रोल्पावादले खायो माओवादीलाई : गोपाल किराती

रोल्पावादले खायो माओवादीलाई : गोपाल किराती

एकीकृत माओवादीभित्र बेला–बेला विवादित बयान दिएर चर्चामा आउँछन्– गोपाल किराती । किरातीले शान्तिप्रक्रियायता माओवादीभित्र बार्गेनिङ गरेर पद र प्रतिष्ठा प्राप्ति गर्ने प्रवृत्ति ह्वातै बढेको मान्छन् । उनी यसलाई माओवादीभित्र हुर्केको ‘रोल्पा–रुकुमवाद’ मान्छन् । किरातीले माओवादीमा हुर्केको ‘रोल्पा–रुकुमवाद’बारे नेत्र पन्थीसँग कुराकानी गरेका छन् ।

goapl kirati (8)-001
० ० ०
सामन्तवादविरुद्धको संघर्षका रोल्पा–रुकुमले महान् भूमिका खेलेको हो । त्यसलाई नेपाल र संसारले सम्मान गर्छ । कुनै समय हामीले रोल्पालाई, खासगरी रोल्पाको थवाङलाई ऐनान पनि भनेका थियौँ । अहिले शंका हुन थालेको छ । पछिल्लो चरणमा पार्टीका नेताहरूसँग क्रान्ति गर्नु र डकैटी गर्नुमा अन्तर के हुन्छ ? मेरो प्रश्न रहने गरेको छ । डकैती र क्रान्तिको कारबाहीमा फरक हुँदैन । फरक केवल उद्देश्यमा हुन्छ । डकैती गर्नेले सबै आफ्नो निजी लाभ र प्रतिष्ठाका लागि गर्छन् । क्रान्ति गर्ने कम्युनिस्टले मुख्यतः सर्वहारा वर्ग र जनताको हितका लागि गर्छन् । आफ्नो र आफ्नो वर्गका लागि पनि क्रान्ति गर्छन् ।
० ० ०
केपी ओली सरकारमा कुनै जातिविशेष, कुनै क्षेत्रविशेषको मात्र प्रभुत्व देखियो । उपराष्ट्रपति, सभामुख, मन्त्री र अन्य लाभको पदमा निश्चित ठाउँका मानिस जाने, जुन प्रवृत्ति देखियो । यसको नेपाली सर्वहारावर्गले निश्चित रूपमा प्रश्न उठाउँछन् । यदि माओ जीवित हुन्थे भने केपी ओली नेतृत्वको सरकारमा माओवादीको प्रतिनिधित्वलाई गलत भनेर भन्डाफोर गर्नुहुन्थ्यो । रोल्पा–रुकुमले क्रान्तिका बेला जुन बलिदान गर्यो, जुन भूमिका खेल्यो, त्यो क्रान्तिका लागि थियो भनेर बुझेका हौँ हामीले । तर, त्यसको अतिरिक्त अरू केहीका निम्ति हो कि भन्ने शंका पैदा भएको छ आज । अहिले रोल्पा, रुकुमको प्रतिष्ठामाथि प्रश्न खडा भएको ठान्छु म ।

आन्दोलनको ब्याज खाने प्रवृत्ति हाबी भयो । यो गलत छ, यसो गर्न पाइँदैन । पेरिस कम्युनमा ३० हजार योद्धाको शहादत भयो । ४५ हजार जेल बसे । उनीहरूले कुनै ब्याज पाएनन् । नेपालमा हामीले रोल्पा–रुकुमको जुनस्तरको सम्मान गरेका थियौँ, त्यो रहेन ।

० ० ०
पश्चिम नेपाल सामन्तवादबाट बढी ग्रसित थियो । त्यसो हुनाले माओवादीको नेतृत्व पश्चिम नेपालमा केन्द्रित भयो । पूर्वी नेपाल र राजधानी पुँजीवादतर्फ अलिअति लम्केको अवस्था थियो । ब्रिटेनले कलकत्तामा इस्ट इन्डिया कम्पनी खोल्यो । कलकत्ताको नजिक भएकाले विराटनगरमा उद्योगधन्दा खुले । त्यसबाट पूर्वतिर पुँजीवादी परम्परा देखिन थाल्यो । त्यसकारण सामन्तवादविरुद्धको संघर्षमा, बलिदानमा पूर्वले कम भूमिका खेल्यो । रोल्पा,–रुकुमलाई केन्द्र बनाएर भूमिका खेल्यो पश्चिमले । कालीकोटमा महिलाले प्रहरीको हतियार खोसेर पार्टीलाई बुझाए । यसो हुँदाहुँदै पनि जनयुद्ध सर्वहारावर्गको नेतृत्वमा जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक उत्पीडिनविरुद्धको आन्दोलन थियो । तर, ओली सरकारसम्म आउँदा पश्चिम नेपालले गरेको क्रान्तिको बलिदान आमनेपाली उत्पीडितका निम्ति, आमनेपालमा परिवर्तनका लागि थिएन कि भन्ने प्रश्न उठ्न थाल्यो । यसको जवाफ पश्चिम नेपालका साथीहरूले दिनुपर्छ, खासगरी रोल्पा–रुकुमका साथीहरूले दिनुपर्छ । उपराष्ट्र नभए केही गर्ने नन्दकिशोर पुनजीको भनाइ सुनियो । गृहमन्त्री नभए बाबुरामको नयाँ शक्तिलाई समर्थन गर्ने शक्तिबहादुरको कुरा बुझिन्थ्यो । एउटै ठाउँमा मानिस कहिले श्रीमान्, कहिले श्रीमती मन्त्री हुनुपर्ने ? लाभको पदमा उनीहरू जानुपर्ने । के जनयुद्ध त्यसैका निम्ति थियो ? शान्तिप्रक्रियापछि हेर्नुहोस्, रोल्पा–रुकुमले पाउन बाँकी के छ ? नत्र भनेर पद लिने प्रवृत्ति त्यहाँ देखियो, विभिन्न कालखण्डमा ।

goapl kirati (1)-001
० ० ०
आन्दोलनको ब्याज खाने प्रवृत्ति हाबी भयो । यो गलत छ, यसो गर्न पाइँदैन । पेरिस कम्युनमा ३० हजार योद्धाको शहादत भयो । ४५ हजार जेल बसे । उनीहरूले कुनै ब्याज पाएनन् । नेपालमा हामीले रोल्पा–रुकुमको जुनस्तरको सम्मान गरेका थियौँ, त्यो रहेन । आन्दोलनको ब्याज असुल्ने काम भयो । महिलाको सन्दर्भमा प्रश्न उठाउने कुरा भएन । तर, पार्टीभित्रका अन्तरसंघर्षमा त्यहाँका नेताहरूले जसरी भूमिका खेल्दै गए, त्यो प्रश्न उठाउनेस्तरको भयो । कृष्णबहादुर महरा कता, वर्षमान पुन ‘अनन्त’ कता–कता भए । यहीक्रममा सभामुख बनाउने काम भयो । यसमा हाम्रो आपत्ति छैन । तर, उपराष्ट्रपति बन्ने, मन्त्री बन्ने र मन्त्री बनेर पनि केपी ओलीको नितान्त सहायक बन्ने रोल्पा–रुकुममा कमरेडहरूको जुन प्रवृत्ति छ, यसले जनयुद्ध नयाँ जनवादी क्रान्तिका लागि नभएर केही जिल्ला, केही क्षेत्र विशेषका लागि थियो कि भन्ने प्रश्न त उठ्यो नि । जाजरकोटले गृहमन्त्री नपाए बाबुरामको नयाँ शक्तिमा जान्छु भनेर धम्की दिएकै हो । यसले त गम्भीर प्रश्न उठ्यो ।
० ० ०
म त पूर्वी नेपालमा जन्मेर हुर्केको मान्छे । मेरो सोच, पहिला नयाँ जनवादी क्रान्ति, जसअन्तर्गत वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडिन अन्त्य गर्ने, दोस्रो चरणमा पुँजीवादी जनवादी क्रान्ति र त्यसले पूरा नगरेका कार्यकार समाजवादी क्रान्तिमा पूरा गर्ने भन्ने थियो । यसकाविरुद्ध जातीय, क्षेत्रीय संकीणर्ता अपनाउने हो भने किरात वर्कर्स पार्टीको माओवादीमा जसरी समायोजन भएको थियो, त्यसमाथि प्रश्न उठ्छ । प्रचण्डसँग मैले गम्भीर रूपमा यो कुरा उठाएको छु ।
रोल्पा–रुकुमवाद ठीक छैन । यो नेपाली क्रान्तिका लागि हानिकारक छ भनेर मैले पार्टीमा गम्भीर ढंगले कुरा उठाएको छु । स्थायी समितिमा पटक–पकट उठाएको छु । केन्द्रीय समितिमा उठाएको छु । किरात वर्कस पार्टीबाट माओवादी पार्टीमा एकताको बेला ६ बुँदे सहमति भएको थियो । पहिलो बुँदामा माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको मार्गनिर्देशनमा जनवादी क्रान्ति गर्ने भनिएको थियो । त्यसमा म प्रतिबद्ध छु । दोस्रो बुँदा किरात स्वायत्त राज्य स्थापना गर्ने भन्ने थियो । योअन्तर्गत देशका सबै जातीय, क्षेत्रीय उत्पीडिन अन्त्य गर्ने भन्ने थियो । त्यसमा माओवादी पार्टी र प्रचण्डको प्रतिबद्धता थियो । यो के भयो भनेर मैले प्रश्न गरेको छु । अध्यक्षले अहिले सकिएन, आन्दोलन जारी छ भन्नु त भयो, यसको अतिरिक्त उहाँले तपार्इं अन्याय नसहने मान्छे हुनाले तपाईंको पक्षमा म छु पनि भन्नुभएको छ ।

क्रान्तिका लागि संघर्ष सबैले गरेका हौँ । मेरो भनाइ छ– आदिवासी–जनजाति नेपालमा ३७ प्रतिशत भए । दलित मिसाउँदा ५० प्रतिशत हुन्छ । मधेसी–मुस्लिम मिसाउँदा ७० प्रतिशत हुन्छ । खस आर्यभित्रको मजदुर किसान र महिला मिलाउँदा कति प्रतिशत हुन्छ । उनीहरूको मुक्ति र अधिकारका लागि संघर्ष गरेका हौँ । यो कुरा बिर्सन भएन ।

goapl kirati (4)-001
० ० ०
पद, प्रतिष्ठा प्राप्तिका लागि पार्टीभित्रै बार्गेनिङ समस्या छ । यही समस्यालाई ‘रोल्पावाद’ का रूपमा मैले बुझेको छु, महसुस गरेको छु । उपयुक्त पद प्राप्त गर्न एकीकृत माओवादीमा मर्न र मार्न तयार हुनुपर्ने मैले देखेँ । त्यो म गर्दिनँ । यसकारण गर्दैन कि, म जुन समुदायबाट हुर्केर आएँ, त्यहाँ त्यो संस्कार छैन । अर्को– सर्वहारावर्गीय मूल्य–मान्यता त्यो होइन । मैले मलाई यो पद चाहिन्छ भन्ने हो भने अर्कोले किन नभन्ने ? त्यसो भएकाले दुवैपटक म मन्त्री हुँदा जोगी मन्त्रालय लिएँ । पार्टीले जे दियो, त्यही लिएँ । मैले यो मन्त्री हुन्छु त भनिनँ । मजस्तो मान्छेको औचित्य यो पार्टीका छ कि छैन ? अध्यक्षलाई सोधेँ । उहाँले ‘छ’ भन्नुभयो । म प्रतीक्षामा छु, उहाँले पार्टीभित्र बार्गेनिङ गरेर खाने प्रवृत्ति अन्त्य गर्नुहुनेछ । बार्गेनिङ गरेर खाने प्रवृत्तिले पार्टीलाई आज यहाँ पुर्याएको हो । यो त अध्यक्षले बुझ्नु पर्यो नि । मन्त्री हुने बेला मलाई यो मन्त्रालय चाहियो नत्र भन्दै गाईजात्रा देखाउँछन् । सबैले देखेका छन् । मन्त्री हुन्छन्, जनताको काम गर्दैनन्, यो पनि देखिएको छ । अनि कसरी बन्छ पार्टी ? हाम्रो अध्यक्षले त एक नम्बरको पार्टी बनाउने भन्नुभएको छ ।
० ० ०
क्रान्तिका लागि संघर्ष सबैले गरेका हौँ । मेरो भनाइ छ– आदिवासी–जनजाति नेपालमा ३७ प्रतिशत भए । दलित मिसाउँदा ५० प्रतिशत हुन्छ । मधेसी–मुस्लिम मिसाउँदा ७० प्रतिशत हुन्छ । खस आर्यभित्रको मजदुर किसान र महिला मिलाउँदा कति प्रतिशत हुन्छ । उनीहरूको मुक्ति र अधिकारका लागि संघर्ष गरेका हौँ । यो कुरा बिर्सन भएन । बहुसंख्यक जनताका निम्ति क्रान्ति गर्ने हो र क्रान्ति उनीहरूले नै गर्ने हो । उपराष्ट्रपति, सभामुख, मन्त्री बनाउँदा (संविधान घोषणापछि १० पद) ६ जना कुनै जातिविशेषका छन् । बाँकी क्षेत्रविशेषका भएपछि अरू उत्पीडित समुदायमा कसरी जाँगर चल्छ ? तागत कसरी आर्जन हुन्छ ? अध्यक्ष प्रचण्डले विश्वक्रान्तिलाई सेवा गर्ने भन्नुभएको छ । त्यो कसरी हुन्छ ? राजदूत सिफारिस गर्दा पनि मिलेको छैन । शान्तिसम्झौता नेपाली समाजमा दीर्घकालीन शान्ति स्थापनाका लागि भएको हो । अब त माओवादीले मात्र मिलाएर नहुने अवस्था छ । राज्य व्यवस्थामा कम्तीमा पनि हाम्रो तर्फबाट न्यायोचित वितरण हुनुपर्यो । यसो भयो भने मात्र ज्यादती गर्न खोज्नेलाई हामी प्रश्न गर्न सक्छौँ ।

goapl kirati (2)-001
० ० ०
पार्टीको आन्तरिक जिम्मेवारीमा पनि रोल्पा–रुकुमवाद हाबी छ । एकीकृत माओवादीभित्रका एक तिहाइ साथी उच्च जातिको हुनुहुन्छ । उहाँहरूले हामीले गरेको कुरालाई स्वाभाविक र सकारात्मक तरिकाले लिनुहुन्छ । तर, दुईतिहाइ कमरेडहरू हुनुहुन्छ, उहाँहरूले यो किरुवाले माक्र्सवाद पढाउने भन्नुहुन्छ । राईहरूलाई गाली गर्दा किरुवा भनिन्छ । म त्यही समुदायबाट आएँ । साथीहरूले यो किरुवाले माक्र्सवाद पढाउने भन्नुहुन्छ । समस्या यहीँनेर छ । यसो भएपछि त माक्र्सवादको व्याख्या गर्ने काम पण्डितको मात्र हुने भयो । एकीकृत माओवादीभित्र रगत, आँसु र पसिनाको धारा बगाउँदा पनि समस्या अझै छ । नीतिगत रूपमा ठीक ठाउँमा छौँ । जबसम्म बहुसंख्यक उत्पीडित जनसमुदायको मुक्ति सुनिश्चितता हुँदैन, तबसम्म नेपालमा सर्वहारा क्रान्ति पूरा हुँदैन । मेरो पृष्ठभूमिले सर्वहारा क्रान्ति नरोजेको भए, माओवादी नभएको भए म राम्रै ठाउँमा हुन्थँे भन्छ । आज पनि बेकारमा मानिस उपप्रधानमन्त्री भइराखेका छन् । आठ÷दसजना सभासद् त गोपाल किरातीले निरन्तर लिएर आउँथ्यो । अध्यक्ष प्रचण्डलाई म कहिलेकाहीँ सोध्छु, मलाई लगातार जोगी मन्त्रालय किन बनाउनुभएको ? जोगी भनेको संस्कृति मन्त्रालय हो । अन्यथा लिन भएन । यो धार्मिक मन्त्रालय पर्यो । उहाँले भनेको मान्ने हो भने पहिलोपटक बाबुरामका कारण त्यस्तो भएको रे । दोस्रोपटक लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको योजना लागू गर्नका लागि रे । मलाई यो चाहियो, त्यो हुँदैन मैले भनिनँ । मेरो कमजोरीमाथि नाजायज फाइदा पार्टीका अरू साथीले उठाइरहनुभएको छ ।

परिवारमा बाँधिएको र कैयौं कमजोरी हुँदाहुँदै पनि प्रचण्ड २१ औं शताब्दीका लेनिन हुन् भन्ने मेरो बुझाइ छ । प्रचण्डलाई लेनिन बनाउन सकियोस् भनेर लागेका छौँ । तर, उहाँ नजिकका जति पनि नेता हुनुहुन्छ, त्यो हेर्दा मलाई यो पार्टीको धेरै माथिल्लो तहमा जान पनि अप्ठ्यारो महसुस भइरहेको छ ।

अहिले ओली सरकारमा जो–जो मन्त्री हुनुहुन्छ, वास्तवमा उहाँहरू कार्यक्षमताविहीन हुनुहुन्छ । कसैले कार्यक्षमता प्रदर्शन गरेका छैनन् । मात्रै जागिर खाँदै हुनुहुन्छ । दुई वर्षभित्र एक नम्बर पार्टी बनाउने अध्यक्षको उद्घोष छ । म त नम्बर नै हराउने खतरा देख्छु । एक नम्बरको परै राखौँ । नम्बर नै नभेटिने हो कि भन्ने डर छ । पञ्चायतकालमा हरिवंश र मदनकृष्णको एउटा नाटक हेरेको थिएँ । एक करोड जनता एउटाले भन्थे । एक निकाल्यो भने के हुन्छ नि ? अर्कोले प्रश्न गर्थे । सरकारमा जाने साथीले जागिर खाने, झन्डा हल्लाउने मात्र काम गर्नुभएको छ । कोही मान्छे खुसी छैनन् । ओली सरकारमा माओवादी मन्त्री सहभागी भएर जनताको, ठाउँको, गाउँको, देशको यति हित भयो भनेर गौरव गर्ने केही छैन । संयुक्त सरकार बनेपछि न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउनुपर्छ । तर, यो काम भएको छैन । ओलीले गरेका छैनन् । न्यूनतम साझा कार्यक्रम नबनाउनु भनेको यो गठबन्धनको सरकार नभएर ओलीको सरकार हो, एमालेको सरकार हो । जहाँ नियुक्ति गर्नुपर्छ, सबैतिर ओलीको भाग छुट्ट्याउनुपर्छ । ओली सरकारमा एकीकृत माओवादीको प्रतिनिधित्व भयो । तर, काम भएन । जनताको पक्षमा चाहिँ काम भएन ।

goapl kirati (7)-001
० ० ०
पार्टीभित्रै आन्तरिक उत्पीडिन छ, विभेद छ । माओवादीमा यस्तो भएपछि अरूमा त प्रश्न गर्न सकिने ठाउँ रहेन । यसको परिणाम मधेसी–जनजाति, थारूले गरेको आन्दोलन नाजायज छ भन्न सक्दिनँ । मधेसी आन्दोलनकारीलाई एजेन्डा माथि उठाउनुस् है भनेको छु । मैले स्वाधीन मधेसको एजेन्डा बनाउनुहोस्, स्वयात्त मधेसको कुरा छाड्नुस भनेको छु । जबसम्म स्वायत्त मधेसको नारा छाड्नुहुन्न, तबसम्म काँग्रेस, एमालेले तपाईंहरूलाई पत्याउँदैनन् भनेको छु । नारा माथि उठ्यो भने स्वाधीन जातिको स्वाधीन नेपाल हुन्छ । जबसम्म जातिलाई पराधिन राखिन्छ, तबसम्म नेपाल पराधिन नै हुन्छ । स्वाधीन मधेस भन्न आन्दोलनकारीले आँट गर्न सक्नुभएको छैन ।
० ० ०
परिवारमा बाँधिएको र कैयौं कमजोरी हुँदाहुँदै पनि प्रचण्ड २१ औं शताब्दीका लेनिन हुन् भन्ने मेरो बुझाइ छ । प्रचण्डलाई लेनिन बनाउन सकियोस् भनेर लागेका छौँ । तर, उहाँ नजिकका जति पनि नेता हुनुहुन्छ, त्यो हेर्दा मलाई यो पार्टीको धेरै माथिल्लो तहमा जान पनि अप्ठ्यारो महसुस भइरहेको छ । तल हुँदा आन्द्राभुँडी देखिन्न । स्थायी समितिमा गएपछि आन्द्राभुँडी देखेँ । लिलाम बढाबढको बजारजस्तो देखेँ । यो देखेर दुःखी भए । मलाई यो हुनुपर्छ, भएन भने म मान्दिनँ भन्ने रहेछ त्यहाँ । यो स्थायी समिति बेकार रहेछ कि भन्ने लाग्छ कहिलेकाहीँ । पीडा हुन्छ कहिलेकाहीँ त । प्रचण्डमै उत्पीडितलाई अन्याय गर्ने, पछाडि पार्ने बुझाइ छ भन्ने जस्तो छ लाग्दैन । त्योभन्दा मातहतकाको सामन्तवादी सोच छ । अरू जेसुकै होस्, मैले ठाउँ पाउनुपर्छ भन्ने छ । कुनै समय प्रचण्ड नेतृत्वको माओवादीको केन्द्रीय समितिको निर्णय व्याख्या गरेर लहरै लेखहरू नेताले लेख्थे । केही वर्षयता बन्द भएको छ । यस्तो बन्द भएपछि नेताले पढ्न र लेख्न छाडे भन्ने हुन्छ । लेखपढ गर्ने जिम्मा प्रचण्डको मात्र भएको छ अहिले । केही लेखपढ गर्छौं, त्यसमा म पनि पर्छु । त्यही भएर प्रचण्डले मुखपत्रमा मलाई सम्पादक मण्डलमा राख्नुभयो । नपढेपछि त नेता कसरी भइन्छ ? प्रचण्डमातहतका अधिकांश नेता मनोगत छन् । सिद्धान्त पढ्दैनन्, बुझ्दैनन् । जनताको मर्म बुझ्दैनन्, नबुझेपछि समस्या हुन्छ । प्रचण्डले जतिसुकै जोगाएर क्रान्तिलाई यहाँ ल्याए पनि अरू नेताका कारण नेपाली क्रान्तिको हालत पेरुको जस्तो हुन्छ । नेपालमा माओवादी समाप्त हुन्छ । यसको जिम्मेवारी अहिलेको सन्र्दभमा सबैभन्दा बढी टोपबहादुर रायमाझीले लिनुपर्छ । उहाँ उपप्रधानमन्त्री हो । उपप्रधानमन्त्री नभए बाबुरामकहाँ जान्छु भनेर धम्की दिएको भनिएको हो । दोस्रोमा जिम्मेवार शक्तिबहादुर बस्नेत हुन्छन् । बैठकमा बाबुरामको पक्षमा बोल्नुहुन्थ्यो । त्यहीँ भएर राज्यको ठूलो पद लिनुभयो । तर, पार्टीलाई पूरा समाप्त पार्न लाग्नुभयो । भूकम्पपीडितको कोटामा आफन्तलाई चीन घुमाउनुभयो । मैल सुनेको नेपाल प्रहरीका प्रमुखले ‘घिउ गृहमन्त्री पाइयो’ भनेर पं्रशसा गर्नुहुन्छ रे । शक्तिबहादुरले सबै कार्यक्षेत्र आईजीपीको रहेछ, केही काम गर्न सकिने रहेनछ भन्नुहुन्छ रे । पार्टीको भावी पदाधिकारीको आकांक्षी हुँ भनेर दाबी गर्ने शक्तिबहादुरजस्तो नेताले यो कुरा अहिले बुझ्नुभयो ? सामान्य नेताले पनि प्रहरी प्रशासन कस्तो हुनुपर्छ भनेर जान्नुपर्छ नि । चार महिना कृष्णबहादुर महरा गृहमन्त्री हुँदा प्रतिष्ठा कमाउने, शक्तिबहादुरले नसक्ने भन्ने हुन्छ । महासचिव महरालाई सोधेर काम गर्दा के फरक पथ्र्याे ? आफैँ–आफैँ दौडिने काम भयो । यस्तो भएपछि कसरी एक नम्बरको पार्टी बन्छ ?

पार्टीभित्र रोल्पावाद अन्त्य भएन भने समस्या हुन्छ । मधेसमा उत्पीडिनविरुद्ध विद्रोह देखिन थाल्यो । बाबुराम गैरकम्युनिस्ट हुनुभयो रे । रामचन्द्र झाले पनि पार्टी छाडेर जानुभयो । उहाँको पनि कमजोरी होलान् । रामचन्द्र झा हामीसरहका कम्युनिस्ट हुन् ।

० ० ०
आन्तरिक उत्पीडिन भएर वैद्य र बाबुराम गएका हुन् कि भन्ने बहस पनि हुन्छ । तर, मुख्यतः बाबुरामजी नै हो । उहाँले माक्र्सवाद नै छाडेर गएपछि के भन्नु ? एउट साँचोे कुरा बाबुरामले बैठकमा केही न केही किचलो मच्चाउनुहुन्थ्यो । तर, उहाँमाथि प्रचण्डको आडमा बसेर अनावश्यक हमला गरिन्थ्यो । त्यो मलाई मन पर्दैनथ्यो । आधारभूत दृष्टिकोणमा फरक परेपछि अर्कै कुरा हो । तर, अनावश्यक हमला गर्ने कुरा ठीक थिएन । पार्टीभित्र प्रचण्डलाई समर्थन गर्ने नाममा प्रचण्डको विपक्षमा उभिनेको छाला काढ्नुहुन्थ्यो कतिपय साथी । एकता, संघर्ष र रूपान्तरणका लागि त्यो सहायक थिएन । वैद्यको सन्दर्भमा बाबुरामलाई जति छि–छि, दूर–दूर उहाँलाई गरिएको मलाई महसुस छैन । वैद्यको गल्ती भयो । उहाँ जडसूत्रवादी नै हो । नयाँ जनवादी क्रान्ति गर्न जनयुद्ध सुरु भयो । फौजी कार्यदिशा गाउँबाट सहर घेर्ने थियो । दीर्घकालीन जनयुद्धअन्तर्गत दाङको घोराहीमा शाही सेनामाथि जित हासिल भयो । शाही सेनाको कम्पनीमाथि भएको यो जितपछि त्योभन्दा माथिल्लोस्तरको विजय कायम गर्न सकिएन । बेनी कारबाहीको राजनीति कमिसार नेत्रविक्रम चन्द ‘विप्लव’ थिए । खारामा उनै व्युरो प्रमुख थिए । पूर्वमा वैद्य कमान्ड इन्चार्ज थिए । सोलु–सल्लेरी हमला गरियो । सबै कब्जा भयो । तर, शाही सेनामाथि कब्जा गर्न सकिएन । बन्दीपुर युनिफाइड कमान्डमा जित भएन । यो कब्जा गर्न हुँदैन भनेर प्रचण्डले भनेका त होइनन् होला । फिल्ड कमान्डरले सकेनन् । वैद्यले सकेनन् । विप्लवले सकेनन् । जब कम्पनीभन्दा माथि शाही सेनाको बटालियनमा जनमुक्ति सेनाले विजय गर्न सकेन, नयाँ जनवादी क्रान्ति त्यहीँ भएन । बेनी कब्जा गर्न सकिएको भए, पोखरा पृतनामाथि हमला हुन्थ्यो । पृतनामाथि विजय निकालेको भए काठमाडौंको जंगी अड्डामा हमला हुन्थ्यो । यो पो गाउँबाट सहर घेर्ने नीति हुन्थ्यो । नसक्नेमा वैद्यको पनि भूमिका छ । अरूको पनि भूमिका छ । प्रचण्डलाई दोष दिएरमात्र त भएन । जातीय, क्षेत्रीय वा पार्टीभित्रको दुईलाइन संघर्षमा वैद्यहरू पीडित थिएनन् । त्यसकारण उनीहरूको फुटमा गलत भयो ।

goapl kirati (6)-001

० ० ०
पार्टीभित्र रोल्पावाद अन्त्य भएन भने समस्या हुन्छ । मधेसमा उत्पीडिनविरुद्ध विद्रोह देखिन थाल्यो । बाबुराम गैरकम्युनिस्ट हुनुभयो रे । रामचन्द्र झाले पनि पार्टी छाडेर जानुभयो । उहाँको पनि कमजोरी होलान् । रामचन्द्र झा हामीसरहका कम्युनिस्ट हुन् । अन्तिममा आएर हाम्रा नेताका कमजोरीकै कारण उहाँ पार्टीबाट बाहिर जानुभयो । मधेसीलाई हेर्ने, जनजातिलाई हेर्ने, महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा समस्या छन् । यसको परिणाम रामचन्द्र झा निस्कनुभयो । रामचन्द्र झा समाधान होइनन् । मलाई कहिलेकाहीँ कस्तो लाग्छ म माओवादी नभएर किरात वर्कर्स पार्टी हुँदै आएको भएँ उपप्रधानमन्त्री भइसक्थे । प्रचण्डलाई पनि भनँु यो कुरा । तीन÷चारजना सभासद् भएका उपप्रधानमन्त्री भइसके । आठ÷दसजना सभासद् त मैले लिएर आइरहन्थेँ । मैले खोजेको त्यो होइन, मुक्ति हुनुपर्यो नि त । मुक्ति हुनका लागि व्यवहारमा न्याय देखिन पर्यो । अहिले न्याय देखिएपछि त्यसले न्याय गर्छ भनेर आशावादी भएर बस्न सकिने भयो । न्याय भएन भने के गर्ने ? प्रचण्ड नेपालको जातीय समस्या हल गर्दै क्रान्ति अगाडि बढाउन चाहनुहुन्छ । अलि तलका अरू नेताको रवैया त्यस्तो छैन । मैले अहिले त विद्रोह गर्छु भनेर सोच्ने कुरा भएन । बरु एकीकृत माओवादीभित्र पार्टी संगठनमा सबै तहमा १० प्रतिशत मनोनीत गर्नुपर्यो, ९० प्रतिशत समानुपातिक गर्नुपर्यो भनेर सुझाव दिएको छु । पार्टी विधान संशोधन गर्नुपर्यो भनेको छु । यसो भएन भने संघर्ष गर्छु भनेको छु । यसका पछाडि ठूला टाउको भएका नेता त छैनन् । तर, साना–साना साथीहरू धेरै छन् ।
० ० ०
वर्गीय मुक्तिविना जातीय मुक्ति गोपाल किराती मान्दैन । किरात राज्यको आन्दोलन गर्दै आएको पृष्ठभूमिको सन्दर्भमा भन्नुपर्दा, मानौँ किरात राज्य त भयो । तर, त्यो राज्य दलालले चलाउने कि सामन्तले चलाउने कि मजदुर किसानले भन्ने हो । मेरो जोड मजदुर किसानले गर्ने भन्ने हो । यसैका लागि म माओवादी भएँ । किरात राज्य बन्छ वा मधेस राज्य बन्छ भने त्यहाँ दलाल र नोकरशाहीले राज्य चलाउँछ भने त त्यो राज्य मैले खोजेको होइन । सर्वहारावर्गको राज्य हुनुपर्यो । नहुँदा पनि मजदुर किसानले नेतृत्व गर्नुपर्यो । दलाल र पुँजीपति राज्यको नेतृत्व गर्ने किरात राज्य चाहिँदैन । मधेस राज्य चाहिँदैन । मैले जातीय पहिचानको संघर्ष गर्ने साथीलाई पनि भनेको छु– हेर्नुहोस्, कम्युनिस्ट भएर जातीय मुक्ति खोजियो भने त्यो प्रतिगामी हुँदैन । बाबुराम त अब प्रतिगामी हुनुभयो । कसैले मलाई कम्युनिस्ट विचार छाडौँ पनि भन्छन् । सर्वहारावर्गीय विचारभन्दा बाहिर जातीय स्वायतत्ता तपार्इंहरू ल्याउनुहोस् न भन्छु म उनीहरूलाई । म त धेरै सोचेर, बुझेर कम्युनिस्ट पार्टीको सदस्य भएको हुँ । लिम्बुवान आन्दोलन गर्ने साथीहरूलाई पनि भनेको छु– ऐना हेरेर राज्य चल्छ ? कसको पक्षमा लिम्बुवान जान्छ भन्ने मुख्य हो ।
मैले ०५७ मा प्रचण्डलाई भेटेको थिएँ, पहिलोपटक । कालमाक्र्सको जीवनी बोकेर गएको थिएँ । जहाँसम्म आयरल्यान्ड स्वतन्त्र हुँदैन तबसम्म बेलायती सर्वहारावर्गले राज्यसत्ता लिन सक्दैन भन्नुभएको थियो । लेनिनले सही अभ्यास गर्नुभयो, क्रान्ति भयो । माओले सही अभ्यास गनुभयो, क्रान्ति भयो । मैले प्रचण्डलाई पहिलो भेटमा यो ठीक हो कि होइन भनेर सोधेँ । उहाँले ठीक हो भन्नुभएको थियो । नेपालमा उत्पीडित जाति समुदायको मुक्ति नभएसम्म कम्युनिस्टको राज्य हुँदैन । कस्तो अचम्म छ भने लेनिनका संकलित रचना ३६ वटा छ । त्यसमा १ मा आत्मनिर्णय अधिकारमा केन्द्रित छ । जातीय उत्पीडिनसम्बन्धी एकीकृत माओवादीको सामान्य नीति ठीक छ भनेर मैले हेटौँडा महाधिवेशन फरकमत पनि राखेको थिएँ । विशिष्ट नीति बनाउनुपर्यो भनेको थिएँ । लेनिनको सबै किताब नेपालीमा अनुवादित छन् । एउटा किताब अनुवादित छैन । जसलाई चाहिने ऊ अनुवाद गर्न सक्दैन । जसले गर्न सक्छ, उसलाई चाहिएको छैन । त्यो भनेको ‘राष्ट्रिय नीति और सर्वहारा अन्तर्राष्ट्रियवादका प्रश्न’ भन्ने किताब हो । जातीय सवालमा लेनिनको रचना हो । मैले हिन्दीमा पढेँ यो । मैले यो भनेपछि कतिपय बुद्धिजीवीले धेरै भन्नुभयो पनि भने । मैले भूमिगतकालमा सुरु गरेको थिएँ अनुवादका लागि । २०० पेजको किताब छ, मैले ६० पेज अनुवाद गरेको थिएँ । सेल्टरमा बसेका बेला प्रहरी आए । भागेर हिँड्दा त्यही छुट्यो । यो ०५५ तिरको कुरा हो । खगेन्द्र संगौलाले पनि यो किताब बाँकी राख्नुभयो ।
स्थायी समितिका नेताहरू कालमाक्र्स आयरल्यान्डसम्बन्धी धारणा मान्न तयार हुनुहुन्न । लेनिनको राष्ट्रिय नीतिसम्बन्धी सिद्धान्त मान्न तयार हुनुहुन्न । परिणाम नेपालमा सर्वहारा क्रान्ति कठिन हुन्छ । पार्टीभित्रको ३५ मुक्ति मोर्चाको इन्चार्ज छ । ब्राह्मण साथीलाई छाडौँ । उहाँहरू के गर्नुहुन्छ । मधेसी, आदिवासीले सोचौँ । कम्युनिस्ट भएर जातीय मुक्ति खोेज्ने कि नखोज्ने ? बाहुनले गरिदिएन भनेर मधेसी, आदिवासीले भनेरमात्र हुँदैन । उत्पीडित भएकाले कम्युनिस्ट भएर हाल खोज्नुपर्यो । अहिलेसम्म बाहुन अगाडि भए । यसमा केही छैन । नेपाली राजनीतिक सबै समाधान बाहुनले मात्र गर्ने भन्ने हो र । त्यसकारण उपेन्द्र यादवले गर्ने आन्दोलनले नेपालको हल गर्ने हो । गोपाल किरातीले सोच्ने आन्दोलन पनि त्यही हो । सर्वहारावर्गीय क्रान्ति र उत्पीडित जातिबीचको संयोजन चाहियो । मलाई यो चिन्ता छ, डर छ, साम्राज्यवादविरुद्ध लड्नुपर्ने कम्युनिस्टले हो । कम्युनिस्ट लायक देखिएनन् । त्यसकारण साम्राज्यवादविरुद्ध लड्ने जिम्मा धार्मिक अन्धतावादीको ठेक्का भयो । मुस्लिम कट्टरपन्थीले लिए । बिन लादेनले ट्वीन टावर हान्दा हामी खुसी हुनुपर्ने अवस्थामा छौँ । साम्राज्यवादविरुद्ध धार्मिक अन्धतावादीले लडेसम्म त ठिकै छ । हामी ताली पिटौँला । भोलि उनीहरूले विश्व कब्जा गरे भने हामी कम्युनिस्टको स्थान कहाँ हो ? त्यसैले साम्राज्यवादीविरुद्ध लड्ने त कम्युनिस्टले नै हो । यो प्रश्नको जवाफ एकीकृत माओवादीका नेताले दिनुपर्छ । दिन सक्नुभएको छैन । गोपाल किरातीले प्रयत्न गरेका छन् । यसलाई उहाँहरू अनर्थ मान्नुहुन्छ । यो कुरा केन्द्रीय समितिमा पनि भन्छु । मन–मनै किरुवाले भनेर हुन्छ भन्नुहुन्छ । प्रचण्डलाई हामीले सहयोग गरेका छौँ । पार्टीभित्र जातीय, क्षेत्रीय, लैगिक उत्पीडिन अन्त्य गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणमा कढाइसाथ पहल लिनुपर्छ भन्ने मेरो माग हो । त्यसो गर्न सकिएको अवस्थामा २१औं शताब्दीको दोस्रो शतकमा विश्व क्रान्ति हुन्छ भन्ने मलाई लाग्छ । तर, पार्टीभित्रको यो रोल्पा–रुकुमवादबाट बाहिर आउन नसक्ने सोच भयो भने के गर्न सकिन्छ । म त यो प्रवृत्तिविरुद्ध संघर्ष गरिहन्छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल