रोनाल्डोको यो तस्बिरले नेपालीलाई बनायो दुःखी र आक्रोशित, चौतर्फी आलोचना

कार्तिक ५  |   द सन

रोनाल्डोको यो तस्बिरले नेपालीलाई बनायो दुःखी र आक्रोशित, चौतर्फी आलोचना

14801188_1920353824858550_505941686_nक्रिस्टियानो रोनाल्डोलाई नचिन्ने सायदै कोही होला । उनका प्रंशसक संसारका कुना कुनामा छरिएर बसेका छन् । तर पछिल्लो इन्स्टाग्राम पोष्टले भने उनको संसारभरी छरिएर बसेका बौद्धधर्मावलम्बी प्रशंसकलाई निराश बनाएको छ । अझ भन्नुपर्दा उनले बौद्धधर्मावलम्बी प्रशंसकहरु एकै झट्कामा गुमाएका छन् ।

पोर्चुगलका क्याप्टेनले बुद्धको मूर्तीमा आफ्नो दाहिने खुट्टा राखेर खिचेको फोटोले अहिले निकै चर्चा बटुलिरहेको छ । उनको यो फोटोले बौद्धधर्मावलम्बीको आस्थालाई अनादर गरेको अनुयायी बताउँछन् ।

फेसबुक प्रयोगकर्ता सुभम पाण्डेले उनको फोटोमा कमेन्ट गरेका छन्, ‘यो अनादर हो । गौतम बुद्धको मूर्तीमा उनले कसरी खुट्टा राख्न सक्छन् । रोनाल्डोबाट यस्तो मूर्खता मैले सोचेकै थिइनँ । सर, तपार्ईंले आज एउटा प्रशंसक गुमाउनु भएको छ, जुन राम्रो होइन ।’ उनको यो कमेन्टले १२ हजार लाइक पाएको छ ।

ronaldo-buddha-facebookइरान्डा लेस्नर रानासिङ्घे लेख्छिन्, ‘रोनाल्डोले अहिले भर्खरै एक प्रशंसक गुमाएका छन् । ए मूर्ख, तिमीले भगवान् बुद्धको मूर्तीमा खुट्टा राख्न पाउँदैनौ । तिमीबाट यस्तो अनादर हामीले आशा गरेका थिएनौं ।’

यस्तै गरी, पुकार तिमल्सिनाले नेपालको ठेगाना दिँदै लेखेका छन्, ‘हो, तिमी राम्रो खेलाडी हौ तर यसो भन्दैमा कसैको भावना र आस्थालाई बेवास्ता गर्न पाउँदैनौ । भगवान गौतम बुद्ध, शान्तिका दूत हुन् (बौद्ध धर्मका संस्थापक) । यस्तो व्यवहार देखाएर कसरी तिमीले धर्मलाई अनादर गर्न सक्छौ । हुन त म बौद्ध धर्म मान्दिनँ तर मलाई यसले निकै पीडा दिइरहेको छ ।’

रोनाल्डोको यो तस्बिरमा चौतर्फी आलोचना भएपछि म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी बताउने एक प्रशंसकले रोनाल्डोले कसैलाई अपमान गर्न यसो नगरेको भन्दै उनको बचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘उनले कुनै धर्मको अपमान गर्न खोजेका होइनन्, साथीहरु । शुभ दिन ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल