वैद्यको ‘अफर’, प्रचण्डको ‘अवसर’

कार्तिक २९  |   नेत्र पन्थी/डिएनएन

वैद्यको ‘अफर’, प्रचण्डको ‘अवसर’

काठमाडौं – एकीकृत माओवादीबाट अलग भएको तीन बर्ष चार महिनापछि मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीले अर्को बामपन्थी शक्तिसँग एकता गरेको छ । कार्तिक २२ गते वैद्य माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच पार्टी एकताको घोषणा भएको थियो ।

जनयुद्धको जगमा जनविद्रोहको राजनीतिक कार्यदिशासहित जन्मेको वैद्य माओवादीले तीन बर्षमा विद्रोहका लागि बस्तुगत परिस्थिति उपयुक्त रहेपनि आत्मगत परिस्थिति अनुकुल नरहेको भन्दै आएको थियो । तीन बर्षदेखि अल्झेको कार्यदिशामा हेरफेरसहित वैद्य माओवादीले थापा नेतृत्वको एकीकृतसँग एकता गरेको हो ।

दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने निर्णय भएको छ । अर्थात चाँडै नै राष्ट्रिय सम्मेलन गरेर नयाा पार्टीको नामम टुंगाउन नेताहरु सहमत बनेका छन् । दुईपार्टीबीच एकताका लागि झन्डै तीन बर्ष लामो गृहकार्य भएको थियो । दुई पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने तयारी छ । वैद्य माओवादीको एक सय २५ र एकीकृतको २९ सदस्यीय केन्द्रीय समिति थियो ।

एकता अधिवेशनमा वैद्यले भावी दिनमा हुन सक्ने सम्भावित एकतावारे प्रस्टैसाग संकेत गरेका थिए । पार्टी एकताका लागि आयोजित अधिवेशनमा वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताएका थिए । उनले एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताएका थिए । त्यसबाहेक वैद्यले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको पनि जानकारी गराएका थिए । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने वैद्यको विश्वास थियो ।

Prachanda-Kiranयो एकता हुनुपूर्व कार्तिक २१ गते बसेको वैद्य माओवादीको पोलिटव्यूरो वैठकमा नेतृत्वमाथि कठोर दवाव परेको थियो । वैठकमा पोलिटव्यूरो सदस्यहरुले एकीकृत माओवादीसहितका शक्तिसाग एकता गर्ने शर्तमा मात्र अन्य दलहरुसँगको एकता प्रक्रिया अगाडि बढाउन पार्टी नेतत्वलाई दवाव दिएका थिए । सो पार्टीका एक पोलिटव्यूरो सदस्यले दिएको जानकारी अनुसार मुल नेतृत्व एकीकृत माओवादी लगायतका अन्य माओवादीशक्तिसँग पार्टी एकताका लागि सकरात्मक बनेको छ । ‘यो भावी दिनमा अन्य शक्तिसँग एकताका लागि ठूलो उपलब्धी हो’ उनले भने, ‘विगतमा प्रचण्ड माओवादीले एकताका लागि बढी पहल गरेको थियो, अहिले हाम्रो माओवादीले पहल गर्ने निर्णय लिएको छ ।’

एकीकृत माओवादी लगायतका शक्तिसँग एकताका लागि सैद्धान्तिक धरातल भने वैद्य नेतृत्वको माओवादीले असोज तेस्रो साता बसेको केन्द्रीय समितिको वैठकबाट पनि तयार पारेको थियो । असोज तेस्रो साता बसेको सो पार्टीको केन्द्रीय समिति वैठकले माओवादी–माओविचारधारा मान्ने शक्तिसँगको एकतालाई अगाडि बढाउन पहल गर्ने निर्णय लिएको थियो । सो निर्णयका आधारमा थापा नेतृत्वको एकीकृतसाग एकता भएको हो । संविधानसभाबाट संविधान जारीभएपछि आएको यस्तो निर्णयले एकीकृत माओवादीसँगको एकताका लागि वैद्य माओवादीले बाटो खुला गरेको रुपमा लिइएको थियो ।

०६९ असारमा बौद्धमा एकीकृत माओवादीभित्रको किरणपक्षीय समूहले राष्ट्रिय भेला गरि एकीकृत माओवादीबाट अलग भई नेकपा–माओवादी गठनको घोषणा गरेका थियो । ५ असारमा नयाँ पार्टी गठनलगत्तै आरोप–प्रत्यारोप, आ–आफ्ना संगठनहरुको पुनगर्ठनमा लागेका दुवै माओवादीभित्र केही महिनापछि नै पार्टी एकीकरणको बहस उठन थालेको थियो ।

१६ बुँदेले भत्काएको थियो एकताको कोर्स

एकीकृत माओवादी र वैद्य माओवादीबीच एकाका लागि गरिएका वार्तामा प्रगति भैरहेको थियो । उनीहरुवीच पार्टी एकता लागि एजेन्डा र बार्ता समिति समेत बनेको थियो । प्रमुख तीन दलबीच संविधान बनाउने गरि गत जेठ २५ गते १६ बुँदे सहमति भएपछि एकताका लागि भएका सवै प्रक्रिया र वार्ताहरु रोकिएका थिए । । १६ बुँदे सहमतिलाई उनीहरुले आ–आफ्नो तरिकाले व्याख्या गरेका थिए ।

१६ बुँदेबारे प्रचण्डको मुल्याङ्कन यस्तो थियो – अहिलेको शक्ति सन्तुलन, राजनीतिक समीकरण र भुकम्पपछिको राजनीतिक संकटलाई ख्याल गर्दे फरक मतसहित संविधान बनाउने कोर्समा लागेका हौँ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक जस्ता एजेन्डा संस्थागत गर्न मद्धत पुर्‍याउन १६ बुँदे सहमतिले मद्धत पुर्‍याउने हाम्रो विश्वास छ । हामीले संघर्ष मात्र भनेर भएन, फागुन १६ पछि आन्दोलनमा जनअपेक्षित सहयोग पनि पाइएन, यता पनि हामीले ध्यान दिन आवश्यक थियो । १६ बुँदे सहमति आफ्नो एकीकृत माओवादीको पहलकदमीको परिणाम हो । हामीले भुकम्पपछि राजनीतिक पहल नलिएको भए यो सहमति नबन पनि सक्थ्यो । संविधान बन्न नदिने चलखेल भएको भएपछि यो कमद लिइएको हो ।

१६ बुँदेबारे वैद्यको मुल्याङ्कन – १६ बुँदे सहमति सारत: राष्ट्रघात र जनघातको निकृष्ट नमूनाका साथै ऐतिहासिक दृष्टिले पश्चगामी परिघटनाका रूपमा देखिएको छ । त्यत्ति मात्र होइन, भूकम्पका कारणले मुलक दु:खमा रहेको र विपत् व्यवस्थापनमा केन्द्रित रहनु पर्ने संवेदनशील स्थितिमा संसदीय संविधान निर्माणको लागि संसदवादी शक्तिहरुको बीचमा सम्झौता गरिनु बुर्जुवा यथास्थितिवादी दृष्टिकोणअनुसार पनि जनताको संवेदनशीलताप्रति अपमान गर्ने र संविधान निर्माणसम्बन्धी जनतामा व्यापक छलफल गरिनु पर्ने जनअधिकारको पनि घाँटी निमोठ्ने घोर निरङ्कुश र फासिवादी कदम हो ।

बोलचाल शुरु र बाबुरामलाई घर फर्काउने प्रचण्डको सुत्र – १६ बुँदेपछि प्रचण्ड र वैद्यबीच लामो समयसम्म कुराकानी समेत भएको थिएन । उनीहरुबीचको बोलचाल शुरु हुनुको पनि गजवको कथा छ । साढे तीन महिना बोलचाल र भेटघाट नगरेको प्रचण्ड र वैद्यबीच असोज १० गते विहानै टेलिफोनमा संवाद भएको थियो । बाबुरामले एकीकृत माओवादी र सांसदपद त्याग गरेपछि वैद्यले प्रचण्डलाई फोन गरेर यसवारे बुझेका थिए । त्यसदिनको टेलफोन संवाद संवाद पार्टी एकता र भावी कार्यक्रमका विषयमा नभएर बाबुरामको पार्टीत्यागमाथि केन्द्रित थियो । होइन, बरु बाबुराम भट्टराईको एमाओवादी र सांसद त्यागका विषयमा थियो । तर, असोजको शुरुको सातातिर भने वैद्य र बाबुरामबीच नियमित जसो संवाद भैरहेका थिए । बाबुरामले वैद्यसँगको कुराकानीमा सवै माओवादी एक हुनुपर्ने समेत कुरा राख्दै आएका थिए । यसैका आधारमा पार्टीको केन्द्रीय समिति वैठकमा प्रचण्डले सवै माओवादीबीच एकतासहित नयाँ पार्टीका नेता बनाएर बाबुरामलाई घर फर्काउने सुत्र अगाडि सारेका थिए ।

कहाँ पुगेको थियो एकता प्रक्रिया

5-maoists-meeting-31
संयुक्त वार्ता समिति बनेको थियो – गत बर्ष अर्थात २०७१ को चैत्र १ गते एकीकृत माओवादी र वैद्य माओवादीका शीर्ष नेताको संयुक्त वैठकले पार्टी एकताका लागि उच्चस्तरीय वार्ता टोलीको गठन गरेको थियो । वार्ता टोलीमा एकीकृत माओवादीबाट अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी थिए भने वैद्य माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल,महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सम्मिलित थिए । त्यसको अर्को दिन २ चैत्रमा संयुक्त महाधिवेशन मार्फत पार्टी एकता गर्ने लक्ष्यसहित तीन वटा माओवादीका युवा नेताहरुले ‘माओवादी आन्दोलन पनगर्ठन अभियान’ शुरु गरेका थिए । राजधानीको प्रज्ञा भवनमा अभियानको घोषणासँगै यसको प्रतिबद्धता–पत्र र कार्यक्रम पनि सार्वजनिक गरिएको थियो । तर, यो लामो समय चलेन । १६ बुादे सहमतिपछि वार्ता टोली र एजेन्डा पनि हराए । बाबुरामले एकीकत माओवादी त्याग गरेपछि त यो कोर्स करिव–करिव ठप्पै भयो ।

एजेन्डा तय भएका थिए– पार्टी एकताका लागि भन्दै संयुक्त वार्ता टोली बनाएका एकीकृत माओवादी र नेकपा–माओवादीले वार्ताका एजेन्डा समेत तय गरेका थिए । वार्ता टोली गठन भएको आठौ दिन अर्थात ०७१ चैत्र ८ गते बसेको संयुक्त वार्ता टोलीको वैठकले पार्टी एकताका लागि सात वटा एजेन्डा तय गरेको थियो । माक्र्सवाद, लेनिनवाद र माओवादीको रक्षा, प्रयोग र विकास वार्ताको लागि पहिलो एजेन्डा बनाएका थिए । त्यसबाहेक उनीहरुले क्रान्तिको स्वरुप, त्यसको रणनीति र कार्यनीति तथा सामाजिक क्रान्तिका लागि बल प्रयोगको सिद्धान्तलाई पनि एजेन्डा बनाएका थिए । त्यसैगरि विगतका कमी कमजोरीको समीक्षा तथा पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोग पनि सात बुँदे एजेन्डाभित्र परेका थिए । संसदवादको बुझाई र प्रयोग तथा तत्कालीन राजनीतिक कार्यनीति तयलाई पनि वार्ता टोलीले एजेन्डा बनाएको थियो । यि एजेन्डा पनि १६ बुँदेले धरापमा पाऱ्यो ।

भुकम्पमा एकैठाँउ, १६ बुँदे हुँदा अलग–अलग – २०७२ को बैशाख १२ गते भुकम्प आउदा एकीकृत माओवादी र नेकपा–माओवादीका अध्यक्ष एकै ठाँउ थिए । पार्टी एकताका विषयमा छलफल गर्न भन्दै एकीकृत माअ‍ोवादीका अध्यक्ष प्रचण्ड महासचिव कृष्णबहादुर महरालाई लिएर नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकोमा पुगेका थिए । वैद्य र महासचिव रामबहादुर थापाले प्रचण्ड र महरासँग कुरा गरिरहेको बेला भुकम्प आएको थियो । प्रचण्डले पार्टी एकतावारे छलफल गरिरहेको बेला भुकम्प आएको भन्दै अनुभव राखेका थिए ।

भुकम्पपछि उद्धार र राहत लगायतका समेत दुई माओवादीले संयुक्त अभियान चलाएका थिए । राहत तथा पुनस्र्थापनाका लागि भिन्दाभिन्दै अभियान चलाएका उनीहरुले १० जेठबाठ भुकम्प प्रभावित जिल्लामा सयुक्त अभियानको शुरु गरेका थिए । ‘कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चा अभियान’ भन्दै राहत तथा पुनस्र्थापना सम्बन्धी अभियान चलाएका थिए । अभियान सकिएको औपचारिक जानकारी नदिदै एकीकृत माओवादीसहितका प्रमुख दलले २५ जेठमा १६ बुँदे सहमति गरे । त्यसको दुई दिनपछि पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर वैद्यले एकीकृत माअ‍ोवादीसँगको एकता प्रक्रिया भाडिएको बताएका थिए ।

एकता गर्ने आधार

पार्टी विभाजन, संविधानसभाको चुनाव, १६ बुँदे र नयाँ संविधान जारी गर्नेबेलासम्म प्रचण्ड र वैद्य माओवादीका आ–आफ्ना दावी र अडान रहेपनि उनीहरु एकताका लागि फेरि सकरात्मक बन्ने देखिएको छ । अझै पनि सैद्धान्तिक तहमा रहेका आपसी मतभेदले एकता कठिनमा परेपनि वार्ता प्रक्रिया अगाडि बढाउने आधार भने दुवै माओवादीमा कायमै छन् । संवाद थाल्ने र एकता हुने आधारहरु यस्ता छन् :

१ – विगतमा एकताका लागि वैद्यले भन्दा प्रचण्डको माओवादीले बढी पहल गरेको थियो । यसपाली परिस्थिति अलि फरक छ, एकताका लागि वैद्य माओवादीभित्रै नेतृत्वलाई दवाव परेको छ । केन्द्रीय समितिले बामपन्थी शक्तिसँग एकता गर्ने निर्णय लिइसकेको छ । पार्टीभित्रकै दवाव र यो निर्णयले वैद्यलाई एकताका लागि अगाढि बढन सहज बनाईदिएको छ । परि थापाको एकीकृतसँगको एकताले वैद्यलाई नयाँ एकताका लागि अगाढि बढन बाटो खुला गरेको छ ।

२–बाबुराम भट्टराई नेतृत्वको सरकार रहेकै बेला प्रचण्ड र वैद्यबीच सवैभन्दा बढी मतभेद भयो र अन्तत पार्टी विभाजनको तहमा पुग्यो । असोज ९ गते पत्रकार सम्मेलन गरेर बाबुरामले प्रचण्डसँग अलग भएको घोषणा गरे । २१ जना केन्द्रीय सदस्यसहितका केही नेताले बाबुरामकै लाइनमा आएर राजीनामा गरे । अहिले आफ्ना दुवै सहयोगी वैद्य र बाबुराम प्रचण्डसँग छैनन् । यस्तो बेला प्रचण्डले धेरै दिएर भएपनि वैद्यसँग एकता गर्न सक्छन् । प्रचण्डको यस्तो निर्णयलाई ‘काउन्टर’ गर्ने नेतृत्व अहिले एकीकृत माओवादीमा छैन, जवकि विगतमा वैद्य र बाबुरामले प्रचण्डलाई ‘काउन्टर’ गर्न सक्ने शक्ति र हैसियत दुवै राखेका हुन्थे ।

३–पार्टी विभाजनको तीन बर्ष वित्दा पनि संगठन विस्तार गर्न नसक्नु, आफुले उठाएको राजनीतिक नारा राष्ट्रिय राजनीतिमा स्थापित नहुँनु, कार्यकर्ता पलायन हुनु र विप्लव समूह अलग भएर नयाँ पार्टी गठन गर्नुजस्ता कारणले वैद्यलाई एकताको आबश्यकता महसुस भएको छ । त्यस्तै दोस्रो संविधानसभा चुनावमा वैद्य नहुँदाको परिणाम भोग्नु, बाबुराम समूह अलग भएर जानु र अर्को चुनावका लागि शत्ति: संचय गर्नुपर्ने अबस्थाले प्रचण्डलाई पनि वैद्यसँगको एकता अनिवार्य बन्न गएको छ । बाहिर बाहिर जस्तोसुकै अडान राखेपनि भित्रभित्र प्रचण्ड र वैद्य दुवैका लागि एकता बाध्यता बन्न गएको छ ।

४ – एकता नहुँदा दुवै माओवादीको भूमिका कमजोर हुने, काग्रेस–एमाले जस्ता दलहरुले कमजोर माओवादीमाथि जनयुद्धकालीन मुद्धा उठाउने विषयमा दुवै माओवादीका नेताहरु स्पष्ट देखिन्छन् । विगतमा उनीहरुले राज्यपक्षबाट यस्तो मुद्धा उठाउदा संयुक्त विज्ञप्ती जारी गर्नेदेखि सडक आन्दोलनसम्ममा एकरुपता देखाएका थिए । दश वर्षको जनयुद्धकालीन मुद्दाहरू, दोस्रो संविधानसभा बहिष्कारको क्रममा लगाइएका मुद्दाहरू लगायत विभिन्न जनआन्दोलनको क्रममा लगाइएका सबै मुद्दाहरूको खारेजीका लागि सङ्घर्ष गर्ने वैद्य माओवादीको निर्णय छ ।

५– एक–डेढ अनौपचारिक वार्ता गरेर औपचारिक वार्ता शुरु गर्ने उनीहरुसँग मौका छ । विगतमा भत्केको कोर्सलाई पुन: तयार पारेर अगाडि बढने अवसर पनि प्रचण्ड–वैद्यसँग छ । अर्थात पुरानो वार्ता समिति र एजेन्डामा सामन्य हेरफेर गरेर उनीहरुले संवाद थाल्न सक्छन् । यसका लागि लामो गृहकार्यको खाँचो पर्दैन ।

६– परि थापासँगको एकता गर्दा पारित राजनीतिक प्रतिवेदनले पनि वैद्यलाई एकीकृत माअ‍ोवादीसँग एकता गर्न पहल लिने ठाँउ दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘आज सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्नका लागि एकीकरण र ध्रुवीकरणको प्रक्रिया आवश्यक बन्न गएको छ । यस स्थितिमा क्रान्तिकारी सिद्धान्त तथा राजनीतिक कार्यदिशाका आधारमा सच्चा कम्युनिस्टहरूसहित क्रान्तिकारी माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनका लागि विशेष प्रयत्न गर्नुपर्दछ ।’

७– एकीकृत माओवादीले यस अघि नै केन्द्रीय समितिबाट बामपन्थी शक्तिसँग एकताका लागि पहल गर्ने निर्णय लिएको छ । यो जगमा प्रचण्डले वैद्यसँग एकता गर्न सक्छन् । असोज १० गते केन्द्रीय समिति वैठकमा प्रचण्डले एकतावारे यसो भनेका थिए, ‘बाबुरामजीले सवै माओवादी एक हौँ भन्नेमा वैद्य, विप्लवजी एक हुनुहुन्छ भन्नुभयो । किरण र बादलसँग कुरा गर्नुभएको रहेछ उहाँले । अहिले मैले तपाई (बाबुराम), वैद्य, विप्लवजीको वैठक गरौँ भनेको छु । त्यसमा तपाई आउनु सजिलो हुन्छ भनेको छु । बाबुरामजीलाई यसै फर्कनुस भन्न त गाह्रो हुन्छ, राजीनामाग गरिहाल्नु भयो । सवै माओवादी एक ठाँउमा बसौँ भन्दा राम्रो हुन्छ । बाबुरामजीलाई आउन बाटो खुल्छ ।’ सवै माओवादीबीच एकता गरेर बाबुरामलाई ल्याउन सकिने प्रचण्डको बुझाईले वैद्यसँगको एकता सहज बनाउन सक्छ ।

८–राष्ट्रियतको विषयमा अहिले प्रचण्ड–वैद्य नजिक देखिएका छन् । भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोधमा उनीहरुको एक ठाँउ छन् । यद्यपी प्रचण्ड सरकारमा छन् भने वैद्य सडकमा । औपचारिक वक्तव्यमा उनीहरुबीच निकटता नदेखिएपनि भित्र–भित्रै राष्ट्रियताको विषयमा उनीहरुबीच एकमत कायम देखिएको छ ।

एकतामा यी कुरा जटिल बन्न सक्छन्

तत्कालीन र दीर्धकालीन केही विषयहरु भने प्रचण्ड–वैद्यबीचको एकतामा समस्या बनेर आउन सक्छन् ।

१– संविधानलाई हेर्ने विषयमा प्रचण्ड वैद्यबीच फरक मत छ । वैद्य संविधानवारे भन्छन्, ‘लामो समयदेखि अर्धसामन्ती तथा अर्ध/नवऔपनिवेशिक अवस्थामा रहिआएको र बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा क्षेत्रीय विविधतायुक्त विशेषतामा आधारित नेपालमा देश र जनताको मुक्तिका लागि सञ्चालित हुादै आएका विभिन्न जनआन्दोलन र दशवर्षे जनयुद्धको भावनाविपरीत प्रतिगामी संविधान बनाइएको, सो संविधानमा उल्लिखित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत कतिपय विषय सकारात्मक रहेपनि समग्रमा यस संविधानले दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गकै हकहित तथा राज्यसत्ताको सेवा गर्ने भएको र त्यसैले त्यो अस्वीकार्य छ ।’

तर, प्रचण्ड भन्छन्, ‘संविधानमा जे भयो भयो, अव त्यसलाईए छाडौँ, छुटेका विषय समेटदै जाऔँ । अव बामपन्थीशक्तिबीच एकतामा जोड दिऔँ । संविधानमा जे जति उपलब्धी भएका छन्, हाम्रै पार्टीको पहलमा भएका हुन् । हाम्रो शक्ति अनुसार हामीले उपलब्धी संस्थागत गर्न सक्यौँ ।’ संविधानवारे यो मत एकताका लागि जटिलता बन्न सक्छ ।

२– नेपाली क्रान्तिको मोडलवारे पनि प्रचण्ड–वैद्यका आ–आफ्ना बुझाई छन् । वैद्यले ‘नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद तथा साम्यवादलाई स्वीकार गर्ने’ भनेका छन् । जवकि प्रचण्ड भने जनवादी क्रान्ति मुलत सम्पन्न भएको निश्कर्षमा छन् । उनले जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशमा अगाडि बढने कार्यदिशा हेटौडा महाधिवेशनबाट नै पारित गरेका छन् । कार्यदिशामा रहेको यो अन्तरविरोधले एकतमा जटिलता थप्न सक्छ ।

‘नेपाली जनवादी क्रान्तिमा सशस्त्र सङ्घर्षको स्वरुपबारे सिद्धान्तत: विविध स्वरुप तथा मूलत: नेपाली विशेषतामा आधारित स्वरुप, विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष तथा मूलत: दशवर्षे जनयुद्धका अनुभवहरूको आधारमाथि ध्यान दिने र अहिलेको सामरिक कार्यदिशा नेपाली विशेषतामा आधारित सशस्त्र जनविद्रोह नै हुने कुरा स्वीकान’ वैद्यको प्रतिवेदनमा छ । एकीकृत माओवादीको जोड शान्तिपूर्ण संघर्षमा छ । यद्यपी आबश्यकता अनुसार बल प्रयोगको सिद्धान्त स्वीकार गर्ने प्रस्ताव भने कायमै छ ।

३– प्रधान अन्तरविरोधको विषयमा पनि केही मतभेदछन् । ‘नेपाली क्रान्तिको वर्तमान चरणमा दलाल एवम् नोकरशाही पुँजीपति र सामन्तवर्ग प्रमुख दुश्मन रहेको, ती वर्ग सामान्यत: साम्राज्यवाद एवम् विशेषत: भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित रहिआएको र अहिले दलाल एवम् नोकरशाही एवम् पुाजीपति तथा सामन्त वर्ग एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तरविरोध बनेको कुरा अङ्गीकार गर्ने’ वैद्यको तर्क छ । जसमा एकीकृत माओवादीको फरक मत छ ।

४–वैद्य माओवादीले संविधानसभा विघटनसँगै कायम रहेको रुपान्तरिक व्यवस्थापिका संसदको पनि विघटनको माग गरेको छ । तर, प्रचण्ड यो विषयमा सहमत छैनन् । वैद्य माओवादीले संविधानसभा नै वहिस्कार गरेको थियो । संविधान जारी नहुन्जेल उसले संविधानसभा विघटन गरि सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न माग गरेको थियो । संविधान जारी भएपछि उसले अहिले रहेको संसद विघटनको माग अगाडि सारेको छ । यो सँगै सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत देशको समस्याको हल खोज्न वैद्यको माग छ ।

५–एकताका लागि संगठनात्मक विषय पनि जटिल बन्न सक्छ । एकता गर्न नहुँनेपक्षमा वैद्य र प्रचण्ड माओवादीभित्र मत कायमै छ । केही नेताहरु एकता हुँदा आफ्नो भविष्य खतरा देख्दै आएका छन् । यसले एकतामा जटिलता पैदा गर्न सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल