स्टामफोर्ड ब्रिजमा लज्जासपद हारपछि कोन्टेसँग भनाभनमा उत्रिए मोरिन्हो

कार्तिक ८

स्टामफोर्ड ब्रिजमा लज्जासपद हारपछि कोन्टेसँग भनाभनमा उत्रिए मोरिन्हो

लण्डन – आफ्नो पूर्वक्लब चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जोसे मोरिन्होले लज्जासपद हार बेहोरेका छन् । आइतबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेड चेल्सीसँग ४–० ले पराजित भएको हो ।

_92061450_chelseaगत वर्ष चेल्सीबाट बर्खास्त भएका मोरिन्हो पहिलो पटक स्टामफोर्ड ब्रिज फर्किएका थिए । तर, खेलको ३० सेकेण्डभित्र नै उनको टोली पछि पर्यो । खराब डिफेन्डिङको फाइदा उठाउँदै पेड्रोले चेल्सीलाई अग्रता दिलाए ।

यस सिजन यो सबैभन्दा चाँडो गोल हो । गोलको खुसायाली मनाउँदा उनले ५९ सेकेण्डमा नै पहेँलो कार्ड पनि खाए । योसँगै उनी सिजनमा सबैभन्दा चाँडो कार्ड पाउने खेलाडी पनि बनेका छन् ।

खेलको २१ औं मिनेटमा ग्यारी केहिलले एडिन हजार्डको कर्नरलाई जाली चुमाए ।

दोस्रो हाफमा एडिन हजार्ड र एन्गोलो कान्टेले एक–एक गोल थपे ।

जीतसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लेको छ र शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको दुरी एक अंकमा घटाएको छ ।

_92059943_iheanachoयसअघि, जोन स्टोनको गल्तीको कारण सिटी साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको थियो ।

स्टोनको गल्तीको फाइदा उठाउँदै नाथान रेडमण्डले साउथ ह्याम्पटनलाई अग्रता दिलाए । तर, खेलको दोस्रो हाफमा केलेची इहेनाचोले बराबरी गोल गरे ।

योसँगै सिटी पछिल्ला ५ खेलमा जितविहिन बनेको छ ।

बराबरीका बावजुद गोलअन्तरका आधारमा सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।

शुरुवाती १० खेल जितेको सिटी पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको छ । रुष्ट फ्यानहरुले खेलको मध्यान्तरमा विरोध पनि जनाएका थिए ।

39a3bc0500000578-3864920-conte_celebrated_wildly_with_his_technical_staff-a-21_1477248292363मोरिन्हो रुष्ट

कान्टेको गोलपछि चेल्सी समर्थकरुसँग खुसायाली मनाएको भन्दै लज्जास्पद हार बेहोरेका मोरिन्हो एन्टोनियो कोन्टेसँग बादविवादमा उत्रिएका थिए ।

39a46d9500000578-3864920-image-a-22_1477248292509इटालियन टिभीका अनुसार मोरिन्होले कोन्टेलाई ‘त्यसरी खुसियाली एक गोल पछि मनाउने हो, तर ४–० ले पछि परेको अवस्थामा खुसियाली मनाएर हाम्रो बेइज्जत गर्ने होइन’ भनेर भनेका थिए ।

भनाभनबारे दुवै प्रशिक्षकले खुलेर नबताए पनि कोन्टेले भने आफू पहिले खेलाडी भएको कारण गोलको महत्व बुझ्ने बताउँदै आफूले खुसियाली मनाएर कुनै गल्ती नगरेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल