माओवादी एकताको इनसाइड स्टोरी : सानोभर्याङ टू कार्की पार्टी प्यालेस

जेठ ८  |   नेत्र पन्थी

माओवादी एकताको इनसाइड स्टोरी : सानोभर्याङ टू कार्की पार्टी प्यालेस

काठमाडौं– विभिन्न घटकसँग एकीकरण भएको तेस्रो दिन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको वैठक बसेको थियो । बत्तीसपुतलीस्थित अनुपमा फुडल्यान्ड एन्ड ब्यांकेटमा जेठ ९ को त्यो वैठकमा एजेन्डा पेश गर्नेक्रममा प्रचण्डले पार्टी एकताको प्रसंग कोट्टाए ।

प्रचण्डले बताए अनुसार दोस्रो संविधानसभाको चुनाव स्वीकार गर्ने आफु नेतृत्वको तत्कालीन एकीकृत माओवादी र बहिस्कार गर्ने वैद्य नेतृत्वको नेकपा–माओवादीलाई चुनावी परिणामले भयानक धक्का दिएको थियो । प्रचण्डको शब्दमा चुनाव स्वीकार गर्ने र बहिस्कार गर्ने दुवै समूह छागाबाट खसेजस्तो भएका थिए ।

चुनावी हारबाट झोक्रिएर बसेका प्रचण्ड एकीकृत माओवादीका तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको घरमा कफी पिउन गएका थिए । चुनावी नतिजा आएकै दिन आसपासको कुरा थियो । बोगटी निवास त्यतिबेला सानोभर्याङतिर थियो ।

maoist kendra (1)प्रचण्ड त्यहाँ पुग्दा मात्रिका यादव र मणि थापाले बोगटीसँग चुनावी परिणामको समीक्षा, यसमा वैद्य माओवादीको भूमिका र माओवादी आन्दोलनको पुनर्गठनको विषयमा कुराकानी गरिरहेका थिए । यो एकतामा मात्रिका र मणिले शुरुदेखि नै पहल गरेको प्रचण्डको भनाई आयो ।

सानोभ¥याङस्थित बोगटी निवासमा भएको भेटमा मात्रिका र मणिले प्रचण्डसँग ‘अव एकता प्रक्रिया अगाडि बढाउनुप¥यो, हामी पहल गर्छौँ’ भन्ने प्रस्ताव राखे । चुनावी नतिजाले घाइते बनेका प्रचण्डका लागि यो प्रस्ताव स्वभाविक मात्र होइन आबश्यक पनि लाग्यो । त्यहीँ दिनको वैठकमा सवैले आ–आफ्नो तरिकाले पहल गर्ने र कार्यगत एकता हुँदै पार्टी एकीकरणसम्म जाने समझदारी बन्यो । ०७० मंसिर पहिलोसाता तयार पारिएको पार्टी एकताको रोडम्याप पूरा हुन दुई बर्ष ६ महिना जति लाग्यो । सानोभ¥याङबाट शुरु भएको संवाद र पहलले कार्की पार्टी प्यालेससम्म आउँदा मूर्त रुप लियो ।

०७३ जेठ ६ मा विभिन्न पार्टी र व्यक्ति गरी १० माओवादी घटकवीच एकता भयो । तर, एकता प्रक्रिया पूरा हुनेबेलासम्म वैद्य नेतृत्वको पार्टी भने छुट्यो । वैद्यको पार्टीबाट बहुमत केन्द्रीय सदस्यसहित रामबहादुर थापा बादलले एकतामा सहभागी भए । अढाई बर्षको दौडधूप र मिहिनेतले माओवादी एकता प्रक्रिया सम्भव बन्यो । यो एकता प्रक्रियाका लागि संवादहरु जारी रहेकै बेला वैद्यसँग नेत्रविक्रम चन्द विप्लवले डिभोर्स गरे । यता प्रचण्डसँग चाहिँ बाबुरामले ।

maoist unifcation 2एकता प्रक्रियाका लागि संवाद हुँदै गर्दा ०७२ माघको दोस्रो सातासम्म पनि वैद्य एकतामा आउँछन भन्नेमा प्रचण्ड ढुक्क थिए । जनयुद्ध दिवस एकीकृ रुपमा मनाउने तयारी भयो । तर, अन्तिम समयमा वैद्यले अस्वीकार गरे । यहीबाट प्रचण्डले आफ्नो मनमा वैद्य आउँदैनन् कि भन्ने चिसो पसेको बताएका छन् । प्रचण्डले वैद्यसँग एकताको सम्भावना टरेकोवारे सदस्यीय जम्वो महाधिवेशन आयोजक समितिको वैठकमा सुनाए पनि ।

माघको पहिलो साता धेरैले सोचेका थिए, वैद्य एकतामा सहभागी हुन तयार भएका छन् । जस्तो कि ०७२ माघ ७ गते काठमाडौंमा भएको कार्यक्रममा प्रचण्ड–वैद्य एकले अर्काको प्रसंसा गरेका थिए । कार्यक्रम थियो, कृष्णदास श्रेष्ठद्वारा लिखित ‘भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन’ नामक पुस्तकको विमोचन । उनी त्यसबेलासम्म वैद्यले नेतृत्व गरेको माओवादीका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष थिए । पछि एकता प्रक्रिया मार्फत श्रेष्ठ नेकपा माओवादी केन्द्रमा सहभागी भए । वैद्य माओवादीका नेता कार्यक्रममा प्रचण्ड प्रमुख अथिति भएर गएका थिए । यसले पनि प्रचण्ड–वैद्य एकता नजिकै पुगेको होला भन्ने अनुमान गर्न सकिन्थ्यो । वैद्यकै सल्लाहमा श्रेष्ठले प्रचण्डलाई निम्ताएका थिए ।mohan Baidhya

वैद्यले त्यहाँ प्रचण्डको प्रशसा गरे, ‘पाँचौ महाधिवेशन ताका नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको धार बढदै गयो । क्रान्तिकारीधारलाई अगाडि बढाउन आबश्यक थियो । युवाको खोज्दै थिएँ । त्यो खुवी मैले प्रचण्डमा पाएँ । आन्दोलनका जटिलता पार गर्ने भन्नेमा युुवाको रुपमा पाएँ ।’ प्रचण्डले भनेका थिए, ‘दर्शन र सौन्दर्य शास्त्र सम्बन्धी मेरा आधरभूत ज्ञानहरु कमरेड किरणद्धारा उत्पेरित छन् । यदि उहाँसँगै म हुँदैन्थे भने साहित्य सम्बन्धी, सौन्र्दर्यशास्त्र सम्बन्धी र दर्शन सम्बन्धी आधारभूत ज्ञानहरु प्राप्त गर्ने र त्यसलाई प्रयोग गर्ने अवसर नहुन सक्थ्यो । अहिले जे जति ज्ञानहरु छन्, उहाँको योदगादन छ ।’

यस्ता कार्यक्रमले नेताहरुवीच विश्वास बढाउँदै लगेको थियो । ठीक त्यहीँबेला वैद्य–प्रचण्डवीच पार्टी एकताको लागि साझा प्रस्ताव लेख्ने विषयमा पनि छलफल भयो । शुरुमा प्रचण्डले वैद्यलाई लेख्न आग्रह गरे । पछि वैद्यले प्रचण्डलाई नै लेख्न भने । आफुले तयार पारेको प्रस्ताव वैद्यलाई दिएको र शुरुमा वैद्यले त्यसलाई राम्रो भनेको प्रचण्डले बताएका थिए । शुरुमा राम्रो भनेपनि अन्तिममा वैद्यले धोका दिएको प्रचण्डको भनाई थियो । त्यसबेलासम्म राजनीतिक–वैचारिक पक्ष मिलेपछि मात्र एकता हुन्छ भन्ने वैद्यको भनाई बाहिर आईरहेको थियो ।

तर, पनि यतिबेलासम्म माओवादी नेता–कार्यकर्ताले प्रचण्ड–वैद्यको एकता अव कुनै पनि हालतमा रोकिन्न भन्ने तहको थियो । त्यसबेला प्रचण्डको भन्दा वैद्यको एकतामा बढी चासो थियो । उनीहरु द्धन्द्धकालीन मुद्धामा एक ठाँउमा थिए । दुई बर्षभित्र एक नम्वरको पार्टी बनाउने प्रचण्ड योजना थियो । स्थानीय निकायको चुनावी तयारी गर्दै थिए, प्रचण्ड । यी विषय एकता लागि सकरात्मक थिए । तर, संविधानलाई हेर्ने विषय, नेपाली क्रान्तिको मोडलवारेका बुझाई, प्रधान अन्तरविरोधवारेका आ–आफ्ना तर्क, व्यवस्थापिका ससदलाई हेर्ने दृष्टिकोण र शक्तिकेन्द्रको चलखेलले एकता भाड्न सक्ने खतरा पनि थियो । शक्तिकेन्द्रहरु हावी भएको संकेत गर्दै जेठ १० को महाधिवेशन आयोजक समिति वैठकमा प्रचण्डले भनेका थिए, ‘अन्तराष्ट्रिय शक्ति केन्द्रहरु आत्तिएका छन् । माओवादीलाई फुटाएर नसकिने रहेछ भन्ने उनीहरुलाई लागेको छ ।’

दुवै माओवादीका माओवादी वैठकहरुमा पार्टी एकताका लागि बेला–बेला यस्ता चर्चाहरु भैरहन्थे । एकताका लागि भन्दै शीर्ष नेताहरुले बेला–बेला औपचारिक र अनौपचारिक संवाद पनि गरिरहेका हुन्थे । तर, राष्ट्रिय राजनीतिमा आउने केही घटनाक्रमले उनीहरुलाई टाढा–ठाढा पुरउँथ्यो । चुनावी राजनीति सकिएपछि उनीहरुले एकतामा जोड दिएका थिए ।

Prachanda baidhya (7)जस्तो कि २०७१ को चैत्र १ मा एकीकृत माओवादी र वैद्य माओवादीका शीर्ष नेताको संयुक्त वैठकले पार्टी एकताका लागि उच्चस्तरीय वार्ता टोलीको गठन गरेको थियो । वार्ता टोलीमा एकीकृत माओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी थिए । वैद्य माओवादीका तर्फबाट वैद्य, सीपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ सम्मिलित थिए ।

त्यसको अर्को दिन २ चैत्रमा संयुक्त महाधिवेशन मार्फत पार्टी एकता गर्ने लक्ष्यसहित तीन वटा माओवादीका युवा नेताहरुले ‘माओवादी आन्दोलन पनगर्ठन अभियान’ शुरु गरेका थिए । राजधानीको प्रज्ञा भवनमा अभियानको घोषणासँगैै यसको प्रतिबद्धता–पत्र र कार्यक्रम पनि सार्वजनिक गरिएको थियो ।

संयुक्त वार्ता टोली बनाएका उनीहरुले वार्ताका एजेन्डा समेत तय गरेका थिए । वार्ता टोली गठन भएको आठौ दिन अर्थात ०७१ चैत्र ८ गते बसेको संयुक्त वार्ता टोलीको वैठकले पार्टी एकताका लागि सात वटा एजेन्डा तय गरेको थियो । माक्र्सवाद, लेनिनवाद र माओवादीको रक्षा, प्रयोग र विकास वार्ताको लागि पहिलो एजेन्डा बनाएका थिए । त्यसबाहेक उनीहरुले क्रान्तिको स्वरुप, त्यसको रणनीति र कार्यनीति तथा सामाजिक क्रान्तिका लागि बल प्रयोगको सिद्धान्तलाई पनि एजेन्डा बनाएका थिए । त्यसैगरि विगतका कमी कमजोरीको समीक्षा तथा पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोग पनि सात बुँदे एजेन्डाभित्र परेका थिए । संसदवादको बुझाई र प्रयोग तथा तत्कालीन राजनीतिक कार्यनीति तयलाई पनि वार्ता टोलीले एजेन्डा बनाएको थियो ।

प्रचण्ड–वैद्यबीच पार्टी एकताका विषयमा कुराकानी भैरहेको थियो ०७२ बैशाख १२ मा । उनीहरु संवादमा रहेकै बेला भूकम्प आयो । प्रचण्ड महासचिव कृष्णबहादुर महरालाई लिएर वैद्यकोमा पुगेका थिए । वैद्य र बादलले प्रचण्ड र महरासँग कुरा गरिरहेको बेला भुकम्प आएको थियो । भुकम्पपछि उद्धार र राहत लगायतका समेत दुई माओवादीले संयुक्त अभियान चलाएका थिए । अभियान सकिएको औपचारिक जानकारी नदिदै एकीकृत माओवादीसहितका प्रमुख दलले २५ जेठमा १६ बुँदे सहमति गरे । त्यसको दुई दिनपछि वैद्यले एकता प्रक्रिया भाँडिएको बताए । यसरी बेला बेला एकता नजिक र टाढा हुन्थ्यो । तर, पनिएकताको प्रयासमा दोस्रो–तेसो तहका नेताहरु लागि रहेका थिए । प्रचण्ड, वैद्यसँग संवाद गरिरहेका हुन्थे ।

एकताका लागि सवैका आ–आफ्नो चासो र स्वार्थ पनि थिए । प्रचण्डले ०७२ मंसिर १५ गतको केन्द्रीय समिति वैठकमा पेश गरेको प्रतिवेदनमा पार्टी एकतालाई स्थानीय चुनावसँग जोडेर हेरेका थिए । ‘पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको यो प्रक्रियालाई आगामी स्थानीय, प्रादेशिक एवम् संघीय निर्वाचनसम्म सुदृढ गर्दै देशमा बलियो कम्युनिष्ट केन्द्र एवम् देशभक्त, जनवादी एवम् वामपन्थी शक्तिहरुको बलियो मोर्चा निर्माण गरी देशको नेतृत्व लिन दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।’ प्रचण्डको प्रस्ताव थियो । यो केन्द्रीय समिति वैठक सकिएपछि दुई बर्षमा पार्टीलाई एक नम्वर बनाउने मिसनमा प्रचण्ड देश दौडाहा लागेका थिए । यसका लागि उनले एकतालाई पहिलो आधार बनाएका थिए ।

दिन दिनै ओरालो लागेको राजनीतिबाट वैद्य र बादलजस्ता नेताहरु पनि मुक्त हुन चाहन्थे । पार्टी विभाजनपछि संगठन विस्तार गर्न नसक्नु, आफुले उठाएको राजनीतिक नारा राष्ट्रिय राजनीतिमा स्थापित नहँनु, कार्यकर्ता पलायन हुनु र विप्लव समूह अलग भएर नयाँ पार्टी गठन गर्नुजस्ता कारणले वैद्यलाई एकताको आबश्यकता महसुस भएको थियो । बाबुराम हिडेपछि वैद्यहरुलाई प्रचण्डसँग मिल्न सहज पनि लाग्न थालेको थियो । शान्ति प्रक्रियासँग जोडिएका जनयुद्धकालीन मुद्धा उठाउने विषयले पनि एकता नजिक बनाएको थियो । यी घटनाक्रम एकताका लागि सहयोगी बन्दै गएका थिए र आपसी विश्वास पैदा गर्दै गएका थिए ।

परि थापासँगै एकता गर्दा पारित राजनीतिक प्रतिवेदनले पनि वैद्यलाई एकीकृत माअ‍ोवादीसँग एकता गर्न पहल लिने ठाँउ दिएको थियो । तर, पछि थापा समूहले एकतापक्षलाई होइन, वैद्यलाई नै सहयोग ग¥यो ।

०७२ असोज असोज १३ गते राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले एकताका लागि आफु आतुर भएको बताएका थिए । ‘चार वर्ष पहिले पार्टी छाडेकाको स्वागत गर्न म आतुर छु, भर्खरै पार्टी छाडेका पनि ढिलोचाँडो फेरि यही पार्टीमा समाहित हुन्छन् ।’ प्रचण्डले भनेका थिए । त्यसपछि फेरि एक पटक एकताका लागि धेरै मिहिनेत गरे उनले । कहिले लुकेर त कहिले खुलेर वार्ता गरे ।

prachanda
प्रचण्ड र वैद्यवीचको सम्भावित एकतालाई विथोल्न नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मंसिरभर सक्रिय देखिए । प्रचण्ड–वैद्यवीच संवाद बाक्लिएकै बेला विप्लवले दुई माओवादीको एकता रोक्न पहल थालेका थिए । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यका अनुसार विप्लवले वैद्यलाई भेटेरै प्रचण्डसँग एकता नगर्न सुझाव दिएका थिए । बुढाहरुले क्रान्ति गर्न नसक्ने भन्दै ०७१ मंसिर ८ गते विप्लवले वैद्यसँग अलग भएका थिए । १० माओवादीवीचको एकतालगत्तै वैद्य, विप्लव र हेमन्तप्रकाश वलीले एकतालाई नाटक भने ।

१३ बुँदे साँझा सहमतिको जगमा १० माअ‍ोवादी घटकवीच एकता भयो । तर, वैद्य यहाँ अटाएनन् । प्रचण्डले धेरै पटक वैद्यकहाँ गएर वार्ता गरेको खेर गयो । एकतासँगै प्रचण्डका अगाडि राजनीतिक भन्दा पनि संगठनात्मक चुनौति ठूलो बनेर आएको छ । पहिला उनले एकतामा ल्याउन मिहिनेत गरे, अहिले त्यसको व्यवस्थापनमा समय खर्चनु परेको छ ।

०६९ असारमा बौद्धमा एकीकृत माओवादीभित्रको किरणपक्षीय समूहले राष्ट्रिय भेला गरि एकीकृत माओवादीबाट अलग भई नेकपा–माओवादी गठनको घोषणा गरेका थियो । ५ असारमा नयाँ पार्टी गठनलगत्तै आरोप–प्रत्यारोप, आ–आफ्ना संगठनहरुको पुनगर्ठनमा लागेका दुवै माओवादीभित्र केही महिनापछि पार्टी एकीकरणको बहस उठन थालेको थियो ।

यो पनि

एक भए, दश बर्ष सँगै लड्नेहरु

बादलको राजनीति यात्रा : ‘आफ्नै घर फर्की आएँ’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल