साताको Agenda : एकताबारे अनन्तको उद्घोष – ‘उडान भर्दै गरौं, छुट्नेहरू नयाँ टिकट लिएर आउनुहोला’

साताको Agenda : एकताबारे अनन्तको उद्घोष – ‘उडान भर्दै गरौं, छुट्नेहरू नयाँ टिकट लिएर आउनुहोला’

चार वर्षअघि अलग भएका दुई ठूला माओवादी पार्टी ध्रुवीकरणको तयारीमा छन् । मोहन वैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारीका केही प्रभावशाली नेता प्रचण्डको नेतृत्व फेरि स्वीकार गर्दै एकीकृत नेकपा माओवादीमै सामेल हुन तयार देखिएका छन् । यही एकता प्रक्रियामा प्रत्यक्ष सहभागी भएका एकीकृत नेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’सँग रातोपाटीले गरेको कुराकानी ः

माओवादी एकताको आवश्यकता 
अब माओवादी एकता प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता नै एकता संयोजक समिति बनाएर जाने छलफल साँघुरिँदै आएको छ । त्यसपछिका एक÷डेढ महिना छलफल भएपछि पार्टी एकता औपचारिक रूपमा घोषणा गर्ने तयारीसाथ एउटा तालिकामा काम भइराखेको छ ।
एकताको कुरा गर्दा एकता किन र कुन आधारमा भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठ्ने गर्छ कि यसले नेपाली जनता, राष्ट्र र नेपाली समाजलाई के फाइदा गर्छ भनेर ।
पार्टी भनेको विचारको भौतिक अभिव्यक्ति हो । समाजमा वर्ग हुन्छन् । वर्गका विभिन्न पृष्ठभूमिका आधारमा चिन्तन फरक हुन्छन् । समाजमा फरक चिन्तन वा विचारले प्रतिस्पर्धा गरिराखेको हुन्छ । प्रतिस्पर्धा गर्ने भौतिक माध्यम भनेको संगठन वा पार्टी हुन् । यस अर्थमा माओवादी पार्टी भनेको वैचारिक रूपमा साम्यवादसम्म जाने पार्टी हो ।
राजनीतिक रूपमा अहिलेको मूलधार वा संस्थापन भनेको यथास्थितिवादी धार हो । त्यसविरुद्ध उठ्ने अर्को वैकल्पिक धार हुन्छ । माओवादी जनयुद्ध पनि वैकल्पिक धार थियो । नेपाली समाजमा संसदीय व्यवस्था, राजतन्त्रात्मक व्यवस्था चलिराखेको एकात्मक व्यवस्था थियो । एकथरी मान्छेका लागि त्यस्तो व्यवस्था सुखद थियो । उनीहरूका लागि त्यो व्यवस्था ठिकै पनि थियो । तर, बहुसंख्यक मानिसको हितमा थिएन । उनीहरूको राज्यमा पहुँच पनि थिएन । आर्थिक रूपमा पहुँच पनि थिएन । सामाजिक र क्षेत्रगत रूपमा पनि उनीहरू विभेदमा थिए । त्यसैले यो राज्य प्रतिगामी, प्रतिक्रियावादी वा यथास्थितिवादी किसिमको लाग्यो र त्यसलाई बदल्नुपर्ने महसुुस भयो । त्यो विचारको नेतृत्व माओवादीले गर्यो । त्यो आन्दोलन र भावनाको नेतृत्व माओवादीले गर्यो ।

Barshaman-Pun
यस अर्थमा कांग्रेस, एमाले, राप्रपालगायत एकथरीका यथास्थितिवादी पार्टी एउटा कित्तामा थिए । उनीहरू पुँजीवादी राजनीतिक अर्थतन्त्र बचाउन लागे । त्यसलाई बदलेरमात्रै नेपालको नयाँ राष्ट्रिय एकता हुन्छ, तीव्र आर्थिक विकास गर्न सकिन्छ । आधारभूत आमजनताको हित गर्न सकिन्छ भन्ने वैकल्पिक विचारका आधारमा हामीले विद्रोह गरेका थियौं ।
आज पनि त्यही प्रश्न हो कि, राज्य अझै पनि जनताको पहुँचमा पुगेको छैन । केही प्रगति गरेको छ, केही सुधार भएको छ । तर, आधारभूत रूपले राज्य जनताको भएको छैन ।
जनताको पक्षमा राज्य र राज्यका निकाय यसका नीति बनाउन फेरि पनि वैकल्पिक धारको आवश्यकता छ ।
र, त्यो मूलतः माओवादी पार्टी वा माओवादी शक्तिले नै गर्न सक्छ । यो हाम्रो दाबी नै हो । यसको मूल नेतृत्व एकीकृत माओवादीले गर्छ । माओवादी धारबाट आएका पार्टी वा संगठन वा व्यक्तिले नै यसको प्रतिनिधित्व गर्छन् ।
यद्यपि, माओवादीमा पनि धेरै समस्या छन् । त्यसलाई सुधार गर्ने, आफूलाई परिमार्जन गर्ने, अहिलेको विश्व, क्षेत्रीय र नेपालकै परिवेशमा आफूलाई परिमार्जन गर्ने पनि आवश्यकता छ । विचार, संगठन र कार्यशैलीमा रूपान्तरण वा नयाँ विकास गर्न सकिएन भने यही रूपमा जान गाह्रो छ । तर पनि मूल रूपमा वैकल्पिक धारा वा क्रान्तिकारी धारा भनेको वा जनताको पक्षधर शक्ति भनेको माओवादी आन्दोलन नै हो । तर, यी आन्दोलन नै विभाजित हुनु दुःखद पक्ष हो । अव्यावहारिक पनि हो ।
सामान्य वैचारिक प्रवृत्तिगत रूपमा हेर्दा एउटा प्रतिगमनकारी शक्ति हुन्छ, जसलाई हामी ‘कन्जरभेटिभ फोर्स भन्छौं । युरोप, अमेरिकामा त कन्जरभेटिभ पार्टी भनेरै स्थापना भएका छन् । आफूलाई थोरै यथास्थितिमा कायम राख्दै अलि उदार हिस्सामा लैजाने शक्ति, जसलाई लिबरल भनिन्छ । लिबरल पार्टी वा लिबरल डेमोक्रेटिभ पार्टीजस्ता विभिन्न नाममा स्थापना भएको पाइन्छ । खासगरी युरोप, अमेरिकामा यस्ता नाम नै राखेर पार्टी स्थापना भएका छन् । अर्को रिभोल्युसनरी वा प्रोग्रेसिभ फोर्स ।
यसरी प्रोग्रेसिभ फोर्स एक ठाउँमा बस्ने, लिबरल हिस्सा अर्को ठाउँमा, जसलाई मध्यमार्गी पनि भन्न सकिन्छ । र, कन्जरभेटिभ एक ठाउँमा । मूलतः तीन विचार वा हिस्सा तीन ठाउँमा हुन्छन् ।
नेपालको सन्दर्भमा कन्जरभेटिभ फेरि एकात्मकतातिर फर्कने, धर्म सापेक्षतामा जाने, असमावेशितामा जाने, राजतन्त्र नै फिर्ता ल्याउने कन्जरभेटिभ फोर्स छन् ।
अर्को पुरानोबाट परिस्थितिको दबाबले अलिकति अगाडि पनि जान चाहने तर प्रगतिशील स्टेप लिन हिच्किचाउनेछन् । जो कांग्रेस वा एमालेका रूपमा विभिन्न शक्ति देखिएका छन् । बाँकी माओवादी वा माओविचारधारा मान्ने क्रान्तिकारी शक्ति नेपालका रिभ्योलुसनरी फोर्स हुन् ।
यस अर्थमा त्यो बृहत्तर शक्ति एकै ठाउँमा हुनुपर्छ भन्ने हाम्रो धारणा हो । र, यो राष्ट्रिय आवश्यकता पनि हो । बरु कहाँबाट सुरु गर्ने भन्ने महत्वपूर्ण पक्ष हो । यसका लागि हिजो माओवादी आन्दोलनक्रममा सँगै भएका तर आज टुटफुट भएका, माओवाद, माओ विचारधारा मान्ने र साम्यवादसम्म जाने प्रतिबद्धता राख्ने शक्ति एक ठाउँ आउनुपर्छ ।

एकता भन्नेबित्तिकै कुनै न कुनै अहिले अस्तित्वमा रहेकाभन्दा मजबुत पार्टीका रूपमा विकास हुन्छ । अर्को पार्टी बलियो नहोस् भनेर प्रतिस्पर्धाी पार्टी पनि रोक्न वा भ्रम छरेर एकताविरुद्ध लागेका हुन्छन् । अहिलेको भूमण्डलीकरण विश्वमा नेपालमा रणनीतिक स्वार्थ भएका अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि यो एकतालाई रोक्न प्रयास गर्न सक्छन् ।

Barshaman-Pun-2सबै शक्तिमा ध्रुवीकरण आवश्यक 
राजनीतिक पार्टी सत्ता संघर्षको साधन त हो । तर, यो सत्ता प्राप्ति र व्यक्तिगत सुख सुविधाको साधनजस्तो बनेको छ । तीन दर्जन बढी पार्टी संसदमै छन् । डेढ सयजति चुनावमा सहभागी हुन्छन् । जो असान्दर्भिक छ । पार्टीहरू विचार र राजनीतिक सिद्धान्त आधारित हुनुपर्छ । तर, त्यस्तो देखिएको छैन ।
त्यसैले हाम्रोमात्रै नभएर अन्य शक्ति पनि ध्रुवीकरण हुनु आवश्यक छ । अन्ततोगत्वा ध्रुवीकरणको विकल्प पनि छैन । यही बुझाइबाट हामीले एकता प्रयास सुरु गरेका हौं । यस्तो हुँदा माओवादी शक्ति एक ठाउँमा आउँदा स्वाभाविक रूपमा यसले अरू शक्तिलाई पनि ध्रुवीकरणका लागि बाध्य पार्छ । यस्तो हुँदा जनताले आफ्नो पक्षधर र विपक्ष को हो स्पष्ट रूपमा बुझ्न सक्छन् ।
ध्रुवीकरणले गर्दा जनतालाई भ्रम दिने अवस्था रहँदैन । उही व्यक्तिहरू विभिन्न समूहमा गएर झन्डा वा नारा फेरेर जनतालाई भ्रम दिने अवस्था अन्त्य हुनुपर्छ । यसैले क्रान्तिकारी भन्नेहरू पनि स–साना मनमुटाव र व्यक्तिगत इगोका कारण नयाँ झन्डा बोक्ने, नयाँ साइनबोर्ड झुन्ड्याएर हिँड्ने स्थिति अन्त्य हुन्छ । बृहत्तर विचार, राजनीति र जनतामा आधारित पार्टी आवश्यकता छ ।
यसले राष्ट्रिय राजनीतिमा ध्रुवीकरण ल्याउँछ । स्वाभाविक रूपमा विचार मिल्नेलाई एक ठाउँमा ल्याउँछ । आजको सन्दर्भमा हाम्रै प्रयासमा पुँजीवादी, जनवादी क्रान्तिका मूल एजेन्डा पूरा भएका छन् । थुप्रै विषय, सामाजिक न्यायका विषय, भूमिसुधार हुँदै राष्ट्रिय पुँजी निर्माण गर्ने एजेन्डा, सुशासनका एजेन्डाजस्ता अधिकांश एजेन्डा, गणतन्त्रलाई अनुभूति गर्ने वा आर्थिक समृद्धिका एजेन्डामा केन्द्रित गर्न वैकल्पिक धाराका रूपमा यो आन्दोलन विकास हुनेछ भन्ने हाम्रो अपेक्षा छ । त्यसैले हामीले प्रयास गरेको माओवादी एकताले गर्दा शक्ति निर्माण हुन्छ । र, जनतालाई गोलबन्द गर्न मद्दत पुग्छ ।
पार्टी एकताका चुनौती 
स्वाभाविक रूपमा पार्टी एकताक्रममा केही अप्ठ्यारा पनि छन् । एकता भन्नेबित्तिकै कुनै न कुनै अहिले अस्तित्वमा रहेकाभन्दा मजबुत पार्टीका रूपमा विकास हुन्छ । अर्को पार्टी बलियो नहोस् भनेर प्रतिस्पर्धाी पार्टी पनि रोक्न वा भ्रम छरेर एकताविरुद्ध लागेका हुन्छन् । अहिलेको भूमण्डलीकरण विश्वमा नेपालमा रणनीतिक स्वार्थ भएका अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि यो एकतालाई रोक्न प्रयास गर्न सक्छन् ।
यसैले माओवादी आन्दोलनमा जस्तै विभिन्न प्रवृत्ति पनि यहाँ देखिएका छन् । अलि दायाँ, अलि बायाँ र अलि बीचको । राजनीतिक भाषामा दक्षिण, वाम र मध्यपन्थी प्रवृत्तिले बृहत्तर एकतामै केही न केही छाड्नुपर्ने, केही पाउनुपर्ने स्थिति हुन्छ । ती समूहले आफ्नो प्रवृत्तिअनुसार संघर्ष गर्छन् । यसैले यी सबैखाले प्रवृत्तिलाई मिलाएर लैजानुपर्ने पनि चुनौती छ ।
ठोस रूपमा हामी अलग–अलग नेता, अलग–अलग पार्टी वा भनौं अलग–अलग चुलोचौको बनाएर बसेका छौं । एकै ठाउँमा बस्नुपर्दा त अलि ठूलो भाँडो चाहिन्छ । हामीसँग भएका स–साना भाँडो काम लाग्दैन । त्यसो हुँदा ठोस रूपमा नेताहरूमै केन्द्रित हुनुपर्ने हुन्छ वा व्यक्तिमै केन्द्रित हुनुपर्छ ।
वास्तवमा एकता प्रिय चीज हो । राम्रो चीज हो । तर, अन्तिम अवस्थामा गर्दा कसैले कुनै जिम्मेवारी छाड्नुपर्छ । कसैले कुनै भूमिका छाड्नुपर्छ । बृहत्तर भूमिकामा आउँदा केही न केही छाड्ने वा त्याग गर्नुपर्ने अवस्था आउँछ । यस्तो कुरा सबैलाई स्वीकार्य गर्न नसक्ने प्रवृत्ति पनि देखिन सक्छ ।
माओवादीको ध्रुवीकरण गर्दा स–साना समूह फेरि बनाउने कोसिस पनि हुन्छ । र, यसलाई हामीले स्वाभाविक रूपमा लिएर संघर्ष गर्दै समेट्दै जानेछौं । यसले सोझै माओवादीले संविधानमा उठाएका कतिपय मुद्दा कार्यान्वयनका लागि बल पुग्छ । कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई स्थापित गर्न पनि यो एकताले दबाब पुग्छ । समग्रमा भन्दा अहिलेका परिवर्तनका एजेन्डा कार्यान्वयन गर्नका लागि र थप परिवर्तनका एजेन्डा वा झन्डा उठाइराख्नका लागि यो एकता कोशेढुंगा हुन्छ ।
तीन प्रवृत्ति : ‘लेफ्ट–राइट–सेन्टर’
हरेक परिवर्तनपछि तीन राजनीतिक प्रवृत्ति देखिने गरेका छन् । अगाडि बढेको परिवर्तनमा पनि र पछि हटेको परिवर्तनमा पनि यस्तो देखिन्छ ।
२००७ सालमा राजनीतक परिवर्तन भयो । त्यसलाई हेर्ने ‘लेफ्ट’, ‘राइट’ र ‘सेन्टर’ तीन शक्ति देखिए । २०१७ सालमा फौजी ‘कू’ भयो । त्यसलाई हेर्ने सवालमा पनि त्यस्तै तीन प्रवृत्ति देखिए । २०४६ र २०६२÷०६३ मा पनि त्यस्तै भयो । यस्ता प्रवृत्ति हरेक कम्युनिस्ट आन्दोलनमा देखिन्छन् । आफूलाई डेमोक्रेटिक भन्ने आन्दोलनमा पनि देखिन्छन् । र, कन्जरभेटिभ फोर्समा पनि देखिन्छ । हरेक आन्दोलनमा यस्ता प्रवृत्ति देखिन्छन् । हरेक ठाउँमा ‘लिबरल’ हिस्सा पनि हुन्छ । हरेक ठाउँमा ‘हार्डलाइनर’ हुन्छ र ‘मिडिल लाइन’ पनि हुन्छ ।

२०६२/६३ को आन्दोलन नयाँ प्रयोग थियो । वार्ताबाट एउटा पनि माओवादी आन्दोलन वा कम्युनिस्ट आन्दोलनले उपलब्धि पाएको इतिहास छैन । कि पूरै पराजित भएको छ । कि पूरै जितेको छ । हामीले केही जित्यौं, केही हार्यौं र केही सम्झौता गर्यौं ।
हामी झन्डा उठाउँदाउठाउँदै पेरुमा जस्तै पूरै पनि सिद्धिएनौं या फिलिपिन्सजस्तै लड्दालड्दै जंगलमै पनि बसिरहनुपरेन । अथवा यो त सकिँदोरहेनछ भनेर एमालेले झापा आन्दोलन छाडेझैं हतियार छाडेर बिस्तारै शान्ति प्रक्रियामा आएको पनि होइन ।
हामीले राज्यसँग केही सम्झौता गर्यौं र केही गुमायौं । यो नयाँ प्रयोग नै थियो । यो प्रयोगविना छापामार युद्ध सजिलै जित्न सम्वभ थियो थिएन । भूगोल र क्षेत्रीय राजनीतिले गर्दा ८÷१० वर्ष वा २० वर्ष पनि छापामार युद्ध गर्न सकिन्थ्यो । तर, अहिलेका रूपमा सामाजिक आर्थिक रूपान्तरणमा माओवादी एजेन्डा हाबी भयो । माओवादी आन्दोलन हाबी भयो ।

बाबुरामजीको सन्दर्भमा फुट्नु ठीक थिएन भन्ने कुरा हामी सबैको छ । तर, अहिले उहाँको विषयमा धेरै उल्लेख गर्नुपर्छ जस्तो मलाई लाग्दैन । किनकि उहाँ माक्र्सवादभित्र वा माओवादीभन्दा पनि फरक बनाउँछु भनेर लाग्नुभएको छ । त्यसैले पनि बहस नहोला ।
नयाँ शक्तिको दबाब विषयमा कुरा गर्दा जब उहाँले कम्युनिस्ट पार्टी वा माओवादीभन्दा बाहिरबाटै नयाँ बनाएर जान्छु भनेपछि केही न केही दबाब त हुन्छ नै । यसलाई कुनै न कुनै रूपमा दबाबका रूपमा लिनुपर्छ । उहाँले भन्दा केही राम्रो गर्छौं भन्ने चुनौती पनि हुन सक्ला ।

२ सय ५० वर्षअघि खडा सामन्ती एकात्मक राज्य नै पुनःसंरचना गरिएको हो । जुन दर्शनबाट त्यो राज्य स्थापना भएको थियो, त्यो दर्शनबाट अर्को अर्थात् समावेशी लोकतान्त्रिक गणतान्त्रिक विचारमा राज्य प्रवेश गरेको हो ।
एकात्मकबाट संघीयता, स्वायत्तता र जनताको समावेशितासम्म ल्याइएको हो । राज्यलाई पुनःसंरचना गरियो । २ सय ५० वर्षअघि खडा गरिएको राज्यलाई नयाँ विचार, नयाँ राजनीति र नयाँ नेतृत्वमा पुनःसंरचना गरिएको हो ।
तर, त्यो रूपमा हामीले आमपंक्तिलाई बुझाउन सकेनौं । जब कि, कोही असाध्य भयो भन्ने । यही नै अन्तिम लक्ष्य भन्ने किसिमको । र, अर्को केही पनि पाइएकै होइन, परिवर्तन नै भएन भन्नेखालको समूह । यथार्थमा पाइएको पनि थियो । ठूलै उपलब्धि पनि हो । जनताले अनुभूति गर्न सक्ने तहमा रूपान्तरण पनि भएको थिएन । त्यही ‘ब्यालेन्स’ मा पाएको चीजलाई नीतिगत रूपमा स्थापित गर्ने । नेतृत्व तहबाट हेर्दा व्यावहारिक जीवनमा देखिनेखालको गणतन्त्र र जनताको राज्यका लागि केही समय लाग्छ भनेर जनतालाई बुझाउन सकेनौं ।
प्रवृत्तिगत रूपमा हेर्दा एउटा ‘लेफ्ट’ मात्रै देखियो । अर्को ‘राइट’ । सबै पुग्यो, योभन्दा अगाडि किन जाने भनेर हिँड्ने पनि देखियो । हरेक आन्दोलनमा कम्युनिस्ट वा बुर्जुवा आन्दोलनमा पनि यस्ता प्रवृत्ति देखिँदै आएका छन् ।
कांग्रेस, एमाले पार्टीमा पनि यस्ता प्रवृत्ति देखिएका थिए । समग्रमा एउटा कोर्स सकिएको हो । हामीले प्रयास गर्छौं भनेरमात्रै पनि यो एकता प्रयास भएको होइन । फुटेर अलग हुन्छौं भन्नेको चाहनाले मात्रै पनि होइन । दुवै पक्षले आफ्नो पोजिसन रियालाइज गरेर एकै ठाउँमा बसेर क्रान्तिकारी ढंगबाट जाने भन्ने रूपबाटै एकता प्रयास भएको हो । यद्यपि, विगतमा परिवर्तनलाई बुझ्ने कुरामा हाम्रा भिन्नता देखिएकै हुन् । तर, अहिले एकरूपता भएरै यो एकता प्रयास सम्भव भएको हो ।
नयाँ शक्तिको दबाब, एमालेसँग ध्रुवीकरण 
बाबुरामजीको सन्दर्भमा फुट्नु ठीक थिएन भन्ने कुरा हामी सबैको छ । तर, अहिले उहाँको विषयमा धेरै उल्लेख गर्नुपर्छ जस्तो मलाई लाग्दैन । किनकि उहाँ माक्र्सवादभित्र वा माओवादीभन्दा पनि फरक बनाउँछु भनेर लाग्नुभएको छ । त्यसैले पनि बहस नहोला ।
नयाँ शक्तिको दबाब विषयमा कुरा गर्दा जब उहाँले कम्युनिस्ट पार्टी वा माओवादीभन्दा बाहिरबाटै नयाँ बनाएर जान्छु भनेपछि केही न केही दबाब त हुन्छ नै । यसलाई कुनै न कुनै रूपमा दबाबका रूपमा लिनुपर्छ । उहाँले भन्दा केही राम्रो गर्छौं भन्ने चुनौती पनि हुन सक्ला ।
यस्तै, पछिल्लो समय हाम्रो पार्टी एनेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकताको पनि प्रसंग उठ्ने गरेको छ । यो विषय बाबुरामजी हाम्रै पार्टीमा हुँदासमेत उठ्ने गरेको थियो । यथार्थमा, आजको मितिसम्म यो कुरा सम्भव छैन । तर, दीर्घकालीन रूपमा हेर्दा यो असम्भव पनि छैन ।
हिजो राजाले ५०औं वर्ष बोकेर हिँड्ने कांग्रेस गणतन्त्रवादी भएको छ । संघीयता भन्ने कुरा कहिल्यै सुन्नै नचाहने कांग्रेस संघीयतावादी भयो । शक्ति वा व्यक्ति त फेरबदल वा रूपान्तरण हुन्छन् । यही समाजको मान्छे कम्युनिस्ट हुने हो । यही समाजको मान्छे कांग्रेस हुने हो । वा अर्को पनि । उसलाई स्वाभाविक रूपमा वर्गीय धरातलले प्रभाव पारेको हुन्छ ।
साथै परिस्थितिमा आएको फेरबदलले मान्छेलाई प्रभाव पारेको हुन्छ । सबैभन्दा ‘कन्जरभेटिभ’ पार्टी कांग्रेसले आज सबैभन्दा समावेशीको वकालत गरिराखेको छ । र, पार्टीलाई समावेशी बनाइराखेको छ । रूपान्तरण हुन सम्भव रहेछ भन्ने सन्देश देखिएको छ ।
एमालेमा पनि समाजवादी क्रान्तिको बहस हुँदै आउँदा हामीले हेटौंडा महाधिवेशनमा समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्यौं । एमालेले हामीभन्दा पछि बहस गरी समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्यो । यसरी कार्यदिशाकै हिसाबले हामी एक ठाउँमा आइसक्यौं ।
तर, हामीले भनेको वैज्ञानिक समाजवाद हो भने एमालेले भनेको लोकतान्त्रिक समाजवाद हो । आधारभूत रूपमा हामी फरक देखिएका छौं ।
यद्यपि, बहस हुँदा परिस्थिति फेरिँदै जाँदा पुँजीको विकास हुन्छ । पुँजी र श्रमबीचमा अन्तरविरोध सिर्जना हुन्छ । पुँजीपति र श्रमिकबीचको अन्तरविरोध सिर्जना हुन्छ । अनि कसको पक्षमा लाग्ने भन्ने बहस सुरु हुँदै गर्दा कि पुँजीपतिको पक्षमा जानुपर्ने हुन्छ कि त श्रमजीवीको पक्षमा ढल्किनुपर्ने हुन्छ ।
त्यसैले एमाले पछिल्लो अवधिमा आफैंले कतिपय सन्दर्भमा सुधार पनि गरेको छ । सुधार गर्दै आयो भने कार्यगत एकता हुँदै ध्रवीकरण पनि असम्भव छैन । तर, आजको मितिको एमाले हेर्दा आधारभूत रूपमै फरक पाइन्छ । एकता वा ध्रुवीकरणको सम्भावना छैन । सामान्य कार्यगत तालमेल वा सरकारमा सँगै बस्नेजस्ता सहकार्य हुन सक्छन् ।
मोहन वैद्यविनाको माओवादी एकता 
हामीले चाहेको एकता त मोहन वैद्यजीदेखि बाबुरामजीसम्मको हो । जनयुद्धको धारणा निर्माण गर्ने, रणनीति निर्माण गर्ने, जनयुद्ध सुरु गर्ने त्यसको नेतृत्व गर्ने र शान्ति प्रक्रिया हुंदै यो अवस्थासम्म ल्याउने नेताहरू एकै ठाउँमा रहनुस् भन्ने नै हाम्रो प्राथमिकता हुन्छ ।
आज त्यो सम्भव होला कि नहोला भन्ने हो भने बाबुरामजीको सन्दर्भमा त्यो अलि सम्भव रहेन । उहाँ अलि परै पुग्नुभयो । हामीले चाहेरमात्रै हुँदैन ।
त्यस्तै किरणजीलाई पनि यही नेतृत्वमा आउनुस् भनेका छौं । पछिल्लो बहस हेर्दा उहाँ आज नै तयार नभएकोजस्तो देखिएको छ । हामीले हेर्दा आधारभूत रूपमा तयार भइसकेपछि बाँकी कुरामा त छलफल बहस गर्दै जान सकिन्छ ।
हामी अलग भयौं । बाबुरामजी पनि हामीबाट अलग्गिनुभयो । वैद्यजी अलग हुनुभयो । उहाँहरूबाट पनि विप्लवजी अलग्गिनुभयो । आज विप्लवजीहरूभित्र पनि बहस सुरु भएको छ । हाम्रो कोसिस भनेको सिंगै–सिंगै नेता वा समूह एकै ठाउँमा आउनुस् भन्नेमै केन्द्रित छ ।
त्यस्तो नहुँदा पनि जति सकिन्छ त्यति हिँड्दै गरौं, अरू जोडिँदै आऊँ । जति प्यासेन्जर तयार हुन्छ उडान भर्दै गर्ने । नयाँ ट्रिपमा नयाँ टिकट लिएर आउनुहोला । नयाँ बोडिङ पास लिएर आउनुहोला ।
प्रचण्डकै नेतृत्वमा एकता 
एकता भनेको विचारको एकता हो । प्रवृत्तिको एकता हो । र, राजनीतिको हो । यस्तो हुँदा स्वाभाविक रूपमा माओवादी जनयुद्धको परिकल्पना गर्ने, तयार गर्ने कमान्ड गर्ने शान्ति प्रक्रियामा ल्याउने र आज पनि ठूलो धारको नेतृत्व गरिरहेको कारणले प्रचण्ड कमरेडको वरिपरि नै यो आन्दोलन एकपटक ध्रुवीकरण भएर नयाँ चरणमा जानुपर्छ भन्ने नै हाम्रो धारणा हो ।
तर, एकता गर्दा त्यतिमात्रै पनि हुँदैन । पछि नेतृत्वमा कसैले दाबी गर्न सक्छ । अरू कोही जान सक्छ । विचारको दाबी गर्न सक्छ । संगठनभित्र आफ्नो विचारको दाबी गर्न सक्छ ।
प्रस्तुति : नेत्र पन्थी/रमन पौडेल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल