प्रेम–संवाद : ‘आजको पुस्तामा लभ–सेक्सको गफ अश्लिल हुन्न’

-  |   राजेन्द्र थापा, लेखक

प्रेम–संवाद : ‘आजको पुस्तामा लभ–सेक्सको गफ अश्लिल हुन्न’

rajendra-thapa-1 (1)सेक्सबारे मेरो उपन्यासको पात्र स्मिताजत्तिको खुलेर बोल्न म पक्कै सक्दिनँ । खुलेर मात्रै के, संकेतमा पनि भन्न नसक्ने हाम्रो सामाजिक प्रवृत्ति छ । म पनि त्यही प्रवृतिवाला जीव हुँ । पति पत्नीबीच पनि खुल्न नसक्नेमध्येकै हुँ । तर सेक्सका हर चाह र आह हदभन्दा बढि नै स्त्री पुरुष दुवैका मन मस्तिष्कमा निसंकोच आउँछ आफसेआफ । हामी मनमनै सोच्छौँ, आनन्द लिन्छौँ र ‘वातावरण र संगत’ हेरी केही प्रतिक्रिया पनि गरी नै रहेका हुन्छौं । कसैका प्रतिकृया सिधा र कसैका टेढा होलान्, फरक त्यति मात्र हो । हुन त कसैले केही बोले उपस्थित सबैले धेरै बुझ्ने, हाँस्ने, आँखा नचाउने, ओंठ खुम्चाउने गरेर धेरै बुझेको संकेत गरिहाल्छौँ । त्यसलाई कति र कहाँबाट अश्लिल मान्ने ? मापदण्ड के ?

स्त्री–पुरुष भेद

सार्वजनिक स्थलमा लेडिज र जेन्ट्स ट्वाइलेट बनाइने कारण जे हो, त्यही नै भेद हो पुरुष र स्त्रीबिच । अर्थात प्रकृतिको एकमात्र लक्ष्य हरेक जीवले आफूजस्तै अर्को जीवहरूको उत्पादन गरोस् र प्रकृति निरन्तर चलोस् भन्ने हो । यही तथ्यलाई मात्रै शतप्रतिशत मध्यनजर राखेर प्रकृतिले यौनिक अंगको निर्माण गर्ने हुनाले भाले र पोथी जीवमा अन्तर त त्यही सन्तान उत्पादनसित सम्बन्धित सबै अंगमा मात्र स्वतः हुने भयो । फरक यसैमा मात्र हो, मान्छेको भाले र पोथीमा पनि, हरेक जीवमाजस्तै ।
कुनै पनि अवस्थामा जन्माओेस् भन्नकै लागि सबैभन्दा संवेदनशील अंग र उत्तेजनामय क्रिडा अर्थात सेक्सको प्रक्रिया जीवमा विकसित भयो । अन्य जीवमा प्रकृतिले चाहेको लक्ष्य मुताविक सन्तान बचाउन सकिने मौसम अनुकल मात्रै उक्त चाहना कायम रह्यो । प्रारम्भिक मानवमा पनि त्यसरी नै ‘सिजनल मेटिङ’ अर्थात बच्चा हुर्काउन सकिने बेला मात्रै हिट आउन सक्ने गुण थियो । तर पछि मौसममाथि विजय गरेपछि इभोल्युसनको कारणले तथा मान्छेको दिमागले शरीरको सेक्स सिस्टममाथि जित्यो । सेक्सको आनन्द दिमागमा बस्यो र पस्यो । विशेष गरी पुरुषको दिमागलाई नै यसले बढि नियन्त्रण गर्यो । हो, पुरुष र स्त्रीबिचको सबैभन्दा ठूला फरक पनि यही दिमागको नियन्त्रण सिस्टममा नै छ । जबकि स्त्रीमा पनि चाहना कम हुने भने होइन ।

पुरुष मनोग्रन्थी

प्रकृतिले ‘तल’ दिएको पुरुषको सेक्सको केन्द्र इभोलुसनको क्रममा ‘माथि’ दिमागमा सर्यो । फ्रायडले भनेभैंm पुरुषको गिदीमा महिला योनी टाँस्सिएरै बस्यो । र, महिलालाई ओछ्यानमा लतार्न खोज्ने चाहना स्वभाविक रूपले हरेक पुरुषमा कायम रह्यो । त्यसैकारण आजको युगमा पनि महिला कतै र कोहीबाट पनि सुरक्षित महसुस गर्दैनन् । बलात्कार स्वभाविक र नियमिततामा परिणत भइरहेको छ । यस अर्थमा म स्वयं या अन्य कुनै पनि पुरुषभित्र ओछ्यान लतारक पात्रको बीज छँदै छैन भनेर बोल्नु झुठ हुन्छ । हो, भनिहालेँ सामाजिक अंकुशले त्यो पात्रलाई ‘इन एक्सन’ आउन अवरोध गरिरहेको मात्र हो ।
यस्ता पात्रको चित्रण मैले मेरा उपन्यास ‘खेलौना’, ‘द्रौपदी’ र ‘बदलेको कथा’मा पनि गरेको छु । तर पात्रका चरित्र फरक छन् । खेलौनामा स्त्री स्वयंले पुरुष पात्रलाई आपैmँ ‘सेड्युस’ गर्छे, सेक्सको आनन्द लिन्छे । सेक्सलाई लभमा जोड्छे । उसलाई खेलौना ठानेकाले ऊ पनि खेलौना बनाउँछु भन्छे, तर सामजिक संरचनाका कारण हरेकपटक आपैmं खेलौना बन्छे । तर द्रौपदीको सारिका निर्दोष पात्र हो । जो ६ वर्षको उमेरमा पैंतीस वर्षका आफन्तबाट दुई–तिन वर्षसम्म नियमित बलात्कृत हुन्छे । योनीबाट चुहेको रगत देखाउँदा आमाले कट्टु नलगाएकीले जुगाले टोकेको भन्छिन् । दश वर्षपछि फुपुका छोराबाट, अनि असंख्यबाट र बिहेपछि जेठाजुबाट । वलात्कारीको मनोविज्ञान र लगातार बलात्कृत हुनुको मनोवैज्ञानिक कारण मैले व्यापक चिरफार गरेको छु यही पुरुष मनोग्रन्थीलाई आधार बनाएर द्रौपदी उपन्यासमा । द्रौपदीमा सारिकाको योनीमाथिको क्रुर अमानवीय एकपक्षीय यौनिक अतिक्रमण भयो । तर खेलौनामा सहमतिपूर्ण यौनिक संक्रमण भयो । कथा संग्रह ‘बदलेको कथा’मा २६ कथामध्ये १६ कथाको मूल पात्र स्त्री नै छन् । यौनिकता र स्त्री तथा पुरुष मनोविज्ञानका विविध सामाजिक रूप, मनोवृत्ति तथा मनोदशाका सरल तर गहन चित्रण गरिएको छ । हरेकमा प्रेम र यौनिकता विषय पुरुष तथा स्त्रीका अलग दृष्टिकोण क्रिया, प्रक्रिया तथा संवाद अदभूत छन् । महिलामा प्रेमको अदभूत जिजिविषा, असुरक्षा, अनिश्चित भविष्य, सरलता तथा अज्ञानता र सामाजिक कुदृष्टिकोणका कारण जालमा पर्ने सम्भावना बढि रहेको तथ्य प्रमाणित गरेको छु । तर महिलाका गोप्य मनपेटबाटै कुनै किताबमा सायद पहिलै पटक निकालिएकाले मार्मिक, तथ्यपूर्ण तथा हृदयश्पर्शी छन् ।

पहिलो अनुभव

‘खेलौना’मा स्मिता पात्रले फस्ट लभ, फस्ट किस र फस्ट सेक्सलाई धेरै महत्व दिएकी छिन् । यो फस्ट भनेको हरेक मान्छेमा हुने एक फ्यान्टासी हो । पुरुषका हकमा सेक्स शारीरिक तनावको राहत तथा स्त्रीलाई भोगेको मानसिक पुंसकत्वको घमण्ड हो । तर महिलाका लागि सेक्स र लभ नै शुद्ध प्mयान्टेसी हुन्छ । त्यसैले उनीहरूलाई यस्तो फस्टहरूको या विशेष अवस्थाका या विशेष पुरुषसम्बन्धित घटना या सम्वाद मात्रै पनि अत्यधिक महत्व र चाहना हुन्छ । त्यसैले त्यो यादगार बन्छ । मनोविज्ञानले भन्छ, कुनै पनि महिलाले कहिले पनि विर्सन सक्दैन फस्ट किसर र फस्ट सेक्स गर्ने मान्छे । बरु भुल्न सक्छ, फस्ट लभर । भनिन्छ पुरुषले सेक्स लिन लभ दिन्छ, स्त्रीहरूले भने लभ लिन सेक्स दिन्छन् । यही तथ्यले मनोग्रन्थी र मनोविज्ञानको ग्रहणताको चित्र देखाउँछ । मैले ‘बदलेको कथा’ कथा संग्रहमा ‘विवाहित्व’ र ‘कुमारित्व’ शीर्षकका कथामा दुवै पुरुष पात्रले पुरुष मनोविज्ञानको ठाडो चिरफार गर्छ । ‘विवाहित्व’मा प्रेमकालमा स्पर्शसमेत गर्न नपाएको हुँदा प्रेम टुटेकोे दश वर्षपछि पुरुषले विवाहित पूर्व प्रेमिकालाई प्रेमको नाटक गरेर भोग्छ र पुरुष अहंकार प्रदर्शन गर्दै भन्छ ,‘उबेला कुमारित्व तोड्न नपाएको हीन भावलाई अहिले तिम्रो विवाहित्व तोडेर पखालेँ ।’ र, भाग्छ । ‘कुमारित्व’मा भने दश आइमाई चहारेको कुरा गर्व साथ पत्नीलाई सुहागरातमा धाक दिने पुरुषले आफ्नी कुमारी पत्नीको कुमारित्वमा राजा रामचन्द्र सिन्ड्रोम ग्रसित बनेर शंका गर्छ र त्यस्को उग्र प्रभाव प्रदर्शन गर्छ । यसले दुई फरक लिंगको मनोदशामा रामायणकालदेखि हालसम्म एक रौं पनि नबदलिएको तथ्यको प्रमाणिकरण गर्छ । र, झुट नबोल्ने हो भने यो रामचन्द्रिय सिन्ड्रोम ममा पनि छ र हरेक पुरुषमा हुन्छ । खाली व्यक्त या अव्यक्त मात्र फरक । कुमारित्व कथामा मूल निर्दोष पात्रकी खप्पिस दिदीबैनीहरुले यो सिन्ड्रोमको व्यवहारिक विश्लेषण गरेर समाजलाई उदांगै पारेका छन् ।

प्रेम

प्रेम यदि भर्खरको उमेर विपरित सेक्सवाला प्रति लठ्ठिनु, मस्किनु, याद गर्नु, होस हराउनु, निद्रा हराउनु आदि हो भने यस्को हिसाब कसले राख्छ र मैले पनि राख्नु ? हुन त यसलाई काफ लभ भनिन्छ । अर्थात बाच्छो आमा गाईको पछि पछि लाग्ने र दुध खान छोडेपछि भुल्ने लभजस्तै । हाम्रो कालमा यस्तो पनि एकपक्षीय मात्रै हुन्थ्यो । स्कुलहरू को–एजुकेसन थिएन । अन्त कसैले कसैसित बोल्ने ताकत के ? कलेजमा महिला थिए, तर सबले भाइ भन्थे । अनि १८ बर्षमै सेनाको रगडमा पुगेपछिको कथामा प्रेम कहानीको के अवसर ? तर पनि केही टर्नहरु आए । सरी, यो किन भनुँ ?
हाम्रा बेलाका मान्छे सब कुरालाई प्राइभेट कुरा भनेर मख्ख पर्छन् । अर्को अर्थमा रहस्य लुकाउनु श्लिलता मान्छौं । आजको पुस्ताबिच लभ सेक्सको गफ अश्लिल हुन्न । यसरी पनि श्लिता र अश्लिलताको दायरा रूप पुस्ता अनुसार परिवर्तन हुन्छ । र, ‘खेलौना’की स्मिताका लागि यसो भन्नु अश्लिल हैन । खेलौना पुस्तकको ताकत नै त्यस्तो क्यारेक्टरलाई कुरा, विचार र हरकतबाट साकार पार्नु हो । खै यो गहिराइको मनन भएको ? वदलेको कथाको ‘हामी आँखा जुधाउने’ कथा मा कलेजका आजका केटाकेटीको सेक्स विषय खुला मनोदशा फेला पार्न उनिहरूकै छेऊ कति जासुसी गरें ? अचम्मको मनोदशा आइसकेको बाउआमाहरूलाई थाहा छैन ।

प्रेम–प्रस्ताव

सडकमा आँखा जुधेकालाई प्रेमप्रस्ताव भन्ने हो भने कति आए कति ? राती ओछ्यानमा कसैलाई सम्झेर एकहोरो कुरा गरेको पनि प्रेमप्रस्ताव भन्ने भए, कति हो कति । कागतमा नामको इनिसियल (पहिलो अक्षर) लेखेर ‘आई लभ यू’ लेख्ने बित्तिकै कसैले देख्ला कि भन्ने डरले कागतै च्यात्तिने गरी केरमेट गर्नेहरुले कति प्रस्ताव गरे होलान् र ? त्यसताका काठमाण्डु ज्यादै सानु चाँदीको कचौरा जस्तो थियो, जहाँ कसैले चलमल गर्ने बित्तिकै चिप्लेर खसिहाल्थ्यो । धेरै परिपक्व भएपछिको कुरा गर्ने हो भने एक लड्की र मबीच कयौं सयौं प्रेमपत्र लेखिए, ‘पर लैजाऊ पूmलहरू’ भन्ने गीत तिनै एक लभलेटरको बेहोराबाट पछि रचना भएको हो, ३४ सालतिर । तर हाम्रो लभ स्टोरी एक वर्ष पनि चलेन । किनभने हाम्रो बे भइहाल्यो ।

माया गर्ने मान्छे

कुनै पनि विवाहित पुरुषलाई निकट र माया गर्ने स्त्रीबारे सोध्दा एउटै सार्वजनिक उत्तर दिन्छ – ‘मेरी पत्नी ।’ कोही माईका लाल छन्, अर्को खालको जवाफ दिने ? यही हो हाम्रो पाखण्ड र श्लिलता तथा अश्लिलताको भ्रम । हुन त यस्तो प्रश्नमा हरेकका अँंखामा पलभरका लागि भए नि अनुहार या अनुहारका फाइलहरू फटाफट पल्टिन थालिहाल्छ, हैन र ? यही मनोभाव नै मान्छे, सेक्स र लभबिचको तानातान र हानाहान हो ।

पुरुष–ग्रन्थी

स्त्री र पुरुषबीच माया, मोह, संगत आदि विभिन्न चाहना र क्रियाका आधार र अन्त खासमा यौनमा नै हुनु प्राकृतिक हो । तर मान्छेले त्यसैभित्रबाट अन्य भाव र चेत तथा चाहनाहरूको अविष्कार गरेर यौनभन्दा फरक अरू कुरा पनि छन् भन्ने गर्छ । तर वास्तविक तथ्य भने फ्रायडले भनेकै कुरा नै हो ।
त्यसैले पुरुषलाई स्त्री हुने चाहना हुन्न । बरु स्त्री पाउने चाहना हुन्छ । पुरुष ग्रन्थी स्त्रीमुखी मात्र हुन्छ, स्त्रीमय हैन ।

स्तना ध्यान

महिला देख्दा पहिलो ध्यान स्तन…स्तन र स्तनमा जान्छ । ध्यानमात्र हैन, स्तन देखेपछि त्यही स्तनमा अन्तध्र्यान हुन मन लाग्छ । तर यस्तो शक्तिशाली सेक्स सिम्वल स्तनमा सेक्स मात्र हैन गहिरै तरिकाले ममता पनि जोडिएको हुन्छ । हरेक बच्चाले महसुस गर्ने तथा भोग्ने पहिलो जैविक वस्तु भनेकै आमाको स्तन हो । त्यही अव्यक्त तथ्यले पनि स्तनमा मानिसको मस्तिष्क गाँजिएको हुन्छ । र, मेरो पनि त्यही हो । वास्तवमा आइमाईको नजर पनि अर्की आइमाईको स्तनमा ठाडै ठोकिन्छ तर फरक के भने उन्लाई उन्माद आउँदैन । जसरी पुरुष ग्रन्थीमा अचानक भीषण आगलागी हुन्छ, आकर्षक स्तनको दर्शनमा । तर अचम्म के भने मुन्टै देख्दा पनि दुध खुवाइरहेको स्तनमा एक झलक कर्के नजर पुगे पनि मस्तिष्कको सेक्स ग्रन्थीमा तरंग आउंदैन । यसको अर्थ स्तनको प्रभाव शारीरिक नभई मानसिक रहेछ । साथै भर्खर फुल्दै गरेको सिमलकाँडेदेखि आँपे स्तनसम्मको दर्शनले विचलित बनाउँछ । यसको बयान खेलौनामा स्मिताले गजव दिएकी छे । लोलिता कम्प्लेक्स पनि महिला अंगको कारणले नभई यही सिमल काँडे स्तनका कारणले हो भन्ने धारणा मेरो छ ।

प्रस्तुति ः:कला अनुरागी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल