बिश्लेषण : प्रचण्डको ‘मिस फायर’

बैशाख २४  |   नेत्र पन्थी

बिश्लेषण : प्रचण्डको ‘मिस फायर’

काठमाडौं–केपी ओली प्रधानमन्त्री बन्नु अगाडि एमाले र माओवादीवीच १४ बुँदे सहमति भएको थियो, जसमा राष्ट्रियताको सवालदेखि जनजीविकाका विषय थिए । यो सहमतिमा ओली र प्रचण्डको हस्ताक्षर थियो । हस्ताक्षर गर्दा दुवैमा चर्को ‘राष्ट्रवादी’ छवि थियो र प्रचार गरिएको थियो ।

१४ बुँदे सहमति कार्यन्वयन सरकारको प्राथामिक सूचि हुनुपर्दथ्यो । तर, त्यतातिर खासै ध्यान दिएनन् प्रधानमन्त्री ओलीले । सरकार संचालन सम्बन्धी उच्चस्तरीय समितिको संयोजक प्रचण्ड थिए, उनले पनि १४ बुँदे कार्यन्वयनमा खासै दवाव दिएनन् । प्रचण्डले यस्तो दवाव दिए भनेर न उनकै पार्टीका नेता–कार्यकर्ताले थाहा पाए, न मिडियाले नै । बरु सरकार गठन भएको ६ महिना पुगेको अर्कोदिन प्रचण्डले चैत्र २५ गते एमालेसँग गंभीर वार्ताको आबश्यकता रहेको भन्दै ओलीलाई पत्र लेखे । तर, पत्र गोप्य राखे प्रचण्डले । जुन दिन ओलीसँग डिभोर्स गर्ने मन बनाए प्रचण्डले, त्यहीँ दिन उनको सचिवालयले पत्र सार्वजनिक गर्यो । जुन धेरै ढिला भैसकेको थियो ।

prachandaहिजो ओली सरकार गठन हुँदा यसलाई सहयोग र समर्थन नगर्ने सवै ‘गैरराष्ट्रवादी’ हुन् भन्ने हिसावले प्रचार गरियो । जव ओलीले बेइजिङ भन्दा पहिला दिल्लीको यात्रा गरे, तव थाहा भयो ओली कहीँ न कहीँ भारतसँग राम्रै सम्बन्ध बनाउन चाहन्छन् । जव सत्ता समीकरणमाथि गढबढ हुने सूचना उनले पाए, त्यहीँबेला भारतीय राजदूतलाई रात्री भोज दिए र सरकार बचाउन आग्रह गरे । प्रधानमन्त्री पद सुरक्षित गर्न ओली दक्षिण ढल्किन तयार भैसकेको थिए । परिस्थिति अर्कै भइदिएर मात्र उनी फेरि ‘राष्ट्रवादी’ नेता बन्न पाए ।

प्रचण्डले गर्नु नहुँने गल्ती त्यहाँ गरे, जसले उनलाई प्रधानमन्त्रीका लागि अफर गर्यो, त्यसलाई तुरुन्तै स्वीकारे । प्रचण्डलाई यो राम्रोसँग थाहा थियो कि–दिल्लीले ओलीको विकल्प खोजिरहेको छ । प्रचण्डले दिल्लीकै योजनामा शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्रीका लागि अगाडि सारेको कुरा बुझे पनि नबुझे जस्तो गरे । प्रचण्डले अर्कोपक्ष दिल्लीले उनलाई माया गरेर प्रधानमन्त्री बनाउन खोजेको थिएन भन्नेमा ध्यान दिएनन् । दिल्लीको एउटै सोच थियो–ओलीको विकल्प खोज्ने । यसका लागि प्लान ‘ए’ र प्लान ‘बि’ मा काम गर्ने ।

दिल्लीले शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउन चाहेको हो । प्रचण्डले शेरबहादुरलाई स्वीकार नगरेपछि मात्र प्रचण्डको नाम अगाडि सारिएको हो । प्रचण्डलाई सहयोग गर्ने उनी नजिककै नेताहरुले गलत विफ्रिङ गरे । प्रचण्ड प्रभावमा परे । विज्ञप्ती जारी गरे र राष्ट्रिय राजनीतिलाई तरंगित पारिदिए । तुरुन्तै आफ्नो निर्णय सच्चाउनपर्ने ठाँउमा गए । यो ठूलो गल्तीबाट बचे । राजनीति कोर्समा प्रचण्डले एउटा ‘मिस फायर’ गरे । एमालेलाई झस्काए । दिल्लीलाई थप तर्साए । काँग्रेसलाई बिच्काए । आफनै कार्यकर्ताको मन दुखाए । प्रचण्डको यो ‘मिस फायर’ ले उनको राजनीति जीवनमा जुनसुकै बेला पनि धोका दिन सक्छ । बन्दुक बोकेर फायर खोलेपछि प्रचण्डले ठीक ठाँउमा निशाना लगाउनुपर्ने थियो । उनी चुके । बचेका गोली सकिएपछि फेरि ‘फायर’ गर्न उनलाई नै गाह्रै हुन सक्छ ।

ee253655-6e65-4ae0-8755-1c54a2e5efd2

आजका दिनमा प्रचण्डले १४ बुँदेकै जगबाट ‘फायर’ खोल्नुपर्ने थियो । तराई–मधेसमा आन्दोलनरत दलहरू, थारु समुदाय र विभिन्न रूपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायतका समुदायका माग पुरा गराउनेतर्फ प्रचण्डले अग्रसरता लिनुपर्दथ्यो । यो उनको ठीक ‘फायरिङ’ हुने थियो । नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्दै बाह्य दबाब र हस्तक्षेप अस्वीकार गर्ने नीतिमै कायम रहनुपर्दथ्यो । यो नै प्रचण्डले गर्ने ठीक ‘फायर’ हुने थियो । उनी यसमा चुकेजस्तो देखिन थालेको थियो ।

संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न वार्ता र सहमतिका लागि दिनरात खटिनुपर्ने थियो प्रचण्ड । संविधानमा आवश्यकताअनुरुप संशोधन गर्ने रोडम्यापको अगुवाई प्रचण्डले गर्नुपर्ने थियो । यहीनेर प्रचण्डको ‘फायरिङ’ले काम गर्न सक्दथ्यो । तर, उनले बन्दुक पड्काए मात्र, निशाना लगाउन सकेनन् । उनले पड्काएको बन्दुकको आवाजले सवैलाई झस्काउन चाहिँ झस्कायो । ‘मिस फायर’ हुँद लाभ ओलीलाई भयो । देउवा तनावमा परे ।

प्रचण्डले आजको दिनमा विनाशकारी भूकम्पले उत्पन्न गरेको राष्ट्रिय विपत्ति तथा राष्ट्र र जनताको पीडामा संवेदनशील भई पुनःनिर्माण र नवनिर्माणको कामको पहल थाल्नुपर्ने थियो । आफ्ना कार्यकर्तालाई अहिले पनि गाँउमा खटाउनुपर्ने थियो । राष्ट्रिय स्यमसेवक अभियान चलाइनुपर्दथ्यो । आफै जिल्ला–जिल्ला पुगेर जनतसँग संवाद गर्नुपर्ने थियो । प्रचण्डले यसो गरेनन् । प्रधानमन्त्रीलाई पनि यसो यसो गर्नुहोस्, है नत्र सरकार छाडछु भनेर धम्की पनि दिएनन । यो गरेका भए प्रचण्डको सही ‘फायरिङ’ हुने थियो । लाजिम्पाट निवासबाट नजिकै रहेको बालुवाटारमा डेरा सर्ने जमर्को गरे । यही नेर उनको ‘मिस फायर’ भयो ।

prachanda interview in guest room (1)नयाँ संविधानले संस्थागत गरेको सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रचण्डको प्राथामिक कार्यसूचि हुनुपर्ने थियो । उनले जनयुद्ध यसैका लागि लडेका थिए । यो कुरा लागु गराउन आफ्नै पहलमा बनेको सरकारमाथि दवाव बनाईराख्नुपर्ने थियो उनले । प्रचण्डले यसमा धेरै बल गरेको देखिएन । यही नेर प्रचण्डले गल्ती गरे । संविधान जारीदेखि ओली सरकार गठन हुँदै भारतीय दवावको मुकाविला गरेर प्रचण्डले ‘राष्ट्रवादी’ छवि बनाएका थिए । यही छवि प्रचण्डको जीवनलाई सहाउँछ । यो उनले भुल्न खोजे र जोखिम मोल्न खोजेको देखियो ।

देशमा नयाँ संविधान आएपछि जनता आर्थिक समृद्धि र विकासको पक्षमा छन् । विकास र समृद्धिलाई केन्द्रमा राखेर नीति, योजना तथा कार्यक्रम बनाउने यतिबेला प्रचण्डको दायित्व हो । यही कूरालाई लिएर उनले प्रधानमन्त्री ओलीमाथि दवाव बनाउनुपर्ने थियो । सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने, महँगी नियन्त्रण गरी जनताको दैनिक आवश्यकताका वस्तु सहजरूपमा उपलब्ध गराउने कार्यभारबाट बाहिर गएको सरकारलाई ट्र्याकमा ल्याउनुपर्ने थियो । कालोबजारी मौलाएको छ । कर्मचारीतन्त्र भ्रष्टचारमा फसेको छ । सरकारलाई यसमा लाग है भनेर दवाव दिनुपर्ने थियो । देखिने गरि यो गरेनन् प्रचण्डले । ध्यान अनेत्र मोडेजस्तो देखियो । यो नै उनको लागि राम्रो भएन ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगका काम कारबाही विस्तृत शान्ति सम्झौताको मूल मर्म र भावनाअनुसार सम्पन्न गर्ने प्रचण्ड सरकार गठन भएकै दिनदेखि लाग्नुपर्ने थियो । यसका लागि काँग्रेसलाई कन्भिन्स गराउनुपर्ने थियो । ढिला मात्र उनले यो कुरा उठाए । प्रयाप्त दवाव पैदा गरेका भए ओलीको विकल्प खोज्नेतिर ध्यान दिनुपर्ने थिएन ।

अघोषित नाकाबन्दी र यसको परिणामलाई ध्यान दिई तत्कालिक र दीर्घकालीन रूपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न र राष्ट्रलाई आत्मनिर्भर बनाउन योजनाबद्ध नीति र कार्यक्रम चाहिएको हो देशलाई । यो नै माओवादीको कार्यसूची बन्नुपर्ने थियो । तर, सरकारमा सहभागी मन्त्रीले देखिने काम गरेनन् । प्रचण्डले आफ्नै मन्त्रीमाथि डन्डा चलाउन सकेनन् । बरु नयाँ मन्त्रीको अनुहार खोज्ने गृहकार्य थाले । यहीनेर उनको ‘मिस फायर’ भयो ।

दुई छिमेकी मित्र राष्ट्रबीचको सम्बन्धलाई सहज बनाउन प्रचण्डले पहल थाल्नुपर्ने थियो । उनी यता खासै ध्यान दिएनन् । चीन नजिक जस्तो देखिन पुगे । यो उनका लागि अनकूल भएन । कुटनीतिक सम्बन्ध राम्रो बनाउने प्रयास सरकारबाट भएपनि यसका कुनै प्रगति देखिएन ।

आफ्नो पहलकदमी लिन नसकेका प्रचण्डले सरकार फेर्ने कोशिष गर्नु हतार थियो । यद्यपी उनले राष्ट्रिय सहमतिको सरकार चाहियो भनेको धेरै पहिला देखि हो । उनले बहुमतिय सरकारमा जाँदैन भनेर जुन कमद चाले, यो ठीक गरेका छन् । अव एमालेसँग भएको नौ बुँदे सहमति कार्यन्वयनका लागि आबश्यक पहलकदमी लिनु नै प्रचण्डको लागि ठीक हुन्छ । यो नै सही ‘फायरिङ’ हुनेछ । यसबाट उता उति गरे अर्को ‘मिस फायर’ को खतरा हुन्छ ।

z'qmaf/ afn'jf6f/df a;]sf] k|d'v tLg bnsf zLif{ g]tfx?sf] a}7skl5 jftf{nfk ub}{ Pdfn]sf g]tf dfwjs'df/ g]kfn / Pdfcf]jfbLsf cWoIf k'iksdn bfxfn / g]tf 8f= afa'/fd e§/fO{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नौ बुँदेले ओलीको सरकार मात्र टिकेको छैन । नेपाली राजनीतिमा यो नयाँ प्रयोग भएको छ । सहमित अनुसार अव अर्को प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड हुनेछन् । तर, भद्र सहमति पालन नहुँने समस्या हामीकहाँ छ । जसरी काँग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेको थियो । भोलि एमालेले प्रधानमन्त्री बनाउन पहल नगरेपनि प्रचण्ड आत्तिनु पर्देन । ‘मिस फायर’ गर्नुपर्देन । राष्ट्रिय राजनीतिका मुख्य कार्यभारसहित राष्ट्रवादी छवि निर्माणमै प्रचण्डले जोड दिनुपर्छ । वर्तमान संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयन तथा आपसी विश्वास एवम् समझदारीलाई अझ सुदृढ पार्दै राष्ट्रका समग्र समस्या समाधान गर्ने पहलकदमी नै प्रचण्डको जीत हुन्छ । नौ बुँदे प्रचण्डको जीत हो । यसको कार्यन्वयन उनको दायित्व हो । ओली सरकारको विकल्प भन्दा अहिलेका कार्यभार मिलेर पूरा गर्नु नै प्रचण्डका लागि उचित हुन सक्छ । चुनावी सरकारको नेतृत्व आफुले गर्ने गरि तत्कालीन कार्यभार पुरा गरे भने प्रचण्ड अर्को ‘मिस फायर’ बाट बच्नेछन् ।

दुई बर्षमा एक नम्वरको पार्टी बनाउने प्रचण्डको सपना छ । उनी यसका लागि एक्लै दौडिएका पनि छन् । अरु नेता त यो सपनामा पनि छैनन् । महत्वकाक्षी सपना पूरा गर्न के के गर्नपर्छ, त्यसका राण्नीति र कार्यनीति कस्ता चाहिन्छन्, प्रचण्डले जानेकै होलान । यस्तो सपना ‘मिस फायर’ ले मार्छ । अव त प्रचण्ड आफैले पनि ‘मिस फायर’ को झ्टका अनुभव गरेकै होलान ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल