पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

एम सिक्स्टिनको तीन गोली शरीरमा लाग्दा बाँच्ने सम्भावना कम हुन्छ । २०६२ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा सुरक्षाकर्मीले प्रहार गरेको गोली माओवादी केन्द्र नेता अग्नि सापकोटाको शरीरमा लागेको थियो । तीन गोली लाग्दा नेता सापकोटाले लगाएको सबै लुगा खरानी भएका थिए ।
भाइलाई ताकेर प्रहार गरिएको गोली उनलाई लागेको थियो । तर पनि उनी बाँचे । हिजोआज पनि उनलाई लाग्छ, ‘के म बाँचेकै हो त ?’ उनी आफ्ना लागि नभएर जनताका लागि बाँचेको बताउँछन् । बाँचुन्जेल जनताकै लागि समर्पण रहने प्रतिबद्ध रहेका सूचना तथा सञ्चारमन्त्री र वन तथा भूसंरक्षणमन्त्रीको भूमिका निर्वाह गरिसकेका अग्नि सापकोटासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
म रोटी तरकारी खाने गर्छु । मन नपर्ने खानेकुरा केही छैन । खानकै लागि रेष्टुरेन्ट जान्न । रेष्टुरेन्ट जाँदा मःमः र चाउमिन खाने बानी छ । मलाई खाना पकाउने अल्छी लाग्दैन ।

मेरो पोसाक
औपचारिक कार्यक्रममा जाँदा कोट पाइन्ट लगाउँछु । जाडो मौसममा सर्ट पाइन्ट र ज्याकेट लगाउने गर्छु । वर्षमा दुई जोरसम्म सुट हाल्छु । कमिज पाइन्ट लिनैपर्यो । सबै जोड्दा लुगामा वार्षिक खर्च १५ देखि २० हजार रुपैयाँसम्म होला । नीलो रङको कपडा मेरो रोजाइमा पर्छ । एक/दुईबाहेक रेडिमेड कपडा नमिल्ने भएकाले म सिलाएर कपडा लगाउने गर्छु । कपडा सिलाउन कहिले श्रेष्ठ टेलरिङ पुग्छु त कहिले कहाँ । एकैठाउँ सिलाउँदिनँ । चर्को घाम अनुहारमा पर्दा ह्याट लगाउने बानी छ ।

मेरो फिटनेस
प्रत्येक बिहान कम्तीमा आधा घन्टा शारीरिक अभ्यास गर्छु । ट्रेडमिलमा हिँड्छु । मधुमेहले समातेकाले बेलुका पीठो खान्छु भने बिहान पनि निश्चितमात्रामा खाना खाने गर्छु । कहिलेकाहीं योगासमेत गर्छु । मर्निङवाक नियमित नभए पनि ट्रेडमिलमा दौडन कहिल्यै छुटाउँदिनँ ।

मेरो अध्ययन
हिजोआज पढ्ने समय निकाल्न सकेको छैन । पढिहाल्दा जीवनी, संस्मरण पढ्छु । आख्यानमा खगेन्द्र संग्रौला र विश्लेषण प्राध्यापक कृष्ण खनाल मन पर्छ । मेरो निजी पुस्तकालयमा दुई हजार बढी किताब होलान् । सालिन्दा पाँच÷सात हजारको किताब किन्ने गरेको छु ।

मेरो घुमफिर
रुचि भए पनि घुमफिरमा निस्कने फुर्सद छैन । अधिकांश समय निर्वाचन क्षेत्रमै बित्छ । सम्भवतः ७१ जिल्ला पुगेको छु । चीन र भारत पनि गएको छु । घुमेकामध्ये राराताल मन असाध्यै मन पर्यो ।

मेरो फुर्सद
राजनीतिक भागदौडबाट कहिलेकाहीं बिदा लिएर आराम गर्न मन लागे पनि एकपछि अर्को कामले छाड्दैन । राजनीतिक कामबाट छुट्कारा पाएपछि विकास निर्माणका काममा लाग्नुपर्यो । फुर्सद पाइहालेमा पढेर समय सदुपयोग गर्छु ।

मेरो खेलकुद
खेलमध्ये भलिबल असाध्यै मन पर्छ । प्रतियोगितामा भाग नलिए पनि विद्यार्थी जीवन र शिक्षण पेसामा रहँदासमेत भलिबल खेलेको थिएँ । फुटबल पनि हेर्ने गरेको छु । लियोनल मेस्सीको टिम मन पथ्र्यो । क्रिकेटमा रस बस्नै सकेन ।

मेरो मोबाइल
बोकेकामध्ये एउटा आइफोन फाइभ हो भने अर्को चाइनिज । आइफोन साथीले उपहार दिएका हुन् भने चाइनिजचाहिँ छोराले ल्याइदिएका थिए । मोबाइलमा फेसबुक प्रयोग गर्ने गर्छु ।

मेरो टीभी
टीभी हेर्ने समय बेलुका जुर्छ । विशेषतः समाचार हेर्ने गर्छु । मनोरञ्जनका लागि ‘इन्डियन आइडल’ हेर्दै आएको छु । घरमा भएको टीभीको ब्रान्ड थाहा भएन तर साइजचाहिँ १८ इन्चको हो कि जस्तो लाग्छ ।

मेरो चलचित्र
पछिल्लो समय सिनेमाहलसम्म पुगेर हेरेको चलचित्र ‘छक्का पन्जा’ हो । कसैले महत्वपूर्ण छ भनेर सिफारिस गर्यो भने भिसिडीमा पनि चलचित्र हेर्ने गर्छु । हेरेका चलचित्रमध्ये ‘बेन्डेट क्वीन’, ‘भगतसिं’ र ‘सिन्दुर’ मन पर्यो । दीपाश्री निरौला र दयाहाङ राईको अभिनय राम्रो लाग्छ । निरौला र राईको अभिनय स्वाभाविक लाग्छ ।

मेरो रोग
ज्यानलाई सन्चै छ । मधुमेहले छोए पनि सुरुमै थाहा पाएकाले सन्तुलनमा राखेको छु । अहिलेसम्म दुईपटक ‘होल बडी चेकअप’ गराएको छु । खानपिनमा सचेत, बाहिर त्यति नखाने र शारीरिक अभ्यासले तन्दुरुस्ती देखिएको हुँ ।

मेरो भाषणशैली
आफूले आफ्नो भाषणशैली मूल्यांकन गर्दा आवेगात्मक लाग्छ । भाषणशैली बौद्धिक बनाउनुपर्छ भन्ने लागे पनि आक्रामक भाषण गर्ने गरेको छु । भाषण गरेकै आधारमा नभए पनि सञ्चारमाध्यममा प्रतिक्रिया व्यक्त गर्दा कहिलेकाहीं विवादमा तानिएको छु । भाषण तथा अन्तरक्रियामा भाग लिनअघि तयारी गर्ने बानी छ ।

मेरो मापसे
मादक पदार्थ खानै हुन्न भन्ने लाग्दैन । तर पनि म पिउने मानिस होइन । कसैको अनुरोधमा पिउँदा राम्रै ब्रान्डको दुई पेगसम्म पिउँछु । होश गुम्नेगरी पिएको छैन ।

मेरो संगीत
पाए/भ्याएसम्म संगीत सुन्ने बानी छ । म संवत् २०३२ माघ २ गते शिक्षक भएको थिएँ । सिन्धुपाल्चोकको चिनियाँ नाकामा पढाउनुपथ्र्यो । त्यहाँ चौबीसै घन्टा चाइनिज धुन बज्थ्यो । सुन्दासुन्दा यस्तो बानी परेछ कि नबुझे पनि त्यो धुन मन पथ्र्यो ।

अञ्जु पन्तको आवाज श्रवणीय लाग्छ । हेमन्त शर्माको आवाज पनि ‘युनिक’ लाग्छ । म ‘सिम्मा’ अधिकांश गीत गुनगुनाउँथें । हिजोआज ‘म पनि त मान्छे हुँ, मेरो पनि मुटु चल्छ’ नामक गीत गुनगुनाउँछु । विदेशीमा महमद रफीका गीत मन पर्छन् । पहिले/पहिले म पनि गीत गाउँथें ।

मेरो भूल
म आदर्शवादी मूल्य÷मान्यता, पद्धतिमा चल्ने अनुशासनमा बस्ने मानिस भएकाले ठूलो भूल गरेको छैन । भूल गरेबापत सजाय पाएको छैन । अलि सानैमा म विद्यालय जाने भनेर घरबाट हिँडे पनि बीचमा विद्यालयको समयजति बरालिएर घर फर्केको थिएँ । पोल खुलेपछि शिक्षकको पिटाइ खाएको थिएँ । भूल नगरी सजाय पाएको थुप्रै दृष्टान्त छन् । कहिलेकाहीं पत्रपत्रिकामा गर्दै नगरेको कुरा लेखिदिन्छन् । कतिपय पत्रपत्रिकाले पूर्वाग्रही तरिका समाचार लेखिदिन्छन् ।
गल्ती गरेको महसुस भयो भने म तुरुन्त आत्मालोचना गर्छु । जति चाँडो आत्मालोचना गर्यो त्यति चाँडो मन हल्का हुन्छ । राजनीतिक जीवनमा मैले गल्ती गरेजस्तो लाग्दैन ।

मेरो घर
सिन्धुपाल्चोकमा रहेको घर भत्केकाले चारकोठे एकतले घर बनाएको छु । घर बनाएको घडेरी पुख्र्यौली हो, त्यही जग्गा/जमिनबाट भएको आम्दानीले घर बनाउन सम्भव भएको हो । धेरथोर आफैंले पनि लगानी गरेको हुँ । घर बनाउँदा १२/१३ लाख खर्च भएको थियो ।

मेरो राशी
मेरो राशी मेष । ग्रहदशाबारे जान्दिनँ । ग्रहशान्ति गराउने बानी छैन ।

मेरो सौन्दर्यचेत
कपालमा हिमालयन तेल लगाउने गरेको छु । बिहान फेसवासले मुख धुन्छु । कहिलेकाहीं साउना बाथ बस्ने गर्छु ।

मेरो सपना
समृद्ध नेपाल बनाउने सपना छ । नेपालमा प्राकृतिक स्रोत साधन अपार छन् । सदुपयोग गर्न सकेका छैनौं । त्यसलाई सदुपयोग गर्न सके समृद्ध नेपाल बनाउन सकिन्छ ।
राजनीतिमा लागेपछि लगातार काम गर्दै आएँ, मन्त्रीसम्म भएँ । मन्त्री भएपछि स्वाभाविक रूपमा आकांक्षा हुने भए । तर, सेवा गर्दै जाँदा जिम्मेवारी पाइन्छ भन्ने लाग्छ ।
सिन्धुपाल्चोक पर्यटन, जलस्रोत, खनिज र जडीबुटीका हिसाबले असाध्यै सम्भावना भएको जिल्ला हो । अहिले बन्द भए पनि चीनसँग जोडिएको तातोपानी नाका छ । स्रोत साधन कमी छैन, त्यसलाई सदुपयोग गर्दै समृद्ध सिन्धुपाल्चोक बनाउन चिन्तन मनन गर्दै आएको छु ।

मेरो मृत्यु

मानिस जन्मेपछि मर्नुपर्छ, यो स्वाभाविक प्रक्रिया हो । मलाई मृत्युदेखि डर लाग्दैन । ओम पुरीको भनाइसँग म सहमत छु । उनले भनेका थिए, ‘मर्न त मलाई डर लाग्दैन तर बिरामी भएर अरूलाई दुःख दिएर बाँचिरहनचाहिँ डर लाग्छ ।’
काम गर्दागर्दै अन्तिम सास फेर्न पाइयोस् भन्ने अपेक्षा गरेको छु । मान्छेको सेवा गर्दागर्दै प्राणान्त होस् भन्ने चाहन्छु । मृत्युको नजिक पुगेको थुप्रै घटना÷दुर्घटना छन् । सयौंपटक प्रहरीको घेराबन्दी परियो । तर, सबैभन्दा ठूलो घटना ०६२ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा घट्यो ।

त्यो दिन प्रहरीले अन्तिमपटक हामीमाथि आक्रमण गर्यो । उनीहरूले हेलिकोप्टरबाट वर्षा गरे । बम वर्षा हुँदा जंगलका रूख भाँचिए, घरका छाना उडाइए । हामी बालबाल बचेका थियौं । चार बजेसम्म जंगलबीचको चौरीमा बस्यौं ।

पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ पुनले भन्नुभयो, ‘चार बजेपछि जनयुद्धको इतिहासमा आक्रमण गरेका छैनन्, आज पनि गर्दैनन् होला हिडौं ।’ हामी हिँड्यौं । हामीतिरै हेलिकोप्टर आयो । अलि छिटोछिटो गरी खोल्सी तरेर पारिपट्टि भित्तामा पुग्यौं । भित्ताबाट उकालो लाग्दै गर्दा हेलिकोप्टर अवतरण गरी सुरक्षाकर्मीले गोली वर्षाउन थाल्यो । बुट्यान भएसम्म जोगियौं ।

साँझको पौनै पाँच बज्दै थियो । हामी त्यस्तो ठाउँ पुग्यौं, जहाँ पहिरो लडेको थियो । पहिलो तर्न हतार गर्दै थियौं, मेरो अघि भाइ थिए । उसले सेतो कमिज लगाएका थिए । उनको सेतो कमिजलाई ताकेको गोली मलाई लाग्यो । एकैपटक मलाई तीन गोली लाग्यो । तर, म बाँचें । कसरी बाँचें भनेर मलाई अहिले आश्चर्य लाग्छ । तीन गोली लागेकै हो । एउटा गोली हातको बूढीऔंलामा, अर्को नाइटोमुनि र तेस्रो देखाउन नमिल्ने ठाउँमा लागेको थियो ।

एम सिक्स्टिनको तीन गोली एकैसाथ शरीरमा लाग्दा मानिस बाँच्छ र ? तर, म बाँचेको छु । म मेरा लागि नभएर जनताका लागि बाँचेको हुँ । तसर्थ, मैले व्यक्तिगत जीवनमा केही सोचिनँ । सोचाइ पनि छैन । बाँचुन्जेल जनताकै लागि समर्पण गर्छु ।

तीन गोली लाग्दा मैले लगाएका सबै लुगा खरानी भएका थिए । त्यसपछि अंगरक्षकको झोलाबाट तौलिया झिकेर लाज छोपें । अहिले पनि लाग्छ– म बाँचेकै हो त ? काम गर्दागर्दै, सक्रिय रहँदारहँदै मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । एकछिन बिरामी नभई, एकैछिन कामबाट विश्राम नलिई मर्न पाऊँ भन्ने लाग्छ । हुन त राजनीति धेरै ठूलो समाजसेवा हो, यता आउनुअघि पनि समाजसेवामै झुकाव थियो । तसर्थ, जनताका काम गर्दागर्दै मर्न पाइयोस् ।

यी जीवन कथा पनि पढ्नुहोस्

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल