१ सय ३८ बुँदे नीति तथा कार्यक्रमका यी हुन् सरकारका १७ महत्वकांक्षी योजना

बैशाख २६

१ सय ३८ बुँदे नीति तथा कार्यक्रमका यी हुन् सरकारका १७ महत्वकांक्षी योजना

काठमाडौं –सरकारले आफ्नो केहि महत्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले व्यवस्थापिका संसदमा सरकारको महत्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रमको घोषणा गरेकी हुन् ।
नीति तथा कार्यक्रममा उच्च शिक्षाको साथै व्यवसायको लागि लागि प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋणको व्यवस्था गर्ने, हरेक गाविसमा सडक सञ्जाल विस्तार गर्ने तथा हेलिप्याडको निर्माण गर्ने, भुकम्प प्रभावित क्षेत्रका बासिन्दाको लागि एक घर एक रोजगारको व्यवस्था गर्नेलगायतका सरकारका महत्वकांक्षी योजना रहेका छन् ।
यस्ता छन् सरकारमा महत्वकांक्षी १७ योजना :

kp oli

१. संविधानले अङ्गीकार गरेको समाजवाद उन्मुख शासन प्रणालीलाई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यतर्फ निर्देशित गरिने छ ।

२. संघीय संरचना अनुरूप स्थानीय तहको सङ्ख्या र सीमाना निर्धारण तथा कानुनी आधार तयार गर्न केही समय लाग्ने हुँदा विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायको संक्रमणकालीन व्यवस्था अनुरूप २०७३ साल मंसिर महिनामा निर्वाचन गरिनेछ ।

३. निजी आवासका लागि रु. दुई लाख अनुदानको अतिरिक्त घरधनीहरूको सामूहिक जमानीमा थप रु. ३ लाख बिना धितोमा र ग्रामिण क्षेत्रमारु. १५ लाख र काठमाडौं उपत्यकामा रु. २५ लाखसम्म धितोको आधारमा सहुलियत कर्जा उपलब्ध गारइने छ ।

४. भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम सञ्चालन गर्नुका साथै अरु क्षेत्रमा यसलाई क्रमशः लागु गरिनेछ । रोजगारीलाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीको रूपमा स्थापित गर्न ‘एक घर, एक रोजगारी’ प्रत्याभूतिको व्यवस्था गरिने छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गरिने छ ।

५. पाँच वर्षीय कार्ययोजना अन्तर्गत दुई वर्षभित्र सबै निजी घर र पाँच वर्षभित्र भूकम्पले क्षतिग्रस्त सम्पूर्ण संरचनाको निर्माण कार्य सम्पन्न गर्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई परिचालन गरिनेछ ।

६. अब व्यापारिक सम्बन्ध र कारोवारलाई विविधीकरण गर्दै आधारभूत बस्तु र सेवामा आत्मनिर्भरतातर्फ सरकार अघि बढ्ने छ । खासगरी खाद्य, औषधि र ऊर्जामा आत्मनिर्भर हुने बाटोबाट प्रस्थान गरी दिगो, स्वाधीन, आत्मनिर्भर र न्यायपूर्ण अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्नेछ ।

कृषितर्फ मुख्य खाद्यबस्तुहरूमा आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने छ र खाद्य सुरक्षा हासिल गर्ने छ । आधारभूत औषधि तथा स्वास्थ्योपचारका उपकरणहरूको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहनेछ ।

औद्योगिक पूर्वाधारकालागि प्रत्येक प्रदेशमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी कम्तीमा एक ठूला औद्योगिकक्षेत्र स्थापना गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने छ ।

niti tatha karyakram bidhya devi bhandari

७. पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउन सात वटै प्रदेशमा पर्नेगरी कम्तीमा ९० दिनको माग धान्न सक्ने भण्डारण क्षमता वृद्धि गरिने छ ।

८. राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना, २०७२ कार्यान्वयन गर्दै वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्राकृतिकरूपमा सम्भवभएका सबै प्रदेशमा कम्तीमा एक–एक जलासययुक्त विद्युत आयोजना निर्माण गर्न विस्तृत अध्ययन सुरु गरिने छ ।

९. पूर्व–पश्चिम राजमार्गको काकरभिट्टा–बुटवल खण्डलाई चार लेनको ‘द्रुत मार्ग’को रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिने छ । निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्डमा सुरु गरिएको कालोपत्रे तथा पुलहरूको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने छ ।हुलाकी राजमार्ग अन्तर्गत सडक खण्डहरूको निर्माण चरणबद्धरूपमातोकिएको समयभित्र सम्पन्न गरिने छ । काठमाडौं उपत्यकामा भइरहेको सडक बिस्तार कार्यलाईतीव्ररूपमा अगाडि बढाउँदै अन्य ठूला सहरहरूमा पनि सडक बिस्तार कार्य अगाडि बढाइने छ । काठमाडौं उपत्यकामा चक्रपथभित्रको सबै सडक एक वर्षभित्र कालोपत्रे गरिने छ ।

१०. दुर्गम एवं ग्रामीणक्षेत्रमा जोखिमयुक्तरूपमा प्रयोग भइरहेका सार्वजनिक तुइनलाई आगामी आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरी विस्थापन गरिने छ ।

११. दशवर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजना कार्यान्वयन गर्नुको साथै छिमेकी मुलुकहरूबाट बढी पर्यटक आकर्षण गर्ने प्रवर्धनात्मक कार्यक्रम ल्याइने छ । दशलाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउनकार्यक्रम सञ्चालन गरिने छ ।

१२. दुर्गमक्षेत्रका गाउँलाई प्राथमिकतामा राखी क्रमशः सबै नगर–गाविसमा हेलीप्याड निर्माण कार्यक्रम सुरु गरिने छ । प्रत्येक प्रदेश, एक प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणा अनुरूपनिर्माणकालागि संभाव्यता अध्ययन सुरु गरिने छ ।

१३. आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क तुल्याउँदै लगिने छ । विद्यालय र क्याम्पसहरूमा इन्टरनेट सेवाको बिस्तारगरिने छ । वैज्ञानिक, प्राविधिक, तथा रोजगारी उन्मुख व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराइने छ ।

kp-niti-karya-kram१४. न्यूनतम आवास सुविधा नागरिकको हक भएको र यसको व्यवस्था गर्नु राज्यको कर्तव्य भएकोले न्यून आय भएका वर्गलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गरिने छ । यस कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षमा दलित, लोपोन्मुख र विपन्न वर्गकालागि २० हजार घर निर्माण गरी जनतालाई हस्तान्तरण गरिने छ ।

१५. युवाहरूको उद्यमशीलता विकास गर्दै उत्पादनसँग जोड्न युवा स्वरोजगार कार्यक्रमलाई बिस्तार गरी प्रति वर्ष ५० हजार युवालाई स्वरोजगार बनाइने छ । युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेटक्षेत्र विकास कार्यक्रम एवं लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गरी‘दश युवा, एक युवा उद्यम कार्यक्रम’ आगामी आर्थिक वर्षमा नमूनाको रूपमा सञ्चालन गरिने छ ।युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न अनुसन्धान वृत्तिको व्यवस्था गरिने छ ।बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने छ ।

१६. खेलकूदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्न प्रत्येक प्रदेशमा एक रङ्गशाला वा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने नीति अवलम्बन गरिने छ ।

१७. नेपालको आफ्नै भू–उपग्रहहरूको विकास गरी दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको बिस्तार गर्ने कार्य प्रारम्भ गरिने छ ।

नीति तथा कार्यक्रम विशेष कभरेज

आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रथम महिला राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जे देखियो (फोटोफिचर)‘राष्ट्रपतिज्यूको संवोधन सुन्न’ सात महिनापछि बाबुराम संसद् भवनमानीति तथा कार्यक्रम : भुकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम

आगामी आव ‘समृद्धिको प्रस्थान वर्ष’

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत , मधेसी मोर्चाद्वारा बहिस्कार

देशका सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोडिने

म्यादी सरकारको नीतिको के अर्थ ? : देउवा

सरकार आत्मनिर्भतामा केन्द्रीत हुने ः दुई वर्षभित्र कृषिमा आत्मनिर्भर 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल