हो, म ‘वैद्य बा’ हुँ !

-बैशाख १८  |   मनोवाद

हो, म ‘वैद्य बा’ हुँ !

माओवादीधाराहरुवीचको एकताको विषय अहिले चर्चामा छ । यो चर्चासँगै मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी विभाजनतर्फ उन्मुख हुन थालेको छ । वैद्यसँग रामबहादर थापा बादल अलग हुने खतरा पनि छ । वैद्य प्रचण्डसँग अलग भएको चार बर्ष भयो । तर, यो वीचमा उनले विप्लवलाईसँगै राख्न सकेनन् । अहिले बादल अलग हुन खोज्दैछन् । यस्तो अबस्थामा वैद्य के सोच्दै होलान ? नेत्र पन्थीले वैद्यको जीवन संघर्ष र आजको राजनीतिक अबस्थामा केन्द्रीत रहेर मनोवाद लेखेका छन् ।

mohan Baidhya

मलाई बुझ्ने र हेर्ने विषयमा मानिसका आ–आफ्ना मत छन् । कसैका लागि सवैभन्दा ‘क्रान्तिकारी’ हुँ म, कसैका लागि ‘जडसुत्रवादी’ । माओवादीधारावीचको एकताका लागि अहिले भैरहेका पहल र संवादमा पनि केन्द्रमा मलाई राखिएको छ । पार्टीभित्रको एउटा समूहले माओवादीवीचको एकताको नेतृत्व गर्न मलाई दवाव दिएको छ, र अर्को समूह छ, जसले यस्तो एकतालाई राजनीतिक–वैचारिक धरातलमा नहुँनै भन्दै अगाडि बढन मलाई पाइला–पाइलामा अवरोध गरिरहेको छ । म आफै पनि निकै द्धिविधामा छु । जीवनको यो उतरार्धमा कति जोखिम मोलुँ ? कतै मैले लिने जुनुसकै निर्णय पनि गल्ती त हुँने होइन ? यो प्रश्नले मलाई निद पनि पर्न छाडेको छ । मेरो उमेर ७० बर्षको भयो । तर, म माथि यति धेरै दवाव छ, जसलाई अव थेग्न नसक्ने अबस्था हुन थालेको छ ।
० ० ०

तपाईंहरुलाई लाग्न सक्छ, यो कसको कुरा हो । म सकेसम्म इमान्दार भएर विगत र वर्तमानका मेरा दु:ख र संघर्षका कथा तपाईंहरुलाई भन्दैछु । भविष्यको योजना सुनाउँदै छु । म मोहन वैद्य हुँ । मेरो खास थर पोखरेल हो । अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टीको अध्यक्ष हुँ । मेरो पार्टीको नाम नै वैद्य माओवादी छ । सवैले त्यहीँ भनेर चिन्छन् पनि । मलाई माया गर्नेहरुले ‘कमरेड किरण’ भनेर सम्बोधन गर्छन । मलाई मन नपराउने ‘वैद्यबा’ वा ‘वैद्य’ भनेर पनि सम्बोधन गर्छन । तर, मेरो सवैलाई सम्मान छ । सिंगो देश र जनताको जीवनको आमूल परिवर्तनका लागि म संघर्षमा लागेपछि नीजि जीवनका साना तिना कुरामा मेरो ध्यान जान्नँ । मलाई जसले जे भनेर सम्बोधन गरेपनि आपत्ति छैन । विज्ञान र डाक्टरका यो युगमा वैद्यलाई धेरैले स्वीकार गर्दैनन् । तर, म विज्ञानको जगमा अगाडि बढेको ‘वैद्यबा’ हँु भन्ने ठान्छु ।
० ० ०
मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मेँको थिएँ म । १५ साउन २००३ मा प्युठानको खैरा गाउँमा जन्मेको हुँ । म भन्दा प्रचण्ड आठ बर्ष कान्छा हुन् । यो देशमा पंचायत थियो । त्यहीँबेला मैले गणतन्त्रको लागि संघर्ष गर्ने अठोट गरँे । नयाँ जनवादी क्रान्तिको सपना बोकेँ र २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएँ । मसँग जीवनमा अरु धेरै अवसर थिए । तर, मैले देश र जनताका अगाडि ती अवसरलाई महत्व दिइनँ । २०२९ सालदेखि पूर्णकालीन भएँ । जोखिम नमोली जागीर वा कुनै पेशा–व्यवसाय गरेको भएपनि मेरो जीवन सुखसयलमा वित्थ्यो । तर, मेरो आत्माले त्यसो गर्न मानेन् । देशको सिंगो प्रणालीमा परिवर्तन गर्ने सपना पलायो ।
० ० ०
पार्टीमा लागेपछि मैले इमान्दार भएर काम थालेँ । संगठनको कुनै पनि काम गर्न म तयार थिएँ । पार्टी सदस्यता पाएको १० बर्षपछि २०३१ मा नै म कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएँ । उमेरमा आठ बर्ष कान्छा प्रचण्डले मैले भन्दा १० बर्षपछि मात्र पार्टीको केन्द्रीय सदस्य बन्ने अवसर पाएका थिएँ । प्रचण्डसँग मलाई बेला–बेला जोडिन्छ, त्यहीँ भएर मेरो कथामा उनका केही कुरा राख्न खोजेको हुँ । अन्यथा नलिनुहोला ।
० ० ०

म सञ्चारमाध्यममा आउन कम रुचाउँछु । सञ्चारमाध्यममा जति आउँछु, माओवादीभित्रका ‘खरो’ नेताका रूपमा चित्रित गरिएको हुन्छु । सञ्चारमाध्यममा नबोलेर वा कम बोलेर ठीकै गरेको ठान्छु म । मैले बेला–बेला प्रचण्डलाई ‘तपाईं धेरै बोलेर कुरा विग्रिन्छ, भन्नुस्’ भन्थे । प्रचण्डले मेरो कूरो ‘सही हो’ भन्थे । तर, व्यहवार सच्चाउने थिएनन् । म उनको व्यवहारबाट दिक्क हुन्थेँ । उता डाक्टर (बाबुराम भट्टराई) चाहिँ आफ्नै तालका थिए । हामीवीच त राम्रो सम्बन्ध बन्न सकेन, भन्नुस ।
० ० ०
अध्ययन गर्न रुचाउँछु म । चिन्तन–मनन गरिरहने तथा एकान्तप्रेमी छु । यो पक्ष राम्रो ठान्छु म । परिवारमा प्रेम, सद्भाव र पारस्परिक विश्वासले मलाई खुसी बनाउँछ । मेरो बुझाईमा रिस प्रतिकूल अवस्थाको आवेग हो । कसैले प्रतिकूल अवस्था सिर्जना गर्न भूमिका खेल्दै छ भन्ने थाहा भयो भने मलाई रिस उठ्छ । प्रतिकूल घटनाको प्रतिक्रिया रिसमा गएन भने भावुक बनाउँछ मलाई । आफैँले विश्वास गरेका मान्छेका प्रतिकूल गतिविधिले भावुक बनाउँछ ।
० ० ०

मेरो आफ्नै दैनिकी र खानपान छ । म विहान चार बजे उठछु । उठेपछि चिया चाहिन्छ सबैभन्दा पहिला । घरमा दुधको चिया बन्दैन । कालो चिया पिउछु । विहान आधा घण्टा समाचार सुन्छु । पत्रपत्रिका पढ्छु । विहानै ६ वजेदेखि भेटन नेता–कार्यकर्ता आउँछन् । दाल, भात,तरकारी र अचार मेरो रोजाईको खाना हो । हरियो साग बढी मन पर्छ । पिडालुको साग त झनै रुच्छ । पार्टी काममा कहिले कता कहिले कता भैरहन्छु । खाजा पनि निकै कम खान्छु । उसिनेको मकै मन पर्छ । कुनै सार्वजनिक भोज भतेर र पार्टीहरुमा खाना खाँदैन । औषधी लिन्छु । त्यसैले खाना सकेसम्म घरमै खान रचाउँछु । कपडामा पनि त्यति रुची छैन । पहिला कोट पनि लगाउदैनथँे । संविधानसभा सदस्य भएपछि त्यसैका लगि कोट सिलाएँ । समानुपातिक तर्फबाट सभासद् पनि भएँ । कपडामा पनि त्यस्तो व्रान्ड छैन मलाई । छोरीहरु जस्तो ल्याउछन् त्यस्तै लगाउछु ।
० ० ०
कुनै वेला म एउटा असल मास्टर हुने सपना देख्थेँ । तर, नीजि जीवनमा मसँग धेरै ठूलो सपना कहिल्यै भएन ।

२०३९ सालमा मोहनविक्रम सिंह र निर्मललामावीच चर्को विवाद भयो । अल्पमत र बहुमत भयो, अन्तत: पार्टी विभाजन भयो । विभाजनपछि चौमको नेतृत्व निर्मललामाले गरे । चौम दक्षिणापन्थी संसोधनवादमा गएको भन्दै महोनविक्रम सिंहले भक्तबहादुर श्रेष्ठको नेतृत्वमा नेकपा मशाल गठन गरे । २०४१ म भारतको अयोध्यामा मोहनविक्रम सिह, भक्तबहादुर र म मिलेर गरेको पाँचौ महाधिवेशनले प्रचण्डलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थियौँ । प्रचण्डलाई म आफैले नेता बनाएँ जस्तो लाग्छ ।
० ० ०
mohan baidhya protest indian embassy (5)महाधिवेन भएको एक बर्ष नपुग्दै पार्टी विभाजन भयो । मोटो मशाल र पातलो मसाल बने । म महामन्त्री बनेको मोटो मशालमा प्रचण्ड पोलिटव्युरो सदस्यका साथै सैन्य आयोगको सदस्य बने । प्रचण्डलाई मैले ०४०/०४१ साल तिर नै सैद्धान्तिक क्लास दिन्थेँ । त्यसबेला मैले धेरै नेताहरुलाई ‘नेता यस्तो हुनुपर्छ, नेतृत्वमा यो खुबी हुनुपर्छ, यो क्षमता हुनुपर्छ ।’ भनेर कक्षा दिन्थेँ । साथीहरुले म आफै चाहिँ त्यस्तो थिइनँ भन्थे । सायद अहिले पनि भन्छन् ।
० ० ०
उमेर, माक्र्सवादी दर्शनको अध्धयन र पृष्ठभूमि सवै हिसावले म प्रचण्डभन्दा अगाडि थिएँ । सेक्टरकाण्ड पछि मैले तत्कालीन मशालको महामन्त्रीको जिम्मेवारी पद छाडेँ । राष्ट्रिय पंचायतको चुनावलाई तत्कालीन मोटो मशालले वहिस्कारको नीति लिएको थियो । चुनाव वहिस्कारको योजना अनुसार मशालका स्थानीय कमिटिलाई काम गर्ने जिम्मा दिइएको थियो । चुनावी माहोलका वीचमा काठमाडौंका केही प्रहरी विट र सेक्टरहरुमा काठमाडौं क्षेत्रीय व्यूरोले बम पड्कायो । काठमाडौं क्षेत्रीय व्यूरोको सो योजनावारे तत्कालनी महामन्त्री म जानकार थिइनँ । असफल सेक्टरकाण्डमा कैयौं कार्यकर्ता प्रक्राउ परे । यसैको नैतिक जिम्मेवारी लिदै मैले महामन्त्रीबाट राजीनमा दिएँ । त्यसपछि प्रचण्ड यो ठाँउमा आएका हुन् ।

चुनवाङ वैठकपछि प्रचण्ड–वावुराम जति नजिक भए त्यो स्थान मलाई मिलेन । बाबुरामले सेना समायोजनमा धोका दिए । मैले यो प्रक्रिया मानिनँ । हाम्रो सेनाका चावी पुरानो सत्तालाई बुझाउने कुरा मलाई मन परेन । यो तत्कालीन आबश्यकता हो कि होइन, म त्यतातिर लागिनँ । बाबुरामले विपा गरे, मैले यसलाई स्वीकार गरिनँ । मैले यसमा ठूलो राष्ट्रघाट देखेँ । मलाई राष्ट्रियता ठूलो लाग्छ । तर, चर्को राष्ट्रियताले भयो के ? मसँग ठ्याक्कै जवाफ छैन । मलाई राष्ट्रबादको भूतले बेला बेला पन्छाउँछ । मलाई उम्किन कठिन पर्छ ।

० ० ०
मैले प्रचण्डलाई धेरै समय नि:शर्त सहयोग गरेँ । नेतृत्वको लागि हानथाप कहिल्यै गरिनँ । बाबुरामसँग झगडा पर्दा पनि म प्रचण्डकै पक्षमा उभिएँ । पार्टी अन्तरसंघर्षको इतिहास यसको साक्षी छ । २०४६ पछि माओविचारधारलाई आत्मसाथ गर्नेहरुवीच एकता प्रक्रिया शुरु भयो । प्रचण्डको नेतृत्वमा रहेको नेकपा मशाल, रुपलाल विश्वकर्माले सर्वहारावदी श्रमिक संगठन र निर्मल लामाले नेतृत्व गरेको नेकपा चौमवीच २०४८ मा एकता भयो । एकीृकत पार्टीको नाम एकता केन्द्र भयो । त्यसको पनि महामन्त्री बने प्रचण्ड । प्रचण्डकै नेतृत्वमा रहेको एकता केन्द्र २०५१ मा नेकपा माओवादी बन्यो । यहाँ पनि प्रचण्डले नै महामन्त्रीको जिम्मेवारी समाले । मैल उहाँ नै हाम्रो नेता हो भनिरहेँ ।

२०५७ मा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भयो । पार्टी महामन्त्रीको ठाँउमा अध्यक्ष रहने व्यावस्था भयो । प्रचण्ड नै अध्यक्ष भए । मैले कहि पनि रोकिनँ उनलाई । बाधा हालिनँ । म क्रान्तिका लागि मात्र सोच्थेँ । प्रचण्डलाई मैले साथ दिदा बाबुराममाथि कहिलेकाही अन्याय पनि भयो । एक पटक हामीले घोविघाटमा प्रचण्ड विरोधी मोर्चा तयार गर्‍यौँ । म र बाबुराम एकै ठाँउ भयौँ । तर, प्रधानमन्त्री भएपछि बाबुरामले धोविघाट भुल्नुभयो । हामीलाई धोका दिनुभयो । धोविघाटले केही पाठ पढाएको छ । शिक्षा लिएको छु ।
० ० ०
चुनवाङ वैठकपछि प्रचण्ड–वावुराम जति नजिक भए त्यो स्थान मलाई मिलेन । बाबुरामले सेना समायोजनमा धोका दिए । मैले यो प्रक्रिया मानिनँ । हाम्रो सेनाका चावी पुरानो सत्तालाई बुझाउने कुरा मलाई मन परेन । यो तत्कालीन आबश्यकता हो कि होइन, म त्यतातिर लागिनँ । बाबुरामले विपा गरे, मैले यसलाई स्वीकार गरिनँ । मैले यसमा ठूलो राष्ट्रघाट देखेँ । मलाई राष्ट्रियता ठूलो लाग्छ । तर, चर्को राष्ट्रियताले भयो के ? मसँग ठ्याक्कै जवाफ छैन । मलाई राष्ट्रबादको भूतले बेला बेला पन्छाउँछ । मलाई उम्किन कठिन पर्छ ।
० ० ०

मैले देश र जनताका लागि लड्दा दुई दशक लामो जेलजीवन विताएँ । यो रहरले गरेको त होइन होला । मेरो निष्ठामा प्रश्न उठाउनेहरुले मेरो इंतिहास जान्नुपर्छ ।

जनयुद्धकै बेला २०६० मा म भारतमा पक्राउ परँे । तीनबर्ष जेल बसेँ । मेरो गिरफ्तारी कति स्वभाविक हो ? मेरो मनमा प्रश्न उठछ । तर, म अहिले भन्दैन । यो छानविन गर्दा राम्रो हुन्छ । यो कुरा प्रचण्डलाई पनि भनेको थिएँ ।

म जेलमै भएका बेला चुनवाङ वैठक भयो । संघीय लोकतान्त्रिक गणतन्को कार्यनीति पास भयो । म जेलमा हुँदा मेरो पार्टीले दिल्लीमा १२ बुँदे समझ्दारी गरेको थियो । म यसका भित्री पाटोवारे त्यति जानकार भइनँ । म जेलमा भएका बेला प्रचण्ड–बाबुरामबीच विवाद भयो । प्रचण्डकी छोरी गंगा मलाई भेटन आएकी थिइन । मैले उनी मार्फत ‘जे सुकै भएपनि पार्टी नफुटोस ।’ भन्ने सन्देश पठाएको थिएँ । त्यसबेला एउटा परिस्थिति थियो । पछि परिस्थिति बेग्लै बन्यो । ०६९ असारसम्म आउँदा प्रचण्डसँग बस्न सक्ने अबस्था भएन । उनले क्रान्ति छाडेँ । राष्ट्रियताको मुद्धामा उनी झुके । मैले मेरै नेतृत्वमा नयाँ पार्टी बनाएँ । पुरानो घर छाडेर हिड्न मलाई केही युवा नेताहरुले पनि उस्काएका थिए । मलाई निर्णय लिन कसै न कसैले धक्का दिनुपर्छ । जनयुद्धमा जाने बेला प्रचण्डले धक्का दिए । पार्टी फुटाउने बेला विप्लवले धक्का दिए । कहिलेकाही सोच्छु, ‘म किन अरुको धक्काबाट प्रभावित हुन्छु ?’
० ० ०
mohan baidhyaभूमिगत जीवनका मेरा केही सम्झना छन् । ०२५ मा पहिलोपटक भूमिगत हुनुपर्‍यो । कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको चार बर्ष भएको थियो । सुरुमा भूमिगत हुँदा म भर्खरको केटो थिएँ । पातलो शरीर थियो । विवाह पनि गरेको थिइनँ । दाङमा बस्थेँ ।

०२५ मा हसनापुर, दाङको निम्नमाध्यमिक विद्यालयको हेडमास्टर थिएँ । पढ्दै पनि थिएँ । त्यहीवेला पार्टीको केही महत्त्वपूर्ण कागजपत्र प्रहरीले नियन्त्रणमा लियो । म पनि पक्राउ पर्न सक्ने अवस्था आयो । पार्टीले निर्णय गर्‍यो, अब भूमिगत हुनुपर्छ । स्कुल छाडेर भूमिगत भएँ । हेडमास्टर नै स्कुल नगएपछि गाउँभरि ‘मोहन भूमिगत भयो’ भन्ने हल्ला फैलियो । भूमिगत भएको ३–४ दिन दाङमै लुकेर बसेँ ।
० ० ०
त्यहाँ असुरक्षित महसुस गरेपछि प्युठान जानुपर्ने भयो । एकजना साथी हुनुहुन्थ्यो गोपालजी (अहिले बितिसक्नुभयो) र म दाङको ग्वारखोला हुँदै रोल्पामा पर्ने सतिम लेकमा पुग्यौँ । त्यहाँबाट तल झरेर हरिचौरमा बास बस्यौँ । भोलिपल्ट रोल्पाकै सुलीचौर हुँदै प्युठान पुग्यौँ । प्युठानमा ४–५ दिन बसेर बनारसतिर लाग्यौँ । दाङका हाम्रा सबै साथी बनारस पुगिसकेका थिए । बनारसबाट फर्केपछि पार्टीले ‘दाङ होइन, प्युठान गएर बस्न’ निर्देशन दियो । म प्युठान फर्किएँ । र, फेरि सामान्य जीवनमा फर्किएँ ।
० ० ०
दोस्रोपटक ०३४ मा भूमिगत भएँ । ०३१ मा पार्टीको चौथो महाधिवेशन भयो । महाधिवेशनबाट म केन्द्रीय समितिमा चुनिएँ । पार्टीले राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो भनेर देशव्यापी पर्चा छर्ने निर्णय गर्‍यो । मेरो जिम्मामा राप्ती अञ्चल, अर्घाखाँची र गुल्मी थियो । असारको महिनाजस्तो लाग्छ । पर्चा छरियो । पर्चा छरिएको मात्र के थियो, राज्यले धरपकड सुरु गरिहाल्यो । त्यसपछि म फेरि भूमिगत भएँ । त्यो भूमिगत काल त लामै समय भयो । ०४६ चैतमा जनआन्दोलन सफल भएपछि बल्ल खुला भइयो ।
० ० ०
जनयुद्ध सुरु भएपछि फेरि भूमिगत बनेँ । यो तेस्रोपटकको भूमिगत जीवन हुँदै थियो । ०५२ फागुन १ मा जनयुद्ध घोषणा भएपछि नै भूमिगत भएको हुँ । म पञ्चायतकालमै पेस्तोल बोक्थेँ । आत्मरक्षाका लागि थियो त्यो । जाली–फटाहासँग लड्नुपरे पनि ठीकै छ भनेर पेस्तोल राख्थेँ । जनयुद्धकालमा त पेस्तोल बोक्ने कुरा भइहाल्यो । मैले लड्नका लागि भने बोकको होइन । लड्न र हतियार चलाउनमा म त्यत्तिको एक्सपर्ट होइन । हतियार चलाउन त किन नजान्नु ? लड्नकै लागि भनेरै हतियार फायर पनि गरिनँ । सिक्ने वेलामा फायर पनि गरेँ । प्रचण्डसँगै गोरखामा तालमी लिएको याद आउँछ ।
० ० ०
मलाई सभासद्, मन्त्री बन्ने रहर थिएन । पहिलो संविधानसभामा प्रचण्डले समानुपातिक तर्फ सभासद् बन्न आग्रह गरे । अध्यक्षको आग्रह स्वीकार गरेँ । क्रान्तिलाई सहयोग हुन्छ भने म बस्छु नि त भने । तर, प्रचण्डले मेरो वरियतामा ख्याल गरेनन् । उनले बाबुरामलाई उप–नेता बनाए । मलाई चिक्त बुझेनँ । संविधानसभा सदस्यवाट राजीनामा दिएँ । कसैले मलाई संविधानसभाबाट भागेको रुपमा हेरे । संविधानसभावाट भागेको होइन भन्ने मेरो मान्यता छ । यो त मेरो इच्छा र रुचिको कुरा थियो । सभासद् भएरैमात्र जनताको प्रतिनीधि हुने, नभए नहुने भन्ने के छ र ? भन्ने मेरो तर्क थियो ।
० ० ०
मानिसहरु मलाई हार्डलाइनर नेता भनेर बुझ्छन् । यो प्रचारले राम्रो सन्देश गएन । माओवादीभित्र उग्रविचारधारको र कट्टरपन्थी नेताको रुपमा मेरो नाम आउथ्यो । यसैको फाईदा उठाउँथे प्रचण्ड कहिलेकाही । हार्डलाइनर त अरुले बनाईदिएका हुन् । म भर्खर जेलवाट आएको थिएँ । जेलवाट छुटेर आउने वित्तिकै अन्तराष्ट्रिय क्राइसिस गुप्रको रिपोट हेरेको थिएँ । त्यसमा हार्डलाइनर र सफ्ट लाइनर भनेर लेखिएको थियो हाम्रोवारे । त्यसैको प्रचार भयो शुरुबाट । मलाई हार्डलाइनर नेता भनियो । मलाई जडसुत्रवादी पनि भन्छन् । मेरो क्रान्ति र विचारप्रतिको निष्ठालाई लिएर यसो भनिएको हो जस्तो लाग्छ ।
० ० ०
यतिबेला मेरो पार्टीमा ठूलो मतभेद छ । बादलजीहरु प्रचण्डसँग घाटी जोड्न चाहनु भएको छ । सीपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिंग्देलजस्ता नेता एकता गर्न हुँदैन भन्नुहुन्छ । मलाई पनि राजनीतिक–वैचारिक कुरा नटुंगाई एकता गर्न हुँदैन भन्ने लाग्न थालेको छ । हुन त मैले एकताका लागि पहल गरेको हो । वार्ता समिति पनि बनाएको हो । एकता आबश्यक छ भनेर प्रचण्डलाई पटक–पटक कुरा गरेको पनि हुँ । तर, म अचानक बदलिएँ । अहिले मलाई प्रचण्डसँग एकता गर्दा राम्रो हुँदैन कि भन्ने लागेको छ । प्रचण्डलाई मेरै घरमा बोलाएर वार्ता पन गरेको हो । उपराष्ट्रपति निवासमा गोप्य रुपमा कुराकानी पनि गरेको हो ।
० ० ०

मैले आफ्नो नेतृत्वमा पार्टी बनाएपछि केही समस्या आइलागे । पहिला दोस्रो तहमा बसेर मूल नेतृत्वको आलोचना गर्थे । पार्टीको विवाद व्यवस्थापन गर्ने जिम्मेवारी पनि आफँै लिनुपर्दा कठिन हुँदो रहेछ । मिलाउन नसक्दा पार्टी विभाजन हुँदो रहेछ । दोस्रो, तेस्रो तहको भूमिका राम्रोसँग पूरा गरेको थिएँ । तर, आफँै पहिलो व्यक्ति हुनुपरेपछि त्यति प्रस्ट हुन सकिनँ । अन्तरविरोध दर्शन राम्ररी पढेको छु । पार्टीको आन्तरिक पंक्तिमा यो विषयमा लामो छलफल र बहस गर्न सक्छु । तर, अन्तरविरोध व्यवस्थापन र हल गर्ने विषयमा आफैँ भने कमजोर देखिएँ म । यसैकारण पार्टीको सानो–सानो विवाद पनि सहजै हल गर्न सकिनँ ।

प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने बेला विप्लवले निकै भूमिका खेले । तर, उनले मलाई पनि छाडेर हिडे । अहिले अलग्गै पार्टी बनाएका छन् । फोन गर्छन । बेला–बेला भेटन पनि आउँछन् । प्रचण्डसँग एकता नगर्न सुझाव पनि दिन्छन् । अहिले उनले ‘तपाईलाई मेरो सहयोग हुन्छ, प्रचण्डसँग एकता नगर्नुस’ भनेका छन् ।

मेरो पार्टी फेरि फुटको संघारमा छ । म नगएपनि बादलजीले आफ्नो टीम लिएर प्रचण्डसँग एकता गर्न खोज्दै हुनुहुन्छ । मेरो नेतृत्वको पार्टी चार बर्ष नपुग्दै दुई पटक विभाजन हुने अबस्था आयो । मसँग नेतृत्वको क्षमता भएन कि ? प्रश्न मनमा उठछ । तर, क्रान्तिको झन्डा एक्लै भए पनि उठाउनुपर्छ भन्ने आत्मविश्वास कायम छ ।
० ० ०
मैले आफ्नो नेतृत्वमा पार्टी बनाएपछि केही समस्या आइलागे । पहिला दोस्रो तहमा बसेर मूल नेतृत्वको आलोचना गर्थे । पार्टीको विवाद व्यवस्थापन गर्ने जिम्मेवारी पनि आफँै लिनुपर्दा कठिन हुँदो रहेछ । मिलाउन नसक्दा पार्टी विभाजन हुँदो रहेछ । दोस्रो, तेस्रो तहको भूमिका राम्रोसँग पूरा गरेको थिएँ । तर, आफँै पहिलो व्यक्ति हुनुपरेपछि त्यति प्रस्ट हुन सकिनँ । अन्तरविरोध दर्शन राम्ररी पढेको छु । पार्टीको आन्तरिक पंक्तिमा यो विषयमा लामो छलफल र बहस गर्न सक्छु । तर, अन्तरविरोध व्यवस्थापन र हल गर्ने विषयमा आफैँ भने कमजोर देखिएँ म । यसैकारण पार्टीको सानो–सानो विवाद पनि सहजै हल गर्न सकिनँ ।

नेता भएपछि खुलेर बोल्नुपर्छ र राजनीतिक रूपले अलिकति बाक्लो भेटघाट गर्नुपर्ने रहेछ । तर, ममा यो स्वभाव छैन । अन्तरमुखी स्वभाव छ । यसले म र कार्यकर्ता तथा अन्य पार्टीबीचको दूरी अलि लामो छ । यो पार्टीपंक्तिमा त्यति रुचाइएको छैन । कार्यकर्ता आफ्नो नेतृत्वले सत्ता हत्याउने महत्त्वाकांक्षा राखोस् र देशलाई नयाँ गति देओस् भन्ने चाहदा रहेछन् । तर, मैले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री केही हुँदैन भनेँ । म नेता मात्र बन्न चाहेँ । देशलाई नेतृत्व दिने नेता खोजेका कार्यकर्ताका लागि उनको अभिव्यक्ति बाधकजस्तो देखियो । अव यो उमेरमा म के सच्चाउँ ?
० ० ०
Prachanda-Baidhyaदोस्रो संविधाजसभाको चुनावमा मेरो पार्टीले खेलेको भूमिकाले देशको राजनीति प्रभावित पार्‍यो । कहिले काही लाग्छ गल्ती गरियो कि । तर, सोच्छु, म आफैले त ठूलो गल्ती गरेको छैन । अरु नेता र कार्यकर्ताले काँग्रेस–एमालेसँग पैसा खाएर एकीकृत माओवादीलाई हराउन भूमिका खेलेका रहेछन् । यो कुरा पार्टीको संस्थागत निर्णय त होइन । तर, प्रचण्डको पार्टीलाई हराउन चाहन्थ्यौँ । यसमा सफल भयौँ । प्रचण्डको घमण्ड तोड्यौँ । तर, हामी आफै तौडियौँ । हामी बच्न सकेनौँ । पहिला विप्लवले मलाई छाडे, अव बादल कस्सिएका छन् । म खोज्दैछु, मबाट कहाँ गल्ती भयो ? पहिला मैले फरक मत लेख्थेँ, अहिले बादलजीले लेख्नुभयो । यसो हेर्छु–कम्युनिष्ट पार्टीको कस्तो संस्कृति छ । म आफै पनि बुझ्न नसक्ने भएँ कि ।
० ० ०
मैले एक पटक प्रचण्डमाथि गंभीर १८ आरोप लगाएँ । पछि यही कुरा मेरो पार्टीमा पनि देखा पर्‍यो । त्यसमा एउटा ‘प्रचण्डको आथिर्क आचरण भ्रष्टीकरण उन्मुख देखिएको छ । पद, पैसा र प्रतिष्ठाका लागि नैतिक–अनैतिक जे पनि गर्ने प्रवृति देखियो । आथिर्क हरहिसाब र आयव्यय कमिटि प्रणालीविहीन बनाएको र पूरै व्यक्तिवादी बनाए । पार्टीको स्रोत–साधनको दुरुपयोग गर्ने प्रवत्ति बढ्यो ।’ भन्ने आरोप थियो । यो रोगले मेरो पार्टीमा पस्यो । म दु:खी भएँ ।

मलाई लाग्छ, नेपाली क्रान्तिको भविष्य नेपाली क्रान्तिकै विकास प्रक्रिया र दिशासंग सम्बन्धित छ । नेपाली क्रान्तिको विजयका लागि सम्भावना पनि छन् । गम्भीर चुनौती पनि खडा छन् । यी दुवैको वस्तुवादी अध्ययन गर्न आवश्यक ठान्छु । क्रान्तिलाई कमजोर तुल्याउन वर्गदुश्मन अनेकौं षडयन्त्र रचेका छन् । तिनको सामना गर्नका सकिएको छैन । तै पनि क्रान्तिको मेरो सपना अटुट नै छ ।
० ० ०
अन्तराष्ट्रिय समुदायको मप्रति आर्कषण छैन । दोस्रो संविधानसभा चुनावपछि आन्दोलन गरियो । संविधानसभा विघटनको माग गरियो । तर, शक्ति पुगेन । मेरो कुरा कसैले सुनेनन् । राजनीति शक्ति नभई हुँदैन भन्ने सैद्धान्तिक ज्ञान ममा थियो । तर, म अलमलमा परेँ । मैले जनविद्रोहको कुरा गरेँ । तर, आत्मगत अबस्था तयार भएन ।

mohan baidhya protest indian embassy (2)पार्टी विभाजन मात्र होइन प्रचण्डसँगको एकता रोक्न मैले एक महिना केन्द्रीय समिति वैठक स्थागित गरेँ । मेरो विरुद्ध हस्ताक्षर अभियान चलाइयो । मेरो गोप्य फोन सुनियो । मलाई परिवारले एकता गर्न सुझाव दिएका छन् । तर, मनले मानेको छैन । प्रचण्डसँग एकता हुन्छ कि आत्मसर्मपण मैले बुझ्न सकेको छैन ।
० ० ०
पाँच दशक वित्यो कम्युनिष्ट पार्टीको सदस्य भएको । केन्द्रीय राजनीति गरेको पनि चार दशक वित्यो । यसो सोच्छु, मैले देशका क्रान्ति पूरा गर्न के के भूमिका खेले ? यसो सोच्छु, म मात्र इमान्दार भएर के भयो ? पार्टीभित्र त प्रशुषण देखियो । क्रान्ति पूरा भएन । सपना अधुरा रहे । जनयुद्धको त्यो महान प्रक्रिया यहाँ गएर टुंगियो । जनयुद्धका ती सहीद, घाइते, र वेपत्ता नागरिक तथा उनीहरुका परिवारप्रति हामी उत्तरदायी भयौँ कि भयनौँ । पद र पैसाका लागि राजनीति गर्ने संसदीय पद्धति देखियो । यही पद्धतिका विरुद्ध लडिएको थियो । तर, मूलधार आज त्यहीँ छ । मसँग जवाफ दिने कूरा छैन ।

७० बर्षको भएँ । अव सक्रिय राजनीति गर्ने उमेर पनि छैन । किन संसोधनवादी भएर मर्ने ? मनमा यो प्रंश्न उठिरहेको छ । अर्कोतिर सोच्छु, माओवादीहरुवीचको यो धुव्रीकरण प्रक्रियालाई मैले रोकेको सन्देश गयो भने इतिहासले के भन्ला ? त्यसबेला ममाथि न्याय होला कि नहोला ? मेरो अहिलेसम्मको छवि कायम रहला कि नरहला ? गल्ती होला कि ठीक होला ? कुन कदम चालुँ ? यीनै प्रश्नहरुको घेरमा छु म आजकल ।

म सँग अर्को विकल्प पनि छ । तर, त्यहा जान अझै मनले मानेको छैन । त्यो विकल्प भनेको सन्यासको विकल्प हो । राजनीतिबाट सन्यास लिएँ भन मेरो अहिलेसम्मको छवि पनि बच्छ । भविष्यमा पनि न्याय हुन्छ । तर, डर लागेको छ, सन्यास लिदा म कतै क्रान्तिबाट भागेको सन्देश त जाँदैन ?
० ० ०

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल