राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गर्छन् पुरुषहरू

राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गर्छन् पुरुषहरू

विद्यार्थी राजनीतिमा नवीना लामा परिचित नाम हो । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अघिल्लो महाधिवेशनबाट महासचिव निर्वाचित उनी अध्यक्षको उम्मेदवारको रूपमा चर्चामा थिइन् । तर पार्टीको आन्तरिक गुटबन्दीको कारण आफू महासचिवमै सीमित हुनुपरेको उनको भनाइ छ । संगठनले माघमा राष्ट्रिय सम्मेलन घोषणा गरेसँगै उनी फेरि अध्यक्षको दौडमा देखिएकी छिन् । संगठनको इतिहासमा पहिलोपटक उत्पीडित तामाङ समुदायबाट महिला अध्यक्ष बन्न लागेको दावी प्रस्तुत गर्दै उनले रातोपाटी गेस्ट रुममा आफ्ना राजनीतिक जीवनका उतारचढाव यसरी प्रस्तुत गरिन् :

नयाँले तान्यो राजनीतिमा
काभ्रे जिल्लाको मादन कुँडारी मेरो घर । गाउँमा महेन्द्र मावि थियो । अहिले त्यसको नाम परिवर्तन भएर सिर्जनशील मावि बनेको छ ।
सरकारी स्कुल । कामचलाउ सुविधा थिए । सीमित भौतिक पूर्वाधारबीच सिर्जनशील अध्ययनको परिकल्पना टाढैको कुरा थियो । पाठ्यपुस्तककै दायरामा सीमित भइन्थ्यो । स्कुलमा नयाँ शिक्षक आउनु, नयाँ विद्यार्थी आउनुजस्ता घटना नै सबैभन्दा नयाँ लाग्थे । nabina lama (2)
सात कक्षामा पढदैथें । त्यस्तैमा एकदिन केही नयाँ मान्छे स्कुलमा आए । एउटा कक्षामा विद्यार्थी जम्मा गरेर प्रशिक्षण दिए । स्कूलको समस्याको कुरा गरे । अनि केही राजनीतिक कुरा गरे । उनीहरू एमालेनिकट विद्यार्थी संगठन अखिलका कार्यकर्ता रहेछन् ।
पहिले त नयाँ मान्छेप्रतिको आकर्षणले उनीहरूका कुरा सुन्यौं । त्यसपछि आफ्ना समस्यालाई सम्बोधन गरेको देख्दा उनीहरूलाई आफ्नै ठान्यौं र संगठनमा बस्न राजी भयौं । केही समयपछि त म प्रारम्भिक कमिटिको अध्यक्ष नै बनें । त्यसो त बुबा पनि राजनीतिमा सक्रिय भएका कारण मलाई यो नौलै बिषय भने थिएन ।
संगठन निर्माण भएको केही समयमै काभ्रे जिल्ला सम्मेलन हुने भयो । ०५३ सालतिरको कुरा हुनुपर्छ यो । मसहित चारजना सम्मेलनको प्रतिनिधि छानियौं । तर राजनीतिक कार्यक्रममा हिंड्न अनुमति थिएन घरमा । बाजे निकै कडा हुनुहुन्थ्यो ।
सम्मेलनमा जानका लागि भनेर बिहानै घरबाट भाग्न खोजेको, भैंसीलाई खोले दिन राखिएको झ्याँगामा ठोकिएर आवाज आइहाल्यो । त्यसपछि बाजेले निस्कन दिनुभएन । अर्को दिन साथीको घरमा बसेर बिहानै भागियो र सम्मेलनमा सहभागी भइयो । चुनौति मोलेर गरिएको कार्यप्रति मोह बढी हुँदोरहेछ । यस्तै चुनौति मोल्दै जाँदा मलाई राजनीतिले मोहनी लगायो ।
राजनीतिक कार्यक्रम र दसैंतिहारमा हुने सामाजिक सांस्कृतिक क्रियाकलापमा सक्रिय हुन थालेपछि कुरा काट्नेहरू पनि भए होलान् । तर मेरोअगाडिचाहिं धेरैले भने, ‘तिमीहरूले केही गरिखान्छौ ।’ यस्तो प्रतिक्रियाले निकै हौस्यायो । सम्मेलनबाट जिल्ला सदस्य चुनिएपछिको उत्साह त झनै अर्कै थियो । विद्यार्थीको हकहितका लागि लड्न जेसुकै परेपनि गर्छु भन्ने अठोट मनमा पलाइसकेको थियो ।

एसएलसीमा पुलिसको तनाव
जिल्ला सदस्य भइसकेपछि ध्यान पढाइमा भन्दा बढी संगठनमा जान थाल्यो । जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणमा सक्रिय हुन थालें ।
त्यतिबेलै एमाले पार्टी विभाजन भयो । हामी मालेपक्षधर अखिलमा लाग्यौं । त्यतिबेला हल्ला चलाइएको रहेछ, ‘माले अब माओवादीमा जाँदैछ ।’ त्यसैले हामीलाई प्रहरीले निकै निगरानी राख्थ्यो । त्यसैले एसएलसी परीषाका बेला पनि निकै तनाव झेल्नुपर्यो । हामीलाई पक्राउ गर्न परीक्षा केन्द्रमै प्रहरी पुगेका थिए । बल्ल बल्ल अभिभावक, शिक्षक र आफन्तको सहयोगमा परीक्षा दिने वातावरण तयार भयो । तर पनि मनोवैज्ञानिक त्रास त थियो नै ।
एसएलसी उत्तिर्ण गरेपछि म फरेष्ट्री पढ्ने सोचका साथ पोखरा गएँ । तर नाम निकाल्न सकिनँ । योग्यता र रूचीभन्दा पनि भनसुनको बोलवाला थियो । त्यो कुराले मलाई झनै आक्रोशित बनायो । त्यसपछि काठमाडौ आएर मिनभवनस्थित कमर्स क्याम्पस भर्ना भएँ र विद्यार्थी राजनीतिमा सक्रिय भएँ ।

बल्ल थाहा भो– म महिला रहेछु
क्याम्पस भर्ना भएलगत्तै संगठन निर्माणमा संलग्न भएँ । ०५६ मा मालेनिकट अखिलको तर्फबाट स्ववियू सभापतिमा प्रतिष्पर्धा गरें । तर हारें । तैपनि सांगठनिक माहोल निर्माण गर्न मैले निकै मेहनत गरेकी थिएँ ।
जब पार्टी एकता भयो । अखिलको पनि एकता भयो । त्यसपछिाको स्ववियू चुनावमा मलाई सभापतिको उम्मेदवार बन्न नै दिइएन । महिलाले सभापति सम्हाल्न सक्दिन, तामाङ हो, बोल्न पनि जान्दिन भन्नेजस्ता हल्ला फिजाइए । कतिले त ‘रंगमञ्चमा जानुपर्ने मान्छे कहाँ राजनीतिमा आएको ?’ समेत भने । संगठनकै नेताले समेत मलाई उम्मेदवार बन्न स्वीकृति दिएनन् । अझ केही नेताले त स्ववियू प्यानलमै नराख्नसमेत जोड गरिरहेका थिए । अन्ततः केही नलागेपछि मलाई सचिवको उम्मेदवार बनाइयो । मैले संगठनको एकताका लागि भनेर सभापतिको दावी छोडिदिएँ । सभापति भनेर चर्चामा आइसकेको हुनाले मलाई निकै लज्जा महसुस भएको थियो । तर पनि संगठनको लागि त्यो पचाएँ ।
त्यतिबेला मलाई पारिवारिक र मानसिक रूपमा पनि निकै गाह्रो भएको थियो । एक त मलाई त्यतिबेला बल्ल थाहा भएको थियो– म महिला रहेछु भन्ने । महिलालाई हेर्ने नेपाली समाजको दृष्टिकोणअनुसार मलाई सभापतिको लागि अयोग्य ठहराइएको थियो । त्यतिबेलासम्म महिलालाई बढी दिने भनेको कोषाध्यक्ष थियो । त्यही मानसिकताको सिकार बनें म ।
अर्कातिर घरपरिवारबाट पनि मलाई राजनीतिमा नलाग्न दवाव आयो त्यसपछि । ‘तिमी तामाङ हौ, त्यहाँमाथि पनि छोरी । त्यसैले अवसर दिँदैनन् । राजनीतिमा लाग्नुको सट्टा जागिर खायौ भने प्रगति हुन्छ,’ आमा र अरू आफन्तको सुझाव उस्तै थियो ।
तर मैले अठोट गरें, ‘तामाङ र छोरी भएर केही फरक पर्दैन भन्ने देखाउँछु ।’ त्यसैले चुनावमा सहभागी भएँ । सचिवमा लोकप्रिय मतसहित जितें । त्यसले मलाई निकै आत्मबल मिल्यो ।
त्यसपछि म विद्यार्थी हितको पक्षमा मरिमेटेर लाग्न थालें । कलेजको समस्या परख गर्न ‘हार्डकभर’ भएको कापी बाँडेर विद्यार्थीबाट सुझाव लिएको अहिले पनि सम्झना आउँछ ।
त्यसपछिको स्ववियू चुनावमा बल्ल मैले सभापतिको उम्मेदवार बन्न पाएँ । तर त्यो समय धेरै चुनौति थियो । अराजकता बढेको थियो । मलाईमात्रै होइन, अखिललाई नै जित्न दिनुहुँदैन भन्ने माहोल बनेको थियो । चुनावसम्म त्यस्तै रह्यो । चुनावको समयमा नेविसंघले बुथ नै फ्यालिदियो र चुनाव नै पछि सार्नुपर्यो । त्यसरी बिथोलिएको वातावरणबीच पनि मैले जितें ।

राजनीतिमै एकोहोरिएँ
स्कुल जीवनदेखि नै राजनीतिमा लागेकाले मैले अन्य क्षेत्रमा कहिल्यै ध्यान दिइनँ । आफ्नै व्यक्तिगत जीवनलाई पनि ध्यान दिइनँ । संगठनले गरेका हरेक क्रियाकलापमा अग्रपंक्तिमा उभिनु नै मेरो दिनचर्या बन्न थाल्यो ।
संगठनले ‘मातृभूमि सन्देश’ भनेर मेचीकाली अभियान गर्यो । त्यतिबेला हामीले राष्ट्रियताको पक्षमा अभियान गर्न पसल–पसल पुगेर १०÷१० रूपैयाँमा पोष्टकार्ड बेचेका थियौं । त्यस क्रममा भारतले सीमा मिचेको ६१ ठाउँमा पुगियो । भारतले बाँध बाँधेको कारण डुबानमा परेका नेपालीको पीडालाई नजिकबाट बुझ्दा आफूले देशको लागि निकै गर्न बाँकी रहेको अनुभूति भएको थियो ।
त्यस्तै राजा ज्ञानेन्द्रले गरेको ‘माघ १९’को कूविरुद्ध आन्दोलन गर्ने क्रममा हिरासतमा बस्नुप¥यो । त्यस्तै प्रविण गुरुङ हत्याको विरोधमा विद्यार्थी प्रदर्शनमा सक्रिय भूमिका खेलियो ।
सबैभन्दा बढी संघर्ष त विद्यार्थीलाई सवारीमा ३३ प्रतिशत छुट दिलाउन गर्नुपरेको थियो । त्यो संघर्षको अग्रपंक्तिमा म पनि थिएँ । त्यस क्रममा प्रहरीको कुटाइदेखि हिरासतसम्मको दुःख भोगियो । अहिले सम्झँदा गर्व लागेर आउँछ । हरेक विद्यार्थीले पाएको सहुलियतमा मलाई अपार खुशी लाग्छ ।
विद्यार्थीको सरोकार अभियानमा निरन्तर सक्रिय हुँदा मलाई धेरैले चिने । मलाई लाग्न थाल्यो, निरन्तरता र मेहनतले मानिसलाई सक्षम बनाउँदो रहेछ । अनि मैले संकल्प गरें, टिकेर राजनीति गर्नुपर्छ । महिला र तामाङले गर्न सक्दैनन् भन्ने भावनालाई परिवर्तन गर्नुपर्छ ।

सबैभन्दा बढी संघर्ष त विद्यार्थीलाई सवारीमा ३३ प्रतिशत छुट दिलाउन गर्नुपरेको थियो । त्यो संघर्षको अग्रपंक्तिमा म पनि थिएँ । त्यस क्रममा प्रहरीको कुटाइदेखि हिरासतसम्मको दुःख भोगियो । अहिले सम्झँदा गर्व लागेर आउँछ । हरेक विद्यार्थीले पाएको सहुलियतमा मलाई अपार खुशी लाग्छ ।

महिलालाई ‘इमोसनल ब्ल्याकमेलिङ’ धेरै हुन्छnabina lama (1)
पितृसत्तात्मक सोच रहेको समाजमा महिला राजनीतिमा आउनु र टिक्नु निकै कठिन हुँदोरहेछ । यो मैले नै भोगें । समस्या घरबाटै शुरू हुन्छ । मेरो घरमा बुबा राजनीतिमा हुनुहुन्छ । उहाँले मलाई राजनीतिमा आउन नै रोक्नु त भएन । तर पनि सहज वातावरण पनि बनेन । घरमा पनि मैले संघर्ष गरिरहनुपर्यो । अर्को कुरा, घरमा जसरी बुबाले आमालाई ‘डोमिनेट’ गर्नुहुन्छ, त्यसको मनोवैज्ञानिक प्रभाव मलाई पनि नपर्ने कुरै भएन । म सोच्छु, ‘मेरो बुबा, जो बुझेको हुनुहुन्छ । आफैँ राजनीतिमा हुनुहुन्छ । तर पनि यस्तो व्यवहार गर्नुहुन्छ भने आम समाजमा कस्तो होला ?’
त्यसैले शब्दमा महिलालाई समान व्यवहार गरिएको छ भन्न सजिलो छ । तर व्यवहारको जटिलता भोग्नेलाई मात्रै थाहा छ । यही कारण अझै समाजमा देखिने र नदेखिने विभेद कायमै छ ।

महिलालाई मानसिक रूपमा कमजोर बनाउन दुई अस्त्र प्रयोग गरिँदोरहेछ– भावना र चरित्र । महिलाको भावनात्मक गुणलाई उपयोग गरेर नजिकिने र पछि ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्ने पुरूषको कमी छैन । त्यो राजनीतिमा होस् या बाहिर । राजनीतिमा अझ धेरै हुने गरेको छ ।

राजनीतिक पार्टी र संगठनमा पनि उत्तिकै समस्या छ । नेताहरूले जे भन्छन्, त्यस्तो व्यवहारमा देखिन्न । केटी भनेको केटी नै हो अर्थात हामीभन्दा तल्लो दर्जाको हो भन्ने सोच धेरैमा पाएकी छु । एकातिर ‘कहाँ महिलाहरू हामीजस्तो मूलधारमा आउन सक्छन् र ?’ भन्ने मानसिकता छ भने अर्कातिर ‘यिनीहरूलाई जे गरे पनि हुन्छ । हामीले जहाँ बोलाए पनि आउँछन्’ भन्ने सोच पनि उत्तिकै व्याप्त छ ।
महिलालाई मानसिक रूपमा कमजोर बनाउन दुई अस्त्र प्रयोग गरिँदोरहेछ– भावना र चरित्र । महिलाको भावनात्मक गुणलाई उपयोग गरेर नजिकिने र पछि ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्ने पुरूषको कमी छैन । त्यो राजनीतिमा होस् या बाहिर । राजनीतिमा अझ धेरै हुने गरेको छ । महिलाले कुनै पनि कार्यकारी स्थानमा आफ्नो क्षमतासहित दावी गर्दा यस्तो ब्ल्याकमेलिङ बढी हुने गरेको मैले नै देखेभोगेकी छु । त्यस्तै महिलालाई कमजोर बनाउन उसको चरित्रमा प्रश्न उठाउने गरिन्छ । कसैसँग हिँडेको, कसैसँग खाएको, गफ गरेको बिषयमात्रै पनि त्यसका लागि पर्याप्त मानिन्छ । जबकि राजनीतिमा ती अनिवार्य क्रियाकलापमा पर्छन् । मेरो सन्दर्भमा त मैले लगाउने कपडालाई समेत चरित्रसँग जोडेर चर्चा गरेको पाएको छु ।
यसरी महिलालाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने कोशिस भइरहेको छ÷हुन्छ । त्यसपछि तीन विकल्प हुन्छन् । जुधेर अघि बढ्ने, आत्मसमर्पण गर्ने वा पलायन हुने । धेरै त तेस्रो विकल्पलाई सुरक्षित ठान्न बाध्य हुन्छन् । राष्ट्रिय राजनीतिमा महिला अनुहार कम देखिनुको प्रमुख कारण यो पनि होजस्तो लाग्छ । यसो भनेर राजनीतिमा सबै पुरुष त्यस्तै छन् भन्न खोजेको होइन । तर त्यस्तो व्यवहार गर्नेको कमीचाहिँ छैन ।
महिलालाई कमजोर पार्न प्रयोग गरिने सबै अस्त्रमा खरो उत्रेर, आफूलाई कतैबाट पनि कमजोर हुन नदिएर निरन्तर संघर्ष गरेर नै म अहिलेको अवस्थासम्म आइपुगेकी हुँ ।

गुटबन्दीको आँखा हुँदैन
राजनीतिमा अर्को ठूलो समस्या हो– गुटबन्दी । हाम्रो मातृपार्टी एमाले पनि नेपाली राजनीतिमा व्याप्त गुटबन्दीको रोगबाट टाढा छैन । गुटबन्दीको सबैभन्दा ठूलो दुर्गुण भनेको आँखा नहुनु हो । भौतिक रूपमा आँखा नहुनेले त मनको आँखाले देख्न सक्छन् । तर यसको त अन्तरदृष्टि पनि हुँदैन । कुनै मानिस आफ्नो गुटको भयो भने त्यसले जति अनैतिक काम गरे पनि हुन्छ । त्यसैले गुटबन्दीले इमान्दारलाई अन्याय गर्छ । म पनि धेरैपटक गुटबन्दीकै कारण अन्यायमा परेको छु । त्यही कारण अघिल्लो सम्मेलनमा म अध्यक्षको उम्मेदवार बन्न पाइनँ ।
अहिलेमात्रै होइन, म सम्पूर्ण रूपमा योग्य हुँदा पनि अहिलेसम्म कुनै पनि पदमा पहिलो पटक नै उम्मेदवार बन्न पाएको ‘रेकर्ड’ नै छैन भन्दा पनि हुन्छ । गुटबन्दी भएपछि निजी स्वार्थले काम गर्न थाल्छ । त्यसैले जतिसुकै सक्षम मानिस भएपनि उसले गुटलाई कति फाइदा दिन सक्छ भन्ने हेरिन्छ । तर म सँधै सामुहिकता र एकताको पक्षमा उभिन्छु । त्यसैले मेरो लागि गुटबन्दी सधैँ चुनौति बन्दै आएको छ ।

गुटबन्दीको सबैभन्दा ठूलो दुर्गुण भनेको आँखा नहुनु हो । भौतिक रूपमा आँखा नहुनेले त मनको आँखाले देख्न सक्छन् । तर यसको त अन्तरदृष्टि पनि हुँदैन । कुनै मानिस आफ्नो गुटको भयो भने त्यसले जति अनैतिक काम गरे पनि हुन्छ ।

गत सम्मेलनको समयमा अखिलमात्रै होइन, एमाले पार्टीलाई नै जनजाति, महिला, दलित र सिमान्तकृतको पक्षमा उभिन नसकेको आरोप लागिरहेको थियो । त्यसबेला मलाई अध्यक्षमा स्थान दिँदा ती सबै मुद्दाका पक्षमा पार्टी र संगठनको प्रतिबद्धता व्यक्त हुन्थ्यो । तर गुटबन्दीकै कारण मुद्दालाई पनि ओझेलमा पारियो । जब गुटबन्दी हुन्छ, तब पार्टी होस् या संगठन त्यहाँ मुद्दा केवल भनिने कुरामात्रै हुन पुग्छ । अहिलेको पुस्ताले राजनीतिमा लड्नुपर्ने पहिलो लडाइँ भनेको गुटबन्दीविरुद्धको हो ।

विकृत विद्यार्थी राजनीतिविरूद्ध अन्तिम मोर्चा
आउने सम्मेलनमा मेरो उम्मेदवारी अध्यक्ष पदमा हुन्छ । त्यसका लागि वातावरण पनि बनिसकेको छ । क्षमता र पदीय क्रमका हिसाबले पनि मेरो उम्मेदवारीको विकल्प छैन ।
नयाँ संविधान बनेसँगै महिलाको नेतृत्व स्थापित हुँदै पनि गएको छ । राष्ट्रपति र सभामुखमा महिला आउनु यसको बलियो संकेत हो । संगठनले पनि यो कुरालाई मनन गरिरहेको मैले पाएको छ । विद्यार्थीको आन्दोलनमा निरन्तर लागिरहेको र सम्पूर्ण सिमान्तकृतको पक्षमा लडिरहेको हुनाले मेरो उम्मेदवारीको विषयमा विवाद हुने सम्भावना देखेकी छैन । अर्को कुरा, विद्यार्थी आन्दोलनमा मैले नेतृत्व लिएर गर्नुपर्ने केही काम छन् । त्यसको लागि पनि संगठनको नेतृत्व लिन मैले आफूलाई शतप्रतिशत तयार पारेको छु । मलाई पूर्ण विस्वास छ, म उत्पीडित तामाङ समुदायबाट संगठनमा पहिलो महिला अध्यक्षको रूपमा आउनेछु ।
अहिले जसरी बिद्यार्थी राजनीतिमा आर्थिक अनियमितता देखिएको छ । त्यसलाई अन्त्य गर्नु पहिलो दायित्व हो । विद्यार्थीको पैसा प्रयोग गरेर जुन ‘हाइफाइ’ शैलीको नेतृत्व बनिरहेको छ, त्यसले समग्र विद्यार्थी आन्दोलनलाई नै विकृत पार्ने खतरा बढिरहेको छ । गुटबन्दीको चुनौति पनि समाप्त भइसकेको छैन ।
अहिले विद्यार्थी राजनीति महँगो बनिरहेको छ । संगठनको कार्यकारी पदमा आउनका लागि पनि आर्थिक चलखेल गर्ने प्रचलन देखिएको छ । त्यो मेरो लागि चुनौति हो । यसलाई भण्डाफोर गर्दै अघि बढ्नु मेरो लागि चुनौति हो । तर म सारा चुनौतिलाई सामना गर्दै अघि बढ्न दृढ छु । मैले कहिल्यै राजनीतिलाई स्वार्थको खेलका रूपमा लिइनँ, सेवाको रूपमा लिएकी छु । र, यसलाई प्रमाणित लागि रहन्छु ।

प्रस्तुति : कला अनुरागी
twitter @kalaanuragi

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल