अगरताला – त्रिपुरा सरकारले ओलम्पियन दीपा कर्माकरको घरसम्म सडक बनाइदिने घोषणा गरेको छ । पब्लिक वक्र्स डिपार्टपेन्टका एक अधिकारीले उनको घरसम्म सडक बन्ने काम आगामी महिनाबाट शुरु हुने जानकारी दिए ।
केही दिनअघि मात्र दीपाले घरसम्म सडक नै नभएको कारण उपहारमा पाएको बिएमडब्लु कार फिर्ता गर्ने बताएकी थिइन् ।
हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै पिडब्लयुडीका मुख्य इन्जिनियर सोमेश चन्द्र दासले भने, ‘दीपाको घरसम्म सडक अन्य सडकजस्तै बिग्रेका हुन् । यसको मर्मत हुनेछ । आगामी महिनादेखि यसको काम शुरु हुनेछ ।
केही दिनअघि दीपाका प्रशिक्षक विश्वेश्वर नन्दीले दीपको परिवारको कुरा गरेर आफूहरुले बिएमडब्लु नलिने बताएका थिए । ‘दीपाको घरसम्म गाडी जाने सडक पनि छैन । त्यसमाथि त्यहाँ छेउमा सर्भिस सेन्टर पनि छैन,’ उनले भनेका थिए ।
उनका अनुसार गाडीको साटो नगद उपहार लिएर त्यसको साटो सानो गाडी लिने दीपाको परिवारले बताएको थियो ।
गत सप्टेम्बरमा रियो ओलम्पिकमा मेडल विजेता पिवी सिन्धु, जिम्नास्ट दीपा कर्माकर, रेस्लर साक्षी मलिक र सिन्धुको प्रशिक्षक पुलेला गोपिचन्दलाई एक कार्यक्रमबीच सचिन तेन्दुल्करले गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
दीपा भारतको तर्फबाट जिम्नास्टिकमा ओलम्पिकमा भाग लिने पहिलो खेलाडी हुन् ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..