मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

एनेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ रोल्पाको दुर्गम गाउँ माडीचौरमा जन्मिएर हुर्केका हुन् । माओवादी जनयुद्धको सुरुवाती दिनदेखि नै सक्रिय पुन माओवादी युद्धको सफल योद्धा पनि मानिन्छन् । अनन्तसँग उनको जीवनका रोचक प्रसंगमाथि रातोपाटीका लागि रमन पोडेलले गरेको अन्तर्वार्ताको अंश :

मेरो खाना
मलाई सबैभन्दा मनपर्ने खाना ढिँडो र साग हो । सानैदेखि खाएको चीज नै मीठो हुँदोरहेछ ।
सामान्यतः सबै खाना खान्छु म । त्यसैले कुनै मन नपर्ने खाना छैन ।
घरबाहेक कहिलेकाहीँ रेष्टुरेण्टमा पनि खाना खान जाने गर्छु म । अचेलभन्दा पनि पहिले–पहिले जनयुद्धको बेला भारत गएको बेला पनि प्रायः होटल या रेष्टुरेन्टमै जाने गर्थें ।
नियमितभन्दा फरक किसिमको खाना माछा मलाई औधी मनपर्छ । दोलालघाट, मलेखुतिरको बाटो भएर कतै जानुपर्यो भने गाडी रोकेरै माछा खाने गर्छु ।

मेरो पोसाक
मलाई मन पर्ने पोसाक सर्ट प्यान्ट नै हो । वार्षिक रूपमा खर्चको बजेट त गर्दिनँ । तर, घरका लागि बजेट तयार पारेको हुन्छु । नानी र परिवारका अरू सदस्यका लागि कपडाका लागि बजेट तयार पार्छु ।
मान्छेको उमेरसँगै रुचि पनि फेरिँदोरहेछ । युवावस्थामा नीलो कपडा मनपथ्र्यो । सबैजसो नीलो कपडा लगाउँथेँ । अचेल सेतो रङ मनपर्छ । सामान्यतः सेतो कपडा नै बढी प्रयोग गर्छु ।
कपडा सिलाएरै लगाउने गरेको छु । तर, समय व्यस्तताले गर्दा रेडिमेड कपडा किन्ने गरेको छु । साइज मिलेसम्म रेडिमेड किन्छु ।
तर, कपडाको ब्रान्डको विषयमा भने म चुजी छैन । आवश्यकताअनुसार कपडा किन्छु ।Barshaman-Pun

मेरो फिटनेस
म त युद्ध लडेर आएको मान्छे । युद्धक्रममा पनि फिटनेस अति आवश्यक हुन्छ । शान्तिप्रक्रिया हुँदै प्रतिस्पर्धाको राजनीतिमा आएपछि पनि फिटनेसमा रुचि त छ । तर, समय दिन सकेको छैन । समयले मिलेसम्म पौडी र फुटबल खेल्छु म । त्यसपछि मर्निङवाक पनि आक्कलझुक्कल गर्छु । यसबाहेक राजनीतिक कार्यक्रम सकेसम्म गाउँतिर मिलाउने गर्छु । जहाँ केही भए पनि हिँडेर जान पाइयोस् ।
डाइटिङका रूपमा नभए पनि म खानामा सचेत छु । प्रायः साँझको खानाका रूपमा म रोटी वा ढिँडो खाने गर्छु ।

मेरो अध्ययन
सामान्यतः दर्शन र राजनीतिबारे अध्ययन गर्न मन पराउँछु । यसबाहेक यात्रा संस्मरण र बायोग्राफी पनि मेरो अध्ययनको रुचिको विषय हो ।
यस्ता पुस्तकले मान्छे वा कुनै स्थानबारे बुझ्न मद्दत पुग्छ । साथै चर्चामा आएका सबै पुस्तक पढ्छु । अहिले नेत्र पन्थीको ‘डिभोर्स’, छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ र जगत नेपालको ‘पहिलो संसद्’ सँगै पढिरहेको छु ।

ऋणमै भए पनि पुस्तक किनेर ल्याउँछु । ‘जागरण पुस्तक पसल’ मा पुस्तक किनेको ऋण ३६ हजार छ ।

दर्शनबारे लेख्ने, राजनीति वा साहित्यबारे लेख्ने विभिन्न लेखक मनपर्छ । तर, कुनै खास आइडल लेखक भने कोही छैन ।
बजारमा चर्चामा रहेका र अन्य पुस्तक पनि किनेर ल्याउने बानी छ मेरो । ऋणमै भए पनि पुस्तक किनेर ल्याउँछु । ‘जागरण पुस्तक पसल’ मा पुस्तक किनेको ऋण ३६ हजार छ ।

मेरो घुमफिर
घुमफिर गर्न त सबैलाई मनपर्छ । मलाई पनि घुमफिरमा रुचि छ । राजनीतिक कामको सिलसिलामा ७२ जिल्ला घुमिसकेको छु । बझाङ, बाजुरा र मनाङ पुग्न बाँकी छ अब । बझाङ र बाजुरा यही वर्ष जाने तयारीमा छु ।
त्यस्तै २४ जति देश घुमिसकेको छु । घुमफिरको रमाइलो पक्ष भनेको प्राकृतिक सुन्दरता नै हो । यस अर्थमा पोखरा र चितवन मलाई औधी मन परेको ठाउँ हो ।
निकै चर्चामा रहेको ठाउँ खप्तड जाने पनि धोको छ । असाध्यै रमणीय छ भन्ने सुनेको छु । तर, जान पाएको छैन ।

मेरो फुर्सद
फुर्सद त कसैको पनि हुँदैन जस्तो लाग्छ मलाई । किसान होस् वा व्यापारी । कसैको पनि फुर्सद हुँदैन । मजदुर, लेखक पत्रकार र नेताको पनि फुर्सद हुने कुरै भएन ।
तर, सकेसम्म आफैँले म्यानेज गर्ने रहेछ । म सकेसम्म समय निकाल्न कोसिस गर्छु । परिवार, साथीभाइका लागि समय निकाल्ने कोसिस गर्छु तर फुर्सद मिलाउन गाह्रो छ । पत्रपत्रिका, अनलाइन र आफ्नो नियमित कामबाट छोटो समयमात्रै फुर्सद निस्किन्छ ।
हप्तामा एक/दुई घन्टा फुर्सद निकाल्ने कोसिस गर्छु । फुर्सदको बेला नभेटेका साथीहरूसँग भेट्छु वा बाहिर निस्किने गर्छु ।
यस्तै परिवारको साथमा कहिले बाहिर पनि जाने गर्छु ।
फुर्सदको बेला आफ्नोभन्दा फरक क्षेत्रका साथी वा पुराना साथीहरूसँग भेट्न जाँदा परिवारका सदस्यलाई सँगै लिएर जान्छु ।

मेरो खेलकुद
मलाई मनपर्ने खेल फुटबल हो । यस्तै क्रिकेट पनि मनपर्छ अचेल । स्कुल तह र क्याम्पसमा पनि भलिबल खेल्थेँ म । अचेल यो खेल खेल्न सम्भव नै छैन ।
कुनै खेल त अमानवीय प्रकृतिको लाग्छ । रेस्लिङ खेलमा पिटेको पिट्यै गरेको हुन्छ । मुख र ज्यानमा रगतै रगत निस्किनेगरी खेल्ने रेस्लिङजस्ता खेल मन पर्दैन मलाई । कुनै बेलाका राजा–महाराजाहरू अरूहरू आपसमा भिडेको हेरी मनोरञ्जन लिनेजस्ता खेल मन पर्दैन । त्यस्ता खेल परिमार्जन गर्नुपर्छ जस्तो लाग्छ ।

Barshaman-Pun-2मेरो मोबाइल
मेरो साथमा एउटै मोबाइल छ । पहिले नोकिया बोक्थेँ । त्यसपछि अर्को साथीले आइफोन–४ गिफ्ट दिनुभयो । अहिले हुवावेको सेट छ । यो मोबाइल प्रयोग गर्न थालेको एक वर्षजति भयो । यसको बजार भाउ ३० हजारभन्दा कमै छ ।

पछिल्लो समय फिल्ममा नयाँ ट्रेन्ड आएको छ । यसमध्ये ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्ममा देखाइने सामाजिक यथार्थ मनपर्छ ।

मोबाइलका जरुरी एप्लिकेसनस चलाउने गर्छु । जस्तै– डिक्स्नेरी, पात्रोलगायत ।
पहिले–पहिले गेम पनि खेल्थेँ । तर, अचेल खेल्दिनँ । गेम खेल्ने चाहना त थिएन । छोराले खेल्थ्यो । त्यसपछि म्याडमले पनि मोबाइलमा गेम खेल्न थाल्नुभयो । म्याडमलाई त लत नै लागेको थियो । यसरी हामी परिवारका सबै गेम खेल्थ्यौँ । पछि एकैसाथ सल्लाह गरेर डिलिट गर्यौँ र अहिले गेम खेल्दैनौँ ।

मेरो टेलिभिजन
समाचारका रूपमा म साँझ टीभी हेर्छु । टक शो पनि हेर्छु । नेपाल टीभीमा आउने हास्यकार्यक्रम सबै मिलेर हेर्छौं । सम्राट अशोका सिरियल पनि हेर्छु म । पहिले साझा सवालको नारायण श्रेष्ठको प्रस्तुति मन पथ्र्यो । अचेल विद्या चापागाईंको प्रस्तुति पनि ठिकै छ अचेल ।

मेरो चलचित्र
नेपाली चलचित्रहलमै गएर हेरेको छैन । केही चलचित्रको प्रिमियर शो हेरेको छु । अन्य फिल्म हलमै गएर नहेरे पनि फिल्ममा अपडेट छु ।
‘टलकजंग भर्सेस टुल्के’, ‘कबड्डी’, ‘झोला’ फिल्म घरमै हेरेको छु ।
पछिल्लो समय फिल्ममा नयाँ ट्रेन्ड आएको छ । यसमध्ये ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्ममा देखाइने सामाजिक यथार्थ मनपर्छ ।
दयाहाङ राईको अभिनय खुबै मनपर्छ । उनको सजीव अभिनय निकै राम्रो छ । उनले अभिनयमा देखाएको नयाँ ट्रेन्ड मनपर्छ मलाई ।

मेरो रोग
मेरो शरीरमा जन्डिस छ । यो जेनेटिकल समस्या हो । पछिल्लो समय नयाँ रोग ‘टक्सिक हेपाटाइटिस’ पनि देखियो । नियमित औषधि सेवन गरिरहेको छु । डाक्टरका अनुसार अझै दुई महिना औषधि लिनुपर्नेछ । काममा निस्किनेगरी सुधार भएको छ अहिले । रक्तचाप र सुगरजस्ता समस्या भने छैन मलाई ।

मेरो भाषणशैली
मेरो भाषण भाषणभन्दा पनि प्रशिक्षण किसिमको हुन्छ । २०औं वर्षसम्म अर्गनाइजरका रूपमा काम गरेँ मैले । अर्गनाइजरबाट लिडर बनेको हुँ म । त्यसैले मेरो भाषणशैली प्रशिक्षणमूलक हुन्छ । दुई÷चार उखान–टुक्का बढाइ–चढाइ कुरा गर्ने बानी छैन मेरो । मेरो भाषण तर्कपूर्ण र सम्झाउने किसिमको हुन्छ ।
नेता भएपछि धेरै भाषण विवादमा पर्नु स्वाभाविक हुन्छ । मेरा भाषण पनि विवादमा परेका छन् । भाषण गर्नुअघि सामान्यतः तयारी पनि गर्छु म । मन्त्री बनेको बेला त म लेखेरै बोल्ने गर्थें वा सहयोगीको सहायतामा बोल्थेँ ।

जिन्दगीमा के कस्ता भुल गरियो भनेर अहिले नै समीक्षा गर्ने बेला भएजस्तो त लाग्दैन मलाई । कुनै भुल पनि सम्झना छैन । उमेर अलि पाको भएपछि समीक्षा पनि गरौँला ।
जनयुद्धक्रममा केही निर्णय नलिएको भए कम क्षति हुन्थ्यो कि भन्ने त लाग्छ ।

मेरो मापसे
मेरो समुदायमा हरेक शुभकार्यमा जाँड–रक्सी आवश्यक पर्छ । तर, लिमिटभन्दा धेरै हुँदोरहेछ । यसले गर्दा अनेक समस्या मैले सानैदेखि देखेको थिएँ ।
सानैमा एकाधपटक चाखेकोबाहेक मैले जाँड–रक्सी पिइनँ ।
युवावस्थामा त सुधार अभियानमा सक्रिय भएर लागेँ म । युवा क्लब खोलेर शैक्षिक जागरण, खेलकुद जागरण र सुधारका जागरण आन्दोलन नै गरियो ।
बरु मन्त्री वा सदस्य भइसकेपछि पार्टी वा सार्वजनिक कार्यक्रममा सार्वजनिक मर्यादा राखिदिनका लागि चियर्स गरिदिने गरेको छु ।

मेरो संगीत
म आफैँमा कला छैन । तर, गीत–संगीत सुन्छु । एक्लै हुँदा, राति सुत्ने बेला वा लामो यात्रामा जाँदा संगीत सुन्छु । कहिलेकाहीँ लेखपढ गर्नुअघि पनि एकाग्र बन्न संगीत सुन्छु ।
मलाई मनपर्ने गायक जीवन शर्मा, खुसीराम पाख्रिनका गीतहरू पनि धेरै सुनेँ । मणि थापाका गीतहरू धेरै सुनियो । र, गुनगुनाइयो पनि । रामेश, रायन र मन्जुलहरूका गीत पनि धेरै सुनियो । सुगम संगीतमा नारायण गोपाल, यम बराल, शम्भु राई, रामकृष्ण ढकालहरूको गीत पनि सुनिरहन्छु ।
मन छुनेखालका वा मनपर्ने गीत भने उमेर र परिस्थितिअनुसार फेरिँदोरहेछ । पहिले जनयुद्धको बेला विद्रोहीखालका गीत मनपथ्र्यो । पछि युवावस्थामा क्रान्तिका गीत र देशभक्तिपूर्ण गीत मनपर्न थाल्यो ।

मेरो भुल
जिन्दगीमा के कस्ता भुल गरियो भनेर अहिले नै समीक्षा गर्ने बेला भएजस्तो त लाग्दैन मलाई । कुनै भुल पनि सम्झना छैन । उमेर अलि पाको भएपछि समीक्षा पनि गरौँला ।
जनयुद्धक्रममा केही निर्णय नलिएको भए कम क्षति हुन्थ्यो कि भन्ने त लाग्छ ।
शान्तिप्रक्रियामा आइसकेपछि गौर घटना समीक्षा गर्न आवश्यक हुन्छ । त्यतिबेला म यहाँको कमान्ड इन्चार्ज । सोनामजी त्यहाँ (दक्षिण) को व्युरो इन्चार्ज हुनुहुन्थ्यो ।
हामीले कार्यक्रम गरेका थियौँ । तर, मधेसी फोरमले जुधायो । अन्तर्राष्ट्रिय, राष्ट्रिय शक्ति पनि कुनै न कुनै तरिकाले केही घटना गराउनै चाहन्थे । तर, त्यही रूपमा त्यसरी घटना हुनुहुँदैनथ्यो भन्ने आत्मसमीक्षा गर्छु । त्यो कार्यक्रम रोक्न सकेको भए कम क्षति हुन्थ्यो ।

मेरो घर
मेरो आफ्नै घर छैन । आफ्नै नाममा सम्पत्ति पनि छैन । भौतिक रूपमा केही छैन मेरो । सामान्य जरुरी खर्चका लागि सभासद् र मन्त्री भएको बेला खाता खोलेर राख्थेँ । र, त्यसैबाट खर्च चलाउँथे । तर, बाँकी संस्थागत नै गर्छु । म निजी घर–जग्गा जोड्ने काममा लाग्दिनँ भन्ने नै मेरो संकल्प छ ।
बुवाको नाममा भएको पुख्र्यौली सम्पत्ति हामी दाजुभाइले बाँडेका छैनौँ । उहाँले सबै भाइबहिनीलाई त्यो सम्पत्ति बाँडिदिन्छु भन्नुभएको छ । तर, हाम्रो सल्लाह के छ भने
लिन चाहनेले आफ्नो हिस्सा लिने । नचाहनेले त्यसको प्रयोग गरी कमाएर खाने । त्यसमा मिसाउन चाहँदा पनि मिसाउन पाइने र आफ्नो सम्पत्ति लिएर अलग हुन्छु भन्न पाइने समझादारी छ । यसरी लुज किसिमको समझदारी बनाएर पैतृक सम्पत्तिलाई चलाइराखेका छौँ ।

राशि
मेरो राशि वृष हो भनिएको थियो । तर, यो कुनै ज्योतिषीले राखिदिएको नभएर सानैमा गाउँमा राशिको नाम राखिएको थियो । म ग्रहशान्ति पनि गराउँदिन । र, यसमा विश्वास पनि छैन ।
म आफ्नो ग्रहदशा कस्तो छ भनेर हेर्दिनँ । यद्यपि ज्योतिषविज्ञानमा केही कुरा वैज्ञानिक छन् भन्ने लाग्छ ।

मेरो सौन्दर्य
सौन्दर्य भनेको के र कस्तो भन्ने विषय आफैँमा गम्भीर हो । यसमा विभिन्न बहस पनि भएका छन् । तर, बाहिरी आउटलुकलाई हेर्ने हो भने मेरो सौन्दर्य औसत छ जस्तो लाग्छ ।
कपालमा कुनै किसिमको रंग लगाउने बानी छैन । कहिलेकाहीँ तेल लगाउँछु । पानीले मुख धुन्छु । साबुनपानीले नुहाउँछु । प्राकृतिक रूपमा जे–जस्तो छु, त्यसभन्दा धेरै केही प्रयोग गर्दिनँ ।

मेरो सपना
यहाँ अन्याय, उत्पीडन छ । यसकोविरुद्ध लड्ने सिपाही हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसका लागि कम्युनिस्ट पार्टीको सदस्यता लिएको दिन सबैभन्दा ठूलो गौरवको अनुभूति गरेको थिएँ ।
त्यस्तै जनयुद्ध सुरु गर्दा पनि त्यस्तै गौरव महसुुस भएको थियो । कमसेकम सुरु त गरियो है भन्ने लागेको थियो । अहिले लड्दै गर्दा आफैँ पनि नेतृत्वमा आइपुगियो । नेतृत्वमा जति सकिन्छ गरिब, विपन्न र पछाडि परेका समुदायका लागि केही न केही योगदान गरेर बाँच्न पाइयोस् । यसबाट विचलित हुन नपरोस् भन्ने लाग्छ ।
आफ्नो आस्थामा विचलित हुन नपरोस् । आदर्शमा विचलित हुन नपरोस् जस्तो लाग्छ । मन्त्री हुँला भन्ने सोचेकै थिइनँ । अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ । कतिपय कुरा संयोगमै हुँदारहेछन् ।

मृत्यु
मृत्युको मुखमै पुगेर फर्केका थुप्रै घटना छन् । युवावस्थामा मृत्यु भनेको केही पनि जस्तो लाग्दैनथ्यो । यो एउटा सामान्य परिघटना हो । यसलाई सामान्य रूपमै लिनुपर्छ । डराएर वा भागेर पनि हुँदैन । जस्तो भए पनि सामना गर्नुपर्छ । बरु सकेसम्म जीवनमा समाजलाई वा देशलाई हित हुने केही महत्वपूर्ण काम गर्नुपर्छ जस्तो लाग्छ ।

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल