खेलजीवनबाट सन्न्यास लिएका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूभन्दा राम्रा खेलाडी उत्पादन गर्ने अभियानमा लागेका छन् । दक्षिण एसियाली खेलकुद सागमा चार स्वर्ण पदक हात पारेका उनी ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।
एसियन्स गेममा दुई कास्य पदक हात पारेका उनले नेपालका विद्यालयदेखि विश्वविद्यालयमा समेत खेललाई अनिवार्य विषय बनाइनुपर्ने बताउँछन् । पदक विजेता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका जीवनस्तर उकास्न मासिक भत्तामात्रै होइन, यातायात, स्वास्थ्य र शिक्षामा सहुलियत व्यवस्था गरिनुपर्छ भन्ने कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
खानचाहिँ दालभात तरकारी नै खान्छु । तर, सदूरपश्चिमको खाना माडा, डुप्का मन पर्छ । त्यसमध्ये आमाले पकाएको खाना असाध्यै मन पर्छ । अहिलेसम्म आमाले पकाएकोजस्तो मीठो खाना खान पाएकै छैन । पहिले पाँचतारे होटलका खाना मन पराउने मानिस अहिले त्यही माडा र डुप्कालाई अर्गानिक भनेर मन पराउन थालेका छन् । मैले पनि त्यही खाएर हुर्केकाले माडा र डुप्का नै मन पर्छ ।
भोक लागेपछि सबै खाना मन पर्छ । विद्यार्थी जीवनमा खिचडी धेरै खाएको छु । कोठामा एक्लै हुन्थें । क्याम्पस जानु त छँदै थियो, खेल्न पनि जानु नै थियो । खेलाउन पनि जानुपथ्र्यो । खेल्दा र खेलाउँदा थाकिन्थ्यो । भाँडा माझ्ने पनि अल्छी लाग्थ्यो । त्यसो भएकाले पाँच महिनाजति खिचडीमात्रै पकाएर खाएँ । बिहान, बेलुका नियमित खाँदाखाँदा वाक्क लाग्यो । त्यसपछि खिचडी मन पर्न छाड्यो ।
साउथ एसियन गेम जितेपछि हातमा पैसा हुन थाल्यो । त्यसपछि रेष्टुरेन्ट जान थालेको हुँ । हिजोआज पनि सातमा एक/दुईपटक परिवारसहित रेष्टुरेन्ट जाने गर्छु । स्न्याक्समा चिकेन चिल्ली, मःमः र पिज्जा रोजाइमा पर्छ । एकताका बाध्यताले पकाए पनि हिजोआज औँसी/पूर्णेमा मात्रै भान्सामा पस्छु । नत्र श्रीमती र भाइले पकाउँछन् ।
मेरो पोसाक
ट्र्याक सुट लगाउँछु । विद्यालय पढ्दा सर्ट पाइन्ट लगाउँथें । त्यतिबेला एकपटक सिलाएको कपडा वर्षभरि लगाउनुपथ्र्यो । ट्र्याक सुट लगाउन थालेपछि पाइन्ट कम लगाउन थालें । बाहिर गेम खेल्न जाँदा लुगा पहिलो प्राथमिकतामा पथ्र्याे । नकिनी सुखै थिएन । सालिन्दा एक/दुई लाख रुपैयाँ लुगामा खर्च हुन्छ ।
खेलबाट सन्न्यास लिएपछि अलि मोटाएको छु । त्यसैले अलिकति तर पोषिलो र अर्गानिक खानेकुरा खाने गरेको छु । योगा गर्दिनँ । गर्नुपर्छ भन्ने मान्यता छ । मैले तालिम गर्ने र गराउने हुनाले योगा गरेको छैन । मर्निङवाक निस्कने समय तालिममा हुन्छु ।
मलाई नीलो, आकाशे र रातो रङ मन पर्छ । हिजोआज रेडिमेड लगाउँछु । १२ कक्षासम्म सिलाएरै लगाएँ । पहिले एडिडास धेरै लगाउँथें । अहिलेचाहिँ छानीरोजी लगाउँछु । औपचारिक कार्यक्रममा ढाकाटोपी लगाएबाहेक प्रायः क्याप लगाउँछु ।
मेरो फिटनेस
दैनिक आफूलाई पुग्नेगरी शारीरिक अभ्यास गर्छु । पहिले ‘नेसनल टिम’ लाई तालिम गराउँथें । अहिले रोकिएको छ । बेलुका इन्द्रेणी फिटनेसमा किक हान्छु, जिम गर्छु । घुँडाको समस्या छ, चिकित्सकले दैनिक एकपटक फिजियोथेरी गर्नु भनेर सुझाएका छन् ।
खेलबाट सन्न्यास लिएपछि अलि मोटाएको छु । त्यसैले अलिकति तर पोषिलो र अर्गानिक खानेकुरा खाने गरेको छु । योगा गर्दिनँ । गर्नुपर्छ भन्ने मान्यता छ । मैले तालिम गर्ने र गराउने हुनाले योगा गरेको छैन । मर्निङवाक निस्कने समय तालिममा हुन्छु ।
मेरो अध्ययन
प्रायः तेक्वान्दोसम्बन्धी पाएजति सबै अध्ययन गर्छु । खेलाडी भएकाले खेलसम्बन्धी अध्ययन गर्ने, टीभीमा पनि खेल हेर्ने गर्छु । खेलबाहेकका कम पढ्ने गरेको छु । कहिलेकाहीं उपन्यास पढ्छु ।
जीवनी पढ्न मन पर्छ । बीपी कोइरालाले लेखेका किताब पढेको छु । हिटलरलाई पढेको छु । अलेक्जेन्डलाई पनि धेर÷थोर पढेको छु । पत्रकार विजयकुमारको खुसी पनि पढें । धेरैले मेरो जीवनीसम्बन्धी किताब प्रकाशन गर्न सुझाएका छन् । ढिलोचाँडो प्रकाशन हुनेछ ।
मेरो घुमफिर
घुमफिरमा रुचि छ । नेपाल नघुमी विदेश घुम्न अवसर पाएँ । वर्षमा एकपटक नेपाल घुम्न निस्कने सोच बनाएको छु । खेल्नेक्रममा धेरै जिल्ला पुगेको छु । खप्तड, रारा, जिरी, सगरमाथा आधारशिविरसम्म पुगेको छु ।
१५/२० देश घुमेको छु । क्रोएसिया साह्रै मन पर्यो । देश सानो, सुन्दर र सफा छ । नेपालका सबै ठाउँ घुम्नलायक छन् । सगरमाथा र अन्नपूर्ण आधारशिविर घुम्न मन छ ।
शनिवार परिवारसहित बाहिर निस्कन्छु । त्यो दिन चलचित्र हेर्ने र बाहिरै खाना खान्छौं । केही समयअघि परिवारसहित दंगल हेर्यौं । एक्सन र खेलकुदसँग सम्बन्धित चलचित्र हेर्ने बानी छ ।
मेरो फुर्सद
फुर्सद हुन्छ र हुँदैन पनि । मुलुकको सबैभन्दा व्यस्त मानिस हुँ कि जस्तो पनि लाग्छ । अब समय व्यवस्थापन गर्ने पक्षमा छु । सानातिना काममा नभएर राम्रा काममा मात्रै व्यस्त हुने प्रण गरेको छु ।
फुर्सद नभए पनि मिलाएर आराम गर्ने गरेको छु । सातामा एक दिन काठमाडौंभित्र र महिना/दुई महिनामा उपत्यकाबाहिर गएर आराम गर्दै आएको छु । कहिलेकाहीं विदेशसम्म पुग्छु । फुर्सद मिल्नसाथ परिवारलाई समय दिन्छु । छोरा सानै छ । जो मानिस परिवारबाट खुसी हुन्छ, उसले जीवनमा धेरै प्रगति गर्न सक्छ भन्ने बुझाइ छ । अन्य समय नदिए पनि शनिवार परिवारलाई समय दिन्छु ।
शनिवार परिवारसहित बाहिर निस्कन्छु । त्यो दिन चलचित्र हेर्ने र बाहिरै खाना खान्छौं । केही समयअघि परिवारसहित दंगल हेर्यौं । एक्सन र खेलकुदसँग सम्बन्धित चलचित्र हेर्ने बानी छ ।
मेरो खेलकुद
तेक्वान्दो खेलाडी भए पनि मलाई फुटबल मन पर्छ । म भलिबल खेलाडी पनि हुँ । मैले आईएस्सी पढुन्जेल भलिबल खेलें । पास गरेपछि तेक्वान्दो थालेको हुँ । १९ वर्ष टेकेपछि तेक्वान्दो खेल्न थालें ।
सबै खेलको सम्मान गर्छु । मानिसको जीवन नै ध्वस्त हुनेखालका खेल मन पर्दैन । त्यो खेल नभइदिए हुन्थ्यो लाग्छ । दक्षिण एसियामा चार स्वर्ण पदक हात पार्ने अहिलेसम्म ममात्रै हुँ ।
बेइजिङ ओलम्पिकमा मेस्सीले भेट्ने अवसर पाएको थिएँ । फोटो पनि खिचें । म उनको साथी । ऊ राम्रो खेलाडी । ऊसँग फोटो खिच्न पाउँदा औधी खुसी छु । मलाई क्रिकेट टिमभन्दा खेलाडी सचिन तेन्दुलकर मन पर्छ । उनले खेल्न छाडेपछि क्रिकेट हेर्नै छाडें ।
मेरो मोबाइल
आइफोन सिक्स बोक्दै आएको छु । आइफोन बोक्ने हैसियत नभए पनि अमेरिकामा रहेका साथी कमल क्षेत्रीले उपहार दिएका हुन् । मैले ५/६ हजार रुपैयाँको मोबाइल बोकेको देखेर साथी क्षेत्रीले आइफोन फोर, फाइभ र सिक्स पठाइदिएका थिए । मोबाइल फेरीफेरी बोक्ने बानी छैन । फेसबुक, भाइबर, विच्याट प्रयोग गर्छु । पहिले एंग्री बर्ड, क्यान्डिक्रस पनि खेल्थे । पछिल्लो समय खेल्न छाडेको छु ।
बेइजिङ ओलम्पिकमा पुरुषतर्फ ‘बेस्ट प्लेयर अवार्ड’ पाएको थिएँ । त्यतिबेला ३६/४० इन्चको सामसुङ टीभी पाएको थिएँ । त्यही टीभी हेर्दै आएको छु ।
मेरो टेलिभिजन
विशेषतः टीभीमा खेल हेर्छु । छोराले गर्दा त्यो पनि छुटेको छ । उसले कार्टुन हेर्न मन पराउँछ । मैले त्यो पनि मन पराउन थालेको छु । छोराकै लागि पनि कार्टुन हेर्छु । घुँडाको शल्यक्रियाताका टेलिशृंखला हेरे पनि अहिले छैन । टीभी हेर्न साँझपख अनुकूल हुन्छ ।
बेइजिङ ओलम्पिकमा पुरुषतर्फ ‘बेस्ट प्लेयर अवार्ड’ पाएको थिएँ । त्यतिबेला ३६/४० इन्चको सामसुङ टीभी पाएको थिएँ । त्यही टीभी हेर्दै आएको छु ।
मेरो चलचित्र
केही समयअघि परिवारसहित हलमै पुगेर ‘दंगल’ हेरेका थियौं । टीभीमा चलचित्र हेर्दिनँ । रियालिटी शो हेर्छु । हेर्न छोरालाई फकाउनुपर्छ । ‘दंगल’, ‘सुल्तान’ र ‘कयामत से कयामत’ साह्रै मन परेको चलचित्र हुन् । भारतीय कलाकारमा नायक सलमान खान र ऐश्वर्य राय र नेपालीमा राजेश हमाल र करिश्मा मानन्धर मन पर्छ ।
मेरो रोग
घुँडाको समस्याबाहेक पूर्ण रूपमा स्वस्थ छु । दुवै घुँडाको शल्यक्रिया गरेकाले जाडोको समयमा सताउँछ । चिकित्सकले बाँचुन्जेल घुँडाले दुःख दिन्छ भनेका छन् । दीर्घ रोग छैन । दसपटक ‘होलबडी चेकअप’ गराइसकेको छु ।
जसले अनुशासित जीवन बाँच्छ, ऊ स्वस्थ रहन्छ । उसलाई कुनै रोग लाग्दैन । चौबीसमा दुई घन्टा शारीरिक अभ्यास गर्ने हो भने स्वस्थ नरहने कुरै छैन । उमेरअनुसार खानपानमा ध्यान दिनुपर्छ ।
मेरो भाषणशैली
भाषण गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । तर, कार्यक्रममा अतिथिका रूपमा बोलाएपछि बोल्नैपर्यो । विशेषतः भाषण गर्दा खेलबारे आफ्नो अनुभव, अनुभूति सुनाउने गर्छु । बोल्दा सकेसम्म बौद्धिकखालको हुन्छ भन्ने लाग्छ ।
खेल्दा बियरमात्रै पिउँथें । खेलबाट सन्न्यास लिएपछि शुभकार्यमा जाँदा पिउने गरेको छु । पिउँदा राम्रो पिउने थोरै पिउने मान्यता छ ।
भाषण धेरै गर्नुपरेको छैन, गरेकै आधारमा विवादमा तानिएको छैन । सञ्चारमाध्यमका साथीहरूले पछिल्लो समय कुन कार्यक्रममा गएको हो, त्यसलाई सम्बोधन गर्नेगरी बोल्नुपर्छ भएर सुझाएपछि धेर/थोर तयारी गर्न थालेको छु ।
मेरो मापसे
खेल्दा बियरमात्रै पिउँथें । खेलबाट सन्न्यास लिएपछि शुभकार्यमा जाँदा पिउने गरेको छु । पिउँदा राम्रो पिउने थोरै पिउने मान्यता छ । दुई/तीन पेगसम्म पिउँछु । वनभोजजस्तो लामो शुभकार्यमा जाँदा ४/५ पेगसम्म लिन्छु ।
मेरो संगीत
संगीत धेरै सुन्छु । नेपाली गीत सबै मन पर्छ । निमा रुम्बा, दीपक लिम्बू, कुन्ती मोक्तानका गीत मन पर्छ । नारायण गोपालका अधिकांश गीतले मन छुन्छु । म बाथरुम सिंगर पक्कै हो ।
मेरो भूल
जीवनमा धेरै भूल गरेको छु । जानाजान र अन्जानमा भूल गरिन्छ । दुईमध्ये अन्जानमा धेरै भूल गरेको छु । त्यसले गर्दा सच्चिने मौका पाएको छु । भूल गरेबापत धेरै सजाय पाएको छु । मैले जति सजाय सायद अरूले पाएका होलान् ।
म किसानको छोरा हुँ । हलो जोत्दा कहिलेकाहीं बिग्रन्थ्यो, त्यतिबेला बुवाले गोरु कुट्ने लठ्ठीले पिट्नुहुन्थ्यो । जोत्दा हलो भाँचिदासमेत सजाय पाउँथें । सजाय पाउँदा त्यसबेला पीडा भए पनि अनुशासित जीवन जिउन सिकायो ।
खान मन लागेपछि साथीहरूसँग मिलेर काकाको पसल फोडेर चक्लेट चोर्यौं । लुकेर चक्लेट खाँदै गर्दा भाइले देखे । उसले चक्लेट मागे पनि मैले दिइनँ । चक्लेट नदिएपछि भाइले बुवालाई सुनाए । अघिल्लो रात पसल चोरी हुनु भोलिपल्ट मेरो खल्तीभरि चक्लेट भएपछि चोर फेला परिहाल्यो । पुस÷माघको समय थियो, चक्लेट चोरेकोमा बुवाले घरबाहिर बाँधेर मलाई पिट्नुमात्रै भएन रातभरि बाहिरै राख्नुभयो । त्यसपछि चोरी गर्न हुन्न भन्ने लाग्यो । गल्ती गरेबापत आत्मालोचनासमेत गर्ने गरेको छु ।
मेरो घर
शंखमुलमा घर बनाउँदै छु । तीनआना बढी घडेरीमा निर्माणाधीन घर वास्तुशास्त्रअनुसार नै बनाउँदै छु । मसँग ३० लाख रुपैयाँ थियो । ५० लाख ऋण लिएको छु । लगभग एक करोडमा बन्ने घर साढे दुई तलाको हुनेछ ।
मेरो राशी
राशी कर्कट भएन पनि मीन राशी भन्ने गरेको छु । ग्रहदशा हेराउँछु । घुँडाको समस्या आएपछि संकटा गएर ग्रहशान्ति गराएको थिएँ । भगवान् धेरै मान्छु । कुल देवता भगवती हो । ग्रह, नक्षत्रप्रति विश्वास छ ।
मेरो सौन्दर्यचेत
पहिले तोरीतेल लगाउँथे । घरमा आफैंले उत्पादन गरेको तोरीबाट तेल पेलिन्थ्यो । हिजोआज हेयर एन्ड केयर तेल लगाउँछु । यदाकदा फेसियल गर्छु । अनुहारमा कोल्डक्रिम र शरीरमा सेन्ट प्रयोग गर्छु ।
काठमाडौंको मीनभवनमा रहेको कर्मस क्याम्पस पढ्दा मलाई पाखे भन्थे । मलाई देखेर अरूले पाखे आयो भन्थे । मलाई पाखेको अर्थ थाहा थिएन । त्यतिबेला मलाई नेपाली बोल्नै आउँदैथ्यो । हिन्दी कि डोटेली भाषा बोल्थें ।
घुँडामा समस्या देखिएपछि इन्द्रेणी क्लब नियमित जान थालेको हुँ । घुँडा शल्यक्रिया गरेपछि फिजियोथेरापी गर्न क्लब जान पर्छु । क्लब जाने हुनाले स्टीम बाथ, साउना बाथ दैनिक लिने गर्छु ।
मेरो प्रेम
बिहे गर्नअघि दोहोरो प्रेममा थियौं । तर, छुट्यो । २५/३० वर्षअघिको कुरा भएकाले छुटेकी प्रेमिका बिर्सिसकें । प्रेमप्रस्ताव नराखी हामी दोहोरो प्रेममा थियौं ।
काठमाडौंको मीनभवनमा रहेको कर्मस क्याम्पस पढ्दा मलाई पाखे भन्थे । मलाई देखेर अरूले पाखे आयो भन्थे । मलाई पाखेको अर्थ थाहा थिएन । त्यतिबेला मलाई नेपाली बोल्नै आउँदैथ्यो । हिन्दी कि डोटेली भाषा बोल्थें ।
मैले प्रेमविवाह गरेको हुँ । श्रीमती नेवार समुदायकी हुन् । मलाई बुवाले नेवार बिहे नगर भन्नुहुन्थ्यो, अभिभावकले श्रीमतीलाई पनि आफ्नाभन्दा परको जातसँग बिहे गर्न अनुमति दिएको थिएन । हामी दुवै राष्ट्रिय खेलाडी । ६ वर्षको ‘लभ अफियर्स’पछि हामीले बिहे गर्यौं । बिहे गर्न जातले धेरै दुःख दियो ।
मेरो सपना
विदेशतिर खेल क्षेत्र ‘एड्भान्स’ छ । खेलले गर्दा सम्बन्धित देशको आर्थिक स्तर उकासिएको छ । नेपाललाई पनि त्यसैगरी उकास्न पाए हुन्थ्यो भन्ने लागेको छ । नेपालमा खेल विद्यालय आवश्यक छ । विश्वविद्यालयमा समेत खेल विषय अनिवार्य पढाइनुपर्छ । पदक विजेता खेलाडीका जीवनस्तर उकास्न मासिक भत्ता व्यवस्था गरिनुपर्छ भनेर सम्बन्धित निकायमा माग गरेको छु ।
विगतमा स्वास्थोपचार गर्न नसकेर दलबहादुर रानालगायत खेलाडीको अकालमा मृत्यु भएको थियो । खेलाडी संघको अध्यक्ष भएपछि मैले खेलाडी कल्याणकोष स्थापना गरेको छु । सरकारले कोषका लागि एक करोड रुपैयाँ दिएको थियो । कोष झन्डै डेढ करोडको भइसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई साह्रोगाह्रो पर्दा कोषबाट सहयोग गरिन्छ । खेलाडीलाई यातायात र शिक्षामा सहुलियत व्यवस्था गरिनुपर्छ । विदेशमा खेलाडीका छोराछोरी पढाउन सहुलियत व्यवस्था छ, नेपालमा पनि लागू भइदिए हुन्थ्यो । यदि नेपालका विश्वविद्यालयमा खेल विषय पढाइ भइदिएको भए म योभन्दा माथि पुग्ने थिएँ ।
चीन, कोरिया, थाइल्यान्ड र अमेरिकाका विद्यालयमा अध्ययनरत खेलाडी विद्यार्थीले सबैभन्दा बढी सहुलियत पाउँछन् । पदक जित्यो भने त उसलाई खाना, बस्न, लुगाफाटो सबै दिइन्छ । विद्यालयमा अध्ययनरत खेलाडीले राम्रो गरे विश्वविद्यालयमा निःशुल्क पढ्न पाउँछन् । त्यहाँ खेल संस्कार छ । हाम्रोमा खेल संस्कार छैन । नेपालका विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा खेल विषय अनिवार्य बनाउन आवश्यक छ । म त्यता केन्द्रित छु ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..