दीक्षा र अमनको विदाई, रेसिङका लागि मलेसिया प्रस्थान गर्दै

कार्तिक ३  |   रासस

दीक्षा र अमनको विदाई, रेसिङका लागि मलेसिया प्रस्थान गर्दै

काठमाडौं – मलेसियाको सेपाङ रेसिङ सर्किटमा बाइक कुदाउनका लागि नेपाली खेलाडी दीक्षा श्रेष्ठ र अमनकुमार चौधरी प्रस्थान गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनीहरुलाई औपचारिक रुपमा विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङ, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल, नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) का अध्यक्ष सम्पन्न याकथुम्बा, नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) का अध्यक्ष सीताराम न्यौपाने र नासा प्लेयर्स कमिसनका संयोजक उपेन्द्र प्याकुरेल लगायतले उनीहरुलाई विदाई गरेका हुन् ।

दीक्षा र अमनले आगामी अक्टोबर २६ अर्थात कात्तिक १० मा सम्पन्न हुने सेल एड्भान्स एसिया ट्यालेक्ट कपको छनोट प्रतियोगितामा बाइक कुदाउने छन् । यसमार्फत दीक्षा अन्तर्राष्ट्रिय बाइक रेसिङ प्रतियोगितामा सहभागी हृुने पहिलो नेपाली चेली समेत बन्ने भएकी छिन् । अमनको पनि नेपाल वाहिरको यो पहिलो अनुभव हुनेछ । यस मार्फत उनीहरु आगामी दिनमा हुने मोटोजिपी प्रतियोगिताका लागी छनोट हुनेछन् ।

प्रतियोगितामा विजेताहरु मध्ये २२ जना आगामी सन् २०१७ का लागि हुने एसिया ट्यालेन्ट कपका लागि छनोट हुने छन् । उनीहरुलाई डोर्ना स्पोर्टस क्लबले आफ्नै खर्चमा मोटोजिपीका लागि सहभागी गराउने छ ।

संसारका विभिन्न देशमा हुने राइडिङ प्रतियोगितामा मोटोजिपी र फर्मुला वान निकै नै प्रचलित छन् । दीक्षा र अमन नेपालको तर्फबाट मोटोजिपीका लागि प्रारम्भिक चरणमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् । सहभागी १८ देशका १ सय ५२ राइडरहरु मध्येबाट सन् २०१७ का लागि २२ राइडर छनोट हुने छन् । यसमा यो क्षेत्रका बंगलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, मलेसिया, नेपाल, न्युजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, सिंगापुर, श्रीलंका, ताइवान, थाइल्यान्ड, टर्की र भियतनामका साथै अष्ट्रेलियाका राइडर समेत सहभागी छन् ।racing-dixa-and

दीक्षाले गत फेब्रुअरी २० मा सम्पन्न रेसनारी प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी थिइन् । रेसनारीको आयोजक नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) ले पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गर्ने विजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने घोषणा त्यतिखेरै गरेको र त्यसै अनुसार दीक्षालाई सहभागी बनाएको नासाका महासचिव गोविन्द भट्टराईले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल