एनआईसी एसिया बैंक सीईओ लक्ष्मण रिसाल अवकाशपछिको जीवन सामाजिक काममा बिताउने विचारमा छन् । कर्ममा विश्वास गर्ने विज्ञानका विद्यार्थी रिसाल अब्बल बैंकर्स भनेर चिनिन्छन् ।
‘दैनिक १५ सय युवा बिदेसिइरहेका छन्,’ उनले मान्यता छ, ‘युवापुस्ता र हाम्रा सन्तान मुलुकबाहिर जान नपर्ने मुलुक बनाउने धोको छ ।’ अवकाशपछि सामाजिक काममा लाग्ने रहर पालेका एनआईसी एसिया बैंक सीईओ लक्ष्मण रिसालसँग मेरो जीवनका लागि विमल श्रेष्ठले गरेको कुराकानी :
मेरो खाना
दालभात तरकारी मन पर्छ । साेंफको सागचाहिँ मन पर्दैन । खानका लागि कहिलेकाहीं परिवारसँग रेष्टुरेन्ट जाने गर्छु । रेष्टुरेन्ट जाँदा म:म: रोजाइमा पर्छ । समय मिल्दा कहिलेकाहीं पकाउँछु । मासुका परिकार धेरै पकाउँछु ।
मेरो पोसाक
६ दिन कार्यालयीय पोसाक लगाउँछु । क्याजुयल लुगा एक दिनमात्र । लुगामा धेरै खर्च गर्ने बानी छैन । वर्षमा दुई जोर बढी सिलाउँदिनँ । कार्यालयीय पोसाकमा नीलो, कालो, खरानी र कफी रङ मन पर्छ । सुटचाहिँ नाप लिएर सिलाउने गरेको छु । टोपी त्यति लगाउँदिनँ । कहिलेकाहीं क्याप लगाउँछु ।
मेरो फिटनेश
समय अभावले शारीरिक अभ्यास गर्दिनँ । खानामा नियन्त्रण गर्दै आएको छु ।
मेरो अध्ययन
आफूलाई काम लाग्ने र रुचिका विषय इन्टरनेटमा पढ्ने गर्छु । पुस्तक त्यति पढ्ने बानी छैन । पुस्तक संकलन गरेको छैन ।
मेरो घुमफिर
घुमफिरमा रुचि छ । सालिन्दा दुई साता परिवारसहित मुलुकबाहिर घुमफिरमा निस्कने गर्छौं । बैंककै शाखा कार्यालय रहेको जिल्लासम्म पुगेको छु । घुमेकामध्ये पोखरा, सिंगापुर र थाइल्यान्ड असाध्यै मनपऱ्यो ।
मेरो फुर्सद
फुर्सद त्यति हुँदैन । फुर्सद मिल्यो भने घरमै आराम गर्छु । टेलिभिजन हेर्छु । घरपरिवारलाई खासै समय दिन सकिरहेको छैन । बच्चाहरू बाहिरै पढ्छन् । श्रीमती पनि मजस्तै व्यस्त छिन् । चलचित्र हेर्न त्यति मन लाग्दैन । छोटाछोटा अंग्रेजी मुभी कहिलेकाहीं हेर्छु ।
मेरो खेलकुद
विद्यालय तहदेखि नै खेलेको भएर क्रिकेट हेर्न र खेल्न मन पर्छ । फुटबलको मेजर टुर्नामेन्ट हेर्ने गरेको छु । रियल मेड्रिडको खेल मन पर्छ ।
मेरो मोबाइल
वन प्लस थ्री ब्रान्डको मोबाइल बोक्छु । मोबाइल फेरी/फेरी बानी छैन । मोबाइलका एप्लिकेसन त्यति चलाउँदिनँ ।
मेरो टेलिभिजन
टीभीमा समाचार हेर्छु । बिजनेस च्यानल पनि हेर्ने बानी छ । सिरियलप्रति रुचि छैन । बिहान, बेलुका टीभी हेर्ने समय जुर्छ । घरमा साप ब्रान्डको ४० इन्चको टीभी छ ।
मेरो चलचित्र
सानोछँदा हलसम्म पुगेर चलचित्र हेर्ने गर्थें । अहिले छैन । हेर्दा लाइट मुभी मन पर्छ । थ्री इडियट्स हेर्दा भने पूर्ण मनोरञ्जन लिएको थिएँ ।
मेरो रोग
स्वस्थ छु । सालिन्दा एकपटक होलबडी चेकअप गर्दै आएको छु । खानामा ध्यान दिन्छु । चिल्लो, पिरो, गुलियो र मासु धेरै खान्न । फलफूल र तरकारी धेरै खान्छु ।
मेरो भाषणशैली
लामो समय भाषण गर्ने बानी छैन । कलात्मक भाषण गर्न जान्दिनँ । भाषण गर्नअघि तयारी गर्छु ।
मेरो मापसे
सोसल पार्टीमा अलि/अलि पिउने गर्छु । ह्वीस्की र भोड्का रिफर गर्छु । अरू त्यति मन पर्दैन । युवा अवस्थामा धेरै पिइन्थ्यो ।
मेरो संगीत
गीत/संगीत सुन्छु । आधुनिक गीत मन पर्छ । नारायण गोपालका सबै गीत मन छुने छन् । रामकृष्ण ढकालका गीत पनि मन छुने छन् । गुनगुनाउने बानी छैन । गीत गाउन आउँदैन ।
मेरो भूल
पश्चाताप लाग्ने भूल गरेको छैन ।
मेरो घर
दस वर्षअघि देखि कोलनीमा बस्दै आएको छु । आफ्नै कमाइले किनेको हुँ ।
राशी
मेरो राशी तुला हो । ग्रहदशामा विश्वास गर्दिनँ ।
मेरो सौन्दर्यचेत
आफूलाई ‘ग्रुमिङ’ गर्नुपर्छ भन्नेमा विश्वास गर्छु । माइल स्प्रे प्रयोग गर्ने बानी छ ।
मेरो सपना
युवापुस्ता र हाम्रा सन्तान मुलुकबाहिर जान नपर्ने मुलुक बनाउने धोको छ । अवकाशपछि सामाजिक काम काम रहर छ ।
मेरो मृत्यु
मृत्यु प्रकृतिको चक्र हो । सबैले भोग्नैपर्छ । अरूलाई दु:ख नदिई मर्न पायो जाती हुन्थ्यो ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..