लेखनाथ न्यौपानेको फरक पाटो : सुधा थापा, उमेश शर्मा, प्रेमसुधालाई उनी आफैँले मृत्युमा पुर्याए

लेखनाथ न्यौपानेको फरक पाटो : सुधा थापा, उमेश शर्मा, प्रेमसुधालाई उनी आफैँले मृत्युमा पुर्याए

लेखनाथ न्यौपाने नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य हुन् । राजनीति उनको मुख्य पेसा हो र लेखन सहायक । यति हुँदाहुँदै पनि लेखनमा उनको अति नै रुचि छ, फुर्सद भएसम्म पढ्ने र लेख्ने उनको बानी छ । उनको लेखाइ तथा साहित्य यात्राबारे रातोपाटीले गरेको कुराकानी ।

lekhnath neupane book (2)तपाईंंले पहिलोपटक लेख–रचना कहिले लेख्नुभयो ? कुन विषयमा थियो र केमा लेख्नुभयो ?

मैले ४९ सालमा पहिलो लेख लेखेँ । त्रिविभित्रको अस्कल (त्यहाँको गुन्डागर्दी र अस्कलको ऐतिहासिकताबारे) भन्ने शीर्षकमा लेखेको त्यो लेख जनादेश साप्ताहिकमा छापिएको थियो ।

पत्रपत्रिकामा के–के नामबाट लेख्नुभयो ?

सुधा थापा, उमेश शर्मा, प्रेमसुधा आदि नाममा लेख्थेँ एक समय । तर, लेखनाथले अरू सबै नामलाई किचेपछि लेखनाथ न्यौपानेकै नाममा लेख्न थालेँ । साहित्यचाहिँ प्रेमसुधाकै नाममा मात्र लेख्छु भन्ने प्रयत्नले पनि हार्यो ।

तपाईंको पहिलो पुस्तक के थियो ?

प्रतिबन्धित कलम (संस्मरण) मेरो पहिलो पुस्तक हो । जुन २०५४ देखि ०५८ सम्म जेल बस्दा लेखेको र ०६० मा प्रकाशित भएको हो ।

अहिलेसम्म लेखिएका पुस्तक कुन–कुन हुन्, कुन–कुन सालमा प्रकाशित भए ?

प्रतिबन्धित कलम (२०६०/२०६७), अखिल ज्ञान (०६१, ०६३ र ०६४), तिमी अमर भयौ (०६३), शिक्षा र राजनीति (०६४), चिट्ठीमा जनयुद्ध (०६५), शिक्षामा पुनर्संरचनाको बहस (०६७), विद्यार्थी आन्दोलनमा २२ वर्ष (०६७) र कोमामा कोरस (०७२) हुन् ।

कुन पुस्तक केसँग सम्बन्धित थियो ?

‘प्रतिबन्धित कलम’ जेलका विषयलाई केन्द्रित गरेर लेखिएको संस्मरण हो । ‘तिमी अमर भयौ’ जीवनसाथीको शहादतपछि उहाँकै सम्मान र सम्झनामा लेखिएको संस्मरण हो भने ‘कोमामा कोरस’ रोल्पादेखि सिंहदरबारसम्मको माओवादी यात्राबारे लेखिएको नियात्रा हो । ‘अखिल ज्ञान’ आधारभूत कार्यकर्ताका लागि पाठ्यपुस्तक हो भने ‘चिट्ठीमा जनयुद्ध’ जनयुद्धकालमा विभिन्न व्यक्ति र संस्थाले मलाई पठाएको र मैले पठाएका पत्रको संकलन हो । ‘शिक्षा र राजनीति’ एवम् ‘शिक्षामा पुनर्संरचनाको बहस’ शिक्षासम्बन्धी मेरा वैचारिक रचना हुन् भने ‘विद्यार्थी आन्दोलनमा २२ वर्ष’ विद्यार्थी आन्दोलनको इतिहास र अनौपचारिक दस्तावेज संग्रह हो ।

राजनीतिक पुस्तक लेख्दा प्रमाणित सिद्धान्त, तथ्य र सन्दर्भसामग्री खोज्ने कार्य पहिलो बन्छ, जसले धेरै त्यस्ता पुस्तकको अध्ययन आवश्यक हुन्छ भने साहित्य लेख्दा पनि पुस्तक त पढ्नैपर्छ तर विषयको छनोट, प्रस्तुतिको शैलीका अतिरिक्त स्वतन्त्रतापूर्वक भावमा डुबेर सलल बग्नुपर्छ ।

राजनीतिबाहेक अरू के–के विधामा लेख्नुभयो ?

साहित्यअन्तर्गत संस्मरण वा नियात्रा विद्यामा लेख्ने गरेको छु ।

lekhnath neupane book (1)
भूमिगतकालमा किताब लेख्ने कुरा कस्तो हुन्थ्यो ?

सन्दर्भसामग्री खोज्ने, प्रविधि प्रयोग गर्ने, स्रोतव्यक्तिलाई भेट्ने र सुरक्षाको सन्दर्भ निकै अप्ठ्यारो थियो भने उपलब्ध सामग्री पढ्ने र रचना सिर्जना गर्ने कार्य पनि युद्धकालीन अवस्थाको भूमिगत जीवन भएकाले त्यति सजिलो थिएन ।

राजनीति र अन्य विधाका पुस्तक लेखनमा फरक के रहँदोरहेछ ?

राजनीतिक पुस्तक लेख्दा प्रमाणित सिद्धान्त, तथ्य र सन्दर्भसामग्री खोज्ने कार्य पहिलो बन्छ, जसले धेरै त्यस्ता पुस्तकको अध्ययन आवश्यक हुन्छ भने साहित्य लेख्दा पनि पुस्तक त पढ्नैपर्छ तर विषयको छनोट, प्रस्तुतिको शैलीका अतिरिक्त स्वतन्त्रतापूर्वक भावमा डुबेर सलल बग्नुपर्छ ।

लेखनाथ न्यौपाने किन लेख्छन् ?

समाज रूपान्तरणमा सहयोगी बन्न, मनको पीडा अभिव्यक्त गर्न, समाज र संस्थाभित्रका विकृतिविरुद्ध बोल्न र मरेपछि पनि बाँच्ने लोभमा म लेख्ने गर्छु ।

नेता र लेखकको तालमेल कसरी मिलाउनुहुन्छ ?

समयको विन्यास र विन्यास गरिएको समयअनुरूप चल्ने कोसिस गर्छु । सामान्यखालको नेता र लेखक हुनुको नाताले तालमेल मिलाउन त्यति गाह्रो छैन ।

राजनीतिक चापबीचमा तपाईंले कसरी समय मिलाउनुहुन्छ किताब लेख्न ?

संगठन अथवा राजनीतिक कामको सिलसिलामा सिर्जनाका विषय र पात्र खोज्ने गर्छु । राजनीतिक कामको चापाचाप हुँदा लेख्ने गति धिमा हुन्छ र उताको कामको चाप घटेपछि लेख्ने कामलाई अघि बढाउने प्रयत्न गरिन्छ । सिर्जनाको काम प्रायः एकान्त मुख्यतः रातको समयमा गर्ने हुँदा दुवै कामलाई जारी राख्न सकेको छु ।

कति समय लाग्छ एउटा किताव लेख्न ?

राजनीतिक कामक्रममा भेटिएका विषय र पात्रबारे वा योजनाबद्ध खोजिएका विषयबारे पैदल हिँड्दा, बाइक चलाउँदा अथवा गाडीमा गुड्दा दिमागमा निरन्तर खेलाउँछु, प्लट बनाउँछु र सम्भव हुँदासम्म कापी वा मोबाइलमा टिप्ने गर्छु । यसरी जम्मा गरिएका थुप्रै टुक्रा विषय विभिन्न किताबका लागि आवश्यकताअनुसार लिने गर्छु । जस्तो झन्डै सात सय पेजको विद्यार्थी आन्दोलनमा २२ वर्ष भन्ने पुस्तक म ०६० मा पहिलोपटक अध्यक्ष हुँदादेखि सामग्री जम्मा गर्दै ०६७ मा अध्यक्ष छाड्दासम्म जारी राखेँ र त्यसको ६ महिनापछि पुस्तक तयार भएको थियो । ‘तिमी अमर भयौ’ भन्ने पुस्तक जीवनसाथीको शहादत भएको महिना दिनमा लेखिसकेको थिएँ ।

तपाईंले लेखेको कतिपय किताब विवादमा परेको थियो होइन ?

‘प्रतिबन्धित कलम’भित्र जुन विषय उठाएको छु, त्यसले पार्टीभित्रका सुकिलामुकिला र सुविधाभोगीले पुस्तक जलाउनुपर्छ समेत भनेर विवादमा तानेका थिए भने ‘तिमी अमर भयौ’ भन्ने पुस्तक क्रान्तिकारी नेताले लेखेको हो कि गैरक्रान्तिकारीले अथवा विचारलाई भावनाले डोर्यायो भनेर विवादमा तान्ने कोसिस भएको थियो ।

सबैभन्दा धेरै र थोरै समयमा लेखिएको किताब ? त्यो लेख्न कति–कति समय लागेको थियो ?

‘तिमी अमर भयौ’ भन्ने पुस्तक महिना दिनमा लेखिसकेको थिएँ भने ‘विद्यार्थी आन्दोलनमा २२ वर्ष’ भन्ने पुस्तक लेख्न झन्डै सात वर्ष लाग्यो ।

केही पुस्तक पसलबाट बिक्री भएका मेरा पुस्तकको पैसा नलिई आफूलाई आवश्यक अन्य पुस्तक ल्याउने गरेको छु तर विद्यार्थी आन्दोलनमा २२ वर्ष भन्ने पुस्तक बिक्रीबाट झन्डै चार लाख जम्मा भएको थियो, जसले एक वर्ष काठमाडौँमा मेरो परिवारलाई पाल्यो ।

lekhnath neupane book (3)
तपाईंको परिवारबाट पनि लेखनमा सहयोग हुन्छ नि हगि ?

पक्का पनि सहयोग भएको छ । लेखनका लागि वातावरण मिलाइदिने मात्र होइन कि लेखिएको अंश पढ्ने र सम्पादनसहितको सुझाव राख्ने तहको सहयोग श्रीमती विभूतिबाट हुन्छ । त्यसो त उनी आपैmँ सशक्त कवि हुन् । यसकारण पनि घरमा पढ्ने र लेख्ने वातावरण अनुकूल छ ।

किताबबाट आउने प्रतिक्रिया कस्ता हुन्छन् ?

सकारात्मक र नकारात्मक अथवा गाली र ताली दुवैप्रकारका प्रतिक्रिया आउँछन् । विरोधमा होइन कि भावुक भएर पुस्तक पढेर पुस्तक नै पोल्ने तहको प्रतिक्रिया पनि आएको छ ।

किताबबाट पैसा पनि आउँछ कि आउँदैन ? रोयल्टी पाएको अनुभव छ कि ?

नेपालमा धेरै मान्छे ठग छन् । यसमध्ये पुस्तक छाप्ने संस्था र बेच्ने पसले पनि अधिकांश ठग छन् । यस्ताले न रोयल्टी न त बिक्री भएको पुस्तकको पैसा नै दिन्छन् । केही पुस्तक पसलबाट बिक्री भएका मेरा पुस्तकको पैसा नलिई आफूलाई आवश्यक अन्य पुस्तक ल्याउने गरेको छु तर विद्यार्थी आन्दोलनमा २२ वर्ष भन्ने पुस्तक बिक्रीबाट झन्डै चार लाख जम्मा भएको थियो, जसले एक वर्ष काठमाडौँमा मेरो परिवारलाई पाल्यो ।

तपाईंको मन पर्ने लेखक नेपाली र विदेशी ?

नेपाली लेखकमा साहित्यतर्फ पारिजात, बीपी, भूपी, रमेश विकल, इच्छुक एवम् राजनीतिकतर्फ पुष्पलाल, मोहन वैद्य, प्रदीप गिरी । विदेशीमा राहुल सांकृत्यायन, जे कृष्णमूर्ति, गोर्की, अनिल बार्बे मन पर्छन् ।

तपाईंलाई आफूले लेखेकोमध्ये सबैभन्दा राम्रो किताब कुन लाग्यो किन ?

‘कोमामा कोरस’ र ‘अखिल ज्ञान’ । विचार र कलालाई ठीक ढंगले पक्रेको एवम् राजनीतिलाई पनि शीर्षस्थानमा राखेर लेखिएको राजनीतिक नियात्राको पुस्तक ‘कोमामा कोरस’ परिपक्व पुस्तक हो भन्ने लाग्छ मलाई भने ‘अखिल ज्ञान’ यति धेरै बिक्री भयो कि सबै राजनीतिक स्कुलका पाठकले खोजी–खोजी किनेको र पुनः प्रकाशनका लागि धेरैतिरबाट अनुरोध आएकाले उल्लिखित दुई पुस्तक राम्रो मान्न सकिन्छ ।

तपाईंले दोहोर्याएर पढेको किताब ?

‘कम्युनिस्ट घोषणापत्र’ र अनिल बार्बेको ‘धन्यवाद ग्लाड महोदय’ ।

कहिलेसम्म लेख्ने सोच छ ?

लेखनका लागि थप समय दिएर सकेजति निरन्तरता दिने सोचमा छु ।

अहिलेसम्म कतिजति किताब पढ्नुभयो होला ?

ठ्याक्कै संख्या त भन्न सक्दिनँ । एकातिर आवश्यकताका हिसाबले पुस्तक पढ्छु भने अर्कोतिर उपलब्ध प्रायः सबै पुस्तक पढ्न मन लाग्छ ।

घरमा कति छन् किताब ?

चार हजारजति छन् कि ।

किताब लेख्न चाहने नेतालाई तपाईंका टिप्स ?

पहिलो, विषय छान्न (अध्ययनसहित) समय खर्चनुपर्छ । दोस्रो, सरल प्रस्तुतिमा गुरुत्व बढी हुने कुरो बिर्सनुहुँदैन र तेस्रो, वाक्य गठन र शब्द चयनमा लेखकको परिचय विम्बित हुने कुरा ख्याल गर्नु जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल