पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

केपी ओली नेतृत्व सरकारमा शिक्षामन्त्री रहँदा उनले अस्थायी शिक्षकलाई सम्बोधन गर्न शिक्षा ऐनमै ‘गोल्डेन ह्यान्डसेक’ व्यवस्था गरे । त्यसअघि यसबारे चर्चा चले पनि ऐनमा उल्लेख थिएन । ऐन बनेपछि अस्थायी शिक्षकले केही राहत पाएका छन् । स्थायी शिक्षकका लागि परीक्षामा सहभागी नहुने शिक्षकले ‘गोल्डेन ह्यान्डसेक’ पाउने ऐनमा छ ।

उनले शिक्षक सरुवासम्बन्धमा समेत नयाँ ऐन व्यवस्था गरेका थिए । सो ऐनअनुसार सम्बन्धित शिक्षक एउटै विद्यालयमा पाँच वर्षभन्दा बढी अध्यापन गर्न पाउने छैनन् । पहिले शिक्षक दलविशेषका सदस्य बन्न नपाउने भनिए पनि उनी शिक्षामन्त्री हुँदा बनेको ऐनमा शिक्षक/शिक्षिका दलविशेषको सदस्य बने पनि कार्यसमितिमा मात्रै बस्न नपाउने भएका हुन् ।

गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलोपटक सरकार नेतृत्व गर्दा दुईपटक स्वास्थ्य र अघिल्लो सरकारमा शिक्षामन्त्रीको भूमिका निर्वाह गरिसकेका माओवादी केन्द्र सचिवसमेत रहेका गिरिराजमणि पोखरेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना

सामान्यतया नेपाली खाना दाल, भात, तरकारी मन पर्छ । पछिल्लो समय चिनियाँ र जापानी खानेकुरा चाखें । दुवै मन पर्यो । कुनै खानाप्रति पूर्वाग्रह छैन । खानेकुरा मन पर्ने/नपर्ने संस्कारको दृष्टिकोणले आ–आफ्नो पृष्ठभूमिसँग गाँसिएको हुन्छ । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । बैठक, छलफल र भेटघाटमा कसैले बोलाउँदा जाने गरेको छु ।

मेरा साथी प्रकाश नेपाल छन् । उनले खानेकुराबारे जानकारी गराउँछन् । अर्का साथी सुदर्शनले पनि खानेकुराबारे जानकारी गराउँछन् । स्नातकोत्तरसम्म पढ्दा आफैंले खाना बनाउने गर्थें । आमा बिरामी, दिदीले बिहे गरिसकेकीले दाजुभाइले पालो मिलाएर खाना बनाउने गथ्र्यौं । एक समय बाध्यात्मक रूपमा काम गरिसकेपछि त्यसको असर पर्दोरहेछ । रुचिका रूपमा विकास हुन्छ कि हुँदैन भनेर त्यसले निर्धारण गर्दोरहेछ । मैले संवत् २०५४/०५५ सम्म खाना पकाएको थिएँ ।

मेरो पोसाक
आफ्ना लागि आफैंले कपडा किनेको छैन । मेरा नयाँ र पुरानो दुई परिवार छन् । नयाँ भन्नाले हामीले (आधारशिला) सामूहिक घर बनाएका छौं । एउटा व्यवस्थापन त्यसले गरिदिन्छ । पुरानो भन्नाले बाआमाका परिवार, बाआमा हुनुहुन्न । सानिमा र सानिमातिरका एक भाइ र एक बहिनी छन् । पुराना परिवारले पनि माया गर्छन् ।

मेरा दाइ र भाइ विदेश छन् । उनीहरूले पनि पठाइदिन्छन् । र, बुहारीले पनि । विराटनगरमा दुई भाइ छन्, उनीहरूले पनि पठाइदिन्छन् । अन्य साथीभाइले पनि दिन्छन् । अरूले जे दिन्छन् त्यही लगाउने गरेको छु ।

स्वास्थ्यमन्त्री हुँदा टोपी पनि लगाइनँ । शारीरिक आवश्यकता अर्थात् एसी प्रतिकूल भएकाले हिजोआज टोपी लगाउने गरेको छु । अगाडिका दुई सरकारमा बसेर काम गरेको अनुभवले पोसाक चाहिन्छ भन्ने ठाउँमा पुगें । चीन जाँदा दौरासुरुवाल लगाएँ । सुट पनि लगाएँ । अनि टाइ पनि ।

कालो सुट मन पर्छ । मन्त्री हुनेबेला पार्टीले कोट लगाएर जाने उर्दी गर्यो । साथी महेश तिम्सिनासँग गएर रेडिमेड कोट किन्यौं । ब्रान्डबारे मलाई थाहा छैन । जाडो मौसममा उलनको कालो टोपी लगाउँछु । भादगाउँले टोपी पनि लगाउँदै आएको छु । क्याप पनि लगाउँछु ।

–कम्युनिस्ट पार्टी संस्थापक नरबहादुर कर्माचार्य हाम्रो कोठामा आउँथे । उनलाई एक दिन खुट्टामा समस्या भयो । मैले योगाको एक/दुई तरिका सिकाएँ । त्यसले उनलाई राम्रो भएछ । कमाचार्यले मेरो नामै ‘योगराज’ राखिदिए ।

मेरो फिटनेस

बिहान दुई घन्टा योगा गर्छु । ०६२ मा दुर्घटनामा परेर पुनर्जीवन पाएको व्यक्ति हुँ । २६ ठाउँमा चोटपटक लागेको थियो । उठ्न ६ महिना लाग्यो । उठेपछि आन्दोलनमा हिँडें । म पहिल्यै योगा र विपश्यनासँग गाँसिएको थिएँ । साहित्यकार डीआर पोखरेलको सानिध्यतामा विपश्यनाबारे बुझ्ने मौका पाएँ ।

दुर्घटनामा पर्नुअघि योगा सिक्दै र सिकाउँदै आएको थिएँ । कम्युनिस्ट पार्टी संस्थापक नरबहादुर कर्माचार्य हाम्रो कोठामा आउँथे । उनलाई एक दिन खुट्टामा समस्या भयो । मैले योगाको एक/दुई तरिका सिकाएँ । त्यसले उनलाई राम्रो गरेछ । कमाचार्यले मेरो नामै ‘योगराज’ राखिदिएका थिए ।

दुर्घटनामा परेपछि पद्मासनमा समेत बस्न नसक्ने भएको थिएँ । ०६८/६९ पछि फेरि थेरापीका माध्यमबाट आएँ । दुर्घटनाका कारण बनेको शरीर, पेटका समस्या, मन्त्री भएपछि डाइबिटिज भयो । हिजोआज बिहान दुई र बेलुका एक घन्टा योगा गर्छु । खानेकुराप्रति सचेत छु । मधुमेह भएकाले डाइटिङ गर्नै मिल्दैन । पहिले तीनपटक खान्थें, अहिले ६ पटक खानुपर्छ ।

पहिले मर्निङवाक निस्कन्थें । म चढेको गाडीमाथि आक्रमण भएकाले सुरक्षाका साथीहरूले सुझाएपछि त्यसको विकल्प योगामा खोजेको छु ।


मेरो अध्ययन

अघिल्लो सरकारमा शिक्षामन्त्री थिएँ । त्योभन्दा पहिले दुईपटक स्वास्थ्य । तसर्थ, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सामग्री खोजी–खोजी पढ्ने गरेको छु । म पहिले धेरै पढ्थें । पढाइबाटै यहाँसम्म आएको हुँ ।

मलाई साहित्यमा उपन्यास पढ्न जाँगर चल्छ । जीवनी बुझ्नेखालको र कविता पनि मन पर्छ । म कविता लेख्ने गर्छु । हिजोआज पूर्वीय दर्शनका महत्वपूर्ण रचनामा पढ्नु रुचिभित्र पर्छ । पुस्तक पसल पुग्दा त्यस्ता किताब छनोटमा पर्छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित थिएँ । कविता लेख्दालेख्दै म यहाँसम्म आएको हुँ । ६ कक्षा पढ्दाताका कविता लेखेर पुरस्कृत भएको थिएँ । साहित्यप्रतिको मेरो भावनात्मक आकर्षणबाट राजनीतिमा प्रवेश गरें । पछिल्लो समय प्रेम चन्द र शरद चन्दका हिन्दी साहित्य पढें । त्यस्तै तुर्गनेभ (ऋषि साहित्यकार), चेखब र टल्सटय पढें । विराटनगरमा पढ्दा पुस्तकालयका सबै किताब पढिसक्नुपर्छ भन्ने लाग्थ्यो । आनन्दका थोरै स्रोतमध्ये पुस्तक पढ्नु पनि एक हो । तर, जनप्रतिनिधिको राजनीति, सरकारका कामका कारण सूचनामूलक पठनमा केन्द्रित भएँ । तर, विश्लेषण गर्ने क्षमताविना नेतृत्व गर्नै सकिँदैन ।

शिक्षामन्त्री हुँदा जे–जति बोलियो तिनीहरूलाई संकलन गर्ने प्रक्रियामा छु । नेपालको नयाँ संविधानअनुरूपको शिक्षा तथा स्वास्थ्य नीति बनाउने सन्दर्भमा त्यससँग सम्बन्धित विषयमा अन्तरक्रिया र छलफलमा छु ।

पहिल्यैदेखि किताब संकलन गर्दै र घरमै पुस्तकालय बनाउँदै आएको थिएँ । आधारशिला बनेपछि जयगोविन्द साह अध्ययन समूहमा विराटनगरका सबै किताब राखेको छु । हिजोआज जयगोविन्द साह अध्ययन समूहकै नाममै किताब किन्छु । त्यहाँ कति किताब छन्, ठ्याक्कै भन्न सकिनँ ।

मेरो घुमफिर

क्याम्पस पढ्दा अलइन्डिया टुरमा गएँ । टुरका गुरु धार्मिक थिए । भारतका ठुल्ठूला धार्मिक स्थल पुर्याइदिए । एकाध बाँकी छन् । घुम्ने प्रयोजनका लागि नभएर कामसँग जोडेरमात्रै घुम्ने गर्छु । मुलुकका ६० जिल्ला पुगेको छु । विदेशमा १२ देश टेकेको छु । घुमेकामध्ये इलाम असाध्यै मन पर्यो । घुम्नका लागि थुप्रै आग्रह गरिए पनि संविधान नबनी कहीं जान्न भनें । मन्त्री हुँदा निजी क्षेत्रबाट आएको निमन्त्रणा स्वीकारिनँ । जनप्रतिनिधि छु, त्यसको मूल्यभित्र रहनुपर्छ भन्ने मान्यता हो ।

–स्नातक तह पढ्दासम्म म धार्मिक थिएँ । पूजापाठ गरेपछि मात्रै आमाले खाना खान दिन्थिन् । दुई/तीनप्रकारका धर्ममध्ये म कर्मकाण्डविपरीत गएँ ।


मेरो फुर्सद

फुर्सद हुँदैहुँदैन । समय मिल्दा फिल्म हेर्छु । फिल्मबाट जीवन बुझ्ने गर्छु । मनोरञ्जन लिन्छु । पहिले हिन्दी भाषा बुझ्दिनथें । विराटनगरको सडकमा राखिएका सस्ता हिन्दी पत्रिका किनेर पढ्थें । साथीहरूसँग हिन्दी फिल्म हेरेर भाषा बुझ्न थालें । पछि हिन्दी साहित्य पढ्न थालेपछि भाषा बुझ्न सजिलो भयो । अहिले पनि हिन्दी भाषा बोल्न आउँदैन तर राम्रोसँग बुझ्छु ।

फुर्सद भइहालेमा राजनीतिक भेटघाट साथै जनता भेट्ने गर्छु । दैनिक १६/१७ घन्टा काममै बिताउँछु । कविता, आलेख लेख्न र किताब पढ्न मन लागेको हुन्छ । फुर्सद भइहालेमा तिनै काम गर्छु । धेरै दिन भयो एक साथीको स्मृतिमा लेख लेख्नपर्ने भ्याइरहेको छैन ।

मेरो खेलकुद

नखेले पनि क्रिकेट हेर्छु । होचो भएकाले विद्यालय तहमा पढ्दा रेज गर्न दिन्थे । हाजिरीजवाफमा म संलग्न टोली दोस्रो हो कि तेस्रो भयो । क्रिकेटसँग सम्बन्धित प्रश्न सोधिएको थियो । मलाई खेलकुद, राजधानी, साहित्य र मुद्राबारे तयारी गर्न लगाइएको थियो । खेलसँग सम्बन्धित प्रश्नको उत्तर दिन नसक्दा थकथक लागेको थियो ।

रेस्लिङ हेर्दा आनन्द लाग्दैन । आईए पढ्दासम्म यदाकदा भलिबल खेलें । छोरीहरूले तपाईंले मेस्सीचाहिँ मन पराउनुपर्ने भनेपछि हेरेको थिएँ । स्टक एक्सचेन्ज र क्लबबारे आजसम्म बुझ्न सकेको छैन । नेपाली क्रिकेट टोलीले नयाँ ढंगले खेल विकास गर्दै लगेका छन् । उनीहरूको सफलताले खुसी छु ।

क्रिकेट विश्वकपमा अस्टे«लियाले खेल समर्पित गर्यो । इराकमा बाहिरबाट आएका सैनिकले गरेको दमन मलाई मन पर्दैनथ्यो । म संसारभरि भएको स्वाधीनता र राष्ट्रिय मुक्ति आन्दोलनको पक्षधर हुँ । मलाई खेलको तटस्थ भावको बुझाइ थियो, त्योमाथि वितृष्णा भयो । क्युबाली बक्सरले (म पत्रकारितामा जोडिँदा मस्को ओलम्पिकसम्म सूक्ष्म ढंगले खेलबारे लेख्थें) कीर्तिमानी पदक पाए, उनीहरूले नाकाबन्दीबीचमा औषधि खान नपाएका बालबच्चालाई समर्पित गरे । तिनीहरूप्रति श्रद्धा छ । अफ्रिका, ल्याटिन अमेरिकी खेलाडीले पनि खेलमा राम्रो गरेका छन् । तिनीहरूप्रति पनि सम्मान छ ।

मेरो मोबाइल

मैले बोकेको मोबाइल कति पर्यो भन्ने थाहा छैन । ब्रान्डबारे अनभिज्ञ छु । भाइ सुदेशमणि पोखरेल बेल्जियममा छन् । उनले नेपाल आउँदा ल्याएका मोबाइल छाड्छन् । साथीभाइले पनि उपहार दिन्छन् । धेरैजसो हराइसके । मोबाइल फेरिरहन नपरोस्जस्तो लाग्छ । सिष्टम नजान्दा अहिले प्रयोग गरिरहेको मोबाइल पनि बिग्रिसकेको छ ।

मन्त्री हुँदा दैनिक ७/८ सय कल फोन आउँथ्यो । फोन उठाएन भने मानिस रिसाउने । ‘एप्लिकेसन’ प्रयोग गर्ने गरेको छु । फेसबुकभन्दा ट्वीटर चलाउँछु । संविधान निर्माणको पछिल्लो चरणमा मात्रै सामाजिक सञ्जालसँग निकट भएको हुँ ।

मेरो टेलिभिजन

टीभीमा समाचार हेर्छु । ऐतिहासिकतामा आधारित ‘सिरियल’ भए हेर्छु । पहिले नेपाल टेलिभिजनबाट प्रसारित पाकिस्तानी सिरियल हेरेको थिएँ । पहिले हेरे पनि फेरि हेर्न मन लागे छोरीहरूलाई व्यवस्था गर्न लगाउँछु ।


प्रायः बेलुका आठ र दस बजेबीचको समयमा टीभी हेर्छु । मसँग भएका टीभीको ब्रान्डमात्रै होइन, साइजसमेत थाहा छैन ।

मेरो चलचित्र

मन्त्री हुँदा दुई फिल्म हेरें । ‘वडा नम्बर ६’ र ‘बाटोमुनिको फूल’ । क्याम्पस पढ्दा हलसम्म पुगेर फिल्म हेर्थें । हिजोआज छैन । कहिलेकाहीं हेर्न आइदिनुपर्यो भनेर विशेष अनुरोध आउँदा जाने गरेको छु । हेरेकामध्ये मन परेका फिल्म ‘वासुदेव’, ‘बलिदान’ र ‘माइतीघर’ हुन् । हिन्दीमा ‘बलबल पिन्टुको गुस्सा क्यु आता है’ असाध्यै मन परेको थियो । यो फिल्म फेरि हेर्ने भनेर छोरीहरूलाई भनेको छु ।

–घुमेकामध्ये इलाम असाध्यै मन पर्यो । घुम्नका लागि थुप्रै आग्रह गरिए पनि संविधान नबनी कहीं जान्न भनें । मन्त्री हुँदा निजी क्षेत्रबाट आएको निमन्त्रणा स्वीकारिनँ ।

 

मेरो रोग

‘मल्टिपल प्रब्लम’ बाट गुज्रिरहेको छु । हिजोआज त्यसलाई केयर गर्दै आफूलाई स्वस्थ र सक्रिय राख्न प्रयत्नरत छु । दीर्घरोग भन्ने शब्द÷पदावली नै मन पर्दैन । रोग नभएको कोही पनि छैनन् । रोगलाई सकारात्मक ढंगले लिने र मैत्रीपूर्ण व्यवहार गर्ने गर्नुपर्छ । दुर्घटनामा परिसकेपछि अहिलेसम्म तीनपटक ‘होल बडी चेकअप’ गराएको छु ।

मधुमेहका दृष्टिकोणले तीन/तीन महिनामा नियमित चेक–जाँच गराउँछु । मेरो ‘ब्लड प्रेसर लो’ छ । पहिले पेटका समस्या थिए । मन्त्री भएपछि डाइबिटिजले समात्यो ।

मेरो भाषणशैली

मेरो भाषणशैली त अरूलाई पो सोध्नुपर्छ । मलाई बोलिसकेपछि आफूलाई चित्त बुझे भयो भन्ने लाग्छ । कहिलेकाहीं विभिन्न कारणले चित्त बुझ्दैन । म भाषण गर्ने मानिस होइन । परिस्थितिअनुसार भाषण आक्रामक र बौद्धिक दुवै गर्नुपर्ने हुन्छ । भाषण गरेकै आधारमा धेरैपटक विवादमा परेको छु । सदनमा बोल्दाचाहिँ तयारी गर्न थालेको छु । शासकीय संस्कृतिसँग गाँसिएपछि त्यो जरुरी हुँदोरहेछ ।

मेरो मापसे

मापसे गर्नेखालको मानिस होइन । मेरो शरीरलाई सुटै गर्दैन । लत भएकोमा पर्दिनँ ।

मेरो संगीत

मेरो दाइले राष्ट्रिय विकास सेवाबाट फर्कंदा एउटा टेपरेकर्ड ल्याइदिएका थिए । टेपरेकर्डमा रेडियो पनि थियो । स्नातक तह पढ्दासम्म गीत/संगीत धेरै सुन्थें । गीत/संगीत एकदमै मन पर्छ । अन्तरवस्तु, स्वर र संगीतका हिसाबले गायक/गायिका मन पर्ने हुन्छ । रामेश मलाई मन पर्छ । नारायणगोपाल र बच्चुकैलाश पनि मन पर्छन् । गाउनमात्र होइन नाच्न पनि आउँदैन । मन्त्री हुँदा नचाउन प्रयास गरे तर भएन ।

मेरो भूल

धेरै भूल गरेको छु । मूलभूत रूपमा सही बाटोमा छु । सही बाटोमा हिँड्दाहिँड्दै सम्बन्धलाई सही ढंगले निर्वाह गर्न सकिनँ ।

मेरो राशी

मेरो राशी मलाई नै थाहा छैन । जीवित रहँदा आमाले ग्रहदशा हेराउँथिन् । मैले गर्दिनथें । स्नातक तह पढ्दासम्म म धार्मिक थिएँ । पूजापाठ गरेपछि मात्रै आमाले खाना खान दिन्थिन् । दुई/तीनप्रकारका धर्ममध्ये म कर्मकाण्डविपरीत गएँ । धर्मको नाममा साधकप्रति सकारात्मक छु । पछिल्लो समय मेरो जीवनयात्राको कोणबाट हेर्दा ईश्वर मानिसले सिर्जना गरेका हुन् । मानिसचाहिँ प्रकृतिले सिर्जना भन्ने निष्कर्षमा पुगें ।

मेरो सौन्दर्यचेत

चिसोको एलर्जी भएकाले घरमै स्टिम बाथ बनाएको छु । मेरो ‘एक्सिडेन्टल बडी’ भएकाले शरीरमा तिलको तेल दल्ने गरेको छु । तसर्थ, प्राकृतिक र आयुर्वेदिक अस्पताल पुगेर उपचार गराउँछु ।

मेरो सपना

यति राम्रो देश नेपाललाई समाजवाद हुँदै साम्यवादतर्फ डोर्याउने सपना छ । जति–जति राजनीति गहिरो प्रक्रियामा गयो, नेपाल केही दशकभित्र सम्पन्न बन्न सक्ने सम्भावनायुक्त देख्छु । मुलुकले नेतृत्व पाएको छैन । स्वाधीनता र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर जनतामा आधारित समाजवाद निर्माण गर्ने दिशामा गएरमात्रै आफूले सोचेको देश बनाउन सकिन्छ भन्ने लाग्छ ।

म यही हुन्छु भनेर राजनीतिमा लागेको होइन । जनप्रतिनिधि हुन्छु, विकासको काममा लाग्छु भन्ने थिएन । घर (खोटाङ) मा अंशबन्डा गर्दा मेरो नाममा सम्पत्ति नराखिदेऊ भनेर हिँडेको थिएँ । एसएलसी गरेको १६ वर्षपछि गाउँ पुगें । मैले खोटाङको ऋण तिरेकै छैन । मन्त्री हुँदा आफू पढेको स्कुलमा क्याम्पसस्तरको पढाइ सुरु हुने भएपछि उद्घाटन गर्न पुगेको थिएँ ।

यी जीवन कथा पनि पढ्नुहोस्

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल