मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

एमाले सचिव योगेश भट्टराई पार्टीभित्र र बाहिर लोकप्रिय नेता मानिन्छन् । ताप्लेजुङनिवासी भट्टराईले आफ्नो राजनीतिक उचाइ भने मूलतः काठमाडौंबाटै उठाए । पार्टीभित्र आलोचनात्मक विचारको नेतृत्व गर्ने उनी विद्यार्थी राजनीतिबाट आएका हुन् । स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय भट्टराईको राजनीतिक र व्यक्तिगत जीवन रोचक छ । उनै भट्टराईको जिन्दगीका अनेक आयाममाथि रातोपाटीले गरेको अन्तरंग कुराकानी :

yogesh bhattarai
मेरो खाना
मलाई सबैभन्दा मनपर्ने खाना दालभात तरकारी हो । काठमाडौं आएपछि चाहिँ मःमः पनि मन पर्न थाल्यो । सबैभन्दा मन नपर्ने खाना भन्ने त्यस्तो केही छैन ।
म प्रायः रेष्टुरेन्टमै खाना खान्छु । कामको व्यस्तताले घरमा त कमै खाइन्छ । मन पर्ने स्न्याक्स पनि मःमः हो । दिउँसो खाजाका रूपमा मःमः खाने गर्छु ।
खाना पकाउन रुचि भए पनि नभ्याइँदोरहेछ । विद्यार्थीकालमा आफैं पकाएर खाने गर्थें । त्यसपछिका केही वर्ष पनि आफैं पकाउँथें । पछिल्लो समय राजनीतिक व्यस्तताले गर्दा आफैं पकाएर खान भ्याइएन ।

आक्कल–झुक्कल योगा पनि गर्छु । तर, जिम जान थालेको ५/६ महिना भइसक्यो । हरेक बिहान एक/डेढ घन्टा जिम जान्छु ।

मेरो पोसाक
मलाई सबैभन्दा मनपर्ने पोसाक टी–सर्ट, जिन्स पाइन्ट र स्पोर्टस् सुज हो । लगाउन पनि सजिलो महसुस हुन्छ । तर, पार्टीको पदाधिकारी भएपछि धेरैले फर्मल ड्रेस लगाउन सल्लाह दिएका छन् । कोट, कालो जुत्ता लगाउनुपर्यो भनेर धेरै साथीले भनेका छन् । तर, म यसमा अलमल भइराखेको छु ।
कपडा लगाउँदा सामान्यतः सेतो र नीलो रङ मन पर्छ । र, मैले लगाउने अधिकांश कपडा रेडिमेड नै हुन्छ । तर, ब्रान्डमा चुजी छैन म । मसँगै काम गरेका धेरै साथी विदेशमा छन् । उनीहरूले समय–समयमा टी–सर्ट, पाइन्ट, जुत्ता पठाइदिरहन्छन् । यसबाहेक, काठमाडौंमै कहिलेकाहीं सेल लागेको ठाउँमा पनि गएर सपिङ गर्छु ।

yogesh bhattarai 6
मेरो फिटनेस
फिटनेसमा म निकै चनाखो छु । पहिले–पहिले मर्निङवाक गर्थें । पछि नियमित रूपमा हरेक बिहान डान्स गर्न जान थालें । अचेल बिहान जिम गर्छु । जसरी पनि नियमित एक्सरसाइज गरेर फिटनेस मेन्टेन गरिराखेको छु ।
आक्कल–झुक्कल योगा पनि गर्छु । तर, जिम जान थालेको ५/६ महिना भइसक्यो । हरेक बिहान एक/डेढ घन्टा जिम जान्छु ।
मेरो अध्ययन
हाम्रो कामका लागि पनि अध्ययन गरिरहनुपर्छ । म अहिले बुद्धिसागरको ‘फिरफिरे’ पढिरहेको छु । प्रायः घटनाप्रधान वा बायोग्राफी पढ्न मन पर्छ ।
मनपर्ने लेखक म्याक्सिम गोर्की र मोदनाथ प्रश्रित हुन् । उनीहरूको लेखनले हाम्रो जीवनमा धेरै ठूलो प्रभाव पारेको छ ।
म कहिलेकाहीं राजनीतिक आर्टिकल लेख्छु । अरू आख्यानमूलक लेखनमा लागेको छैन । पढ्ने चाहना त हुन्छ । पुस्तक किनिरहन्छु तर सबै पुस्तक छरपस्ट छन् । व्यवस्थित तरिकाले संकलन गरिराखेको छैन ।
मेरो घुमफिर
मलाई घुमफिरमा रुचि छ । राजनीतिक कामको सिलसिलामा धेरै ठाउँ पुगेको छु ।
नेपालमा ७२ जिल्ला पुगेको छु । अब मनाङ, मुस्ताङ र हुम्ला बाँकी छ । अब बाँकी जिल्ला पनि यही ७३ सालभरिमा घुमिसक्ने लक्ष्य छ । त्यस्तै दुई दर्जन मुलुक घुमें । तीमध्ये सबैभन्दा मनपर्ने ठाउ“ नेपालकै राराताल लाग्यो । त्यहाँ पुग्दा यो पृथ्वीमा यस्तो ठाउँ पनि रहेछ भनेर प्रफुल्लित बनेँ म ।
असाध्यै जान मन लागेका ठाउ“ नेपालका तीन जिल्ला हुन् । ती जिल्ला घुम्ने ०७३ सालको मेरो प्रतिबद्धता पनि हो ।

मोबाइल फेरी–फेरी बोक्ने बानी भने छैन मेरो । नोकियाको एउटा मोबाइल आफैंले किनेको थिएँ । त्यसपछि अर्को किनेको छैन । विदेशमा भएका साथीहरूले गिफ्टका रूपमा पठाइदिन्छन् ।

मेरो फुर्सद
फुर्सद हुँदैन । यो त आफैं निकाल्ने कुरा रहेछ । हाम्रो जीवन नै व्यवस्थित छैन । पढ्ने, एक्सरसाइज गर्ने, राजनीतिक काम गर्ने, घुम्ने तालिकाअनुसार हुनै सकेका छैनन् । कहिले फुर्सदै–फुर्सद हुन्छ, कहिलेचाहिँ व्यस्तै–व्यस्त ।
कामबाट थाकेर केही दिन आराम गरौं भनियो भने के–के काम परिहाल्छ । कहिलेकाहीं फुर्सदको समय घरमै बस्ने, पढ्ने र साथीभाई भेटेर बिताउँछु ।
मेरो परिवारमा जम्मा दुईजना छौं । म र मेरी श्रीमती । दुवै उत्तिकै व्यस्त छौँ । उठ्नेबित्तिकै हिँडिहाल्नुपर्छ ।
श्रीमतीको साथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जाने पनि फुर्सद हुँदैन । आक्कल–झुक्कल गएको छु ।

yogesh bhattarai (3)
मेरो खेलकुद
मलाई सबैभन्दा मनपर्ने खेल फुटबल हो । तर, दर्शकका रूपमा मात्रै । पछिल्लो समय क्रिकेट पनि हेर्छु म ।
सबैभन्दा मन नपर्ने खेल केही छैन । सानो छँदा गाउँमा झुम्राको भलिबल र फुटबल बनाएर खेलियो ।
तर, अचेल म टेबलटेनिस खेल्छु । जेलमा बस्दा धेरै खेलें । हाम्रो पार्टी अध्यक्ष केपी ओलीसँग पनि धेरैपटक खेलेको छु । कहिले उहाँले जित्ने, कहिले मैले जित्ने भइरहन्छ । अचेल पनि हामी खेल्छौँ । तर, उहाँ मभन्दा राम्रो खेलाडी हो ।
मनपर्ने फुटबल टिम अर्जेन्टिना हो । वल्र्डकपमा म सधैं अर्जेन्टिनाको पक्षधर हुन्छु । र मन पर्ने खेलाडीचाहिँ मेस्सी ।
मेरो मोबाइल
मैले प्रायः सामसुङको मोबाइल प्रयोग गर्दै आएको छु । अहिले मेरो साथमा भएको मोबाइल पनि सामसुङ ६–एच हो । यसको अहिलेको मूल्य लगभग ३५÷४० हजारजति होला ।
मोबाइल फेरी–फेरी बोक्ने बानी भने छैन मेरो । नोकियाको एउटा मोबाइल आफैंले किनेको थिएँ । त्यसपछि अर्को किनेको छैन । विदेशमा भएका साथीहरूले गिफ्टका रूपमा पठाइदिन्छन् ।
मोबाइलका एप्लिकेसनस चलाउन आउ“छ । तर, सबै चलाउँदिनँ । मोबाइलमा प्रायः फेसबुक, ट्वीटर, म्यासेन्जर, जिमेल र युट्युब प्रयोग गर्छु । मोबाइलमा गेमचाहिँ कहिल्यै खेलेको छैन ।
मेरो टेलिभिजन
साँझ ८ बजेपछि मात्रै घर पुग्छु म । त्यसपछि मात्रै टीभी हेर्छु । टीभीमा समाचार र अन्तर्वार्ता हेर्छु । कहिलेकाहीँ मन परेको टिमको फुटबल र क्रिकेट पनि हेर्छु ।
तर, सिरियल हेरेर समय बिताउँदिनँ । टीभीमा देखिने प्रस्तोता धेरै छन् तर कसैलाई मार्क गरेको छैन । व्यक्तिविशेषभन्दा पनि कार्यक्रमको महत्वका आधारमा टीभी हेर्ने गर्छु ।

पार्टी कामको सन्दर्भमा नेता झलनाथ खनालसँग भेट्न गएको थिएँ । मैले रक्सी पिउँछु भन्ने कुरा उहाँसम्म पनि पुगेछ । उहाँले मलाई सम्झाउने हिसाबले ‘तपाईंहरू राम्रो सम्भावना भएको मान्छे । भोलि यो पार्टी हाँक्नुपर्छ, चलाउनुपर्छ । तर, तपाईंले धेरै पिउनुहुन्छ भन्ने प्रतिक्रिया आएको छ,’ भन्नुभयो ।

yogesh bhattarai (2)
मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘कबड्डी’ हो । केही दिनअघि मात्रै युट्युबमा हेरेको । हलमै गएर चलचित्र नहेरेको वर्ष दिनभन्दा बढी भइसक्यो । तर, राम्रो छ भन्ने लाग्यो भने साथीहरूसँग आक्कल–झुक्कल जान्छु ।
मलाई सबैभन्दा मन परेका चलचित्र ‘पिप्ली लाइभ’ र ‘पिके’ हुन् । यी चलचित्रले भारतीय समाज र पुँजीवादी समाजकै दुर्दसा देखाएका छन् ।
मेरो रोग
मलाई सुगरको समस्या छ । तीन/चार महिनामा सामान्य चेकअप गर्छु र औषधि पनि सेवन गर्छु । तर, एक्सरसाइजबाटै मेन्टेन भइराखेको छ ।
रक्तचाप नर्मल अवस्थामा छ । यस्तो हुनुको पछाडी विद्यार्थीकालमा खानपिन र उठबसको नियमितता नभएर होला सायद अहिले त्यसको असर देखियो कि जस्तो लाग्छ ।
मेरो भाषणशैली
मेरो भाषणशैली आफैंलाई चित्त बुझेको छैन । जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन जस्तो लाग्छ ।
म आफ्नो भाषण मान्छेको इभ्यालुएसनबाट थाहा पाउँछु । धेरैले जोशिलो छ भन्ने प्रतिक्रिया दिन्छन् ।
म भाषणकै कारण धेरै विवादमा परेको छु । यतिसम्म कि, महाधिवेशनबाट पार्टी सदस्यताको कारबाही भोगेको छु । महाधिवेशनबाटै पार्टी सदस्यता कारबाही गरिएको दुनियाँमै म एक्लो मानिस होला ।
भाषण गर्नुअघि ठाउँ र वातावरणको आवश्यकताअनुसार तयारी पनि गर्छु ।
मेरो मापसे
०६५ मंसिर १४ गतेपछि अहिलेसम्म रक्सी छोएको पनि छैन । वाइन, बियर, ब्ल्याक लेबलजस्ता महँगा ब्रान्डका रक्सी देखे पनि मैले पिएको छैन ।
त्यसभन्दा अघि अलि–अलि पिउँथें । अझै त्यसभन्दा अघि अझै धेरै पनि पिउँथें ।
लहैलहैमा लागेर विद्यार्थीकालमा पिइयो । त्यतिबेला अलि बढी स्वतन्त्र भएको महसुस गरेर पनि होला । दुई/चारपटक मातेरै पनि पिएको थिएँ । साथीहरूले पछि धेरै मातिस् भनेर भनेका थिए ।
पार्टी कामको सन्दर्भमा नेता झलनाथ खनालसँग भेट्न गएको थिएँ । मैले रक्सी पिउँछु भन्ने कुरा उहाँसम्म पनि पुगेछ । उहाँले मलाई सम्झाउने हिसाबले ‘तपाईंहरू राम्रो सम्भावना भएको मान्छे । भोलि यो पार्टी हाँक्नुपर्छ, चलाउनुपर्छ । तर, तपाईंले धेरै पिउनुहुन्छ भन्ने प्रतिक्रिया आएको छ,’ भन्नुभयो । जब कि त्यतिबेला मैले पिउन छाड्नै लागेको थिएँ ।
थोरै पिउँदा त झलनाथ खनालजस्तो भद्र नेताले त यस्तो कमेन्ट गर्नुभयो भने मैले छाडिदिँदा के होला भन्ने लाग्यो र छाडिदिएँ ।

जिन्दगीमा भएको सबैभन्दा ठूलो भूल एमालेको विभाजन थियो । यो एउटा राजनीतिक कारण थियो । तर, त्यो विभाजनले नेपाली समाजलाई गलत दिशा दियो ।

yogesh bhattarai (1)
मेरो संगीत
म संगीत अति कम सुन्छु । कहिलेकाहीं गाडी चलाएको बेला रेडियोमा बज्ने गीत–संगीतमात्रै सुन्ने गर्छु । मनपर्ने गायक वा गायिका पनि खासै मार्क गरेको छैन ।

मेरो भूल
जिन्दगीमा भएको सबैभन्दा ठूलो भूल एमालेको विभाजन थियो । यो एउटा राजनीतिक कारण थियो । तर, त्यो विभाजनले नेपाली समाजलाई गलत दिशा दियो । गलत प्रवृत्तिका शक्तिले प्रोत्साहन पाए । वास्तवमा त्यो हामीबाट भएको गल्ती थियो । यद्यपि, हाम्रो मात्रै गल्तीबाट भएको विभाजन त थिएन । तर, जसले पार्टी विभाजन गरेर अर्कै पार्टी बनाउँछ भने ऊ विभाजनकारी हुन्छ । यस अर्थ हामी विभाजनकारी भइयो ।
मलाई पार्टीबाट कारबाही हुँदा गल्ती नगरीकनै पनि सजाय पाएको महसुस गरें । छैटौं महाधिवेशनक्रममा मलाई पार्टी सदस्यबाट कारबाही गरियो, त्यही ठूलो सजाय थियो । त्यो गल्तीविना पनि पाएको सजाय थियो मेरा लागि ।
महाधिवेशनबाट मेरो सदस्यता नै खारेज गरियो । छैटौं महाधिवेशनबाट । सानो छँदा स्कुलमा गल्ती गरेर शिक्षकको कुटाइ पनि खाइयो होला । तर, सबै सम्झना छैन ।
मेरो घर
मैले २०६३ तिर घर किनेको हुँ । केही पैतृक सम्पत्ति संकलन गरें । र, केही श्रीमतीको जागिरबाट पाइने सञ्चयकोषबाट केही पैसा निकालियो । केही आफन्तबाट ऋण गरियो । यसरी त्यतिबेला ४१ लाखमा घर किनेको थिएँ ।
अरू कसैले बनाएको घर किनेको भएकाले आफ्नो रुचिअनुसारको डिजाइन छैन । घरको डिजाइन पुरानै मोडलको छ ।
राशि
मेरो राशि धनु हो कि जस्तो लाग्छ । ठ्याक्कै सम्झना छैन । म आफैं ग्रहदशा कस्तो छ भनेर हेर्न गएको छैन । आमाले कहिलेकाहीं हेराउनुहुन्छ । र, राम्रो वा नराम्रो कस्तो छ त्यहीअनुसार सुनाउनुहुन्छ ।
नराम्रो छ भने होसियार हुनु भनेर सल्लाह दिनुहुन्छ । मेरोबारे भविष्यवाणी पनि भयो रे । यो मान्छे पार्टीको अध्यक्ष बन्छ । प्रधानमन्त्री बन्ने योग छ भन्छन् रे । मलाई त्यसमा विश्वास लाग्दैन । जसले जे भने पनि आफैं कर्म गर्नुपर्छ ।
शरीरमा मणि माणिक्य, औंठीजस्ता केही गहना लगाउँदिनँ । ज्योतिषशास्त्रमा केही वैज्ञानिकता छ भन्ने मलाई लाग्छ । तर, नेपालमा यसलाई आध्यात्मवादका रूपमा व्याख्या गरियो । वैज्ञानिक पक्षको कुरा त स्वीकार गर्नुपर्छ तर आध्यात्मको पक्ष भनेको काल्पनिक कुरा हो ।
मेरो सौन्दर्य चेत
म कपालमा कालो मेहन्दी लगाउँछु । कपाल फुलेको कारण यस्तो लगाउन थालेको हुँ । तर, ५५ वर्षसम्म मात्रै लगाउने विचारमा छु ।
फेसियल गर्ने बानी छैन मेरो । दाह्री काटेपछि आफ्टर सेभको प्रयोग गर्छु । अनुहारमा कुनै किसिमको क्रिम लगाउँदिनँ । शरीरमा सेन्ट पनि छर्कने वा प्रफर््युम प्रयोग गर्ने बानी छैन ।

राजनीतिमा मोजमस्ती छ भन्छन् । तर, हरेक दिन मुटु ढुकढुक हुन्छ । मलाई यो पार्टी नेतृत्व गर्ने ठाउँमा पुग्न पाए मुलुकलाई नै राम्रो बनाउन सक्थेँ कि भन्ने चाहना छ । पहिले पार्टी राम्रो भयो भनेमात्रै त्यो पार्टीले मुलुक राम्रो बनाउने हो ।

yogesh bhattarai (4)

मेरो सपना

म अहिलेसम्म दर्जनभन्दा बढी देश गएँ । नेपालजस्तो राम्रो देश दुनियाँमै छैन । हामी यसलाई समृद्ध बनाउन सक्छौं । इच्छाशक्ति चाहिन्छ । निर्णय गर्ने क्षमता चाहिन्छ । यसका लागि नेपाली जनताले पनि साथ दिन्छन् भन्ने विश्वास छ ।
संघर्ष गर्दै पार्टीमा पदाधिकारीसम्म आएँ म । मानिसको स्वभाव नै हो सकेसम्म तल झर्न चाहँदैन । माथि उक्लिनै चाहन्छ ।
तर, मान्छेको चाहनाअनुसार राजनीति त्यस्तो सरल पनि छैन । राजनीति त लुँडो खेलजस्तै हो । स्टेप–स्टेप उक्लिँदै गयो । कहाँ पुगेर सर्पले खाइदिन्छ । र, ठाडै तल झरिन्छ ।
राजनीतिमा तपाईंको अगाडि फूलको माला त हुन्छ, सँगै कालो मोसो पनि हुन्छ ।
राजनीतिमा मोजमस्ती छ भन्छन् । तर, हरेक दिन मुटु ढुकढुक हुन्छ ।
मलाई यो पार्टी नेतृत्व गर्ने ठाउँमा पुग्न पाए मुलुकलाई नै राम्रो बनाउन सक्थेँ कि भन्ने चाहना छ । पहिले पार्टी राम्रो भयो भनेमात्रै त्यो पार्टीले मुलुक राम्रो बनाउने हो ।
मेरो प्रेम
स्कुल वा कलेज लाइफमा कहिल्यै पनि मेरो लभ अफेयर्स चलेन । त्यतिबेला राजनीतिमा व्यस्त भइयो । अरूको बिहेका लागि मध्यस्थता गरियो । तर, आफैंचाहिँ प्रेममा अल्झिएर बसिएन । एक–अर्कामा आकर्षण हुनु त स्वाभाविक हो । त्यसमै अल्झिएर बसिएन ।
प्रस्तुति : रमन पौडेल

 

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल