साताको Agenda : नयाँ शक्तिको स्थापना सभा : एक लाख उपस्थिति, एक करोड खर्च

साताको Agenda : नयाँ शक्तिको स्थापना सभा : एक लाख उपस्थिति, एक करोड खर्च

आगामी आइतवार डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ पार्टी ‘नयाँ शक्ति नेपाल’ दशरथ रंगशालाबाट घोषणा हुँदै छ । यो कार्यक्रमलाई भिन्न र आकर्षक बनाउन नयाँ शक्तिले आक्रामक तयारी गरिरहेको छ । रंगशालामा एक लाख उपस्थिति गराउने दाबीसहित नयाँ शक्तिले तयारी गरेको छ । जेठ ३० गते पार्टी घोषणा गरेपछि प्रज्ञाभवनमा दुईदिने राष्ट्रिय भेला पनि हुँदै छ । पार्टी घोषणा र भेलाले पारित गर्ने नीति/कार्यक्रमबारे नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख तथा राष्ट्रिय भेला पार्टी घोषणा समारोह मूल व्यवस्थापन समिति संयोजक देवेन्द्र पौडेलले रातोपाटीसँग गरेको कुराकानीको अंश :

devendra poudel inerview (5)
पार्टी स्थापनाको संघारमा मेरो अनुभूति

हामीले नयाँ काम सुरु गर्दै छौँ । जीवनमा संगत नगरेका थुप्रै साथी हरेक दिन नयाँ काम गर्ने प्रतिबद्धतासहित आउनुभएको छ । यसले पनि मलाई धेरै नै खुसी र आनन्दानुभूति महसुस भएको छ । अत्यधिक कामको दबाब बाबजुद पनि सुखानभूति भएको छ ।

मूल व्यवस्थापन समितिको तयारी

हामी करिब चार/पाँच चरण विभिन्न उपसमितिका संयोजकहरू बसेर दुई/तीन चरण सबै समितिका सदस्यसहित अलग–अलग बस्यौँ ।

बैठकको शृंखला र आजसम्मको तयारीको समीक्षा हेर्दा करिब–करिब तयारी पूरा गरेका छौँ । केही विषय भने बाँकी छन् । अबको तीन दिनमा बाँकी विषयमा तयारी पूरा गरी व्यवस्थित रूपमा पार्टी घोषणा गर्नेछौँ ।

बृहत् जुलुस प्रदर्शन, नाराबाजी र चक्काजाम गरेर यात्रुलाई दुःख दिने छैनौँ । बरु यात्रुलाई आवतजावतमा सहजीकरण गर्नेछौँ ।

नयाँ शक्ति घोषणाको नयाँ शैली

बृहत् जुलुस प्रदर्शन, नाराबाजी र चक्काजाम गरेर यात्रुलाई दुःख दिने छैनौँ । बरु यात्रुलाई आवतजावतमा सहजीकरण गर्नेछौँ ।

परम्परागत छाडेर नितान्त फरक शैलीमा व्यावसायिक व्यक्तिलाई जोडेर मञ्च व्यवस्थापन गर्नेछौँ ।

त्यो मञ्च व्यवस्थापन आधुनिक हुनेछ । र, अशोभनीय हुने छैन । कार्यक्रमको सेटिङ पनि झन्डै एक लाख सदस्य संस्थापक रहनेगरी बनाएका छौँ ।

त्यसको अभिव्यक्ति हुनेगरी सबैले सामूहिक प्रतिबद्धता दिनसक्ने र खालि पार्टीमा आबद्ध भएकोमात्रै होइन, देश निर्माण गर्ने सामूहिक प्रतिबद्धतासहित सबैले सामूहिक प्रदर्शन गर्नुहुनेछ । त्यसपछि हामीले शुभकामना आदन–प्रदान गरी पार्टी घोषणा गर्नेछौँ ।

७५ जिल्लामा रहेका सदस्य, हाम्रा यसअघिका बैठक र विभिन्न प्रदेश विशेषगरी २, ३, ४ र ५ नम्बर प्रदेशको तयारी हेर्दा उपस्थिति संख्या एक लाख पुर्याउने लक्ष्य लिएका छौँ ।

एक लाख उपस्थिति

एक लाख भनेको खासै ठूलो कुरा होइन । हामीले सात महिना मेहनत गरेको पृष्ठभूमि र हामीले उठाएका एजेन्डाका सबै प्रसंग हेर्दा एक लाख जन उपस्थिति पनि ठूलो कुरा मानेका छैनौँ ।

वर्षात्को सिजन भएकाले यसले केही असर पार्छ कि भन्ने चुनौती छ । साथै शनिवार वा शुक्रवारको दिन भइदिएको भए पेसा/व्यवसायमा व्यस्त हुने मानिसको पनि उपस्थिति हुने थियो कि भन्ने अनुमान पनि छ ।

यद्यपि, ७५ जिल्लामा रहेका सदस्य, हाम्रा यसअघिका बैठक र विभिन्न प्रदेश विशेषगरी २, ३, ४ र ५ नम्बर प्रदेशको तयारी हेर्दा उपस्थिति संख्या एक लाख पुर्याउने लक्ष्य लिएका छौँ ।

devendra poudel inerview (3)
नयाँ शक्तिको भविष्य 

हाम्रो पार्टीको विषयलाई लिएर विभिन्न अभिव्यक्ति आएका छन् । खासगरी हाम्रो भविष्य के होला भन्ने किसिमका अभिव्यक्ति ‘सिम्बोलिक’ रूपमा आएका छन् ।

तर, ३० गतेको कार्यक्रम हेरेरमात्रै हाम्रो पार्टीको भविष्य निर्धारण हुन सक्दैन । विभिन्न संकेतमध्ये पार्टी कस्तो बन्छ । बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुराको अभिव्यक्ति ३० गतेको कार्यक्रमबाट हेर्न सकिन्छ । यसैले पनि यो कार्यक्रमलाई अति नै महत्व र गरिमाको रूपमा लिएका छौँ ।

तैपनि मान्छे उपस्थित गराएरमात्रै पार्टीको भविष्य निर्माण हुने होइन । त्यसको लगनशीलता, आबद्ध व्यक्तिको निष्ठा, त्यसको कायक्रम, देश र जनताप्रतिको प्रतिबद्धता र त्यसलाई अभिव्यक्ति गर्ने शैलीको कलासहित लागू गर्ने शैली समग्र कुरा पार्टीको भविष्यसँग जोडिएका छन् ।

पार्टी घोषणा गर्ने प्रारम्भिक दिनमा जनताको कस्तो उपस्थिति रहन्छ । कस्ता मान्छे आउँछन् भन्ने कुरा पनि मुख्य भएकाले त्यसलाई पनि हामीले गम्भीर रूपमा ध्यान दिएका छौँ ।

काठमाडौंबाहिरबाट स्वेच्छिक उपस्थिति

उपत्यकाबाहिरकबाट आउने साथीको उपस्थितिलाई हामीले स्वेच्छिक उपस्थिति भनेका छौँ । सबै पार्टी सदस्य सकेसम्म जाऊँ । संस्थापक बन्नेगरी उपस्थिति जनाउँ भनेर प्रशिक्षणमार्फत निर्देशन गरेका छौँ । अधिकांश साथीलाई स्वेच्छिक रूपमा उपस्थिति गराउने नै हाम्रो लक्ष्य छ ।

कतिपय अन्तर्राष्ट्रिय संयन्त्र र टाढाका साथीहरू आइसक्नुभएको छ । बस्ने ठाउँ भएका प्रतिनिधि साथीहरू आउनेक्रम जारी छ ।

तैपनि हामीले संस्थागत र सामूहिक टिकट प्रयोग गरेर आउँछन् भने उनीहरूको हकमा छुट दिने भनेका छौँ । त्यसरी पनि कतिपय ठाउँका साथीहरू आउन सक्नुहुनेछ ।

आर्थिक पारदर्शी रूपमा खर्चको व्यवस्थापन गर्नेछौँ । पोस्टर प्रयोग गरेका छैनौँ । र, अस्वाभाविक रूपमा तुल प्रदर्शन गर्ने, कार्यक्रम सकिएपछि त्यसको जिम्मेवारी नलिएर बेवारिसे छाडिदिने परम्परागत शैली दोहोर्याउनुहुँदैन भन्नेमा हामी सचेत छौँ । यो शैली अन्त्य नै गर्ने भनेका छौँ ।

आर्थिक पारदर्शिता कसरी ?

आर्थिक पारदर्शी रूपमा खर्चको व्यवस्थापन गर्नेछौँ । पोस्टर प्रयोग गरेका छैनौँ । र, अस्वाभाविक रूपमा तुल प्रदर्शन गर्ने, कार्यक्रम सकिएपछि त्यसको जिम्मेवारी नलिएर बेवारिसे छाडिदिने परम्परागत शैली दोहोर्याउनुहुँदैन भन्नेमा हामी सचेत छौँ । यो शैली अन्त्य नै गर्ने भनेका छौँ ।

यसैले पनि मिडियामार्फत हामीले सहज र स्वाभाविक तरिकाले भद्दा नहुनेगरी बजारको शैली अपनाउने । सहज स्वाभाविक रूपमा मेस, मञ्च व्यवस्थापन गर्ने भनेका छौँ ।

अहिले नै यस्तो धुमधडाका गर्नेभन्दा पनि व्यावसायिक साथीहरूको आबद्धता र सुझावको आधारमा यी सबै कामको फरक तयारी गरिरहेका छौँ ।

devendra poudel inerview (1)
घोषणा भेलाको खर्च सवालमा ५० प्रतिशत रकम तल्ला कमिटीलाई छाड्ने भनेका छौँ । ५० प्रतिशत माथिल्लो कमिटीमा पठाउन भनेका छौँ । ५० प्रतिशतबाट तल खर्च गर्नुहुनेछ भने ५० प्रतिशतबाट माथि खर्च हुनेछ ।

यसको साथै आर्थिक मापदण्डले तोकिएको आधारमा चन्दा र सहयोग पनि लिन्छौँ । स्वेच्छाले दिइएको चन्दा र सहयोगलाई वेबसाइटमार्फत जनताबीच सार्वजनिक गर्नेछौँ ।

विभिन्न शीर्षकलाई समेट्दा मोटामोटी खर्च एक करोड लक्ष्य बनाएका थियौँ । सम्भवतः त्यसले पुग्ने देखेका छैनौँ । ठोस रूपमा सबै उपसमितिले प्रारम्भिक बजेट दिनेछन् । र, फेरि विधिवत् रूपमा निकासा गर्ने भनेका छौँ । सबै कामलाई विल, भ्याट, भौचरसहित चाहेको खण्डमा खोज्न सकिने गरी आर्थिक पारदर्शिता अपनाएका छौँ ।

प्रमुख पार्टीहरू आन्दोलनमा रहेका पार्टी, प्रमुख प्रतिपक्षी दल महत्वपूर्ण संघ–संस्था र व्यक्तित्वलाई शुभकामनाका लागि निम्ता दिने तयारी छ । कतिपयलाई आमन्त्रण गरिसकेका छौँ र कूटनीतिक नियोगका व्यक्तित्वलाई पनि बोलाउने तयारी छ ।

भेलामा अन्य पार्टी नेताको उपस्थिति

पार्टी जन्माउने सीमित व्यक्ति भएर पार्टी गठन गरेको इतिहास हामीले पढ्यौँ, देख्यौँ र भोग्यौँ । कांग्रेस, एमाले, एमाओवादी, राप्रपामा पनि त्यस्तै भयो । तर, हामीले केही फरक शैली अपनाएका छौँ । सबै उपस्थित संख्याको रेकर्ड राखेर सबैलाई संस्थागत सदस्य रहनेगरी पार्टी घोषणा गर्नेछौँ ।

यसलाई पार्टी स्थापनामात्रै नभएर पार्टी स्थापना भेला (लन्चिङ सेरिमोनी) को रूपमा लिएका छौँ । राष्ट्रिय भेलाका रूपमा विदेशी पाहुनालगायत सबैलाई सम्भव भए शुभकामना दिनेगरी र नभए पनि अतिथिका रूपमा निम्ता दिनेछौँ ।
निम्ता सबैलाई गर्छौं तर समयको हिसाबले सबैलाई बोल्न दिन त गाह्रो होला । वक्ताको उपस्थिति छोटो समयमै सक्ने र सकेसम्म लिखित राख्ने तयारी छ ।

यद्यपि, प्रमुख पार्टीहरू आन्दोलनमा रहेका पार्टी, प्रमुख प्रतिपक्षी दल महत्वपूर्ण संघ–संस्था र व्यक्तित्वलाई शुभकामनाका लागि निम्ता दिने तयारी छ ।

कतिपयलाई आमन्त्रण गरिसकेका छौँ र कूटनीतिक नियोगका व्यक्तित्वलाई पनि बोलाउने तयारी छ । खासगरी, हामीले सम्बन्ध सूत्र बनाएका विदेशका प्रतिनिधिलाई पनि वक्ताका रूपमा निमन्त्रणा गरेका छौँ ।अन्य सबै अतिथिका रूपमा रहनेछन् ।

दुईदिने राष्ट्रिय भेलाले के गर्छ ?

खुलामञ्चको भेलापछि हामी प्रज्ञाभवनमा पस्नेछौँ । उपस्थित हुने संख्या मोटामोटी किटान गरिसकेका छौँ । कुनै पनि कमिटी निर्वाचित नभएकाले त्यसमा जिल्लाभन्दा माथिको कमिटीका प्रायः सबै संयोजक, केन्द्रीय कमिटी सदस्य, क्रियाशील रहेका प्रत्येक प्रदेशका दुई÷दुईजना । र, अरू सामान्य अवस्थामा रहेका एक/एकजना ।

त्यस्तै, राष्ट्रिय संयन्त्रबाट १ प्रतिशतभन्दा माथि भएकामध्येबाट दुई/दुईजना र १ प्रतिशतभन्दा कम संख्या भएकामध्येबाट एक/एक जना ।

झन्डै २५ देशबाट सम्बन्धित समिति संयोजक वा उसले तोकेको व्यक्तिको उपस्थिति रहनेछ ।

यस्तो अवस्थामा पनि छुटेको खण्डमा महिला, अल्पसंख्यक समुदाय र समावेशीमध्येबाट मनोनीत गरी १५ सय संख्या डेलिगेट्स आउनेछ ।

devendra poudel
३० गतेको घोषणा र ३१, ३२ को अन्तरक्रियामा पनि कोही पनि आयोजक नभएर सबै प्रतिनिधि हुनेछौँ । उपसमितिले आयोजना गर्नेछौँ । आयोजकका रूपमा कसैलाई पनि कार्ड पनि वितरण गरेका छैनौँ ।

विधानमा संक्रमणकालीन व्यवस्था भनेर हामीले तत्काल त्यो विधान लागू हुनेक्रम पनि विशिष्ट व्यवस्था गर्नेछौँ । अन्तरिम परिषद्लाई व्यवस्थापिकाका रूपमा, केन्द्रीय समितिको रूपमा अर्को व्यवस्था गर्नेछौँ भने सचिवालयका रूपमा अर्को सानो कमिटी बनाइनेछ ।

भेलाले लिने निर्णय

चार प्रारम्भिक डकुमेन्ट निर्माण गरेका छौँ । राजनीतिक, संगठनात्मक सिद्धान्तसम्बन्धी प्रस्ताव, विधान, आर्थिक प्रणाली र सुशासनसम्बन्धी निर्देशिका ।

यी चार डकुमेन्ट त्यहाँ पेस गर्नेछौँ । डकुमेन्टलाई रूपमा विभाजन गरी सुझाव ल्याउनेछौँ । अरू समसामयिक विषयमा पनि साथीहरूले छलफल चलाउनुहुनेछ । त्यसपछि समूहले लिखित र मौखिक रूपमा विषयगत रिपोर्ट गर्नेछन् । त्यसलाई संश्लेषण गरी छलफलका लागि मस्यौदा नै बनाएर टुंग्याउनेछौँ । त्यसपछि सार्वजनिक रूपमा जनताबीच बहसमा जानेछ ।

विधानमा संक्रमणकालीन व्यवस्था भनेर हामीले तत्काल त्यो विधान लागू हुनेक्रम पनि विशिष्ट व्यवस्था गर्नेछौँ । अन्तरिम परिषद्लाई व्यवस्थापिकाका रूपमा, केन्द्रीय समितिको रूपमा अर्को व्यवस्था गर्नेछौँ भने सचिवालयका रूपमा अर्को सानो कमिटी बनाइनेछ ।

फरक पृष्ठभूमिका मानिसलाई कसरी प्रशिक्षित गर्ने ? :

हामी मान्छे हौँ । मानिसले आफूलाई गतिशीलता वा समाजको प्रवाहमा अघि बढाउन चाहन्छु । र हामी पनि त्यो चुनौती स्वीकार गर्दै मानिसले सिर्जना गरेका बिचार ग्रहण गर्दै अघि बढेकाले कुनै पनि साथीले नयाँ एजेन्डा ल्याउँछ भने उसलाई हिजो कहाँ थियो भन्ने आधारमा उसको मुल्यांकन गर्नेछैनौँ ।

र, त्यस्तो गर्नु आवश्यक पनि छैन । को पञ्च थियो, को कांग्रेस थियो, को माओवादी थियो भन्ने हाम्रो मूल्यांकन हुने छैन । जो साथी जुन दिनदेखि नयाँ शक्ति भयो, त्यही दिनदेखि पुरानो र नयाँको स्वतः समाप्त हुनेछ । र, ऊ नयाँ शक्ति बन्नेछ । यही आधारमा सबै साथीलाई नयाँ शक्तिका रूपमा लिएका छौँ ।

यद्यपि, विभिन्न पृष्ठभूमि भएका साथी केन्द्रीकरण भएकाले त्यसको भावनात्मक विषय, बुझाई र वैचारिक धारणा ग्रहण गर्ने विषय र कार्यक्रमलाई अघि बढाउने सवालमा केही चुनौती छन् ।

‘पाँच स’ का प्रारम्भिक विषयलाई मानेर त्यहीवरिपरि साथीहरू आएकाले त्योभन्दा बढी विषयलाई तनावका रूपमा विषय प्रवेश गरायौँ भने जटिलता पैदा हुन सक्छ । प्रारम्भिक विषयमा साथीहरू जोडिँदै जानेक्रमलाई हाम्रै धारणाका आधारमा व्यवस्थित गराउनेछौँ ।

devendra poudel inerview (4)
अहिलेसम्मको समीक्षा र ३० गतेपछि

केही अगाडि गएर इतिहास हेर्ने हो भने ०४६ सालमा म युवा विद्यार्थी थिएँ । त्यतिबेलाको आन्दोलनमा सहभागी भएँ । ०५२ को आन्दोलनमा झनै सक्रिय बनियो ।

र, त्योभन्दा पनि धेरै सक्रिय यही पछिल्लो ६/७ महिनाको अवधिमा बनेँ म । बिहानदेखि बेलुकासम्म यति धेरै सक्रियसाथ लाग्दा हामीलाई पहिले गर्ने टिप्पणी, गत असोजमा माओवादी छाड्दा गर्ने टिप्पणी र अहिलेको टिप्पणी हेर्दा धेरै नै प्रगति भएको बुझेको छु ।

तर, हामीले गरेको दुःखको कहीँ न कहीँ अभिव्यक्त भएको महसुु हुन्छ । यद्यपि, यसमै सन्तुष्ट हुने ठाउँ छैन ।

छोटो समयमै ठूलो पार्टी बनाएर २० वर्षमै आर्थिक समृद्धिसहितको अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीलाई पुर्याउने कुरा धेरै नै चुनौतीपूर्ण र महत्वपूर्ण काम हो ।

यसैले पनि सन्तुष्टि लिनेभन्दा पनि थप सक्रिय हुनुपर्नेछ । यस्तै अनुभूतिका रूपमा पछिल्लो समयलाई लिएका छौँ ।

यसका लागि आगामी चुनावमा सफलता ल्याउने विश्वास हामीलाई छ । यसमा पनि पहिलो पार्टी बन्ने नै हाम्रो लक्ष्य छ । दोस्रो पार्टी बनेर काम छैन । जनताले दोस्रो पार्टीका रूपमा उभ्याइदिए त ग्रहण गरौँला नै ।

हामीले आर्थिक समृद्धि ल्याउनु छ । शासन प्रणालीमा आमूल परिवर्तन ल्याउनु छ । त्यसका लागि राज्य शक्तिमा जानैपर्छ । शक्तिमा गएर ओर्लिएर पनि राम्रो होइन । राज्यशक्ति र जनताको साथ लिएर समृद्धिको बाटोमा अघि बढ्नेछौँ ।

पहिलेको अनुभवले पनि के देखायो भने दोस्रो पार्टी बन्ने सुविधा छैन हामीलाई । आउने निर्वाचनमा पहिलो पार्टी बन्ने नै हाम्रो लक्ष्य हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल