यो हो माओवादीभित्रको ६९९, ९९९ र १०९९ कथा

जेठ २३  |   नेत्र पन्थी

यो हो माओवादीभित्रको ६९९, ९९९ र १०९९ कथा

काठमाडौं– जेठ ६ मा बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकता अधिवेशनसँगै माओवादीले ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनायो । यसमा पाँच सय ९९ सय तत्काल पूरा गर्ने र अन्य माओवादीधाराबाट एकतामा आउनेका लागि एक सय सीट राख्ने निर्णय भयो ।

त्यसको चार दिनपछि महाधिवेशन आयोजक समितिको वैठक बस्यो । यहाँ पुग्ने बेलासम्म ६९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा आफु नपरेको भन्दै पार्टी हेडक्वाटरमा गुनासा आउन थाले । आफुभन्दा धेरै जुनियर परेको गुनास आएपछि ती कार्यकर्ताको भावना सम्बोधन गर्ने सूत्रको खोजी हुन थाल्यो । यही सूत्रका रुपमा माओवादी केन्द्रका नेताहरुले महाधिवेशन आयोजक समिति ६९९ बाट बढाएर ९९९ बनाउने निर्णय गरे । बर्षमान पुन, उर्मिला अर्याल, कुलप्रसाद केसी, विश्वभक्त दुलाल लगायतको कार्यदललाई थप सदस्यको नाम सिफारिस गर्न जिम्मा दिइयो । कार्यदलले जेठ १६ मा थप तीन सय नाम सिफारिस गर्यो पनि ।

10 maoist parties unification (19)त्यही नामलाई पार्टी हेडक्वाटरले अनुमोदन गर्यो । बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको महाधिवेशन आयोजक समिति बैठकले अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहेको कार्यालय टिम बनायो । पार्टी एकता प्रक्रियामा सहभागी सबै नेतालाई समेटेर कार्यालय टिम गठन गरिएको छ ।

नेताको पठन संस्कृति-माओवादी कामरेडहरूले पढ्नै छाडे

९९९ बनाउँदा पनि सवैको भावना समेटन सम्भव थिएन । जिल्ला– जिल्लाबाट गुनासा आए । यो पर्यो, म परिनँ भन्ने पनि भए । त्यसपछि नयाँ सूत्रको खोजी गर्न थाले माओवादी केन्द्रका नेताहरुले । फेरि महाधिवेशन आयोजक समितिमा एक सय जना थप्ने निर्णय भयो । २० जेठमा बसेको पोलिटव्यूरो वैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्यो । यसैले २५५ सदस्यीय पोलिटव्यूरो र ८५ सदस्यीय सचिवालय बनाउने निर्णय गर्यो । एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति ठूलो भएको भन्दै त्यसमा परेकोमा दुख मान्ने भन्दा त्यो समितिका आफु नपरेको असन्तुष्टि राख्नेहरु धेरै छन् । सानो आयोजक समिति बनाउने हो भने आफु हट्न तयार रहेको सूचना फेसवुक मार्फत बाहिर ल्याएका छन् । पत्रकार नरेन्द्रजंग पिटरले आफु ‘हजारीलाल’ समितिमा नरहेको सूचना नै जारी गरे ।

खासमा विग्रीएको कहाँबाट हो ?

चार बर्ष अगाडि वैद्य र बादलले प्रचण्ड–बाबुरामसँग सम्बन्ध विच्छेद गरेर हिँडे । नयाँ पार्टी बनाउने बेला उनीहरुले प्रचण्ड–बाबुरामसँग लडन शक्ति चाहिने भन्दै जुनियर नेताहरुलाई पनि केन्द्रीय समितिमा ल्याए । त्यस्तै वैद्य र बादल हिडेपछि प्रचण्ड र बाबुरामले पनि जुनियर नेतालाई बढुवा गरेर केन्द्रीय सदस्य बनाए । पार्टी विभाजनपछि यसरी एक चरण नेताहरु बढुवा भए ।

जव माओवादीधाराहरुवीच एकताको प्रक्रिया अगाडि बढाइयो । वैद्यसँग बादलले सम्बन्ध विच्छेद गरे । बादलले आफ्नै नेतृत्वमा नेकपा क्रान्तिकारीलाई विस्तार गरे । जुनियर नेताहरुलाई केन्द्रीय समितिमा ल्याए । जव एकता अधिवेशन भयो कार्की पार्टी प्यालेसमा, जहाँ तत्कालीन एकीकृत माअ‍ोवादीका नेताले जुनियर व्यक्ति पनि कोही, मात्रिका यादवबाट, कोही तिलक परियारबाट त कोही बादलबाट केन्द्रीय सदस्य भएको देखे । अनि त्यसको असर देश भर पर्यो । आफु भन्दा जुनियर केन्द्रीय सदस्य भएको भन्दै प्रचण्डसहितका माओवादीका नेतामाथि तलका नेताको दवाव शुरु भयो । दवाव थेग्न प्रचण्डले कुनै न कुनै उपाय खोज्नपर्ने भयो । यही उपाय खोज्दै जाँदा महाधिवेशन आयोजक समिति जम्बो बन्यो, ६९९, ९९९ र १०९९ यसैको परिणाम हो । मणि थापा भन्छन्, ‘वैद्य कमरेडसहित एकता भएको भए अर्कै हुन्थ्यो ।  संगठनको ढाँचा । सवैतिरको अबस्था हेर्दा सदस्य बढाउनुपर्ने बाध्यता आयो ।’

एकताको कसरत –माओवादी एकताको इनसाइड स्टोरी : सानोभर्याङ टू कार्की पार्टी प्यालेस 

त्यति मात्र होइन, महाधिवेशन आयोजक समितिमा पर्ने चाहना भएकाहरु पनि उत्तिकै थिए । नेताका नजिक भएकाहरुले आ–आफ्ना नेता मार्फत सिफारिस गराए । कार्यदलमा रहेका कतिपय सदस्यले कोटका सवै गोजीबाट सूचि निकाल्थे र थप्थे ।
ठूलो समिति भएपनि पार्टीभित्र यसको असरवारे छलफल भएन । ‘यो समिति ठीक छ भन्ने कोही पनि भेटिदैनन् । समति ठूलो बनाउनेलाई पनि ठीक गरियो भन्ने लागेको छैन, र बन्नेलाई पनि परेकोमा ठूलो उपलब्धी हासिल गरेको जस्तो लागेको छैन ।’ एक पोलिटव्यूरो सदस्य भन्छन् ।

अहिलेसम्म समितिको कार्यविभाजन भएको छैन । एक हजार ९९ केन्द्रीय सदस्यलाई कहाँ रोजगारी दिने भन्ने योजना अझै बनेको छैन् । ठूलो महाधिवेशन आयोजक समितिवारे मजाक बनाइयो । एक दैनिक पत्रिकामा कार्टुन छापियो । जनयुद्धकालमा एक घर एक छापामारको नाराका ठाँउमा एक घर एक केन्द्रीय सदस्य बन्यो ।

माओवादीकै तर्फबाट सास्.सद रहेका रवीन्द्र प्रताप शाहले पनि एक घर एक केन्द्रीय सदस्य हुने बेला आयो भन्दै आयोजक समितिलाई मजाक बनाए । पत्रकार नरेन्द्रजंग पिटर, विद्यार्थी नेता रमेश मल्ल, वाईसीएल नेता रामप्रसाद सापकोटा र आइपी खरेलजस्ता यूवा नेताले पनि फेसवुक मार्फत असन्तुष्टि पोखे ।

प्रचण्डले पार्टीलाई एक नम्वरको बनाउने सपना देखेका थिए । तर, जव उनले ठूलो महाधिवेशन आयोजक समिति बनाए । फेरि उनलाई उडाइयो र भनियो, ‘संसारकै ठूलो पार्टी केन्द्रीय समिति बनाए ।’

व्यङ्ग आएकोमा प्रचण्डलाई पनि मन परेको थिएन । प्रचण्डले पार्टी निकट पत्रकारहरुको भेलामा भने, ‘होइन्, यो केन्द्रीय समिति होइन । तपाईंहरुले आयोजक समिति भन्नुपर्यो । लेख्नुपर्यो ।’ त्यति मात्र होइन, केन्द्रीय सदस्य नबनाए बाबुरामको नयाँ शक्तिमा जाने धम्की दिनेहरु पनि उल्लेखनीय थिए । त्यति मात्र होइन, पद नभएसम्म काम गर्दिनँ भनेर गोपाल किरातीले भने झै धम्काएर पद लिने ‘रोल्पावाद’ पनि हावी छ, माओवादीमा ।अहिले केन्द्रीय समितिमा बसेका नेतालाई भोलि तल बसेर काम गर भन्न पनि प्रचण्ड र अरु नेताका लागि कठिन हुने देखिन्छ ।

यहाँ पढनुहोस् किरातीको रोल्पावादको थ्योरी – रोल्पावादले खायो माओवादीलाई : गोपाल किराती

‘वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क संगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका श्रृंखलाहरु देखापरे जसको परिणाम क्रान्तिकारीहरुमा निराशा, विघटन र पलायनका प्रवृति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरु भने हौसिंदै क्रान्तिका उपलब्धीहरु माथि आक्रमण बढाउँदै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिष्टहरुका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुतः सम्पूर्ण माओवादी सहित सच्चा कम्युनिष्टहरुको बीचको एकता आज एक अपरिहार्य, वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।’ १० माओवादी घटकवीचको एकताको पुष्टी गर्दै भनिएको थियो । तर, संगठनमा आउँदा यो देखिएको छैन ।

10 maoist parties unification (4)एकताका बेला संगठनात्मक विषयमा भनिएको थियो, ‘जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रुपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नु पर्दछ ।’ तर, एक हजार ९९ ले यसलाई आत्मसाथ गरेको दखिदैन् । ६९९ महाधिवेशन आयोजक समिति बनाउने निर्णयपछि प्रचण्डले भनेका थिए, ‘एक गाँउ एक केन्द्रीय सदस्य हुन्छन् । अझै अपुग भएका छन् ।’

पूर्व आइजिपी रबिन्द्र प्रताप शाहले ‘एक घर एक केन्द्रिय सदस्य’ भन्दै माओवादीलाई उडाए 

वैद्यले जेठ १ मा जारी गरेको अपिलमा एकतामाथि गंभीर प्रश्न उठाएका छन् । ‘बादलद्वारा अनधिकृत रूपमा बोलाइएको गुटको बैठकमा आफ्नै अध्यक्षतामा कथित केन्द्रीय समिति बनाई औपचारिक रूपमा पार्टीको विभाजन गरिएको छ । हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ । ’ उनको अपिलमा छ । तर, ठूलो महाधिवेशन आयोजक समितिवारे उनको पछिल्लो प्रतिक्रिया आउन वाँकी छ ।

सूर्य थापाको व्यङ्ग्यः माओवादी केन्द्र एक नम्बर पार्टीको हैसियतामा पुग्यो 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल