भारइबरको पब्लिक अकाउण्टमा ‘हाम्रो पात्रो’

कात्तिक २५

भारइबरको पब्लिक अकाउण्टमा ‘हाम्रो पात्रो’

काठमाडौ–हाम्रो पात्रो नेपालमा भाइवरको आधिकारिक प्राविधिक साझेदार भएको छ । यस्तै, अब ‘हाम्रो पात्रो’ भारइवरको पब्लिक अकाउण्टमा समेत उपलब्ध भएको छ ।screenshot-85

भाइवरले पब्लिक अकाउण्ट सम्बन्धि सुविधा सार्वजिनक गरेको छ । प्रयोगकर्ताले कुनैपनि ब्राण्ड अथवा उत्पादकलाई फलो गरेर दोहोरो शब्द संवाद गर्न सक्ने जनाइएको छ । हाम्रो पात्रोको यो पब्लिक अकाउण्ट ब्राण्ड रहेको र यस प्रविधिमार्फत् जुट्नकालागि भाइभरमा गएर ‘हाम्रो पात्रो’ सर्च गरी फलो गर्न सक्ने जनाइएको छ । ताजा समाचार, तिथी÷मिती, लोडसेडिङ्ग तालिका, राषिफल, मौसम, विदेशी विनिमय दर, सुनचाँदीको दरभाउ, दैनिक जनमतका जिज्ञासा हाम्रो पात्रोमा हेर्न सकिने जनाइएको छ ।
कुनैपनि ब्राण्ड अथवा उत्पादकहरू भाईबरमा उपलब्ध आफ्ना फलोअरहरूसम्म सहज रूपमा पुग्नकालागि हाम्रो पात्रोले सहज वनाएको जनाएको छ । उत्पादनले आफ्ना फलोअरसम्म तत्काल कुनै जानकारीलाई नोटिफिकेशनको रूपमा पठाउन, भोटिङ्ग सर्वेक्षण गर्न, समाचार सम्प्रेषण गर्न सक्नेछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल