नियुक्तिदेखि निलम्बनसम्म : पूर्व राजदूत दीपकुमारको दिल्ली डायरी

नियुक्तिदेखि निलम्बनसम्म : पूर्व राजदूत दीपकुमारको दिल्ली डायरी

अघिल्लो सरकारको नियुक्तिमा भारतका लागि राजदूत बनेका कांग्रेस नेता दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलायो । इतिहासमै नेपाल–भारत सम्बन्ध जटिल बनेको बेला उपाध्यायले दिल्लीमा १३ महिना बिताए । यसबीचमा कैयौँ विवाद, विरोधाभास झेल्दै कठिन समय भोगेका उपाध्यायसँग उनको दिल्ली अनुभवमाथि रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :

Deep Kumar Upadhyaya (3)
जिम्मेवारी लिने चाहना थिएन

जीवन एउटा सिकाइ रहेछ । जन्मदेखि मृत्युसम्म विचारबाट निर्देशित हुन्छ भन्ने मान्यता राख्छु म । यो असाइनमेन्टमा जाने कि नजाने भनेर मेरो मनमा दुविधा थियो । अझ भनौँ अरुचि पनि भयो । आखिर नियतिकै कारण थियो त्यो । राष्ट्रका लागि सेवा गर्ने हो भनेर राजदूतको जिम्मेवारी लिएँ ।

नियति कस्तो भइदियो भने, म गएको १० दिनमै नेपालमा भूकम्प गयो । हुन सक्ने किसिमले मैले हाम्रो सरकार वा हामी सबैले प्रयास गरिरह्यौँ । भूकम्पपछि पनि औषधि नपाएर थप क्षति हुन पाएन । त्यसप्रति सन्तुष्टि नै भयो ।

भारतीय प्रधानमन्त्री मोदीजीले पनि आधा घन्टाभित्रै फोन गरेर नआत्तिनुहोला भारत सरकार र भारतीय जनता तपाईंहरूको साथमै रहनेछन् भनेर भन्नुभयो । प्रधानमन्त्री र राष्ट्रपतिसँग सम्पर्क हुन सकेन यो खबर सुनाइदिनुहोला भनेर मोदीजीले मलाई भन्नुभयो ।

हामीकहाँ आकस्मिक बैठक धेरै पछि भयो । त्यो पनि मैले धेरै घच्घच्याएपछि । हामीकहाँ आकस्मिक बैठक बसिसक्दा त उनीहरूको सारा रेस्क्यु फोर्स तयार भइसकेको थियो । त्यो फोर्स स्ट्यान्डबाई थियो । तर, एउटा सार्वभौम देशमा अर्को देशको फोर्स त्यत्तिकै आउन पनि मिल्दैनथ्यो ।

आधा घन्टा त्यहीँ रोकेर हल्लीखल्ली भयो । हामीकहाँ कार्यकारी प्रधानमन्त्री वामदेवजी हुनुहुन्थ्यो । उहाँले पनि क्याबिनेटको आदेशविना कसरी आदेश दिने भन्नुभयो । यसैले पनि हामी अलमलमै थियौँ ।

रेस्क्यु, रिलिफमा भारतको सहयोग रह्यो । त्यो गुन हामीले बिर्सनुहुँदैन । भारत सरकारमात्रै नभएर भारतीय जनताको पनि सद्भाव र सहयोग देखियो । विभिन्न राज्यबाट सहयोगको ओइरियो ।

तर, पछि प्रधानमन्त्रीसँग ब्यांककमै मेरो सम्पर्क भयो । र मैले सोधेँ, तपाईंले त्यहाँबाट आदेश दिन मिल्छ भने म यहीँबाट फोनमा भारतीय सरकारलाई आग्रह गर्छु । उहाँले हुन्छ गर्नुस् भन्नुभयो । तत्कालै मैले एसएमएसबाट आग्रह गरेँ । त्यतिबेला भारतको फोर्स नेपालमा रेस्क्युका लागि उड्न तयार–तयार थियो ।

रेस्क्यु, रिलिफमा भारतको सहयोग रह्यो । त्यो गुन हामीले बिर्सनुहुँदैन । भारत सरकारमात्रै नभएर भारतीय जनताको पनि सद्भाव र सहयोग देखियो । विभिन्न राज्यबाट सहयोगको ओइरियो ।

त्यहाँको संसद्मा समेत यो कुरा उठ्यो । र, भारतीय पक्षबाट राहत सामग्री नेपालमा ल्याइए । त्यसक्रममा मैले हृदय–हृदयको सम्बन्धको आभास व्यावहारिक रूपमा गरेँ । नेपाल र भारत भनेका दुई अलग–अलग सार्वभौमसम्पन्न देश हुन् ।
नेपालीको दुःखमा हामी साथमा छौँ भनेर दूतावासमा आएर बारम्बार भनिरहेँ । दिल्ली दूतावास त एककिसिमले सहयोग शिविरजस्तो भयो ।

बिहान जुटेका सामग्री हामी हेलिकोप्टरमा हालेर पठाउँथ्यौँ । फेरि भोलिपल्ट त्यत्तिकै सामान ओइरिरहन्थ्यो । एक महिनासम्मै यस्तो क्रम चलिरह्यो । जीवन एउटा पाठशाला मान्ने हो भन मैले आफ्नो जीवनमा सम्बन्धको सुनौलो अनुभव त्यहाँ भोगेँ ।

Deep Kumar Upadhyaya (4)
संविधान जारी गर्ने बेला

त्यही बेलामा हामीकहाँ संविधानसभाबाट संविधान जारी भयो । त्यसअघि उताबाट पनि मसँग खास सम्पर्क भएन । मैले कूटनीतिक रूपमा तपाईंहरूको केही छ भने भन्नुस् है भनिरहेको हुन्थेँ ।

तर, उहाँहरूले कूटनीतिक जवाफ नै दिनुहुन्थ्यो । संविधानसभाबाट संविधान जारी गर्ने काम त राम्रै थियो । आर्थिक उन्नति गरेर देशलाई प्रगतिको बाटोमा लैजाने काम थियो ।

तर, संविधान जारी गर्ने अन्तिम–अन्तिम बेलामा खासगरी विदेशसचिवजीको भ्रमणपछि अलिकति त्यो कूटनीतिकमात्रै होइन, केही चिसोपन त छ भन्ने लाग्यो ।

व्यावहारिक रूपमा के बुझ्नुपर्छ भने, थपडी बज्न त दुवै हात चल्नुपर्छ नि । हात कम र बढी चल्यो भन्ने कुराको त छुट्टै मापदन्ड होला ।

–आएदेखि प्रधानमन्त्रीसँग संवाद भएको छैन
–विदेशसचिवको भ्रमणपछि केही चिसोपन त छ भन्ने लाग्यो
–प्रधानमन्त्रीलाई ब्यांककमै फोन गरेर सोधेँ आदेश दिन मिल्छ भने दिनुस्, म भारत सरकारलाई एसएमएस गर्छु
–मर्न तयार छन् तर झुक्दैनन् भन्ने म्यासेज त दियौँ । तर, देशले ठूलो क्षति बेहोर्नुपर्यो
–मलाई पटक्कै दुःख छैन, मुक्ति पाएजस्तो भयो

होइन भने थपडी त बज्यो । र, हुन नपर्ने कुराको असमझदारी भयो । त्यसबेला हतारै गरेर तुरुन्तै संविधान जारी गरिएन भने के–के न पहाडै खस्छ भन्नेखालको अतिवादी सोचमा हामी पुग्यौँ ।

उताबाट पनि, हामी त शान्तिप्रक्रियादेखि नै अभिन्न अंगका रूपमा रहनुपर्ने । र, त्यसैको कन्क्लुडिङ फेस संविधानसभाबाट संविधान जारी गर्दा चाहिँ हामीसँग परामर्श पनि राख्नु नपर्ने अनि दिएको आग्रह पनि नमानीकन एकतर्फी गर्ने भन्नेखालको विश्लेषण पनि त्यहाँ भयो ।

त्यो पनि हामीले आन्तरिक व्यवस्थापन गर्दा पनि अहिलेजस्तो क्षति बेहोर्नु पर्दैनथ्यो । मधेस आन्दोलनक्रममा पनि जुनखालको क्षति बेहोर्नुपर्यो, मान्छेले चाहेको त होइन नि । त्यस्तै भयो ।

आजको जमानामा पैसा तिरेर पाउने कुरा पनि नपाइने । ल हेर्नुस् त ग्यास, तेलका लागि यस्तो हाहाकार हुनुपर्ने अवस्था हो त ? होइन नि ।

यसमा हामी नेपाली कहिल्यै पराधिन नभएका स्वाभिमानी नेपाली हौँ । मर्न तयार छन् तर झुक्दैनन् भन्ने म्यासेज त दियौँ । तर, देशले यसमा ठूलो क्षति बेहोर्नुपर्यो नि ।

नियतिले म एउटा ‘विटनेस’ प्रत्यक्षदर्शीका रूपमा बस्नुपर्यो । त्यहाँ बस्दा नेपालबारे चासो राखिरहेको हुन्थेँ । यहाँका पत्रपत्रिका हेरिरहेको हुन्थेँ । डिजिटल मिडिया हेर्थें । त्यहाँ मलाई सुख–सुविधा थियो ।

Deep Kumar Upadhyaya (1)
भारतीय मित्रहरूसँग पनि भेट भइरहन्थ्यो । उहाँहरूलाई भन्थेँ– मेरो तन सुख, मन दुःखमा भएर बस्न मिल्दैन कि तपाईंहरूले यसलाई सुधार्नुपर्यो । जनतालाई दुःख दिएर कसैको पनि भलो हुँदैन भन्ने मेरो मान्यता हो ।

किनकि राजनीतिमा नेताहरू आउँछन्, जान्छन् । तर, हाम्रो इतिहासदेखिको सम्बन्ध त परम्परा यस्तो बलियो छ । जो कसैले बनाएको होइन, कसैले बिगारेर बिग्रने पनि होइन । यस्ता कुरा भनिरहेकै हुन्थेँ ।

तर, समय नै त्यस्तो हिलिङ फ्याक्टर रहेछ । हाम्रा आफ्नै पनि केही राजनीतिक कारण होलान् । अन्तर्राष्ट्रिय सीमामा बस्नुपर्ने वा नपर्ने त्यसको पनि मूल्यांकन पछि होला ।

देशको अर्थतन्त्र नै तहस–नहस पारेर, जनतालाई दुःख दिएर भोलि जनताकै भोट चाहिन्छ नि । यस्तो सम्भव होला र भनियो । तर पनि भयो ।

मित्रराष्ट्र भारतले पनि आन्तरिक मामलामा जेसुकै गर तर हाम्रो सिमानापट्टि टेक्न पाउँदैनौ भनिदिएको भए त्यस्तो हुँदैनथ्यो ।

आखिर जे भयो, यी कुरालाई अनुभवका रूपमा हामीले लिनुपर्ने भयो ।

पछि ठिकै छ, करेक्सन मुडमा जाने भनिएपछि बिस्तारै वीरगन्जबाट पनि अड्किएका सामानलाई अर्को बाटोबाट ल्याउने भनियो ।

तर, यस विषयमा मेरो सधैँ के रह्यो भने नेपाल त पूर्व–पश्चिम फैलिएको छ । भारत सिमानाको हामीलाई पनि फाइदा के भने अन्य नाका पनि छन् ।

अन्य नाकाबाट सामान पठाउँ, औषधिलगायत अत्याधिक आवश्यकताका वस्तु पठाउँ । मानवीय क्षति भयो भनेर हामीले मात्रै होइन, युएनदेखि लिएर अन्य अन्तर्राष्ट्रिय एजेन्सीले पनि भनेपछि बल्ल भारत सरकारको पनि ध्यान पुग्यो । तर, त्यो अवधि दुःखदायी रह्यो । जति प्रयास गर्दा पनि सफल हुन सकेको थिएन । त्यस्तो अवधि पनि पार गरियो हामीले ।

Deep Kumar Upadhyaya (5)
प्रधानमन्त्रीको भ्रमण 

कूटनीतिक शान्त हुनुपर्छ । यो त जुवाको खाल होइन । जब कि, खेल्न बसेपछि कि हार्ला कि जित्ला । खुबै भयो भने हार जित होइन, साउँका साउँ हो भनेर जुवाको खालमा भनेजस्तो त हुँदैन कूटनीति । राजनीति पनि त यही हो ।

र, यसलाई कसरी सुधार्ने त भन्ने कुरा भएपछि प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणबाट सुधारौँ भन्ने तयारी भयो । यसले निकै ठूलो ब्रेक थ्रु पनि भयो । यसबीचमा सहजीकरणको बाटोमा हामी धेरै अघि बढ्यौँ । यद्यपि, केही जटिलता त थिए ।
फेरि यसबीचमा चीनबाट सामान ल्याउनेदेखि लिएर अनेक कुरा पनि भए ।

तैपनि नेपालीले त विश्वास गरेकै हो । १५/१६ वर्षअघि ३० प्रतिशतको सफ्टवेयर आज ७० प्रतिशतको रेसियोमा भारतसँग निर्भर छौँ । पेट्रोलियम उत्पादनमा शतप्रतिशत भारतसँग निर्भर छौँ । आकस्मिक यसको रोकले विश्वासमा संकट आएको हो ।

लोकतन्त्रको सुन्दरता भनेकै सेल्फ करेक्सन हो । हाम्रो संविधानमा जारी गरिरहँदा सँगसँगै संशोधन पनि भयो । यसले पनि केही आशा त जगायो नि । साधारण बहुमतका आधारमा गर्ने कुरा रहेनछ । अनुभव र समयको मागअनुसार संशोधन पनि हुँदोरहेछ भन्ने कुराको विश्वास त बन्यो नि ।

संविधान भनेको सर्वग्राह्य नै हुनुपर्छ भन्ने समग्र विश्वकै कुरा हो । संख्याभन्दा पनि यसले पछिसम्म प्रभाव पार्नेगरी हुनुपर्छ भन्ने नै हो । नेपाल फेरि द्वन्द्वमा नपरोस् भन्ने आसय दिनुपर्छ ।

आर्थिक रूपमा छलाङ मारेर परिवर्तनको बाटोमा जानुपर्छ भन्ने नै यसको मूल उद्देश्य रहनुपर्छ । यसका लागि संविधान निर्माणमा दलहरूको कार्यगत एकता आवश्यक छ । संसद्मा कम्पोजिसनका आधारमा दलहरूमा न्यूनतम त्यति कुराको ग्यारेन्टी नभएसम्म पविर्तनका लागि विश्वास पनि हुँदैन भन्नेमा हाम्रो ध्यान पुग्नुपर्ने गरी कुरा अघि बढ्यो, खासगरी प्रधानमन्त्रीको भारत भ्रमणपछि ।

यहीक्रममा पीडीए, खासगरी क्रसबोर्डर ट्रान्समिटर लाइनलगायत कुरा नेपालले चाहेको तर हुन सकिरहेको थिएन । ती काम पनि भए ।

पेट्रोलियम पाइपलाइनमै ल्याउने सम्झौता पनि भयो । नेपालले चाहेर पनि हुन नसकेका धेरै कुरा यसबीचमा अघि बढे । दुईपक्षीय डुबान, सिँचाइबारे जे–जति समस्या थिए, ती कुरा पनि अघि बढे ।

Deep Kumar Upadhyaya (6)

आपूर्तिमा मेरो पहल

यहीक्रममा हाम्रो राष्ट्रपतिको भ्रमणको कुरा आयो । यसलाई उनीहरूले पनि राम्रै रेस्पोन्स गरेका थिए । तैपनि मिडियामा मैले केही भ्रम पनि पाएँ, किन स्टेट भिजिट भएन ? किन प्रधानमन्त्रीनिवासमा जाने भन्ने किसिमका प्रश्न आए ।

शान्त कूटनीति हुन्छ । यसका गहिरा पक्षलाई कूटनीतिक तहबाटै बुझ्नुपर्छ र जनतालाई पनि बुझाउनुपर्छ । जनतालाई सुसूचित गर्ने हाम्रो धर्म र कर्तव्य हो ।

उनीहरूको प्रधानमन्त्रीनिवास भनेको हाम्रोजस्तो सामान्य बस्नेमात्रै नभएर धेरै सुविधासम्पन्न हुन्छ । अरू पनि भेटघाट गर्ने ठाउँ छन् । त्यो स्पेसल हो ।

भुटानका राजा वा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विभिन्न देशका प्रमुख गएर पनि त्यहीँ भेट्छन् । यसअघिका हाम्रा राष्ट्रपति डा. रामवरण यादव गएको बेला तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले हैदरावाद हाउसमा भेटेका थिए । त्यही परम्परा कायम गरौँ भन्ने पनि थियो ।

तर नेगेटिभ न्युज आयो भने, नेपालका राष्ट्रपति भारतको प्रधानमन्त्री भेट्न निवास जानुभयो भन्ने समाचार आयो भने त रिजल्ट त मान्छेले बुझ्दैन । गाह्रो हुन्छ तपाईंहरूले पनि राम्रो गर्न खोज्नुभएको, हामीले पनि भिजिट गर्न खोजेको भन्दा उनीहरूले नाइँ पनि भनेका थिएनन् ।

हो । नेपालको त डिमान्ड त बढेको बढ्यै छ । विस्तारित माग जे छ, यसबारे हामीले एउटा ल्यान्डलक्ड कन्ट्रीका रूपमा एउटै देशबाट किन खोज्ने अर्को छिमेकीबाट पनि खोज्न सकिन्छ । यो काम अहिलेका प्रधानमन्त्रीबाट त्यो विकल्प खोज्ने काम भएको छ ।

हामीले त सल्लाह दिनेमात्रै काम हो । निर्णय गर्ने सरकारले हो । अहिलेको स्थितिमा गर्नु भन्दा नगर्नु बेस भनेर स्थगित भयो । त्यो पनि ठूलो कुरा भएन ।

यस्तै सप्लाइकै विषयमा पनि संशय त उठ्यो । एकतिहाइ सप्लाइ उत्तरबाट गर्ने । एमओई गर्ने भन्ने कुरा आयो । यस्तो कि मानौँ, त्यो १० दिनपछि नै आइहाल्नेछ भन्ने कुरा भयो । त्यो पनि सुनाउन बडो गाह्रो भयो ।

हो । नेपालको त डिमान्ड त बढेको बढ्यै छ । विस्तारित माग जे छ, यसबारे हामीले एउटा ल्यान्डलक्ड कन्ट्रीका रूपमा एउटै देशबाट किन खोज्ने अर्को छिमेकीबाट पनि खोज्न सकिन्छ । यो काम अहिलेका प्रधानमन्त्रीबाट त्यो विकल्प खोज्ने काम भएको छ ।

Deep Kumar Upadhyaya (2)

तर, भारतको बन्दरगाह सिमाना र उत्तरको बन्दरगहा सिमानाको दूरीमा चार÷पाँच गुणा फरक छ । योचाहिँ कति व्यावहारिक हुन्छ भन्ने कुरा एउटा हो । अर्को हाम्रो जुन किसिमको क्षति भयो भनेर हामीले सर्वे पनि गर्न सकेका छैनौँ ।

यो अवस्थामा तुरुन्तै गर्ने पक्षमै छैनौँ । ठाउँमात्रै राख्ने हो । यदि त्यो सिमानाबाट रेल आयो भने पेट्रोलियम पाइपलाइन आयो भने त्यो सम्भव होला । नत्र अहिले दूरीको हिसाबले मूल्य र समयका कारणले हामीलाई गाह्रो छ । त्यस्तो होइन । सरकारले निर्णय गरेको छैन । भारतसँग हाम्रो आपूर्ति कटौती गर्ने नभनेसम्म मैले त मान्दिनँ भनेर गाह्रोसाथ सम्झाएपछि यत्तिको आपूर्ति सहज भएको अवस्था हो ।

विकल्प नहुँदा दुःख पाउने त जनताले हो । पहुँच हुनेलाई त दुःख नपर्ला । अफोर्ड गर्न सक्नेलाई त अप्ठ्यारो नहोला । जसले चारवटै सिलिन्डर ल्याए पनि उसलाई फाइदा हुने । सक्नेलाई त होला तर नसक्ने त मारमा परे नि ।

मैले नेपालका मिडिया पनि फलो गर्ने भएकाले त्यो दुःख र परिस्थिति व्यक्त गर्थें ।

तपाईंहरूले ध्यान दिनुपर्ने यहाँ हो भनेर भन्थेँ । भारतको कुनै पनि निर्णयले नेपाली जनतालाई असर पर्ने कुरा वा असर परेको बेलामा, दुःख परेको बेलामा ऐय्या भन्न पनि नपाउनु ? त्यो ऐय्यालाई तपाईंहरूले भारतप्रति नकारात्मक भावना बढ्यो । बढाइयो भन्नुहुन्छ भने त्यो गल्ती हुन्छ । नेपाल सरकारको सामान्य लापरबाहीले भोलि नेपालको माध्यमबाट तपाईंहरूकहाँ आतंकवादी छिर्ने र दुःख दिन थाले भने तपाईंहरूलाई कति दुःख हुन्छ ?

त्यस्तो नेपालले कहिल्यै पनि गरेको छैन, गर्दैन । त्यस्तै भारतले पनि सप्लाइबारे यसको गम्भीर्यता बुझेर अन्य सरल उपाय पनि छन् भनेपछि सहजता भयो ।

तैपनि मिडियामा जाँदा तपाईंलाई त यस्तो आरोप, उस्तो आरोप भनेर सोध्छन् । म भन्छु– भन्ने मान्छेलाई नै सोध्नुहोला ।

मलाई पटक्कै दुःख छैन

म त राजनीतिक प्राणी । अघिल्लो सरकारले मलाई नियुक्त गरेको थियो । मैले नजाने संकेत पनि गरेकै थिएँ । तैपनि नियतिले वा संयोगले त्यहाँ पुगियो । जीवन नै पाठशाला हो भन्ने ठानेर कक्षाकोठाको अनुभव पाएँ । सबैको सहयोग रह्यो । त्यसप्रति म अति प्रसन्न छु । समग्रमा म सन्तुष्ट छु । गुनासो छैन भनेको थिएँ । त्यसमा केही छैन, केही दिन बसेरमात्रै सोच्ने भनिएकोमा अकस्मात् बोलाइयो । सरकारले आफ्नो निर्णय गर्यो । यो उसको विशेषाधिकार हो । यसमा मलाई दुःख पटक्कै छैन । मैले त यसमा धन्यवाद नै दिएको छु । मुक्ति नै पाइयो । उन्मुक्ति भयो भनेर खुला रूपमा काम गर्ने अवसरका रूपमा यसलाई लिएको छु ।

सञ्चारमाध्यममा नकारात्मक टीका–टिप्पणी पनि आए । मलाई खुसी के छ भने सरकारको निर्णय र परराष्ट्र मन्त्रालयको पत्रमा कुनै आरोप छैन ।

Deep Kumar Upadhyaya (1)
तैपनि मिडियामा जाँदा तपाईंलाई त यस्तो आरोप, उस्तो आरोप भनेर सोध्छन् । म भन्छु– भन्ने मान्छेलाई नै सोध्नुहोला ।

हामी त संयोगले विभिन्न व्यक्ति विभिन्न पदमा हुन सक्छौँ । त्यो स्थायित्व होइन । हामीबीचमा राष्ट्रप्रति, जनताप्रति जिम्मेवारी छन् । आपसी मित्रता र सद्भावका कुरा छन् ।

मानवीय स्वभावले पनि मैले असहिष्णु बन्न मिल्दैन । कोही बन्छ भने उसको व्यक्तिगत सोचाइ हो ।

प्रधानमन्त्रीसँग संवाद

आएपछि प्रधानमन्त्रीसँग संवाद हुन पाएको छैन । यो मेरो कूटनीतिक दायित्व पनि हो । प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग एकचोटि मैले भेट्नुपर्ने हुन्छ । समय मिलाएर खबर पाउँ भनेको छु । केही दिनमा खबर आउला ।

यति के भनेको थिएँ, हेडलाइन न्युज नै बनाए– ‘नेपालका राजदूतले दिल्लीमै बसेर भारत सरकारलाई धम्की दियो’ । वास्तवमा मेरो त्यो अभिप्राय थिएन ।

‘राजदूतले दिल्लीमै बसेर भारत सरकारलाई धम्की दियो’

सामान्यतः मेरो खण्डन गर्ने बानी छैन । म सधँै सकारात्मक सोच राख्ने मान्छे । मैले भारतमा जहिले पनि काउन्सिलिङ गर्दा र मिडियामा बोल्दा नेपाल र भारतीय जनताको हृदय–हृदयको सम्बन्धको कुरामा जोड दिन्थेँ ।

यसलाई आफूले आफूलाई विश्वास किन गर्नुहुन्न भन्थेँ मैले । तपाईंहरू किन चीन–चीन भनेर नेपाली जनतालाई दुःख दिनुहुन्छ ?

दुःखै पर्यो भने त मान्छे बर्ता ख्याल नहीँ कर्ता । त्यसबेला मान्छेले विकल्प सोच्छ । भूकम्पको बेला विभिन्न देशबाट सामान आयो । चीन त हाम्रो छिमेकी हो । सरप्लस फन्ड भएको देश पनि हो । प्रविधिमा पनि निकै अगाडि बढेको छ । ऊसँग पनि त हामी आशा गर्छौं नि भनेँ मैले ।

यति के भनेको थिएँ, हेडलाइन न्युज नै बनाए– ‘नेपालका राजदूतले दिल्लीमै बसेर भारत सरकारलाई धम्की दियो’ । वास्तवमा मेरो त्यो अभिप्राय थिएन ।

‘दीपकुमारले नाकाबन्दी नै भनेन’ भनेर पनि आयो । मलाई अचम्म लाग्यो । ए बाबा हेर्नुस् न, गर्नेले गरिराखेकै छन् त । पुत्ला पनि जलाएकै छन् । हस्ताक्षर पनि संकलन गरेका छन् । अब त्यसबाट जनताले दुःख नपाउने तरिका पो अपनाउनुपर्यो नि ।

जनताले पाएको दुःखलाई बुद्धिमत्तापूर्वक, कौसलपूर्वक सेफ ल्यान्डिङ गर्ने दायित्व हो जस्तो लाग्छ । त्यो भनेर भन्दा पनि गरेर देखाउने कुरा हो । मैले पनि सिंगौरी खेलेर, धेरै बोलेर खास अर्थ थिएन । कूटनीति त जहिले पनि शान्त हुन्छ ।

तस्बिर : विजु महर्जन

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल