‘चपली गर्ल’को लेखन–यात्रा

–  |   कला अनुरागी

‘चपली गर्ल’को लेखन–यात्रा

बिनिता बरालको उपन्यास ‘जुइनो’ सार्वजनिक हुँदैछ भन्ने खबर सुनेर सबैभन्दा खुसी उनकी आमा भावना बराल भइन् । सन्तानको प्रगतिमा आमा खुसी नहुने त कुरै रहेन, त्यसमा पनि भावनालाई उक्त खबरले अतिरिक्त खुसी दियो । किनकि उनी पनि साहित्यप्रेमी हुन् । साहित्यकारलाई श्रद्धा गर्छिन् । टेलिभिजनमा साहित्यकारको अन्तरवार्ता आउँदा ध्यानपूर्वक हेर्छिन् । रेडियोमा कविता वा अन्य रचनावाचन हुँदा आकर्षित हुन्छिन् । कथा, उपन्यास त मन पर्ने नै भइहाल्यो । त्यसैले, आफ्नै छोरीको उपन्यास प्रकाशित हुँदा उनी थप गद्गद् भइन् ।

binita baral (1)
दुई वर्षअघि उपन्यास लेख्न सुरु गर्दा बिनिताले आमालाई भनेकी थिइन्, ‘अब म उपन्यास लेख्दैछु ।’ त्यतिबेला भावनालाई उति पत्यार लागेको थिएन । ‘यसले लेख्न सक्ली र उपन्यासजस्तो कुरो भन्ने लाग्याथ्यो । तर साँच्चै लेखेरै देखाइदिई । अहिले किताब नै आफ्नो अगाडि आइपुग्दा अचम्म पनि लागेको छ, खुसी पनि’, उनले भनिन् ।
हरजिङ विश्वविद्यालयमा ‘एमबिए इन एग्रो बिजनेस’ अध्ययन गर्न दस महिनाअघि अमेरिका गएकी बिनिता आफ्नो उपन्यास विमोचनका लागि गत साता काठमाडौं आइन् । उनी आएलगत्तै चितवनबाट भावना पनि काठमाडौं आइपुगिन् । अहिले विभिन्न जमघटमा छोरीसँगै पुग्ने उनले आफ्नो खुसी व्यक्त गर्दा बिनिता सन्तोषले मुस्कुराइरहेकी हुन्छिन् । उनका आँखाले प्रश्न गरिरहेजस्तो लाग्छ– आमालाई खुसी देख्दाजत्तिको सन्तुष्टि अरू के कुरामा होला र ?
०००

बिनितालाई अहिले पनि नेपाली सिनेमाका दर्शकले ‘चपली गर्ल’ भनेर चिन्छन् । पहिलो सिनेमा ‘चपली हाइट’बाट दर्शकको मनमा गाढा हस्ताक्षर गरेकी उनी चितवनबाट ‘हिरोइन’ बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । म्युुजिक भिडियोमा ‘मोडलिङ’ गर्दै उनको यात्रा अघि बढ्यो । भिडियोमा उनको ‘लुक्स’ मन पराइयो । तर सिनेमामा प्रवेश गर्न भने उनलाई निकै संघर्ष गर्नुप¥यो । सानो काँट र साधारण अनुहारकी युवतीलाई ‘हिरोइन’ नस्वीकार्ने पुरूषवादी मनोविज्ञानको सिकार भइरहिन् लामो समय । त्यसैकारण कहिलेकाहीँ निराश भएपनि निरन्तर आशा जगाउँदै प्रयत्न भने गरिरहिन् ।

‘जसले सिनेमा राम्ररी हेर्नुभयो, उहाँहरूले मेरो अभिनयलाई सह्राउनुभयो । त्यसका लागि मैले गरेको मिहिनेत मलाई थाहा छ । त्यसैले सारा नकारात्मक चर्चालाई पचाइदिएँ । मलाई अहिले पनि चपली हाइटमा आफूले गरेको कामप्रति गर्व लाग्छ,’ उनले भनिन् ।
त्यसपछि उनले तीन सिनेमामा काम गरिसकिन् । ‘फूल स्टप’ र ‘सुपरहिट’ रिलिज भइसक्यो । ‘उमंग’ रिलिज हुनै बाँकी छ । तर पनि उनको ‘चपली गर्ल’ छवि अद्यापि कायमै छ ।

युवा निर्देशक दीपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट’मा उनलाई पहिलो ‘ब्रेक’ मिल्यो । ‘कथाको हिसाबले चपली हाइट मेरो लागि निकै चुनौतीपूर्ण थियो । तर आफ्नो अभिनय क्षमता देखाउने पहिलो र फराकिलो अवसर पनि थियो । त्यसैले काम गरेँ । पछि जति प्रतिक्रिया पाएँ, त्यसबाट निचोड निकालेँ– अवसरलाई मैले सम्पूर्ण रूपमा उपयोग गर्न सकेछु’, उनले सम्झिन् ।
त्यसो त ‘चपली हाइट’मा बिनिता ‘नांगिएर’ ‘हिट’ भइन् भन्ने चर्चा पनि नभएको होइन । तर उनलाई भने त्यस्तो लागेको छैन । ‘जसले सिनेमा राम्ररी हेर्नुभयो, उहाँहरूले मेरो अभिनयलाई सह्राउनुभयो । त्यसका लागि मैले गरेको मिहिनेत मलाई थाहा छ । त्यसैले सारा नकारात्मक चर्चालाई पचाइदिएँ । मलाई अहिले पनि चपली हाइटमा आफूले गरेको कामप्रति गर्व लाग्छ,’ उनले भनिन् ।
त्यसपछि उनले तीन सिनेमामा काम गरिसकिन् । ‘फूल स्टप’ र ‘सुपरहिट’ रिलिज भइसक्यो । ‘उमंग’ रिलिज हुनै बाँकी छ । तर पनि उनको ‘चपली गर्ल’ छवि अद्यापि कायमै छ ।
०००

binita baral (5)

सिनेमामा काम गर्दा–गर्दै बिनिताले कृषिमा हात हालिन् । काठमाडौंको टोखामा अग्र्यानिक कृषि फार्म सुरु गरिन् । एकातिर कृषिप्रधान देश भनिए पनि कृषि नै हेलाहोचोमा परिरहेकोमा चित्त नबुझ्नु, अर्कातिर सिनेमामा आफूले चाहेजस्तो भूमिका नपाउनुले उनलाई कृतितिर प्रवृत्त हुन सघाएको थियो । ‘युवा पुस्ताले कृषि भन्नेबित्तिकै नाक खुम्च्याएको मलाई चित्त बुझिरहेको थिएन । त्यसैले कृषि क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर सोचिरहेकी थिएँ’, उनले भनिन्, ‘सिनेमामा पनि मलाई चपली हाइटकैजस्तो भूमिकाका लागि प्रस्तावको बाढी आइरहेको थियो । तर म फरक भूमिकामा आफूलाई प्रमाणित चाहन्थेँ । त्यसैले त्यस्ता सबै प्रस्ताव अस्वीकार गरिदिएँ । त्यहीबेला कृषिमा हात हालेँ ।’

निकै अनुभूति लेखिसकेपछि उनले केही युवा साथीभाइलाई पढ्न दिइन् । उनीहरूको प्रतिक्रिया आयो, ‘कुरा त चाखलाग्दो नै हो । तर पढ्नचाहिँ मजा आएन । तपाईंले लेख्ने तरिका बदल्नुभयो भनेमात्रै पठनीय हुन्छ ।’
उनीहरूको प्रतिक्रियाले बिनितालाई सोचमग्न बनायो ।

बिनिता कृषिकर्ममा जुट्न थालेदेखि नै उपन्यासको गर्भकथा सुरु भएको हो । मैलोधैलो देखिन नहुने ‘ग्ल्यामरस्’ भूमिकाबाट माटोमै खेलिरहनुपर्ने पेशामा पुगेपछि उनको मनमा नवीन अनुभूतिको बाढी आयो । उनले सिनेमामा भन्दा कृषिमा बढी ‘ग्ल्यामर’ अनुभूत गरिन्, आनन्द महसुस गरिन् । सबैले ‘वाह्’ भन्ने क्षेत्रमा भन्दा धेरैले नाक खुम्च्याइरहेको क्षेत्रमा बढी आनन्द भेटिएको कुरा मुखैमुखले सुनाएर सन्तुष्टि होलाजस्तो लागेन उनलाई । त्यो आनन्दको उकुसमुकुसलाई शब्दमा अनुवाद गर्नुको विकल्प थिएन । ‘कृषिमा दुःख पनि छ, तर त्यसमा बाहिरबाट हेर्दा देख्न र सोच्न नसकिने आनन्दको प्रक्रिया हुँदोरहेछ । मलाई त्यसबारे लेख्नैपर्छ भन्ने अनुभूति भयो । म त्यो अनुभूतिमार्फत युवालाई कृषिमा आकर्षित गर्न चाहन्थेँ’, उनले उपन्यासको गर्भकथा सुनाइन् ।
निकै अनुभूति लेखिसकेपछि उनले केही युवा साथीभाइलाई पढ्न दिइन् । उनीहरूको प्रतिक्रिया आयो, ‘कुरा त चाखलाग्दो नै हो । तर पढ्नचाहिँ मजा आएन । तपाईंले लेख्ने तरिका बदल्नुभयो भनेमात्रै पठनीय हुन्छ ।’
उनीहरूको प्रतिक्रियाले बिनितालाई सोचमग्न बनायो । उनले त्यसअघि पनि ‘मोडलिङ’ र सिनेक्षेत्रको अनुभव लेखेकी थिइन् । पत्रिकामा छापिएको थियो । धेरैले चाख मानेर पढेको प्रतिक्रिया आएको थियो । तर यसपटक त्यस्तो नहुने देखियो । उनलाई बोध भयो– कृषिको अनुभव लेख्नचाहिँ कुनै अरू चाखलाग्दो तरिका खोज्नुपर्छ । त्यही तरिका खोज्दाखोज्दै उनको दिमागमा उपन्यासको सोच उम्रिएको हो । उनले सोचिन्, ‘त्यसो गर्दा सबैलाई चाख लाग्ने प्रेम मिसाउन सकिन्छ । त्यसपछि त यो अनुभूति पनि ग्ल्यामरस् भइहाल्छ नि ।’

binita baral (3)
०००

उपन्यास लेख्ने निर्णयसँगै बिनिता पात्रको खोजमा बरालिन थालिन् । उनको शरीर कृषिकर्ममा व्यस्त हुन्थ्यो, तर दिमाग भने पात्रको नापनक्सा खोज्न दौडिरहेको हुन्थ्यो । सिनेमामा विभिन्न पात्रको जीवन अनुभूत गरिसकेको हुनाले उनलाई पात्रको खोजी त्यति कठिन लागेन । उनले आफैंभित्र पनि पात्र देखिन्, प्रेमी, सहकर्मी र आफू वरिपरिका धेरैलाई पात्र देखिन् । त्यसैमध्येबाट केही पात्र छानेर आफ्ना अनुभवलाई उपन्यासमा बदल्न थालिन् ।
उनीसँग प्रेमको अनुभव पनि थियो र कृषिको पनि । त्यसैले जति लेख्दै गयो, त्यति मज्जा लाग्दै गयो । उनले धेरै उपन्यास पढिसकेकी थिइन्, तर कृषिको पृष्ठभूमिमा लेखिएको पढ्न पाएकी थिइनन् । त्यसैले आफू नयाँ विषयमा लेखिरहेकी छु भन्ने अनुभूति पनि भइरहेकै थियो । उपन्यासको आकार बन्यो भन्ने लागेपछि उनी आफैंले पढिन् ।
‘पहिलो ड्राफ्ट त आफैंलाई दिक्क लाग्यो । मैले भिन्न–भिन्न मनोदशामा लेखेकी हुँदोरहेछु । त्यसले पात्रको मनोदशाको लय बिग्रदोरहेछ । त्यो थाहा पाएपछि मैले निरन्तर लेख्ने निर्णय गरेँ,’ उनले भनिन् । त्यसपछि फार्म सहकर्मीलाई जिम्मा लगाएर उनले झण्डै तीन हप्ता घरमै बसेर लेखिन् । पहिले हातले लेखिसकेर कम्प्युटरमा युनिकोडमा उतार्ने बानी छ उनको । त्यसै गरिन् । अचम्मचाहिँ के भयो भने ढाड दुख्ने समस्याले पीडित उनलाई उपन्यास लेखन अवधिभर त्यसको अनुभूति नै भएन ।
त्यसपछि उनले केही साथीहरूलाई आफूले लेखिरहेको कुरा ‘सेयर’ गरिन् । केही अग्रज लेखक, साहित्यकारलाई पढ्न दिइन् र प्रकाशकसँग पनि कुरो चलाउन थालिन् । त्यसै क्रममा उनको भेट कवि विप्लव ढकाल र लेखक कृष्ण अविरलसँग भयो । ढकालले उनलाई उपन्यास संरचना निर्माणमा महत्वपूर्ण सुझाव दिए । अविरलले त नामै जुराइदिए ।
लेखिसक्दासम्म पनि उनको दिमागमा कुनै नाम थिएन । आफूले गरिरहेको खेतीजस्तै कुनै ‘अग्र्यानिक’ नाम राख्न पाए हुन्थ्यो भन्नेचाहिँ लागिरहेको थियो । त्यसैबेला अविरलले पढे र सुझाए, ‘यसको नाम त जुइनो राख्नुपर्छ ।’
उनले खोजेजस्तै नाम थियो त्यो । जुइनो अर्थात भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयोमात्रै बटारी बनाइएको डोरी । नामले उपन्यासको कथालाई बिम्बात्मक रूपमा प्रस्तुत गर्छ भन्ने उनलाई लाग्यो । त्यही नामलाई अन्तिम मानिन् र प्रकाशकसँग कुरा अघि बढाइन् ।
०००

‘जुइनो’ को मूलकथामा प्रेम छ र पृष्ठभूमिमा कृषि । त्यसैले बिनिता यसलाई निरपेक्ष प्रेमकथा मान्दिनन् । ‘निश्चित सपना र उद्देश्यसँगै जोडिएर आउँदा प्रेम आकर्षणबाट निकै माथि उठ्छ र एउटा विशिष्ट दर्शन बन्छ । त्यसमा सामाजिक र राजनीतिक परिघटनाको प्रभाव पनि रहन्छ नै’, उनी उपन्यासमा अभिव्यक्त प्रेमदर्शनबारे बोल्छिन्, ‘त्यस्तो प्रेममा साथ र उत्प्रेरणा पहिलो सर्त बन्न जान्छ । सपनामा साथ र उत्प्रेरणा दिन नसक्ने मानिस प्रेमी हुन सक्दैन । सपनाविहीन मानिसको मूल्य हुँदैन भने सपना पूरा गर्न सघाउन नसक्ने प्रेमको पनि कुनै मूल्य हुँदैन ।’
‘पे्रमकथा लेख्दा आफ्नो प्रेमअनुभवचाहिँ कत्तिको काम लाग्यो ?’, उनको प्रेमदर्शन सुनेपछि सोधेँ ।

सिनेमा र कृषिको दुनियाँपछि बिनिता लेखनको दुनियाँमा पुगेकी छिन् । पछिल्लो प्रेमीलाई सबैभन्दा धेरै माया गरिन्छ भनेझैं उनी अहिले लेखनको प्रेममा डुबेकी छिन् । उनी अध्ययनको सिलसिलामा अझै दुई वर्ष अमेरिकामा बस्नुपर्नेछ । तर उनी भन्छिन्, ‘अब त नलेखी वा लेख्नेबारे नसोची बस्नै नसक्ने भएकी छु ।

‘अहिले त सिंगल छु’, उनले हाँस्दै भनिन्, ‘तर म कुनैबेला प्रेममा थिएँ । त्योबेलाको अनुभूति लेखनमा निकै काम लाग्यो । आकर्षण, भेटको व्यग्रता, धेरै भेटपछिको दिग्दारीको अनुभूति काम लाग्ने नै भयो । प्रेमीले आफ्नो सपनाको बाटोमा साथ दिन सक्दैन भन्ने अनुभूति भएपछि लाग्ने दुःख, सम्बन्ध टुक्रिएपछि हुने पीडा प्रस्तुत गर्न मलाई आफ्नै अनुभवले सघायो ।’
त्यसो त उपन्यासमा उनले आफूलाई विभिन्न पात्रहरूमा छरेकी छिन् । आफ्ना नीजि अनुभूतिलाई कहिले कुन, कहिले कुन पात्रमार्फत अभिव्यक्त गरेकी छिन् ।

binita baral (10)
०००

सिनेमा र कृषिको दुनियाँपछि बिनिता लेखनको दुनियाँमा पुगेकी छिन् । पछिल्लो प्रेमीलाई सबैभन्दा धेरै माया गरिन्छ भनेझैं उनी अहिले लेखनको प्रेममा डुबेकी छिन् । उनी अध्ययनको सिलसिलामा अझै दुई वर्ष अमेरिकामा बस्नुपर्नेछ । तर उनी भन्छिन्, ‘अब त नलेखी वा लेख्नेबारे नसोची बस्नै नसक्ने भएकी छु । मलाई लाग्छ, कसैले एउटा उपन्यास लेखिसक्छ भने उसलाई त्यस्तै हुन्छ ।’
उपन्यास लेख्नुअघिसम्म विनिताको लागि लेखन रहर थियो । अब जरूरी बनेको छ । ‘उपन्यास लेख्दा म कयौं दिन पात्रकै मनोदशामा निराश भएर बसेँ । कति दिन पात्रको सपनामा हराएँ । कति दिन हाँस्दै हिँडेँ । कति दिन आँसु बगिरह्यो आँखाबाट । यसरी लेखनमार्फत पात्रको जीवन भोगेपछि त्यसकै बानी लाग्दोरहेछ । बिस्तारै लेखन अब मेरो बानी बन्दै गएको छ’, उनले भनिन् । उपन्यास र यसवरिपरिकै अनुभवमा आधारित फुटकर लेखन गरिरहेकी उनले अहिल्यै अर्को कृतिको सोच त बनाएकी छैनन्, तर पनि लेखनको मैदानमा निस्किएकाले अर्को कृति टाढाको विषय नभएको उनको घोषणा छ ।
‘मैदानमा निस्किसकेपछि त प्रतिष्पर्धा पनि होला, डर कत्तिको छ ?’
‘म प्रतिष्पर्धा गर्न आएकी होइन । मसँग जे छ, त्यही प्रस्तुत गर्न आएकी हुँ । त्यो प्रस्तुति साहित्य नै हुन्छ कि हुँदैन वा त्यसको स्तर के कति हुन्छ भन्नेबारे पनि मैले धेरै विचार गरेकी छैन । त्यसैले कसैसँग मेरो लेखन जुध्छजस्तो लाग्दैन । मलाई जे विषयमा लेखिएको छैन भन्ने अनुभूत हुन्छ । त्यही विषयमा लेख्छु’, उनले जवाफ दिइन् ।
०००

फाइनप्रिन्टले प्रकाशन गरेको ‘जुइनो’ बिनिताको हात परिसकेको छ । ‘नौ महिना कोखमा राखेको सन्तान काखमा खेल्न आइपुग्दा यस्तै अनुभूति हुँदो हो’, उनले किताबलाई पहिलो श्पर्श गर्दाको अनुभूतिको रोमाञ्च सुनाइन् । असारको पहिलो साता आफूले लेखेको उपन्यास सार्वजनिक हुन्छ भन्ने कुराले आजकाल उनको निद्रा गायब छ, मुटुको चाल बढ्न थालेको छ । उपन्यास पढेर पाठकबाट आउने प्रतिक्रिया कल्पेर उनी चिन्तित र रोमाञ्चित दुवै भइरहेकी छिन् ।
निश्चय नै, बिनिताको उपन्यासलाई उनको ‘चपली गर्ल’ छविले प्रभावित त पार्ने नै छ । तर उपन्यास भने त्यो प्रभाव मुक्त रहेको उनको दावी छ । त्यसमा उनको कृषिकर्मकोे प्रभाव भने भेटिनेछ ।
सिनेमा र कृषिकर्ममा कुनै न कुनै रूपले ‘नोटिस’ भएकी बिनिताको लेखन–यात्रा कस्तो रहन्छ, त्यो हेर्न बाँकी नै छ । उनी भने लेखनसँगै सिनेमा र कृषिकर्मलाई निरन्तरता दिने योजनामा छिन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल