साताको एजेन्डा : ढाक्रे र छाप्रेको भएन नयाँ शक्ति (श्याम श्रेष्ठको विश्लेषण)

साताको एजेन्डा : ढाक्रे र छाप्रेको भएन नयाँ शक्ति (श्याम श्रेष्ठको विश्लेषण)

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा र दुई दिने राष्ट्रिय भेला भर्खरै सकिएको छ। फरक विचार र पृष्ठभूमिका व्यक्ति सामेल भएको नयाँ शक्तिबारे विभिन्न टिप्पणी र आलोचना हुने गरेको छ । नयाँ शक्तिको नयाँपनबारे विश्लेषक श्याम श्रेष्ठसँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :

shyam shrestha (10)
नयाँ शक्ति कति नयाँ ?

डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी नेपालको विशेष राजनीतिक स्थितिमा स्थापना भएको छ । कांग्रेस, एमाले र माओवादीको शाख र लोकप्रियता घटिरहँदा, सबै पार्टी उही ड्याङका मुला’ भन्ने लागिरहँदा यो पार्टी आएको छ ।

विद्यमान पार्टीको अलोकप्रियता भइरहँदा जनतामा नयाँ पार्टीको आवश्यकता महसुस भएकै हो । जनताको त्यो मानकिताको फाइदा उठाएर नयाँ शक्ति पार्टी आएको हो । यो पार्टी आउनुमा वस्तुगत पृष्ठभूमि छ । तर, कति नयाँ शक्ति भयो भन्ने प्रश्न बाँकी छ ।

केही ढाँचाकाँचा नयाँ ल्याइएको छ । पार्टी उद्घाटन गर्ने, सञ्चालन गर्ने तरिका, जुलुस गर्दा पेटीबाट हिँड्नेजस्ता केही स–साना कुरामा नयाँपन छ । हामी नयाँ हौँ, केही फरक गर्न खोज्दै छौँ भन्ने सन्देश अवश्य दिएको छ । तर, मुख्य असर गर्ने भनेकै विचार, कार्यक्रम र चरित्रले हो ।

shyam shrestha (7)

राम्रो पक्ष के भने २५ वर्षमा देशको कायापलट गर्छु भनिएको छ । आमजनतामा त्यो नारा र बाबुराम भट्टराईको छविले केही काम गर्न सक्छ ।

नयाँ शक्तिले ‘५ स’ को नारा दिएको छ । सबैभन्दा धेरै समृद्धिको नारा दिएको छ । समृद्धि अवश्य चाहिएको हो । तर, समृद्धिको नारा नयाँ शक्तिले मात्रै दिएको होइन । कांग्रेस, एमाले र माओवादीले पनि समृद्धिको नारा दिएका हुन् ।
यो समृद्धि कसको र कुन वर्गका लागि भन्ने गम्भीर कुरा हो । एकथरी वर्गका लागि समृद्धि भइसकेको छ । समृद्धि नभएको त गाउँमा बस्ने र गरिखाने वर्गको हो । तर, तिनीहरूको समृद्धिको कुरा डा. बाबुराम भट्टराईले पनि उठाउनुभएको छैन । समृद्धि पुग्नुपर्ने जहाँ र जुन वर्गमा हो, त्यो त्यहाँ पुगेकै छैन ।

राम्रो पक्ष के भने २५ वर्षमा देशको कायापलट गर्छु भनिएको छ । आमजनतामा त्यो नारा र बाबुराम भट्टराईको छविले केही काम गर्न सक्छ ।

भीडको राजनीति :

जुन ढंगले संगठन सुरु गरियो, केही गडबडी भएको छ त्यहाँ । नेपाली कांग्रेस पञ्चजस्तो देखिनुका कारण त्यहाँ जोसुकै पनि हुलिएको थियो ।

shyam shrestha (8)
यो त समाजवादी ध्येय लिएको वामलोकतान्त्रिक पार्टी भनिएको छ । यहाँ त जोसुकै पनि नअटाउनुपर्ने हो । तर, एमालेले जसरी पहिले जोसुकै भए पनि हुल भित्र्याउने काम गर्यो र भीड जम्मा पार्यो त्यही भीडमा एमाले हरायो ।

भीडले नेपालमा क्रान्ति गरेको इतिहास छैन । भीडले क्रान्ति गर्दैन । यसले त अवसर खोज्छ । अवसर खोज्नेको भीडमा नयाँ शक्ति नहराओस् ।

त्यही भीडको राजनीति माओवादीले बनायो र एमाओवादी पनि भीडमा हरायो । र, अहिले नयाँ शक्तिले त्यस्तै भीडको राजनीति गर्न खोजेको छ ।

भीडले नेपालमा क्रान्ति गरेको इतिहास छैन । भीडले क्रान्ति गर्दैन । यसले त अवसर खोज्छ । अवसर खोज्नेको भीडमा नयाँ शक्ति नहराओस् ।

विचारको राजनीति अन्त्य भयो त ?

सबै पार्टी भीडको राजनीतिमा लाग्दैमा विचारको राजनीति अन्त्य भएको त होइन । तर, उहाँहरू भीडको राजनीतिमा लाग्नुभयो । भीडको राजनीति गरेपछि पार्टी फेरि पनि गुणमा आधारित हुँदैन । गुणस्तरीय कार्यकर्ता हुँदैनन् । जो पनि अटाउँछ । फटाहा, भ्रष्टाचारी, जाली जो पनि त्यसमा अटाउँछन् । उहाँहरूले नियमले बाँध्ने भन्नुभएको छ । कतिसम्म बाँध्न सक्नुहुन्छ त्यो हेर्न बाँकी छ ।

१ लाखको संख्या देखाउने भन्दै आउनुभयो । यसबाट चुनावी राजनीति त हुन्छ । तर, समाज परिवर्तनमा भने यसले सघाउ पुर्याउलाजस्तो लाग्दैन ।

shyam shrestha (6)
समाजवाद र नवउदारवादको अलमल

नयाँ शक्तिले पनि समाजवादी राजनीति गर्ने भनेको छ । पहिलेका कमजोरी हटाएर समुन्नत समाजवादमा जाने भनिएको छ । समाजवादी बाटो हो भने सँगसँगै सबै कार्यक्रम नवउदारवादीजस्तो देखिन्छ ।

समाजवाद र नवउदारवाद एकैठाउँमा अटाउने कुरा होइन । यी त आपसमा जुध्ने कुरा हुन् । नवउदारवादले बजारलाई प्राथमिकता दिन्छ । तर, समाजवादले बजारलाई ‘रेगुलेट’ गर्छ । बजारमाथि राज्यले ‘रेगुलेट’ गर्छ ।

यी दुई विपरीत कुरामा विरोधाभास छ । नयाँ शक्तिले समाजवादी राजनीति गर्ने भन्नु कम्तीमा सकारात्मक पक्ष हो । यसको विकल्प पनि थिएन किनकि कांग्रेस पनि समाजवादी बाटोमै छ ।

समाजवादी भनेपछि यसमा बढीभन्दा बढी गरिखाने वर्गको सम्बोधन गरिनुपर्छ । श्रमिक वर्गको राजनीति गर्नुपर्छ यसमा । तर, नयाँ शक्तिले जुन भीडको राजनीति गर्दै छ, यसमा श्रमिकवर्ग परेको छैन ।

सम्भ्रान्त वर्गको पार्टी यति धेरै हुँदाहुँदै अर्को सम्भ्रान्त वर्गको पार्टी चाहिएको थिएन । नेपालमा पार्टी नै नभएको त गरिखाने र उत्पीडित वर्गको हो ।

गरिबको पार्टी भएन

जब कि, मध्यमवर्गका लागि राजनीति गर्ने धेरै पार्टी छन् नेपालमा । कांग्रेस, एमाले र पछिल्लो समय माओवादी पनि सम्भ्रान्त वर्गको पार्टी बन्दै छ ।

सम्भ्रान्त वर्गको पार्टी यति धेरै हुँदाहुँदै अर्को सम्भ्रान्त वर्गको पार्टी चाहिएको थिएन । नेपालमा पार्टी नै नभएको त गरिखाने र उत्पीडित वर्गको हो ।

तर ती गरिखाने वर्गको पार्टी नयाँ शक्ति बन्न सक्छ कि सक्दैन भन्ने मेरो चासो थियो । त्यो वर्गको पार्टी भएर आइदिए हुन्थ्यो भन्ने मेरो आशा थियो । तर, त्यो छाँटकाँट देखिएन ।

दुई प्रमाण छन् । एक त कार्यक्रममा जोड दिइएको नै छैन । प्राथमिकता नै छैन । अर्को, संगठनको नीति यस्तो छ कि यसमा जो पनि भित्रिन सक्ने । सदस्यता रकम तिरेपछि जो पनि छिर्न सक्ने भयो ।

shyam shrestha (1)
यसरी श्रमिक वर्ग यसबाट वञ्चित नै रहने देखिन्छ । खासमा छाप्रे, ढाक्रे र गरिखानेको पार्टी आवश्यक थियो । तर, नयाँ शक्ति त्यो बन्न सकेन ।

८५ प्रतिशत गरिखाने वर्ग छ भने बाँकी १५ प्रतिशत सम्भ्रान्त वर्ग छ नेपालमा । ८५ प्रतिशतको राजनीति गर्दा त्यसले ल्याउने लोकप्रियता र समृद्धिमा खेल्ने भूमिकासँग १५ प्रतिशतको राजनीतिले प्रतिस्पर्धा गर्न सक्दैन ।

८५ प्रतिशतको प्रतिनिधित्व गर्दै निम्नमध्यम वर्ग र त्यसभन्दा तलको निम्नवर्गको प्रतिनिधित्व गर्ने पार्टी बन्न सकेको भए नयाँ शक्तिको शक्ति अपार हुन्थ्यो ।

नेपालमा जति पार्टी पनि ८५ प्रतिशतको राजनीति गर्छुृ भन्दै आउँछ र सिंहदरबार छिरेपछि १५ प्रतिशतको राजनीतिमा झर्छ । अहिलेसम्म भएकै यस्तो छ । सुरुमा सिंहदरबार बदल्छु भन्छ । पछि सिंहदरबार उस्तै हुन्छ र उसैलाई बदलदिन्छ ।

नयाँ शक्तिले सिंहदरबार बदल्ने वा व्यवस्था बदल्ने राजनीति गर्नुपथ्र्यो । नेपालमा जुन वर्गले परिवर्तनको स्वाद चाख्न नपाएको वर्गका राजनीति गर्नुपथ्र्यो ।

तर, गर्ने छाँटकाँट छैन । केही संकेत छैन । नयाँ शक्ति पार्टी बनाउने ढंगले वा पार्टीको राजनीतिक विचारले पनि त्यो संकेत देखिएको छैन ।

समृद्धिको कार्यक्रम त भारतमा नरेन्द्र मोदीले पनि दिएकै छन् । बाराक ओबामाले पनि समृद्धिको कार्यक्रम दिएका छन् । तर, ती सबै मध्यम वर्गको समृद्धिको कार्यक्रम हो । तर, यहाँ श्रमिक वर्गको कार्यक्रम खोइ त ।

अहिले शक्ति र पैसा छ भने सिंहदरबारमा कानुनले नमिल्ने काम पनि बन्छ । पैसा र शक्ति छैन भने हुन काम पनि बन्दैन । नेपाल बिग्रिएकै यसरी हो । ढाक्रे वा छाप्रे गए पनि काम बन्छ भन्ने व्यवस्था आयो भने मात्रै गरिखाने वर्गको उत्थान हुन्छ ।

मध्यम वर्ग त उँभो लागेको लाग्यै हो नि । उँभो लाग्न नसकेको त निम्नमध्यम वर्ग र निम्नवर्ग हो नि ।

अहिले शक्ति र पैसा छ भने सिंहदरबारमा कानुनले नमिल्ने काम पनि बन्छ । पैसा र शक्ति छैन भने हुन काम पनि बन्दैन । नेपाल बिग्रिएकै यसरी हो । ढाक्रे वा छाप्रे गए पनि काम बन्छ भन्ने व्यवस्था आयो भने मात्रै गरिखाने वर्गको उत्थान हुन्छ ।

वास्तविक त व्यवस्थामा नै खराबी हो । नयाँ शक्तिको काम भनेको ढाक्रे, छाप्रे, गरिब सबैको राज्यसँग समान पहुँच स्थापित गर्ने व्यवस्था ल्याउनु हो ।

पैसा छ, कानुन छ, पैसा छैन, कानुन छैन । शक्ति छ, सबथोक हुन्छ, शक्ति छैन केही छैन । भट्टराईको पार्टी यसमा केन्द्रित हुनु आवश्यक थियो ।

अहिलेसम्म आएको परिवर्तन निम्नवर्गमा पुगेन । खासगरी तीन ठाउँमा पुगेन । गरिब, गरिखाने वर्ग र गाउँमा पुगेन परिवर्तन । सहरमा परिवर्तन भएकै हो । सम्भ्रान्तकहाँ विकास नै विकास हो । सम्भ्रान्त वर्गमा विकास कैद भएको छ । गरिखाने वर्ग र गरिबकहाँ विकास र परिवर्तन चाहिएको हो । नयाँ शक्तिले यो कुरा अझै उठाएन । खाडल अझै रहेको छ । अनिकाल अझै रह्यो ।

shyam shrestha (12)
‘मेन स्ट्रिम पोलिटिक्स’मा नयाँ शक्तिको प्रभाव

कांग्रेस, एमाले, माओवादीमात्रै प्रतिस्पर्धी थिए । अब नयाँ शक्ति पनि अवश्य प्रतिस्पर्धामा आएको छ । केही विज्ञान, प्रविधिलाई अवलम्बन गर्ने, समाजवादलाई समुन्नत पार्ने भनेको छ, त्यो राम्रो पक्ष हो ।

एउटा मान्छेले एक वा दुईपटक मात्रै चुनाव लड्ने, सबै मान्छे चुनिएर आउने, चुनिएको मान्छेलाई फिर्ता बोलाउन मिल्ने भनिएको छ । यी राम्रा कार्यक्रम हुन् ।

कांग्रेस, एमाले र माओवादी कसरी अघि बढ्छन् भन्ने कुराले नै नयाँ शक्तिको पनि भविष्य निर्धारण गर्छ । कांग्रेस, एमाले अहिलेकै ढंगले जान्छन् भने नयाँ शक्ति पनि आम आद्मी पार्टीजस्तै बन्न सक्छ ।

तर, ती त सानो पाटो हुन् । मूल पाटो के भने विचार हो । परिवर्तन कसलाई, कसका लागि बदल्ने । कसको राजनीति गर्ने भन्ने छुट्यो । नयाँ शक्तिले केही राम्रा कुरा त निकालेको छ । तर, जुन वर्गका लागि काम गर्नुपर्ने हो, त्यो गर्न सक्ने देखिएन । यसैले छ्यासमिस हुने भयो ।

दिल्लीको आम आद्मी पार्टीजस्तै

कांग्रेस, एमाले र माओवादी कसरी अघि बढ्छन् भन्ने कुराले नै नयाँ शक्तिको पनि भविष्य निर्धारण गर्छ । कांग्रेस, एमाले अहिलेकै ढंगले जान्छन् भने नयाँ शक्ति पनि आम आद्मी पार्टीजस्तै बन्न सक्छ ।

एमालेले बजेट ल्याउँदा लोकप्रिय बजेट ल्यायो । बजेट कार्यान्वयन गर्न सक्यो भने राजनीतिक अवस्था एककिसिमको हुनेछ । गर्न सकेन भने अर्कै अवस्था हुनेछ ।

नयाँ शक्ति एक्लैले मात्र गरेर हुँदैन । अरू पार्टी कसरी प्रस्तुत हुन्छन् भन्नेमा नयाँ शक्तिको भविष्य निर्धारण हुन्छ । अरू सबै पार्टी यसैगरी चलिराखे भने नयाँ शक्ति बलियो हुन सक्छ । अन्य पार्टीको लोकप्रियताको ग्राफ घट्यो भने यसको बढ्ने निश्चित छ ।

राजनीति कहिल्यै पनि ‘ब्ल्यांक’मा चल्दैन । शून्यमा चल्दैन । आधारमा चल्छ यो । एकठाउँमा खाडल पर्नेबित्तिकै अर्को ठाउँमा उँचो हुन्छ । एक ठाउँमा लोकप्रियता खाडल पर्नेबित्तिकै अर्को ठाउँमा लोकप्रियता उँचो हुन्छ ।

भ्रष्टाचार, काबोबजारीलगायत यस्तै समस्या हुँदै जाने हो भने नयाँ शक्ति लोकप्रिय बन्नेछ । आफ्नो मैदान लिनेछ । चुनावमा पनि यसले दख्खल दिनसक्ने सम्भावना छ ।

एमाले–कांग्रेसभन्दा कति नयाँ ?

नयाँ शक्ति पनि एमाले कांग्रेसभन्दा वर्गगत हिसाबले भिन्न छैन । समान नै देखिन्छ । समाजवादकै राजनीति गर्ने देखिन्छ यसले पनि । केही नारामात्रै भिन्न छन् ।

shyam shrestha (4)
काम गर्ने शैली, ढाँचा र रूप भिन्न देखिएको छ । जस्तै कुनै पनि नेता चुनिएरै आउने र फिर्ता बोलाउन सक्ने, समावेशी, समानुपातिक पार्ने कुरा ।

र, यी कार्यक्रम एमाले, कांग्रेसभन्दा फरक भने पक्कै हुन् । यो भिन्न सारमै हुन्छ कि रूपमा मात्रै भन्ने कडा प्रश्न हो । सारमा यसले ल्याउने कार्यक्रम र विचारमा हुनुपर्ने हो । सारमा एमाले, कांग्रेसभन्दा फरक छैन ।

जथाभावी मान्छे संकलन गर्ने काम जे गरेको छ, यो नयाँ होइन । यसअघि एमालेले पनि यस्तै गरेको थियो । थुप्रै कलाकार, बुद्धिजीवीलाई पनि भित्र्याएको थियो ।

जनसेनादेखि प्रहरी हाकिम र पञ्चसम्म

जहाँसम्म सबै किसिमका मान्छे छन्, यहाँ यो जानीबुझीकनै गरिएको हुन सक्छ । सबै क्षेत्रका मान्छे छन् भनेर लोकप्रियता कमाउने प्रयास गरिएको हो । तर, यो ‘अट्र्याक्सन’ नभएर ‘डिस्ट्र्याक्सन’ पनि हुन सक्छ ।

प्रहरीका कतिपय भ्रष्ट मान्छे पनि यसमा आएका छन् । राजनीतिमा नेपाललाई खुलेआम उदारवादमा लैजाने मान्छे पनि छन् । यस्ता कुराले कति टिकाउलान् वा भत्काउलान् भन्ने सोचनीय छ ।

जथाभावी मान्छे संकलन गर्ने काम जे गरेको छ, यो नयाँ होइन । यसअघि एमालेले पनि यस्तै गरेको थियो । थुप्रै कलाकार, बुद्धिजीवीलाई पनि भित्र्याएको थियो ।

एमाले त्यही काम गरेर कहाँ पुग्यो हामीले देखेका छौँ । जुन किसिमका मान्छेको यहाँ भीड छ, यसले आकर्षित गर्छ कि विकर्षित भन्ने हो ।

सिंगल बाबुराम भट्टराई

जनताले कुरा हेर्दैन । व्यवहार र चरित्र हेर्छ । बाबुराम भट्टराईको चरित्रले पनि एउटा आकर्षण देखाउँछ । उहाँले बोलेको कुरा गरेर देखाउने भनेर चिनिएको छ । यसैले पनि यो पार्टी सिंगल बाबुराम भट्टराईमा केन्द्रित पार्टी हो । बाबुराम भट्टराई छ र त्यहाँ मान्छे आकर्षित भएका छन् ।

तर, काम गरेर देखाइन्जेल मान्छे आकर्षित हुन्छन् नगरेपछि हुँदैनन् । चरित्र व्यवहारमा यो पार्टीले कति नयाँपन ल्याउनेछ त्यो प्रश्नचिह्न बाँकी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल