सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइराला अभिव्यक्तिका कारण बेला–बेला चर्चामा आउँछिन् । राजनीतिक यात्रा विगतमा कठिन नभए पनि पछिल्लो समय उनले पार्टीको आन्तरिक खिचातानीको समस्या झेल्दै छिन् । कोइराला परिवारमा जन्मिएकी उनले विदेशीसँग विवाह गरिन् । प्रेम, सौन्दर्य, भाषणलगायत उनको जीवनका रोचक र रहस्यमय पाटोबारे रातोपाटीले गरेको कुराकानी  :

sujata koirala interview (3)
मेरो खाना

सबै किसिमका खाना मन पर्छ मलाई । विशेषगरी थकाली खाना । सबै किसिमका खाना खाँदा समस्या पनि हुँदोरहेछ । त्यसैले त मोटाएकी छु ।
खाजामा स्यान्डविच मन पर्छ । सानो छँदा ह्याम्बर्गर धेरै खान्थें तर अचेल मन पर्दैन । र, अरूलाई पनि नखान भन्छु । मीठो भए पनि दैनिक एउटै खानाचाहिँ खान्न । आज पनि दालभात, भोलि पनि त्यही । बेलुका सुप वा लाइट खाना खान्छु ।
मैले विभिन्न परिकार पकाउन पनि जानेकी छु । पहिले त धेरै पकाउँथें । अचेल फुर्सद हुँदैन । राम्रो किचन भयो र मुड भयो भने त पकाउँछु ।

मेरो पोसाक

कम्फोर्टेबल भएकाले युजुअल्ली सलवार कमिज लगाउँछु । अवस्था र परिस्थितिअनुसार साडी, प्यान्ट पनि लगाउँछु । जस्तै, काठमाडौँ बाहिर वा गाउँतिर गएँ भने सलवार नै लगाउँछु ।

ब्रान्डमा चुजी छैन म । जे सुहाउँछ, त्यही लगाउँछु । बरु नीलो मेरो फेभरेट कलर हो । समरमा लगाउने प्यास्टल कलर मन पर्छ । कपडा धेरैजसो म आफैँ किन्नेभन्दा पनि विदेशबाट आफन्त र साथीहरूले पठाइदिन्छन् ।

प्रायः रेडिमेड नै हुन्छ धेरै । सिलाएर लगाउन मन लाग्यो भने बागबजारको श्रेष्ठ टेलरिङ जान्छु ।

फुर्सदको बेला काठमाडौँबाहिर घुम्न जान्छु । रिल्याक्स पनि गर्नुपर्छ कहिलेकाहीँ । राजनीतिमा मात्रै लाग्दा रिल्याक्स गर्न बिर्सिएको हुन्छ । केही अघि पोखरा गएकी थिएँ । टुरिस्ट हिँड्ने ठाउँमा टेनिस सुज लगाएर हामी मज्जाले हिँड्यौँ ।

मेरो अध्ययन

पहिले म निकै पढ्थेँ । स्कुल र कलेजमा हुँदा नियमित लाइब्रेरी जान्थेँ । म पढेको स्कुलमा लाइब्रेरी राम्रो थियो । यता, आएपछि कमै पढ्छु ।

बायोग्राफी र बेस्ट सेलर किताब खोजी–खोजी पढ्थेँ । जस्तै, क्लासिकल किताब । सेक्सपियरका नाटकहरू ।

मेरो फुर्सद

सामान्यतः फुर्सद नै हुँदैन । तर, कहिलेकाहीँ निकाल्छु । फुर्सदको बेला काठमाडौँबाहिर घुम्न जान्छु । रिल्याक्स पनि गर्नुपर्छ कहिलेकाहीँ ।

राजनीतिमा मात्रै लाग्दा रिल्याक्स गर्न बिर्सिएको हुन्छ । केही अघि पोखरा गएकी थिएँ । टुरिस्ट हिँड्ने ठाउँमा टेनिस सुज लगाएर हामी मज्जाले हिँड्यौँ ।

नितान्त घुम्नकै लागि गए पनि राजनीतिक मित्रहरूसँग भेट हुन्छ प्रायः । त्यसैले पनि राजनीतिक भ्रमणजस्तो पनि हुन्छ ।

sujata koirala interview (2)
मेरो घुमफिर

म घुम्न निकै सोखिन छु । लगभग सबै जिल्ला घुमिसकेँ । धेरै ठाउँमा ट्रेकिङ गरेकी छु । गोरखाको मनकामना हिँडेरै पुगेकी छु । मुक्तिनाथबाट हिँडेरै बागलुङ फर्केकी छु । पहिले म निकै एड्भेन्चरस थिएँ । घुम्नेक्रममा नेपाल धेरै देखेको छु मैले ।

धेरै देश पनि घुमेँ । तर, अफ्रिकन देश कमैमात्र गएकी छु । अफ्रिका र कतिपय आइल्यान्ड जान मन लागिरहेछ । समय मिलेको छैन । हामीले नोटिस गरेका हुँदैनौँ तर नेपाल निकै राम्रा ठाउँ छन् । पूर्वी पहाड वा पश्चिम राम्रा छन् ।

मेरो सौन्दर्य

मेरो एपियरेन्स अलि बिग्रियो कि जस्तो लाग्छ । अलि मोटाएँ । खासगरी काठमाडौँ आएपछि । मेकअप खासै गर्दिनँ । बाहिर जाँदा मेकअप हल्का गर्छु । स्किनमा केही लगाउँदिनँ । बरु खानामा ध्यान दिन्छु । चिल्लो कम खान्छु ।

सौन्दर्य पनि मनबाटै आउनुपर्छ जस्तो लाग्छ । जति मेकअप गरे पनि फुड ह्याबिट राम्रो भएन भने फेसमा चमक आउँदैन । लुक्सको हिसाबले मलाई मेरो कपाल मन पर्दैन । फुस्रो र कर्ली हुन्छ । कपाल बनाउन पनि ध्यान दिन्न ।

भूल त भए होलान् । तर, आत्मालोचना गर्नुपर्ने भूल त गरेकी छैन । र मलाई मेरो पास्टसित रिग्रेट पनि छैन । कहिलेकाहीँ अनावश्यक आरोप आउँछन् । राजनीतिमा लागेपछि यस्ता आरोप सामना गर्नुपर्ने रहेछ ।

मेरो स्वास्थ्य

म स्वस्थ्य नै छु । शरीरमा कुनै रोग छैन अहिलेसम्म । नियमित अभ्यास गर्ने भएकाले होला । कहिलेकाहीँ निद्रा नलाग्ने समस्या हुन्छ । केही महिना अघि ब्लडप्रेसरमा समस्या थियो । किन त्यस्तो भयो थाहा थिएन । अचम्मै लाग्यो । छोटो अवधिमै ब्लड प्रेसरमा फ्लक्चुएसन भइराख्थ्यो । तर, अहिले ठीक छ ।

मेरो भूल

भूल त भए होलान् । तर, आत्मालोचना गर्नुपर्ने भूल त गरेकी छैन । र मलाई मेरो पास्टसित रिग्रेट पनि छैन । कहिलेकाहीँ अनावश्यक आरोप आउँछन् । राजनीतिमा लागेपछि यस्ता आरोप सामना गर्नुपर्ने रहेछ ।

वास्तवमा म ह्याप्पी पर्सन हुँ । जति टेन्सन भए पनि म ह्याप्पी देखिन्छु । मान्छेले भन्छन्– तपाईंलाई टेन्सन हुँदैन कि के हो भनेर । तर, म देखाउँदिनँ । टेन्सन त हुन्छ नि मलाई पनि । राजनीतिक समस्याले तनाव त हुन्छ नै । अरूले देख्दा थाहा हुँदैन । तर, आफैँ फिल गरिन्छ ।

पछिल्लो समय मलाई आइसोलेटेड गर्ने प्रयास भयोजस्तो लाग्दै छ । जस्तो गिरिजाबाबुलाई जीवनको अन्तिम अवस्थातिर गरिइएको थियो । उहाँलाई जस्तो प्रकृतिको टर्चर दिइयो, मलाई पनि त्यस्तै भएको छ ।

sujata koirala interview (1)
मेरो भाषण

मेरो भाषण सामान्य हुन्छ । मनमा जे आउँछ त्यही बोल्छु । धेरै सोच्दिनँ । पहिले–पहिले एग्रेसिभ भाषण गर्थें । आफ्नो कुरा स्पष्ट राख्छु । कसैले रोक्न सक्दैन मलाई ।

तयारी खासै गर्दिनँ । अहिलेसम्म मैले सबैभन्दा लामो भाषण गरेको ३० मिनेटमात्रै हो । प्रायः २० देखि ३० मिनेट हुन्छ । टु दी प्वाइन्ट हुन्छ । लामो भाषण गर्नै सक्दिनँ । टुक्का पनि आउँदैन मलाई ।

मेरो प्रेम

प्रेमको अनुभव जसलाई पनि हुन्छ । मसँग पनि धेरै सम्झना छन् यस्ता । विराटनगर हुँदा एउटा केटो खुब मन पथ्र्यो । छुट्टीमा काठमाडौँ आएको बेला एक दिन न्युरोडमा हिँडिराख्दा अचानक उसले नाक फुली दियो मलाई । म त यति खुसी भएँ कि कहिल्यै बिर्सिन सक्दिनँ त्यो क्षण ।

उसलाई सम्झन्छु कहिलेकाहीँ । मलाई लाग्थ्यो कि उसले मलाई मन पराउँदैन र ममात्रै उसलाई वान साइडेड लभ गरिराखेकी छु भन्ने लाग्थ्यो । तर, म त सक्ड भएँ, जब उसले नाक फुली दियो । त्यो पनि सुनको फुली । निकै राम्रो थियो ।

आफूले अति मन पराएको केटोले नाक फुली दिँदा कति खुसी भएँ होला । म त केही बेर त बोल्नै सकिनँ । उभिएको उभियै भएँ । सायद उसले यो पढेपछि थाहा पाउनेछ । आशा गरौँ ।

मलाई क्लासिकल गीत–संगीत मन पर्छ । नेपाली, हिन्दी फिल्मीसँग र इंग्लिस गीत पनि निकै मन पर्छ । त्यसमध्ये पनि वेस्टर्न क्लासिकल म्युजिक धेरै मन पर्छ । जस्तै, मोजार्ड १९७० का गीत अहिले पनि सुन्छु ।

त्यसपछि अर्को केटो मन पथ्र्यो मलाई । सबैले मलाई निकै वर्षपछिसम्म जिस्क्याउँथे । त्यो दोस्रो केटो जसलाई मन पराउँथेँ उसले गिटार बजाउँथ्यो । म उसको गिटार म्युजिक सुनेर यस्तो फेसिनेटेड भएँ कि, झन् मन पराउन थालेँ । जता जान्थ्यो, ऊ त्यतै हिँड्ने ।

मेरो विवाह

मेरो विवाह एक विदेशीसित भयो । प्रायः हामी बाहिरै बसिराख्ने । युनाइटेड नेसन्समा काम गर्नुन्थ्यो उहाँ । त्यही बेला भेट भयो र प्रेम बिहे गर्यौँ ।

(यस विषयमा धेरै भन्न चाहन्न ।)

मेरो गीत–संगीत

मलाई क्लासिकल गीत–संगीत मन पर्छ । नेपाली, हिन्दी फिल्मीसँग र इंग्लिस गीत पनि निकै मन पर्छ । त्यसमध्ये पनि वेस्टर्न क्लासिकल म्युजिक धेरै मन पर्छ । जस्तै, मोजार्ड १९७० का गीत अहिले पनि सुन्छु ।

मेरो हजबेन्ड क्लासिकल म्युजिक सुन्ने र पियानो पनि बजाउने भएकाले यस्ता गीतमा रुचि भयो । रवीन्द्रनाथ टेगोरका गीत त म आफैँ पनि गाउँथेँ अलि–अलि ।

sujata koirala interview (6)
मेरो चलचित्र

अंग्रेजी सिनेमा निकै मन पर्छ मलाई । हाइस्टान्डर्डका हुन्छन् ती । अचेल पनि हेर्छु अंग्रेजी सिनेमा । हिन्दी सिनेमा कमै छ, जुन मैले कम्प्लिट गरेँ । अचेल हिन्दी सिनेमा पनि राम्रा आउन थालेका छन् ।

विराटनगरमा हुँदा धेरै सिनेमा हेर्थें तर बिर्सिएँ अचेल । स्टारका रूपमा दिलिपकुमार, देवानन्द, राजेश खन्नाहरू मन पर्थे ।

मन पर्ने नेपाली फिल्म चिनो र माइतीघर । २५ वर्षअघि हेरेको चिनो कहिल्यै बिर्सन सक्दिनँ । त्यस्तै माला सिन्हाको माइतीघर फिल्मको गीत अहिले पनि मन पर्छ ।

लामो समय योगा गरेर नभ्याएपछि छाडेँ । छाडेपछि चाहिँ म निकै मोटाउन थालेँ । त्यसपछि अप्ठ्यारो महसुस भयो । त्यसैले अचेल घरमै ट्रेडमिलमा दौडिने र क्रसकन्ट्री (साइकल चलाउनेजस्तो खुट्टाको अभ्यास) मा एक्सरसाइज गर्न थालेकी छु ।

मेरो फिटनेस

म पहिले नियमित योगा गर्थें । एक टिचर हुनुन्थ्यो, उहाँको नाम पनि सुजाता । उहाँले हरेक बिहान योगा सिकाउनुहुन्थ्यो । मेरो समय नमिलेपछि पछि बेलुका आएर सिकाउनुभयो ।

लामो समय योगा गरेर नभ्याएपछि छाडेँ । छाडेपछि चाहिँ म निकै मोटाउन थालेँ । त्यसपछि अप्ठ्यारो महसुस भयो । त्यसैले अचेल घरमै ट्रेडमिलमा दौडिने र क्रसकन्ट्री (साइकल चलाउनेजस्तो खुट्टाको अभ्यास) मा एक्सरसाइज गर्न थालेकी छु ।

आजैमात्र ४५ मिनेटसम्म दौडिएँ । बिहान पाँच बजे उठेर एक घन्टा ट्रेडमिलमा दौडिन्छु ।

खानामा चिल्लो खान्न । स्याउ र अनारसहित मुस्ली र दूध खान्छु । सुत्ने, उठ्ने समय प्राय १० बजेतिर हुन्छ । र, पाँच बजे उठ्छु ।

मेरो मोबाइल

मसित दुई मोबाइल छन् । चाइनिज हुवावे र नोकियाको सिम्पल सेट । पुरानो भएपछि फेर्छु मोकाईल सेट । पार्टीमा अन्तर्राष्ट्रिय विभागमा भएकाले पनि मोकाइलमार्फत सूचना आदान–प्रदान गर्नुपर्ने हुन्छ ।

इमेल, ह्वाटस्यास, वीच्याट, भाइबरलगायत एप्स चलाउँछु । नातिनातिनाहरू गेम खेल्छन् कहिलेकाहीँ । त्यसबेला म पनि खेलिदिन्छु ।

धेरै जसो मोबाइल गिफ्टबाटै चलेको छ मेरो । छोरी–ज्वाईंले दिन्छन् । अब फेरि अर्को मगाउँदै छु । यसअघि सामसुङको थियो । अहिले चलाउँदै गरेको चाइना जाँदा गिफ्ट पाएकी ।

sujata koirala interview (5)
मेरो घर

घर किन्दै छु अब छिट्टै । तयारी अवस्थामा छ । विराटनगरको जमिन बेचेँ हालसालै । त्यही पैसाले किन्ने तयारी हो । अब एक वा दुई महिनामै काठमाडौँमा किन्ने सोच छ । (रकम लगायत बाँकी विषयमा बोल्न चाहन्न ।)

मेरो राशि

मेरो राशि एक्विरियस हो । ग्रहदशा हेर्ने पहिले रुचि लाग्थ्यो । अचेल खासै चासो हुँदैन । मेरो पास्टबारे कसैले भनिदेला भन्ने कुरामा खासै चासो लाग्दैन ।

को–को मान्छे आउँछन् ग्रहदशा हेराउनका लागि भन्दै, मलाई चासो छैन । जे हुन्छ, हुन्छ । यसमा किन चिन्ता गर्ने । अनेक किसिमका मान्छे आएर प्रधानमन्त्री बन्नुहुन्छ वा मन्त्री भन्छन् नि, यस्तो सुन्न मन लाग्दैन ।

उनीहरूले भनेरमात्रै बन्ने पनि होइन । राजनीतिज्ञसित नजिक हुन वा खुसी पार्न भनेर पनि ग्रहदशा हेर्ने मान्छे आउँछन् । म त्यस्तालाई इन्करेज गर्न मन लाग्दैन ।

कुनै दिन प्रधानमन्त्री बनेँ भने यो मुलुकलाई समृद्ध र विकसित बनाउने चाहना छ । धेरै योजना छन् मसित । यस विषयमा अलि–अलि केपी ओलीजीसँग पनि सपना मिल्छ । म पनि त्यस्तै सपना देख्न मन पराउँछु । सपना देखिएन भने व्युँझिन सकिँदैन । व्युँझिनका लागि पनि सपना देख्नुपर्छ ।

मेरो गाडी

आठ वर्षअघि स्कोर्पियो गाडी किनेकी थिएँ । अहिलेसम्म त्यही प्रयोग गरिरहेकी छु । लोनमा किनेकी थिएँ । कति खर्चमा किनेको याद छैन ।

यसअघि इन्डियन मारुती वा त्यस्तै थियो । मैले त्यस्तो फेन्सी गाडी चढेकी छैन । अहिले प्रयोग गरिरहेको गाडी पुरानो भइसक्यो । अब नयाँ लिने सोच्दै छु । अब किन्नेचाहिँ अलि फेन्सी हुन्छ ।

sujata koirala interview (8)
मेरो सपना

जीवनमा धेरै काम गर्न बाँकी छ । मेरो फाउन्डेसनलाई धेरै ठूलो बनाउन मन छ । गिरिजाबाबुको त्याग तपस्याको सम्झनामा पनि धेरै काम गर्नुपर्नेछ । उहाँको इतिहासलाई दबाउन हाम्रो पार्टी र बाहिरबाट धेरै प्रयास भए ।

फाउन्डेसनमार्फत रिसर्च सेन्टर, म्युजियम, सेमिनार सञ्चालन गराउने मन छ । कुनै दिन प्रधानमन्त्री बनेँ भने यो मुलुकलाई समृद्ध र विकसित बनाउने चाहना छ । धेरै योजना छन् मसित ।

यस विषयमा अलि–अलि केपी ओलीजीसँग पनि सपना मिल्छ । म पनि त्यस्तै सपना देख्न मन पराउँछु । सपना देखिएन भने व्युँझिन सकिँदैन । व्युँझिनका लागि पनि सपना देख्नुपर्छ ।

यसैले पनि केपी ओलीजीलाई सपोर्ट गरेको हो मैले । हामी एउटै पार्टीका नभए पनि मुलुकका लागि ओलीजीलाई समर्थन गरेकी हुँ ।

यी छुटे कि !

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल