फुडबार : एभोकाडोको रुखमुनि रेस्टुरेन्ट

फुडबार : एभोकाडोको रुखमुनि रेस्टुरेन्ट

hariyali (3)
कोटेश्वरको सहयोगीनगर वागमतीको किनारमा नयाँ बाटो छ । त्यही नयाँ बाटोमा दुई रोपनी जग्गामा अवस्थित छ, हरियाली एभोकाडो रेस्टुरेन्ट एन्ड ब्यांक्वेट । रेस्टुरेन्टको गेटबाट छिर्नेबित्तिकै चिटिक्क परेको बगैँचा छ, जहाँ एभोकाडोको तीन रुखका अलाबा धुपी तथा अन्य जातका धेरै रुख छन् । शान्त र शीतल वातावरण भएको हरियाली एभोकाडो रेस्टुरेन्ट एन्ड ब्यानक्वेट एक पारिवारिक रेस्टुरेन्ट हो । यहाँ पे्रmन्च र इटालियन मिक्सड खानाका साथै नेपाली खाना पनि पाइन्छ । चिकेन पिज्जा आलो, लेमन चिकेन, सिंगापुरियन चिकेन, फिस फ्लाटर, सी फुड, कालामारी रिङ, अक्टोपस, मटन कसौडी यहाँको स्पेसल खाना हो । अझ साँझको समयमा यहाँका रुखमा प्रशस्त भँगेरा बास बस्न आउँछन् ।
९ भदौ ०६८ बाट एक करोड ४० लाख रुपैयाँको लगानीमा हरियाली एभोकाडो रेस्टुरेन्ट एन्ड ब्यानक्वेट खोलिएको हो । यसका सञ्चालक उत्तम भण्डारी हुन् ।

hariyali (2)

‘सुरुमा साथीभाइसँग रमाइलो गर्न र जमघटका लागि भनेर रेस्टुरेन्ट खोलेको थिएँ,’ भण्डारी भन्छन्, ‘पछि यसैलाई व्यवसायमा विस्तार गरेँ । धेरै मेहनत गरेको छु ।’
खाना स्वास्थकर बनाउन कम चिल्लो र पिरोको प्रयोग गरिने भण्डारीले बताए ।
यस रेस्टुरेन्टमा एकपटकमा एक सय ३० जना ग्राहक अटाँउछन् । साथै बालबच्चाहरु खेल्ने उद्यान, पार्टीको लागि हलको पनि व्यवस्था छ ।

hariyali (6) hariyali (5) hariyali (4) hariyali (1) hariyali (11) hariyali (10) hariyali (8) hariyali (9) hariyali (7)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल