गायिका कोमल वली सफल सञ्चारकर्मी पनि हुन् । केही वर्षअघि उनले चलचित्रमा अभिनय पनि गरेकी थिइन् । तर पछिल्लो समय भने सक्रिय राजनीतिमा आउने चासो देखाएकी छन् ।
त्यसो त कोमल बहुआयामिक व्यक्तित्व हुन् । खेल, राजनीति, सम्पत्ति, मदिरालगायत कोमलको जीवनका अनेक आयाममाथि रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :
दैनिक कामकाजमा कुर्ता सलवार लगाउँछु म । यो बढी कम्फोर्टेबल लाग्छ । सांगीतिक कार्यक्रम वा मेला महोत्सवमा भने विभिन्न भेराइटीका कपडा लगाउँछु । यस्तै मौसमअनुसार पनि पोसाक छनोट गर्छु ।
क्रिम कलर मेरो फेभरेट हो । त्यसपछि रेड र ब्राउन । ठाउँ र परिस्थितिअनुसार कपडा छान्ने गर्छु । जस्तै धार्मिक कार्यक्रममा र स्टेज पर्फमेन्समा फरक हुन्छ । रातिको कार्यक्रममा चम्किनेकिसिमको कपडा लगाउँछु । दिउँसोको स्टेज पर्फमेन्समा भने ‘बडी’ देखिनेखालको कपडा लगाउँछु । यस्तो बेला शरीर देखाउने किसिमको पाइन्ट र सर्ट लगाउँछु ।
ब्रान्ड कन्सस छैन म । तर, राम्रा कपडा छान्दा ब्रान्डेड पनि पर्दारहेछन् । बरु नेपाली उत्पादनमा पनि रुचि बढेको छ अचेल । कपडामा वार्षिक बजेट छुट्याउने चलन भने छैन । विदेश गएको बेला राम्रो कपडा देखेपछि किनिहाल्छु । बजारमा हिँड्दा आहाजस्तो लाग्यो भने गाडी रोकेर किन्छु । दसैँ र तीजमा चाहिँ बुटिक नै गएर कपडा बनाउँछु ।
घरमा बस्दा समय मिले आफैँ पकाउँछु पनि । स्पेसल खसीको मासुको कबाब, सेलरोटी र खुर्मा रोटी निकै मीठो पकाउँछु म । घरमा पकाउने मान्छे नहुँदा र दसैँ/तिहारको बेला मैले नै पकाउँछु ।
मेरो खाना
मलाई मन पर्ने खाना मकैको रोटी र मकैको भात हो । बेला–बेला मकैका परिकार खान्छु । साँझ प्रायः भात खान्न । गर्मी मौसममा धेरैजसो माड खान्छु, अरू बेला जे उपलब्ध हुन्छ त्यही ।
विदेशी खाना चाख्न मन लागे परिवारसँग रेष्टुरेन्ट जान्छु । रेष्टुरेन्टमा चाहिँ कोरियन, जापनिज, चाइनिज र इटालियन खाना मन पर्छ । त्यहाँ गएर चाइनिज नुडल्स, जापानिज सुसी, सालमोनको भेराइटी र सुसी खाने गर्छु ।
घरमा बस्दा समय मिले आफैँ पकाउँछु पनि । स्पेसल खसीको मासुको कबाब, सेलरोटी र खुर्मा रोटी निकै मीठो पकाउँछु म । घरमा पकाउने मान्छे नहुँदा र दसैँ÷तिहारको बेला मैले नै पकाउँछु ।
मेरो फिटनेस
हरेक बिहान ५ः३० बजे उठ्छु । त्यसपछि २५ मिनेटसम्म योगा गर्छु । अनुलोम बिलोम र कपालभाँती गर्छु । ठीक ६ बजे घरबाट निस्कन्छु । एक घन्टा मर्निङवाक गरेपछि ७ बजेदेखि ३० मिनेट एक्सरसाइज गर्छु र सावर लिन्छु ।
त्यसपछि भगवान्को पूजा गर्छु । तुलसीमा पानी चढाउँछु । आठ बजे ब्रेकफास्ट लिन्छु । कर्नफ्लेक्स लिन्छु । र, भएसम्म एउटा स्याउ नियमित खान्छु । पानी पिएर चिया पिउँछु ।
नौ/दस बजे भेट्न आउने मान्छेलाई समय दिन्छु । कुकुरसँग खेल्छु । उफार्छु र बिस्कुट खुवाउँछु । समयमै खाना खान्छु । साँझ रोटी खान्छु ।
म स्कुल पढ्दा भलिबलको टिम क्याप्टेन थिएँ । एथ्लेटिक्सको राष्ट्रिय खेलाडीका रूपमा तीन साफ बंगलादेश साफ, पाकिस्तान साफ र कलकत्ता खेलिसकेकी छु ।
एथ्लेटिक्समा चार रिले आठ सय मिटर मेरो विशेषता हो । खेलकुदमा सानैदेखि मेरो लगाव थियो । राप्ती अञ्चलको फुटबल टिम क्याप्टेन थिएँ । भलिबलमा राष्ट्रिय खेल खेल्न पाइनँ ।
वीरेन्द्र रनिङ सिल्डमा जहिले पनि फस्र्ट सटर हुन्थेँ । भलिबल मलाई निकै मन पर्ने खेल हो । अचेल पनि रंगशालामा खेल भएको बेला जान्छु । राष्ट्रिय टिमलाई विस गर्न गएकी थिएँ । अहिलेका धेरै कोच मेरो पालाको खेलाडी हुन् । मलाई राम्ररी चिन्छु । भलिबल एसोसिएसनमा आउन अनुरोध पनि गर्नुभएको छ । सोच्दै छु म ।
पञ्चायतकालमा खेलकुदलाई धेरै प्राथमिकता दिइएको थियो । त्यस्तो अहिले छैन । त्यसबेला जस्तो अनुशासन अहिले छैन खेलमा । पञ्चायतकाल खेलकुदका लागि उज्यालो समय थियो ।
घुमफिरमा साह्रै रुचि छ । जति घुम्यो त्यति नयाँ जीवन पाएको महसुुस हुन्छ मलाई । सांगीतिक कार्यक्रम, मेला/महोत्सवमा पनि गाउँमा जान मन लाग्छ मलाई ।
मेरो घुमफिर
घुमफिरमा साह्रै रुचि छ । जति घुम्यो त्यति नयाँ जीवन पाएको महसुुस हुन्छ मलाई । सांगीतिक कार्यक्रम, मेला÷महोत्सवमा पनि गाउँमा जान मन लाग्छ मलाई ।
देशका धेरै ठाउँ पुगेको छु । दुई/तीन जिल्लामात्रै घुम्न बाँकी छ अब । ४० देश घुमिसकेँ । राराजत्तिको राम्रो अर्को ठाउँ देखेकी छैन । बिहे गरेपछि हनिमुन मनाउन रारा जानेछु ।
मैले बिहे गर्ने बेलासम्म रारामा रिसोर्ट पनि बन्ला सायद । मेरो बिहे र रिसोर्टसँगै पो हुन्छ कि । घुम्न चाहेर पनि नपाएको देश अमेरिका हो । तर, भिसा नै दिएन मलाई । ४० देश गइसकेँ, अमेरिका जाने रहर मेटिएको छैन । गत वर्षको तीजमा एउटा सांगीतिक कार्यक्रममा जान एप्लाइ गरेकी थिएँ ।
मेरै नाममा अमेरिकामा तीज कार्यक्रम थियो । तर पनि भिसा पाइएन । भिसा नदिएपछि हप्ता दिनमा फेरि ‘अपिल’ गर्दा पनि सफल भइएन । विश्वको शक्तिशाली र समृद्ध देश भनेर अमेरिकाको जस्तो चर्चा छ, त्यही हेर्न पनि जाने उत्सुकता छ ।
सांगीतिक कार्यक्रमबाहेक घुम्नकै लागि पनि नयाँ ठाउँ जान्छु म । साउथ अफ्रिकाको केपटाउन, क्याम्बोडिया र फ्रान्स पेरिस आफ्नै खर्चमा गएँ ।
मेरो अध्ययन
बजारमा चर्चामा रहेका सबै किताब पढ्छु । पछिल्लोपटक पढेको पुस्तक विनोद चौधरीको आत्मवृत्तान्त । केही समयअघि विदेश जानेक्रममा पढेकी थिएँ । त्यसअघि रुक्मांगद कटवालको पुस्तक पढेकी थिएँ ।
धेरैजसो फिक्सन पढ्न मन लाग्छ । साहित्यको अध्ययनले गीत गाउन र बोल्न पनि सघाउँछ । लक्ष्मीप्रसाद देवकोटाका सबै पुस्तक पढेँ । पछिल्लो समय अमर न्यौपाने, बुद्धिसागर, विजयकुमार, नारायण वाग्ले, डायमन्ड शमशेर, कृष्ण धरावासी, हर्मन हेसेका पुस्तक पढेकी छु । अचेल भने धार्मिक पुस्तकमा रुचि बढेको छ । ओम शान्तिको पुस्तक पढ्दै छु ।
प्रायः किताब किनेरै पढ्छु । किताब किन्ने भनेर बजेटिङ त गर्दिनँ । तर, पुस्तक मेला र पुस्तक पसलमै गएर किन्छु । न्युरोडतिर केही पसलेले त मलाई चिनिसकेका छन् । बाटोमा देखे भने पनि बोलाउँछन् । म आफैँ पनि लेखिरहेकी छु अहिले । चाँडै मेरो किताब आउँदै छ, ‘म कोमल ओली’ । वैशाख १ गते मेरो जन्म दिनको अवसरमा यो किताब सार्वजनिक गर्ने तयारीमा छु ।
केही दिन फुर्सद हुँदा परिवारलाई गाडीमा राखेर बाहिर पनि जान्छु । रेष्टुरेन्ट लैजान्छु । तर, फुर्सद खासैै हुँदैन । रेडियो नेपालको काम र सांगीतिक कार्यक्रमले गर्दा व्यस्त भइन्छ ।
मेरो फुर्सद
नियमित कामबाट फुर्सद लिने बानी छैन मेरो । संयुक्त परिवारमा भएकाले पारिवारिक समस्या छैन । घरायसी कामको चिन्ता मैले लिनु पर्दैन ।
म त कपाल बनाउने, गाडी सफा गर्ने, मेकअप गर्ने, कार्यक्रमको सेड्युल बनाउने, विदेशबाट ल्याएका कपडा कत्तिको सुहाउँछ भनी ऐना हेरेर बस्छु ।
केही दिन फुर्सद हुँदा परिवारलाई गाडीमा राखेर बाहिर पनि जान्छु । रेष्टुरेन्ट लैजान्छु । तर, फुर्सद खासैै हुँदैन । रेडियो नेपालको काम र सांगीतिक कार्यक्रमले गर्दा व्यस्त भइन्छ । बिदाको बेला झन् धेरै कार्यक्रम हुन्छन् । बरु कहिलेकाहीँ छिमेकीको घरमा जान्छु र चिया पिएर गफिन्छु ।
अचेल राजनीति गर्न मन लागेको छ मलाई । पार्टी खोज्दै छु, कुनमा प्रवेश गरौँ भनेर । अबको निर्वाचनमा मलाई कुनै एक चुनावी क्षेत्रको उम्मेदवारका रूपमा देख्नुहुनेछ । चुनाव लड्ने इच्छा बढेको छ । म गम्भीर रूपमा सोच्दै छु ।
त्यसो त राजनीति गर्न सानैदेखिको रहर थियो । तर, वातावरण भएन । बुवाले स्कुल खोलेर गाउँमा टिचर बनाउन चाहनुहुन्थ्यो । किनकि गाउँमै राखेर राजनीति गराउन भनेर शिक्षक बनाउन चाहनुहुन्थ्यो । तर, म प्रतिभाशाली भएकाले फड्को मारेर काठमाडौं आइपुगेँ ।
राजनीतिमा सफलता पाउनभन्दा पनि राजनीतिबाट आफ्नो क्षमता देखाउन चाहना छ मलाई । मसँग जे क्षमता छ, कलाकारका रूपमा परिवर्तन गराउन सम्भव भएन । गाउँ–गाउँ जाँदा जे दुःख देखेँ धेरैपटक रोएर फर्केकी छु ।
अचेल लाग्दै छ– मैले गल्ती गरेँ । संविधानसभा निर्वाचनमा कुनै पार्टीबाट राजनीतिमा आउनुपर्ने थियो । म राजनीतिज्ञ भइदिएको भए देखिनेगरी वास्तविक परिवर्तन गराउँथेँ ।जति भाषण गरिए पनि दुःख पाउने जनता दुःखी छन् । जति पनि राजनीति भएको छ, आफ्ना सन्तानलाई पालनपोषण गर्न र सत्ता पाउनमात्रै भएको छ ।
दैलेख गएर बालबालिकाको बाल विवाहबाट प्रताडित भएका नानीको अवस्था देखेर रोएँ । जाजरकोटमा स्कुल पढ्ने बच्चाहरूले रक्सी खाएको देखेको छु ।
त्यसै उद्योगपति धनी बनेका होइन रहेछन् । त्यहाँ गाउँमा दूध, दही छैन तर चाउचाउ र रक्सी छ । यही दुई चीज बनाउने मान्छे धनी भएछन्– हाम्रो देशमा । यस्ता उत्पादनले मान्छेलाई मान्छे भएर बाँच्न दिएनन् ।
अचेल लाग्दै छ– मैले गल्ती गरेँ । संविधानसभा निर्वाचनमा कुनै पार्टीबाट राजनीतिमा आउनुपर्ने थियो । म राजनीतिज्ञ भइदिएको भए देखिनेगरी वास्तविक परिवर्तन गराउँथेँ ।
जति भाषण गरिए पनि दुःख पाउने जनता दुःखी छन् । जति पनि राजनीति भएको छ, आफ्ना सन्तानलाई पालनपोषण गर्न र सत्ता पाउनमात्रै भएको छ ।
यो राजनीतिक शैली अन्त्य हुनुपर्छ । यसका लागि अर्को शक्ति जन्मनु जरुरी छ । किन नयाँ शक्ति भनेका रहेछन् भन्ने सोच्दा यस्तै लाग्छ । तर, बाबुरामजीको नयाँ शक्तिमा चाहिँ विश्वास छैन ।
पशुपति र बागमती सफा गर्नकै लागि नयाँ शक्ति किन चाहियो । त्यसका लागि त पशुपति विकास कोषको खर्बौं बजेट छँदै छ नि । मोदीले करोड दिएर गएका थिए । त्यही रकम पनि खर्च हुन सकेन ।
यहाँ गाउँ सफा गर्नु जरुरी छ, जहाँ मान्छेले मान्छे भएर बाँच्न पाएका छैनन् । राजनीतिले मान्छेलाई पैसा दिएर बोल्न नसक्ने बनाइदिएको छ ।
सबै खेल पैसाले गरेको छ । मनमा रगत उम्लेर आउँछ, बाटोभरि सोच्छु– म राजनीतिमा आउनैपर्ने थियो । हाम्रोजस्तो देशमा राजनीतिले नै प्रत्यक्ष प्रभाव पार्दोरहेछ ।
म राजनीतिमा आउन अति इच्छुक छु । अबको एक/एक महिनामै सार्वजनिक गर्नेु कुनै पार्टीमा प्रवेश गर्नेछु । राप्रपा नेपाल पनि हुन सक्छ । उहाँहरूले भनिरहनुभएको छ । तर, हेर्दै छु । हालैमात्र नयाँ शक्तिबाट राप्ती अञ्चलका नेताहरूले फोन गरेर डा. बाबुराम भट्टराईलाई भेट गराउने कुरा गर्नुभएको छ ।
अमेरिकामा माइकल ज्याक्सन वा ब्रायन एडम्सले बोलेको कुराले चेन्ज ल्याउँछ होला तर हामी यहाँ गायकले गाउँदा र बोल्दा पनि परिवर्तन गर्न नसकिँदोरहेछ । झन्डा हल्लाएर हिँड्नका लागि मात्रै होइन कि, महसुुस गराउने परिवर्तन गराउने राजनीति नै गर्नुपर्ने रहेछ ।
यसैले पनि म राजनीतिमा आउन अति इच्छुक छु । अबको एक/एक महिनामै सार्वजनिक गर्नेु कुनै पार्टीमा प्रवेश गर्नेछु । राप्रपा नेपाल पनि हुन सक्छ । उहाँहरूले भनिरहनुभएको छ । तर, हेर्दै छु ।
हालैमात्र नयाँ शक्तिबाट राप्ती अञ्चलका नेताहरूले फोन गरेर डा. बाबुराम भट्टराईलाई भेट गराउने कुरा गर्नुभएको छ । अरू पार्टीका नेताले पनि आग्रह गर्नुभएको छ । तर, निर्णय गरेको छैन । यो तीजमा शिवजीसँग प्रार्थना गर्छु र राजनीतिमा लाग्छु । तीजपछि सक्रिय राजनीतिमा लाग्नेछु ।
नियमित चलचित्र हेर्ने बानी छैन मेरो । अनुकूल मिल्यो भनेमात्रै हेर्छु । पछिल्लोपटक हेरेको चलचित्र ‘सिभिल वार’ हो । सिटी सेन्टरमा हेरेको थिएँ । ‘टलकजंग भर्सेज टुल्के’, ‘रामप्यारी’ लगायत फिल्म यसअघि नै हेरेकी थिएँ । विदेश यात्रा गर्दा प्लेनमा पनि फिल्म हेर्छु ।
मेरो मोबाइल
अहिले म सामसुङ एस–फाइभ चलाउँदै छु । एउटै मोबाइल छ साथमा । मलेसिया जाँदा ७१ हजारमा किनेको हो– यो मोबाइल । यसअघि नोकिया इ–सेभेन थियो । केही महिनाअघि मात्र भक्तपुर महोत्सवक्रममा आइफोन–सिक्स–एस झोलाबाटै हरायो ।
मोबाइलमा क्रेजी छैन म । कुरा गर्न, फेसबुक चलाउन र म्युजिक ट्र्याक सुन्नका लागि मात्रै मोबाइल प्रयोग हुन्छ । मोबाइल फेरिरहने बानी पनि छैन । बिग्रियो वा हरायो भनेमात्रै चेन्ज गर्छु ।
मेरो टीभी
टीभीमा म्युजिकल प्रोग्राम, कमेडी र विश्व समाचार धेरै हेर्छु । एमटीभी र जुम मैले धेरै हेर्ने च्यानल हुन् । विश्व समाचारका लागि बीबीसी, सीएनएन ।
घरमा सामसुङको पुरानो टीभी छ । बैठक रुममा चाहिँ सोनीको टीभी छ । टीभी हेर्ने नियमित तालिका छैन । प्रायः बिहान र राति हेर्छु ।
मेरो मापसे
अहिलेसम्म कहिल्यै पनि कुनै प्रकारको मदिराजन्य पेय पदार्थ पिएको छैन । यसमा गौरव गर्छु म । आठ कक्षा पढ्ने बेला असारको धान रापाइँताका दाङमा मात्नेगरी जाँड पिएकी थिएँ । रोपाइँको बेला घरमै जाँड बनाउने चलन हुन्थ्यो । बेस्सरी मातेछु । व्युझँदा अस्पतालमा थिएँ । त्यसपछि त्यसमा कुनै रुचि जागेन । अहिलेसम्म पिएकी छैन ।
बहिनीको बिहेमा बियर पिउने दबाब दिएका थिए । तयारी पनि गरेकी थिएँ तर सकिनँ । मेरो कमिटमेन्ट नै छ चुरोट, जाँड, रक्सी केही पिउँदिनँ ।
यसले मेरो जीवनमा र अनुशासनमा हानि गर्छ कि भन्ने लाग्छ । मलाई नपिउनुमै गौरव महसुुस छ । कतिले देखेका छन् म ठूला पार्टीमा नपिईकन बस्दा । कतिले भनेका पनि छन् रे कि कोमल ओलीले कस्तो बियर पिउँछे भनेर ।
मेरो संगीत
पुराना संगीत मन पराउँछु म । कुमार थापा, राम थापा, गणेश रसिकलगायतका गीत सुन्छु । घरमा यस्तै पुराना गीत–संगीतको संकलन छ ।
लोकबहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँबेँसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा ।’ अति मन पर्ने गीत हो । यो गीत गुनगुनाइरहन्छु । यस्तै तारादेवीको ‘पर्वतकी छोरी हुँ म पार्वती हो नाम’ धेरै मन पर्छ ।
मेरो भूल
त्यस्तो पछुतो लाग्ने गल्ती गरेकी छैन । कसैलाई छिटो आलोचना गरिदिन्छु । नजिकको मान्छेको पनि टिप्पणी गरिदिँदा मन छुँदोरहेछ । प्वाक्क बोलिदिन्छु । छुच्चो बानी छ मेरो । सायद आफन्त र साथीभाइबीच केही बोलेर गल्ती गरियो कि । तर, आत्मालोचना गर्ने गरी भूल भएको छैन ।
मेरो घर
२०५९ मा ललितपुरको सानेपामा घर बनाएकी हो मैले । संयुक्त परिवार भएकाले सबैको हिस्सा छ घर निर्माणमा । मेरो धेरै हिस्सा लागेको छ ।
घर बनाउनुभन्दा केही वर्षअघि मेरो पैसामा बुवाआमाको थपेर १५ लाखमा जग्गा किनेका थियौँ । त्यतिबेला ५० हजार आनाको दरले १० आना जग्गा किनियो ।
घर निर्माणक्रममा अरू सदस्यको पनि पैसा लागेको छ । आखिर बोकेर जाने होइन, कोमल ओलीकै नाममा छ– सबै सम्पत्ति ।रञ्जनसिंह शाहसँग वास्तु हेरेर घर बनाएको हो । प्रवेशद्वार, बाथरुम, बैठक कक्ष सबै उहाँकै सल्लाहअनुसार बनाइयो ।
मेरो राशि
तुला राशि हो मेरो । ग्रहदशा हेर्ने बानी छैन । केही भनिदेला र त्यही कुरामा चिन्ता होला भनेर मन लाग्दैन ।
केही कुराले छेकेको छैन भने शनिवार संकटाको मन्दिर दर्शन गर्न जान्छु । पशुपति पनि जान्छु कहिलेकाहीँ । गुरुको सल्लाहअनुसार मलाई हीरा लगाउने मन छ तर हराउला भन्ने डरले लगाउँदिनँ ।
जन्मदिनको अवसरमा पूजा गरिन्छ घरमा । र, परिवारमा रुद्रीपूजा नियमित गराउँछौँ हामी । वर्षको दुई/तीनपटक रुद्री लगाउँछौँ ।
मेरो सौन्दर्य
साह्रै सुन्दरी छु जस्तो लाग्छ आफैँलाई । मेकअपविना नै सुन्दरी छु म । बिहान उठ्नासाथ जसले हेर्छ, त्यो फेन्ट हुन्छ । मेकअप गरेपछि बरु राम्रो हुन्न म । बेला–बेला ब्युटीपार्लरको बहिनीले फोन गर्नुहुन्छ म फेसियल गर्न जान्छु ।
प्रायः म कपालको स्टाइल चेन्ज गरिराख्छु । हरेक ५/६ महिनामा कपालको स्टाइल फेर्छु । बडी मसाज पनि कहिलेकाहीँ गर्न जान्छु ।
मेरो रोग
मेरो शरीरमा कुनै समस्या छैन । चेकअप गराइराख्छु । एक्सरसाइज नियमित गर्छु । यसैले पनि पनि म स्वस्थ छु ।
एक्सरसाइजक्रममा बिहान नाच्छु पनि । कहिले करिना कपुर त कहिले ब्रिट्नी स्पेयर्सको नक्कल गरेर नाच्छु । शरीरमा पसिना आउने गरी नाच्छु । भर्याङमा पनि नाच्दै हिँड्छु ।
यसले पनि शरीर स्फुर्त छ । नियमित सन्तुलित खाना खान्छु । बिहान नियमित चार ग्लास पानी पिउँछु । भिटामिन ‘डी’ कम भयो भनेर डाक्टरले भन्नुभएको छ । अरू समस्या छैन ।
मेरो सपना
प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ । पूरा होला–नहोला । सबै सपना पूरा हुनैपर्छ भन्ने पनि छैन । सपनामै तड्पिएर बस्ने भन्ने पनि होइन । संकल्प राखेकी छु ।
जनताको अभिमत लिएर देश परिवर्तन गराउने सपना छ । प्रधानमन्त्री भए पनि मेरो गीत–संगीत यात्रा जारी रहन्छ । भाषण–शाषण गरेर हिँड्दिन । आश्वासन होइन कि काम गरेर देखाउनेछु । देशमा समृद्धि ल्याउनेछु ।
तस्बिर : अशोक दुलाल
यी छुटे कि !
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..