मंसिर विशेष : अब बिहेको मिति तोक्न बाँकी छ : सुनिता दुलाल

मंसिर विशेष : अब बिहेको मिति तोक्न बाँकी छ : सुनिता दुलाल

11540915_991967287535701_6744495437887543811_nनेपाली संस्कृतिमा मंसिरलाई विबाहको सबैभन्दा उपयुक्त महिना मानिन्छ । सामान्यतः विबाहको उमेर भएका युवायुवतीप्रति यो महिनामा चासो बढ्नु स्वाभाविक हो । अझ उमेर पुगेका सेलिब्रेटीबारे त यो महिनाभर चर्चा भइ नै रहन्छ । मंसिर लाग्नेबित्तिकै इन्टरनेट अन्तरक्रियाको प्रचलित एप्स ‘भाइबर’को ‘पब्लिक च्याट’ मा उपलब्ध हुने पहिलो नेपाली सेलिब्रेटी बनेकी गायिका सुनिता दुलाल त्यस्तै चासोको केन्द्रमा छिन् । केही महिनाअघि नै आफूले उपयुक्त वर भेटिसकेको अभिव्यक्ति दिएकाले पनि यो मंसिरमा उनीबारे चासो स्वतः बढेको छ । यही चासोलाई केन्द्रमा राखेर डिएनएनकर्मी कला अनुरागीले गरेको ‘मंसिर विशेष’ कुराकानीमा सुनिता यसरी प्रस्तुत भइन् :

आउँदो शनिबार म सत्ताइस बर्ष पुग्छु । मलाई सम्झना छ, पहिलोचोटी ‘माग्न’ आउँदा म १७ बर्षकी थिएँ । हाम्रो परिवार काठमाडौं बस्न थालिसकेको थियो । एउटा परिवारबाट मलाई ‘माग्न’ आउने कुरा भएछ । मामाकी छोरीले माग्न आउने परिवार चिन्नुहुँदोरहेछ । उहाँमार्फत आमालाई कुरा आएको रहेछ । जब आमाले मलाई ‘माग्न’ आउन लागेको कुरा भन्नुभयो । म शितांग भएँ । मलाई त्यतिबेला नै आमाबाबाबाट टाढिएर त्यो घरमा गएको अनुभूति भयो ।
‘माग्न’ आउने भनिएको केटासँग मेरो पनि साधारण परिचय थियो । घरमै आउन लागेको आमाले सुनाउनुभयो । मैले आमासँग नभेट्ने जिद्दी गरें । केही समयपछि खबर आयो, ‘हुँदैन भन्ने उत्तर आए पनि केही छैन । तर एकचोटी चाहिँ जसरी पनि भेट्नुपर्यो ।’ घरमा आउने प्रस्ताव रहेछ । मैले अस्वीकार गरें । त्यसपछि बानेश्वरको रेष्टुरेन्टमा हाम्रो भेट तय भयो ।
त्यहाँ मैले ‘केटा’सँग बढीमा १० मिनेट कुरा गरेँ हुँला । कुरा गरेँ त के भन्नु सुनेँ । त्यो १० मिनेट मलाई १० घण्टाभन्दा बढी बोझिलो लाग्यो । उहाँले भनेको कुरामा मैले केवल ‘हजूर, हजूर’ मात्रै भनें । र, अन्तिममा मलाई विबाह गर्ने इच्छा नै छैन भनिदिएँ । र, निस्किहालें । उहाँ एकदमै राम्रो हुनुन्थ्यो । तर मलाई विबाह गर्ने मन नभएकोले होला, फिटिक्कै मन परेन । आफू पनि मिडियामै काम गरिरहेकोले होला, उहाँ पनि मिडियामा काम गर्ने भनेपछि मेरो मन अझ भाँडियो । त्यतिबेला ‘स्कूटी’ चलाउँथें । रेष्टुरेन्टबाट निस्किएर कसरी हिँडे र कहाँ गएँ भन्ने पनि निकैबेरसम्म मैले पत्तो पाइनँ । त्यसरी आीत्तएछु म ।
त्यसपछि पनि माग्न आउने क्रम त रोकिएन, मेरो आत्मविश्वास भने बढ्यो । कतिलाई विबाह गर्दिनँ भनिदिएँ र कतिलाई मैले त अरू नै खोजिसकें पनि भनिदिएँ । कतिसम्म भने कार्यक्रममा जाँदा पनि आयोजकलाई ‘विबाहको प्रस्ताव राख्नुप¥यो, समय मिलाइदिनुस् न’ भनेर भन्ने । म आयोजकलाई भनिदिन्थें, ‘म त कार्यक्रममा आएकी हुँ, केटा खोज्न होइन नि !’
धेरैले फेसबुक र इमेलबाट पनि प्रस्ताव पठाउनुभयो । प्रत्येक बर्ष झण्डै दर्जनजति माग्न आउनुहुन्थ्यो । तर आमाबाबाले जहिले पनि मेरो इच्छालाई नै प्राथमिकता दिनुभयो । कर गर्नुभएन ।
गत बर्ष भने बाबाआमाले भन्नुभयो, ‘अबचाहिं तिमीले विबाह गर्नुपर्छ । दिदीहरूको विबाह भइसक्यो । अहिलेसम्म नराम्रो केही भएको छैन । अब विबाह गर्यौ भने हामीलाई पनि ढुक्क हुन्छ ।’ वास्तवमा म पनि भित्रभित्र त्यस्तै निर्णयमा पुगिसकेकी थिएँ । त्यसैले उहाँहरूकै भनाइलाई शिरोपर गरें । संयोग, खोजेको जस्तो मान्छे पनि भेटें । मलाई लाग्यो, विबाह भन्ने कुरा जुर्नु पनि पर्दोरहेछ ।

10603322_917255078340256_8539520291207212474_n

गत बर्ष बाबाआमाले भन्नुभयो, ‘अबचाहिं तिमीले विबाह गर्नुपर्छ । दिदीहरूको विबाह भइसक्यो । अहिलेसम्म नराम्रो केही भएको छैन । अब विबाह गर्यौ भने हामीलाई पनि ढुक्क हुन्छ ।’ वास्तवमा म पनि भित्रभित्र त्यस्तै निर्णयमा पुगिसकेकी थिएँ ।

०००

आफूले बुझ्ने भएदेखि अठोट गरेकी थिएँ– आफ्नो ‘करियर’ बनाएपछि मात्रै विबाह गर्छु । हुन त कति साथीको ८ कक्षा पढ्दै विबाह भइसकेको थियो । तर म भने प्रेममा पर्न र विबाह गर्नबाट जोगिँदै हिडेँ ।
हुन त मलाई पछ्याउने स्कुल जीवनमै पनि धेरै थिए । धेरैले पत्रसमेत लेखे । एकजनाले त धेरै नै मनपराउनुहुन्थ्यो । विशेष प्रेमपत्र लेख्नुभएको थियो । अहिले त उहाँको विबाह भइसकेको छ । तर मैले ती सबै प्रस्तावलाई वेवास्ता गरेँ । प्रेममा समय दिँदा आफूले चाहेको ‘करियर’ बनाउन सक्दिनँ कि भन्ने मलाई डर थियो । अहिले प्रेम त परिवारबाट पनि प्राप्त गर्न सकिन्छ । तर प्रेमी नै बनाएपछि भने ‘कफीशप’मा ‘ट्रिट’ दिए हुन्थ्यो भन्ने चाहना होला, ‘भ्यालेन्टाइन डे’मा गुलाफ देओस् भन्ने चाहना होला । यसले समयलाई बर्बाद गर्छ भन्ने लाग्थ्यो ।
जब म गायनबाट चर्चामा आउन थालें, ‘फ्यान’हरूले मलाई जन्मदिनमा उपहार पठाउन थाल्नुभयो । ‘केक’ पठाउन थाल्नुभयो । ‘भ्यालेन्टाइन डे’मा गुलाफ पठाउन थाल्नुभयो । यसले पनि मलाई त्यस्तो स्वप्निल प्रेमको परिकल्पना गर्नु नै परेन । मैले आफ्नो करियरमा नै फोकस गर्न पाएँ । बुबाआमा पनि बुझ्ने हुनुभएकोले परिवारबाट पनि दवाव झेल्न परेन । अहिले सोच्छु– यदि मैले पहिले नै विबाह गरेको भए अहिलेको सुनिता दुलाल बन्न पक्कै गाह्रो हुन्थ्यो होला ।

11898641_1015698661829230_8160470593508373979_n
०००

मेरो विबाहको बारेमा मिडिया होस् या फ्यान सबैले चासो राखिरहनुभएको छ । मलाई राम्रो लाग्छ । सुनिता दुलालको विबाह कोसँग होला ? भन्ने जिज्ञासा भनेको मैले प्राप्त गरेको माया नै हो । कतिपय कार्यक्रममा जाँदा कति दिदीबहिनीले विबाह भन्ने कुरा समयमा नै गर्नुपर्छ, खोजिदिउँ भनेर जिस्काउने पनि गर्नुहुन्थ्यो । धेरै जनाले विबाहबारे सल्लाह सुझाव पनि दिनुहुन्छ । शुभचिन्तकको कोणबाट आएको यस्तो प्रतिक्रियाले मलाई खुशी लाग्छ ।
‘बिहे गर’ भन्नु राम्रो कुरा हो । विबाह आवश्यक पनि छ । बंश बढाउन वा बुढेसकालको सहाराका लागि भनेर मात्र होइन, हरेक व्यक्तिलाई एउटा नजिकको व्यक्तिको साथको आवश्यकता महसुस हुन्छ । मलाई पनि त्यो महसुस भएको छ । लामो समय मैले एक्लै दौडधुप गरें । अब चाहिँ साथ दिने व्यक्ति भयो भने अझ अघि बढ्न सक्छु, उसलाई अघि बढाउन सक्छु भन्ने लागेर विबाह गर्ने निर्णय गरेकी हुँ । विबाह गर्न धेरै ढिला गर्नुहुँदैन भन्ने पनि मलाई लागेको हो । ढिला विबाह गर्दाको नकारात्मक असरबारे पनि म जानकार छु । अहिले मैले छनोट गरेको ‘साथी’को उमेर पनि मेरो हाराहारी नै छ । दुई बर्षजतिमात्रै फरक होला । त्यसैले यो ‘हाम्रो’ विबाहको उपयुक्त उमेर हो भन्ने मलाई लागेको छ ।
विबाहको लागि प्रेमको आवश्यकता निश्चय नै पर्छ । त्यसो भनेर लामो समय प्रेममा नै पर्नुपर्छ भन्ने छैन । कमसेकम आफूलाई बुझ्ने व्यक्तिको छनोट गर्न र उसको बारेमा बुझ्नचाहिं समय लिनुपर्छ । नबुझीकन हाम फाल्नुहुँदैन । ‘मागी’ विबाह नै हुने भएपनि मैले त्यो समय लिएँ । मलाई कहिल्यै कुनै केटा देख्नेबित्तिकै योसँग विबाह गर्न पाए हुन्थ्यो भन्ने लागेको थिएन, अहिले भने लागेको छ ।

मलाई कहिल्यै कुनै केटा देख्नेबित्तिकै योसँग विबाह गर्न पाए हुन्थ्यो भन्ने लागेको थिएन, अहिले भने लागेको छ । विबाहको लागि प्रेमको आवश्यकता निश्चय नै पर्छ । त्यसो भनेर लामो समय प्रेममा नै पर्नुपर्छ भन्ने छैन । कमसेकम आफूलाई बुझ्ने व्यक्तिको छनोट गर्न र उसको बारेमा बुझ्नचाहिं समय लिनुपर्छ ।

०००

मैले विबाहको लागि व्यक्ति छनोट गरेको खबर सार्वजनिक गरेपछि धेरै ‘फ्यान’हरू त खुशी नै भएको पाएको छु । ‘को होला त्यस्तो भाग्यमानी ?’ ‘नाम नै भनिदिनु भए पनि हुने’ भन्नेजस्ता प्रतिक्रिया पनि आइरहेको हुन्छ ।
केहीले चाहिँ निराश भएर पनि ‘म्यासेज’ गरिरहनुभएको छ । जसले सुनिता दुलालसँग जीवन बिताउने सपना देख्नुभएको थियो, निराश हुनु स्वाभाविक हो । तर मलाई अहिले लाग्न थालेको छ कि विबाह भन्ने कुरा जुर्नु नै पर्दोरहेछ । चाहेरमात्रै हुँदोरहेनछ ।

एकजना ‘फ्यान’ले धेरै नै चित्त दुखेको बताउनुभयो । उहाँले मलाई धेरै मन पराउनु हुँदोरहेछ । त्यसो त उहाँले एकदमै धेरै ‘सपोर्ट’ पनि गर्नुहुन्थ्यो । फ्यानपेज नियमित कमेन्ट गर्ने, हरेक बर्थडेमा गिफ्ट पठाउने र हरेक शुक्रबार ‘म्यासेज’ पठाउने गर्नुहुन्थ्यो । तर जब उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले स्वीकार्न सकिनँ ।

केही समयअघि एकजना ‘फ्यान’ले धेरै नै चित्त दुखेको बताउनुभयो । उहाँले मलाई धेरै मन पराउनु हुँदोरहेछ । त्यसो त उहाँले एकदमै धेरै ‘सपोर्ट’ पनि गर्नुहुन्थ्यो । फ्यानपेज नियमित कमेन्ट गर्ने, हरेक बर्थडेमा गिफ्ट पठाउने र हरेक शुक्रबार ‘म्यासेज’ पठाउने गर्नुहुन्थ्यो । तर जब उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले स्वीकार्न सकिनँ । उहाँले मन दुखेको कुरा व्यक्त गर्नुभएको थियो । त्यतिबेला भने नरमाइलो अनुभूति भयो ।
०००

अहिले मैले जसलाई छनोट गरेको छु । उहाँ यो क्षेत्रमा रूचि राख्ने र सम्मान गर्ने हुनुहुन्छ । त्यसैले विबाहपछि पनि मलाई ‘करियर’मा असर पर्लाजस्तो लागेको छैन । स्वाभाविक हो मैले परिवारलाई केही समय बढी दिनु नै पर्छ । तर कार्यक्रममा जाने, मिडिया र फ्यानलाई समय दिने, नियमित एल्बम ल्याउने कुरामा बाधा नहोस् भन्ने कुरामा सल्लाह गरिसकेको छु । अहिले पनि कतिपय कुरामा सल्लाह लिने गरेको छु । ‘उहाँ’ बुझ्ने र सहयोग गर्ने नै हुनुहुन्छ भन्ने अनुभूति भएको छ । ‘उहाँ’ को हो भनेर भन्ने बेलाचाहिं अलि भएको छैन । ‘सरप्राइज’का साथ बिहेभन्दा दुई महिनाअगाडि थाहा दिने योजनामा छु । यो मंसिरमा देशको अवस्था र मेरो योजना दुवैको कारणले पनि विबाह सम्भव भएन । तर ०७३ को मंसिरचाहिं कट्दैन । बरू अगाडि नै होला । मिति तय भइसकेको छैन । बैशाखसम्ममा मिति पनि ‘फाइनल’ हुन्छ ।

लेखकलाई ट्वीटरमा यहाँ भेट्न सकिनेछ

twitter@kalaanuragi

तस्विर : सुनिता दुलालको फेसबुकबाट

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल