राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

चक्रपाणि चालिसेद्वारा लिखित ‘श्रीमान् गम्भीर नेपाली’ शीार्षकृत राष्ट्रगान संवत् २०६३ जेठ ४ गतेको व्यवस्थापिका संसद्ले खारेज गर्यो । खारेजपछि नयाँ राष्ट्रगानका लागि आह्वान गरियो । सरकारले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा १४ सदस्यीय राष्ट्रगान चयन कार्यदल गठन गर्यो । कार्यदलले राष्ट्रगानका लागि एक हजार दुई सय ७२ गीतमध्ये ‘सयौं फूलका थुँगा हामी एउटै माला नेपाली’ शीर्षाकृत गीत छनोट गरी ०६३ मंसिर १४ सिफारिस गर्यो । वरिष्ठ संगीतकार अम्बर गुरुङद्वारा संगीतबद्ध राष्ट्रगानमा २० गायक/गायिकाले गाएका छन् । ०६४ साउन १८ मा बसेको संसद्ले राष्ट्रगान पारित गरेको थियो । राष्ट्रगान लेखक व्याकुल माइलासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना

आदर्शको कुरा गरेजस्तो हुन्छ तर मलाई ढिँडो र सिस्नु असाध्यै मन पर्छ । पछिल्लो समय तीतेकरेला पनि मन पर्न थालेको छ । स्वास्थ्यका कारण कोलस्ट्रोल बढ्दै गएकाले माछामासु कम गर्दै जानुपर्ने भएको छ । आलु बार्नुपर्ने र चामलसमेत छाड्ने बेला भएको छ ।

खानकै लागि रेष्टुरेन्ट कमै जाने गर्छु । हिजोआज खाना खाने टुंगो हुँदैन । रेष्टुरेन्ट पुग्दा मःमः रोजाइमा पर्छ । खाना पकाउन श्रीमतीलाई सघाउँछु । मेरो घर (हिलेपानी, ओखलढुंगा) चौबाटोमा पर्छ । हाम्रो ‘एमबी राई’ होटल थियो । त्यतिबेला मैले धेरैपटक पकाएको थिएँ । बुवाको नामबाट खोलिएको होटलको मालिक, सेफ जे भने पनि आफैं थिएँ ।

मेरो पोसाक

विशेषतः सर्ट, पाइन्ट र कोट लगाउने गरेको छु । एकपटक किनेको कपडाले दुई/तीन वर्ष धान्छ । तर, श्रीमतीलाई मन पर्दैन । तसर्थ, समय/समयमा किनिदिइरन्छिन् । कपडामा वार्षिक १५/२० हजार खर्च हुन्छ । मलाई सादा, फुस्रो (जुन रङ माटोसँग मिलोस्, धुलोमैला लाग्दा पनि झट्ट थाहा नहोस्) रङको कपडा मन पर्छ ।

प्रायःजसो कपडा रेडिमेड नै लगाउँदै आएको छु । म ब्रान्डप्रति त्यति सचेत छुइन । तर, श्रीमतीले सचेत गराउँछिन् । सकेसम्म स्थानीयस्तरको उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो । धेरैजसो ढाकाटोपी लगाउँछु । ह्याट पनि लगाउने गरेको छु ।

मेरो फिटनेस
यदाकदा फुटसल जान्छु । सकेसम्म हिँड्न चाहन्छु । तर, सम्भवचाहिँ छैन । कहिलेकाहीं एकै दिन सात कार्यक्रमको प्रमुख अतिथिको निम्ता आउँछ । मर्निङवाक निस्कन्छु । ज्यान चुस्त राख्ने प्रयास गरिरहेको छु । योगा गर्न जाने पनि नियमित गरेको छैन ।

मेरो अध्ययन
हिजोआज कविता अध्ययन गर्दै छु । विशेषगरी दर्शनशास्त्र पढ्न मन पर्छ । साहित्यमा श्रवण मुकारुङ र मनु मन्जिल मन पर्छ । नेपालमा एकसे एक लेखक छन् । फुटकर कविता र गीत लेख्न छाडेको छैन ।

मेरो निजी पुस्तकालयमा झन्डै १५ सय बढी किताब छन् । वार्षिक १० हजारजति किताबमा खर्चन्छु ।

मेरो घुमफिर
घुमफिरमा रुचि छ । मुलुकभरिबाट कार्यक्रमका लागि निम्ता आइरहने भएकाले घुमिरहेको हुन्छु । करिब ४०/४५ जिल्ला पुगेको छु । हङकङ, बेलायत, भारतसम्म टेकेको छु । हङकङ, सिक्किम, नयाँदिल्ली त्यत्तिकै राम्रो लाग्यो । बेलायत झन् राम्रो ।

मेरो फुर्सद
अबचाहिँ फुर्सद निकाल्न प्रयासरत छु । कार्यक्रमको शोभा बढाउने काममा जानैपर्ने हुन्छ । एकै दिन सातदेखि पाँच कार्यक्रमको प्रमुख अतिथि बन्न कति दौडधुप हुन्छ ? कार्यक्रम भ्याउने ध्याउन्न मलाई दौडाउने मानिससमेत दुर्घटनामा परेको बिर्सेको छैन ।
तर, त्यो दौडधुपको उपलब्धि देखिँदैन । तसर्थ, त्यस्तोखालको व्यस्तताबाट छुट्कारा पाउनुपर्छ भन्ने मान्यतामा छु । लेखन र विकास निर्माणमा व्यस्त हुन चाहिरहेको छु । फुर्सद भइहालेमा लेखपढमै रमाउँछु । घरपरिवारलाई समय दिन सक्दो प्रयासमा छु । चलचित्र नहेरे पनि कहिलेकाहीं परिवारसँग रेष्टुरेन्टसम्म जाने गरेको छु ।

मेरो खेलकुद
म सितोरियो कराते खेलाडी पनि हुँ । करातेमा सात वर्षसम्म पसिना बगाएको थिएँ । गाउँकै भाइबहिनीलाई १५/२० दिन सिकाएपछि काठमाडौं पसें । कराते भए पनि किक बक्सिङ मन पर्दैन । फुटबलबारे ज्ञान नभए पनि हेर्न आनन्द लाग्थ्यो । तर, ‘व्याकुल माइला गोल्डकप’ सुरु भएपछि फुटबल बुझ्नपर्ने भयो । अहिले फुटबलबारे धेर/थोर जान्दछु ।

मेरो मोबाइल
बेलायत जाँदा उपहारमा पाएको नोकियाको मोबाइल सेट बोक्दै आएको छु । मोबाइलमा सामाजिक सञ्जाल फेसबुक बढी प्रयोग गर्छु ।

मेरो टेलिभिजन
टेलिभिजनमा समाचारका साथै नेसनल जोग्राफी हेर्ने गर्छु । घरमा १४ इन्चको चाइनिज टीभी छ ।

मेरो चलचित्र
पछिल्लो समय वडा नम्बर ६ हेरेको थिएँ । हलसम्म पुगेर वा युट्युबमा हेरें हेक्का भएन । कहिलेकाहीं म्युजिक भिडियोचाहिँ हेर्ने गर्छु । हेरेकामध्ये चिनो, वडा नम्बर ६ को सम्झना छ । राजेश हमाल र भुवन केसीको अभिनय जीवन्त लाग्छ ।

मेरो रोग
रक्तचापले समातेकाले एमलोड एटी सेवन गर्दै आएको छु । कोलस्ट्रोल नियन्त्रणका लागि समेत औषधिको सहारा लिनुपरेको छ । अहिलेसम्म होलबडी चेकअप गराएकै छैन ।

मेरो भाषणशैली
एउटै समयका लागि तीन कार्यक्रमको प्रमुख अतिथिको निम्ता पाएको थिएँ । भाषण त गर्नैपर्छ । मैले कसैलाई उत्तेजित, उद्वेलित बनाउन भाषण गर्न पर्दैन । म ठिकै बोल्छु । विषयान्तर गरेर बोल्ने बानी छैन । सम्बन्धित कार्यक्रमको मेसो समातेर नै बोल्ने प्रयास गर्छु । राम्रो नभए पनि सचेत वक्ता हुँजस्तो लाग्छ । नजानिदो तरिकाले थेगो प्रयोग गर्ने गर्दोरहेछु । म बौद्धिक भाषण गर्न रुचाउँछु । भाषण गर्नअघि तयारी गर्ने बानी छ ।

मेरो मापसे

राई समुदायको संस्कार, संस्कृतिमा जाँड/रक्सी प्रयोग हुन्छ/गरिन्छ । तसर्थ, मादक पदार्थ पिउँथें । तर, २५ वर्ष भयो पिउन छाडेको । यदाकदा बियरसम्म पिएको थिएँ ।

मेरो संगीत

गीत/संगीत बाक्लै सुन्छु । सबैका प्यारा नारायण गोपाल आवाज असाध्यै मन पर्छ । अरूणा लामा पनि मन पर्छ । नारायण गोपाल, अम्बर गुरुङ र गोपाल योन्जनका गीत गुनगुनाउन छाडेको छैन । गायन सिके पनि गाउन आउँदैन । पछिल्लो पुस्तामा अञ्जु पन्त र मेलिना राईको आवाजमा दम छ ।

मेरो भूल

पश्चाताप लाग्नेगरी भूल गरेजस्तो लाग्दैन । भूल नगरीचाहिँ सजाय पाएको छु । म त्यतिबेला १० कक्षामा पढ्थें । २०४५ सालमा भूकम्प गयो । धेरै पछिसम्म पराकम्पन गइरहन्थ्यो । हामी जुन छात्रवासमा बस्थ्यौं, त्यहाँका कतिपय साथी स्कुलमा बस्न थाले । केहीचाहिँ छात्रवासमै थियौं । स्कुलमा बस्नेलाई तर्साउन राति ११ बजेतिर कसैले ढुंगा हानेछन् । साथीहरूले ममाथि शंका गरेर मकहाँ आए । मैले होइन भनें । मसँगै बस्ने सहपाठीले समेत होइन, हामी दुवै सँग छौं भन्दा पनि उनीहरूलाई विश्वास लागेन । उनीहरूले भोलिपल्ट प्रधानाध्यापकलाई सिकायत गरेछन् । उहाँले मलाई बोलाएर घटेको घटनबारे सोध्नुभयो । मैले होइन भनें । तर पनि प्रधानाध्यापकले फेरि/फेरि त्यसो नगर्नू भनिरहनुभयो । मैले फेरि/फेरि त के सर गर्दै गरेको छैन अनि कसरी फेरि गर्नु भनेर भनें । त्यसपछि प्रधानाध्यापक र मेरो सम्बन्ध सौहार्द भएन ।

एसएलसीका लागि टेस्ट परीक्षा हुँदै थियो । मेरो आँखा पाक्यो । म कक्षाको ‘थर्ड व्याई’ । भएकाले परीक्षाका लागि राम्रै तयारी गरेको थिएँ । तर, प्रधानाध्यापकसँग सम्बन्ध राम्रो नभएकाले मलाई टेस्ट परीक्षामा अनुत्तीर्ण गराइयो ।

मेरो राशी

म कुन राशीको हुँ मलाई नै थाहा छैन । ग्रहदशा ठिकै छ । कहिलेकाहीं ज्योतिषीकहाँ पुग्ने गर्छु । हातमा लगाएको दुई औंठीमध्ये एउटा बिहेको हो भने अर्को नीलम । ऐठन परिरहने भएकाले नीलम लगाएको हुँ । नीलमले भुतप्रेत, पिशाचबाट जोगिन सघाउँछ ।

मेरो सौन्दर्यचेत

कपालमा तेल र अनुहारमा सनब्लक लगाउँछु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु ।

मेरो प्रेम
हामी प्रेमको गहिराइसम्म पुगेका थियौं । त्यसलाई मागीबिहेमा रूपान्तरण गर्यौं । प्रस्ताव मैले नै राखेको हुँ ।

मेरो सपना

एक्काइसौं शताब्दीमा सूचना र प्रविधिको धेरै विकास भएको छ । विश्वसन्दर्भलाई हेरेर नेपालको विकास र उन्नति, प्रगतिका लागि जोडिनुपर्छ भन्ने लाग्छ । हिजोको पछौटेपनभन्दा उठ्नुपर्छ ।

म राष्ट्रगान लेखक भइसकेपछि आफूलाई शौभाग्यशाली ठानेको छु । जीवनमा सिंगो मुलुकको यति धेरै मायामात्रै होइन चिनिने मौका पाएँ । यसलाई मैले कायम राख्नुपर्छ/जोगाउनुपर्छ भन्ने लागेको छ ।

व्याकुल माइला कहाँ जन्मेको रहेछ भनेर सोधिखोजी गर्नेले त्यो ठाउँ नमुना र पर्यटकीय स्थलका रूपमा देख्न पाऊन् । दूधकोसी र सुनकोसीमा हावाको प्रवाह राम्रो छ । हावाको प्रवाहबाट बिजुली उत्पादन गर्न सकिन्छ । पाखापाखामा विद्युत् उत्पादन गर्ने पङ्खा राख्न सके ओखलढुंगा जिल्लाभरिलाई पुग्ने विद्युत् उत्पादन गर्न सकिन्छ ।

मेरो मृत्यु

मृत्यु शाश्वत हो । मृत्युसँग डर लाग्दैन । मृत्युको मुखमा पुगेका घटना थुप्रै छन् । म भीरपाखा चहारेर/घाँसदाउरा गरेर हुर्केको व्यक्ति हुँ । एक दिन घाँस काट्नेक्रममा करिब डेढ किलोमिटर उचाइको पहाडबाट लडें । लड्दै जाँदा एउटा रूखमा अल्झिएँ । रूखमा नअल्झेको भए दूधकोसी बगरमा पुग्थें । म सग्लो रहन्नथें । संयोगले रूखमा अल्झँदा टाउकामा गहिरो चोट लागे पनि ज्यान जोगियो । मृत्यु पीडादायी, दुःखद र असामयिक नहोस् ।

यी जीवन कथा पनि पढ्नुहोस्

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल