यी हुन् ओली सरकार ढाल्न देउवाले तयार पारेका कमान्डर

जेठ २६

यी हुन् ओली सरकार ढाल्न देउवाले तयार पारेका कमान्डर

sher bahadur deubaकाठमाडौँ– वर्तमान सरकार ढाली राष्ट्रिय सहमतिमा नयाँ सरकार निर्माण गर्न व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल कांग्रेसले भित्रभित्रै रणनीति बनाइरहेको छ । गत फागुनमा सम्पन्न १३औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले वैशाखमै सत्ता ढाल्न गरेको प्रयास अपरिपक्व कदमका कारण असफल भएपछि अहिले आन्तरिक व्यवस्थापन चुस्त–दुरुस्त बनाई भित्रभित्रै सत्ता ढाल्ने रणनीति बनाइरहेका उनीनिकट नेताहरू बताउँछन् ।

देउवानिकट नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल भनेको संसदीय व्यवस्था भएको मुलुकमा ‘छायाँ सरकार’ भएको भन्दै सरकारका ककजोरी पत्ता लगाएर अप्ठ्यारो पमरी आफ्नो पल्ला भारी बनाउन लागिपर्नु उसको कर्तव्य भएको बताउँछन् ।

कांग्रेसको अको नीति के हो भनेर जिज्ञासा राख्ने पार्टीका कार्यकर्ता र पत्रकारको जिज्ञासामा नेता खाणको सहज जवाफ हुन्छ, ‘प्रमुख प्रतिपक्षी दल भनेको संसदीय व्यवस्था भएको मुलुकमा छायाँ सरकार हो । उसले सरकारका कमीकमजोरी औँल्याएर जनतासमक्ष पु¥याउने काम गरिरहन्छ ।’

अहिले भने सभापति देउवाले पार्टीमा आफूलाई सहयोग गर्ने नेताहरूको लेयर बनाएर वर्तमान सरकार कसरी ढाल्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्नका लागि कुन–कुन दल सम्मिलित सरकार बनाउने, संविधानमा असन्तुष्टि जनाएर आन्दोलन गरिरहेका मधेसकेन्द्रित दललाई कसरी सहमतिमा ल्याउनेलगायत विषयमा आन्तरिम रूपमा नीति बनाइरहेको बूढानीलकण्ठ स्रोतले बतायो ।

Sher-front

देउवाका कमान्डर
-सिटौलालाई प्रचण्डको मनोविज्ञान बुझ्ने जिम्मा छ
-डा. शेखरलाई भारतको मनोविज्ञान बुझ्ने जिम्मा छ ।
-विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाण माओवादी, एमाले र मधेसवादी दलका नेतासँग संवादको
-रमेश लेखक र डा. प्रकाशशरण महतलाई प्रारम्भिक छलफल गर्ने अख्तियारी
-उनीहरूले ल्याएको सूचना ठीक लाग्यो भने खड्का र गुरुङसँग थप संवाद
-खड्का, गुरुङ, सिटौला, डा. शेखरसँग छलफल गरेपछि रामचन्द्र पौडेलसँग छलफल गरेपछि सहमति जुटेमा लिखित सहमति गर्ने तयार हुने
-पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई आउट

सभापति देउवाले वैशाखमा चालेको सरकार गिराउने असफल खेलमा सबैभन्दा पहिले सत्तारूढ दल नेकपा माओवादी केन्द्रको धारणा के छ भन्ने बुझ्न नेता कृष्ण सिटौलालाई जिम्मेवारी दिइएको थियो । सिटौला केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । स्रोतका अनुसार अहिले पनि सिटौलालाई अनौपचारिक रूपमा माओवादीसँग नयाँ सरकार निर्माणका विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने बुझ्न लगाइरहेका छन् । सिटौला माओवादी केन्द्रका अध्यक्ष र नेताहरूसँग सम्पर्कमा रहेको बताइन्छ ।

त्यस्तै दक्षिणी छिमेकी मुलुक भारतको आफ्नो र सिंगो कांग्रेसप्रतिको धारणा के छ ? र, यो सरकार ढाल्ने विषयमा सहयोग गर्छ कि गर्दैन भन्ने विषयमा बुझ्ने जिम्मेवारी डा. शेखर कोइरालालाई दिएका छन् । उनी पहिलोपटकको असफल कसरतका बेला भारतको धारणा बुझ्न नयाँदिल्ली पुगेका थिए । अहिले पनि डा. कोइराला भारतको सम्पर्कमै रहेको एक नेताले बताए । गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा गिरिजाका प्रिय पात्रका रूपमा काम गरेका डा. शेखरलाई भारतीयका कांग्रेसमा विश्वास पात्रका रूपमा लिने गरिन्छ ।

त्योबाहेक देउवाले पार्टीभित्र तथा अन्य दलसँग सहमतिका लागि विश्वास गरेर विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणलाई जिम्मेवारी दिने गरेका छन् । अहिले पनि उनीहरू एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्पर्कमा रहिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो । उनीहरूले ल्याएको सूचना आफूलाई मन पर्यो र अप्रत्यासित रूपमा निर्णय लिन पर्यो भने नेता खुमबहादुर खड्का र कुलबहादुर गुरुङसँग सहकार्य गर्छन् ।

तर, निधिलगायतका नेतालाई पहिल्यै वार्ता गर्न देउवाले पठाएका छैनन् । पहिला मीन विश्वकर्मा, एनपी साउँदलाई धारणा बुझ्न पठाउने उनीहरूले धारणा बुझ्नेक्रममा सकारात्मक पाएपछि रमेश लेखक र डा. प्रकाशशरण महतलाई प्रारम्भिक चरणको छलफल गर्ने अख्तियारी देउवाले दिएका छन् । प्रारम्भिक चरणको छलफलमा सत्ता समीकरणलगायतका विषयमा कुरा सकारात्मक बन्यो भने समीकरणका लागि सहमतिको खाका कोर्ने जिम्मेवारी पनि उनीहरूलाई नै छ ।

त्यो खाकामाथि नीधि लगायत नेताहरूबीच छलफल हुन्छ । खाका परिष्कृत गर्ने काम हुन्छ । खाका परिष्कृत भएपछि एकपटक देउवा आफैँ सहमति गर्ने दलको नेतृत्वसँग छलफल गर्ने त्यसमा आएका कुरा खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालासँग छलफल गरेर निष्कर्ष निकाल्ने, त्यसपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि सहमति जुटेमा लिखित सहमति गर्न तयार हुने देउवा व्यवस्थापनको सेड्युल छ । सहमति भएपछि पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेर पास गर्दा आफू आरोपबाट जोगिने निष्कर्ष पनि देउवाको रहेको स्रोत बताउँछ ।

पूर्णबहादुर खड्का आन्तरिक टिमबाट आउट

देउवाले आफ्नो विश्वसनीय नेताहरूको टिमबाट पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई आउट गरेका छन् । आफूले दिएको जिम्मेवारी पूरा गर्न नसकेको र कामभन्दा कुरामात्रै बढी गरेको भन्दै उनलाई टिमबाट निष्कासन गरिएको बूढानीलकण्ठ स्रोतले जनायो । महाधिवेशनमा आफ्नै जिल्लामा पनि आफ्नो उम्मेदवारलाई सभापति बनाउन नसकेको, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनावमा खड्कालाई जिम्मेवारी दिए पनि पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन संघलाई जिताउन नसकेको आरोप देउवा पक्षले खड्कालाई लागेको छ । प्रायः दैनिक रूपमा बूढानीलकण्ठ धाउने खड्काले देउवाले वास्तासमेत गर्न छाडेपछि उनी हिजोआज निराश रहेको स्रोत बताउँछ ।

माओवादीसँग सहकार्य सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै

आन्तरिक टिमले देउवालाई नेकपा माओवादी केन्द्रसँग अब केपी ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिएपछि मात्रै गर्न सुझाएको छ । पहिलो चरणमा गरेको सहकार्यमा अन्तिम समयमा केन्द्र अध्यक्ष दाहालले धोका दिएकाले अब सहकार्यको प्रस्ताव आएमा पहिला सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै छलफल गर्ने बताउन सुझाइएको टिमका एक नेताले बताए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल