पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन :  जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारी नेपालको संविधान २०४७ लेख्नेमध्येका एक हुन् । नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्व सरकारको अर्थमन्त्री अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याउँदा संसद्मा लखेटिनुपरेको थियो । भन्नेले राष्ट्रको ढुकुटी रित्यायो भनेर आरोप लगाए । तर, उनी विचलित भएनन् ।

८१ वर्षीय अधिकारी हिजोआज भने विचलित छन् । भने, ‘राजनीतिमा लागेको ६० वर्ष बिताएँ । मैले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबै पाएँ । मैलेमात्रै पाएर भएन । खै त गाउँ फेरिएको ? जनता खुसी भएको कहिल्यै देख्न पाइएन । त्यसैले मलाई एकदमै छटपटी हुन्छ ।’ समृद्ध मुलुक बनाउन १० वर्ष भए पुग्ने बताउने नेता भरतमोहन अधिकारीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
त्यतिबेला दहीचिउरा असाध्यै मन पथ्र्यो । दमले समातेपछि छाड्नुपर्यो । दूध पनि त्यत्तिकै मन पथ्र्यो । चिकित्सकले दूधबाट बनेका परिकार नखानू भनेपछि मुख बार्दै आएको छु । खसी मासु र माछा मन परे पनि स्वास्थ्यलाई ध्यानमा राख्दै छाड्नुपर्यो ।


खानकै लागि पहिले पनि रेष्टुरेन्ट गइनँ । २००८ मा कम्युनिस्ट पार्टी सदस्य भएँ, लगातार छु । सुखको दिन त अहिले हो देखेको । जवानीमा देख्न पाइएन । त्यतिबेला कसैले मकैभटमा दिए ठूलो मानिन्थ्यो । हिजोआज कामविशेषले पाँचतारे होटल, रेष्टुरेन्ट जान्छु । तर, पानीमात्रै पिउँछु । एकताका मःमः, चिकेन रोस्ट मन पथ्र्यो । पकाउने रुचि कहिल्यै भएन ।

मेरो पोसाक
प्रायः सर्ट, पाइन्ट र कोट लगाउँछु । सालिन्दा कपडा किन्दिनँ । रातो, नीलो र सेतो रङको कपडा रोजाइमा पर्छन् । कपडा किनेरै सिलाउने गर्छु । सिलाउन श्रेष्ठ टेलरिङ पुग्छु । भादगाउँ र ढाकाटोपी धेरै लगाएँ ।

मेरो फिटनेस
बिहान/बिहान सामान्य शारीरिक अभ्यास गर्छु । धेरैजसो हिँड्छु । बाहिर नसके घरभित्रै हिँड्ने गर्छु । चिसोबाट बच्नुपर्ने भएकाले मर्निङवाक निस्कन्न । घरवरिपरि टहलिन्छु ।

मेरो अध्ययन
एमालेले मलाई आर्थिक फाँट हेर्ने जिम्मेवारी दियो । सरकारमा होस् वा सरकारबाहिर रहँदा मैले पाएको जिम्मेवारी निर्वाह गर्दै आएको छु । हिजोआज जनताको बहुदलीय जनवादको अर्थशास्त्र, दर्शन, चिन्तनबारे किताब लेख्न लागिपरेको छु । स्वास्थ्यले साथ दिइरहेको छैन ।

दर्शनशास्त्र पढ्न जाँगर चल्छ । पढ्न लैजानेले मेरा किताब कहिल्यै फिर्ता गरेनन् । घरको पुस्तकालयमा चार/पाँच सय किताब अझै होलान् । किताब र पत्रपत्रिकामा वार्षिक १०/१२ हजार रुपैयाँ खर्चन्छु ।

मेरो घुमफिर
घुमफिर गर्न मन लाग्छ । नेपालका ३०/४० जिल्ला पुगेको छु । चीन, भारत, अमेरिका, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, जर्मनी र बेलायत पनि टेकेको छु । घुमेकामध्ये इलाम, काभ्रे र न्युजिल्यान्डको ओकल्यान्ड असाध्यै मन पर्यो ।

मेरो फुर्सद
पहिले पार्टीको धेरै जिम्मेवारीमा थिएँ । हिजोआज त्यस्तो छैन । पाँच÷छ महिना बिरामी परें । उपचारका लागि बैंककसम्म पुगें । अत्यावश्यक कामबाहेक आराम गरेर बिताउँछु । पहिले १२/१४ घन्टा लगातार काम गरिन्थ्यो । हिजोआज दुई/तीन घन्टा काम गरेपछि आराम गरिहाल्नुपर्छ । फुर्सदको समय आराम गरेर बिताउँछु । कहिलेकाहीं आलेख लेख्छु । प्रकाशोन्मुख दुई किताब लेखेर समय सदुपयोग गर्ने गर्छु । क्रियाशीलता नै जीवन हो ।

मेरो खेलकुद
विद्यालय पढ्दा भलिबल र फुटबल खेलेको थिएँ ।

मेरो मोबाइल
मैले प्रयोग गरेको सामसुङ मोबाइल मेरी छोरीले उपहार दिएकी हुन् । फोन आएको बेला उठाउने र फोन गर्नेबाहेक केही गर्दिनँ ।

मेरो टेलिभिजन
टीभीमा समाचर हेर्छु । महत्वपूर्णजस्तो लागेमा ‘टक शो’ पनि हेर्न मन लाग्छ । सामान्यतः आठ बजेतिर टीभी हेर्ने साइत जुर्छ ।

मेरो चलचित्र
धेरै भयो चलचित्र नहेरेको । त्यतिबेला दिलिपकुमार, राज कपुरहरूका चलचित्र हेरेको थिएँ ।

मेरो रोग
दम छ । मुटुमा समस्या छ । ग्यास्ट्रिकले सताएको धेरै भयो । पिसाबमा पनि समस्या छ । समय/समयमा स्वास्थ्य परीक्षण गर्दै आएको छु ।

मेरो भाषणशैली
विषयवस्तुलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्छु । थेगो प्रयोग गर्छु÷गर्दिनँ सुन्नेले भन्नुपर्ने हो । भाषण गरेको आधारमा धेरैपटक विवादमा तानिएको छु । ‘जेनुयन’ कुरा गर्दा विवादमा परिँदोरहेछ । जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु ।

मेरो मापसे
पहिले चुरोट पिउँथें । पछि छाडें । कहिलेकाहीं लोकल रक्सी पिउँथें । जुन बेला रक्सी पिउइन्थ्यो त्यतिबेला ठर्रामा चित्त बुझाइयो । पिउन छाडेपछि बोतलका बोतल ल्याइदिन्छन् । हिजोआज ब्ल्याक लेबल ल्याइदिन्छन् म के गरौं ।

मेरो संगीत
यदाकदा गीत सुन्छु । गीत, गायक÷गायिकाको नाम सम्झन सकिनँ ।

मेरो भूल
राजनीतिमा लाग्दा कहिल्यै गल्ती गरिनँ । पाँचौं, छैटौं, सातौं र आठौं पार्टी महाधिवेशनको व्यवस्थापन मैले गरें । पार्टी अध्यक्ष प्रणालीमा जाने भयो । तीन उपाध्यक्ष राख्ने कुरा भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मलाई उपाध्यक्षमा प्रस्ताव गर्नुभयो । मैले नाइँ भनें । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तै प्रस्ताव गर्नुभयो । मैले मानिनँ ।

खनाल र ओलीले उपाध्यक्षका लागि प्रस्ताव गर्दा नाइँ भने पनि उपाध्यक्षमै उम्मेदवारी दिएँ । पछि के/के भयो कुन्नि खनालजीले आफ्नो टिमबाट मलाई हटाउनुभयो । दुवैको प्रस्ताव आउँदा नाइँ भन्नु पछि उम्मेदवारी दिनु मेरो भूल थियो ।


यसैगरी, दलको नेता को बन्ने भन्ने रस्साकस्सी चलिरहेको थियो । ओलीले मलाई भोट दिनुहोस् है भने । लगत्तै म तपाईंलाई भोट दिन्न भनें । पछि मैले त्यसो भन्नुहुँदैनथ्यो भनेर अनुभूति गरें ।

मेरो घर
यो घर दुई वर्षअघि एक करोड ८० लाखमा किनेको हुँ । घर किन्दा पुख्र्यौली सम्पत्ति परेको हो ।

मेरो राशी
मेरो राशी कन्या हो । ग्रहदशा ज्योतिषीले भन्ने हो । बिरामी परेकाले ग्रहदशा नराम्रो होला कि भन्ठान्छु । ग्रहशान्ति गराउने गरेको छैन ।

मेरो प्रेम
बिहे मागी नै हो । कम्युनिस्ट आन्दोलनमा समर्पित उनी वाममोर्चाबाट त्रिवि कीर्तिपुरकी कोषाध्यक्षमा निर्वाचित भइन् । एउटै पार्टी भएकाले काम गर्न सजिलो हुने भएकाले बिहे गर्यौं । श्रीमतीकी माइतपट्टिको नाता पर्ने मीनराज आचार्यको मध्यस्थतामा हाम्रो बिहे भएको थियो ।

मेरो परिवार
परिवारमा ७२ वर्षीया श्रीमती र तीन छोरी छन् । ठूली छोरी लुना अधिकारी बस्नेतसँग बिहे गरेकी हुन् । मेडिकल डक्टर उनी भारतको सिक्किममा बस्छिन् । आचार्यसँग बिहे गरेकी माइली लीमा अधिकारीको काठमाडौंमा आफ्नै ‘बिजनेस’ छ । कान्छी छोरी लिजा अधिकारी दुबईमा कार्यरत छिन् ।

मेरो सपना
मैले जीवनमा नपाएको केही छैन । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबै भएँ । कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री, पाँचपटक मन्त्री भएँ । दुईपटक संविधान लेख्ने अवसर पाएँ ।

तीन छोरी हाइली क्वालिफाइड छन् । जेठी छोरी सिक्किमको एक अस्पतालमा हड्डीकी चिकित्सक हुन् । कान्छी छोरी दुबई कार्यरत छिन् । साखा सन्तानमा पनि दुःख छैन ।

तर, मैले जेका लागि जीवन दिएँ, हातमा केही छैन । गाउँ फेरिएन । मुलुकमा रोजगारी नपाएर युवकयुवती बिदेसिइरहेका छन् । राजनीतिमा ६० वर्ष लगानी गरे प्रतिफल पाउँदै पाइएन । जनतामा खुसी देख्न पाइएन । त्यसैले मलाई छटपटी हुन्छ ।
मुलुक बनाउन १० वर्षभन्दा बढी समय लाग्दैलाग्दैन । स्रोत/साधन छ । सहयोगी नेपाली जनता छन् । तर, नेतामा चिन्तन गर्ने ‘भिजन’ भएका नेता भएनन् ।

मेरो मृत्यु
मृत्यु अनिवार्य परिणाम हो । जसलाई हामीले स्वीकार्नुपर्छ । जीवन मिसन हो । पुरानो पात नखसी नयाँ आउँदैन । नयाँ पात आउन पुरानो झरिदिनैपर्यो । मृत्युसँग डर लागे पनि दुई/चार काम गरिछाड्ने ध्याउन्नमा छु ।


पार्टीको कोसी सचिव थिएँ । भारतको नक्सलाइड पसेर हाम्रो पार्टीमा विद्रोह गराए । नक्सलाइडले मानिस मार्दै हिँडेका थिए । त्यो हावा नेपालसम्म फैलियो । भित्रभित्रै समूह बनिसकेको रहेछ । म त्यसको विपक्षमा थिएँ । म झापाको शनिश्चरे पुगेको थिएँ । टीकाजी पार्टी सदस्य थिए । उनको घर पुगें । नक्सलाइडमा संगलग्न साथीहरूलाई सम्झाइबुझाइ गर्न म त्यता गएको थिएँ । राति चार/पाँचजना केटाहरू चिठ्ठी लिएर आए । उनीहरूले दुई कोस पर पार्टी बैठक राखेका छौं जानुपर्यो भने । म जान तयार हुँदा टीकाजीलगायतले राति जानुहुँदैन भनेपछि म गइनँ । राति साढे ११ बजेतिर उनीहरू फेरि आएर म बसेको घरमा डङडङडङ गरे । भरतमोहन अधिकारी भनाउँदा नेता तल आइज भनेर उनीहरू चिच्याए । खुब नेता भइखाको भन्दै मनपरी भन्न थाले । त्यही समय टीकाजीले म बसेको कोठाको बाहिरबाट ताल्चा लगाइदिएछन् । तिमीहरूले जे गर्नु छ भोलि गर । मेरो घरमा नरहत्या गर्न दिन्न भनेर टीकाजीले भने । म तलमात्रै झरेको भए, जे पनि हुन्थ्यो भनेर टीकाजीलगायतले भने ।

मेरो बुवा तास खेल्दाखेल्दै बित्नुभयो । आमा दूध पिएर सुतेको अवस्थामा बित्नुभयो । मनमोहन अधिकारी कार्यक्रम सकेर घर फर्कंदै गर्दा गाडीमै बित्नुभयो । मेरो मृत्यु पनि बुवाआमा र दाइकै जस्तो होस् ।

यी जीवन कथा पनि पढ्नुहोस्

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल