यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य बुँदा

बैशाख २६

यी हुन् सरकारको नीति  तथा कार्यक्रमका मुख्य बुँदा

राष्ट्रपतिद्धारा संसदमा नीती तथा कार्यक्रम वाचन

गाविस र नगरपालिकामा विकास अनुदान रकम बढाइनेछ

सबै प्रदेशमा निजामति अस्पताल निमार्ण गरिनेछ

राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरि प्रतिरक्षा कार्यमा अगाडी बढाइनेछ

न्यायप्रणालीलाई संघिय संरचना अनुरुप व्यवस्थित गरिनेछ

विभिन्न आन्दोलनमा घाइते भएकाहरुको उपचार र राहतको व्यवस्था गरिनेछ

विपद् व्यवस्थापनका संरचनालाई संघिय तहमा पुर्याइनेछ

नेपालको आफ्नो भू उपग्रह प्रणाली दूर सञ्चार सेवालाई बिस्तार गरिनेछ

गोखरापत्रलाई बाँके र विराटनगरबाट पनि प्रकाशन गरिनेछ

प्रत्येक प्रदेशमा एक रंगशालामा वा बहुउद्धेश्यिय कर्भड हल निमार्ण गरिनेछ

१३ औँ सागका लागि आवश्यक पूर्वाधार निमार्ण तथा आवश्यक तयारी गरिनेछ

नयाँ रंगशाला निमार्णको तयारी थालिनेछ

जनताको लगानीमा जलविद्युत र विकासका कार्यक्रम चलाइनेछ

युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न अनुसन्धानवृत्तिको व्यवस्था गरिनेछ

२० हजार घर बनाएर गरिबलाई हस्तान्तरण गरिनेछ

तराईका ३० जिल्लामा आर्थिक विकासका कार्यक्रम सञ्चालन गरिनेछ

विपन्नलाई परिचयपत्र दिइनेछ

सार्वजनिक स्थानमा अनिवार्य रुपमा महिला शौचालय निमार्ण गरिनेछ

राष्ट्रव्यापी महिला उत्थान कार्यक्रम सञ्चालन गरिनेछ

शैक्षिक प्रमाणपत्रको आधार र्निव्याजी ऋण दिइनेछ

विद्यालय र क्याम्पसहरुमा इन्टरनेट सेवाको बिस्तार गरिनेछ

कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाइनेछ

niti tatha karyakram bidhya devi bhandariसञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याइनेछ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गरिनेछ, भैरहवा र पोखरा विमानस्थलको निमार्ण कार्यलाई तिव्रता दिइनेछ

सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याइनेछ

राष्ट्रिय सांस्कृतिक संग्राहलय स्थापना गरिनेछ

नारायणहिटी संग्राहलयलाई नेपालको ऐतिहासिक संग्राहलयका रुपमा विकास गरिनेछ

सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकिकृत उद्धार केन्द्र स्थापना गरिनेछ

प्रत्येक प्रदेशमा एउटा क्षेत्रलाई केन्द्रमानि पर्यटकिय क्षेत्र विकास गरिनेछ

धार्मिक पर्यटनमा जोड दिइनेछ

पर्यटन विकासका लागि नयाँ गन्तव्यको खोज गरिनेछ

सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिनेछ

आगामी २ वर्षभित्र झोलुङगे पुल बनाएर तुइन बिस्थापित गरिनेछ

तातोपानी भन्सार नाका सञ्चालन गरिनेछ

डोल्पा र हुम्लामा २ वर्षभित्र सडक पुर्याइनेछ

उपत्यकाको चक्रपथभित्रको सबै सडक १ वर्षभित्र कालोपत्रे गरिनेछ

रेलमार्ग निमार्णको काम गरिनेछ

उत्तरी– दक्षिण नाका जोड्ने सडक निमार्णलाई तिव्रताका साथ अघि बढाइनेछ

पुलहरुको निमार्ण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ

मेलम्ची खानेपानीको काम सम्पन्न गरिनेछ

तराई मधेसमा खानेपानी सुधार कार्यक्रमको थालनी गरिनेछ

२ वर्षभित्र स्वच्छ खानेपानी जनतामा वितरण गरिनेछ

तराई मधेसका २२ जिल्लामा समृद्ध योजना सुरु गरिनेछ

जलाशययुक्त पश्चिम सेती तथा बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाइनेछ

प्रत्येक प्रदेशमा कम्तिमा १ वटा ठूला जलविद्युत आयोजनाको अध्ययन गरिनेछ

विद्युत प्रशारण लाईन देशभर वितरण गरिनेछ

१० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिनेछ

२ वर्षभित्र माग बमोजिम विद्युत आपुर्ति गर्नेगरी सरकारले काम गर्नेछ

पेट्रोलियम पदार्थ नियमित आपुर्ति गर्न कम्तिमा ९० दिनका लागि भण्डारन क्षमता तयार गरिनेछ

प्रत्येक प्रदेशमा बजार अनुगमन कार्यालय स्थापना गरिनेछ

एक घर एक रोजगारीको नीतिलाई अगाडी बढाइने

प्रत्येक प्रदेशमा ३ वर्षभित्र कम्तिमा १ औद्योगिक क्षेत्र बनाउनेगरी यो वर्षदेखी काम थालनी गरिनेछ

चुरे क्षेत्रको संरक्षणको गूरुयोजना बनाइनेछ

वनमा आधारित उद्यमलाई व्यवस्थित गरिने । काठमा मूलुकलाई आत्मनिर्भर बनाई निर्याततर्फ जोड दिइनेछ

सुकुम्बासी समस्या समाधान गर्न सरकारले जोड दिनेछ

भू–उपयोग ऐन ल्याइनेछ

२ वर्षभित्र पशुजन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन एकिकृत कार्यक्रम बनाइनेछ

देशका विभिन्न भागलाई विभिन्न उत्पादनमूलक वस्तुको पकड क्षेत्र बनाइनेछ
युवालाई कृषीमा आर्कषित गर्ने र विदेशबाट आएका युवालाई यसमा जोडिनेछ

सहकारी अभियानलाई प्राथमिकताका साथ अघि बढाइनेछ

आर्कषक पुँजीबजारको विकास गरिनेछ

स्वास्थ्य क्षेत्रमा पनि आत्मनिर्भर हुने सरकारी प्रयास

खाद्यवस्तुमा २ वर्षमा आत्मनिर्भर हुने

तीन वर्षमा धरहरा निमार्ण गरिनेछ

पुननिमार्ण तथा पुनस्थापनाको ५ वर्षे रणनीति बनाएर लागू गरिनेछ

भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम लागू गरिनेछ

सहुलियत कर्जाको व्यवस्था गरिनेछ

दुई वर्षभित्र सबै संरचना बनाउने गरी अनुदान दिइनेछ

पुननिमार्ण सम्बन्धि काम तिव्रतामा भएको छ

सरकारले बनाएको राजनैतिक संयन्त्रअनुसार प्रदेशहरुको सिमांकन विवाद टुंग्याइनेछ

२०७४ साल मंसिर महिनामा स्थानिय निकायको चुनाव गरिनेछ

नीति तथा कार्यक्रम लागू गर्न सरकारलाई सबै राजनैतिक दलको सहयोग रहने अपेक्षा छ

संविधानको कार्यान्वयनमा सरकार क्रियाशिल रहनेछ

शान्ति प्रक्रियाका केही काम पुरा भएका र केही हुने प्रक्रियामा छन्

पहिलो पटक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा खुसी व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेश गरेको पहिलो पटक हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाए ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सूरु गरिन्

सरकारले आर्थिक वर्ष २०७३र७४को नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यतालिका छ ।

संसद सचिवालयले राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको जानकारी दिएको छ । संसद सचिवालयले राष्ट्रपतिको स्वागत र सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । संसद भवनमा विशेष सजावट गरिएको छ ।

राष्ट्रपतिबाट पेसहुने नीति कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुनेछ । छलफलपछि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने छन् । संविधान जारी भएपछि राष्ट्रपतिबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको पहिलो पटक हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल