तराईमा नेपाली रुपैयाँ प्रचलनमा ल्याउने गभर्नर

तराईमा नेपाली रुपैयाँ प्रचलनमा ल्याउने गभर्नर

दीपेन्द्र राई

तराईमा पहिलोपटक नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सफल हिमालयशमशेर राणाको अर्थ मन्त्रालय स्थापना गर्न अहम् भूमिका थियो । पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणा र पहिलो अर्थ सचिव हिमालयशमशेरले मन्त्रालय स्थापना गर्न थुप्रै पापड बेलेका थिए । पाँच वर्ष अर्थ सचिव रहेका हिमालयशमशेरले पहिलो गभर्नरको भूमिकासमेत निर्वाह गरे । २४ वर्ष युएनमा काम गरेका उनले अवकाशपछि हिमालयन बैंक सञ्चालनमा ल्याएका हुन् ।

पहिलो निजी बैंक

‘नबिल पहिलो ‘ज्वाइन्ट भेन्चर’ बैंक हो,’ हिमालयन बैंक प्रमुख सल्लाहकार हिमालयशमशेर राणाले सुनाए, ‘त्यसपछि इन्डोस्वेज र ग्रिनलेज खुल्यो । हिमालयन चौथो ज्वाइन्ट भेन्चर बैंक हो ।’

युएनमा २४ वर्ष काम गरेर अवकाश लिएपछि उनलाई केही न केही गर्नुपर्छ भन्ने लाग्यो । युएनबाट अवकाश लिएको ६ महिनापछि बैंक खोल्ने पक्कापक्की भयो । ज्वाईं पृथ्वीबहादुर पाण्डेले राष्ट्र बैंक छाड्न तयार भए ।

‘बैंक खोल्नु छ । नयाँ बैंकलाई कसैले पत्याउने कुरै भएन,’ उनले अतीत सम्झे, ‘नाम चलेको बैंकसँग साझेदारी गर्नुपथ्र्यो । नेपालको बैंकसँग संयुक्त लगानी गर्न कुनै पनि बैंकले मानेनन् । अमेरिकन र बेलायती बैंकसँग सम्पर्क गरें । वास्तै गरेनन् । भारतीय बैंकसम्मले पत्याएनन् । अन्ततः पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानी हिमालयन बैंक स्थापना भयो ।’

जोखिम मोलेर हिमालयन बैंकलाई नम्बर वन् बनाउने रहर नभएको बताउने १२ वर्ष सीईओको भूमिका निर्वाह गरेका हिमालयशमशेर राणाले खुसी व्यक्त गरे, ‘नेपालकै पहिलो निजी हिमालयन बैंक ‘सेफ एन्ड साउन्ड’ छ भनेर ग्राहकले भनिदिँदा कम्ती खुसी लाग्दैन ।’

हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक सञ्चालनमा ल्याउँदा टीका/टिप्पणी गर्ने नभएका होइनन् । भन्नेले भारतको बोलवाला भएको ठाउँमा पाकिस्तानी बैंकसँगको संयुक्त लगानीमा बैंक खोल्दै छौ, तिमीलाई असफल बनाउँछ भने । उनी विचलित भएनन् ।


संवत् २०४९ मा सञ्चालनमा आएको ‘क’ वर्गको इजाजतपत्र प्राप्त हिमालयन बैंक स्थापना गर्दा चार समूह रहेका थिए । चार समूहमध्ये राणा, पाण्डे, नेवार र मारवाडी समूह थिए । चार समूहको ५१ प्रतिशत सेयर थियो । हबिब बैंकको २० प्रतिशतमात्रै थियो भने बाँकी अन्यको । भने, ‘त्यतिबेला नबिल, इन्डोस्वेज र ग्रिनलेजमा ५१ प्रतिशत सेयर विदेशी बैंकको थियो । तर, मैले त्यसो गर्न मानिनँ । हिमालयन बैंकमा नेपालीको ५१ प्रतिशत सेयरमात्रै होइन, अध्यक्ष र सीईओ पनि नेपाली नै थिए ।’

जोखिम मोलेर हिमालयन बैंकलाई नम्बर वन् बनाउने रहर नभएको बताउने १२ वर्ष सीईओको भूमिका निर्वाह गरेका हिमालयशमशेर राणाले खुसी व्यक्त गरे, ‘नेपालकै पहिलो निजी हिमालयन बैंक ‘सेफ एन्ड साउन्ड’ छ भनेर ग्राहकले भनिदिँदा कम्ती खुसी लाग्दैन ।’

ऊबेला खरिदार, डिठ्ठा, सुब्बा, सरदार, काजीले प्रशासन चलाउँथे । राणाजी ‘डाइरेक्टर’ हुन्थे । त्यो प्रणाली खारेजपछि सचिव राख्न थालियो ।

पहिलो अर्थ सचिव

००७ अघि मन्त्रालय थिएनन् । विभागमात्रै थिए । ००७ को राजनीतिक परिवर्तनसँगै मन्त्री भए । मन्त्री भएपछि मन्त्रालय चाहिए । त्यसक्रममा अर्थ मन्त्रालय स्थापना भयो । सुवर्णशमशेर अर्थमन्त्री भए । मन्त्रालय स्थापनापछि कस्ता मानिस अर्थ सचिव राख्ने भन्ने छलफल चल्यो ।


ऊबेला खरिदार, डिठ्ठा, सुब्बा, सरदार, काजीले प्रशासन चलाउँथे । राणाजी ‘डाइरेक्टर’ हुन्थे । त्यो प्रणाली खारेजपछि सचिव राख्न थालियो । ‘अर्थशास्त्रमा एमए र एमकम गरेकालाई सचिव बनाउने निर्णय भयो,’ उनले जानकारी गराए, ‘त्यतिबेला अर्थशास्त्रमा एमए गरेका मलगायत लीलाप्रसाद लोहनी र प्ररीक्षितनरसिंह राणा र एमकम गरेका कृष्णराज राजभण्डारी एउटै लेभलमा काम गर्न थाल्यौं । फागुन/चैतबाट काम थालेका थियौं । असारसम्ममा पर्फमेन्स राम्रो भएको भन्दै मलाई अर्थ सचिव बनाइयो ।’

पहिलो गभर्नर

अर्थ सचिवलाई नै गभर्नर बनाउने प्रावधान छ । नेपालमा मात्रै होइन, भारतमा समेत त्यस्तै अभ्यास छ । पाँच वर्ष अर्थ सचिवको भूमिका निर्वाह गरेपछि उनी राष्ट्र बैंकको गभर्नर बने । यो ०१३ सालको कुरा हो ।

अन्ततः पहिलो अर्थ सचिवको इतिहास रचेका उनी पहिलो गभर्नर बनेर अर्को इतिहास बनाए । गभर्नर बनेपछि उनले ‘सिग्नेचर’ गरेको नोट प्रचलनमा आयो । आफूले ‘सिग्नेचर’ गरेको नोट प्रचलनमा आउँदा उनलाई सामान्य लागे पनि इष्टमित्र र शुभचिन्तकले बधाइ दिए । कतिपयले खुसी व्यक्त गरे ।

त्यतिबेला तराईमा नेपाली मुद्रा चलनचल्तीमा थिएन । ‘तराईमा नेपाली मुद्रा चलनचल्तीमा ल्याउने निष्कर्षमा पुग्यौं,’ उनले प्रस्ट्याए, ‘जबरजस्ती इस्तिहार टाँसेर नेपाली मुद्रा चलनचल्तीमा ल्याऊ भन्दा मान्दैनथे । तराईवासीलाई प्रत्येक साता सीमापारि गएर आवश्यकीय वस्तु खरिद गर्नुपथ्र्यो ।’

गभर्नरको नियुक्ति लिँदा आठ सय तलब रहे पनि अवकाश हुँदाताका एक हजार दुई सय पुगेको थियो ।


पहिलेकै कायम

त्यतिबेला तराईमा नेपाली मुद्रा चलनचल्तीमा थिएन । ‘तराईमा नेपाली मुद्रा चलनचल्तीमा ल्याउने निष्कर्षमा पुग्यौं,’ उनले प्रस्ट्याए, ‘जबरजस्ती इस्तिहार टाँसेर नेपाली मुद्रा चलनचल्तीमा ल्याऊ भन्दा मान्दैनथे । तराईवासीलाई प्रत्येक साता सीमापारि गएर आवश्यकीय वस्तु खरिद गर्नुपथ्र्यो ।’

त्यसपछि उनीहरूलाई चाहिएको बेला भारतीय रुपैयाँ नेपाली रुपैयाँमा सटही गर्ने व्यवस्था मिलाइयो । सटही गर्ने सुविधा भए पनि भारतीय रुपैयाँको दर/रेट कति राख्ने अन्योल भयो । तराईवासीले नेपाली मुद्रा चलनचल्तीमा ल्याउन उनीहरूले चाहेको बेला भारतीय पैसा साट्न सक्नुपर्यो । ‘त्यतिमात्रै होइन, नेरु र भारुको सप्लाइ थाहा पाउनुपथ्र्यो,’ उनको भनाइ थियो, ‘मैले इलामदेखि कैलालीसम्म कहीं शाखा, कहीं डिपो खोलें । सम्बन्धित जिल्लामा डिमान्ड एन्ड सप्लाइ कति छ भनेर अध्ययन गरें । सारा अध्ययनपछि भारतीय सय रुपैयाँको दर/रेट १६० तोक्न सकिने निष्कर्ष निकालियो । यो २०१७ चैत मसान्तको निष्कर्ष हो । सो दर÷रेट बीपी कोइरालाले घोषणा गरेका थिए ।

‘भारतीय प्रतिनिधि पैले त्यसो गर्न सकिँदैन भन्दै पाँच रुपैयाँ भारु बाजी राखे,’ उनले विगत सुनाए, ‘सफल भएपछि म कलकत्ता पुग्दा उनले पाँच रुपैयाँ भारु दिए ।’ रेट जोखना हेरेर होइन ‘इम्पेरिकल इभिडियन्स’ का आधारमा तय गर्नुपर्छ । रेट तोकेपछि पनि समस्या त थियो नै । इलामदेखि झापासम्मको ‘डिमान्ड एन्ड सप्लाइ’ थाहा भयो । डिपो खडा गर्यौं । त्यहाँ भारु साट्न पनि आए । तर, नेपाली नोटको ‘स्टक’ सकियो भने काठमाडौंबाट सम्बन्धित ठाउँसम्म नोट कसरी पुर्याउने भन्ने चिन्ता थियो । बाटोघाटो थिएन । तसर्थ, व्यवस्थापन गर्न सम्भव देखिएन ।

‘तीन रात निद्रा लागेन,’ त्यतिबेला तराईमा नेपाली मुद्रा चलाउन सफल हिमालयशमशेर राणाले भने, ‘चौथो रात उपाय सुझ्यो । प्रत्येक ठाउँमा निष्कासित नभएको नोट पनि स्टक राखिदिएँ । निष्कासित नोट सकियो भने निष्कासित नभएको नोट चलनचल्तीमा ल्याउने । उसले निष्कासित नभएको नोट ल्याएपछि निष्कासित नोट दिन सकियो । त्यसो भएपछि नोटको सीमा नाघेन ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल