माओवादीका एक कार्यकर्ताको कथा : युद्ध, जेल, मृत्युदण्ड, उपहार अनि…

चैत २८  |   नेत्र पन्थी

माओवादीका एक कार्यकर्ताको कथा : युद्ध, जेल, मृत्युदण्ड, उपहार अनि…

कैयौंले आफ्नो जिन्दगीलाई अरूले लेखेको स्क्रिप्टअनुसार अगाडि बढाउँछन् । आजको दुनियाँमा धेरै मानिसले लेखिएको स्क्रिप्टसँगै जीवन चलाउछन् । कसैको जिन्दगी लेखिएको स्क्रिप्टभन्दा धेरै गुणा उतारचढावपूर्ण हुन्छ । र, ती पात्रका न कथा बन्छन्, न उनका सुख दु:ख नै लेखिन्छन् । यो यस्तै एउटा पात्रको कथा हो, जसको जीवनमा धेरै घुम्ती आइलागे ।
उसको जीवनमा जागिर आयो, युद्ध आयो, गिरफ्तारी आयो, जेल आयो, मृत्युदण्ड आयो र मृत्युदण्डलाई जित्ने ‘उपहार’ पनि आयो । तर, अहिले यो ‘उपहार’ सोकेशमा होइन, सडकमा छ, सडकमा पनि कसैले नदेख्ने ठाउमा छ । अनि यो ‘उपहार’ विगतको आत्मसमीक्षामा छ, आजको दु:खपूर्ण जीवन बिताइरहेको छ र भविष्यको चिन्तामा छटपटाइरहेको छ ।
यो भयानक कथा हो– ४७ वर्षीय हीरालाल श्रेष्ठ अर्थात् उसबेलाका कमरेड आनन्दको । उतार–चढावपूर्ण जिन्दगी भोगिरहेका सिन्धुपाल्चोक तौथली–८ गौरीगाउका हीरालालको जिन्दगीको ‘रियल स्क्रिप्ट’ मर्मस्पर्शी छ । ‘सम्पूर्ण कुरा पार्टी हो’ भनेर हुँदाखाँदाको स्थायी शिक्षण पेसा छाडेर राजनीतिमा लागेका थिए उनी । तर, आजसम्म आउादा त्यस्तो दु:खकष्ट बेहोरिसकेका छन्, यसको न आर्थिक न भौतिक रूपले नै क्षतिपूर्ति सम्भव छ ।
२०६७ को पालुङटार विस्तारिक बैठकपछि राजनीतिमा रुचि कम हुँदै गयो । केही समय पार्टी राजनीति गरेपछि उनले ०६८ मा घरखर्च धान्नका लागि व्यापारमा हात हाले । तर, पार्टनरले धोका दिए । खासा नाकामा सुरु भएको ट्रान्सपोर्ट कम्पनी दुई वर्षमै बन्द भयो । अहिले सानोतिनो जग्गाको कारोबार गर्छन् । त्यसैले जीवन चलेको छ । ‘के राजनीति गर्नु ?’ उनलाई अहिले लागेको छ ।
बुद्धनगरमा तीन हजारको एउटा कोठामा श्रीमती र छोरीसागै बस्छन् । १२ पास गरेकी छोरीलाई जागिर लगाउन सकेका छैनन् । ‘नेताकहाँ भन्न जान सकिनँ,’ उनलाई श्रीमती र छोरीले बेलाबेला भन्छन्, ‘यति धेरै वर्ष राजनीति गर्नुभयो, एउटा जागिर भन्न पनि सक्नुहुन्न, नेताकहाँ  गएर भन्नुस न् ।’ तर, हीरालालको मनले मानेको छैन । आफ्नै नेतालाई भेट्न नसक्ने अवस्था छ । नेतालाई चाप्लुसी गर्नुपर्ने दिन आएको उनलाई मन परेको छैन । त्यही भएर जस्तो दु:ख भए पनि कहीा जान सकेका छैनन् ।
छोराले विवाह गरेका छन्, उनी अलग्गै बस्छन् । तर, उनको पनि जागिर छैन । एउटा माछा पसलमा काम गर्छन् छोरा । ‘म स्थायी शिक्षक थिए, त्यो छाडेर हिाडे, बोर्डिङ पढ्ने छोराले पढाइ छाड्यो । आज मैले छोराछोरीलाई जवाफ दिन कठिन परिरहेको छ,’ उनले भने, ‘त्यति धेरै मिहिनेत गरेर कार्यकर्ताले उठाएको माओवादी आन्दोलन नेताको लडाइामा सकियो । यो देखेर अब मलाई राजनीति गर्ने मन छैन ।’

Hira Lal Shrestha (5)यसरी आए राजनीतिमा
०४५ सालदेखि नै उनले स्थायी शिक्षक भएर गाउकै बाघभैरव प्रावि तौथली–८ गौरीगाउमा पढाउन सुरु गरेको थिए । ०४६ सालको आन्दोलनले उनलाई पनि केही न केही राजनीतिक चेतना दियो । उनी एमालेनजिक थिए उतिबेला । ०५४ सालमा सानो पार्टी राप्रपाबाट प्रधानमन्त्री भए र एमाले मन्त्री पाउदा पनि सरकारमा गयो । यसले उनलाई एमालेप्रति नकारात्मक धारणा जागेर आयो । त्यसपछि उनी निष्क्रियजस्तै भएर बसे ।
त्यतिबेला गाउमा माओवादीले जनयुद्ध सुरु गरेको र सामान्य घटना भइरहेको सुनिन्थ्यो । ०५४ माघमा दुई छापामार (वीरबहादुर विक र सुमन) उनको गाउमा आएका थिए । उनीहरूले माओवादी पार्टी र जनयुद्धबारे बिफ्रिङ गरे । त्यसपछि हीरालाल माओवादीको मुखपत्र जनादेश पत्रिकाको ग्राहक बने । पत्रिका पढ्दै गए । त्यसले पनि माओवादी जनयुद्धबारे बुझ्न मौका मिल्यो उनलाई । गाउकै विष्णुकुमार श्रेष्ठसग निरन्तर सम्पर्क भयो र उनले माओवादी र जनयुद्धलाई समर्थन गर्न थाले ।
त्यतिबेला ‘किलो शेरा टु अप्रेसन’ चलेको थियो राज्यबाट । ३० जेठ ०५५ मा सिन्धुपाल्चोककै रामेमा रेवती सापकोटा र राजेन्द्र थामीको प्रहरीले हत्या गऱ्यो । त्यो दिन बाह्रबिसे गएका थिए हीरालाल । शिक्षण पेसासागै उनको किराना पसल पनि थियो, सामान लिन त्यहाँ  गएको थिए उनी । हत्याको घटना थाहा पाएपछि हीरालाले त्यो कुरा गाउ फर्केर विष्णुकुमार श्रेष्ठसम्म पुऱ्याए । त्यसै रात विष्णु र राजकुमार श्रेष्ठ (पूर्वसभासद्) हीरालालको घर आए । उनीहरूले हीरालाललाई नौजना छापामार रहेको र उनीहरूलाई सुरक्षित राख्न आग्रह गरे । हीरालाले आफ्नै घरमा छापामारलाई तीन/चार दिन राखे । भन्छन्, ‘ती छापामारको व्यवस्थापनसंगै  त्यहीबाट मेरो पार्टीमा काम सुरु भयो तर त्यो चाहिं पार्टटाइम कार्यकर्ताका रूपमा ।’
०५५ कात्तिक १० मा मसाल जुलुसका लागि प्रचार–प्रसारमा खटिए उनी । उनले १५ गते आफू जनयुद्धका लागि जान लागेको भन्दै स्कुल छाडे । ‘१७ गतेबाट पूर्णकालीन कार्यकर्ता भएर म युद्धमा हिाडे । यहीबाट पूर्ण रूपमा राजनीतिक जीवन सुरु भयो । मेरो कार्यक्षेत्र पनि त्यही पऱ्यो । म सेनामा गइना । पार्टी संगठनमै रहेर काम सुरु गरेको थिएा,’ हीरालाले जनयुद्धसाग आफ्नो सम्बन्ध गाासिएको कथा सुनाए ।
यसरी भयो गिरफ्तारी
०५९ चैतमा सिन्धुपाल्चोकमा ठूलो प्रशिक्षण भयो । पूर्वी कमान्डको सैन्य व्युरो प्रमुख वर्षमान पुन ‘अनन्त’ त्यहाा पुगेका थिए । हीरालालको कार्यक्षेत्र तिब्बतसाग जोडिएका सीमावर्ती १४ गाविस थिए । खासा (तातोपानी नाका) आवतजावत सहज थियो । त्यति नै बेला माओवादीले युद्ध सामग्री (हतियार, जिलेटिन, बम, बारुद) जम्मा गर्ने भनेको थियो । माओवादीले उनलाई युद्धका लागि आवश्यक सामग्री व्यवस्थापनका लागि खासा पठाउने निर्णय गऱ्यो । त्यतिबेला जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा र सेक्रेटरी देवी खड्का थिइन् । अनन्तले पनि हीरालाललाई ‘व्यक्तिगत रूपमै युद्ध सामग्री संकलन र व्यवस्थापनका लागि तपाईं तयार भएर काममा लाग्न’ भनेका थिए । युद्ध कमान्डरको यो आग्रह हीरालाल जुनसुकै जोखिम मोलेर पनि पूरा गर्न चाहन्थे ।
त्यति नै बेला सरुवा रोगको प्रकोप थियो । खासा नाकाबाट नेपालीलाई सहज आवतजावत गर्न दिएको थिएन त्यहाँको  प्रशासनले । सुरक्षाको हिसाबले पनि मितेरीपुल भएर खासा जान सकिने अवस्था थिएन । चिनियाँ  सीमामा सुरक्षा कडा नै हुन्थ्यो/हुन्छ । त्यसैले हिमाली बाटो भएर खासा गए हीरालाल र उनका साथी । ‘तातोपानी गाविसबाट दुई दिन हिाडेर जंगलको बाटो खासा पुग्यौं  । एक रात जंगलमै बस्यौा, रेल्ले भन्ने ठाउामा । मैले मार्मिङ भन्ने गाउामा ग्याल्जेङ शेर्पालगायत पााचजना लिएर गएको थिएा । भाषा, सुरक्षा र सामान ओसार्नका लागि उहााहरूलाई लगेको थिएा । पैसा दिएपछि उहााहरू यो काम गर्न तयार हुनुभएको थियो,’ त्यो जोखिमपूर्ण कदमबारे हीरालालले खुलाए ।
खासा पुगेपछि हतियार तथा युद्धसामग्रीका लागि सम्पर्क व्यक्ति खोजी सुरु गरे उनले । सुरुमा निकै गाह्रो भयो । ‘भिसा/पास केही थिएन खासामा बस्ने । दिनदिनै होटल बदल्दै बस्नुपऱ्यो, सुरक्षाको चिन्ता थियो,’ उनले भने, ‘खासामा स्थानीय मानिसका घरमा पनि बसियो । खासामा पनि भूमिगतजस्तै भयो बसाइ ।’
एक दिन होटलको झ्यालबाट हेर्दा प्रहरीले देख्यो उनलाई । प्रहरी होटलमै आयो र सोधपुछ गऱ्यो । हीरालालले होटलकी साहुनीलाई ‘यो मेरो दाइ हो हिजो आएको भोलि जान्छ’ भन्न लगाए । साहुनीले त्यसै गरिन् अनि मात्र उनी त्यस दिन गिरफ्तारीबाट बचे । ‘पास मागेको भए पनि मसाग थिएन,’ हीरालाल त्यस दिनको घटना आज पनि सम्झन्छन् ।
हीरालाल खासामै थिए । क्रमश: सरुवा रोगको प्रकोप पनि घट्दै गयो । खासा नाका नेपालीका लागि आवतजावत गर्न बिस्तारै खुला हुँदै गयो । त्यसपछि होटल छाडेर पाङ भन्ने स्थानीयको घरमा बस्न थाल्यो उनको समूह । पाङले माओवादी हुन् भन्ने चिनेर नै ‘सेल्टर’ जस्तै दियो । ढोका थुनेर राख्यो उसले एक साता । त्यसपछि हीरालाल र उनका साथीले आफ्नो पेसाबारे झुट बोलेर कोठा खोजे । ‘जडीबुटी व्यापारी भनेर कोठा भाडामा लिएर बस्न सुरु गऱ्यौँ । त्यहा पनि भूमिगतजस्तै भयो बसाइ,’ युद्धसामग्री लिन खासा गएका बेला कोठा खोज्दाको अनभूति उनले सुनाए ।
कोठा खोजेर बसेको केही दिनपछि बिस्तारै–बिस्तारै हीरालालको युद्धसामग्री सप्लाइ गर्ने व्यापारीसाग सम्पर्क हुन थाल्यो । सिठाआङको एक व्यपारीसंग  कुरा भयो उनको । उसले सबैखालका युद्धसामग्री दिन सक्ने बतायो– हीरालाललाई । उसले सुरुमा एके ४७ राइफललाई १० लाख र एउटा गोलीलाई साढे सात सय पर्ने कुरा सुनायो । उसको मूल्य महागो लाग्यो हीरालाललाई । त्यसपछि हीरालालले लिन नसक्ने बताए । सिठाआङको व्यापारीले पहिला नै हतियार ल्याएर राखेको रहेछ । उसले पटक–पटक हतियार लिन आउन भनेको थियो । पैसाको बार्गेनिङ सुरु भयो । पहिला एउटा एके ४७ राइफललाई १० लाख भनेको व्यापारीले पछि तीन लाखसम्ममा दिन सक्ने बतायो । त्यति हुँदा पनि हीरालालले महँगो भयो भन्न छाडेनन् । ‘पछि दुई लाखमा दिने सहमति भयो । ऊसग ६ वटा एके ४७ राइफल किनियो १२ लाखमा । उसले ६ वटा त दियो तर अरू चाहिए तीन लाख ५० हजारभन्दा कममा दिन नसक्ने भन्यो । हामीले ‘नेपालमा सल्लाह गरेर खबर गर्छौं भन्यौँ ।’Hira Lal Shrestha (2)
हीरालाले आफूसंग  गएकाहरूसंग  सुरुमा किनेका ६ वटा एके ४७ राइफल नेपाल पठाए । दोस्रोपटक एउटामात्र एके ४७ राइफल नेपाल पठाए । ०५९ चैतदेखि ०६० को कात्तिकसम्म खासामा बसे उनी । झन्डै एक क्वीन्टल जिलेटिन, गोली र कम्ब्याक्ट पोसाक भित्र्याए यो अवधिमा । ‘७० लाखजतिको युद्धसामग्री नेपाल आयो त्यसबेला त्यहााबाट । यसले जनयुद्धलाई राम्रो फाइदा पुर्‍यायो पनि,’ हीरालालले भने ।
तेस्रोपटक फेरि नेपाल हतियार भित्र्याउने योजना बन्यो । तिहारको आसपास थियो ०६० मा । उनले पैसा राख्न दिएको साथी घर गएको थियो । उनीसाग थोरैमात्र पैसा थियो । हतियार लिन बोलायो व्यापारीले । उनले पैसा नभएको र अहिले लैजान नसकिने बताए । व्यापारीले आफूसंग  लामो समय हतियार राख्न सक्ने अवस्था नरहेको भन्दै तत्काल जति छ, त्यति दिन र बाँकी रकम पछि दिनेगरी हतियार लैजान भन्यो । हीरालालले ‘हुन्छ’ भने । आफूसंग  भएको पैसा दिएर व्यापारीबाट हतियार बुझे । त्यसै दिन अर्को साथीको पसलमा लगेर उनले हतियार राखे ।
तिहारको बेला नेपाल पठाउन मानिस पनि पाइएन । बल्लबल्ल एकजना भेटियो र ९ गते राति हतियार नेपाल भित्र्याउने तयारी भयो । उनीसंग गएका साथी र एकजना भाडाको मानिस गरी पाँचजनाले राति ८ बजे हतियार लिएर हिँडे । ‘त्यतिबेला एके ४७ राइफल
(आठ) र माउजर (६) गरेर १४ थान हतियार थिए । ३२ लाख ८० हजारका हतियार थिए ती । म खासामै बसेँ,’ हीरालालले भने, ‘हामीले हतियार लिएको र त्यसै दिन हामी हिँड्ने रुटबाट हतियार नेपाल जान थालेको कुरा त्यहाँको गुप्तचरले थाहा पाएछ । चार बजेसम्म सबै नाका घेरिसकेछ । नाकामा तिब्बत प्रहरीले उनीहरूलाई भेट्टायो । चारजनाले केही हतियार छाडेर भाग्न सफल भएछन् भने एकजनालाई समातेछ ।’
जंगलमा फालेका हतियार पछि प्रहरीले भेट्टाएछ । बल्लबल्ल नेपालमा  पाँच  थान हतियार आएछन् त्यसबेला । नाकामा एकजना साथी समातिएपछि हीरालाललाई ९ गते राति १० बजेतिर खासामा समात्यो प्रहरीले । ‘म बसेकै होटलमा गएर समात्यो । मसंग  माउजर थियो । हतियार राखेको भनेर प्रहरीले नराम्रोसाग लात्तीले हान्यो । भाषा नजान्ने बडो गाह्रो भयो । खुबै पिटाइ खाइयो । एक्लै थिए, राति भाग्ने अवस्था पनि थिएन । प्रहरीले लिएर गए ।’
Hira Lal Shrestha (1)मृत्युदण्डको सजाय सुनाइयो
गिरफ्तारीपछि उनलाई दुई दिन खासा प्रहरीको कस्टडीमा राखियो ।  त्यहाँ  भने पिटेनन्, नेपाली भाषा जान्ने मान्छे राखेर बयानमात्र लिए । त्यसपछि प्रहरी कार्यालय कुटी लग्यो । त्यहाँ ६ दिन राखियो हीरालाललाई । त्यसपछि सिखार्चे लग्यो, क्षेत्रीयस्तरको प्रहरी कार्यालयमा । त्यहीँ बस्दा २००४ को सेप्टेम्बर ७ मा मुत्युदण्डको फैसला सुनाएको जानकारी दिइयो हीरालाललाई । त्यसपछि हात खुट्टामा कडी लगायो । प्रशासनले ‘तिमी निर्दोष छौ भने १० दिनभित्र अपिल गर’ भन्यो ।
हीरालालसाग कसैको सम्पर्क थिएन । पैसा थिएन । कसैलाई गुहार्न पनि सकेनन् । हत्कडी लगाएकै बेला बल्लबल्ल दुई दिन लगाएर उनले आफ्नो कुरा लेखे । त्यसबेला उनीसहित उनीसंगै  समातिएकालाई २१ थान बन्दुक, ६ सय ४८ केजी जिलेटिन र पाँच हजार गोली नेपाल भित्र्याएको आरोप लगाएको थियो । हीरालालले हतियार १५ थान र गोली २ सय राउन्डमात्र नेपाल पठाएको तर जिलेटिन नपठाएको लेखे । सिखार्चेमा साढे दुई महिना राख्यो । त्यसपछि २००४ कै नोभेम्बर ४ मा ल्हासा पुऱ्यायो । केही भनेनन् त्यहाँ पुऱ्याउनुपर्ने कारणबारे । यो प्रकरणमा जोडिएका चार नेपाली भए । ल्हासामा राखेको डेढ महिनापछि अदालत लगे । अदालतले तत्काल मृत्युदण्ड फिर्ता लिएको र दुई वर्षपछि मृत्युदण्ड दिने नयाा फैसला सुनायो । ‘सायद मैले लेखेको त्यही निवेदनले काम गरेको होला,’ हीरालाल भन्छन् ।
प्रचण्डलाई पत्र लेखे
नया फैसला सुनाएपछि हत्कडी र नेलकडी खोल्यो र जेल पठायो । जेलमा हाल्नुपूर्व सात दिन तालिम दिए, जेलमा बस्दा के गर्ने कसरी गर्ने भन्ने विषयमा । जेलमा बस्दै गर्दा पनि सबै सूचनाबाट अलग बन्नुपर्ने थियो । चिनियाँ र तिब्बती भाषा आउदैनथ्यो । त्यहाा नेपाली भाषाको कुनै अर्थ नै रहेन । जेलमै बसेका थिए– हीरालाल, यता नेपालमा ०६२/६३ को आन्दोलन भयो ।

उनले भेट्न गएका आफन्तमार्फत नेपालमा शान्तिवार्ता भएको, पार्टी सरकारमा गएको, अझ संविधानसभा चुनावपछि प्रचण्ड नै प्रधानमन्त्री भएको थाहा पाए । बरु पहिला पार्टीका मान्छेसंग  कहिलेकाही सम्पर्क हुन्थ्यो उनको । तर, पार्टी सरकारमा गएपछि झनै सम्पर्क टुट्यो उनको । त्यसपछि उनले ‘म पार्टी सदस्य हो कि होइन ?’ भन्दै पार्टी नेताहरूलाई सम्बोधन गरेर घरमा पत्र पठाए । त्यो पत्रबारे केही समाचार पत्रिकामा आएछ । नेताहरूले पढेछन् । तर पनि कुनै ‘रेस्पोन्स’ गरेनन् । स्थानीय तहमा चर्चा भए पनि पत्रको केन्द्रमा चर्चा भएन ।
दुई महिनापछि उनले प्रचण्डलाई नै सम्बोधन गरेर चिट्ठी लेखे, जतिबेला प्रचण्ड प्रधानमन्त्री थिए । ‘हामी जेलमा तीनजना छौँ, यस्तो–यस्तो आरोपमा मृत्युदण्ड सुनाइएको छ र हामी मृत्यु कुरेर बसेका छौँ, हामी पार्टी सदस्य हौँ कि होइनौँ, तपार्इंले पहल गर्नुहुन्छ कि हुन्न ?’ भनेर पत्र लेखेका थिए– हीरालालले । उनले यो पत्र बुवालाई पठाए घरमा । बुवाले जिल्लाका नेता अग्नि सापकोटालाई दिएका रहेछन् । अनि सापकोटाले प्रचण्डसमक्ष पुऱ्याएछन् । प्रचण्डले पत्र पढे, अनि गम्भीरतापूर्वक लिए पनि । आफ्नो तहबाट चिनियाँ सरकारसंग  यो विषयमा कुरा गरे । चारजानमध्ये दुई वर्षको जेल सजायपछि एकजना छुटेका थिए । तीनजना मात्र थिए त्यतिबेला जेलमा । चिनियाँ राष्ट्रपतिले उपहार दिन खोजे । प्रचण्डले मृत्यदण्डको फैसला सुनाइएका आफ्ना कार्यकर्ताको रिहाइका लागि आग्रह गरे ।

Hira Lal Shrestha (2)
अनि मृत्युदण्डलाई जिते

हीरालाल उता जेलमा बसेका थिए । ०६५ चैत १४ मा अग्नि सापकोटा अचानक उनी बसेको ल्हासाको जेलमा गए । हीरालाललाई भेटे । अग्निलाई देखेर हीरालाल रोए । उनलाई अँगालो मारे । धेरै खुसी भएर आासु झरेका थिए उनका । मृत्यु कुरेर बसेका हीरालाललाई अग्निसंगको त्यो भेट सपनाजस्तै लाग्यो । अग्निले ‘तपार्इंको रिहाइका लागि आएको हुँ’ भने । त्यसपछि त हीरालाल झनै खुसी भए । त्यहाँ  भेटिसकेपछि अग्नि निस्के, हीरालाललाई फेरि जेलभित्रै लगियो ।
चैत १५ को बिहान हीरालाललाई जेलमा नयाँ कपडा र झोला दिइयो । अनि त्यहाँबाट सिधै ल्हासा विमानस्थल पुर्‍याइयो उनलाई । विमानस्थलमा फेरि अग्नि भेटिए हीरालालसंग  । उनले तिब्बती अधिकारीसाग कुराकानी गरे । फर्केर आए हीरा भएको ठाउँमा  र भने, ‘अब हामी काठमाडौं जान्छौँ ।’ अग्निले नै हीरालालको रिहाइ भएको सुनाए । ‘हर्षका आँसु आए । मृत्युबाट बााचेर फर्केको अनुभूति भयो । ल्हासा विमानस्थलबाट सिधै काठमाडौं आए,’ हीरालाल भन्छन्, ‘काठमाडौं आएर अग्नि सरको डेरामा गयौँ ।’
प्रचण्डले मागेको उपहार काठमाडौं आएको खबर अग्निले पुऱ्याए । ल्हासाबाट आएकै दिन प्रचण्डले हीरालाललाई भेट्न बोलाए । प्रचण्ड विदेश जान थालेका थिए । पछि ढिला होला भनेर हतार–हतारमा भेट्न बोलाएका रहेछन् । प्रचण्डलाई भेटेपछि हीरालालले आफ्नो जेल पर्ने अवस्थाबारे बताए । प्रचण्डले पनि ‘अब नेपाल आउनुभयो सबै ठीक हुन्छ’ भने ।
हीरालालका लागि चैत १५ को त्यो दिन निकै खुसीको दिन रह्यो । त्यसै दिन उनी जेलबाट छुटे, त्यसै दिन नेपाल आए र त्यसै दिन पार्टीको अध्यक्ष तथा देशकै प्रधानमन्त्री प्रचण्डसंग  भेट गरे । त्यसदिन उनले सोचे, ‘संसारमा असम्भव भन्ने केही रहेनछ, चीनजस्तो देशमा मृत्युदण्ड पाएको व्यक्ति पनि रिहा भएर आउदोरहेछ ।’
यसरी पक्राउ परेको पाँच वर्षपछि उनी रिहा भएर नेपाल आए । उता उनीसगै जेल परेका चिनियाँ भने जेलमै थिए । आज ती कहाँ  छन् हीरालाललाई केही थाहा छैन ।
अनि फेरि अर्को मोड
काठमाडौं आएको अर्को दिन उनी पुरानो मित्र विष्णुकुमार श्रेष्ठको घरमा गए । एक दिन त्यहाँ  बसे । तस्रो दिनमात्र घर पुगे । घरमा पुग्दा सबैले आश्चर्य माने । कसरी आयो ? भने धेरैले । सोच्दै नसोचेको कुरा हुदा घरमा सबै रोए । गाउघर र चिनेजानेका सबै मानिस उनलाई भेट्न आए । देश–विदेशबाट फोन पनि आयो उनलाई । पार्टीभित्र बढ्दो अन्तरविरोधले उनको मनमा ठेस लाग्यो ।
हीरालाल आफौले आफूलाई प्रश्न गर्छन्, ‘सागै हिाडेका साथीहरू सहिद भए, कैयौा बेपत्ता छन् । हामी त मृत्युबाट बााचेर आयौा तर ती सहिद, बेपत्ता र घाइतेका सपनामा मलम चाहिएको छ । तर, नेताहरू आफौ लडेका छन् । पटक–पटक पार्टी फुटाएका छन् । हामी लडेको के नेताहरूका लागि मात्र हो त ?
मृत्युदण्ड पाएका हीरालाल जीवित छन् तर परिवारका अरू सदस्य गुमाए
मृत्युदण्ड पाएका हीरालाल नेपाल आएको पनि सात वर्षभन्दा बढी भयो । तर, योबीचमा उनले आफ्नो परिवारका चार सदस्य गुमाए । ०६८ मा उनले भाइ गुमाए । चाबहिलस्थित मेडिकेयर अस्पतालमा नाकको उपचार गराइरहेका भाइको डाक्टरको लापरबाहीका कारण मृत्य भएको हीरालाल बताउछन् । त्यसको १८ दिनपछि हीरालालले बहिनी गुमाए । भाइको मृत्युपछि बिरामी परेकी बहिनीको १८ दिनपछि मृत्यु भएको उनी बताउछन् । ०६८ जस्तै ०७२ पनि हीरालालका लागि निकै नराम्रो रह्यो । वैशाख १२ मा भूकम्प गयो, त्यसले सिन्धुपाल्चोक जिल्लामा जनधनको ठूलो क्षति गऱ्यो । भूकम्पबाट बचेका हीरालालका बुवा–आमा धेरै बाँच्न सकेनन् । वैशाख १८ गते उनको आमाको मृत्यु भयो । त्यसको पााच दिनपछि उनले बुवा गुमाए । ‘मृत्युदण्ड पाएको म जिउादै छु । म आएको सात वर्षमा परिवारका चार सदस्य गुमाए,’ उनले भने ।
डीएनएन गेस्ट रूपमा आएका हीरालाललाई मैले अन्तिम प्रश्न सोधो प्रचण्ड र अग्नि सापकोटालाई केही भन्ने मन छ । उनी बोल्न हतार गरेनन् र छोटकरीमा भने, ‘जीवनभरि राजनीति गरुाला भनेको थिए, परिस्थितिले साथ दिएन । यसका लागि म क्षमा माग्छु । उहाहरूले आफ्नो भूमिका निर्वाह गर्नुभयो । यसका लागि धन्यवाद ।’ उनी पार्टी विभाजन र माओवादी आन्दोलन क्षतविक्षत बन्न जानुमा सबै नेतालाई उत्तिकै जिम्मेवार ठान्छन् । भने, ‘प्रचण्ड एक्लैलाई दोष दिएर हुँदैन जस्तो लाग्छ । उनी एक्लैले गर्ने भए पदाधिकारी, स्थायी समिति, केन्द्रीय समितिमा बसेकाले के गरे ?’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल