यसो गर्नुहोस्, बच्चालाई कामज्वरो आए

-  |   डा. विश्वबन्धु बगाले,बालरोग चिकित्सक,राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान

यसो गर्नुहोस्, बच्चालाई कामज्वरो आए

बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।

जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।

ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।

बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।

बच्चाको मुखमा केही नघुसार्ने । केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।

घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।

ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल