फुटबलबाट बाहिरिएपछिका गणेश थापा

जेठ ६  |   राजकुमार सिग्देल

फुटबलबाट बाहिरिएपछिका गणेश थापा

काठमाडौं−‘झण्डै ३५ वर्ष फुटबलमा बिताएँ, अहिले विभिन्न कारणले फुटबल भन्दा बाहिर रहेपनि मेरो नशा−नशामा फुटबल रहेको छ ।’
केहि दिन अघि रातोपाटीसँगको भेटमा एन्फाका निवर्तमान अध्यक्ष गणेश थापाले भावुक हुँदै भनेका थिए । अप्रत्यासित रुपमा भएको उक्त भेटमा उनी फुटबलका विवादित विषयमा खासै खुल्न चाहेनन् । बरु, आफूलाई फसाउन राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाटै षड्यन्त्र भएकोतर्फ संकेत गरे ।ganesh thapa

२२ वर्ष एन्फाको नेतृत्व हाँकेका थापा अहिले आर्थिक अनियमितताको अभियोगमा फुटबलको अन्तराष्ट्रिय निकाय फिफाको निलम्बनमा परेका छन्, त्यो पनि १० वर्षका लागि । देशभित्रसमेत आर्थिक अनियमितिको आरोपमा संसदको सार्वजनिक लेखा समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धानसम्मको छानबिनमा परे थापा । तर, आरोपको पुष्टि स्वदेशभित्र हुन नपाउदै  फिफाले भने अनियमितताको आरोप लगाउँदै १० वर्षे निलम्बनको घोषणा गरेको हो ।
फुटबलमा अन्तराष्ट्रिय स्तरबाटै लामो निलम्बनमा परेसँगै उनी अहिले फुर्सदको समयलाई सदुपयोग गर्दै जिल्ला (मकवानपुर) केन्द्रीत भएर राजनीति र समाजसवामा सक्रिय छन् । राप्रपा नेपालको तर्फबाट समानुपातिक सभासद समेत रहेका उनी अहिले महिनाको करीब आधाजसो जिल्लातिर भेटिन्छन् ।
अहिले समाज सेवामा जुन किसिमले थापा लागेका छन्, त्यसबाट स्थानीयमा उत्साह बढ्नुका साथै अन्य विपक्षी दलहरुलाई समेत दवाव परेको छ । विगतमा चुनावको समयमा मात्रै गाउँ केन्द्रित हुने दलहरुलाई थापाले अप्ठ्यारो बनाइदिएका उनले आफ्नै पहलमा गाउँमा विकासको पहल गरेका छन्, गरीब तथा दुःखीहरुलाई सक्दो सहयोग गरेका छन्, भने जनताको दुःखसुखमा सँगसँगै रहेका छन् । उनको जनतासँग जोडिनुको स्वार्थ पनि होला तर, यसबाट जनताले थोरै भएपनि राहतको मशसुश भने पक्कै गर्न सकेका छन् । करीब ६ महिनायता गाउँ केन्द्रित थापाले सभासदको दायित्व निर्वाह गरेकै छन् । गत वर्षको भुकम्पबाट ज्यान गुमाएका परिवारका सदस्यलाई आर्थिक सहयोग गरेका उनले प्रभावितहरुलाई त्रिपाल तथा खाद्य सामग्री वितरण गरे । अझ उल्लेखनीय कार्य त के गरेका छन् भने सांसद भएपनि उनले कुनै तलब भत्ता बुझेका छैनन् , ति सबै पैसा राप्रपा नेपालको माध्यमबाट विकास निर्माणको काममा खर्च गर्दै आएका छन् ।
राजनीति स्वार्थ भन्दा पनि सेवाको हिसावले गरेको दाबी गर्ने थापा खानेपानी बाटोघाटो, सिंचाई , स्वास्थ्य, शिक्षा जस्ता विषयमा राजनीति गर्न नहुनेमा जोड दिन्छन् । अनावश्यकरुपमा जनतालाई आश्वासन नदिई सक्ने काम दु्रतगतिमा गर्नुपर्ने मान्यता राख्ने थापा स्कुल, खानेपानीलगायतका योजनाहरु बनाउनेलगायत ससाना कार्यहरुमा समेत जनता सँग नजिक भएर काम गरिरहेका छन् । सहयोग गरिहेका छन् ।
विकल्प दुई :  रोजाई एक
फुटबलबाट अलग्गिनु परेपछि थापाका अगाडि दुई विकल्प थिए । अलिसान महलमै रहेर, गाडी चढेर मोजमस्तीको जीवन विताउने या समाजसेवामा जोडिने भन्ने । उनले दुई मध्ये समाजसेवालाई रोजेका छन्, राजनीति सँगसँगै । थापा स्वयम्ले बुझेका छन् कि आफू गाली र ताली दुबै पात्र हुँ भन्ने । त्यसले त उनले भन्ने गर्छन्, ‘गाली खाएको मान्छेको रुपमा म टप टेनमा पर्छु । मान−सम्मान पाउनेमध्येमा पनि टप टेनमा नै पर्छु । तर, जेजस्तो भएपनि अब भने समाजसँग जोडिन चाहेका छन् र आफूलाई सोहिअनुरुप ढाल्ने प्रयासमा लागिरहेका छन् उनी ।
फुटबलबाट बाहिरिएसँगै उनलाई फरक कोर्समा लाग्न सक्दिन की भन्ने पनि लाग्थ्यो । तर, उनलाई अहिले त्यस्तो छैन। निरन्तर खटिइरहेका छन् । लागिपरिरहेका छन् । उनी भन्छन्, मेले जिल्लामा गएर कुनै राजनीतक भाषण गर्दिन । कसैलाई गाली पनि गर्दिन । मैले अहिले जे गरिहेको छु त्यो ऐतिहासिक हुन्छ भन्ने मलाई लागेको छ , गाउँगाउँमा डुल्दा कतिपय समस्या देखिन्छन्, त्यसलाई सकेसम्म पूरा पनि गरिदिएको छु । आश्वासन दिएर धोका दिने बानी छैन । नसक्ने काम गर्छु भनेर जनतालाई झुक्याउन नहुने उनको धारणा छ ।

एन्फा सुधारदेखि विवादसम्म
थापा एन्फा प्रवेश गर्नुअघि अघि फुटलबको अवस्था दयनीय थियो । एन्फा प्रवेश गर्नुअघि खेलाडी रहेका उनीमा एन्फा सुधारको लागि केहि गरौं भन्ने आशा पलायो ।सोहि अनुरुप तत्कालिन एमाले नेतृत्वको सरकारसँग कुराकानी गरे । एन्फा अध्यक्षमा नियुक्ति पनि पाए । त्यसयता थापा एन्फाको पर्याय बने निलम्बनमा नपरेसम्म । त्यसमा बीचमा उनले एन्फाको सुधारमा उल्लेखनीय काम गरे । एउटा कोटाबाट सुरु भएको एन्फालाई सुविधा सम्पन्न बनाउन भूमिका खेले । जिल्ला जिल्ला संघ विस्तार गरेर आवश्यक प्रतियोगिताहरुको प्रवन्ध मिलाए । थापा आउनु अघि ०४६ देखि ५२ सम्म कुनै लिग हुन सकेको थिएन । लथालिंग थियो एन्फा । एक पैसा पनि थिएन । तर, उनले नेतृत्व लिएसँगै त्यतिबेला कोकाकोलासँग ५० लाखको एग्रिमेन्ट भएको थियो । खेलाडी नै भएको कारण र अन्तराष्ट्रिय पहुँच समेत भएका कारण उनीमाथि विस्वास भएर नै सहयोग प्राप्त भएको थियो । यस्तै फुटबलको विकासका लागि एन्फाका पदाधिकारीबाट समेत चन्दा उठाएर काम गर्यो उनको टीमले । सुरुका दिनमा खेलाडीको हितका लागि एक जना पदाधिकारीबाट १५ सय उठाएर काम गरेको अहिले पनि सम्झना ताजै छ थापासँग । त्यही बीचमा साफ च्याम्सियनसीपको आयोजना भयो । सो बाट करीब दुई करोड रकम संकलन भयो । त्यहीबाट सुरु भयो एन्फाको टर्निङ प्वाइन्ट । सोहि रकमबाट एन्फा होस्टेल, एन्फा कम्लेक्स र प्ले ग्राउन्ड बनाउने काम भएको थियो । त्यतिबेला सरकारबाट कुनै सहयोग थिएन । बरु फिफाले हेरेको थियो । हालसम्म आइपुग्दा एन्फाले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सकेको छ । विभिन्न प्रतियोगितामा करोडौंको पुरस्कार दिइने गरिएको छ । खेलाडीले लाखौं कमाउन सफल भएका छन् । कार र अपार्टमेन्टसमेत पाएका छन् । नेपाली फुटबलको नेतृत्वमा थापा आएपछि नै फस्टाएका हुन्, क्लबहरु । फुटबलको विस्तार गर्ने क्रममा विभिन्न गोल प्रोजेक्टहरु जिल्लाजिल्लामा लगे । अहिले पनि थापाकै कार्यकालमा राखिएको ८ करोडको कोष छ एन्फाको । जसबाट खेलाडीका आवश्यक खर्चहरु गर्न त्यसले मद्यत पुगिरहेको छ ।
अनियमितता प्रकरणदेखि निलम्बनसम्म

एन्फामा भएको ५७ करोड अनियमितताबारे संसदको सार्वजसिनक लेखा समितिमा उनीमाथि उजुरी परेको थियो । त्यसबारे लेखाले अनियमितता भएको आशंकासहित अख्तियारलाई आवश्यक छानबिनको निर्देशन दियो । तर अख्तियारले भने दोषी नदेखिएको भन्दै उनलाई सफाई दिइसकेको छ।
लेखामा परेको उजुरी बारेको छलफलका क्रममा उनले कुनै अनियमितता नभएको दाबी मात्रै गरेका थिएनन् यदि त्यस्तो अनियमितिता भएको पाइए आफू एक्लैले जिम्मा लिने उनले बताएका थिए ।
देशभित्र लागेको आरोप पुष्टि नभएपनि उनलाई फिफाले १० वर्षे निलम्बन गरेको हो । उनी एन्फा अध्यक्ष मात्रै नभएर एसियाली फुटबल काउन्सिलको उपाध्यक्ष समेत रहेकाले कारबाहीबारे शंका गर्नुपर्ने ठाउँसमेत प्रशस्त रहेको संकेत गर्छन् । यतिमात्रै नभएर एएफसीका पूर्व अध्यक्ष मोहम्मद बिन हमामसँगको उनको कनेक्सनपनि भ्रष्टाचार काण्डमा मुछिनुको कारण रहेको बताइन्छ । यद्यपी उनी अहिले फुटबलको हरेक गतिविधि बाट बाहिरिएर राजनितिक र सामाजिक खेलमा लागेका छन् । जुन कहाँसम्म पुग्ने हो समयले देखाउने नै छ ।

फुटबलको अधुरो योजना
२२ वर्ष फुटबलको नेतृत्वमा रहेका थापा अझैं केहि वर्ष फुटबलकै नेतृत्वमा रहन चाहन्थे । फुटबलको विकासमा नयाँ योजना पनि बनाएका थिए । तर त्यो योजना पुरा हुन नपाउँदै उनी फिफाको अंकुशेमा परे । फिफाको कठोर १० वर्षे निलम्बनमा परेका उनको सम्भवतः फेरि फुटबलमा पुनरागमन हुने छैन । किनकी उनले भन्न थालेका छन्, ‘म अब राजनीति र समाजसेवाबाट फुत्किन सक्दिन्, म फुत्किँए भने जनतामाथि धोका हुनेछ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल