो खाना

मलाई मन पर्ने खाना दाल, भात तरकारी अचार हो । यसबाहेक विदेशीमा चाइनिज, थाई र जापानी खाना पनि मन पर्छ ।

खानकै लागि रेष्टुरेन्ट पनि जान्छु । महिनामा एक वा दुईपटक जान्छु रेष्टुरेन्ट । अक्सर परिवारको साथमा जान्छु ।

खाना पकाउन पनि रुचि लाग्छ । पहिले पकाउँथेँ । खासगरी, विद्यार्थी जीवनमा, अध्ययनक्रममा अमेरिका बस्दा र युएनमा जागिर खाएर न्युयोर्क बस्दा आफैँ खाना पकाउँथेँ ।

खाना पकाउन पनि दिमाग उन्मुक्त हुनुपर्छ । अरू कामले सताइराखेको छ भने पकाउने मुड हुँदैन । विदेश गएको बेला छोराछोरीको साथमा बस्दा मैले नै खाना पकाउँछु ।

कपडामा बजेटिङ गर्ने बानी पनि छैन । विदेश गएको बेला नयाँ कपडा किन्छु । काठमाडौँमै पनि बजार गएको बेला मन पर्यो भने कपडा किन्छु । अक्सर श्रीमतीले मलाई कपडा छानिदिन्छिन् ।

मेरो खेलकुद

पहिले टेबलटेनिस र भलिबल खेल्थेँ । तर, टुर्नामेन्टमा भाग लिनका लागि होइन । खासगरी जेलमा रहँदा टेबलटेनिस खेल्ने चाहना भयो । त्यसबेला कहिलेकाहीँ क्यारेम पनि खेल्थेँ ।

भलिबलचाहिँ हाइस्कुलमा शिक्षक हुँदा धेरै खेल्थेँ । अचेल समय भयो भने गल्फ खेल्न जान्छु । बरु क्रिकेटमा नेपाली टिमले प्रगति गर्न थालेपछि भने क्रिकेट हेर्न मन लाग्छ । अन्यथा खेलमा मेरो त्यस्तो लगाव छैन ।

मेरो पोसाक

मन्त्री हुँदा नियमित रूपमा मयलपोश, सुरुवाल लगाउँथेँ । औपचारिक समारोहमा पोसाक र अन्य अवस्थामा कमिज पाइन्ट लगाउँछु । र, जाडोमा ज्याकेट ।

कपडामा बजेटिङ गर्ने बानी पनि छैन । विदेश गएको बेला नयाँ कपडा किन्छु । काठमाडौँमै पनि बजार गएको बेला मन पर्यो भने कपडा किन्छु । अक्सर श्रीमतीले मलाई कपडा छानिदिन्छिन् ।

नीलो वा खैरो रङ मलाई मनपर्छ । काठमाडौँमा मलाई फिट हुने रेडिमेड कपडा नै पाइँदैन । त्यसैले प्रायः सिलाएर लगाउँछु । कपडा सिलाउन त्रिपुरेश्वरमा रहेको मोनालिसा टेलरिङ जान्छु ।

Ram Sharan Mahat Interview Pic (7)
मेरो मोबाइल

अहिले आइफोन–सिक्स प्रयोग गरिरहेको छु । साथीले दिएको उपहार हो । पछिल्लो ६ महिनादेखि चलाउँदै आएको छु यो ।

यसअघि हवेई प्रयोग गर्थें । र, त्यसअघि नोकिया र त्यसभन्दा पनि अघि ब्ल्याक बेरी चलाउँथेँ । कुनै बेला लाभा पनि चलाएँ ।

कति फेरेँ भन्ने ख्याल छैन । सायद १० वटा पुग्यो होला अहिलेसम्म । तर, ब्रान्ड चुजी भएरभन्दा पनि बिग्रियो वा पुरानो भयो भने आवश्यकताअनुसार फेर्ने गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन । धेरैजसो मेरो आफ्नै वेबसाइट र ट्वीटरबाहेक अन्य एप्स चलाउँदिनँ ।

मेरो टीभी

टीभीमा हरेक साँझ समाचार र समाचारमूलक अन्य कार्यक्रम हेर्छु । महिलाले सिरियल हेर्ने बेला भयो भने हेरिदिन्छु मात्रै । तर, त्यो इच्छाले होइन ।

मेरो चलचित्र

विद्यार्थी जीवनमा खुबै चलचित्र हेर्ने बानी थियो । हिन्दी सिनेमाका डायलग कण्ठै हुन्थ्यो मलाई । मेरो डायलग सुनेर साथीहरू दंग पर्थे ।

राजकुमार र देवानन्दको डायलग सुनाउँथेँ । उनीहरू मनपर्ने कलाकार पनि हुन् । अहिले पनि सम्झना छ कतिपय । (सुनाउनका लागि रोमान्टिक मुड चाहिन्छ ।)

सेरो–सायरी धेरै गर्थें । सायरी यति राम्रोसँग भन्थेँ कि, किशुनजीले सोसल फङ्सनमा मलाई सायरी भन्न लगाउनुहुन्थ्यो ।

पछिल्लो समय हलमा गएर हेरेको फिल्म ‘तीन घुम्ती’ हो । सामान्यतः सबै कलाकार उस्तै लाग्छन् । चल्तीका कलाकार लगभग सबै मन पर्थे ।

कहिलेकाहीँ मेरा भाषण ‘ट्वीस्ट’ गरिएको छ । मिडिया वा पब्लिकमा पनि मैले बोलेको कुरा नभएर ‘आउट अफ कन्टेक्स्ट’ बनाइएको हुन्छ ।

मेरो स्वास्थ्य

शरीरमा खासै समस्या छैन । ब्लड प्रेसरचाहिँ अलिकति हाइ छ । तर, यसले दैनिक जीवनमा अप्ठ्यारो पारेको छैन । सामान्य औषधि सेवन गर्छु । ६ महिना वा एक वर्षमा चेकअप पनि गरिराख्छु ।

Ram Sharan Mahat Interview Pic (2)
मेरो भाषण

मेरो भाषण कति प्रभावकारी छ वा छैन भनेर अरूले मूल्यांकन गर्ने कुरा हो । म स्ट्रेटफरवार्ड छु । भन्न खोजेको कुरा राम्ररी भन्छु । साहित्यिक भाषण गर्न जान्दिनँ ।

कम्युनिकेसनको हिसाबले स्पष्ट छु । श्रोताले सुन्न चाहेको छैन भन्ने लाग्यो भने भाषण रोकिहाल्छु ।

राजनीतिक भाषणमा खासै तयारी गर्ने बानी छैन । अन्य एकेडेमिक विषयमा बोल्नुपर्यो भने सर्ट प्वाइन्ट्स तयार पार्छु ।

कसैको थेगो प्रयोग गर्ने बानी हुन्छ । मेरो विषयमा पनि टिप्पणी भएको सुनेको छु, ‘चाइने’ भन्छु रे । बोल्नेक्रममा यादै हुँदैन ।

कहिलेकाहीँ मेरा भाषण ‘ट्वीस्ट’ गरिएको छ । मिडिया वा पब्लिकमा पनि मैले बोलेको कुरा नभएर ‘आउट अफ कन्टेक्स्ट’ बनाइएको हुन्छ ।

मेरो मदिरा

म सोसल ड्रिंकर हुँ । यदाकदा सोसल फङ्सनमा पिउँछु । तर, धेरै होइन । घरमै पनि साथीभाइ आएको बेला पिउँछु । मदिरामा ब्रान्ड कन्सस छैन म । खानै परे दुई÷तीन पेग स्कर्च खाइन्छ ।

मेरो गीत–संगीत

पहिले सिरियस ट्राजिक सङ सुन्थेँ । तर, यसमै डुबेर सुन्ने समय हुँदैन अचेल । गजलमा बढी चाख थियो मेरो ।

नारायण गोपालका गीत पनि मन पथ्र्यो । अचेल त सुन्छु भनेर सुन्न बस्ने समय मिल्दैन । ‘जीवनदेखि धेरै–धेरै नै थाकेर’, ‘अल्झेछ क्यारे पछ्यौरी’ लगायत नारायण गोपालका गीत गुनगुनाउँथेँ पनि । अचेल त गीत गुनगुनाउन दिमागमै आउँदैन ।

मेरो भूल

सामान्य बेला सानातिना गल्ती त भए । तर, गम्भीर भूल गरेको याद छैन । कहिलेकाहीँ निर्णय लिनेक्रममा तनाव हुन्थ्यो ।

युएनको जागिर खाएर बसेको मान्छे म । महिनाको ६/७ हजार डलर आम्दानी हुन्थ्यो । बंगला, गाडी सबै सुविधा थियो । छोराछोरीलाई इन्टरनेसनल स्कुलमा पढाउने व्यवस्था मिलेको थियो ।

कहिलेकाहीँ लाग्छ– राजनीतिको उचाइमा यसभन्दा माथि पुग्नुपर्ने हो । ०२१ सालमै जेल परेको मान्छे म । अरू साथीले पनि प्रधानमन्त्री पदमा महत्वाकांक्षा किन नदेखाएको भनेर सोध्छन् ।

०४६ पछि नेपालमा प्रजातन्त्र आयो । नेताहरूले तुरुन्त जागिर छाडेर राजनीतिमा आउनुस् भन्नुभयो । मलाई पनि आउने इच्छा थियो ।

युएनको स्थायी जागिर छाडेर राजनीतिमा आउन परिवार भने तयार थिएन । चुनावजस्तो कुरा हारिन्छ कि जितिन्छ के थाहा । जोखिमको कुरा थियो ।

त्यसो त, १४ वर्षको उमेरदेखि नै राजनीतिमा मेरो गहिरो लगाव थियो । त्यसबेला भने निर्णय लिन निकै अप्ठ्यारो भयो । साथीभाइ, आफन्त सबैले युएनको जागिर नछाड्ने सल्लाह दिएका थिए । हप्तौँसम्म मेरो छटपटी देखेपछि परिवार पनि अन्ततः तयार भयो ।

Ram Sharan Mahat Interview Pic (4)
कहिलेकाहीँ लाग्छ– राजनीतिको उचाइमा यसभन्दा माथि पुग्नुपर्ने हो । ०२१ सालमै जेल परेको मान्छे म । अरू साथीले पनि प्रधानमन्त्री पदमा महत्वाकांक्षा किन नदेखाएको भनेर सोध्छन् ।

कहिलेकाहीँ पदलाई साह्रै ठूलो मानेर ज्यान छाड्नुपर्छ जस्तो लागेन । मेरो विवेकअनुसार काम गर्न पाएँ भने त्यसैमा सन्तुष्टि मिल्छ ।

यस्तो हुँदाहुँदै पनि कहिलेकाहीँ अनावश्यक आरोप आउँछन् । भूकम्पक्रममा ‘जस्ता काण्ड’ भन्दै गलत आरोप आयो । भएको केही थिएन । पूर्ण बनावटी प्रचार गरियो ।

आफ्नै पार्टीभित्रकाले यस्तो आरोप लगाए । मेरो भतिज, जो लोकप्रिय हुन लाग्यो भनेर मलाईसमेत मुछेर आरोप लगाइयो । यस्तै आरोपले गर्दा कहिलेकाहीँ राजनीति अति तुच्छ र घृणित जस्तो पनि देखिन्छ । यसरी बदनाम गर्न खोजेको देख्दा दुःख लाग्छ ।

मेरो घर

राजनीतिमा आउनुभन्दा अघि बनाएको हो यो घर । ०३७ तिर । निर्माणक्रममा दुई/चार लाख खर्च भयो होला । त्यसअघि नै मेरो आफ्नै कमाईले ४२ हजारमा यो घडेरी किनेको थिएँ ।

मेरो राशि

कुम्भ राशि हो मेरो । ग्रहदशा हेर्ने बानी छैन । तर, श्रीमती यसप्रति अलि बढी कन्सियस छिन् । मेरो विषयमा उनी आफैँ सोध्छिन् ।

उनी धार्मिक पनि छिन् । पूजापाठमा विश्वास गर्छिन् । बिहानको पूजापाठदेखि विधि परम्परामा पनि निकै चासो राख्छिन् ।

ग्रह/नक्षत्र हेरेर औँठी वा माला लगाउने बानी मेरो छैन । बिहे गरेदेखि एउटा औँठीचाहिँ लगाउँथेँ । पछि त्यो औँठी हरायो । त्यस्तै अर्को औँठी बनाएर लगाएँ । यसमा कुनै धार्मिक महत्व जोडिएको छैन ।

मैले नेतृत्व गर्न पाएँ भने मसँग देशलाई आर्थिक निकास र समृद्धिको बाटोमा लैजाने भिजन छ । नाम भन्न चाहन्न तर अहिलेसम्म आर्थिक समृद्धिको कमिटमेन्टसाथ लाग्ने भिजन अरूमा देखेको छैन ।

मेरो सौन्दर्य

म औसत छु जस्तो लाग्छ । कहिलेकाहीँ कपाल ड्राइ गराउँछु । अनुहारमा क्रिम लगाउँदिनँ । नियमित सेभिङ गर्छु ।

विद्यार्थीकालमा दाह्री पाल्ने बानी थियो । पूरै दाह्री पाल्दा फोहोर पनि देखिन थाल्यो । दाह्री फोहोर देखियो भनेर साथीहरूले पनि भन्थे मलाई ।

१०/१२ वर्ष भयो ‘फ्रेन्च–कट’ दाह्री राख्न थालेँ । अचेल यस्तै बानी भयो । कहिलेकाहीँ ट्रिम गर्छु । तेल वा जेल लगाउने बानी छैन ।

मेरो विवाह

पहिले अफेयर्स थिएन । पारिवारिक कुराकानीका आधारमा हाम्रो चिनजान र कुराकानी भयो । आपसको चाहनाअनुरूप नै ०३६ मा एरेन्ज म्यारिज भयो ।

मेरो सपना

म जाने भनेको सरकार र पार्टीको नेतृत्वमा नै हो । मेरो मात्रै होइन, मेरा साथी–सहयोगीले पनि मलाई बेलाबेला भन्छन् ।

मैले नेतृत्व गर्न पाएँ भने मसँग देशलाई आर्थिक निकास र समृद्धिको बाटोमा लैजाने भिजन छ । नाम भन्न चाहन्न तर अहिलेसम्म आर्थिक समृद्धिको कमिटमेन्टसाथ लाग्ने भिजन अरूमा देखेको छैन ।

राजनीतिमात्रै धेरै भयो नेपालमा । सबै कुरामा राजनीति हाबी भयो । समग्र एजेन्डा भनेको आर्थिक विकासको हुनुपर्छ । मसँग त्यसको आत्मविश्वास र भिजन छ ।

यी छुटे कि !

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल